Plastic Politicians, Polyester Parties

Plastic Politicians, Polyester Parties

Traitors infest the Nepalese political class and voters think all politicians are corrupt. The voters’ low ideological alignment with the parties, especially in municipal elections, is another reason that guarantees a politician with a few agitators when it comes to changing parties or even position.

By Deepak Raj Joshi 

It is no secret that democracy is a form of power exercised by the people, for the people and by elected representatives for that purpose. According to the latest International survey of Transparency, majority of voters, regardless of which party they sympathize with, believe that all politicians are corrupt. One-third of the Nepalese people believe that all politicians are corrupt, including the judiciary, legislative and executive body, along with the prime minister and his cabinet. According to Transparency International (TI), Nepal ranked 131 out of 176 in corruption.

At the end of the day, the people of Nepal want to lead Nepal to the 21st century and to build a country that is not divided by ideological struggles but with common goals.To have a solid base, political party must rely on an ideology. Many people follow political parties without knowing their thoughts or their doctrines. The true substance of a political institution should be based on an ideology. We are experiencing a political crisis marked by acts of corruption, influenced by peddling, bribery cases, ideologically false ballots, and tax evasion.

In Nepal, parties do not have clearly defined ideologies, so it is easy for politicians to use the bravado that the change of position was for the good of the city, when in fact, the main interest is not a common interest, but the particular, as said by political scientist Leandro Petrin.

Traitors infest the Nepalese political class and voters think all politicians are corrupt. The voters’ low ideological alignment with the parties, especially in municipal elections, is another reason that guarantees a politician with a few agitators when it comes to changing parties or even position.

One of the issues that have always caught my attention in Nepalese political arena is the frequency of political infidelity. Politicians often change sides. And when they do, guilt does not seem to exist. One of the fundamental values we judge when evaluating the character of a politician is his fidelity to ideas, parties, and institutions. Fidelity is related in politics to values and promises. It is considered politically loyal by the voter who manages to maintain his partisan commitments and is able to obey the rules of honor and honesty of his environment. A faithful politician does not betray the party, is constant and loyal to his ideas, and does not negotiate in the dead of night with other parties. He is considered genuine if he does not yield to his principles, but must always be in tandem with those of his party. But instead of finding out who is the loyal politician, it is more important to know what political allegiance is, how we perceive it in politicians and what it means to them. In the voter’s imagination, when a politician subscribes to a party, he accepts a position within him and acquires a duty to the party. The people of Nepal are tired of the same empty rhetoric, full of phrases and lines that lead nowhere.

Most of our politicians have false followers in their social media account who were bought using social network cheat. All they are doing is maintaining their privileges. Citizens are caught in the middle of the political dispute between few parties.

Our professional politicians are part of a vast aristocratic and criminal clique in its anti-democratic and anti-humanist pursuits. The country is full of pseudo-democracies where everything is perfectly framed by laws designed to protect a handful of leaders and the doctrines they have created. Everything is done so smoothly that the power never escapes from them. No matter what happens to the country everything is good for keeping them in power.

It is not too late for political leaders to change their minds and work for the true welfare of humanity. Someday soon these politicians will end up in the trashcan of history. A degraded democracy, in which citizens have the impression of freedom, is as incomprehensible as an authentic dictatorship.

Most of our politicians turn out to be ‘plastic politicians’ or simple, prefabricated products produced by polyester parties. Our society, by default, is very rich in values like honesty, exemplary behavior, sportsmanship, tolerance, responsibility, reputation, discipline, work ethic and mutual cooperation. These values are supposed to be respected and adhered to by all elements of society but we feel all these values are violated in the name of the political game.

