कोही किन कांग्रेस बनोस् ?

 

नेपालमा मात्रै नभएर संसारभरि राजनीतिक दलहरू उनीहरूको झगडा र वैचारिक तथा राजनीतिक लडाईंका लागि परिचित छन् । यही लडाईंको कारणले गर्दा गुटको जन्म हुन्छ । सिद्धान्त र विचारधारा राजनीतिक पार्टीको एउटा यस्तो छाता हो, जसले राजनीतिक पार्टीका सदस्यहरू र उनीहरूका समर्थकहरूलाई एकजुट गर्दछ ।

समय, काल र परिस्थितिमा विचार र सिद्धान्तलाई परिवर्तन गर्नका लागि विचार मन्थन हुनुलाई नराम्रो मान्नु हुँदैन । नेपाली कांग्रेसको इतिहासमा गुट केवल पदका लागि बनेको पाइन्छ । राजनीतिक दल गुटमा रूपान्तरण हुनुलाई विनाशकारी कार्यको रूपमा लिइन्छ । संगठनभित्र विचारको लडाईंका लागि बनेका गुटहरूलाई केही हदसम्म राम्रो मानिन्छ तर पदका लागि बनेका गुटले संगठनलाई खोक्रो बनाएर एकदिन संगठनलाई नै समाप्त पारिदिन्छ ।



बीपी कोइराला राजा भरत जस्ता थिए, उनले देश र जनताका लागि मात्र सोचे र नेपाली कांग्रेस प्रतिपादन गरे । अहिलेको नेतृत्व धृतराष्ट्रको जस्तो छ, ऊ केवल आफ्नालाई मात्र देख्छ ।

नेपाली कांग्रेसमा पाण्डव र कौरव दुवै छन् । उनीहरूको बीचमा पदका लागि मात्र लडाईं चलिरहेको छ । यो लडाईंबाट आउने पिँडी पाण्डवको हुनेछ, तर पाण्डवपछिको पिंडीले परिक्षितले कलिको प्रभावमा परी भरत वंश सकाएर द्वापर युगको अन्त्य गरेजस्तै नेपाली कांग्रेसको पनि अन्त्य गर्नेछ ।


विक्रम संवत् २०१५ सालमा १०९ जना नेपाली कांग्रेसका सांसदमध्ये ७४ जनाले पञ्चायती व्यवस्था ल्याउन हस्ताक्षर  गरेका थिए भनेर विश्वबन्धु थापाले एउटा अन्तर्वार्तामा भनेका थिए । जुनसुकै काल, परिस्थिति र पार्टीमा पनि अवसरवादीहरू हुन्छ्न् ।केका लागि कांग्रेस बन्ने भन्ने प्रश्न लिएर उनीहरू किन कांग्रेस बन्छन् ? म किन कांग्रेस बनुँ ? यो अहिलेको पुस्ताबीच जकडिएको जटिल प्रश्न हो ।

गगन थापाजस्ता युवा नेताहरूको आफ्नै कमी कमजोरी होलान्, तर उनीहरूको यहाँसम्मको यात्रा पनि गुटको राजनीतिबाटै भएको हो । क्याम्पसमा विद्यार्थी राजनीति शुरू गर्दादेखि नेविसंघको अध्यक्ष  लगायत विभिन्न पदमा बस्दै  कांग्रेसको केन्द्रीय कार्यसमितिसम्मको यात्रा विनागुट २०४६ सालभन्दा पछाडिको राजनीतिमा सम्भव भएको देखिँदैन। धरैजसोको राजनीतिक संस्कारमा गुट छ । जो जसरी उदय भयो त्यसले आफूलाई त्यसरी नै अगाडि बढाउँछ । संस्कार परिवर्तन सजिलै हुँदैन ।

विचारबाट उदय भएका भए  परिवर्तन हुन सजिलो हुन्थ्यो, तर गुटबाट उदय भएकाहरूबाट ठूलो आशा गर्न सकिँदैन । २०४६ सालभन्दा अगाडि नेताहरू विचारबाट जन्मन्थे । त्यसैले त्यो बेला गुट हुँदैन थियो । यदि भैहाल्यो भने पनि कम हुन्थ्यो । अहिले विद्यार्थी राजनीतिदेखि नै गुटको शुरुआत हुन्छ । युवा नेताहरूमा आफूभन्दा अगाडिको पुस्तालाई आदार गर्ने संस्कार नै छैन । उनीहरूमा न त सिक्ने जोश र जाँगर नै छ, न त मलाई केही आउँदैन भनेर मनन गर्ने संस्कार नै छ । त्यो हुनु भनेको आफूमा सर्वेसर्वा हुँ भन्ने दम्भ रहनु पनि हो । राम्रो नदेखिएला बेग्लै कुरा तर मिनिलियल र जेन जी पुस्ताको चरित्र यही नै हो ।

