वर्तमान राष्ट्रिय राजनीतिको सन्दर्भमा हाम्रो दृष्टिकोण

नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान अन्तर्गत हालै सम्पन्न भएको प्रदेश सभा एंव प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसको अपमानजनक पराजय भएको छ । द्धन्द्ध र अस्थिरताको कारकतत्व ने.क.पा. माओवादी संलग्न कम्यूनिस्ट गठवंधनले स्थिरता, सम्मृद्धि र एकाङगी रास्ट्रवादको नारामा प्रचण्ड वहुमत हाशिल गर्नु केवल कांग्रेसका लागी मात्र नभइ प्रजातन्त्रमा आस्था राख्ने समस्त नागरिक तथा शुभेच्छुक समुदायहरुका लागी समेत चासो र चिन्ताको विषय वन्न पुगेको छ ।

संसदीय प्रजातन्त्रमा सशक्त एंव रचनात्मक प्रतिपक्षको अस्तित्व अनिवार्य शर्त हो । यसको अभावमा सत्ताशीनहरुमा वहुमतको दंभका कारण निरकुंश एंव स्वेच्छाचारी प्रवृति हाविहुने भय रहन्छ ।

००७ साल देखी अध्यावधिराष्ट्रिय राजनीतिको केन्द्रिय धुरीका रुपमा रहन सफल कांग्रेसलाइ यस निर्वाचनले अत्यन्त कमजोर विपक्षको हैशियतमा प्रदेशसभा र प्रतिनिधि सभामा उपस्थित गराएको छ जसका कारण अबका राष्ट्रिय राजनितिको समन्वकारी मध्यममार्र्गी प्रजातान्त्रिकधार कमजोर भै मुलुकमाराजनीतिक असहिस्णुता,राज्यका सम्पूर्ण अङ्गहरुमा दलियनियन्त्रण, परराष्ट्र सम्बन्ध संचालनमा असन्तुलन तथा साझा सहमतीभन्दा एकाधिकारवादी सोच प्रभावी हुने र यसबाट नयाँ आयामको द्धोन्दको परिस्थिति निर्माणहुने खतरा उपस्थित भएको छ ।

राजनेता स्व. वीपी कोइरालाले राष्ट्र, राष्ट्रियता प्रजातन्त्र र समाजवाद को आधारशीलामा नेपाललाई सवल, स्वतन्त्र, समृद्ध तथा अन्तर्राष्ट्रिय समुदायमा प्रतिष्ठित बनाउने अभिष्ट प्राप्तिका लागी एउटा सशक्त, संगठित औजारका रुपमा उपयोग गर्ने उदेश्यले नेपाली कांग्रेसको संस्थापना गर्नु भएको हो । राष्ट्र–रक्षाका यि विजमन्त्रलाई महत्वहिन ठानेर सत्ता स्वार्थमामात्रकेन्द्रित हुदाकांगे्रसमा सैद्धान्तिक विचलन शुरुभयो जसले गर्दा अहिले यो आधोगती को अवस्था आएको हो ।

०५९÷६३ को जनआन्दोलन देखी संविधान सभा हुँदै द्धन्दात्मक भौतिकतावादी संविधान निर्माणको उपक्रम सम्म आइपुग्दा उग्रवामपन्थी शक्ति संगको एकता, सहमति र सहकार्य कांगे्रस र प्रजातान्त्रिक पद्धतिका लागी घातक सिद्धभयो । संक्रमणकालका वहानामा दलिय भागवन्डा व्यापक आर्थिक अनियमितता, दन्डहिनता र विधिको शासन को उपहास, अपराधको राजनीतिकरण तथा कुशासनमा सबै दलहरु लिप्त हुँदा विकास अवरुद्ध भयो, वैदेशिक हस्तक्षेपमा वृद्धिभइ देशको स्वाभिमानमा आँच आउनुका साथै राष्ट्रिय चरित्र पतनोन्मुख भएको छ ।

कांग्रेसको यो पराजयमा विवीध आन्तरिक एवं वाह्य कारणहरु छन् । चरम गुटवन्दीका कारण कांगे्रस भित्र कांग्रेस खोज्नु पर्ने अवस्था, टिकट वितरणमा योग्यता, लोकप्रियता, प्रतिवद्धता र त्यागभन्दा भागवन्डा, परिवारवाद,  कृपावाद, धनवादलाई प्राथमिकता दिइयो । अर्को विडम्वना के रह्यो भने निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका नाममा उग्र वामपन्थि, उग्र दक्षिणपन्थि तथा पृथकतावादी शक्तीहरुसँग गठबन्धन गर्दा जनताले त्यसलाई अस्वीकार गरे ।

सत्ता संचालनको क्रममा प्रहरी लगायतका प्रशासन यन्त्रमा अनावश्यक हस्तक्षप , भुकम्पपिडित प्रति असंवेदनशिलता, नाकावन्दिको कडा प्रतिवाद गर्न असफल तथा युवा पलायन रोक्न र आर्थिक विकासलाई गति दिन प्रभावकारी हुन नसक्नु एंव कुटनीती संचालनमा असन्तुलन, अवाञ्छीत झुकाब, विधि, विधान अनसार नचल्नु जस्ता राष्ट्रिय मुद्धाहरुमा पार्टिको गम्भिर त्रुटी भएको कुरा भन्नु अतिरंजना वा लान्छना नहोला । जनमतलाई शिरोधार्य गर्दै नेपालीकांग्रेसको केन्द्रिय समितिले पराजयको नैतिक जिम्मेवारी लिनु र आत्म समिक्षा गर्नु प्रजातान्त्रिक आचरणको अनिवार्यता हो । नेपाली कांग्रेसले आफ्नो वर्तमान नीति, सांगठनिक स्वरुपलाई वी.पी.को विचारको धरातलमा राष्ट्रियतालाई केन्द्रमा राखेर वर्तमान, विश्व अर्थराजनितिका चुनौतीहरु सामना गर्न सक्षम हुने गरी व्यापक रुपान्तरण गर्नु नै पार्टीको पूनर्जीवनको संजिवनी हो भन्ने सत्य बुझ्न यो समाज पार्टीलाई आग्रह गर्दछ । विशिष्ट भूराजनितिक अवस्थितिका कारण हाम्रो राष्ट्र विभिन्न अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको सामरिक र आर्थिक स्वार्थको खेल प्रतिखेलको किडास्थल बन्दै गइरहेको कारण विगतमा हामिले ठुलो हिंसात्मक द्धोन्द र अस्थिरताले अभिशप्त हुनुपर्यो । त्यो अवस्था झनै घनिभुत भै रहेको पृष्ठभुमीमा राष्ट्रिय एकतामा आधारित प्रजातान्त्रिक प्रणाली तथा स्वतन्त्र सन्तुलित परराष्ट्र नीतिबाट मात्रै राष्ट्रको सार्वभौमिकता संरक्षित हुन सक्दछ भन्ने मान्यता यसवी.पी. विचार राष्ट्रिय समाजकोरहेको छ ।

धन्यवाद, जय नेपाल

वी.पी. विचार राष्ट्रिय समाज

केन्द्रिय समिति

मिति ः २०७४ पौस १६ गते                                              काठमाडौं

Leave a Reply

Your email address will not be published.