वी.पी. विचार राष्ट्रिय समाजको विधान

                                               वी.पी. विचार राष्ट्रिय समाजको
                                                               विधान
                                         (संशोधन एवम् परिमार्जन सहित – २०७१)
                                       BPIdeology National Society 2071
प्रस्तावना
नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी, महामानव वी.पी. कोइराला (वी.पी.) ले नेपालको राष्ट्रियताको संरक्षण एवम् संवर्धन र प्रजातन्त्रको स्थापना, स्थायित्व एवम् विकाससंगै नेपाली साहित्यमा पु¥याउनु भएको अतुलनीय योगदानको उच्च सम्मान गर्दै, उहाँले नेपालको स्वतन्त्रता, राष्ट्रिय एकता र अखण्डताका लागि नेपालको राजनीतिक परिवेशका सन्दर्भमा प्रतिपादन, परिभाषित एवम् विकसित गर्नुभएको राष्ट्रिय एकता र मेलमिलापको नीति र सिद्धान्तलाई आत्मसात गर्दै, मुलुकको समानुपातिक एवम् सन्तुलित विकास र जनताको जीवन स्तर माथि उठाउनका लागि लिनु भएको प्रजातान्त्रिक समाजवादको नीति, सिद्धान्त र कार्यक्रम प्रति पूर्णरुपमा विश्वास प्रकट गर्दै, वी.पी.ले प्रतिपादन, व्याख्या एवम् विकास गर्नु भएको राष्ट्रिय एकता र मेलमिलापको नीति अन्तरगत रहेर सो नीतिलाई वर्तमान राजनीतिक परिप्रेक्षमा विकसित एवम परिभाषित गरी थप उन्नत बनाउँदै राष्ट्रियता र राष्ट्रिय अखण्डताको संरक्षण एवम् प्रवर्धन गर्न र प्रजातान्त्रिक समाजवादको नीतिलाई अझ व्यवहारिक ढंगबाट लागु गरी आर्थिक उन्नती र जनताको जीवन स्तर माथि उठाउने आधार बनाउन एवम् वी.पी. विचार र सिद्धान्तलाई जनस्तरसम्म पुयाउने पवित्र उदेश्यले यस ‘वी.पी. विचार राष्ट्रिय समाज’ नामक नाफा रहित उद्देश्य रहेको एक गैह्रसरकारी संस्था स्थापना गरेका छौं । यो विधान संस्था दर्ता ऐन २०३४ को अधिनमा रही तर्जुमा गरिएको छ ।
प्रारम्भिक
१.  यस संस्थाको नाम       बी पी  विचार  राष्ट्रिय  समाज  रहने छ । अंग्रेजीमा  BPIdeology National Society रहनेछ । अंग्रेजीमा छोटकरीमा BPINS  भनिने छ ।
(क) संस्थाको कार्यालय रहने ठेगाना   – यस संस्थाको केन्द्रीय कार्यालय काठमाण्डांै जिल्लामा रहने छ ।०
    (ख) संस्थाको कार्यक्षेत्र ः– यस बी पी  विचार  राष्ट्रिय  समाजको कार्यक्षेत्र काठमाण्डौ जिल्ला रहनेछ । जिल्ला स्तरमा    संस्थाको जिल्ला शाखा गठन गरिने छ । स्थानीय अधिकारीको स्विकृतिलिई अन्य जिल्लामा पनि कार्यालय विस्तार गर्न सकिने छ ।
(ग) प्रारम्भ ः– यो विधान संस्था दर्ता भएको मिति देखि प्रारम्भ हुनेछ ।
(घ)  संस्थाको अस्तित्व ः– यो संस्था एक अविच्छिन्न, उत्तराधिकारवाला, संगठित, स्वशासित, गैर–नाफामूलक, गैर–राजनीतिक तथा गैर–सरकारी सामाजिक संस्था हुनेछ । संस्थाबाट आफ्नो उद्देश्य बाहेक आय आर्जन गर्ने तथा कुनै प्रकारको शुल्क लिई वा नलिई परामर्श प्रदान गर्ने कार्य गरिने छैन । यस सस्थाले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजूर गर्न र यस संस्था उपर पनि सोही नामबाट नालिस उजूर लाग्न सक्नेछ ।
२. परिभाषा ः विषय वा प्रसंगले अन्य अर्थ नलागेमा यस विधानमा ः
(क) ‘विधान’ भन्नाले बी पी  विचार  राष्ट्रिय  समाजको विधानलाई सम्झनु पर्दछ ।
(ख) ‘संस्था’ भन्नाले  बी पी  विचार  राष्ट्रिय  समाजलाई जनाउँदछ ।
(ग) ‘समिति’ भन्नाले यस विधानको दफा १३ बमोजिम गठित कार्य समितिलाई जनाउँदछ ।
(घ) ‘जिल्ला समिति’ भन्नाले सस्थाबाट मान्यता प्रदान गरिएको जिल्ला समितिलाई वुझाउँदछ ।
(ड।) ‘सभा’ भन्नाले यस विधान बमोजिम बसेको साधारण सभा र विशेष साधारण सभालाई समेत जनाउँदछ ।
(च)  ‘पदाधिकारी’ भन्नाले सँस्थाका पदाधिकारीहरुलाई सम्झनु पर्दछ ।
(छ) ‘नियम’ विनियम’ भन्नाले यस विधान अन्तर्गत बन्ने नियम विनियमलाई जनाउँदछ ।
(ज)  ‘स्थानीय अधिकारी’ भन्नाले प्रमुख जिल्ला अधिकारीलाई जनाउँछ ।
(झ) ‘तोकिएको वा तोकिए बमोजिम’ भन्नाले यो विधान र यस विधान अन्तर्गत बनेको नियम विनियममा तोकिएको वा तोकिए बमोजिम  सम्झनु पर्दछ ।
(ञ) ‘स्थानीय निकाय’ भन्नाले गा.वि.स.,महानगर, उपमहानगर, नगर र जि.वि.स. लाई जनाउने छ ।
(ट) ‘निर्वाचन क्षेत्रीय समिति’ भन्नाले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि क्षेत्र निर्धारण आयोगले कायम गरेको क्षेत्रमा गठन गरिने वी.पी. विचार राष्ट्रिय समाजको समन्वय समितिलाई जनाउने छ ।
३. संस्थाको छाप र चिन्ह ः संस्थाको एक छाप र चिन्ह अनुसूचि –१ बमोजिमको ढाँचामा हुनेछ ।
परिच्छेद–२
उद्देश्य
४. संस्थाको उद्देश्य ः संस्थाको उद्देश्य देहाय बमोजिम रहनेछ ।
(क) यो संस्था मुनाफा रहित, जनहितकारी सामाजिक संस्था हुनेछ ।
(ख) वी.पी.ले प्रतिपादन, व्याख्या एवम् विकास गर्नु भएको राष्ट्रिय एकता र मेलमिलापको नीति अन्तरगत रहेर सो नीतिलाई वर्तमान परिप्रेक्षमा विकसित एवम परिभाषित गरी थप उन्नत बनाउँदै राष्ट्रियता र राष्ट्रिय अखण्डताको संरक्षण एवम् प्रवर्धन गर्न प्रयत्नशील रहने ।
(ग) प्रजातान्त्रिक समाजवादको नीतिलाई अझ व्यवहारिक ढंगबाट अध्ययन अनुसन्धान गरी मुलुकको आर्थिक उन्नती र जनताको जीवन स्तर माथि उठाउने आधार बनाउन क्रियाशील हुने ।
(घ) वी.पी.कोइरालका विचार, सिद्धान्त र साहित्यिक कृतिहरुलाई जनस्तरसम्म पु¥याउन प्रयत्न गर्ने
(ङ) बी.पी.कोइरालाले विशेषतः नेपालका लागि प्रतिपादन गर्नुभएको प्रजातान्त्रिक समाजवादबाट सुनिश्चित गर्न खोजिएको नेपालीको प्रजातान्त्रिक हक अधिकारसंगै शैक्षिक, स्वास्थ तथा आर्थिक हक अधिकार बारे जनतालाई सुसूचित गराउने ।
(च) नेपालको ग्रामिण क्षेत्रमा शिक्षा, स्वास्थ तथा रोजगारीमूलक कार्यक्रमहरुको विस्तारमा सहयोग पु–याई ग्रामिण विकाशमा टेवा पु–याउने । महिला, दलित, आदिवासी तथा पिछडिएको क्षेत्र वा वर्गका जनताको क्षमता वृद्धिमा सहयोग पु¥याउने ।
(छ) नेपालको राष्ट्रियताको संरक्षण र संवर्धन गर्न आवश्यक कार्य गर्ने । नेपालीहरु बीच कायम रहँदै आएको सदियौं पुरानो आपसी सद्भाव, भाईचारा र एकता अझ बृद्धि गर्न अग्रसर रहने । नेपालको सांस्कृतिक पहिचानको संरक्षण गर्ने ।
(ज) अहिंसा, शान्ति र प्रजातान्त्रिक मूल्य र मान्यताको संवर्धन र प्रसार गर्ने ।
(झ) मानव जीवनलाई स्वस्थ र सार्थक बनाउन अध्यात्म, योग र साधना जस्ता विषयहरु बारे जनस्तर सम्म अभियान चलाउने ।
(ञ) समाजका असहाय र कमजोर क्षेत्र र वर्गका जनताको उत्थान विकाशमा सहयोग पु–याउन आवश्यक कार्य गर्ने ।
(ट) समाजमा विद्यमान विभिन्न विभेदहरुलाई न्यूनिकरण गरी आपसी सौहार्दता र शिष्टता बढाई नैतिक आचरणको विकास गर्न संस्था प्रयत्नशील रहनेछ ।
(ठ) संस्थाले सामाजिक गतिविधिहरुमा संलग्न सरकारी तथा गैर सरकारी निकायहरु बीच समन्वय, सहयोग र सहकार्य गर्नेछ ।
(ड) जि.प्र.का.बाट खारेज गरिएको ।
(ढ) मानव अधिकारको संरक्षण एवम् प्रवर्धनमा प्रभावकारी भूमिका निर्वाह गर्नु यो सस्थाको उद्देश्य रहने छ ।
५. संस्थाको कार्य ः संस्थाले दफा ४ मा उल्लेखित उद्देश्यहरु प्राप्त गर्न देहायका कार्यहरु गर्नेछ ।
(क) संस्थाले प्रचलित नेपाल कानून बमोजिम सम्बन्धित निकायबाट अनुमति वा इजाजत प्राप्त गरी मात्र आफ्ना उद्देश्यहरु कार्यान्वयन गर्नेछ ।
(ख) संस्थालाई आवश्यक पर्ने भवन निर्माण गर्ने वा भाडामा वा लिजमा लिनेछ र कम्प्युटर, टेलिफोन, टाइपराइटर, फ्याक्स जस्ता कार्यालय सामान तथा सवारी साधन खरिद गर्नेछ वा भाडामा लिई प्रयोग गर्नेछ ।
(ग) संस्थालाई आवश्यक पर्ने कर्मचारी नियुक्त गर्ने तथा तिनको सेवा शर्तहरु निर्धारण गर्नेछ ।
(घ) संस्थाको उद्देश्य प्राप्तिमा सहयोग पुग्ने गरी विभिन्न छलफल, गोष्ठी, तालिम, अन्तरक्रिया, सभा, सार्वजनिक सुनुवाई, सांस्कृतिक कार्यक्रम, अध्ययन र अनुसन्धान तथा प्रकाशनका कार्यहरु गर्नेछ ।
(ड।) छलफल, तालिम, गोष्ठी अन्तरक्रिया, सार्वजनिक सुनुवाई, अध्ययन अनुसन्धानबाट प्राप्त सुझावहरुलाई कार्यान्वयनका लागि आवश्यकतानुसार सम्बन्धित निकायमा अनुरोध गरिनेछ ।
(च) शान्ति, अहिंसा र प्रजातन्त्रको संरक्षण, संवर्धन र विकाशका लागि विभिन्न कार्यक्रमहरु संचालन गरिनेछ । नेपालको मौलिक राष्ट्रिय पहिचानको संरक्षण गर्न, नेपालीको इतिहास, विविध कला, सँस्कृति, साहित्य, दर्शन तथा वातावरणीय आदि क्षेत्रको संवर्धन र विकासमा सामाजिक चेतना जगाइनेछ ।
(छ) राष्टिय स्तरमा शान्ति, अहिंसा र भाईचारा अभिवृद्धि गर्न आवश्यक कार्य गर्ने, सम्बन्धित निकायहरुलाई सुझाव तथा परामर्श दिने र सोको कार्यान्वयनका लागि प्रयत्नशील हुनेछ ।
(ज) बालक, युवा, बृद्ध, महिला, आदिवासी, दलित एबं पिछडिएको क्षेत्र र वर्गहरुका लागि विशेष कार्यक्रमहरु संचालन गरिनेछ ।
(झ) समाजमा उल्लेखनीय योगदान गरेका व्यक्ति, व्यक्तित्वहरुको कदर, तथा सम्मान गरिनेछ ।
(ञ) संस्थाको उद्देश्य परिपूर्ति गर्न तथा समाजको चेतना र विकाशमा सहयोग पु¥याउन आवश्यकता अनुसार शैक्षिक संस्थाहरुको निर्माण र संचालन गर्ने ।
(ट) संस्थाको गतिविधिमा संलग्न हुन इच्छुक स्वदेशी तथा विदेशी व्यक्ति एवम् संघ संस्थालाई सहभागि गराउने
(ठ) मानव अधिकारको संरक्षण र प्रवर्धनमा प्रभावकारी भूमिका निवार्ह गर्नु
(ड) संस्थाको उद्देश्य परिपूर्ति गर्ने गरी आवश्यकता अनुसार अन्य सम्पूर्ण कार्यहरु गर्नेछ ।
परिच्छेद–३
सदस्यता
६. सदस्यहरुको वर्गीकरणः यस संस्थाका देहाय बमोजिम ४ प्रकारका सदस्यहरुको वर्र्गीकरण गरिएकोछ । योग्यता पुगेका नेपाली नागरिकहरुको साधारण सदस्य पाउँ भनि निवेदन प्राप्त भएपछि  जिल्ला समितिले सदस्यता दिने निर्णय गरे पछि  र अन्य सदस्यको हकमा जिल्ला समितिले  सदस्यता दिने निर्णय गरे पछि मात्र  सदस्यता प्राप्त गर्नेछ ।
(क) साधारण सदस्य ः यस विधानको दफा ७ बमोजिम योग्यता पुगेको कुनै पनि नेपाली नागरिकले तोकिएको प्रक्रिया पु¥याई आवेदन गरी संस्थाको सदस्यता प्राप्त गर्ने व्यक्तिहरु साधारण सदस्य हुनेछन् ।
(ख) सस्थापक सदस्यहरु ः यस संस्था दर्ता हुँदाको बखतका सदस्य तथा पदाधिकारीहरु सस्थापक सदस्य हुनेछन । सस्थापक सदस्यहरुले साधारण तथा आजीवन सदस्यता लिएर विधान बमोजिमको शुल्क बुझाउनु पर्नेछ ।
(ग) आजीवन सदस्य ः संस्थाको विकासको लागि विशेष योगदान पु¥याउने व्यक्तिहरुलाई तोकिएको प्रक्रिया अन्तर्गत आजीवन सदस्यता प्रदान गरिनेछ ।
(घ)  मानार्थ सदस्य ः संस्थाले उपयुक्त ठहर गरेको विशिष्ठ समाजसेवी तथा प्रतिष्ठित नेपाली नागरिकलाई संस्थाको मानार्थ सदस्य प्रदान गर्न सक्नेछ तर मानार्थ सदस्यहरुको मताधिकार रहने छैन ।
७.  सदस्यता प्राप्तिका लागि आवश्यक योग्यता ः यस संस्थाको सदस्यको लागि देहाय बमोजिमको योग्यता पुगेको हुनु पर्नेछ ।
(क) नेपाली नागरिक भएको ।
(ख) १८ वर्ष उमेर पुरा गरेको ।
(ग) मानसिक सन्तुलन नगुमाएको ।
(घ) सार्वजनिक सम्पत्ती हिनामिना गरेको नठहरेको ।
(ङ)  नैतिक पतन देखिने फौज्दारी अभियोगमा सजाय नपाएको ।
(च) वी पी कोईराला द्वारा प्रतिपादित राष्टिय एकता तथा मेलमिलापको सिद्धान्त र नेपालको राष्टिय एकता र अखण्डता प्रति प्रतिवद्ध रहेको ।
(छ) शान्ति र प्रजातान्त्रिक मूल्य र मान्यता प्रति प्रतिवद्ध रहेको ।
८. संस्थाको सदस्य प्राप्त गर्न वा वहाल रहन नसक्ने अवस्था ः
(क) गैर नेपाली नागरिक ।
(ख) १८ वर्ष उमेर पुरा नगरेको ।
(ग)  मगज विग्रेको वा बौलाएको ।
(घ) सार्वजनिक सम्पत्ती हिनामिना गरेको ठहरेको ।
(ड) नैतिक पतन देखिने फौज्दारी अभियोगमा सजाय पाएको ।
(च) संस्थाको कार्य संचालनमा निजी स्वार्थ भएको ।
(छ) साहुको दामासाहीमा परेको ।
(ज) कुनै प्रकारको चोरी, ठगी, किर्ते, वा जालसाजी गरेको वा आफ्नो जिम्माको धनमाल अनधिकृत तवरले मासेको वा दुरुपयोग गरेको ।
(झ) नेपालको राष्टिय एकता र अखण्डता प्रति प्रतिवद्ध नरहेको ।
(ञ) शान्ति र प्रजातान्त्रिक मूल्य र मान्यता प्रति प्रतिवद्ध नरहेको ।
९. सदस्यताको समाप्ति ः
(१)  देहायको अवस्थामा कुनै व्यक्ति संस्थाको सदस्यमा वहाल रहने छैन ।
(क) यस विधानको दफा ८ बमोजिम सदस्य पद प्राप्त गर्न नसक्ने भएमा ।
(ख) साधारण सभाको दुई तिहाई सदस्यहरुको बहुमतले सस्थाको सदस्य पदबाट हटाउने प्रस्ताव पारित गरेमा ।
(ग)  सदस्यले आफ्नो पदबाट दिएको राजिनामा स्वीकृत भएमा ।
(घ) सँस्थाको कामकारवाहीमा बेइमानी वा बदनियत गरेको कुरा अदालतबाट प्रमाणित भएमा ।
(ड) विधान बमोजिम संस्थाले गर्न नहुने भनी तोकिएको कुनै कार्य गरेमा ।
(च)  सदस्यता शुल्क बुझाउन बाँकि भएमा ।
(छ)  संस्था विघटन भै खारेज भएमा ।
(२)  कुनै व्यक्ति संस्थाको सदस्यता प्राप्त गर्न वा वहाल रहन अयोग्य ठहराउनु भन्दा अघि संस्थाले निजलाई सो कुराको सूचना दिई, सफाईको सबुद पेश गर्ने मौका दिइनेछ ।
१०. सदस्यता शुल्क र सदस्यता प्रदान गर्ने विधि ः  यस विधानको दफा ६ बमोजिमको सदस्यहरुले देहाय बमोजिम सदस्यता प्राप्त गर्न सक्नेछन् ।
(१)  साधारण सदस्य ः
(क)  साधारण सदस्य प्राप्त गर्न चाहने व्यक्तिले तोकिएको प्रवेश शुल्क र सदस्यता शुल्क बुझाई तोकिएको प्रक्रिया अनुसार आवेदन पेश गर्नेलाई कार्यसमितिको निर्णयले साधारण सदस्यता प्रदान गर्न सक्नेछ । प्रवेश शुल्क र सदस्यता शुल्क केन्द्रीय कार्यसमितिले तोके अनुसार हुनेछ ।
(ख) त्यस्ता साधारण सदस्यले महाधिवेशनसम्म तोकिएको शुल्क बुझाई सदस्यता नविकरण गर्नु पर्नेछ । नविकरण नगर्ने सदस्यले समाजको कुनै पनि तहको अधिवेशनमा सहभागी हुन पाउने छैन ।
(ग) (खारेज गरिएको)
(२)  सँस्थापक सदस्य ः
(क)  यो सँस्था दर्ता हुँदाको बखतका तदर्थ समितिका पदाधिकारीहरु र यस विधानमा सही गर्ने सदस्यहरु सस्थापक सदस्य हुनेछन् ।
(ख) सस्थापक सदस्यहरुले विधानमा उल्लेख भए बमोजिमको शुल्क बुझाई साधारण सदस्य वा आजीवन सदस्य प्राप्त गर्न सक्नेछन् ।
(३)  आजीवन सदस्य ः संस्थामा तोकिएको शुल्क बुझाई तोकिएको प्रक्रिया अन्तर्गत आवेदन दिने व्यक्तिहरुलाई कार्य समितिको निर्णयले आजीवन सदस्यता प्रदान गर्न सक्नेछ ।
(४) मानार्थ सदस्यः साधारण सभाको निर्णयले उपयुक्त ठानेको समाजसेवी विशिष्ठ व्यक्ति तथा
प्रतिष्ठित नेपाली नागरिकहरुलाई मानार्थ सदस्यता प्रदान गर्न सक्ने छ । तर मानार्थ सदस्यको मताधिकार रहने छैन ।
(५) कुनै आवेदकलाई सदस्य नदिने निर्णय गरेमा सो को कारण सहितको जानकारी आवेदकलाई दिइने छ ।
(६) सवै सदस्यहरुले यस विधान र विधान अन्तर्गत बनेको नियम र विनियम बमोजिम भएको व्यवस्थाको  पालना गर्नु पर्नेछ ।
(७) संस्थाले प्रदान गरेको उपदफा १, २, ३, र ४ अनुसारको सदस्यहरुको तोकिएको ढांचामा छुट्टै अभिलेख पुस्तिका रहनेछ ।
परिच्छेद–४
साधारणसभा, कार्य समिति तथा वैठक सम्बन्धी व्यवस्था
११. साधारण सभाको गठन ः
(१) (क) समाजको केन्द्रीय कार्यसमितिका सदस्य एवम् पदाधिकारीहरू साधारण सभाको सदस्य हुनेछन् ।
(ख) समाजको मान्यता प्राप्त जिल्ला शाखाका सभापति एक, जिल्ला कार्यसमितिले तोकेको कम्तिमा एक महिला सहित जम्मा तीन (३) जना प्रतिनिधि साधारण सभाको सदस्य हुनेछन् तर जिल्ला सभापति वा दुई सदस्य मध्ये कम्तिमा एक महिला अनिवार्य हुनुपर्नेछ ।
(ग)  समाजको संस्थापक सदस्य एवम् पदाधिकारीहरू साधारण सभाका सदस्य हुनेछन् ।
(घ)  संस्थाको केन्द्रीय सभापतिले समाजको साधारण सदस्य मध्येबाट वुद्धिजिवी, व्यवसायी एवम् समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूलाई मनोनित गरेको बढिमा पच्चिस जना सदस्य साधारण सभाका सदस्य हुनेछन् ।
(२)  यस संस्थाको साधारण सभा देहाय बमोजिम हुनेछ ।
(क) बार्षिक साधारण सभा ः वर्षको एक पटक बार्षिक साधारण सभा बस्ने छ ।
(ख)  विशेष साधारण सभा ः सँस्थाको कूल सदस्य संख्याको १।४ (एक चौथाई) सदस्यहरुले कारण जनाई विशेष साधारण सभा माग गरेमा विशेष साधारण सभा कार्य समितिले कम्तीमा १५ (पन्द्र)) दिन भित्र अनिवार्य रुपमा बोलाउनु पर्दछ । तर साधारण सभा वा विशेष सभा बसेको छ महिना भित्र पुनः विशेष साधारण सभा बस्न सक्ने छैन ।
(३) यस संस्थाको प्रथम बार्षिक साधारण सभा संस्था स्थापना भएको आर्थिक वर्ष समाप्त भएको मितिले दुई महिना भित्रमा गरिनेछ र त्यस पछिका वार्षिक साधारण सभाहरु आर्थिक वर्ष समाप्त भएको मितिले दुई महिना भित्र गरिने छ ।
(४) यस संस्थाको वार्षिक साधारण सभा र विशेष साधारण सभा गर्नका लागि कम्तीमा १५ दिन अगावै सभा हुने स्थान, मिति, समय र छलफल गर्ने विषय खोली सबै साधारण सदस्यहरुलाई अनिवार्य रुपले सूचना दिइनेछ ।
(५) उपदफा ४ बमोजिम बोलाइएको साधारण सभा वा विशेष साधारण सभामा विधानको दफा १८ बमोजिमको गणपुरक संख्या नपुगी सभा हुन नसकेमा कम्तीमा ७ (सात) दिनको म्याद दिई पुनः साधारण सभा बोलाइनेछ ।
(६) साधारण सभा र विशेष साधारण सभाको छुट्टा छुट्टै निर्णय पुस्तिका राखिने छ ।
१२. साधारण सभाको काम कर्तव्य र अधिकार ः साधारण सभाको काम कर्तव्य र अधिकार  देहाय बमोजिम हुनेछ ।
(क) कार्य समितिले पेश गरेको योजना कार्यक्रमहरु र वार्षिक वजेट पारित गर्ने ।
(ख) लेखा परिक्षकबाट प्राप्त भएको वार्षिक लेखा परीक्षण प्रतिवेदन माथि छलफल गरी अनुमोदन गर्ने र लेखा परीक्षण प्रतिवेदनबाट देखिएका अनियमित बेरुजू रकम माथि छलफल गरी नियमित गर्न नमिल्ने बेरुजू रकमहरु अशूल उपर गरी फछर्यौट गर्नको लागि कार्य समितिलाई निर्देशन दिने ।
(ग) आगामी वर्षको लागि लेखा परीक्षकको नियुक्ति गर्ने ।
(घ) संस्थाको वार्षिक कार्य प्रगती विवरण र संस्थाले गरेको कार्यहरुको मूल्यांकन गरी कार्य समितिलाई आवश्यक निर्देशन दिने ।
(ङ) संस्थाको कार्य समितिका पदाधिकारीहरुको पदावधि पुगेको अवस्थामा कार्य समितिका पदाधिकारीहरुको विधान बमोजिमको प्रक्रिया अन्तर्गत रहि निर्वाचन गर्ने ।
(च) कार्य समितिद्धारा पेश भएको विधान संशोधन नियम तथा विनियम स्वीकृत गर्ने ।
(छ)  मानार्थ सदस्यता प्रदान गर्ने ।
(ज) कार्य समितिबाट संस्थाको हित अनुकूल भएका काम कारवाहीहरुको औचित्य हेरी अनुमोदन गर्ने ।
(झ) संस्थाको आफ्नै आन्तरिक श्रोतबाट व्यहोर्ने गरी कार्य समितिले पेश गरेको कर्मचारीहरुको दरवन्दी पारिश्रमिक, भत्ता तथा सुविधाहरुमा आवश्यकता अनुरुप स्वीकृति प्रदान गर्ने ।
१३. कार्य समितिको गठन
(१) साधारण सभाले सदस्य मध्येबाट एक जना केन्द्रीय सभापति निर्वाचित गर्ने छ ।
     (२) सभापतिले साधारण सभा सदस्य मध्येबाट सह सभापति–१, महासचिव–१, उपमहासचिव कोषाध्यक्ष–१ र बढीमा ४६ सदस्य मनोनित गर्नेछन् ।
(३) कार्य समितिको कार्यकाल ३ (तीन) वर्षको हुने छ ।
(४) कारणवश वार्षिक साधारण सभा हुनु भन्दा अगावै कार्यसमितिको सभापति पद रिक्त हुन आएमा बाँकि अवधिका लागि    सह सभापतिले कार्यवाहक सभापतिको हैसियतमा काम गर्ने छ । अन्य पदाधिकारी तथा सदस्य पद रिक्त हुन आएमा सभापतिले सोही पदमा पुनः मनोनयन गर्न सक्नेछ ।
(५)  कार्यसमितिको वैठक आवश्यकता अनुसार  अध्यक्षले वोलाउने छ । तर कार्य समितिको पदाधिकारीहरुको जम्मा संख्याको ५१ प्रतिशतले बैठक वोलाउन माग गरेमा अध्यक्षले कार्य समितिको वैठक तुरुन्त वोलाउनु पर्नेछ
(६) कार्य समितिका पदाधिकारीहरुको कुल संख्याको ५१ प्रतिशत पदाधिकारीहरु उपस्थित नभई कार्य समितिको वैठक वस्ने छैन ।
(७) कार्य समितिको बैठकमा सभापितले अध्यक्षता गर्ने छ र निजको अनुपस्थितिमा सहसभापितले र सहसभापितकाे  पनि अनुपस्थिति रहेमा वैठकमा उपस्थित सदस्यहरुले छानेको वा जेष्ठ सदस्यले अध्यक्षता गर्नेछ ।
(८) कार्य समितिको बैठकमा बहुमतको निर्णय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षले निर्णयक मत दिन सक्नेछ ।
(९) कार्य समितिको बैठकमा छलफल भएको विषयहरुको छुट्टै निर्णय किताबमा लेखी राखिने छ र सो निर्णय विवरणमा बैठकमा उपस्थित सम्पूर्ण सदस्यहरुले सही गर्नु पर्ने छ तर निर्णयमा असहमती जनाउनेहरुले कैफियत खोली सही गर्नु पर्ने छ ।
(१०) संस्थाले गर्ने भनेको सम्पूर्ण कार्यहरू कार्यसमितिको निर्णयबाट हुनेछ । आकस्मिक अवस्थामा विशेष निर्णय गर्नु परेमा सभापतिले गर्न सक्नेछ तर कार्यसमितिको आउँदो वैठकबाट त्यसको अनुमोदन गर्नु पर्नेछ ।
(११) (खारेज गरिएको ।)
१४. कार्य समितिको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।
(१) जननायक वीपी कोइरालाबाट प्रतिपादित राष्ट्रिय मेलमिलापको नीतिलाई पूर्णरुपमा पुनःस्थापित गर्नु ।
(२) राष्ट्रियता, प्रजातन्त्र, समाजवादलाई मूल नीति बनाई त्यसलाई प्राथमिकतासाथ कार्यान्वयन गर्नु ।
     (३) राष्ट्रिय मेलमिलाप अभियानका लागि सम्बन्धित विषयवस्तु र आदर्श कार्यान्वयनका लागि छलफल, गोष्ठी र अन्तरक्रियाहरु गर्ने ।
 विधानको दफा १४ को उपदफा (३) पछि थप
१४.४.कार्य समितिले आवश्यकता अनुसार यस संस्थाका तोकिएका उद्देश्य प्राप्तीका लागि संयोजक र सदस्य सचिव समेत बढीमा ९ जना रहने गरी कार्यक्रम तथा संगठन विभा, महिला विभाग, श्रोत परीचालन विभाग, परराष्ट्र विभाग, प्राज्ञ विभाग, प्रचार विभाग तथा सल्लाहकार समिति गठन गर्न सकिनेछ । यस्तो विभाग वा समिति गठन गर्दा कार्य समितिका सदस्यलाई संयोजक तोक्नुपर्नेछ । सल्लाहकार समितिको सभापति वी.पी. विचार राष्ट्रिय समाजको केन्द्रीय सभापति हुनेछ । यसरी गरेको विभाग एवं समितिको काम र कर्तव्य र अधिकार कार्य समितिले तोके वमोजिम हुनेछ ।