प्रविधिको जमानामा सबै प्रश्नको जवाफ सजिलै गूगलले दिन्छ तर ती सबै उत्तर सही हुन् कि होइनन् भनेर प्रमाणित गर्न बुद्धिको आवश्यकता हुन्छ, जसलाई आफैंले निखार्नुपर्छ । त्यो अहिलेका नेपाली कांग्रेसका नेताहरूमा बिरलै पाइन्छ । नेपाली कांग्रेसभित्र विचारको मूल्य सस्तो छ, तर तथ्यहरू महंगा छन् । त्यस्तै लेख्ने धरै छन् तर पढ्ने कोही छैनन् । कुनैपनि पार्टीको सबैभन्दा महत्त्वपूर्ण कुरा सिद्धान्त हो । जब सिद्धान्त रहँदैन तब पार्टी रहँदैन । प्रचारवादीहरूले सिद्धान्तलाई खासै वास्ता गर्दैनन् । उनीहरूलाई केवल लोकप्रिय हुनु छ । लोकप्रिय हुनु सामूहिक गतिविधि पनि होइन । केवल आफू मात्र लोकप्रिय हुन चाहने प्रवृत्तिले संगठनलाई फाइदा पुर्‍याउँदैन ।

३२ लाख मतदाता भएको पार्टीको संगठनको खराब संरचना हुनु, ज्ञान व्यवस्थापन र प्रतिभा व्यवस्थापनबारे कुनै कार्ययोजना नहुनुले के कुरालाई इंगित गर्छ ? ७०% नेताहरू १ लाखभन्दा महंगो मोबाइल फोन बोक्छन् तर त्यसको सही सदुपयोग गर्न आउँदैन । उनीहरूले ५०% मिनिलियल र जेन जीलाई शासन गर्नुपर्छ, जसले एक पटकमा ५ वटा उपकरण (फोन, ट्याब्लेट , कम्प्युटर, गेम्स कन्सोल, संगीत प्लेयर) चलाउँछन् । यो पुस्ता बीचको अन्तराल उमेरले भन्दा पनि ज्ञानले  भएको देखिन्छ । पुरानो  पुस्ताले  नयाँ पुस्तालाई  बुझ्न  नसक्ने कारण  बहुमुखी ज्ञान नहुनु  पनि हो ।

जुन पार्टी सही बाटोमा नै हिँडेको छैन त्यो पार्टी कसरी गन्तव्यमा पुग्न सक्छ? नेपाली कांग्रेसलाई री-इञ्जिनीयरिङ गर्नुपर्ने हुन्छ । यहाँ लडाईं उमेरको होइन विचारको हुनुपर्छ । जबसम्म नयाँ पुस्ताले पुरानो पुस्तालाई फाल्ने चलन रहिरहन्छ तबसम्म नेपाली कांग्रेसको भविष्य अन्धकारमय नै रहनेछ । नेपाली कांग्रेस समावेशी हुनुपर्छ ।  ६५ वर्षभन्दा  माथिको  जनसंख्या  झन्डै  ६ %  छ जसले  बाँकी सबैलाई नेतृत्व गरेको छ । ( उमेरको आधार जनसंख्या वितरणका लागि  ग्राफ हेर्नुहोला)

एकातिर नयाँ पुस्ताले पुरानो पुस्तालाई  विधा गर्नुपर्छ भन्दै गर्दा पार्टीमा उमेरको हदबन्दी भन्दा पनि काम गर्ने क्षमता र त्यसको परिणामको आधारमा मूल्यांकन गर्नुपर्ने  आवश्यकता छ । पुरानो ड्राइभरको रेखदेखविना नयाँ ड्राइभरलाई गाडी चलाउन दिँदा दुर्घटना हुने सम्भावना भएजस्तै  नयाँ पुस्ताले  यत्रो इतिहास बोकेको पार्टीको अस्तित्व समाप्त गरिदियो भने इतिहासले कुनैपनि कांग्रेसलाई माफ दिने छैन।

नेपाली कांग्रेसले आफूलाई सबै वर्ग र समूहको साझा पार्टी बनाएर सन्देशमूलक काम गर्ने हो भने यसमा ३ पुस्ता (नाति, बुवा, हजुरबुवा) विभिन्न जात, धर्म र वर्गलाई समात्ने कडी हुनुपर्छ । हाम्रो सामाजिक संरचना जस्तो छ पार्टी पनि त्यस्तै हुनुपर्छ, तब मात्र पार्टी र समाजसँग सहयात्रा गर्न सक्छ, नत्र एउटा वर्गसँग अर्को वर्ग र एउटा पुस्तासँग अर्को पुस्ता सदैव रुष्ट रहिरहने छ।

