बीपी विचार राष्ट्रिय समाजको दोश्रो महाधिवेशनको नीति र कार्यक्रम
प्रस्तुत कर्ता
गोविन्दराज जोशी
उप सभापति
पृष्ठभूमि
आज नेपाली काँग्रेसका संस्थापक बीपी कोइराला हाम्रो माझ हुनुहुन्न । उहाँ भइदिएको भए आज नेपालले जुन दुर्दशा बेहोर्नुपरेको छ त्यो बेहोर्नुपर्ने थिएन । नेपाली काँग्रेस यो देशको एकमात्र प्रजातान्त्रिक पार्टी भएर पनि आज बाटो बिराएको बटुवाजस्तै भौँतारिरहेको छ । किन त्यस्तो भयो नेपाली काँग्रेसको अवस्था, किन नेपाली राजनीतिले सही बाटो पहिल्याउन सकेन आज चिन्ताको विषय बनेको छ । शायद बीपीले देखाएको बाटो हामीले अवलम्बन गर्न सकेको भए आज देशको यो अवस्था हुने थिएन । बीपीले विचार दिएर जानुभयो, दर्शन दिएर जानुभयो त्यसलाई सही व्याख्या हामीले गर्न सकेनाँै । त्यो विचारलाई हामीले अवलम्मन गर्न सकेनौँ । यथार्थ कुरा यही हो ।
जननायक विश्वेश्वरप्रसाद कोइरालाका विचारहरू आज पनि उत्तिकै सान्दर्भिक रहेका छन् । उहाँको जीवनकालमा उहाँलाई धेरै मानिसहरूले चिन्न सकेनन् ,धेरैले बुझ्न सकेनन् । उहाँका विचारहरू कालजयी बनेका छन । आज सबैले आफनो–आफनो दृष्टिकोणबाट व्याख्या गर्दछन् बीपी कोइरालालाई । त्यसैले बीपीका विचारहरूलाई यथार्थपरक भएर जनमानसमा लैजानुपरेको छ । यही कुरालाई मनन् गरेर नै बीपी विचार राष्ट्रिय समाजले बीपीका विचारहरूलाई जनस्तरमा पु¥याउने जमर्को गरेको हो । बीपी भन्नुहुन्थ्यो, “म मरेपछि नेपाली काँग्रेसमा मेरो भूमिकाको बारेमा व्यापक भ्रम सिर्जना गर्ने प्रयास हुनेछ भन्ने मलाई पक्का छ । घटनाहरूलाई बङ्ग्याएर इतिहासको गलत व्याख्या गरिनेछ । नेपाली काँग्रेसमा मैले लिएको अडान र मेरो दृष्टिकोणलाई गौण बनाइनेछ । मैले नेपाली काँग्रेसमा सदैव सैद्धान्तिक र विषयगत अडान लिएको छु । राष्ट्रियताको विषयमा, प्रजातान्त्रिक संस्थाहरूको विषयमा, आर्थिक विकास र समाजवादी व्यवस्थाको विषयमा, मेरा अडानका निरन्तरता छन्् । हिन्दुस्तानको बारेमा, राजाको बारेमा र संसारसँगको सम्पर्कका बारेमा मेरो दृष्टिकोणमा एउटा निरन्तरता छ र त्यसका आधारहरू मैले सधैँ उल्लेख गर्ने गरेको छु । २००७ सालको क्रान्ति हामीले हिन्दुस्तानबाट सञ्चालन ग¥यौँ । हामीलाई हिन्दुस्तानले सञ्चालन गर्न खोजेको कुराको मैले सधैँभरि र सबभन्दा बढी विरोध गरेको छु । मैले राजालाई हमेशा महŒव दिएको छु । मलाई थुनामा राख्दा पनि मैले त्यही विचार राखेको छु । उनको निरङ्कुश शैलीको मैले सधैँ र सबभन्दा बढी विरोध गरेको छु । मैले हिन्दुस्तानमा बसेर सङ्गठन गर्दा पनि आफ्नो राष्ट्रियताको छवि कायम राख्ने प्रयास गरेँ । राजासँग मेलमिलापको कुरा गर्दा पनि प्रजातन्त्रको आग्रहमा मैले कहिल्यै समर्पण गरिनँ । मेरा यी अडानहरूका