१४.५.कार्य समितिले यस संस्थाको उद्देश्यमा सहयोग पु¥याउन सक्ने तथा वी.पी.का विचार एवं सिद्धान्तलाई आत्मसाथ गरेको लब्ध प्रतिष्ठित व्यक्तिलाई संरक्षक चयन गर्न सक्नेछ ।
१४.६. कार्य समितिले गरी आएका काम कारवाहीहरु केन्द्रीय कार्य समितिको बैठक बस्न नसकी कार्य सम्पादन गर्न आवश्यक भएमा कार्य समितिका पदाधिकारीहरु ५ जना र केन्द्रीय सदस्यहरु मध्येबाट सभापतिले मनोनित गरेको ८ सदस्य गरी जम्मा १३ सदस्यीय कार्य सम्पादन समिति गठन गरिनेछ । कार्य सम्पादन समितिले गरेको काम कारवाहीहरु त्यसपछि लगत्तै बसेको कार्य समितिको बैठकमा जानकारी वा अनुमोदन गराउनु पर्नेछ ।
१५. जिल्ला शाखा तथा क्षेत्रीय समन्वय समिति ः संस्थाको कार्य सञ्चालनका लागि नेपाल राज्यको सबै जिल्लामा जिल्ला शाखा गठन गर्न सक्नेछ । वी.पी. विचार राष्ट्रिय समाजका नामबाट जिल्लामा जिल्ला प्रशासन कार्यालयमा दर्ता भै काम गरिरहेका संस्थाले यस समाजको उद्देश्यसंग सहमत भै केन्द्रीय समितिमा आवद्धताको लागि आवेदन दिएमा त्यस्तो सँस्थालाई केन्द्रीय समितिले आवद्धता प्रदान गर्न सक्नेछ । जिल्ला शाखाले जिल्ला मातहतका निर्वाचन क्षेत्रमा क्षेत्रीय समन्वय समिति गठन गर्न सक्ने छ ।
  जिल्ला समिति तथा क्षेत्रीय समिति
(१) प्रदेश समिति ः– (क) संस्थाको कार्य संचालनको लागि सम्बन्धीत प्रदेशको केन्द्रीय सदस्य सभापति रहने गरी बढीमा २१ जनाको प्रदेश समिति गठन हुनेछ ।
     जसमा उपसभापति–१, सचिव–१, कोषाध्यक्ष–१ सम्बन्धीत प्रदेशका जिल्लाका सभापतिहरु पदेन सदस्य हुने र बाँकी अन्य सदस्यहरु सम्बन्धीत प्रदेशका जिल्ला कार्य समितिका सदस्यहरुबाट प्रदेश सभापतिले मनोनयन गर्न सक्नेछ । प्रदेश समितिको सभापति, उपसभापति, सचिव र कोषाध्यक्षको मनोनयन केन्द्रीय समितिले गर्नेछ ।
(ख) प्रदेश समितिको पदाधिकारीको काम देहाय वमोजिम हुनेछ ।
(१) प्रदेश सभापतिको काम, कर्तव्य र अधिकार ः–
(क) प्रदेश कार्य समितिको बैठकको अध्यक्षता गर्ने, बैठक संचालन गर्ने ।
(ख) निर्णायक मत दिने ।
(ग) संस्थाको तर्फबाट प्रतिनिधित्व गर्ने वा प्रतिनिधि तोक्ने ।
(घ) आवश्यकता अनुसार बैठक बोलाउन सचिवलाई निर्देशन दिने ।
(ङ) अन्य पदाधिकारी एवं सदस्यहरुलाई कामको बाँडफाँड गर्ने।
(च) अभिलेख प्रमाणित गर्ने ।
(२) प्रदेश उपसभापतिको काम, कर्तव्य र अधिकार ः–
(क) सभापतिलाई सहयोग गर्ने ।
(ख) सभापतिले दिएको जिम्मेवारी पूरा गर्ने ।
(ग) सभापतिको अनुपस्थितिमा निजले गर्नु पर्ने कार्य गर्ने ।
 (३) प्रदेश सचिवको काम, कर्तव्य र अधिकार ः–
(क) संस्थाको प्रदेश सचिवालयको संचालन र रेखदेख गर्ने ।
(४) प्रदेश कोषाध्यक्षको काम, कर्तव्य र अधिकार ः–
(क) संस्थाको प्रदेश कोषको रेखदेख र संचालन गर्ने ।
(ख) प्रदेशको सभा÷सम्मेलनमा वार्षिक कार्यक्रम र बजेट पेश गर्ने ।
    (ग) संस्थाको लेखा दुरुस्त राख्ने ।
         (घ) संस्थाको आय–व्ययको वार्षिक रुपमा लेखा परीक्षण गराउने ।
(५) प्रदेश कार्य समितिका सदस्यहरुको काम, कर्तव्य र अधिकार ः–
(क) प्रदेश समितिको बैठकमा सक्रिय सहभागिता जनाउने ।
(ख) संस्थाको कार्यमा रचनात्मक भूमिका निर्वाह गर्ने ।
(ग) कार्य समितिले तोकेका अन्य जिम्मेवारी पूरा गर्ने ।
(२) जिल्ला समिति तथा क्षेत्रीय समिति ः– संस्थाको कार्य संचालनको लागि राज्यका सबै जिल्लामा जिल्ला समिति गठन गर्न सक्नेछ । वी.पी. विचार राष्ट्रिय समाजका नामबाट जिल्लामा जिल्ला प्रशासन कार्यालयमा दर्ता भई काम गरी हरेका संस्थाले यस समाजको उद्देश्यसँग सहमत भई केन्द्रीय समितिमा आवद्धताको लागि आवेदन दिएमा त्यस्तो संस्थालाई केन्द्रीय समितिले आवद्धता प्रदान गर्नसक्नेछ । जिल्ला समितिले जिल्ला मातहतका निर्वाचन क्षेत्रमा क्षेत्रीय समिति गठन गर्न सक्नेछ ।
१६.  सँस्थाका अन्य कार्यहरु ः
(१) संस्थाको आगामी वर्षको वार्षिक कार्यक्रम तथा अनुमानित बजेट बनाई साधारण सभामा प्रस्तुत गर्ने ।
(२) विधान बमोजिमको व्यवस्था पालना गरी साधारणसभाको निर्णय कार्यान्वयन गर्ने गराउने ।
(३) संस्थाको हितमा हुने कार्यक्रमहरु संचालन गर्ने ।
(४) साधारण सभा प्रति उत्तरदायी रहने ।
(५) संस्थाको उद्देश्य प्राप्तिका लागि आवश्यक कार्य गर्ने र उपलब्ध साधन र श्रोतको अधिकतम उपभोग र प्रयोग गर्ने ।
(६) संस्थाको कार्य सम्पादन गर्न कार्य योजना बनाउने, श्रोत साधन जुटाउने, कार्यान्वयन,  सुपरीवेक्षण र अनुगमन गर्ने ।
(७) संस्थाको कोष र सम्पत्ती सुरक्षित तरिकाले राख्न लगाउने र बैंक खाता खोली संचालन गर्ने ।
(८) संस्थाको कर्मचारीहरुको सेवा, शर्त र सुविधा आदि सम्बन्धी कर्मचारी नियमावली बनाई साधारण सभाबाट स्वीकृत गराई लागू गर्ने गराउने ।
(९) संस्थाको उद्देश्य परिपूर्तिको लागि आफ्नो कार्य अवधिमा उपयुक्त व्यक्तिहरुको सल्लाहकार समिति वा अन्य समिति, उपसमिति गठन गर्ने र आवश्यकता अनुरुप कार्यको बाँडफाँड गरी दिने ।
(१०) संस्थाको नेतृत्वदायी भूमिका निर्वाह गर्ने ।
१७. पद त्याग गर्न सक्ने ः अध्यक्षले उपाध्यक्ष मार्फत कार्य समिति समक्ष र उपाध्यक्ष वा अन्य पदाधिकारीहरुले अध्यक्ष समक्ष राजिनामा दिई पद त्याग गर्न सक्ने छन् ।
१८. (खारेज गरिएको ।)
परिच्छेद–५
१९. पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार ः कार्य समितिका पदाधिकारीहरुको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।
(१)  सभापतिको काम कर्तव्य र अधिकार ः
(क)  समिति र सभाको बैठकको अध्यक्षता गर्ने, बैठक संचालन गर्ने, निर्णायक मत दिने ।
(ख)  संस्थाको तर्फबाट प्रतिनिधित्व गर्ने वा प्रतिनिधि तोक्ने, संस्थाको नेतृत्व लिने ।
(ग)  आवश्यकता अनुसार बैठकहरु बोलाउन सचिवलाई निर्देशन दिने, अन्य पदाधिकारी एवम् सदस्यहरुलाई कामको बाँडफाँड गर्ने ।
(घ) अभिलेख प्रमाणित गर्ने ।
(२) उप–सभापतिको काम कर्तव्य र अधिकार ः
(क) सभापतिलाई सहयोग गर्ने ।
(ख)  सभापतिले दिएको जिम्मेवारी पूरा गर्ने ।
(ग)  सभापतिको अनुपस्थितिमा निजले गर्नु पर्ने कार्य गर्ने ।
(३)  महासचिवको काम कर्तव्य र अधिकार ः
(क) संस्थाको सचिवालयको रेखदेख र संचालन गर्ने ।
(ख) अध्यक्षको निर्देशन अनुसार बैठक र सभा बोलाउने ।
(ग) अभिलेख सुरक्षित राख्ने ।
(घ) सभापतिले दिएको अन्य जिम्मेवारी पूरा गर्ने ।
(४) कोषाध्यक्षको काम कर्तव्य र अधिकार ः
(क) संस्थाको कोषको रेखदेख र संचालन गर्ने ।
(ख) साधारण सभामा वार्षिक कार्यक्रम र बजेट पेश गर्ने ।
(ग) लेखा दुरुस्त राख्ने ।
(घ) नियमित रुपमा बार्षिक लेखा परीक्षण गराउने ।
(५)  उप–महासचिवको काम, कर्तव्य र अधिकार ः
(क) संस्थाको सचिवालय सञ्चालन र रेखदेख गर्न महासचिवलाई सहयोग गर्ने ।
(ख) सभापति र महासचिवले दिएको अन्य जिम्मेवारी पुरा गर्ने ।
(ग) महासचिवको अनुपस्थितिमा महासचिवले गर्ने काम गर्ने ।
(६)  सदस्यहरुको काम कर्तव्य र अधिकार ः
(क)  समितिको बैठकमा सक्रिय सहभागिता जनाउने ।
(ख)  संस्थाको कार्यमा रचनात्मक भूमिकाको निर्वाह गर्ने ।
(७)  जिल्ला सभापतिको काम, कर्तव्य र अधिकार ः
(क)  जिल्ला कार्यसमितिको वैठकको अध्यक्षता गर्ने, वैठक सञ्चालन गर्ने ।
(ख)  निर्णायक मत दिने ।
(ग)  संस्थाको तर्फबाट जिल्लामा प्रतिनिधित्व गर्ने वा प्रतिनिधि तोक्ने ।
(घ) आवश्यकता अनुसार बैठक बोलाउन जिल्ला सचिवलाई निर्देशन दिने ।
(ङ)  अन्य पदाधिकारी एवम् सदस्यहरूलाई कामको बाँडफाँड गर्ने ।
(च) अभिलेख प्रमाणित गर्ने ।
(८)  जिल्ला उपसभापतिको काम, कर्तव्य र अधिकार ः
(क) सभापतिलाई सहयोग गर्ने ।
(ख)  सभापतिले दिएको जिम्मेवारी पुरा गर्ने ।
(ग)  सभापतिको अनुपस्थितिमा निजले गर्नु पर्ने कार्य गर्ने ।
(९)  जिल्ला सचिवको काम कर्तव्य र अधिकार ः
(क)  संस्थाको जिल्ला सचिवालयको सञ्चालन र रेखदेख गर्ने
(ख)  जिल्ला अध्यक्षको निर्देशन अनुसार बैठक र सभा बोलाउने ।
(ग)  अभिलेख सुरक्षित राख्ने ।
(घ)  जिल्ला सभापतिले दिएको अन्य जिम्मेवारी पुरा गर्ने ।
(१०) जिल्ला सहसचिवको काम, कर्तव्य र अधिकार ः
(क) संस्थाको जिल्ला सचिवालयको सञ्चालन र रेखदेख गर्न सचिवलाई सहयोग गर्ने ।
(ख)  जिल्ला  बैठक र सभा बोलाउन सचिवलाई सहयोग गर्ने ।
(ग)  जिल्ला सचिवले दिएको अन्य जिम्मेवारी पुरा गर्ने ।
(११) जिल्ला कोषाध्यक्षको काम, कर्तव्य र अधिकार ः
(क) संस्थाको जिल्ला कोषको रेखदेख र सञ्चालन गर्ने ।
(ख) जिल्लाको सभा÷सम्मेलनमा वार्षिक कार्यक्रम र बजेट पेश गर्ने ।
(ग) संस्थाको लेखा दुरूत राख्ने ।
(घ) संस्थाका आय–व्ययको वार्षिक रूपमा लेखापरीक्षण गराउने ।
(१२) जिल्ला कार्यसमितिका सदस्यहरूको काम कर्तव्य र अधिकार ः
(क) जिल्ला समितिको बैठकमा सक्रिय सहभागिता जनाउने ।
(ख) संस्थाको कार्यमा रचनात्मक भूमिका निर्वाह गर्ने ।
(ग) कार्य समितिले तोकेको अन्य जिम्मेवारी पुरा गर्ने ।
२०. गणपूरक संख्या ः
(१)  कूलसदस्य संख्याको ६० प्रतिशत साधारण सदस्यहरुको उपस्थित नभै साधारण सभाको काम कारवाही हुनेछैन ।
(२) तर विधानको दफा (११) ५ मा उल्लेख भए बमोजिम पुनः बोलाइएको साधारण सभामा कूल सदस्य संख्याको ५१ प्रतिशत उपस्थित भएमा सभा गर्न बाधा पर्ने छैन ।
(३) दोश्रो पटक पनि गणपुरक संख्या नपुगेमा तेश्रो पटक उपस्थित संख्यालाई गणपूरक संख्या मानिनेछ ।
परिच्छेद–६
आर्थिक व्यवस्था
२१. संस्थाको कोषः
(१)  संस्थाको आफ्नो छुट्टै कोष हुनेछ र सो कोषमा देहाय बमोजिमको प्राप्त रकमहरु जम्मा हुनेछ ः
(क)  सदस्यता बापत प्राप्त प्रवेश शुल्क र सदस्यता शुल्कको रकम ।ं
(ख)  कसैले स्वेच्छाले दिएको अनुदान सहायता वापत प्राप्त रकम ।
(ग)  संस्थाको चल अचल सम्पति वा अन्य वस्तुको विक्रिबाट प्राप्त रकम ।
(घ)  विदेशी संस्थाको व्यक्ति वा अन्र्तराष्ट्रिय संघ संस्थावाट सहयोग वापत प्राप्त रकम ।
(ङ)  स्थानीय निकायबाट प्राप्त अनुदान वा सहयोग वापत प्राप्त रकम ।
(२)  विदेशी संघ संस्था वा व्यक्तिबाट आर्थिक सहयोग तथा अनुदान लिने भए संस्थाले नेपाल सरकार समाज कल्याण परीषदबाट स्वीकृत लिईने छ ।
(३)  संस्थामा प्राप्त रकम स्थानीय बैकमा जम्मा गरी बैंक खाता संंचालन गरिने छ ।
२२  खाता संचालन ः संस्थाको बैंक खाता सभापति, सह्सभापति, महासचिव र कोषाध्यक्ष (अनिवार्य) मध्ये कुनै दुईको संयुक्त दस्तखतबाट संचालन हुनेछ । प्रचलित ऐन नियम अनुसार खर्च गर्ने तथा खर्चको श्रेस्ता राख्ने व्यवस्था गरिनेछ ।
२३. कोषको रकम खर्च गर्ने तरिका ः संस्थाको कोषमा जम्मा भएको रकम खर्च गर्दा देहाए बमोजिम तरिका अपनाई खर्च गरिनेछ ।
(क) संस्थाको वार्षिक बजेट, योजना र कार्यक्रम स्वीकृत नगरी कोषबाट खर्च गर्न सकिने छैन ।
(ख) साधारण सभाबाट पारित बजेट र कार्यक्रमको अधिनमा रही कोषबाट रकम खर्च गर्न सकिनेछ ।
(ग) कोषबाट खर्च भएको रकमको आर्थिक प्रतिवेदन साधारण सभामा अनिवार्य रुपले पेश गर्नु पर्नेछ ।
(घ) कोषको रकम खर्च गर्दा तोकिए बमोजिम खर्च गर्नु पर्नेछ ।
२४. संस्थाको लेखा र लेखा परिक्षण ः
(१) संस्थाको आय व्ययको लेखा प्रचलित कानून बमोजिम स्पष्ट तवरले राखिनेछ ।
(२) संस्थाको लेखा परीक्षणको प्रचलिन कानून बमोजिम रजिष्टर्ड लेखा परिक्षकबाट हुनेछ ।
(३) नेपाल सरकार वा स्थानीय अधिकारीले चाहेमा जुनसुकै वखतमा पनि आफै वा मातहतका कर्मचारीहरु खटाई संस्थाको हिसाव किताव जाँच गर्न गराउन सक्नेछ ।
(४) लेखा परिक्षकको नियुक्ति साधारण सभाबाट हुनेछ । तर प्रथम वार्षिक साधारण सभा नभएसम्म लेखा परिक्षकको नियुक्ति कार्य समितिबाट हुनेछ ।
(५)  संस्थाको लेखा परीक्षण प्रतिवेदन र वार्षिक कार्य प्रगती विवरणको १÷१ प्रति स्थानीय अधिकारी, जिल्ला बिकास समिति, समाज कल्याण परिषद् र सम्बन्धित निकायमा पेश गरिनेछ ।
परिच्छेद–७
निर्वाचन, अविश्वासको प्रस्ताव, विधान संशोधन सम्वन्धी व्यवस्था
२५. निर्वाचन सम्वन्धी व्यवस्था ः
(१)  समितिको निर्वाचन प्रयोजनको लागि वढीमा ३(तीन) जनाको एक निर्वाचन समिति कार्यसमितिद्धारा गठन गरिने छ
(२)  निर्वाचन समितिले प्रचलित कानूनको परिधी भित्र रहेर निर्वाचन कार्यविधि आफै व्यवस्थित गर्ने छ ।
(३)  निर्वाचन सम्वन्धी विवाद उत्पन्न भएमा निर्वाचन समितिले गरेको निणर्य नै अन्तिम हुनेछ ।
(४)  निर्वाचन सम्पन्न भएको भोलि पल्ट निर्वाचन समितिको स्वतः विघटन हुनेछ ।
२६. उम्मेदवार हुने योग्यताः  कार्य समितिको उम्मेदवार हुन देहाय बमोजिमको योग्यता पुगेको हुन पर्नेछ ।
(क)  विधानको दफा ७ को योग्यता पुगी सदस्यता प्राप्त गरेको हुनु पर्नेछ ।
(ख)  संस्थाको सदस्यता प्राप्त गरेको कम्तिमा २ वर्ष पुगेको हुनु पर्नेछ । तर संस्थापक सदस्यको लागि यो बन्देज लागू हुने छैन ।
(ग)  कार्यसमितिको सभापति पदमा निर्वाचित हुनको लागि कम्तीमा एक कार्यकाल कार्य समितिको सदस्य भै काम गरी सकेको हुनु पर्नेछ ।  प्रथम पटकका लागि यो बन्देज लागू हुने छैन ।
२७.  अविश्वासको प्रस्ताव ः
(१)  अविश्वासको प्रस्ताव लिखित रुपमा कुन कुन पदाधिकरीको विरुद्धमा हो स्पष्ट खुलाई देहाय बमोजिमको रितपु¥याई संस्थामा दर्ता गर्नु पर्नेछ ।
(क) नेपाली भाषामा शिष्ट शव्दको प्रयोगगरी लेखिएको हुनुपर्छ
(ख)  प्रस्तावको विषय स्पष्ट र व्यवहारिक हुनुपर्छ ।
(ग)  साधारण सभा सदस्यहरु मध्येबाट कम्तीमा १÷४ (एक चौथाई) सदस्यहरुको प्रष्ट नाम, थर र ठेगाना सहित खुलाई सही भएको हुनुपर्छ ।
(२)  उपदफा १ बमोजिम संस्थामा दर्ता भएको अविश्वासको प्रस्तावको स्पष्ट विषय खुलाई साधारण सभा वा विशेष साधारण सभा वस्ने स्थान, मिति, समय समेत तोकी संस्थाको साधारण सभाको सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई विधानको दफा ११(४) बमोजिम साधारण सभा वा विशेष साधारण सभा वस्ने  सूचना दिईने छ ।
(३)  अविश्वासको प्रस्ताव माथि छलफल प्रक्रिया ः
(क)  साधारण सभामा अध्यक्षता गर्ने व्यक्तिले साधारण सभामा उपदाफा (१) बमोजिम प्रस्ताव पेश गर्न अनुमति दिनेछ र प्रस्ताव पेश गर्ने सदस्यहरु मध्ये १(एक) जनाले अविश्वासको प्रस्ताव ल्याउनु पर्ने कारण सहितको आफनो अभिमत सभा समक्ष प्रस्तुत गर्नेछ ।
(ख) उप दफा (३) (क) बमोजिम अविश्वासको प्रस्ताव पक्षका सदस्यले आफ्नो अभिमत प्रस्तुत गरेपछि सो प्रस्ताव उपर     मत प्रकट गर्न चाहने वढीमा अन्य तिन जना सदस्यहरुलाई अध्यक्षले अभिमत प्रकट गर्न अनुमति दिन सक्नेछ ।
(ग) उप दफा (१) बमोजिम अविश्वासको प्रस्ताव जुन पदाधिकारीहरु विरुद्ध प्रस्तुत गरिएको हो, अध्यक्षता गर्ने व्यक्तिले ती पदाधीकारीहरुलाई आफ्नो सफाई पेश गर्न मौकाको लागि आफ्नो भनाईहरु राख्न अनुमति दिनेछ ।
(४) अविश्वासको प्रस्ताव माथि निर्णय ः
(क)  अविश्वासको प्रस्ताव उपर आफ्नो भनाई प्रस्तुत गर्ने क्रम समाप्त भए पछि अध्यक्षता गर्ने व्यक्तिले सो अविश्वासको    प्रस्तावको बहुमत पक्ष वा विपक्षमा छ भन्ने निर्णयको लागि देहाय बमोजिमको कुनै एकतरिका अपनाई अविश्वासको     प्रस्तावको निर्णयको घोषणा गर्नेछ ।
(अ) अविश्वासको प्रस्तावको पक्षमा मत प्रकट गर्ने एक समूहमा र विपक्षमा मत प्रकट गर्ने अर्को समूहमा छुट्याएर वा
(आ) साधारण सभाका सदस्यहरुलाई अविश्वासको प्रस्तावको पक्ष र विपक्षमा गोप्य मतदान गराएर ।
(ख) साधारण सभाको कुल सदस्य संख्याको २÷३(दुई तिहाई) बहुमतले अविश्वासको प्रस्ताव पारित हुने छ । त्यस्तो    प्रस्ताव पारित भएमा प्रस्तावित पक्षका व्यक्तिहरु पद मुक्त हुनेछन् ।
(ग) निर्वाचित भएको ६महिना नपुगी वा प्रस्ताव विफल भएको ६ महिना नपुगी त्यस्तो व्यक्ति उपर पुनः अविश्वासको प्रस्ताव ल्याउन पाईने छैन ।
२८.  विधान संशोधन ः  कुल सदस्य संख्याको २÷३ (दुई तिहाई) साधारण सभा सदस्यहरुले अनुमोदन गरे पश्चात मात्र संस्थाको कुनै दफा संशोधन वा खारेजको लागि स्थानिय अधिकारी समक्ष सिफारिस गरी पठाउनु पर्नेछ । स्थानिय अधिकरीबाट स्वीकृत भए पश्चात मात्र संस्थाको कुनै दफा संशोधन वा खारेज भएको मानिनेछ ।
२९. नियम वनाउन सक्ने ः
(१) संस्थाले आफनो कार्य सम्पादन गर्ने सन्दर्भमा आवश्यक नियम बनाउन सक्नेछ र सो नियम साधारण सभाबाट पारित गराई लागु हुनेछ र स्थानीय अधिकारीलाई सोको जानकारी दिनु पर्नेछ ।
(२) यो विधान र विधान अन्र्तगत बनेको नियमको अधिनमा रही संस्थाको कार्य संचालन र उद्देश्य कार्यान्यनका लागि कार्य समितिले कर्मचारी व्यवस्था र आर्थिक प्रशासन सम्बन्धी विनियम लागू गर्न सक्नेछ । ती विनियमहरु साधारण सभाबाट अनुमोदन गराउनु पर्नेछ ।
३०. कर्मचारीको व्यवस्था ः
(क) संस्थाको दैनिक कार्य संचालन र योजना तथा कार्यक्रम संचालनका लागि कर्मचारी दरवन्दी सिर्जना, पारिश्रमिक, भत्ता तथा अन्य सुविधा र कर्मचारी सेवा शर्तहरु अपनाउनु पर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ ।
(ख) संस्थाले विदेशी सहयोग प्राप्त गरी संस्थाको संचालन गर्ने कार्यान्वयन तहमा विदेशी सल्लाकार वा स्वयम सेवक राख्ने अवस्था भएमा निजले काम गर्ने अवधि पु¥याउने सेवा, कामको औचित्य, सुविधा र तिनको योग्यता समेतको विवरण स्थानीय अधिकारी, जिल्ला विकास समिति र समाज कल्याण परिषद्मा समेत जानकारी गराईने छ ।
३१. संस्था खारेजी
(१) साधारण सभाले आवश्यक देखेमा विशेष प्रस्ताव पारित गरी संस्था खारेजी गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम संस्थाको खारेजीको प्रस्ताव पारित गर्दा साधारण सभाले खारेजीको कामका लागि एक वा एक भन्दा वढी लिक्विडेटरहरु र संस्थाको हिसाव किताव गर्नको लागि एक वा एक भन्दा वढी लेखा परिक्षकहरु नियुक्त गर्न सक्नेछन् ।
(३) उपदफा (२) बमोजिम नियुक्त लिक्विडेटर र लेखा परिक्षकहरुको पारिश्रमिक साधारण सभाले तोकिदिए बमोजिम हुनेछ ।
(४) यसरी कारणबस संस्था विघटन भई खारेज भएमा संस्थाको दायित्वको फरफारकगरी वाँकी रहने सम्पूर्ण जायजेथा नेपाल सरकारको हुनेछ ।
३२.  व्याख्या ः यो विधान र विधान अन्र्तगत बनेको नियम विनियमको व्याख्या गर्ने अधिकार कार्य समितिलाई हुनेछ ।
३३. गोप्यता भंग गर्न नहुने ः
(१)  यस संस्थाका कुनै पनि पदाधिकारी वा सदस्यले संस्थाको अहित हुने कार्य गर्नु हुदैन ।
(२)  कार्य समितिका पदाधिकारी वा सदस्यहरुले वैठक वा साधारण सभामा  असभ्य र अश्लिल शव्दको प्रयोग गर्न पाईने छैन ।
३४. ऐन अनुसार हुने ः यस विधानमा उल्लेख नभएका कुराहरु कानून बमोजिम हुनेछ र संस्था दर्ता ऐन, नियम, र प्रचलित कानूनसंग बाझिन गएमा बाझिएको हदसम्म स्वतः निष्कृय हुनेछ ।
३५. निर्देशनको पालना ः नेपाल सरकार वा स्थानीय अधिकारीले समय– समयमा दिएको निर्देशनको पालना गर्नु संस्थाको कर्तव्य हुनेछ ।
३६. महासंघ गठन ः यो संस्थाको उदेश्य मिल्ने संस्थाहरुसंग मिलेर राष्ट्रिय महासंघ गठन गर्न सकिने छ । राष्ट्रिय महासंघको काम कर्तव्य र अधिकार महासंघले तोके वमोजिम हुने छ ।
३७. तदर्थ समिति ः
(१) यो संस्था स्थापना गरी दर्ता गराउनुको लागि गठित तदर्थ समितिले ६ महिना भित्र साधारण सभा बोलाई विधान अनुसारको निर्वाचन समितिको गठन गरी नयाँ कार्यसमितको निर्वाचन गराउने छ र सोको जानकारी स्थानिय अधि (२)  प्रथम पटक निर्वाचन सम्पन्न नभएसम्म कार्य समितिले गरेका  कामकारवाहीहरु यसै विधान सरह भएको मानिने छ ।
३८. संस्थापक सदस्य ः हामी बी पी  विचार  राष्ट्रिय समाजका निम्न संस्थापक सदस्यहरु यस विधान बमोजिम कार्य गर्न मञ्जुर भई निम्न साक्षीको रोहवरमा विधानमा सहीछाप गर्दछांै ।
क्र.स. संस्थापकको नाम, थर र ठेगाना साक्षीको नाम, थर र ठेगाना
१. कुलबहादुर गुरुङ्ग, इलाम नपा–२, इलाम विमल गुरूङ्ग, खुरापानी गाविस–८, झापा
२. गोविन्दराज जोशी, रूपाकोट गाविस–३, तनहूँ केशवराज जोशी, धनगडी नपा–५, कैलाली
३. लक्ष्मणप्रसाद घिमिरे, रामेछाप गाविस–३, रामेछाप विष्णुभक्त सितुखु, भक्तपुर नपा–५, भक्तपुर
४. विनयध्वज चन्द, दशरथचन्द नपा–१, बैतडी सुदीप लामिछाने, ठुलिपोखरी गाविस–३, पर्वत
५. सुनीलकुमार भण्डारी, धनपा–५, कैलाली बच्चुराम न्यौपाने, दधिकोट गाविस–५, भक्तपुर
६. अम्बिका बस्नेत, कामपा–६, काठमाडौं गोविन्द परियार, चोबु गाविस–१, तनहूँ
७. श्यामलाल श्रेष्ठ, कामपा–२६, काठमाडौं मुक्तिप्रसाद आचार्य, जगतीपुर गाविस–१, जाजरकोट
८. लोकेश ढकाल, कामपा–७, काठमाडौं वलराम बानिया, मिर्डुला–७, तनहूँ
९. जनकराज गिरी, वार्द गाविस–७, बाजुरा खडानन्द न्यौपाने (शुभाष), बरदुङ्गा गाविस–७, मोरङ्ग
अनुसचि – १
संस्थाको छाप र चिन्हको विवरण
१. संस्थाको छाप गोलाकार हुनेछ । उक्त गोलाकार भित्र वी पी विचार राष्ट्रिय समाज–२०६९ भनि लेखिने छ र त्यसको केन्द्रमा वी पी को तस्वीरको डिजाइन अंकित हुनेछ ।
२. संस्थाको चिन्ह ः वी पी विचार राष्ट्रिय समाजको अग्रेजीको संक्षेप BPINS को ठिक माथि वलिरहेको वत्तीको प्रतिक भएको संस्थाको चिन्ह हुनेछ ।