महाभारतमा अन्धो धृतराष्ट्रले निकम्मा छोरालाई चुनेजस्तै कलीयुगमा आँखा देख्ने नेपाली जनताहरूले मुर्ख नेताका लागि बलिदान दिँदै आइरहेका छन् । त्यस्तै राजनीतिमा सैद्धान्तिक पक्ष पनि ठूलो कुरा हो ।

जब सिद्धान्त मर्छ तब विचारधारा पनि मर्छ । विचारधाराले राजनीतिमा अत्यावश्यक भूमिका खेल्छ । राजनीतिमा विचारधाराले राजनीति गर्नेहरूको मूल्य र प्राथमिकतालाई श्रेणीकरण गर्न मात्र सहयोग पुर्‍याउँदैन यसले राजनीतिक वैधानिकताको उद्देश्य परिपूर्ति गर्दछ । विचारधारा विना सिद्धान्त, सिद्धान्त विना प्रतिष्ठा र प्रतिष्ठा विना राजनीति हुँदैन ।

जब विचारमा विचलन आउँछ तब जुनसुकै व्यक्ति नेतृत्वमा आए पनि संगठनले सही दिशा लिन सक्दैन । नेपाली कांग्रेसको आजको समस्या भनेको नेतृत्व होइन विचार हो । समय, काल र परिस्थितिअनुसार पात्रहरू परिवर्तन हुन्छन् तर प्रवृत्ति भने परिवर्तन हुँदैन । दुःखका साथ भन्नुपर्दा नेपाली कांग्रेसको नेतृत्वमा बस्ने २०४६ यता आएर प्रवृत्ति परिवर्तन भएन ।जबसम्म नेपाली कांग्रेसले आफ्नो परम्परा, बीपीको विचार, चिन्तन र सिर्जनशीलता सँगसँगै आफ्नो इतिहास नबिर्सी सबैलाई समावेश गरेर अगाडि बढ्दैन तबसम्म यो पार्टी नेपाललाई विकास र समृद्धि दिने पार्टी हुन सक्दैन । जुन पार्टीले देश र समाजलाई निकास दिन सक्ने सामर्थ्य राख्दैन त्यस्तो पार्टीमा अबका पुस्ताहरू अटाउने छैनन् र कांग्रेस बन्ने पनि छैनन् ।

जबसम्म सत्ताका लागि राजनीति र एकले अर्कोलाई अघि बढ्न नदिने राजनीतिक संस्कार रहिरहन्छ तबसम्म नेपाली कांग्रेस कहीँ पुग्ने छैन ।

सत्तामा जानु भनेको मोजमस्ती अनि आफ्नो स्वार्थ पूरा गर्नु हो भन्ने मान्यता विस्तारै बढ्दै गएको छ, र सत्तामा जाने भर्‍याङ नेपाली कांग्रेस बनेको छ । त्यस कारणले आज आएर नेपाली कांग्रेस म्यानपावर कम्पनीका मालिक, कन्स्ट्रक्सन कम्पनीका ठेकेदारहरू, व्यापारीहरू, गुण्डा, डन, बैंक सञ्चालकहरू र अन्य थैलीवाला सेठ-साहुहरूले भरिएको छ।

जब राजनीतिक पार्टीको विचार र मूल्यको विचलन हुन्छ तब जनताहरू विकल्प खोज्न शुरू गर्छन् । विवेकशील पार्टी जसले आफूलाई युवाहरूको पार्टी भन्छ, सो पार्टीको उदय हुनुमा नेपाली कांग्रेसको ठूलो हात छ । नेविसंघ र तरुण दलले ढंगको काम गरेको भए विवेकशीलको जन्म नै हुने थिएन । नेतादेखि कार्यकर्तासम्म नैतिक र सांस्कृतिक विचलन पनि अर्को गम्भीर समस्या हो ।

गुटको राजनीति कांग्रेसमा स्थापना कालदेखि नै थियो । रेग्मी गुट र बीपी गुट भनेर बीपीकै पालामा पनि गुट नभएको भने होइन । २०५० साल पछि कांग्रेसमा छत्तिसे र चौहत्तरे समूह बनेपछि गुटले वैधानिकता पायो । गुटभित्र बसेर गुट हुनुहुन्न र गुट भत्काउनुपर्छ भन्नु कसाइले हिंसा गर्नुहुन्न भने जस्तै हो ।

संगठनमा एकजुट हुनुको सट्टा गुट हावी भयो भने त्यसले केवल फूट मात्र निम्त्याउँछ । राजनीतिक दलहरूमा जब गुट हुन्छ तब  तिनीहरू फुटको  संघारमा पर्छन्, जसले राष्ट्रिय अखण्डतालाई अस्थिर पार्दै, गणतन्त्रको सार्वभौमिकतालाई कमजोर बनाई लामो समयसम्म नकारात्मक प्रभाव पार्नेछ । त्यसैले सामाजिक र राजनैतिक रूपमा राजनीतिक दलहरू एक मात्र  यस्तो साझा धागा हुन् जसले  राष्ट्रिय राजनीतिलाई बाँध्नुपर्छ ।