बारेमा व्यापक भ्रम सिर्जना हुने सम्भावना मैले देखेको छु । नेपाली काँग्रेसको इतिहास ती सबै आदर्शहरू र लक्ष्यहरूका साथ भएको संघर्षको इतिहास हो । मलाई लाग्दछ यस मुलुकको उज्जल भविष्यका लागि नेपाली काँग्रेसमा ती कुराहरूको निरन्तरता रहनुपर्छ । जुन दिन नेपाली काँग्रेसले राष्ट्रियताको आफ्नो अडान छोड्नेछ, यो निरर्थक भएर जानेछ । जुन दिन यसले प्रजातन्त्रको आदर्शहरू छाडेर केवल सत्ताको राजनीति गर्नेछ, यो निरर्थक भएर जानेछ ।” बीपी कोइरालाका यी र यस्तै महान् वाणीहरूलाई आत्मसात् गर्दै उहाँका यी अवधारणाहरलाई जनस्तरसम्म पु¥याउने उद्देश्य राखेर बीपी विचार राष्ट्रिय समाजको स्थापना भएको हो ।
बीपीको भूमिकाको विषयमा सिर्जित भ्रम
बीपी कोइराला निर्वासनमा रहनु हुँदा नै उहाँलाई आफनै कार्यकर्ताहरूबाट आफ्ना बारेमा आफू मरेपछि भ्रम सिर्जना गरिनेछ भन्ने कुरा लागेको रहेछ । बीपीको विचारमा काँग्रेसका नेता कार्यकर्ताहरू त्यतिखेर नै सिद्धान्तमुखीभन्दा सत्तामुखी हुँदैगएको आभास भइसकेको रहेछ । त्यसैले उहाँले उहाँलाई बङ्ग्याएर इतिहासको गलत व्याख्या गरिनेछ । “नेपाली काँग्रेसमा मैले लिएको अडान र मेरो दृष्टिकोणलाई गौण बनाइनेछ भन्ने मलाई पक्का छ” भन्नुभएको रहेछ । हुन पनि आज त्यस्तै भयो । वि.सं. २०४६ सालको सफल जनआन्दोलनपछाडि पार्टी विस्तारै सत्तामुखी हुँदै गयो । राष्ट्रियताका बारेमा, प्रजातन्त्रका बारेमा र समाजवादका बारेमा विस्तारै गलत व्याख्या गरिँदै गयो । हुँदाहुँदा राष्ट्रिय मेलमिलापकै बारेमा पनि गलत व्याख्या गरियो बीपीको जीवनकालपछि । बीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नारा दिएर २०३३ पौष १६ गते नेपाल फर्कदा स्पष्ट रूपमा भन्नुभएको थियो कि राष्ट्रिय मेलमिलाप भनेको त्योसँगको मेलमिलाप हो जो प्रजातन्त्रवादी र राष्ट्रवादी छ । यदि कुनै शक्ति वा व्यक्ति राष्ट्रवादी छ प्रजातन्त्रवादी छैन अथवा प्रजातन्त्रवादी छ राष्ट्रवादी छैन भने त्योसँग हाम्रो मेलमिलाप हुन सक्दैन । त्यसैले उहाँको न राजासँग न कम्युनिष्टहरूसँग मेलमिलाप हुनसक्यो । बीपीको निधनपछि राष्ट्रिय मेलमिलाप भनेको जनतासँगको मेलमिलाप भनियो र सत्ताको लागि जोसँग पनि अंकमाल गरियो । यसरी हामीमा विचलन आयो । आज यही विचलनका कारण नेपाली काँग्रेसको यो अवस्था भएको छ । काँग्रेसले आफनो अडान पनि छोडेको छ पहिचान पनि गुमाएको छ भनेको यही हो । बीपीलाई पहिले नै आभास भइसकेको रहेछ कि उहाँको निधनपछि नेपाली काँग्रेसमा उहाँको भूमिकाको बारेमा व्यापक भ्रम सिर्जना गर्ने प्रयास हुनेछ भनेर ।
बीपी विचार