वर्तमान राष्ट्रिय राजनीतिको सन्दर्भमा हाम्रो दृष्टिकोण

नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान अन्तर्गत हालै सम्पन्न भएको प्रदेश सभा एंव प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसको अपमानजनक पराजय भएको छ । द्धन्द्ध र अस्थिरताको कारकतत्व ने.क.पा. माओवादी संलग्न कम्यूनिस्ट गठवंधनले स्थिरता, सम्मृद्धि र एकाङगी रास्ट्रवादको नारामा प्रचण्ड वहुमत हाशिल गर्नु केवल कांग्रेसका लागी मात्र नभइ प्रजातन्त्रमा आस्था राख्ने समस्त नागरिक तथा शुभेच्छुक समुदायहरुका लागी समेत चासो र चिन्ताको विषय वन्न पुगेको छ ।

संसदीय प्रजातन्त्रमा सशक्त एंव रचनात्मक प्रतिपक्षको अस्तित्व अनिवार्य शर्त हो । यसको अभावमा सत्ताशीनहरुमा वहुमतको दंभका कारण निरकुंश एंव स्वेच्छाचारी प्रवृति हाविहुने भय रहन्छ ।

००७ साल देखी अध्यावधिराष्ट्रिय राजनीतिको केन्द्रिय धुरीका रुपमा रहन सफल कांग्रेसलाइ यस निर्वाचनले अत्यन्त कमजोर विपक्षको हैशियतमा प्रदेशसभा र प्रतिनिधि सभामा उपस्थित गराएको छ जसका कारण अबका राष्ट्रिय राजनितिको समन्वकारी मध्यममार्र्गी प्रजातान्त्रिकधार कमजोर भै मुलुकमाराजनीतिक असहिस्णुता,राज्यका सम्पूर्ण अङ्गहरुमा दलियनियन्त्रण, परराष्ट्र सम्बन्ध संचालनमा असन्तुलन तथा साझा सहमतीभन्दा एकाधिकारवादी सोच प्रभावी हुने र यसबाट नयाँ आयामको द्धोन्दको परिस्थिति निर्माणहुने खतरा उपस्थित भएको छ ।

राजनेता स्व. वीपी कोइरालाले राष्ट्र, राष्ट्रियता प्रजातन्त्र र समाजवाद को आधारशीलामा नेपाललाई सवल, स्वतन्त्र, समृद्ध तथा अन्तर्राष्ट्रिय समुदायमा प्रतिष्ठित बनाउने अभिष्ट प्राप्तिका लागी एउटा सशक्त, संगठित औजारका रुपमा उपयोग गर्ने उदेश्यले नेपाली कांग्रेसको संस्थापना गर्नु भएको हो । राष्ट्र–रक्षाका यि विजमन्त्रलाई महत्वहिन ठानेर सत्ता स्वार्थमामात्रकेन्द्रित हुदाकांगे्रसमा सैद्धान्तिक विचलन शुरुभयो जसले गर्दा अहिले यो आधोगती को अवस्था आएको हो ।

०५९÷६३ को जनआन्दोलन देखी संविधान सभा हुँदै द्धन्दात्मक भौतिकतावादी संविधान निर्माणको उपक्रम सम्म आइपुग्दा उग्रवामपन्थी शक्ति संगको एकता, सहमति र सहकार्य कांगे्रस र प्रजातान्त्रिक पद्धतिका लागी घातक सिद्धभयो । संक्रमणकालका वहानामा दलिय भागवन्डा व्यापक आर्थिक अनियमितता, दन्डहिनता र विधिको शासन को उपहास, अपराधको राजनीतिकरण तथा कुशासनमा सबै दलहरु लिप्त हुँदा विकास अवरुद्ध भयो, वैदेशिक हस्तक्षेपमा वृद्धिभइ देशको स्वाभिमानमा आँच आउनुका साथै राष्ट्रिय चरित्र पतनोन्मुख भएको छ ।

कांग्रेसको यो पराजयमा विवीध आन्तरिक एवं वाह्य कारणहरु छन् । चरम गुटवन्दीका कारण कांगे्रस भित्र कांग्रेस खोज्नु पर्ने अवस्था, टिकट वितरणमा योग्यता, लोकप्रियता, प्रतिवद्धता र त्यागभन्दा भागवन्डा, परिवारवाद,  कृपावाद, धनवादलाई प्राथमिकता दिइयो । अर्को विडम्वना के रह्यो भने निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका नाममा उग्र वामपन्थि, उग्र दक्षिणपन्थि तथा पृथकतावादी शक्तीहरुसँग गठबन्धन गर्दा जनताले त्यसलाई अस्वीकार गरे ।

सत्ता संचालनको क्रममा प्रहरी लगायतका प्रशासन यन्त्रमा अनावश्यक हस्तक्षप , भुकम्पपिडित प्रति असंवेदनशिलता, नाकावन्दिको कडा प्रतिवाद गर्न असफल तथा युवा पलायन रोक्न र आर्थिक विकासलाई गति दिन प्रभावकारी हुन नसक्नु एंव कुटनीती संचालनमा असन्तुलन, अवाञ्छीत झुकाब, विधि, विधान अनसार नचल्नु जस्ता राष्ट्रिय मुद्धाहरुमा पार्टिको गम्भिर त्रुटी भएको कुरा भन्नु अतिरंजना वा लान्छना नहोला । जनमतलाई शिरोधार्य गर्दै नेपालीकांग्रेसको केन्द्रिय समितिले पराजयको नैतिक जिम्मेवारी लिनु र आत्म समिक्षा गर्नु प्रजातान्त्रिक आचरणको अनिवार्यता हो । नेपाली कांग्रेसले आफ्नो वर्तमान नीति, सांगठनिक स्वरुपलाई वी.पी.को विचारको धरातलमा राष्ट्रियतालाई केन्द्रमा राखेर वर्तमान, विश्व अर्थराजनितिका चुनौतीहरु सामना गर्न सक्षम हुने गरी व्यापक रुपान्तरण गर्नु नै पार्टीको पूनर्जीवनको संजिवनी हो भन्ने सत्य बुझ्न यो समाज पार्टीलाई आग्रह गर्दछ । विशिष्ट भूराजनितिक अवस्थितिका कारण हाम्रो राष्ट्र विभिन्न अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको सामरिक र आर्थिक स्वार्थको खेल प्रतिखेलको किडास्थल बन्दै गइरहेको कारण विगतमा हामिले ठुलो हिंसात्मक द्धोन्द र अस्थिरताले अभिशप्त हुनुपर्यो । त्यो अवस्था झनै घनिभुत भै रहेको पृष्ठभुमीमा राष्ट्रिय एकतामा आधारित प्रजातान्त्रिक प्रणाली तथा स्वतन्त्र सन्तुलित परराष्ट्र नीतिबाट मात्रै राष्ट्रको सार्वभौमिकता संरक्षित हुन सक्दछ भन्ने मान्यता यसवी.पी. विचार राष्ट्रिय समाजकोरहेको छ ।

धन्यवाद, जय नेपाल

वी.पी. विचार राष्ट्रिय समाज

केन्द्रिय समिति

मिति ः २०७४ पौस १६ गते                                              काठमाडौं

वी.पी. विचार राष्ट्रिय समाजको सुचना !!!

मिति २०७४÷१०÷११ गते दिनको १२.ं३० बजे वी.पी. विचार राष्ट्रिय समाजको कार्यसम्पादन समितिको नियमित बैठक समाजको केन्द्रिय कार्यालय चण्डोलमा बस्ने र सो बैठकमा कार्यसम्पादन समितिका सबै पदाधिकारी तथा सदस्यहरु, विभागका संयोजकहरु, र प्रदेशका संयोजकहरुलाई उपस्थितिका लागि अनुरोध गरिन्छ ।

तपशिल –

कार्य सम्पादन समितिको नामावली

१ मा.श्री कुलबहादुर गुरूङ्ग  (सभापति)–९८५१०८३०५०

२.गोविन्द राज जोशी  ( सह–सभापति)–९८५११७२५७८

३.विनय ध्वज चन्द (महा सचिव)–९८४१५५४०२६

४.राम बहादुर गुरुङ्ग (उप महासचिव)–९८५१००३७९८

५.गिता रेग्मी (कोषाध्यक्ष)–९८४१६१५०४४

६.लक्ष्मण प्र.घिमिरे (सदस्य)–९८५१०३७९८०

७.सुनिल कुमार भण्डारी(सदस्य)–९८५१०७२०२४

८.रेवती प्र.भुसाल(सदस्य)–९८४१५५४१२५

९.मा.श्री पार्वती डी.सी चौधरी(सदस्य)–९८५११६७७०१

१०.राजन पन्त(सदस्य)–९८४१३३१२२९

११.सुरेन्द्र हमाल(सदस्य) –९८५१०२९४७५

१२  लोकेश ढकाल (सदस्य) –९८५१०१६३२६

१३.भोज राज रेग्मी(सदस्य)–९८५१०८७६६

विभागका संयोजक

 

1.     डा. शंकर शुब्बा ९८४१२१३३७१

2.     ढुण्डिराज पोखरेल ९८५१०१०६०२

3.     विनयध्वज चन्द ९८४१५५४०२६

4.     मा.श्री पार्वती डि.सी. चौधरी ९८५११६७७०१

5.     श्रीमति गीता रेग्मी ९८४१६१५०४४

6.     श्री रेवती प्रसाद भुषाल ९८४१५५४१२५

प्रदेशका सभापतिहरु

1.            दीपक  लोहनी – ९८४२१३९०५५

2.            चुन्नीशरण यादव – ९८४४०२३९९१

3.            खेमराज सेढाँइ – ९८४१४०७५३०

4.            खगेन्द्रराज रेग्मी – ९८५६०५०७२२

5.            राजन पन्त – ९८४१३३१२२९

6.     हस्त बहादुर मल्ल  –९८५११८५४२८

7.     यज्ञराज पाठक – ९८४१५६४७८२

 

विनयध्वज चन्द

महासचिव

वी.पी. विचार राष्ट्रिय समाज

चण्डोल, काठमाडौ ।

Activitise of BPIdeology National Society

(१) २०६९ साल श्रावण ८ गते बी पी बिचार राट्रिय समाज जिल्ला कार्यालय काठमाण्डौमा द नं २६मा दर्ता भयो ।
(२) २०६९ साल भाद्र १४ गते बी पी बिचार राट्रिय समाज समाज कल्यााण परीषद  काठमाण्डौमा सामाजिक सस्थामा आबद्ध  भयो ।
(३) २०६९ साल भदौ २२ गते ९८औ वीप्ी जयन्तिको शुभ अवसरमा  वीपी कोइराला र नेपाली राष्ट्रियता विषयक विचार गोष्टि गरी सम्पन्न भयो । गोष्टिमा डा. रमेश ढुङ्गेल र डा. विपिन अधिकारीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । गोष्टिमा प्राध्यापक , कानुन व्यवसाई , ईनजीनीयर, पुर्व प्रसासकहरु डक्टर र शिक्षकहरु करीव ५०० जनाको सहभागिता थियो ।
(४)  २०६९ साल आश्विन २७ गते वीपी कोइराला र नेपाली राष्ट्रियता विषयक कार्यशाला सम्पन्न गरी सो कार्यपत्रलाई अन्तिम स्वरुप दिईयो । डा. रमेश ढुङ्गेल र डा. विपिन अधिकारीले कार्यपत्र प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा प्राध्यापक , कानुन व्यवसाई , ईनजीनीयर, पुर्व प्रसासकहरु डक्टर र शिक्षकहरु करीव ६० जनाको सहभागिता थियो ।
(५)२०७० साल श्रावण १९ गते बी पी बिचार राट्रिय समाजको पुर्ण वैठक काठमाण्डौमा सम्पन्न भयो ।

Decission of BP Bichar Rastriya Samaj

वी.पी. विचार राष्ट्रिय समाज, केन्द्रीय कार्यसमितिको मिति २०७० साउन १९ गते शनिवार वसेको वैठकको निर्णयहरू