पार्टीभित्र आन्तरिक कलह र पार्टी विभाजनका कारण  पार्टीको विचारधारामा  विचलन, अनुशासनहीनता व्यक्तिगत र कुलीनतन्त्र को हावी हुनु, पार्टी नेतृत्वको संस्थागतकरण र पार्टी गठबन्धन नहुनु, पार्टीको औपचारिक कानूनी नियमहरूको अप्रभावकारिता,  समानुपातिक प्रणाली, प्रत्यक्ष निर्वाचन प्रणाली नहुनु हुन् । यी र यस्ता कुराहरूलाई मध्यनजर गरेर एकजुट हुने बाटोमा नहिँड्ने हो भने पार्टीको अस्तित्व विस्तारै धरापमा पर्नेछ ।

जबसम्म नेपाली कांग्रेसले आफ्नो परम्परा, बीपीको विचार, चिन्तन र सिर्जनशीलता सँगसँगै आफ्नो इतिहास नबिर्सी सबैलाई समावेश गरेर अगाडि बढ्दैन तबसम्म यो पार्टी नेपाललाई विकास र समृद्धि दिने पार्टी हुन सक्दैन । जुन पार्टीले देश र समाजलाई निकास दिन सक्ने सामर्थ्य राख्दैन त्यस्तो पार्टीमा अबका पुस्ताहरू अटाउने छैनन् र कांग्रेस बन्ने पनि छैनन् ।

केका लागि कांग्रेस बन्ने भन्ने प्रश्न लिएर उनीहरू किन कांग्रेस बन्छन् ? म किन कांग्रेस बनुँ ? यो अहिलेको पुस्ताबीच जकडिएको जटिल प्रश्न हो ।

दीपकराज जोशी
दीपकराज जोशी

लेखकबाट थप…

Collapsed Society

By Deepak Raj Joshi 

In recent years, the danger of our country collapsing is a matter of concern to many people. You feel that things are out of control and that the world could be about to face an insurmountable crisis. Headlines on natural disasters,pandemic, political instability, the gap between poor and rich and social injustice are the signs of the end of time and end of civilization.

Everything points to the fact that we are in the throes of a collapsing modern society. Due to the enormous growth of the world population and the formulation of the world economy, humanity and the natural environment have evolved towards a socio-ecological system that threatens the planet. As a result, financial crisis and natural disasters are some of the emerging destabilizing evils. Institutions are insufficient to cope with changes, so small-scale organization and the collaboration between small groups, independent of general policy, could be a solution.

We can think of two things: we are going through a genetic determinism to self-destruction as a species and these are some symptoms of the catastrophe, which are already sounding. We possess the famous “free will” in which case there is some form, using intelligence and creative thinking, governed and independent to redirect the aforementioned process and correct it. Now, if this is the latter, why don’t we do it all?

Humans and the natural world are on the way to collision. Human activities do much harm, often irreversible, on the environment and on critical natural resource sources. If not checked, many of our current practices are put at serious risk. The future that we wish for human society, the planet and the animal kingdom, may alter the living world so that we are unable to sustain life in the way we know how.

In short, we all live in structures of inequality consubstantial to our civilization simply because they define it. Inequalities in the global scale go from hurtful gender inequality, economic (and political and social) inequality and last but not the least, inequality with nature.

These inequalities mean that, from an emotional and philosophical point of view, the end of our civilization was already foreseen by sensitive artists and philosophers more than a century ago. For a relatively short time (four or five decades) – how long it has taken! – scientific reason joins them with the only advantage of the certainty given by numbers. Well, when one is mentally in the inevitability of the collapse one asks: now what?

I conclude with the solution to which I referred at the beginning.
We must create a single global government, not in the sense of ending the cultures of each region of the planet, which are very respectable and should continue to exist, but in the sense of ending once and for all with the miseries it suffers. The human race face challenges like wars, hunger, illiteracy, diseases, pollution, etc. In this government, all sectors of society should be represented, namely: scientists, economists, religion, politicians, artists, etc. I know this idea may seem more like anutopian society, but it was also utopia to go to the moon or send voyager probes beyond the solar system, and it has been achieved. I firmly believe that if we do not regroup in a global government, we are bound to fail and degenerate, and the entire evolution of 13,700 million years, will have been useless.

We have evolved into a false wealth, based on numbers but that is inflated and has not been backed up properly. We are entering an economic, financial and especially, moral crisis and are not clear what the real priorities are. We tend to give an exaggerated relevance to luxuries, hollow and superficial vanities, and for this, we borrow at whatever costbut then, it is time to question ourselves- for what?