वि.सं. २००३ सालमा नेपाली राष्ट्रिय काँग्रेसको स्थापना भएपछि वि.सं. २०३९ मा बीपीको निधन भएको समयभित्र राष्ट्र, राष्ट्रिय, प्रजातन्त्र र समाजवादको विषयमा अभिव्यक्त बीपीका लिखित र मौखिक अवधारणाहरूको समष्टि रूप नै यथार्थमा बीपी विचार हो । जीवनको उत्तरार्धसम्मका अनुभवहरूलाई सँगाल्दै आफना कार्यकर्ताहरूलाई निश्चित मार्गदर्शन गरेर भविष्यको लागि समेत एउटा गोरेटो कोरिदिनुभएको छ । आज त्यही बाटोले नेपाली काँग्रेसका कार्यकर्ताहरूलाई निरन्तर प्रकाश दिइराखेको छ । अझै स्पष्टरूपमा भन्नुपर्दा, बीपी कोइरालाले आठ वर्षको भारत निर्वासनपछि मेलमिलापको नीति लिएर नेपाल फर्कनुअघि दिनुभएको वक्तव्यले काँगे्रसका कार्यकताहरूलाई मात्र होइन द्वन्द्वरत मुलुकका सबै मानिसहरूलाई बाटो देखाइदिएको छ ।
जन्मकालदेखि नै नेपाली काँग्रेस राष्ट्रियता, प्रजातन्त्र र समाजवादका आदर्श, मूल्य र मान्यताका आधारमा न्यायपूर्ण, गतिशील, स्वतन्त्र र समतामूलक समाजको स्थापनाका लागि प्रतिबद्ध छ । आफ्ना पार्टीका हजाराँैहजार नेता एवं कार्यकर्ताले प्रजातन्त्रका लागि गरेको त्याग, तपस्या र बलिदानपूर्ण देशभक्तिको लामो परम्परालाई काँग्रेस उच्च सम्मान गर्दछ । हिंसात्मक द्वन्द्वको बेलामा पार्टीका सैद्धान्तिक आदर्श र मुलुकमा स्थायी शान्तिका निमित्त जीवन उत्सर्ग गर्ने हजारौँ हजार शहीदहरूको सहादतलाई सम्मान गर्नु यसको कर्तव्य हो । उल्लिखित कार्यहरूभित्र, राष्ट्रियता र प्रजातन्त्रको संरक्षण र संवर्धन गर्न र नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा स्थापित गरी सामाजिक, राजनीतिक र आथिर्क विकास गर्ने पुनीत कार्यका लागि नेपाली काँग्रेसको स्थापना भएको हो । यसमा नेपाली जनताको एकात्मक भावना छ र सपना सजिएको छ ।
सशस्त्र आन्दोलन र पटक–पटक शान्तिपूर्ण आन्दोलन गरेको नेपाली काँग्रेसले देशको राष्ट्रियतामा संकट आइपरेको ठहर गरी निरन्तर आन्दोलन गरिरहने क्रममा बीपी कोइराला भारत निर्वासन छोडी स्वदेश फर्कनुभयो । यही दिनदेखि आजका दिनसम्म नेपाली काँग्रेसले प्रजातान्त्रिक आन्दोलनको सफलताको लागि शान्तिपूर्ण जनआन्दोलनको नेतृत्व गर्दै आइरहेको छ । बीपी कोइरालाको भारत निर्वासन नेपाली काँग्रेसको प्रजातान्त्रिक आन्दोलनको एक महŒवपूर्ण पाटो हो । अहिले नेपाली काँग्रेस र नेपाली समाज पनि ठीक यसको उल्टो गतिमा छ भन्दा अत्युक्ति हँुदैन ।
बीपी विचार राष्ट्रिय समाजको स्थापना
बीपी कोइरालाले नेपाली समाजमा राष्ट्रियता, प्रजातन्त्र र समाजवादका बारेमा विचार दिएर जानुभएको छ । आज उहाँका विचारहरू सान्दर्भिक छँदाछँदै पनि ती विचारहरूलाई समाजमा प्रत्याभूत गर्न उहाँका अनुयायीहरूले सकेका छैनन् । त्यसैले आज बीपीको विचार अल्मलिएको महसुस गरी उहाँका विचारहरूलाई नेपाली समाजमा प्रतिस्थापन गर्नु आजको आवश्यकता भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी, महामानव बीपी कोइराला (बीपी) ले नेपालको राष्ट्रियताको संरक्षण एवम् संवर्धन र प्रजातन्त्रको स्थापना, स्थायित्व एवम् विकाससँगै नेपाली साहित्यमा पु¥याउनुभएको अतुलनीय योगदानको उच्च सम्मान गर्नुपर्दछ । उहाँले नेपालको स्वतन्त्रता, राष्ट्रिय एकता र अखण्डताका लागि नेपालको राजनीतिक परिवेशका सन्दर्भमा प्रतिपादन, परिभाषित एवम् विकसित गर्नुभएको राष्ट्रिय एकता र मेलमिलापको नीति र सिद्धान्तलाई आत्मसात गर्दै, मुलुकको समानुपातिक एवम् सन्तुलित विकास र जनताको जीवनस्तर माथि उठाउन लिनुभएको प्रजातान्त्रिक समाजवादको नीति, सिद्धान्त र कार्यक्रम प्रति पूर्णरुपमा विश्वास प्रकट गर्दै, बीपीले प्रतिपादन, व्याख्या एवम् विकास गर्नुभएको राष्ट्रिय एकता र मेलमिलापको नीति अन्तर्गत रहेर सो नीतिलाई वर्तमान राजनीतिक परिप्रेक्षमा विकसित एवम् परिभाषित गरी थप उन्नत बनाउँदै राष्ट्रियता र राष्ट्रिय अखण्डताको संरक्षण एवम् प्रवर्धन गर्न र प्रजातान्त्रिक समाजवादको नीतिलाई अझ व्यावहारिक ढंगबाट लागू गरी आर्थिक उन्नति र जनताको जीवनस्तर माथि उठाउने आधार बनाउन एवम् बीपी विचार र सिद्धान्तलाई जनस्तरसम्म पु¥याउने पवित्र उद्देश्यले यस ‘बीपी विचार राष्ट्रिय समाज’को स्थापना भएको हो ।
बीपी विचार राष्ट्रिय समाजको साङ्गठनिक संरचना
यी सबै कार्यहरू सम्पादन गर्न समाजको सांगठनिक संरचनाको महŒवपूर्ण भूमिका रहेको हुन्छ । समाजका केन्द्रीय समिति, जिल्ला समितिहरू, क्षेत्रीय र गाउँ, नगर समितिहरू क्रियाशिल छन । जिल्ला समितिहरू पनि दुई प्रकारका छन ।
(क) शाखाहरू
(ख) आबद्धता प्राप्त संस्थाहरू
दुबै किसिमका सस्थाहरूको मान्यता र कार्यहरू एकै प्रकारको रहेको छ । यिनै निकायहरूको माध्यमबाट बीपी विचार राष्ट्रिय समाजले आफ्नो संस्थाका गतिविधिहरूलाई अगाडि बढाउनेछ ।
बीपी विचार राष्ट्रिय समाजको आर्थिक परिचालन
वीपी विचार राष्ट्रिय समाज एउटा गैरनाफामूलक गैरसरकारी संस्था हो । यसको आफ्नो कुनै आर्थिक स्रोत छैन । त्यसैले यो संस्थाका सबै निकायहरूले आफनो स्रोत आफै जुटाउनुपर्ने हुन्छ । त्यसैल,े सस्थाको हिसाबकिताब पारदर्शी हुनेगरी प्रत्येक शाखाको बैङ्क खाता हुनु अनिवार्य हुन्छ । संस्थाको कार्य सञ्चालनको लागि विभिन्न व्यक्ति र निकायहरूबाट सङ्कलित चन्दा र सहयोग रकम संस्थाको आर्थिक स्रोतको रूपमा रहनेछ ।
(क) चन्दादाताहरू शिक्षक, प्राध्यापक कर्मचारी, व्यापारी एवं अन्य शुभचिन्तकहरूबाट सङ्कलित चन्दा रकम ।
(ख) जिल्ला विकास समिति, नगरपालिकाहरू ,गाउँपालिकाहरूबाट प्राप्त आर्थिक सहयोग ।
(ग) सांसद विकास कोषबाट प्राप्त हुने रकम ।
(घ) नेपाल सरकारका सम्बन्धित मन्त्रालयहरूबाट उपलब्ध गराइने रकम ।