१    आउँदो भाद्र २४ गते देखि ०७१ भाद्र २४ गतेसम्म वी.पी. कोइरालाको जन्म शताव्दी वर्ष परेको हुँदा जन्म शताव्दी वर्षदिन भरी विविध सिर्जनात्मक कार्यक्रमहरुका साथ भव्य रूपमा मनाउन समाजका सभापति श्रीकुलबहादुर गुरूङ्गको अध्यक्षतामा वी.पी.कोइराला जन्म–शतवार्षिकी समारोह समिति गठन गर्ने निर्णय गरियो । समारोह समितिमा समाजका उपाध्यक्ष गोविन्दराज जोशी, महासचिव विनयध्वज चन्द, कोषाध्यक्ष लक्ष्मणप्रसाद घिमिरे, समाजका केन्द्रीय सदस्यहरू श्रीमती लिला कोइराला, उमाकान्त चौधरी, सुनिलकुमार भण्डारी, डा. लक्ष्मीराज पाठक, अधिवक्ता कुमार रेग्मी, लोकेश ढकाल र इ. भोजराज पोखरेल सदस्य रहनेगरी समिति गठन गरिएको छ ।
२    आउँदो भाद २४ गते वी.पी.कोइरालाको जन्म जयन्तीका सन्दर्भमा एउटा भव्य कार्यक्रम आयोजना गरी मनाउन समाजका सदस्य लोकेश ढकालको संयोजकत्वमा उमाकान्त चौधरी, इ. सरोज देवकोटा, इ. हरिदर्शन श्रेष्ठ, सुश्री अम्बिका बस्नेत सदस्य रहनु भएको पाँस सदस्यीय वी.पी. कोइराला जन्म जयन्ती कार्यक्रम आयोजक समिति गठन गरिएको छ ।
३    वी.पी. विचार राष्ट्रिय समितिको केन्द्रीय कार्यसमिति सदस्यमा मोहन बराल – सिन्धुली, श्रीमती लिला सुब्बा – धनकुटा, नरेन्द्र केरूङ्ग – पाँचथर, र मनबहादुर रावल – बाजुरालाई मनोनित गर्ने निर्णय गरियो र वाँकि रहेको केन्द्रीय सदस्य पदमा समाजका सभापतिले समाजका पदाधिकारीसंग आवश्यक परामर्ष गरी विधान बमोजिम मनोनित गर्दै जाने निर्णय गरियो ।
४    वी.पी. कोइराला जन्म शताब्दी समारोह र समाजको संगठन परिचालन गर्न आर्थिक स्रोतको व्यवस्थापनका लागि समाजका कोषाध्यक्ष लक्ष्मणप्रसाद घिमिरेको संयोजकत्वमा सुनिलकुमार भण्डारी, डा. लक्ष्मीराज पाठक, डा. इ. कमल रिजाल, इ. भोजराज रेग्मी सदस्य रहनु भएको स्रोत व्यवस्थापन एवम परिचालन समिति गठन गरिएको छ ।
५    समाजको जिल्ला स्तरमा संगठन विस्तार गर्न र गठन भएका जिल्ला समिति बीच समन्वय गर्न विकास क्षेत्रका आधारमा पाँच जनालाई संयोजक तोकिएको छ । एक महिना भित्र तोकिएको कार्य सम्पादन गर्ने उद्देश्यले तोकिएका संयोजकहरूमा पूर्वाञ्चलमा अधिवक्ता कुमार रेग्मी, मध्यमाञ्चल लक्ष्मणप्रसाद घिमिरे, पश्चिमाञ्चल गोविन्दराज जोशी, मध्यपश्चिमाञ्चलमा सुरेन्द्र हमाल र सुदूर पश्चिमाञ्चलमा सुनिलकुमार भण्डारीलाई तोक्ने निर्णय गरियो ।
६.    यस समाजको आर्थिक कारोवार गर्नका लागि राष्ट्रिय वाणिज्य वैङ्क, गौशाला, वत्तिसपुतली शाखामा समाजका सभापति कुलबहादुर गुरूङ्ग, महासचिव विनयध्वज चन्द र कोषाध्याक्ष लक्ष्मणप्रसाद घिमिरेको संयुक्त हस्ताक्षरबाट खाता सञ्चालन गर्ने गरी खाता खोल्ने र खाता सञ्चालनका हकमा तीन जना मध्ये कुनै दुईको हस्ताक्षरबाट आर्थिक कारोवार गर्ने निर्णय गरियो ।
७    छलफलका लागि थप अन्य विषय नउठेकोले समाजका सभापतिले वैठक समापन भएको घोषणा गर्नु भयो ।

Constitution of B.P. Ideology National Society (BPINS)

                                 वी.पी. विचार राष्ट्रिय समाजको

विधान

२०६९

संशोधन एवम् परिमार्जन सहित – २०७१)

B.P. Ideology National Society (BPINS)

 

प्रस्तावना

नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी, महामानव वी.पी. कोइराला

(वी.पी.) ले नेपालको राष्ट्रियताको संरक्षण एवम् संवर्धन र प्रजातन्त्रको स्थापना, स्थायित्व एवम् विकाससंगै नेपाली साहित्यमा पु¥याउनु भएको अतुलनीय योगदानको उच्च सम्मान गर्दै, उहाँले नेपालको स्वतन्त्रता, राष्ट्रिय एकता र अखण्डताका लागि नेपालको राजनीतिक परिवेशका सन्दर्भमा प्रतिपादन, परिभाषित एवम् विकसित गर्नुभएको राष्ट्रिय एकता र मेलमिलापको नीति र सिद्धान्तलाई आत्मसात गर्दै, मुलुकको समानुपातिक एवम् सन्तुलित विकास र जनताको जीवन स्तर माथि उठाउनका लागि लिनु भएको प्रजातान्त्रिक समाजवादको नीति, सिद्धान्त र कार्यक्रम प्रति पूर्णरुपमा विश्वास प्रकट गर्दै, वी.पी.ले प्रतिपादन, व्याख्या एवम् विकास गर्नु भएको राष्ट्रिय एकता र मेलमिलापको नीति अन्तरगत रहेर सो नीतिलाई वर्तमान राजनीतिक परिप्रेक्षमा विकसित एवम परिभाषित गरी थप उन्नत बनाउँदै राष्ट्रियता र राष्ट्रिय अखण्डताको संरक्षण एवम् प्रवर्धन गर्न र प्रजातान्त्रिक समाजवादको नीतिलाई अझ व्यवहारिक ढंगबाट लागु गरी आर्थिक उन्नती र जनताको जीवन स्तर माथि उठाउने आधार बनाउन एवम् वी.पी. विचार र सिद्धान्तलाई जनस्तरसम्म पुयाउने पवित्र उदेश्यले यस ‘वी.पी. विचार राष्ट्रिय समाज’ नामक नाफा रहित उद्देश्य रहेको एक गैह्रसरकारी संस्था स्थापना गरेका छौं । यो विधान संस्था दर्ता ऐन २०३४ को अधिनमा रही तर्जुमा गरिएको छ ।

 

 

प्रारम्भिक

१. यस संस्थाको नाम ः  बी पी  विचार  राष्ट्रिय  समाज  रहने छ । अंग्रेजीमा  द्यए क्ष्मभययिनथ ल्बतष्यलब िक्यअष्भतथू रहनेछ । अंग्रेजीमा छोटकरीमा  भनिने छ ।

(क)    संस्थाको कार्यालय रहने ठेगाना ः– यस संस्थाको केन्द्रीय कार्यालय काठमाण्डांै जिल्लामा रहने छ ।०

(ख)    संस्थाको कार्यक्षेत्र ः– यस बी पी  विचार  राष्ट्रिय  समाजको कार्यक्षेत्र काठमाण्डौ जिल्ला रहनेछ । जिल्ला स्तरमा संस्थाको जिल्ला शाखा गठन गरिने छ । स्थानीय अधिकारीको स्विकृतिलिई अन्य जिल्लामा पनि कार्यालय विस्तार गर्न सकिने छ ।

(ग)    प्रारम्भ ः– यो विधान संस्था दर्ता भएको मिति देखि प्रारम्भ हुनेछ ।

(घ)    संस्थाको अस्तित्व ः– यो संस्था एक अविच्छिन्न, उत्तराधिकारवाला, संगठित, स्वशासित, गैर–नाफामूलक, गैर–राजनीतिक तथा गैर–सरकारी सामाजिक संस्था हुनेछ । संस्थाबाट आफ्नो उद्देश्य बाहेक आय आर्जन गर्ने तथा कुनै प्रकारको शुल्क लिई वा नलिई परामर्श प्रदान गर्ने कार्य गरिने छैन । यस सस्थाले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजूर गर्न र यस संस्था उपर पनि सोही नामबाट नालिस उजूर लाग्न सक्नेछ ।

२. परिभाषा ः विषय वा प्रसंगले अन्य अर्थ नलागेमा यस विधानमा ः

(क)    ‘विधान’ भन्नाले बी पी  विचार  राष्ट्रिय  समाजको विधानलाई सम्झनु पर्दछ ।

(ख)    ‘संस्था’ भन्नाले  बी पी  विचार  राष्ट्रिय  समाजलाई जनाउँदछ ।

(ग)    ‘समिति’ भन्नाले यस विधानको दफा १३ बमोजिम गठित कार्य समितिलाई जनाउँदछ ।

(घ)    ‘जिल्ला समिति’ भन्नाले सस्थाबाट मान्यता प्रदान गरिएको जिल्ला समितिलाई वुझाउँदछ ।

(ड।) ‘सभा’ भन्नाले यस विधान बमोजिम बसेको साधारण सभा र विशेष साधारण सभालाई समेत जनाउँदछ ।

(च)    ‘पदाधिकारी’ भन्नाले सँस्थाका पदाधिकारीहरुलाई सम्झनु पर्दछ ।

(छ)    ‘नियम’ विनियम’ भन्नाले यस विधान अन्तर्गत बन्ने नियम विनियमलाई जनाउँदछ ।

(ज)    ‘स्थानीय अधिकारी’ भन्नाले प्रमुख जिल्ला अधिकारीलाई जनाउँछ ।

(झ)    ‘तोकिएको वा तोकिए बमोजिम’ भन्नाले यो विधान र यस विधान अन्तर्गत बनेको नियम विनियममा तोकिएको वा तोकिए बमोजिम  सम्झनु पर्दछ ।

(ञ) ‘स्थानीय निकाय’ भन्नाले गा.वि.स.,महानगर, उपमहानगर, नगर र जि.वि.स. लाई जनाउने छ ।

(ट) ‘निर्वाचन क्षेत्रीय समिति’ भन्नाले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि क्षेत्र निर्धारण आयोगले कायम गरेको क्षेत्रमा गठन गरिने वी.पी. विचार राष्ट्रिय समाजको समन्वय समितिलाई जनाउने छ ।

३. संस्थाको छाप र चिन्ह ः संस्थाको एक छाप र चिन्ह अनुसूचि –१ बमोजिमको ढाँचामा हुनेछ ।

 

परिच्छेद–२

उद्देश्य

४. संस्थाको उद्देश्य ः संस्थाको उद्देश्य देहाय बमोजिम रहनेछ ।

(क)    यो संस्था मुनाफा रहित, जनहितकारी सामाजिक संस्था हुनेछ ।

(ख)    वी.पी.ले प्रतिपादन, व्याख्या एवम् विकास गर्नु भएको राष्ट्रिय एकता र मेलमिलापको नीति अन्तरगत रहेर सो नीतिलाई वर्तमान परिप्रेक्षमा विकसित एवम परिभाषित गरी थप उन्नत बनाउँदै राष्ट्रियता र राष्ट्रिय अखण्डताको संरक्षण एवम् प्रवर्धन गर्न प्रयत्नशील रहने ।

(ग)    प्रजातान्त्रिक समाजवादको नीतिलाई अझ व्यवहारिक ढंगबाट अध्ययन अनुसन्धान गरी मुलुकको आर्थिक उन्नती र जनताको जीवन स्तर माथि उठाउने आधार बनाउन क्रियाशील हुने ।

(घ)    वी.पी.कोइरालका विचार, सिद्धान्त र साहित्यिक कृतिहरुलाई जनस्तरसम्म पु¥याउन प्रयत्न गर्ने

(ङ) बी.पी.कोइरालाले विशेषतः नेपालका लागि प्रतिपादन गर्नुभएको प्रजातान्त्रिक समाजवादबाट सुनिश्चित गर्न खोजिएको नेपालीको प्रजातान्त्रिक हक अधिकारसंगै शैक्षिक, स्वास्थ तथा आर्थिक हक अधिकार बारे जनतालाई सुसूचित गराउने ।

(च)    नेपालको ग्रामिण क्षेत्रमा शिक्षा, स्वास्थ तथा रोजगारीमूलक कार्यक्रमहरुको विस्तारमा सहयोग पु–याई ग्रामिण विकाशमा टेवा पु–याउने । महिला, दलित, आदिवासी तथा पिछडिएको क्षेत्र वा वर्गका जनताको क्षमता वृद्धिमा सहयोग पु¥याउने ।

(छ)    नेपालको राष्ट्रियताको संरक्षण र संवर्धन गर्न आवश्यक कार्य गर्ने । नेपालीहरु बीच कायम रहँदै आएको सदियौं पुरानो आपसी सद्भाव, भाईचारा र एकता अझ बृद्धि गर्न अग्रसर रहने । नेपालको सांस्कृतिक पहिचानको संरक्षण गर्ने ।

(ज)    अहिंसा, शान्ति र प्रजातान्त्रिक मूल्य र मान्यताको संवर्धन र प्रसार गर्ने ।

(झ)    मानव जीवनलाई स्वस्थ र सार्थक बनाउन अध्यात्म, योग र साधना जस्ता विषयहरु बारे जनस्तर सम्म अभियान चलाउने ।

(ञ) समाजका असहाय र कमजोर क्षेत्र र वर्गका जनताको उत्थान विकाशमा सहयोग पु–याउन आवश्यक कार्य गर्ने ।

(ट) समाजमा विद्यमान विभिन्न विभेदहरुलाई न्यूनिकरण गरी आपसी सौहार्दता र शिष्टता बढाई नैतिक आचरणको विकास गर्न संस्था प्रयत्नशील रहनेछ ।

(ठ) संस्थाले सामाजिक गतिविधिहरुमा संलग्न सरकारी तथा गैर सरकारी निकायहरु बीच समन्वय, सहयोग र सहकार्य गर्नेछ ।

(ड) जि.प्र.का.बाट खारेज गरिएको ।

(ढ) मानव अधिकारको संरक्षण एवम् प्रवर्धनमा प्रभावकारी भूमिका निर्वाह गर्नु यो सस्थाको उद्देश्य रहने छ ।

५. संस्थाको कार्य ः संस्थाले दफा ४ मा उल्लेखित उद्देश्यहरु प्राप्त गर्न देहायका कार्यहरु गर्नेछ ।

(क) संस्थाले प्रचलित नेपाल कानून बमोजिम सम्बन्धित निकायबाट अनुमति वा इजाजत प्राप्त गरी मात्र आफ्ना उद्देश्यहरु कार्यान्वयन गर्नेछ ।

(ख) संस्थालाई आवश्यक पर्ने भवन निर्माण गर्ने वा भाडामा वा लिजमा लिनेछ र कम्प्युटर, टेलिफोन, टाइपराइटर, फ्याक्स जस्ता कार्यालय सामान तथा सवारी साधन खरिद गर्नेछ वा भाडामा लिई प्रयोग गर्नेछ ।

(ग) संस्थालाई आवश्यक पर्ने कर्मचारी नियुक्त गर्ने तथा तिनको सेवा शर्तहरु निर्धारण गर्नेछ ।

(घ) संस्थाको उद्देश्य प्राप्तिमा सहयोग पुग्ने गरी विभिन्न छलफल, गोष्ठी, तालिम, अन्तरक्रिया, सभा, सार्वजनिक सुनुवाई, सांस्कृतिक कार्यक्रम, अध्ययन र अनुसन्धान तथा प्रकाशनका कार्यहरु गर्नेछ ।

(ड।)   छलफल, तालिम, गोष्ठी अन्तरक्रिया, सार्वजनिक सुनुवाई, अध्ययन अनुसन्धानबाट प्राप्त सुझावहरुलाई कार्यान्वयनका लागि आवश्यकतानुसार सम्बन्धित निकायमा अनुरोध गरिनेछ ।

(च)    शान्ति, अहिंसा र प्रजातन्त्रको संरक्षण, संवर्धन र विकाशका लागि विभिन्न कार्यक्रमहरु संचालन गरिनेछ । नेपालको मौलिक राष्ट्रिय पहिचानको संरक्षण गर्न, नेपालीको इतिहास, विविध कला, सँस्कृति, साहित्य, दर्शन तथा वातावरणीय आदि क्षेत्रको संवर्धन र विकासमा सामाजिक चेतना जगाइनेछ ।

(छ) राष्टिय स्तरमा शान्ति, अहिंसा र भाईचारा अभिवृद्धि गर्न आवश्यक कार्य गर्ने, सम्बन्धित निकायहरुलाई सुझाव तथा परामर्श दिने र सोको कार्यान्वयनका लागि प्रयत्नशील हुनेछ ।

(ज)    बालक, युवा, बृद्ध, महिला, आदिवासी, दलित एबं पिछडिएको क्षेत्र र वर्गहरुका लागि विशेष कार्यक्रमहरु संचालन गरिनेछ ।

(झ)    समाजमा उल्लेखनीय योगदान गरेका व्यक्ति, व्यक्तित्वहरुको कदर, तथा सम्मान गरिनेछ ।

(ञ)    संस्थाको उद्देश्य परिपूर्ति गर्न तथा समाजको चेतना र विकाशमा सहयोग पु¥याउन आवश्यकता अनुसार शैक्षिक संस्थाहरुको निर्माण र संचालन गर्ने ।

(ट) संस्थाको गतिविधिमा संलग्न हुन इच्छुक स्वदेशी तथा विदेशी व्यक्ति एवम् संघ संस्थालाई सहभागि गराउने

(ठ)    मानव अधिकारको संरक्षण र प्रवर्धनमा प्रभावकारी भूमिका निवार्ह गर्नु

(ड) संस्थाको उद्देश्य परिपूर्ति गर्ने गरी आवश्यकता अनुसार अन्य सम्पूर्ण कार्यहरु गर्नेछ ।

 

परिच्छेद–३

सदस्यता

६. सदस्यहरुको वर्गीकरणः यस संस्थाका देहाय बमोजिम ४ प्रकारका सदस्यहरुको वर्र्गीकरण गरिएकोछ । योग्यता पुगेका नेपाली नागरिकहरुको साधारण सदस्य पाउँ भनि निवेदन प्राप्त भएपछि  जिल्ला समितिले सदस्यता दिने निर्णय गरे पछि  र अन्य सदस्यको हकमा जिल्ला समितिले  सदस्यता दिने निर्णय गरे पछि मात्र  सदस्यता प्राप्त गर्नेछ ।

(क) साधारण सदस्य ः यस विधानको दफा ७ बमोजिम योग्यता पुगेको कुनै पनि नेपाली नागरिकले तोकिएको प्रक्रिया पु¥याई आवेदन गरी संस्थाको सदस्यता प्राप्त गर्ने व्यक्तिहरु साधारण सदस्य हुनेछन् ।

(ख) सस्थापक सदस्यहरु ः यस संस्था दर्ता हुँदाको बखतका सदस्य तथा पदाधिकारीहरु सस्थापक सदस्य हुनेछन । सस्थापक सदस्यहरुले साधारण तथा आजीवन सदस्यता लिएर विधान बमोजिमको शुल्क बुझाउनु पर्नेछ ।

(ग) आजीवन सदस्य ः संस्थाको विकासको लागि विशेष योगदान पु¥याउने व्यक्तिहरुलाई तोकिएको प्रक्रिया अन्तर्गत आजीवन सदस्यता प्रदान गरिनेछ ।

(घ)    मानार्थ सदस्य ः संस्थाले उपयुक्त ठहर गरेको विशिष्ठ समाजसेवी तथा प्रतिष्ठित नेपाली नागरिकलाई संस्थाको मानार्थ सदस्य प्रदान गर्न सक्नेछ तर मानार्थ सदस्यहरुको मताधिकार रहने छैन ।

७.  सदस्यता प्राप्तिका लागि आवश्यक योग्यता ः यस संस्थाको सदस्यको लागि देहाय बमोजिमको योग्यता पुगेको हुनु पर्नेछ ।