In this century where technology is supposed to bring people closer. We see loneliness at its extreme, crazy people, delinquent children, drug addicts or alcoholics, without parents, worried about them, without communication with their elders, couples prefer to be infidel to talk about problems, prefer divorce than strive to save something as beautiful as a marriage, parents with no time for their children, children raised by television and the internet. As a society, it seems like we are reaching rock bottom. People are interdependent, requiring care that responds to their vulnerabilities (hygiene, food, emotional support, upbringing).

Growth in the capitalist economy can be explained by the increase in human labor, the exploitation of resources and / or productivity.Downfall starts , When justice becomes expensive in a society and the society crosses all the boundaries of mental backwardness.

we do not have the courage to say wrong to wrong and to support the truth, then the journey of our downfall also accelerates.The road to collapse seems inescapable if we do not act now.The collapse is already happening, although we are not very aware of it.

गोविन्दराज जोशीको स्पष्टिकरणः ‘म जन्मदै कांग्रेस हुँ, मेरो रगतमा कांग्रेस छ’

काठमाडौँ – पाँच वर्षका लागि निष्कासनमा परेका नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले पार्टीलाई पेश गरेको स्पष्टिकरण सार्वजनिक गरेका छन् ।

उनले पार्टीको केन्द्रीय अनुशासन समितिलाई पेश गरेको स्पष्टिकरण आइतबार सार्वजनिक गरेका हुन्।

शनिबार जोशीसहित तीनजना नेतालाई पार्टी हित विपरीत कार्यमा संलग्न भएको भन्दै कांग्रेसले निष्कासन गर्ने निर्णय गरिएको जानकारी दिएको थियो। त्यसको भोलिपल्ट आइतबार बिहान जोशीले सामाजिक सञ्जालमार्फत आफूले पार्टीको अनुशासन समितिमा पेश गरेको स्पष्टिकरण सार्वजनिक गरेका हुन् ।

यस्तो छ उनको स्पष्टिकरण

नेपाली काङ्ग्रेस, केन्द्रीय अनुशासन समितिमा पेश गरेको स्पष्टिकरण

श्रीमान सङ्योजक ज्यू,

नेपाली काङ्ग्रेस, केन्द्रीय अनुशासन समिति

सानेपा, ललितपुर ।

विषयः स्पष्टीकरण पेश गरेको ।

उपर्युक्त सम्बन्धमा त्यस कार्यालयको मिति २०७६ साल भाद्र १८ गतेको पत्र २०७६ साल पौष १० मा प्राप्त भई व्यहोरा अवगत भयो । यस सम्बन्धमा मेरो निम्न बमोजिमको जिकिर प्रस्तुत गरेको छु ।

१) प्रतिनिधिसभाको निर्वाचनमा पार्टीको उमेद्वारको विरुद्ध वागी उमेद्वार बनेको भनी मेरा विरुद्ध उजुरी परेको रहेछ । प्रतिनिधिसभाको गत निर्वाचनमा म उमेद्वार नै होइन । तनहूँ क्षेत्र नं १ का करिव ८ हजार कार्यकर्ताहरूले नेपाली काङ्ग्रेसका सभापति श्री शेरबहादुर देउवाज्यूलाई सम्बोधन गरी तनहूँ क्षेत्र नं १ को उमेद्वार म गोविन्दराज जोशीलाई बनाउनुपर्दछ भनी केन्द्रीय कार्यालयमा दिएको निवेदनका सम्बन्धमा हामीलाई कुनै जानकारी नदिई रामचन्द्र पौडेलले केन्द्रीय संसदीय समितिमा निर्णय समेत नगराई मेरो जिल्लाको टिकट मनै वितरण गर्दछु भनी खाली टिकट लिई आफ्नै नाम र आफूखुशी अरूको नाम लेखी टिकट बाँडेका रहेछन् । यसरी संसदीय समितिमा निर्णय नगराई लिएको व्यक्तिको टिकट र उमेद्वारी आधिकारिक हुन सक्दैन भन्ने मेरो जिकिर छ ।

२) अत्यधिक कार्यकर्ताको समर्थनमा मनोनयन दर्ता गर्ने दिन ११ बजे मैले मनोनयन दर्ता गराएको र रामचन्द्र पौडेलले उक्त दिन ३ बजे मात्र मेरो विरुद्ध उमेद्वार दिएका हुन् । मैले वागी उमेद्वारी दिएको होइन । त्यसमा पनि स्वयं रामचन्द्र पौडेलले मेरो उमेद्वारी विरुद्ध आफैले उजुरी गरी जालझेल गरी मेरो उमेद्वारी नै वदर गराएको र निर्वाचन आयोगले मेरो उमेद्वारी वदर गरी धरौटी समेत फिर्ता गरेको हुँदा ०७४ सालको निर्वाचनमा म प्रतिनिधिसभाको उमेद्वार नै हाइन । म उमेद्वार हुन योग्यता नपुगेको अयोग्य भनी आफै उजुरी गर्ने र मेरो उमेद्वारी खारेज गराउने अनि आफै उमेद्वार हो उमेद्वारी फिर्ता गरेन भन्ने उजुरी तर्कसङ्गत हुन सक्दैन । त्यसैले २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा मैले वागी उमेद्वारी दिएको र फिर्ता नगरेको भन्ने उजुरी विल्कुलै झुट्टा हो । म उमेद्वार बन्न योग्य नभएको मानिस उमेद्वार बन्न सक्ने कुरा भएन । उमेद्वारको लागि अयोग्य व्यक्ति उमेद्वार भयो र वदर भइसकेको नाम फिर्ता गरेन भन्ने उजुरी विल्कुल झुट्टा हो भन्ने मेरो जिकिर छ ।