(ड.) अन्तर्राष्ट्रिय गैरसरकारी सस्थाहरू र अन्य दातृ निकायहरूबाट प्राप्त हुने रकम ।
(च) आजीवन र साधारण सदस्यता शुल्कबाट उठेको रकम ।
बीपी विचार राष्ट्रिय समाजको उद्देश्य तथा नीति
(क) बीपीले प्रतिपादन, व्याख्या एवम् विकास गर्नुभएको राष्ट्रिय एकता र मेलमिलापको नीतिअन्तर्गत रहेर सो नीतिलाई वर्तमान परिप्रेक्षमा विकसित एवम् परिभाषित गरी थप उन्नत बनाउँदै राष्ट्रियता र राष्ट्रिय अखण्डताको संरक्षण एवम् प्रवर्धन गर्न प्रयत्नशील रहने ।
(ख) प्रजातान्त्रिक समाजवादको नीतिलाई अझ व्यावहारिक ढंगबाट अध्ययन अनुसन्धान गरी मुलुकको आर्थिक उन्नति र जनताको जीवनस्तर माथि उठाउने आधार बनाउन क्रियाशील हुने ।
(ग) बीपी कोइरालका विचार, सिद्धान्त र साहित्यिक कृतिहरूलाई जनस्तरसम्म पु¥याउन प्रयत्न गर्ने ।
(घ) बीपीकोइरालाले विशेषतः नेपालका लागि प्रतिपादन गर्नुभएको प्रजातान्त्रिक समाजवादबाट सुनिश्चित गर्न खोजिएको नेपालीको प्रजातान्त्रिक हक अधिकारसँगै शैक्षिक, स्वास्थ्य तथा आर्थिक हक अधिकारबारे जनतालाई सुसूचित गराउने ।
(ड.) नेपालको ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य तथा रोजगारीमूलक कार्यक्रमहरूको विस्तारमा सहयोग पु¥याई ग्रामीण विकासमा टेवा पु¥याउने । महिला, दलित, आदिवासी तथा पिछडिएको क्षेत्र वा वर्गका जनताको क्षमता वृद्धिमा सहयोग पु¥याउने ।
(च) नेपालको राष्ट्रियताको संरक्षण र संवर्धन गर्न आवश्यक कार्य गर्ने । नेपालीहरूबीच कायम रहँदै आएको सदियौँ पुरानो आपसी सद्भाव, भाइचारा र एकता अझ वृद्धि गर्न अग्रसर रहने । नेपालको सांस्कृतिक पहिचानको संरक्षण गर्ने ।
(छ) अहिंसा, शान्ति र प्रजातान्त्रिक मूल्य र मान्यताको संवर्धन र प्रसार गर्ने ।
(ज) मानव जीवनलाई स्वस्थ र सार्थक बनाउन अध्यात्म, योग र साधना जस्ता विषयहरूबारे जनस्तरसम्म अभियान चलाउने ।
(झ) समाजका असहाय र कमजोर क्षेत्र र वर्गका जनताको उत्थान विकासमा सहयोग पु¥याउन आवश्यक कार्य गर्ने ।
(ञ) समाजमा विद्यमान विभिन्न विभेदहरूलाई न्यूनीकरण गरी आपसी सौहार्दता र शिष्टता बढाई नैतिक आचरणको विकास गर्न संस्था प्रयत्नशील रहने ।
(ट) संस्थाले सामाजिक गतिविधिहरूमा संलग्न सरकारी तथा गैरसरकारी निकायहरूबीच समन्वय, सहयोग र सहकार्य गर्ने ।
(ठ) मानवअधिकारको संरक्षण एवम् प्रवर्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने ।
(ड) राष्ट्रियस्तरमा शान्ति, अहिंसा र भाइचारा अभिवृद्धि गर्न आवश्यक कार्य गर्ने, सम्बन्धित निकायहरूलाई सुझाव तथा परामर्श दिने र सोको कार्यान्वयनका लागि प्रयत्नशील हुने ।
(ढ) बालक, युवा, वृद्ध, महिला, आदिवासी, दलित एवम् पिछडिएको क्षेत्र र वर्गहरूका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्ने ।
