Decission of BP Bichar Rastriya Samaj

वी.पी. विचार राष्ट्रिय समाज, केन्द्रीय कार्यसमितिको मिति २०७० साउन १९ गते शनिवार वसेको वैठकको निर्णयहरू

१    आउँदो भाद्र २४ गते देखि ०७१ भाद्र २४ गतेसम्म वी.पी. कोइरालाको जन्म शताव्दी वर्ष परेको हुँदा जन्म शताव्दी वर्षदिन भरी विविध सिर्जनात्मक कार्यक्रमहरुका साथ भव्य रूपमा मनाउन समाजका सभापति श्रीकुलबहादुर गुरूङ्गको अध्यक्षतामा वी.पी.कोइराला जन्म–शतवार्षिकी समारोह समिति गठन गर्ने निर्णय गरियो । समारोह समितिमा समाजका उपाध्यक्ष गोविन्दराज जोशी, महासचिव विनयध्वज चन्द, कोषाध्यक्ष लक्ष्मणप्रसाद घिमिरे, समाजका केन्द्रीय सदस्यहरू श्रीमती लिला कोइराला, उमाकान्त चौधरी, सुनिलकुमार भण्डारी, डा. लक्ष्मीराज पाठक, अधिवक्ता कुमार रेग्मी, लोकेश ढकाल र इ. भोजराज पोखरेल सदस्य रहनेगरी समिति गठन गरिएको छ ।
२    आउँदो भाद २४ गते वी.पी.कोइरालाको जन्म जयन्तीका सन्दर्भमा एउटा भव्य कार्यक्रम आयोजना गरी मनाउन समाजका सदस्य लोकेश ढकालको संयोजकत्वमा उमाकान्त चौधरी, इ. सरोज देवकोटा, इ. हरिदर्शन श्रेष्ठ, सुश्री अम्बिका बस्नेत सदस्य रहनु भएको पाँस सदस्यीय वी.पी. कोइराला जन्म जयन्ती कार्यक्रम आयोजक समिति गठन गरिएको छ ।
३    वी.पी. विचार राष्ट्रिय समितिको केन्द्रीय कार्यसमिति सदस्यमा मोहन बराल – सिन्धुली, श्रीमती लिला सुब्बा – धनकुटा, नरेन्द्र केरूङ्ग – पाँचथर, र मनबहादुर रावल – बाजुरालाई मनोनित गर्ने निर्णय गरियो र वाँकि रहेको केन्द्रीय सदस्य पदमा समाजका सभापतिले समाजका पदाधिकारीसंग आवश्यक परामर्ष गरी विधान बमोजिम मनोनित गर्दै जाने निर्णय गरियो ।
४    वी.पी. कोइराला जन्म शताब्दी समारोह र समाजको संगठन परिचालन गर्न आर्थिक स्रोतको व्यवस्थापनका लागि समाजका कोषाध्यक्ष लक्ष्मणप्रसाद घिमिरेको संयोजकत्वमा सुनिलकुमार भण्डारी, डा. लक्ष्मीराज पाठक, डा. इ. कमल रिजाल, इ. भोजराज रेग्मी सदस्य रहनु भएको स्रोत व्यवस्थापन एवम परिचालन समिति गठन गरिएको छ ।
५    समाजको जिल्ला स्तरमा संगठन विस्तार गर्न र गठन भएका जिल्ला समिति बीच समन्वय गर्न विकास क्षेत्रका आधारमा पाँच जनालाई संयोजक तोकिएको छ । एक महिना भित्र तोकिएको कार्य सम्पादन गर्ने उद्देश्यले तोकिएका संयोजकहरूमा पूर्वाञ्चलमा अधिवक्ता कुमार रेग्मी, मध्यमाञ्चल लक्ष्मणप्रसाद घिमिरे, पश्चिमाञ्चल गोविन्दराज जोशी, मध्यपश्चिमाञ्चलमा सुरेन्द्र हमाल र सुदूर पश्चिमाञ्चलमा सुनिलकुमार भण्डारीलाई तोक्ने निर्णय गरियो ।
६.    यस समाजको आर्थिक कारोवार गर्नका लागि राष्ट्रिय वाणिज्य वैङ्क, गौशाला, वत्तिसपुतली शाखामा समाजका सभापति कुलबहादुर गुरूङ्ग, महासचिव विनयध्वज चन्द र कोषाध्याक्ष लक्ष्मणप्रसाद घिमिरेको संयुक्त हस्ताक्षरबाट खाता सञ्चालन गर्ने गरी खाता खोल्ने र खाता सञ्चालनका हकमा तीन जना मध्ये कुनै दुईको हस्ताक्षरबाट आर्थिक कारोवार गर्ने निर्णय गरियो ।
७    छलफलका लागि थप अन्य विषय नउठेकोले समाजका सभापतिले वैठक समापन भएको घोषणा गर्नु भयो ।

Leave a Reply

Your email address will not be published.