३) जहाँसम्म आफनो उमेद्वारी रद्ध भएपछि आधिकारिक उमेद्वारका विरुद्ध मतदान गराइ पराजय गराउन भूमिका खेलेको भन्ने कुरा छ त्यो स्पस्ट भएन । कुन–कुन उमेद्वारलाई हराउन के के भूमिका खेलेको भन्ने कुरा नहुँदा यस्तो अस्पष्ट उजुरीको जवाफ दिन कठिन हुन्छ । त्यसमा पनि २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा उमेद्वार हुन अयोग्य व्यक्ति चुनाव प्रचारमा गएन भन्ने र चुनाव हरायो भन्ने कुरा मिल्दछ र ? यो मिल्ने कुरा भएन । म मेरो उमेद्वारी वदर भएपछि मलाई कुनै पनि उमेद्वारले प्रचार गर्न जान पर्दछ पनि भनेनन् । म अयोग्य भएपछि तनहूँका सबै उमेद्वारहरू खुशी हुँदै हाँस्दै उल्लासमय वातावरणमा अब त चुनाव जीतियो भन्दै चुनाव प्रचारमा हिँडेको मैले सुनेको हूँ । म काठमाडौँ आएर मतदानको दिनमा मात्र बुथमा गई मतदान गरी सोही दिन दमौली आइ भोलिपल्ट काठमाडौँ आएको हूँ । कसरी पराजय भयो ? मलाई थाहा भएन । रोजेको ठाउँमा खाली टिकटमा आफैले नाम भरी टिकट लिँदा पनि चुनाव नजित्ने, आफू मनखुशी टिकट बाँडी चुनाव लड्दा पराजय नहुनु पर्ने किन त्यस्तो भयो मलाई थाहा छैन । म निर्वाचनको उमेद्वारका लागि नै अयोग्य व्यक्तिले त्यस्तो वातावरण सृजना ग¥यो भन्ने कुरा विल्कुलै आधारहीन हो । त्यत्रा ठूला–ठूला राष्ट्रिय रूपमै नाम चलेका नेताहरू नेपालभरि जहाँबाट लडे पनि चुनाव जीत्न पर्ने नेताहरूलाई तनहूँका जनताले किन पत्याएनन् पार्टीले त्यो कुरा पत्ता लगाएमा भविष्यका लागि राम्रो हुनेछ ।

४) जहाँसम्म २०७५ माघ ८ गते विशेष जिल्ला अधिवेशन गरी विधान विपरीत २८ सदस्यीय समानान्तर समिति निर्माण गर्न नेत्तृत्वदायी भूमिका खेलको भन्ने उजुरी परेको छ त्यसको सम्बन्धमा जिल्लाका नेपाली काङ्ग्रेसका अत्यधिक कार्यकताहरूको भावना विपरीत स्थानीय निकायको निर्वाचनमै मनपर्दी टिकट वितरण गरी गुटबन्दी सृजना गरी पार्टीलाई गुटबन्दीको शिकार बनाई आप्mनो एकलौटी गुटलाई कसैसँग सल्लाह नगरी टिकट वितरण गरेको परिणाम संसदीय निर्वाचनमा पराजय भएको हो भन्ने मलाई लाग्दछ । यसमा सुधार गर्न प¥यो भनी जिल्लाका नेता कार्यकर्ताहरूले बारम्बार जिल्ला पार्र्टी नेतृत्वलाई सचेत गराउँदा पनि पाटीमा अझै गुटबन्दी सृजना गर्ने व्यक्तिहरूबाट जिल्लाका कार्यकर्ताहरू कति थिचोमिचोमा होलान् अनुमान गर्न सकिन्छ । पार्टी दिनप्रतिदिन अधोगतिमा जान थालेकोले जिल्ला कार्य समितिका सभापति वैकुण्ठनाथ न्यौपानेलाई नेपाली काङ्ग्रेसको विधानको धारा ४२ बमोजिम अविश्वासको प्रस्ताव राख्ने निर्णय गरी जिल्ला अधिवेशन हुने दिन २०७५ । १० ।०८ को एक महिनाअघि २०७५ साल पौष ८ गते नेपाली काङ्ग्रेसका सभापति श्री शेरबहादुर देउवाज्यूलाई आवश्यक व्यवस्था गरिदिनुहुन र उक्त अधिवेशनको प्रमुख आतिथ्यता गर्न जिल्लाका ५० जना पार्टीका कार्यकर्ताहरूले भेटी आमन्त्रित गरेका थिए । सो भेटघाटमा म पनि उपस्थित थिएँ । त्यहाँ भएको कुरा त्यतिखेरको भिडियोमा प्रसारित भएकै छ । आवश्यक भए म पेश गरौंला ।