(ण) समाजमा उल्लेखनीय योगदान गरेका व्यक्ति, व्यक्तित्वहरूको कदर, तथा सम्मान गर्ने ।
(त) संस्थाको उद्देश्य परिपूर्ति गर्न तथा समाजको चेतना र विकासमा सहयोग पु¥याउन आवश्यकताअनुसार शैक्षिक संस्थाहरूको निर्माण र सञ्चालन गर्ने ।
(थ) मानवअधिकारको संरक्षण र प्रवर्धनमा प्रभावकारी भूमिका निवार्ह गर्ने ।
बीपी विचार राष्ट्रिय समाजले आयोजना गर्ने कार्यक्रमहरू
१. बीपी जयन्ती श्रावण ६ गते
बीपी विचार राष्ट्रिय समाजले आफनो वाषिक कार्यक्रमको रूपमा मनाउने कार्यक्रमध्ये हरेक वर्षको श्रावण ६ गते बीपी जयन्ती हो । यही दिन अर्थात् २०३९ साल ६ गतेका दिन महामानव बीपी कोईरालाको निधन भएको थियो । त्यसैले उक्त दिनलाई बीपीका विचारहरूलाई अनुसरण गर्दै नेपाली समाजलाई अघि बढाउने प्रतिबद्धताका साथ यो दिवस मनाउने गरिन्छ ।
२. बीपी स्मृति दिवस भाद्र २४ गते
जननायक विश्वेश्वरप्रसाद कोइरालाको जन्म १९७१ साल भाद्र २४ गते भएको थियो । त्यही दिनको सम्झनामा बीपी कोइरालाले नेपाली समाजमा पु¥याउनुभएको योगदानको कदर गर्दै यो दिवस मनाउने गरिन्छ ।
३. राष्ट्रिय मेलमिलाप दिवस पौष १६ गते
८ वर्षको लामो भारत निर्वासनपछि बीपी कोइराला २०३३ साल पौष १६ गते नेपाल फर्कनुभएको थियो । यही दिनको स्मरण गर्दै प्रत्येक साल पौष १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाउने गरिन्छ ।
४. अन्य कार्यक्रमहरू
(क) माथि उल्लेख गरिएका कार्यक्रमहरूबाहेक पनि यो समाजको उद्देश्य पूरा गर्न सस्थाले विभिन्न कार्यक्रमहरू गर्नेछ । मूलतः संस्थाको उद्देश्य प्राप्तिमा सहयोग पुग्ने गरी विभिन्न छलफल, गोष्ठी, तालिम, अन्तरक्रिया, सभा, सार्वजनिक सुनुवाई, सांस्कृतिक कार्यक्रम, अध्ययन र अनुसन्धान तथा प्रकाशनका कार्यहरू समाजका सवै निकायहरूले आवश्यकताअनुसार गर्नेछन् ।
(ख) शान्ति, अहिंसा र प्रजातन्त्रको संरक्षण, संवर्धन र विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्दछ । नेपालको मौलिक राष्ट्रिय पहिचानको संरक्षण गर्न, नेपालीको इतिहास, विविध कला, संस्कृति, साहित्य, दर्शन तथा वातावरणीय आदि क्षेत्रको संवर्धन र विकासमा सामाजिक चेतना जगाउने कार्यहरू पनि यस समाजको प्राथमिकतामा पर्दछन् ।
(ग) बीपी विचार राष्ट्रिय समाजले विगत वर्षमा जस्तै बीपीको सम्बन्धमा निबन्ध, लेख, रचनाको प्रतियोगितात्मक कार्यक्रमको आयोजना गर्नेछ ।
(घ) दुई वर्षभित्रमा बीपीका दुईवटा कृतिहरूको पुनः प्रकाशन गरिनेछ ।
(ङ) प्रत्येक वर्ष बीपीसँग सम्बन्धित विचारप्रधान लेख, रचना सङ्कलन गरी वार्षिक मुखपत्र प्रकाशित गरिनेछ ।
(च) २००७ सालदेखि हालसम्मका प्रजातान्त्रिक आन्दोलनमा योगदान पु¥याउने व्यक्तिहरूको विवरण प्रकाशन गर्ने ।