(क)    नेपाली नागरिक भएको ।

(ख)    १८ वर्ष उमेर पुरा गरेको ।

(ग)    मानसिक सन्तुलन नगुमाएको ।

(घ)    सार्वजनिक सम्पत्ती हिनामिना गरेको नठहरेको ।

(ङ)    नैतिक पतन देखिने फौज्दारी अभियोगमा सजाय नपाएको ।

(च)    वी पी कोईराला द्वारा प्रतिपादित राष्टिय एकता तथा मेलमिलापको सिद्धान्त र नेपालको राष्टिय एकता र अखण्डता प्रति प्रतिवद्ध रहेको ।

(छ)    शान्ति र प्रजातान्त्रिक मूल्य र मान्यता प्रति प्रतिवद्ध रहेको ।

 

८. संस्थाको सदस्य प्राप्त गर्न वा वहाल रहन नसक्ने अवस्था ः

(क)    गैर नेपाली नागरिक ।

(ख)    १८ वर्ष उमेर पुरा नगरेको ।

(ग)    मगज विग्रेको वा बौलाएको ।

(घ)    सार्वजनिक सम्पत्ती हिनामिना गरेको ठहरेको ।

(ड) नैतिक पतन देखिने फौज्दारी अभियोगमा सजाय पाएको ।

(च)    संस्थाको कार्य संचालनमा निजी स्वार्थ भएको ।

(छ)    साहुको दामासाहीमा परेको ।

(ज)    कुनै प्रकारको चोरी, ठगी, किर्ते, वा जालसाजी गरेको वा आफ्नो जिम्माको धनमाल अनधिकृत तवरले मासेको वा दुरुपयोग गरेको ।

(झ)    नेपालको राष्टिय एकता र अखण्डता प्रति प्रतिवद्ध नरहेको ।

(ञ)    शान्ति र प्रजातान्त्रिक मूल्य र मान्यता प्रति प्रतिवद्ध नरहेको ।

 

९. सदस्यताको समाप्ति ः

(१)    देहायको अवस्थामा कुनै व्यक्ति संस्थाको सदस्यमा वहाल रहने छैन ।

(क) यस विधानको दफा ८ बमोजिम सदस्य पद प्राप्त गर्न नसक्ने भएमा ।

(ख) साधारण सभाको दुई तिहाई सदस्यहरुको बहुमतले सस्थाको सदस्य पदबाट हटाउने प्रस्ताव पारित गरेमा ।

(ग)    सदस्यले आफ्नो पदबाट दिएको राजिनामा स्वीकृत भएमा ।

(घ) सँस्थाको कामकारवाहीमा बेइमानी वा बदनियत गरेको कुरा अदालतबाट प्रमाणित भएमा ।

(ड) विधान बमोजिम संस्थाले गर्न नहुने भनी तोकिएको कुनै कार्य गरेमा ।

(च)    सदस्यता शुल्क बुझाउन बाँकि भएमा ।

(छ)    संस्था विघटन भै खारेज भएमा ।

(२)    कुनै व्यक्ति संस्थाको सदस्यता प्राप्त गर्न वा वहाल रहन अयोग्य ठहराउनु भन्दा अघि संस्थाले निजलाई सो कुराको सूचना दिई, सफाईको सबुद पेश गर्ने मौका दिइनेछ ।

 

१०. सदस्यता शुल्क र सदस्यता प्रदान गर्ने विधि ः  यस विधानको दफा ६ बमोजिमको सदस्यहरुले देहाय बमोजिम सदस्यता प्राप्त गर्न सक्नेछन् ।

(१)    साधारण सदस्य ः

(क)    साधारण सदस्य प्राप्त गर्न चाहने व्यक्तिले तोकिएको प्रवेश शुल्क र सदस्यता शुल्क बुझाई तोकिएको प्रक्रिया अनुसार आवेदन पेश गर्नेलाई कार्यसमितिको निर्णयले साधारण सदस्यता प्रदान गर्न सक्नेछ । प्रवेश शुल्क र सदस्यता शुल्क केन्द्रीय कार्यसमितिले तोके अनुसार हुनेछ ।

(ख) त्यस्ता साधारण सदस्यले महाधिवेशनसम्म तोकिएको शुल्क बुझाई सदस्यता नविकरण गर्नु पर्नेछ । नविकरण नगर्ने सदस्यले समाजको कुनै पनि तहको अधिवेशनमा सहभागी हुन पाउने छैन ।

(ग)    (खारेज गरिएको)

(२)    सँस्थापक सदस्य ः

(क)    यो सँस्था दर्ता हुँदाको बखतका तदर्थ समितिका पदाधिकारीहरु र यस विधानमा सही गर्ने सदस्यहरु सस्थापक सदस्य हुनेछन् ।

(ख)    सस्थापक सदस्यहरुले विधानमा उल्लेख भए बमोजिमको शुल्क बुझाई साधारण सदस्य वा आजीवन सदस्य प्राप्त गर्न सक्नेछन् ।

(३)    आजीवन सदस्य ः संस्थामा तोकिएको शुल्क बुझाई तोकिएको प्रक्रिया अन्तर्गत आवेदन दिने व्यक्तिहरुलाई कार्य समितिको निर्णयले आजीवन सदस्यता प्रदान गर्न सक्नेछ ।

(४) मानार्थ सदस्यः साधारण सभाको निर्णयले उपयुक्त ठानेको समाजसेवी विशिष्ठ व्यक्ति तथा

प्रतिष्ठित नेपाली नागरिकहरुलाई मानार्थ सदस्यता प्रदान गर्न सक्ने छ । तर मानार्थ सदस्यको मताधिकार रहने छैन ।

(५) कुनै आवेदकलाई सदस्य नदिने निर्णय गरेमा सो को कारण सहितको जानकारी आवेदकलाई दिइने छ ।

(६) सवै सदस्यहरुले यस विधान र विधान अन्तर्गत बनेको नियम र विनियम बमोजिम भएको व्यवस्थाको  पालना गर्नु पर्नेछ ।

(७) संस्थाले प्रदान गरेको उपदफा १, २, ३, र ४ अनुसारको सदस्यहरुको तोकिएको ढांचामा छुट्टै अभिलेख पुस्तिका रहनेछ ।

 

परिच्छेद–४

साधारणसभा, कार्य समिति तथा वैठक सम्बन्धी व्यवस्था

११. साधारण सभाको गठन ः

(१) (क) समाजको केन्द्रीय कार्यसमितिका सदस्य एवम् पदाधिकारीहरू साधारण सभाको सदस्य हुनेछन् ।

(ख) समाजको मान्यता प्राप्त जिल्ला शाखाका सभापति एक, जिल्ला कार्यसमितिले तोकेको कम्तिमा एक महिला सहित जम्मा तीन (३) जना प्रतिनिधि साधारण सभाको सदस्य हुनेछन् तर जिल्ला सभापति वा दुई सदस्य मध्ये कम्तिमा एक महिला अनिवार्य हुनुपर्नेछ ।

(ग)    समाजको संस्थापक सदस्य एवम् पदाधिकारीहरू साधारण सभाका सदस्य हुनेछन् ।

(घ)    संस्थाको केन्द्रीय सभापतिले समाजको साधारण सदस्य मध्येबाट वुद्धिजिवी, व्यवसायी एवम् समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूलाई मनोनित गरेको बढिमा पच्चिस जना सदस्य साधारण सभाका सदस्य हुनेछन् ।

(२)    यस संस्थाको साधारण सभा देहाय बमोजिम हुनेछ ।

(क) बार्षिक साधारण सभा ः वर्षको एक पटक बार्षिक साधारण सभा बस्ने छ ।

(ख)    विशेष साधारण सभा ः सँस्थाको कूल सदस्य संख्याको १।४ (एक चौथाई) सदस्यहरुले कारण जनाई विशेष साधारण सभा माग गरेमा विशेष साधारण सभा कार्य समितिले कम्तीमा १५ (पन्द्र)) दिन भित्र अनिवार्य रुपमा बोलाउनु पर्दछ । तर साधारण सभा वा विशेष सभा बसेको छ महिना भित्र पुनः विशेष साधारण सभा बस्न सक्ने छैन ।

(३) यस संस्थाको प्रथम बार्षिक साधारण सभा संस्था स्थापना भएको आर्थिक वर्ष समाप्त भएको मितिले दुई महिना भित्रमा गरिनेछ र त्यस पछिका वार्षिक साधारण सभाहरु आर्थिक वर्ष समाप्त भएको मितिले दुई महिना भित्र गरिने छ ।

(४) यस संस्थाको वार्षिक साधारण सभा र विशेष साधारण सभा गर्नका लागि कम्तीमा १५ दिन अगावै सभा हुने स्थान, मिति, समय र छलफल गर्ने विषय खोली सबै साधारण सदस्यहरुलाई अनिवार्य रुपले सूचना दिइनेछ ।

(५) उपदफा ४ बमोजिम बोलाइएको साधारण सभा वा विशेष साधारण सभामा विधानको दफा १८ बमोजिमको गणपुरक संख्या नपुगी सभा हुन नसकेमा कम्तीमा ७ (सात) दिनको म्याद दिई पुनः साधारण सभा बोलाइनेछ ।

(६) साधारण सभा र विशेष साधारण सभाको छुट्टा छुट्टै निर्णय पुस्तिका राखिने छ ।

 

१२. साधारण सभाको काम कर्तव्य र अधिकार ः साधारण सभाको काम कर्तव्य र अधिकार  देहाय बमोजिम हुनेछ ।

(क) कार्य समितिले पेश गरेको योजना कार्यक्रमहरु र वार्षिक वजेट पारित गर्ने ।

(ख) लेखा परिक्षकबाट प्राप्त भएको वार्षिक लेखा परीक्षण प्रतिवेदन माथि छलफल गरी अनुमोदन गर्ने र लेखा परीक्षण प्रतिवेदनबाट देखिएका अनियमित बेरुजू रकम माथि छलफल गरी नियमित गर्न नमिल्ने बेरुजू रकमहरु अशूल उपर गरी फछर्यौट गर्नको लागि कार्य समितिलाई निर्देशन दिने ।

(ग)    आगामी वर्षको लागि लेखा परीक्षकको नियुक्ति गर्ने ।

(घ)    संस्थाको वार्षिक कार्य प्रगती विवरण र संस्थाले गरेको कार्यहरुको मूल्यांकन गरी कार्य समितिलाई आवश्यक निर्देशन दिने ।

(ङ) संस्थाको कार्य समितिका पदाधिकारीहरुको पदावधि पुगेको अवस्थामा कार्य समितिका पदाधिकारीहरुको विधान बमोजिमको प्रक्रिया अन्तर्गत रहि निर्वाचन गर्ने ।

(च)    कार्य समितिद्धारा पेश भएको विधान संशोधन नियम तथा विनियम स्वीकृत गर्ने ।

(छ)    मानार्थ सदस्यता प्रदान गर्ने ।

(ज)    कार्य समितिबाट संस्थाको हित अनुकूल भएका काम कारवाहीहरुको औचित्य हेरी अनुमोदन गर्ने ।

(झ)    संस्थाको आफ्नै आन्तरिक श्रोतबाट व्यहोर्ने गरी कार्य समितिले पेश गरेको कर्मचारीहरुको दरवन्दी पारिश्रमिक, भत्ता तथा सुविधाहरुमा आवश्यकता अनुरुप स्वीकृति प्रदान गर्ने ।

 

१३. कार्य समितिको गठन

(१) साधारण सभाले सदस्य मध्येबाट एक जना केन्द्रीय सभापति निर्वाचित गर्ने छ ।

(२) सभापतिले साधारण सभा सदस्य मध्येबाट उपसभापति – १, महासचिव – १, उपमहासचिव – १, कोषाध्यक्ष – १ र बढिमा १६ सदस्य मनोनित गर्नेछन् ।

(३) कार्य समितिको कार्यकाल ३ (तीन) वर्षको हुने छ ।

(४) कारणवश वार्षिक साधारण सभा हुनु भन्दा अगावै कार्यसमितिको सभापति पद रिक्त हुन आएमा बाँकि अवधिका लागि उपसभापतिले कार्यवाहक सभापतिको हैसियतमा काम गर्ने छ । अन्य पदाधिकारी तथा सदस्य पद रिक्त हुन आएमा सभापतिले सोही पदमा पुनः मनोनयन गर्न सक्नेछ ।

(५)    कार्यसमितिको वैठक आवश्यकता अनुसार  अध्यक्षले वोलाउने छ । तर कार्य समितिको पदाधिकारीहरुको जम्मा संख्याको ५१ प्रतिशतले बैठक वोलाउन माग गरेमा अध्यक्षले कार्य समितिको वैठक तुरुन्त वोलाउनु पर्नेछ

(६) कार्य समितिका पदाधिकारीहरुको कुल संख्याको ५१ प्रतिशत पदाधिकारीहरु उपस्थित नभई कार्य समितिको वैठक वस्ने छैन ।

(७) कार्य समितिको बैठकमा अध्यक्षले अध्यक्षता गर्ने छ र निजको अनुपस्थितिमा उपाध्यक्षले र उपाध्यक्षको पनि अनुपस्थिति रहेमा वैठकमा उपस्थित सदस्यहरुले छानेको वा जेष्ठ सदस्यले अध्यक्षता गर्नेछ ।

(८) कार्य समितिको बैठकमा बहुमतको निर्णय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षले निर्णयक मत दिन सक्नेछ ।

(९) कार्य समितिको बैठकमा छलफल भएको विषयहरुको छुट्टै निर्णय किताबमा लेखी राखिने छ र सो निर्णय विवरणमा बैठकमा उपस्थित सम्पूर्ण सदस्यहरुले सही गर्नु पर्ने छ तर निर्णयमा असहमती जनाउनेहरुले कैफियत खोली सही गर्नु पर्ने छ ।

(१०)   संस्थाले गर्ने भनेको सम्पूर्ण कार्यहरू कार्यसमितिको निर्णयबाट हुनेछ । आकस्मिक अवस्थामा विशेष निर्णय गर्नु परेमा सभापतिले गर्न सक्नेछ तर कार्यसमितिको आउँदो वैठकबाट त्यसको अनुमोदन गर्नु पर्नेछ ।

(११) (खारेज गरिएको ।)

 

१४. कार्य समितिको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।

(१) जननायक वीपी कोइरालाबाट प्रतिपादित राष्ट्रिय मेलमिलापको नीतिलाई पूर्णरुपमा पुनःस्थापित गर्नु ।

(२) राष्ट्रियता, प्रजातन्त्र, समाजवादलाई मूल नीति बनाई त्यसलाई प्राथमिकतासाथ कार्यान्वयन गर्नु ।

(३) राष्ट्रिय मेलमिलाप अभियानका लागि सम्बन्धित विषयवस्तु र आदर्श कार्यान्वयनका लागि छलफल, गोष्ठी र अन्तरक्रियाहरु गर्ने ।

 

१५. जिल्ला शाखा तथा क्षेत्रीय समन्वय समिति ः संस्थाको कार्य सञ्चालनका लागि नेपाल राज्यको सबै जिल्लामा जिल्ला शाखा गठन गर्न सक्नेछ । वी.पी. विचार राष्ट्रिय समाजका नामबाट जिल्लामा जिल्ला प्रशासन कार्यालयमा दर्ता भै काम गरिरहेका संस्थाले यस समाजको उद्देश्यसंग सहमत भै केन्द्रीय समितिमा आवद्धताको लागि आवेदन दिएमा त्यस्तो सँस्थालाई केन्द्रीय समितिले आवद्धता प्रदान गर्न सक्नेछ । जिल्ला शाखाले जिल्ला मातहतका निर्वाचन क्षेत्रमा क्षेत्रीय समन्वय समिति गठन गर्न सक्ने छ ।

 

१६.  सँस्थाका अन्य कार्यहरु ः

(१) संस्थाको आगामी वर्षको वार्षिक कार्यक्रम तथा अनुमानित बजेट बनाई साधारण सभामा प्रस्तुत गर्ने ।

(२) विधान बमोजिमको व्यवस्था पालना गरी साधारणसभाको निर्णय कार्यान्वयन गर्ने गराउने ।

(३) संस्थाको हितमा हुने कार्यक्रमहरु संचालन गर्ने ।

(४) साधारण सभा प्रति उत्तरदायी रहने ।

(५) संस्थाको उद्देश्य प्राप्तिका लागि आवश्यक कार्य गर्ने र उपलब्ध साधन र श्रोतको अधिकतम उपभोग र प्रयोग गर्ने ।

(६) संस्थाको कार्य सम्पादन गर्न कार्य योजना बनाउने, श्रोत साधन जुटाउने, कार्यान्वयन,  सुपरीवेक्षण र अनुगमन गर्ने ।

(७) संस्थाको कोष र सम्पत्ती सुरक्षित तरिकाले राख्न लगाउने र बैंक खाता खोली संचालन गर्ने ।

(८) संस्थाको कर्मचारीहरुको सेवा, शर्त र सुविधा आदि सम्बन्धी कर्मचारी नियमावली बनाई साधारण सभाबाट स्वीकृत गराई लागू गर्ने गराउने ।

(९) संस्थाको उद्देश्य परिपूर्तिको लागि आफ्नो कार्य अवधिमा उपयुक्त व्यक्तिहरुको सल्लाहकार समिति वा अन्य समिति, उपसमिति गठन गर्ने र आवश्यकता अनुरुप कार्यको बाँडफाँड गरी दिने ।

(१०)   संस्थाको नेतृत्वदायी भूमिका निर्वाह गर्ने ।

 

१७. पद त्याग गर्न सक्ने ः अध्यक्षले उपाध्यक्ष मार्फत कार्य समिति समक्ष र उपाध्यक्ष वा अन्य पदाधिकारीहरुले अध्यक्ष समक्ष राजिनामा दिई पद त्याग गर्न सक्ने छन् ।

 

१८. (खारेज गरिएको ।)

 

परिच्छेद–५

पदाधिकारीहरुको काम कर्तव्य र अधिकार

१९. पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार ः कार्य समितिका पदाधिकारीहरुको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।

(१)    सभापतिको काम कर्तव्य र अधिकार ः

(क)    समिति र सभाको बैठकको अध्यक्षता गर्ने, बैठक संचालन गर्ने, निर्णायक मत दिने ।

(ख)    संस्थाको तर्फबाट प्रतिनिधित्व गर्ने वा प्रतिनिधि तोक्ने, संस्थाको नेतृत्व लिने ।

(ग)    आवश्यकता अनुसार बैठकहरु बोलाउन सचिवलाई निर्देशन दिने, अन्य पदाधिकारी एवम् सदस्यहरुलाई कामको बाँडफाँड गर्ने ।