५) फेरि अहिले उहाँले केन्द्रीय सभापति र केन्द्रीय समितिको निर्णयका विरुद्ध जुन किसिमको भेला गरी रहनु भएका् छ के तनहुँको भेला त्यो भन्दा पनि बढी थियो र रु आफूले जे गरे पनि पार्टीको विधान अनुकुल हुने अरुले जे गर्दा पनि विधान विपरीत हन्छ र ? हामीले अहिले उहाँले र उहाँको नेतृत्वमा भए जति त गरेका थिएनौ नी त ।

६) हामीले त महामन्त्री सशांक कोइराला समेतका अन्य पदाधिकारीहरूलाई पनि भेटी जिल्ला अधिवेशनमा आमन्त्रण गरेका र सो भेटधाटमा म पनि उपस्थित थिएँ । त्यहाँ भएको कुरा त्यतिखेरको भिडियोमा प्रसारित भएकै छ । आवश्यक भए म पेश गरौंला ।

७) उक्त प्रतिनिधि मण्डलले नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयमा गई मुख्य सचिवलाई भेटी अविश्वासको प्रस्ताव पारित गर्ने जिल्ला अधिवेशनमा केन्द्रीय प्रतिनिधि खटाइ पठाइदिने व्यवस्था गर्न अनुरोध गरेका थिए । यदि समानान्तर समिति गठन गर्न खोजेको र गरेको भए उहाँहरूलाई आमन्त्रण किन गर्दथे र ? अधिवेशनको दिनसम्म पनि कहींबाट अविश्वासको प्रस्ताव नराख्नुहोस् अथवा उक्त अधिवेशन गर्न मिल्दैन अथवा जिल्लामा समस्या देखिएपछि सो समस्या समाधान गर्न कहीं कतैबाट प्रयत्न भएको देखिएन । कहिबाट कुनै किसिमको केही जानकारी तथा सूचना प्राप्त भएन ।

८) अधिवेशन तोकिएको दिनमा क्षेत्रीय प्रतिनिधिहरू ७५ प्रतिशत भन्दा बढी उपस्थित भएको अवस्थामा अधिवेशन टार्न सक्ने अवस्था थिएन । ७५ प्रतिशतभन्दा बढी क्षेत्रीय प्रतिनिधिहरूले सभापति वैकुण्ठनाथ न्यौपानेलाई अविश्वासको प्रस्ताव पारीत गरी भेलाले नेपाली काङ्ग्रेसको विधान बमोजिम निर्वाचन समिति गठन गरी विधान अनुसार पार्टी सभापति तथा अन्य पादाधिकारीको निर्वाचन गरी पदस्थापन गर्न जिल्ला पार्टी कार्यालय दमौलीमा जाँदा ५०० भन्दा बढी सशस्त्र प्रहरी पार्टी कार्यालयमा तैनाथ रहेछन् । हामी भीडन्त नगरी शान्तिपूर्णरूपले बस्यौं । केन्द्रीय नेतृत्वले सबै कुरा छानविन गर्ने छ र अविश्वासबाट हटाएको समितिलाई मान्यता दिने छैन भन्ने विश्वासमा थियौं ।

९) यतिका अवधिसम्म पनि केन्द्रबाट समस्या समाधान गर्न कुनै पहल भएन । पार्टीभित्र मत–मतान्तर हुन्छ । सुनुवाई विना निर्णय नहुनु पर्ने हो । हामीले समानान्तर समिति गठन गरेको होइन । अविश्वासको प्रस्ताव पारित गरी वैधानिक किसिमबाट गठन भएको हाम्रो जिल्ला समिति हो । केन्द्रले हामीलाई मान्यता दिनुपर्दछ भन्ने हो । प्रश्न वैधानिकताको थियो । हामीहरूको कुरै सुनिएन । एकाएक केन्द्रीय समितिको वैठकले पुरानो समितिलाई वैधानिक समिति हो भनी मान्यता दिएको समाचार सुन्यौ । यद्यपि सो विषयमा अहिलेसम्म पनि हामीहरूलाई आधिकारिक जानकारी दिइएको छैन । पार्टी केन्द्रीय समितिको उक्त निर्णयपछि हामीले त्यो विषयलाई छोडिदियौं । केन्द्रीय समितिको निर्णयलाई हामीले स्वीकार गर्‍यौं । किनभने हाम्रो विवाद केन्द्रीय समितिसँग थिएन ।