(६) तालिमको विषयवस्तु तयार गर्ने ।
(ज) नेपाली काँग्रेसका कार्यकर्ता र बीपी विचार राष्ट्रिय समाजका सदस्यहरूलाई संयुक्तरूपमा तालिम प्रदान गर्ने ।
(झ) जनसरोकारका विषय उठाउने ।
(ञ) यस संस्थाका शाखाहरू पचहत्तरै जिल्लामा पु¥याउने योजनाअनुरूप आगामी अधिवेशनअघि मुलुकका सबै जिल्लामा शाखा स्थापना गर्नुका साथै शाखा स्थापना भइसकेका जिल्लाहरूमा क्षेत्र, नगर, गाउँस्तरमा पनि संस्थाको विस्तार कार्यलाई अगाडि बढाउने ।
(ट) बीपी विचार राष्ट्रिय समाजको आधिकारिक वेबसाइट धधध।दउष्लक।यचन।लउ मा अनलाइन माध्यमबाट बीपीका विभिन्न विषयमा लेखिएका लेखहरूलाई क्रमशः प्रकाशित गरिनेछ ।
(ठ) बीपी विचार राष्ट्रिय समाजले वर्षको एकपटक अनिवार्यरूपमा प्रशिक्षण शिविर सञ्चालन गर्नेछ ।
अन्त्यमा,
आज वी. पी. कोइराला हामीहरूको माझमा हुनुहुन्न । आज नेपालको राष्ट्रियता अत्यन्त कमजोर देखिएको छ । राष्ट्रियता कमजोर भयो भने लोकतनत्र पनि बलियो हँुदैन । राष्ट्र, राष्ट्रियता र लोकतन्त्र जोगाउने जिम्मेवारी आज हाम्रो काँधमा छ । बीपी विचारले मात्र नेपालको राष्ट्रियता र लोकतन्त्रलाई बलियो बनाउँदछ भन्ने हाम्रो ठहर छ । बीपी विचार राष्ट्रिय समाज यिनै उद्देश्य पूरा गर्ने अभिप्रायले स्थापना भएको हो । आज नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरूमा आएको वैचारिक विचलनलाई बीपीले कोरेको बाटोमा कसरी प्रतिस्थापित गराउन सकिन्छ भनेर बीपी विचार राष्ट्रिय समाज एउटा वैचारिक संस्थाको स्थापना भएको छ । यसका क्रियाकलापहरू यसै उद्देश्यले पे्ररित भएका छन् । आशा गरौँ यसका गतिविधिबाट बीपीको विचारलाई अवलम्बन गर्न सक्ने क्षमताको वृद्धि गरी नेपाल र नेपालीको राष्ट्रियता बलियो बनाउन सकियोस् यही हाम्रो संकल्प र प्रतिबद्धता छ ।
जय नेपाल !


Qualifications of teachers in all sectors and consequently the quality of education are a paramount issue. While the education plan seems to address the need to train more teachers, the actual implementation of that plan does not seem to be carried out. Lack of funding in rural areas hurts those schools more than the ones in the urban areas. I have heard that teachers don’t get paid for months in many schools which I am sure affects negatively how the schools are run. Education must be the top priority for Nepal’s government in order to develop the nation, but it continues to suffer because of bad management, lack of planning and proper implementation.
What do you do to stay true to your Nepali roots?