(घ) अभिलेख प्रमाणित गर्ने ।

(२) उप–सभापतिको काम कर्तव्य र अधिकार ः

(क) सभापतिलाई सहयोग गर्ने ।

(ख)    सभापतिले दिएको जिम्मेवारी पूरा गर्ने ।

(ग)    सभापतिको अनुपस्थितिमा निजले गर्नु पर्ने कार्य गर्ने ।

(३)    महासचिवको काम कर्तव्य र अधिकार ः

(क) संस्थाको सचिवालयको रेखदेख र संचालन गर्ने ।

(ख) अध्यक्षको निर्देशन अनुसार बैठक र सभा बोलाउने ।

(ग) अभिलेख सुरक्षित राख्ने ।

(घ) सभापतिले दिएको अन्य जिम्मेवारी पूरा गर्ने ।

(४) कोषाध्यक्षको काम कर्तव्य र अधिकार ः

(क)    संस्थाको कोषको रेखदेख र संचालन गर्ने ।

(ख)    साधारण सभामा वार्षिक कार्यक्रम र बजेट पेश गर्ने ।

(ग)    लेखा दुरुस्त राख्ने ।

(घ)    नियमित रुपमा बार्षिक लेखा परीक्षण गराउने ।

(५)  उप–महासचिवको काम, कर्तव्य र अधिकार ः

(क)    संस्थाको सचिवालय सञ्चालन र रेखदेख गर्न महासचिवलाई सहयोग गर्ने ।

(ख)    सभापति र महासचिवले दिएको अन्य जिम्मेवारी पुरा गर्ने ।

(ग)    महासचिवको अनुपस्थितिमा महासचिवले गर्ने काम गर्ने ।

(६)    सदस्यहरुको काम कर्तव्य र अधिकार ः

(क)    समितिको बैठकमा सक्रिय सहभागिता जनाउने ।

(ख)    संस्थाको कार्यमा रचनात्मक भूमिकाको निर्वाह गर्ने ।

(७)    जिल्ला सभापतिको काम, कर्तव्य र अधिकार ः

(क)    जिल्ला कार्यसमितिको वैठकको अध्यक्षता गर्ने, वैठक सञ्चालन गर्ने ।

(ख)    निर्णायक मत दिने ।

(ग)    संस्थाको तर्फबाट जिल्लामा प्रतिनिधित्व गर्ने वा प्रतिनिधि तोक्ने ।

(घ)    आवश्यकता अनुसार बैठक बोलाउन जिल्ला सचिवलाई निर्देशन दिने ।

(ङ)    अन्य पदाधिकारी एवम् सदस्यहरूलाई कामको बाँडफाँड गर्ने ।

(च)    अभिलेख प्रमाणित गर्ने ।

(८)    जिल्ला उपसभापतिको काम, कर्तव्य र अधिकार ः

(क)    सभापतिलाई सहयोग गर्ने ।

(ख)    सभापतिले दिएको जिम्मेवारी पुरा गर्ने ।

(ग)    सभापतिको अनुपस्थितिमा निजले गर्नु पर्ने कार्य गर्ने ।

(९)    जिल्ला सचिवको काम कर्तव्य र अधिकार ः

(क)    संस्थाको जिल्ला सचिवालयको सञ्चालन र रेखदेख गर्ने

(ख)    जिल्ला अध्यक्षको निर्देशन अनुसार बैठक र सभा बोलाउने ।

(ग)    अभिलेख सुरक्षित राख्ने ।

(घ)    जिल्ला सभापतिले दिएको अन्य जिम्मेवारी पुरा गर्ने ।

(१०)   जिल्ला सहसचिवको काम, कर्तव्य र अधिकार ः

(क)    संस्थाको जिल्ला सचिवालयको सञ्चालन र रेखदेख गर्न सचिवलाई सहयोग गर्ने ।

(ख)    जिल्ला  बैठक र सभा बोलाउन सचिवलाई सहयोग गर्ने ।

(ग)    जिल्ला सचिवले दिएको अन्य जिम्मेवारी पुरा गर्ने ।

(११) जिल्ला कोषाध्यक्षको काम, कर्तव्य र अधिकार ः

(क) संस्थाको जिल्ला कोषको रेखदेख र सञ्चालन गर्ने ।

(ख) जिल्लाको सभा÷सम्मेलनमा वार्षिक कार्यक्रम र बजेट पेश गर्ने ।

(ग) संस्थाको लेखा दुरूत राख्ने ।

(घ) संस्थाका आय–व्ययको वार्षिक रूपमा लेखापरीक्षण गराउने ।

(१२) जिल्ला कार्यसमितिका सदस्यहरूको काम कर्तव्य र अधिकार ः

(क)    जिल्ला समितिको बैठकमा सक्रिय सहभागिता जनाउने ।

(ख)    संस्थाको कार्यमा रचनात्मक भूमिका निर्वाह गर्ने ।

(ग)    कार्य समितिले तोकेको अन्य जिम्मेवारी पुरा गर्ने ।

२०. गणपूरक संख्या ः

(१)    कूलसदस्य संख्याको ६० प्रतिशत साधारण सदस्यहरुको उपस्थित नभै साधारण सभाको काम कारवाही हुनेछैन ।

(२) तर विधानको दफा (११) ५ मा उल्लेख भए बमोजिम पुनः बोलाइएको साधारण सभामा कूल सदस्य संख्याको ५१ प्रतिशत उपस्थित भएमा सभा गर्न बाधा पर्ने छैन ।

(३) दोश्रो पटक पनि गणपुरक संख्या नपुगेमा तेश्रो पटक उपस्थित संख्यालाई गणपूरक संख्या मानिनेछ ।

 

 

 

 

परिच्छेद–६

आर्थिक व्यवस्था

२१. संस्थाको कोषः

(१)    संस्थाको आफ्नो छुट्टै कोष हुनेछ र सो कोषमा देहाय बमोजिमको प्राप्त रकमहरु जम्मा हुनेछ ः

(क)    सदस्यता बापत प्राप्त प्रवेश शुल्क र सदस्यता शुल्कको रकम ।ं

(ख)    कसैले स्वेच्छाले दिएको अनुदान सहायता वापत प्राप्त रकम ।

(ग)    संस्थाको चल अचल सम्पति वा अन्य वस्तुको विक्रिबाट प्राप्त रकम ।

(घ)    विदेशी संस्थाको व्यक्ति वा अन्र्तराष्ट्रिय संघ संस्थावाट सहयोग वापत प्राप्त रकम ।

(ङ)    स्थानीय निकायबाट प्राप्त अनुदान वा सहयोग वापत प्राप्त रकम ।

(२)    विदेशी संघ संस्था वा व्यक्तिबाट आर्थिक सहयोग तथा अनुदान लिने भए संस्थाले नेपाल सरकार समाज कल्याण परीषदबाट स्वीकृत लिईने छ ।

(३)    संस्थामा प्राप्त रकम स्थानीय बैकमा जम्मा गरी बैंक खाता संंचालन गरिने छ ।

२२     खाता संचालन ः संस्थाको बैंक खाता सभापति, उप सभापति, महासचिव र कोषाध्यक्ष (अनिवार्य) मध्ये कुनै दुईको संयुक्त दस्तखतबाट संचालन हुनेछ । प्रचलित ऐन नियम अनुसार खर्च गर्ने तथा खर्चको श्रेस्ता राख्ने व्यवस्था गरिनेछ ।

 

२३. कोषको रकम खर्च गर्ने तरिका ः संस्थाको कोषमा जम्मा भएको रकम खर्च गर्दा देहाए बमोजिम तरिका अपनाई खर्च गरिनेछ ।

(क)    संस्थाको वार्षिक बजेट, योजना र कार्यक्रम स्वीकृत नगरी कोषबाट खर्च गर्न सकिने छैन ।

(ख)    साधारण सभाबाट पारित बजेट र कार्यक्रमको अधिनमा रही कोषबाट रकम खर्च गर्न सकिनेछ ।

(ग)    कोषबाट खर्च भएको रकमको आर्थिक प्रतिवेदन साधारण सभामा अनिवार्य रुपले पेश गर्नु पर्नेछ ।

(घ)    कोषको रकम खर्च गर्दा तोकिए बमोजिम खर्च गर्नु पर्नेछ ।

 

२४. संस्थाको लेखा र लेखा परिक्षण ः

(१) संस्थाको आय व्ययको लेखा प्रचलित कानून बमोजिम स्पष्ट तवरले राखिनेछ ।

(२) संस्थाको लेखा परीक्षणको प्रचलिन कानून बमोजिम रजिष्टर्ड लेखा परिक्षकबाट हुनेछ ।

(३) नेपाल सरकार वा स्थानीय अधिकारीले चाहेमा जुनसुकै वखतमा पनि आफै वा मातहतका कर्मचारीहरु खटाई संस्थाको हिसाव किताव जाँच गर्न गराउन सक्नेछ ।

(४) लेखा परिक्षकको नियुक्ति साधारण सभाबाट हुनेछ । तर प्रथम वार्षिक साधारण सभा नभएसम्म लेखा परिक्षकको नियुक्ति कार्य समितिबाट हुनेछ ।

(५)    संस्थाको लेखा परीक्षण प्रतिवेदन र वार्षिक कार्य प्रगती विवरणको १÷१ प्रति स्थानीय अधिकारी, जिल्ला बिकास समिति, समाज कल्याण परिषद् र सम्बन्धित निकायमा पेश गरिनेछ ।

 

परिच्छेद–७

निर्वाचन, अविश्वासको प्रस्ताव, विधान संशोधन सम्वन्धी व्यवस्था

 

२५. निर्वाचन सम्वन्धी व्यवस्था ः

(१)    समितिको निर्वाचन प्रयोजनको लागि वढीमा ३(तीन) जनाको एक निर्वाचन समिति कार्यसमितिद्धारा गठन गरिने छ

(२)    निर्वाचन समितिले प्रचलित कानूनको परिधी भित्र रहेर निर्वाचन कार्यविधि आफै व्यवस्थित गर्ने छ ।

(३)    निर्वाचन सम्वन्धी विवाद उत्पन्न भएमा निर्वाचन समितिले गरेको निणर्य नै अन्तिम हुनेछ ।

(४)    निर्वाचन सम्पन्न भएको भोलि पल्ट निर्वाचन समितिको स्वतः विघटन हुनेछ ।

 

२६. उम्मेदवार हुने योग्यताः  कार्य समितिको उम्मेदवार हुन देहाय बमोजिमको योग्यता पुगेको हुन पर्नेछ ।

(क)    विधानको दफा ७ को योग्यता पुगी सदस्यता प्राप्त गरेको हुनु पर्नेछ ।

(ख)    संस्थाको सदस्यता प्राप्त गरेको कम्तिमा २ वर्ष पुगेको हुनु पर्नेछ । तर संस्थापक सदस्यको लागि यो बन्देज लागू हुने छैन ।

(ग)    कार्यसमितिको सभापति पदमा निर्वाचित हुनको लागि कम्तीमा एक कार्यकाल कार्य समितिको सदस्य भै काम गरी सकेको हुनु पर्नेछ ।  प्रथम पटकका लागि यो बन्देज लागू हुने छैन ।

 

२७.    अविश्वासको प्रस्ताव ः

(१)    अविश्वासको प्रस्ताव लिखित रुपमा कुन कुन पदाधिकरीको विरुद्धमा हो स्पष्ट खुलाई देहाय बमोजिमको रितपु¥याई संस्थामा दर्ता गर्नु पर्नेछ ।

(क) नेपाली भाषामा शिष्ट शव्दको प्रयोगगरी लेखिएको हुनुपर्छ

(ख)    प्रस्तावको विषय स्पष्ट र व्यवहारिक हुनुपर्छ ।

(ग)    साधारण सभा सदस्यहरु मध्येबाट कम्तीमा १÷४ (एक चौथाई) सदस्यहरुको प्रष्ट नाम, थर र ठेगाना सहित खुलाई सही भएको हुनुपर्छ ।

(२)    उपदफा १ बमोजिम संस्थामा दर्ता भएको अविश्वासको प्रस्तावको स्पष्ट विषय खुलाई साधारण सभा वा विशेष साधारण सभा वस्ने स्थान, मिति, समय समेत तोकी संस्थाको साधारण सभाको सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई विधानको दफा ११(४) बमोजिम साधारण सभा वा विशेष साधारण सभा वस्ने  सूचना दिईने छ ।

(३)    अविश्वासको प्रस्ताव माथि छलफल प्रक्रिया ः

(क)    साधारण सभामा अध्यक्षता गर्ने व्यक्तिले साधारण सभामा उपदाफा (१) बमोजिम प्रस्ताव पेश गर्न अनुमति दिनेछ र प्रस्ताव पेश गर्ने सदस्यहरु मध्ये १(एक) जनाले अविश्वासको प्रस्ताव ल्याउनु पर्ने कारण सहितको आफनो अभिमत सभा समक्ष प्रस्तुत गर्नेछ ।

(ख)    उप दफा (३) (क) बमोजिम अविश्वासको प्रस्ताव पक्षका सदस्यले आफ्नो अभिमत प्रस्तुत गरेपछि सो प्रस्ताव उपर     मत प्रकट गर्न चाहने वढीमा अन्य तिन जना सदस्यहरुलाई अध्यक्षले अभिमत प्रकट गर्न अनुमति दिन सक्नेछ ।

(ग) उप दफा (१) बमोजिम अविश्वासको प्रस्ताव जुन पदाधिकारीहरु विरुद्ध प्रस्तुत गरिएको हो, अध्यक्षता गर्ने व्यक्तिले ती पदाधीकारीहरुलाई आफ्नो सफाई पेश गर्न मौकाको लागि आफ्नो भनाईहरु राख्न अनुमति दिनेछ ।

(४) अविश्वासको प्रस्ताव माथि निर्णय ः

(क)    अविश्वासको प्रस्ताव उपर आफ्नो भनाई प्रस्तुत गर्ने क्रम समाप्त भए पछि अध्यक्षता गर्ने व्यक्तिले सो अविश्वासको    प्रस्तावको बहुमत पक्ष वा विपक्षमा छ भन्ने निर्णयको लागि देहाय बमोजिमको कुनै एकतरिका अपनाई अविश्वासको     प्रस्तावको निर्णयको घोषणा गर्नेछ ।

(अ) अविश्वासको प्रस्तावको पक्षमा मत प्रकट गर्ने एक समूहमा र विपक्षमा मत प्रकट गर्ने अर्को समूहमा छुट्याएर वा

(आ)   साधारण सभाका सदस्यहरुलाई अविश्वासको प्रस्तावको पक्ष र विपक्षमा गोप्य मतदान गराएर ।

(ख) साधारण सभाको कुल सदस्य संख्याको २÷३(दुई तिहाई) बहुमतले अविश्वासको प्रस्ताव पारित हुने छ । त्यस्तो    प्रस्ताव पारित भएमा प्रस्तावित पक्षका व्यक्तिहरु पद मुक्त हुनेछन् ।

(ग)    निर्वाचित भएको ६महिना नपुगी वा प्रस्ताव विफल भएको ६ महिना नपुगी त्यस्तो व्यक्ति उपर पुनः अविश्वासको प्रस्ताव ल्याउन पाईने छैन ।

 

२८.    विधान संशोधन ः  कुल सदस्य संख्याको २÷३ (दुई तिहाई) साधारण सभा सदस्यहरुले अनुमोदन गरे पश्चात मात्र संस्थाको कुनै दफा संशोधन वा खारेजको लागि स्थानिय अधिकारी समक्ष सिफारिस गरी पठाउनु पर्नेछ । स्थानिय अधिकरीबाट स्वीकृत भए पश्चात मात्र संस्थाको कुनै दफा संशोधन वा खारेज भएको मानिनेछ ।

 

२९. नियम वनाउन सक्ने ः

(१) संस्थाले आफनो कार्य सम्पादन गर्ने सन्दर्भमा आवश्यक नियम बनाउन सक्नेछ र सो नियम साधारण सभाबाट पारित गराई लागु हुनेछ र स्थानीय अधिकारीलाई सोको जानकारी दिनु पर्नेछ ।

(२) यो विधान र विधान अन्र्तगत बनेको नियमको अधिनमा रही संस्थाको कार्य संचालन र उद्देश्य कार्यान्यनका लागि कार्य समितिले कर्मचारी व्यवस्था र आर्थिक प्रशासन सम्बन्धी विनियम लागू गर्न सक्नेछ । ती विनियमहरु साधारण सभाबाट अनुमोदन गराउनु पर्नेछ ।

 

३०. कर्मचारीको व्यवस्था ः

(क) संस्थाको दैनिक कार्य संचालन र योजना तथा कार्यक्रम संचालनका लागि कर्मचारी दरवन्दी सिर्जना, पारिश्रमिक, भत्ता तथा अन्य सुविधा र कर्मचारी सेवा शर्तहरु अपनाउनु पर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ ।

(ख) संस्थाले विदेशी सहयोग प्राप्त गरी संस्थाको संचालन गर्ने कार्यान्वयन तहमा विदेशी सल्लाकार वा स्वयम सेवक राख्ने अवस्था भएमा निजले काम गर्ने अवधि पु¥याउने सेवा, कामको औचित्य, सुविधा र तिनको योग्यता समेतको विवरण स्थानीय अधिकारी, जिल्ला विकास समिति र समाज कल्याण परिषद्मा समेत जानकारी गराईने छ ।

 

 

३१. संस्था खारेजी

(१) साधारण सभाले आवश्यक देखेमा विशेष प्रस्ताव पारित गरी संस्था खारेजी गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम संस्थाको खारेजीको प्रस्ताव पारित गर्दा साधारण सभाले खारेजीको कामका लागि एक वा एक भन्दा वढी लिक्विडेटरहरु र संस्थाको हिसाव किताव गर्नको लागि एक वा एक भन्दा वढी लेखा परिक्षकहरु नियुक्त गर्न सक्नेछन् ।

(३) उपदफा (२) बमोजिम नियुक्त लिक्विडेटर र लेखा परिक्षकहरुको पारिश्रमिक साधारण सभाले तोकिदिए बमोजिम हुनेछ ।

(४) यसरी कारणबस संस्था विघटन भई खारेज भएमा संस्थाको दायित्वको फरफारकगरी वाँकी रहने सम्पूर्ण जायजेथा नेपाल सरकारको हुनेछ ।

 

३२.    व्याख्या ः यो विधान र विधान अन्र्तगत बनेको नियम विनियमको व्याख्या गर्ने अधिकार कार्य समितिलाई हुनेछ ।

 

३३. गोप्यता भंग गर्न नहुने ः

(१)    यस संस्थाका कुनै पनि पदाधिकारी वा सदस्यले संस्थाको अहित हुने कार्य गर्नु हुदैन ।

(२)    कार्य समितिका पदाधिकारी वा सदस्यहरुले वैठक वा साधारण सभामा  असभ्य र अश्लिल शव्दको प्रयोग गर्न पाईने छैन ।

३४. ऐन अनुसार हुने ः यस विधानमा उल्लेख नभएका कुराहरु कानून बमोजिम हुनेछ र संस्था दर्ता ऐन, नियम, र प्रचलित कानूनसंग बाझिन गएमा बाझिएको हदसम्म स्वतः निष्कृय हुनेछ ।

 

३५. निर्देशनको पालना ः नेपाल सरकार वा स्थानीय अधिकारीले समय– समयमा दिएको निर्देशनको पालना गर्नु संस्थाको कर्तव्य हुनेछ ।

 

३६. महासंघ गठन ः यो संस्थाको उदेश्य मिल्ने संस्थाहरुसंग मिलेर राष्ट्रिय महासंघ गठन गर्न सकिने छ । राष्ट्रिय महासंघको काम कर्तव्य र अधिकार महासंघले तोके वमोजिम हुने छ ।

 

३७. तदर्थ समिति ः

(१) यो संस्था स्थापना गरी दर्ता गराउनुको लागि गठित तदर्थ समितिले ६ महिना भित्र साधारण सभा बोलाई विधान अनुसारको निर्वाचन समितिको गठन गरी नयाँ कार्यसमितको निर्वाचन गराउने छ र सोको जानकारी स्थानिय अधिकारीलाई दिईने छ ।

(२)    प्रथम पटक निर्वाचन सम्पन्न नभएसम्म कार्य समितिले गरेका  कामकारवाहीहरु यसै विधान सरह भएको मानिने छ ।

 

३८. संस्थापक सदस्य ः हामी बी पी  विचार  राष्ट्रिय समाजका निम्न संस्थापक सदस्यहरु यस विधान बमोजिम कार्य गर्न मञ्जुर भई निम्न साक्षीको रोहवरमा विधानमा सहीछाप गर्दछांै ।

