वी.पी.विचार राष्ट्रिय समाज केन्द्रीय कार्यसमिति निर्णय पुस्तिका

आज मिति २०७३ साल आश्विन ५ गते वुधवार वी.पी. विचार राष्ट्रिय समाज, केन्द्रीय कार्य समितिको वैठक समितिका सभापति मा.श्री कुलबहादुर गुरूङ्गको अध्यक्षतामा का म पा, वडा नं. ४, चण्डोल  स्थित समाजका् केन्द्रीय कार्यालयमा  बस्यो । जसमा निम्न अनुसारको पदाधिकारी एवम् सदस्यहरूको उपस्थिति रह्यो ।
१ मा.श्री कुलबहादुर गुरूङ्ग  सभापति
२.गोविन्द राज जोशी  ( उप–सभापति)
३.विनय ध्वज चन्द (माहा सचिव)
४.राम बहादुर गुरुङ्ग (उप माहासचिव)
५.गिता रेग्मी (कोषाध्यक्ष)
६.लक्ष्मण प्र.घिमिरे (सदस्य)
७.सुनिल कुमार भण्डारी(सदस्य)
८.रेवती प्र.भुसाल(सदस्य)
९.राजन पन्त(सदस्य)
१०.हस्त बहादुर मल्ल(सदस्य)
११.खगेन्द्र राज रेग्मी(सदस्य)
१२.लोकेश ढकाल(सदस्य)
१३.दिपक जङ्ग शाह(सदस्य)
१४.सुरेन्द्र हमाल(सदस्य)
१५.लक्ष्मण राय यादव(सदस्य)
१६.जनार्दन क्षेत्री(सदस्य)
१७.भोज राज रेग्मी(सदस्य)
१८.सरोज देवकोटा(सदस्य)
१९.हरी दर्शन श्रेष्ठ(सदस्य)
प्रस्ताव तथा निर्णयहरु
प्रस्ताव नं १ महाधिवेशनको प्रतिवेदज सम्वन्धमा ।
प्रस्ताव नं २ बिद्धत परीषद गठन गर्ने संवन्धमा ।
प्रस्ताव नं ३ बिधान संसोधन संवन्धमा ।
प्रस्ताव नं ४ नियमित वैठकको मिति निर्धारण गर्ने सम्वन्धमा
प्रस्ताव न.५ खाता सञ्चालन सम्बन्धममा
प्रस्ताव न.६ विविध ।
निर्णयहरु
निर्णय न.१
महाधिवेशनको प्रतिवेदन समाजका महासचिव विनयध्वज चन्दले प्रस्तुत गर्नु भयो । उक्त प्रतिवेदन लाई कार्यसमितिले अनुमोदन ग¥यो ।
निर्णय न. २ क.
वी.पी. को विचारलाई परिभाषित गर्दै वी.पी.का कृतिहरु तथा जीवनीका वारे खोजमुलक अध्ययन र अनुशन्धान गरी वी.पी.का विचारहरुलाई तालीम,छलफल,गोष्ठी र विभीन्न साहित्यका प्रतियोगता गरी जनताका माझ पु¥याउन प्राज्ञहरुलाई संलग्न गराउने समाजको दास्रो महाधिवेशनले आवश्यकता महशुस गरेको हुदा प्राज्ञहरुको कस्तो संरचना वनाउन आवश्यक हुन्छ त्यसको स्वरुप गठन र नाम समेत प्राज्ञहरु संग परामर्श गरी आगामी वैठकमा पेश गर्न समाजका उप सभापति श्री गोविन्द राज जोशी लाई जिम्मा दिन निर्णय गरिन्छ ।
निर्णय न.२(ख).
समाजको दोस्रो महाधिवेशनले समाजका कार्यक्रमहरु जिल्ला जिल्लामा गर्नु पर्ने समाजको केन्द्रिय समितिको वैठक पालो पालो गरी ७ प्रदेशमा गर्नु पर्ने समेतका कार्यक्रमहरु गर्न र संगठनलाई अझ आकर्षक र वलियो संगठन निर्माण गर्न आवश्यक तयारी गर्ने निर्देशन दिएकाले सो अनुशारको कार्यक्रम वनाउन केन्द्रिय कार्य समितिका सदस्यहरुलाई संलग्न गराई कार्यक्रम तयार गरी आगामी वैठकमा पेश गर्न समाजका महासचिव श्री विनयध्वज चन्द लाई जिम्मा दिने निर्णय गरिन्छ ।
निर्णय न.२ ग.
वी.पी.विचार राष्ट्रिय समाजको आफ्नो खास आय स्रोत नभएको र संगठन संचालनका लागी अरु स्रोतको आवश्यकता पर्नेहुदा समाजलाई संलग्न गरी सहकारी दर्ता एंवम संचालन गर्न के कस्तो व्यवस्था गर्नुपर्छ विधानमा कस्तो किसिमका प्रावधान गर्नु पर्दछ  विधान शंसोधन समिती सग समन्वय गरी अन्य केन्द्रिय सदस्यहरु संग आवश्यक परामर्श गरी विस्तृत प्रतिवेदन आगामी कार्य समितीको वैठकमा पेश गर्न समाजका कोषाध्यक्ष श्रीमती गीता रेग्मी अर्याललाई जिम्मा दिने निर्णय गरिन्छ ।
प्रस्ताव न.३.
समाजको दोस्रो महाधिवेशनले समाजको विधानमा आवश्यक संशोधन गरी समयानुकुल वनाउन केन्द्रीय कार्य समितिलाई अधिकार प्रत्यायोज गरेकोले माहाधिवेशनको निर्देशन अनुसार आवश्यकता अनुसार संशोधन प्रस्ताव तयार गरी आगामी केन्द्रीय कार्य समितीको वैठकमा पेश गर्न समाजका केन्द्रीय सदस्य श्री भोज राज रेग्मीको संयोजकत्वमा कोषाध्यक्ष श्रीमती गीता रेग्मी अर्याल र अधिवक्ता सुदिप पण्डित रहेको विधान संशोधन प्रस्ताव समिति गठन गर्ने निर्णय गरिन्छ ।
 प्रस्ताव न.४.
समाजको वैठक हालसम्म आवश्यकता अनुसार वस्ने प्रचलन रहेको हुदा यसरी वैठक बस्दा समयमा सूचना गर्न नसक्दा सदस्यहरु लाई वैठकमा उपस्थित हुन सहज नहुदा प्रत्येक दुई महिनाको एक पटक वैठक वस्ने निर्णय गरिन्छ साथै प्रत्येक दुई महिनाको कुन गते र कुन वारमा गर्ने आगामी वैठकले निर्णय गर्ने निर्णय गरिन्छ ।
प्रस्ताव न.५.
यस समाजको खाता हाल सम्म राष्ट्रिय वाणिज्य वैँक गौशाला शाखामा रहेको खाता संचालन अध्यक्ष श्री कुलवहादुर गुरुङ्ग,महासचिव श्री विनयध्वज चन्द र कोषाध्यक्ष लक्ष्मण घिमिरेको नाममा खाता संचालन हुदै आएको दोस्रो महाधिवेशन पछी समाजको पदाधीकारीहरुमा परीर्वतन भएकोले अव उक्त वैकमा रहेको समाजको खाता समाजका अध्यक्ष श्री कुलवहादुर गुरुङ्ग,महासचिव श्री विनयध्वज चन्द र कोषाध्यक्ष श्रीमती गीता रेग्मी अर्यालको नाममा संचालन गरी खाता संचालक मध्ये कुनै दुईको हस्ताक्षर वाट चेक संचालन (अपरेट) गर्ने निर्णय गरिन्छ ।
प्रस्ताव न.६.
समाजको आगामी वैठक २०७३ साल मंसिर ३ गते शुक्रवार ११ः३० वजे वस्ने निर्णय गरिन्छ ।

Leave a Reply

Your email address will not be published.