क्र.स.   संस्थापकको नाम, थर र ठेगाना     साक्षीको नाम, थर र ठेगाना

१. कुलबहादुर गुरुङ्ग, इलाम नपा–२, इलाम    विमल गुरूङ्ग, खुरापानी गाविस–८, झापा

२. गोविन्दराज जोशी, रूपाकोट गाविस–३, तनहूँ केशवराज जोशी, धनगडी नपा–५, कैलाली

३. लक्ष्मणप्रसाद घिमिरे, रामेछाप गाविस–३, रामेछाप विष्णुभक्त सितुखु, भक्तपुर नपा–५, भक्तपुर

४. विनयध्वज चन्द, दशरथचन्द नपा–१, बैतडी सुदीप लामिछाने, ठुलिपोखरी गाविस–३, पर्वत

५. सुनीलकुमार भण्डारी, धनपा–५, कैलाली     बच्चुराम न्यौपाने, दधिकोट गाविस–५, भक्तपुर

६. अम्बिका बस्नेत, कामपा–६, काठमाडौं गोविन्द परियार, चोबु गाविस–१, तनहूँ

७. श्यामलाल श्रेष्ठ, कामपा–२६, काठमाडौं मुक्तिप्रसाद आचार्य, जगतीपुर गाविस–१, जाजरकोट

८. लोकेश ढकाल, कामपा–७, काठमाडौं   वलराम बानिया, मिर्डुला–७, तनहूँ

९. जनकराज गिरी, वार्द गाविस–७, बाजुरा     खडानन्द न्यौपाने (शुभाष), बरदुङ्गा गाविस–७, मोरङ्ग

 

अनुसचि – १

संस्थाको छाप र चिन्हको विवरण

 

१. संस्थाको छाप गोलाकार हुनेछ । उक्त गोलाकार भित्र वी पी विचार राष्ट्रिय समाज–२०६९ भनि लेखिने छ र त्यसको केन्द्रमा वी पी को तस्वीरको डिजाइन अंकित हुनेछ ।

 

२. संस्थाको चिन्ह ः वी पी विचार राष्ट्रिय समाजको अग्रेजीको संक्षेप द्यएक्ष्ल्क् को ठिक माथि वलिरहेको वत्तीको प्रतिक भएको संस्थाको चिन्ह हुनेछ ।

वी.पी.विचार राष्ट्रिय समाज केन्द्रीय कार्यसम्पादन समिति निर्णय पुस्तिका

                                                                                        वी.पी.विचार राष्ट्रिय समाज
                                                                                       केन्द्रीय कार्यसम्पादन समिति
                                                                                                निर्णय पुस्तिका
आज मिति २०७२ साल साउन १४ गते बिहिवार वी.पी. विचार राष्ट्रिय समाज, केन्द्रीय कार्यसम्पादन समितिको वैठक समितिका सभापति मा.श्री कुलबहादुर गुरूङ्गको अध्यक्षतामा का म पा, वडा नं. ४, धुम्बाराही स्थित समाजका उपसभापति श्री गोविन्दराज जोशीको निवासमा बस्यो । जसमा निम्न अनुसारको पदाधिकारी एवम् सदस्यहरूको उपस्थिति रह्यो ।
उपस्थिति
क्र.सं. नाम र पद हस्ताक्षर
१मा. श्री कुलबहादुर गुरुङ्ग, सभापति
२ श्री गोविन्दराज जोशी, उपसभापति
३श्री विनयध्वज चन्द, महासचिव
४श्री लक्ष्मणप्रसाद घिमिरे, कोषाध्यक्ष
५सदस्य श्री शुनिलकुमार भण्डारी
६सदस्य श्री लोकेश ढकाल
७सदस्य श्री उमाकान्त चौधरी
८सदस्य श्री रेवतिप्रसाद भुशाल
९सदस्य श्री रामबहादुर गुरुङ्ग
१०सदस्य श्री दिपकजङ्ग शाह
११सदस्य श्री हस्तवहादुर मल्ल
१२सदस्य श्री सुरेन्द्र हमाल
१३सदस्य मा.श्री पार्वती डी सी चौधरी
१४सदस्य मा. श्री रामचन्द्र यादव
१५सदस्य श्री खगेन्द्रराज रेग्मी
१६सदस्य श्री लक्ष्मण राय
१७सदस्य श्री केशव दाहाल
१८सदस्य श्री जनार्दन क्षेत्री
१९सदस्य श्री भोजराज रेग्मी
२०सदस्य श्री शरोज देवकोटा
२१सदस्य श्री हरीदर्शन श्रेष्ट
छलफलका प्रस्तावहरू
(१) कार्यसम्पादन समितिका सदस्य एवम् पदाधिकारीहरूलाई जिल्लामा निरोपित (तोक्ने) गर्ने ।
(२) जिल्ला तोकिएका कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई जिम्मेवारी तोक्ने विषयमा ।
(३) विविध ।
बैठकको निर्णयहरू
निर्णय नं. १
वी.पी. विचार समाज केन्द्रीय कार्यसम्पादन समितिका निम्न अनुसारका पदाधिकारी तथा सदस्यहरुलाई  निम्न अनुसारको जिल्लामा जिम्मेवारी सहित खटाउने निर्णय गरियो ।
क्र.सं.नामजिल्ला
१मा. श्री कुलबहादुर गुरुङ्ग, सभापतिईलाम, झापा, मोरङ्ग, सुनसरी
२श्री गोविन्दराज जोशी, उपसभापतितनहुं, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ्
३श्री विनयध्वज चन्द, महासचिवबैतडी, डडेलधुरा, दार्चुला, कञ्चनपुर
४ई. श्री लक्ष्मणप्रसाद घिमिरे, कोषाध्यक्षरामेछाप, सिन्धुली, सोलुखुम्बु, ओखलढुङ्गा
५सदस्य श्री शुनिलकुमार भण्डारीकैलाली, आछाम, बझाङ, वाजुरा, डोटी
६सदस्य श्री लोकेश ढकालकाठमाण्डौ, भक्तपुर, ललितपुर
७सदस्य श्री उमाकान्त चौधरीवारा, रौतहट, पर्षा
८सदस्य श्री रेवतिप्रसाद भुशालअर्घाखाँची, गुल्मी, कपिलवस्तु
९सदस्य श्री रामबहादुर गुरुङ्ग लमजुङ, गोरखा, मनाङ
१०सदस्य श्री दिपकजङ्ग शाहजाजरको , रुकुम, सुर्खेत, दैलेख
११सदस्य श्री हस्तबहादुर मल्लमुगु, कालीकोट, डोल्पा, हुम्ला, जुम्ला
१२सदस्य श्री सुरेन्द्र हमालरोल्पा , प्युठान, सल्यान
१३सदस्य मा.श्री पार्बती डी सी दाङ्ग, बाँके, बर्दिया
१४सदस्य मा. श्री रामचन्द्र यादव सिराहा, सप्तरी, उदयपुर
१५सदस्य श्री खगेन्द्रराज रेग्मी स्याड्जा, रुपन्देही, पाल्पा, कास्की
१६सदस्य श्री लक्ष्मण रायमहोत्तरी, सर्लाही, धनुषा
१७सदस्य श्री केशव दाहालताप्लेजुड, पाचथर ,तेरथुम
१८सदस्य श्री जनार्दन क्षेत्री मकवानपुर, चितवन, नवलपरासी
१९सदस्य ई. श्री भोजराज रेग्मी धनकुटा, खोटाङ्, भोजपुर, संखुवासभा
२०सदस्य ई. श्री सरोज देवकोटाधादिङ् नुवाकोट, रसुवा
२१सदस्य ई. श्री हरिदर्शन श्रेष्टदोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक
निणर्य नं. २
जिल्लामा निरोपित (खटिनु) हुनुभएका पदाधिकारी एवम् सदस्यहरूलाई खटिएको जिल्लामा गएर निम्न अनुसारको कार्यसम्पादन गर्नको लागि जिम्मेवारी तोकि पठाउने निर्णय गरियो ।
(क) केन्द्रीय  प्रतिनिधिले तोकिएको जिल्लाहरुमा वी पी विचार राष्ट्रिय समाजको जिल्ला समिति गठन गर्ने   जिल्ला समितिहरुलाई प्रत्येक महिना वैठक वस्न लगाउने र फाल्गुण महिनामा केन्द्रीय अधिवेसन हुन   हँुदा माघ मसान्तसम्म जिल्ला अधिवेसन सम्पन्न गर्न लगाउने ।
(ख) केन्द्रीय प्रतिनिधिले जिल्ला समितिहरुलाई वार्षिक पर्वको रुपमा प्रतेक वर्ष श्रावण ६ गते वी पी स्मृति  दिवश , भाद्र २४ गते वी पी जयन्ती र पौष १६ गते राष्टिय मेलमिलाप दिवश मनाउन लगाउने र सकेसम्म आफु पनि उक्त कार्यक्रममा सहभागी हुने ।
(ग) वी.पी. विचार राष्ट्रिय समाज, जिल्ला शाखाको नाममा स्थानीय वैड.कमा सस्थाको खाता संचालन
    गर्न लगाउने ।
(घ) जिल्ला विकास समिति , स्थानीय नगरपालीका, समाजका शुभ चिन्तक कर्मचारी, शिक्षक,
    प्रध्यापकहरुसंग सहयोगको रकम उठाउने र सो रकम वैंकमा राख्ने र सस्थाको निर्णय अनुसार खर्च  गर्ने ।
(ङ) वी पीको विचारलाई जनस्तर सम्म पुु¥याउन नेपाली कांग्रेस पार्टीको महत्वपुर्ण भुमिका रहने हुदा
    नेपाली कांग्रेसको आगामि महाधिवेसनमा गाउ ,नगर क्षेत्र र जिल्लामा सकेसम्म धेरै वीपी विचार
    समाजका प्रतिनिधिहरुलाई विभिन्न निकायमा प्रतिनिधित्व गर्न उत्प्रेरीत गर्ने ।
(च) जिल्ला जिल्लामा काम गर्दा सम्वन्धित जिल्लाका वीपी विचार समाजका केन्द्रीय सदस्यहरु संग
    समन्वय गरेर गर्ने ।
निर्णय नंं. ३
विविध तर्फ छलफलका लागि अन्य विषय नआएकोले वैठकका सभापतिले कार्यसम्पादन समितिको बैठक समापन भएको घोषणा गर्नुभयो ।

प्रेस विज्ञप्ती

 

                                                                                                                                                                                                                         मिति–२०७३÷५÷३०
वी.पी. विचार राष्ट्रिय समाजका सभापति कुल बहादुर गुरुङ्गले वी.पी. विचार राष्ट्रिय समाजको विधानको २०६९(संशोधन एंवम परीमार्जन सहित २०७१)को धारा १३ को उपधारा (२) अनुसार निम्न बमोजिमका वी.पी. विचार राष्ट्रिय समाजका साधारण सभाका सदस्यहरुलाई निम्नलिखीत पदाधिकारीहरु तथा सदस्यहरुमा मनोनयन गर्नु भएको छ ।
तपसील
१.गोविन्द राज जोशी  ( उप–सभापति)
२.विनय ध्वज चन्द (माहा सचिव)
३.राम बहादुर गुरुङ्ग (उप माहासचिव)
४.गिता रेग्मी (कोषाध्यक्ष)
५.लक्ष्मण प्र.घिमिरे (सदस्य)
६.सुनिल कुमार भण्डारी(सदस्य)
७.रेवती प्र.भुसाल(सदस्य)
८.राजन पन्त(सदस्य)
९.हस्त बहादुर मल्ल(सदस्य)
१०.खगेन्द्र राज रेग्मी(सदस्य)
११.लोकेश ढकाल(सदस्य)
१२.दिपक जङ्ग शाह(सदस्य)
१३.सुरेन्द्र हमाल(सदस्य)
१४.लक्ष्मण राय यादव(सदस्य)
१५.जनार्दन क्षेत्री(सदस्य)
१६.भोज राज रेग्मी(सदस्य)
१७.सरोज देवकोटा(सदस्य)
१८.हरी दर्शन श्रेष्ठ(सदस्य)
श्रीमान सम्पादक ज्यू ,
यो प्रेस विज्ञप्ती प्रकाशानार्थ पठाएको छु । प्रकाश प्रसार गरीदिन हुन अनुरोध गर्दछु ।
मन्जु गिरी
कार्यालय सचिव
वी.पी. विचार राष्ट्रिय समाज
काठमाडौं

वी.पी.विचार राष्ट्रिय समाज केन्द्रीय कार्यसमिति निर्णय पुस्तिका

आज मिति २०७३ साल आश्विन ५ गते वुधवार वी.पी. विचार राष्ट्रिय समाज, केन्द्रीय कार्य समितिको वैठक समितिका सभापति मा.श्री कुलबहादुर गुरूङ्गको अध्यक्षतामा का म पा, वडा नं. ४, चण्डोल  स्थित समाजका् केन्द्रीय कार्यालयमा  बस्यो । जसमा निम्न अनुसारको पदाधिकारी एवम् सदस्यहरूको उपस्थिति रह्यो ।
१ मा.श्री कुलबहादुर गुरूङ्ग  सभापति
२.गोविन्द राज जोशी  ( उप–सभापति)
३.विनय ध्वज चन्द (माहा सचिव)
४.राम बहादुर गुरुङ्ग (उप माहासचिव)
५.गिता रेग्मी (कोषाध्यक्ष)
६.लक्ष्मण प्र.घिमिरे (सदस्य)
७.सुनिल कुमार भण्डारी(सदस्य)
८.रेवती प्र.भुसाल(सदस्य)
९.राजन पन्त(सदस्य)
१०.हस्त बहादुर मल्ल(सदस्य)
११.खगेन्द्र राज रेग्मी(सदस्य)
१२.लोकेश ढकाल(सदस्य)
१३.दिपक जङ्ग शाह(सदस्य)
१४.सुरेन्द्र हमाल(सदस्य)
१५.लक्ष्मण राय यादव(सदस्य)
१६.जनार्दन क्षेत्री(सदस्य)
१७.भोज राज रेग्मी(सदस्य)
१८.सरोज देवकोटा(सदस्य)
१९.हरी दर्शन श्रेष्ठ(सदस्य)
प्रस्ताव तथा निर्णयहरु
प्रस्ताव नं १ महाधिवेशनको प्रतिवेदज सम्वन्धमा ।
प्रस्ताव नं २ बिद्धत परीषद गठन गर्ने संवन्धमा ।
प्रस्ताव नं ३ बिधान संसोधन संवन्धमा ।
प्रस्ताव नं ४ नियमित वैठकको मिति निर्धारण गर्ने सम्वन्धमा
प्रस्ताव न.५ खाता सञ्चालन सम्बन्धममा
प्रस्ताव न.६ विविध ।
निर्णयहरु
निर्णय न.१
महाधिवेशनको प्रतिवेदन समाजका महासचिव विनयध्वज चन्दले प्रस्तुत गर्नु भयो । उक्त प्रतिवेदन लाई कार्यसमितिले अनुमोदन ग¥यो ।
निर्णय न. २ क.
वी.पी. को विचारलाई परिभाषित गर्दै वी.पी.का कृतिहरु तथा जीवनीका वारे खोजमुलक अध्ययन र अनुशन्धान गरी वी.पी.का विचारहरुलाई तालीम,छलफल,गोष्ठी र विभीन्न साहित्यका प्रतियोगता गरी जनताका माझ पु¥याउन प्राज्ञहरुलाई संलग्न गराउने समाजको दास्रो महाधिवेशनले आवश्यकता महशुस गरेको हुदा प्राज्ञहरुको कस्तो संरचना वनाउन आवश्यक हुन्छ त्यसको स्वरुप गठन र नाम समेत प्राज्ञहरु संग परामर्श गरी आगामी वैठकमा पेश गर्न समाजका उप सभापति श्री गोविन्द राज जोशी लाई जिम्मा दिन निर्णय गरिन्छ ।
निर्णय न.२(ख).
समाजको दोस्रो महाधिवेशनले समाजका कार्यक्रमहरु जिल्ला जिल्लामा गर्नु पर्ने समाजको केन्द्रिय समितिको वैठक पालो पालो गरी ७ प्रदेशमा गर्नु पर्ने समेतका कार्यक्रमहरु गर्न र संगठनलाई अझ आकर्षक र वलियो संगठन निर्माण गर्न आवश्यक तयारी गर्ने निर्देशन दिएकाले सो अनुशारको कार्यक्रम वनाउन केन्द्रिय कार्य समितिका सदस्यहरुलाई संलग्न गराई कार्यक्रम तयार गरी आगामी वैठकमा पेश गर्न समाजका महासचिव श्री विनयध्वज चन्द लाई जिम्मा दिने निर्णय गरिन्छ ।
निर्णय न.२ ग.
वी.पी.विचार राष्ट्रिय समाजको आफ्नो खास आय स्रोत नभएको र संगठन संचालनका लागी अरु स्रोतको आवश्यकता पर्नेहुदा समाजलाई संलग्न गरी सहकारी दर्ता एंवम संचालन गर्न के कस्तो व्यवस्था गर्नुपर्छ विधानमा कस्तो किसिमका प्रावधान गर्नु पर्दछ  विधान शंसोधन समिती सग समन्वय गरी अन्य केन्द्रिय सदस्यहरु संग आवश्यक परामर्श गरी विस्तृत प्रतिवेदन आगामी कार्य समितीको वैठकमा पेश गर्न समाजका कोषाध्यक्ष श्रीमती गीता रेग्मी अर्याललाई जिम्मा दिने निर्णय गरिन्छ ।
प्रस्ताव न.३.
समाजको दोस्रो महाधिवेशनले समाजको विधानमा आवश्यक संशोधन गरी समयानुकुल वनाउन केन्द्रीय कार्य समितिलाई अधिकार प्रत्यायोज गरेकोले माहाधिवेशनको निर्देशन अनुसार आवश्यकता अनुसार संशोधन प्रस्ताव तयार गरी आगामी केन्द्रीय कार्य समितीको वैठकमा पेश गर्न समाजका केन्द्रीय सदस्य श्री भोज राज रेग्मीको संयोजकत्वमा कोषाध्यक्ष श्रीमती गीता रेग्मी अर्याल र अधिवक्ता सुदिप पण्डित रहेको विधान संशोधन प्रस्ताव समिति गठन गर्ने निर्णय गरिन्छ ।
 प्रस्ताव न.४.
समाजको वैठक हालसम्म आवश्यकता अनुसार वस्ने प्रचलन रहेको हुदा यसरी वैठक बस्दा समयमा सूचना गर्न नसक्दा सदस्यहरु लाई वैठकमा उपस्थित हुन सहज नहुदा प्रत्येक दुई महिनाको एक पटक वैठक वस्ने निर्णय गरिन्छ साथै प्रत्येक दुई महिनाको कुन गते र कुन वारमा गर्ने आगामी वैठकले निर्णय गर्ने निर्णय गरिन्छ ।
प्रस्ताव न.५.
यस समाजको खाता हाल सम्म राष्ट्रिय वाणिज्य वैँक गौशाला शाखामा रहेको खाता संचालन अध्यक्ष श्री कुलवहादुर गुरुङ्ग,महासचिव श्री विनयध्वज चन्द र कोषाध्यक्ष लक्ष्मण घिमिरेको नाममा खाता संचालन हुदै आएको दोस्रो महाधिवेशन पछी समाजको पदाधीकारीहरुमा परीर्वतन भएकोले अव उक्त वैकमा रहेको समाजको खाता समाजका अध्यक्ष श्री कुलवहादुर गुरुङ्ग,महासचिव श्री विनयध्वज चन्द र कोषाध्यक्ष श्रीमती गीता रेग्मी अर्यालको नाममा संचालन गरी खाता संचालक मध्ये कुनै दुईको हस्ताक्षर वाट चेक संचालन (अपरेट) गर्ने निर्णय गरिन्छ ।
प्रस्ताव न.६.
समाजको आगामी वैठक २०७३ साल मंसिर ३ गते शुक्रवार ११ः३० वजे वस्ने निर्णय गरिन्छ ।