१०) नेपाली काङ्ग्रेसका प्रत्येक क्रियाकलापमा हामी सक्रिय छौं । हामीले पार्टीको विधान अनुसार अविश्वासको प्रस्ताव राख्दा पनि हामी ७५ प्रतिशत क्षेत्रीय प्रतिनिधिहरूको सुनुवाई हुनुपर्ने हो भन्ने हाम्रो मान्यता हो । नभएको समानान्तर समिति गठन गर्‍यो भन्ने आरोप विल्कुल झुट्टा हो ।

११) नेपाली काङ्ग्रेसले नेपालको संविधान र वहाल रहेको कानून मान्दछ भन्ने कुरामा मलाई पूर्ण विश्वास छ । एउटै व्यक्तिलाई एउटै विषयमा एकै ठाउँमा एकपटक उजुरी दिएपछि त्यो विषयमा कारवाही भएन यो उजुरीबाट कारवाही गरी पाऊँ भनी पटक–पटक उजुरी दिन र त्यसरी दिएको उजुरीमा पटक–पटक कारवाही गर्न मिल्दैन भन्ने सर्वमान्य कानूनी सिद्धान्त हो । अब विपक्षीले मलाई पहिले वागी उमेद्वार भयो भनी उजुरी दिई प्रतिनिधिसभाको मेरो उमेद्वारी रद्ध गराई एकपटक सजायको भागी गराएको र फेरि त्यही विषयमा महासमितिको वैठकमा मलाई उपस्थित हुन मिल्दैन भनी रामचन्द्र पौडेलले अडान लिएपछि तपाईं महासमितिको वैठकमा उपस्थित हुँदा रामचन्द्र पौेडेलले वैठक हुन नदिने भयो तपाईं वैठकमा नआइदिनुहोस् म पछि पाँच–सात दिनमा सबै कुरा मिलाउदछु भनी केन्द्रीय सभापतिज्यूले भनेपछि म महासमितिको वैठकमा गइन । मलाई हुँदै नभएको उमेद्वार हो भनी मेरो उमेद्वारी पनि रद्ध गराउने, पार्टीको महासमितिको वैठकमा उपस्थित हुन नदिएपछि मलाई पुनः गठन नै नभएको समानान्तर समिति गठन भएको भनी समानान्तर समिति गठन गर्न नेतृत्वदायी भूमिका खेलेको भनी एकपटक उजुरी दिइ त्यो विषयमा मलाई कारवाही गरिसकेपछि त्यो त मिलेनछ भनी पुनः विभिन्न विषय समावेश गरेको, तीनपटकको तीनवटा उजुरीबाट मलाई कारवाही गर्न मिल्दैन भन्ने मेरो जिकिर छ ।

१२) म यहाँ एउटा कुरा स्पष्ट पार्न चाहन्छु । म जन्मदै काङ्ग्रेस हूँ । मेरो रगतमा काङ्ग्रेस छ । मेरो पिता पद्मराज जोशी २०१८ सालमा काङ्ग्रेसको नाममा लमजुङ कुन्छाथाना हुँदै पोखरा जेलमा प्रजातन्त्रको लागि लडिरहँदा रामचन्द्र पौडेल पोखरा संस्कृत पाठशालाबाट वामपन्थी विद्यार्थीहरूको प्रतिनिधि बनी काठमाण्डौको विद्यार्थी सम्मेलनमा आएको कुरा श्रीभद्र शर्माको १३ आं शोकसभामा नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयमा स्वयं रामचन्द्र पौडेलले व्यक्त गरेका हुन् । त्यसको रेकर्ड पार्टी कार्यालयमा छँदै छ होला । वामपन्थीहरूको त्यो सम्मेलनले के निर्णय ग¥यो होला सहजै अनुमान गर्न सकिन्छ । त्यसैले तनहूँ मा विवाद समानान्तर समितिको होइन विवाद व्याईते (original congress )काङ्ग्रेस र ल्याइते ( Dulicate cogress )  काङ्ग्रेसको बीचको हो । तनहूँ जिल्लाको हाम्रो झगडा सक्कली र नक्कली काङ्ग्रेसको हो । बीपी कोइरालाको सशस्त्र सङ्घर्षको बेला तनहूँमा रामचन्द्र पौडेलको कुनै भूमिका थिएन । हतियार कहाँ थिए, कोसँग थिए रु सशस्त्र क्रान्तिको के तयारी थियो अहिले पनि उनलाई सोध्दा हुन्छ उनलाई थाहा छैन । बीपी कोइराला नेपाल आएपछि तनहूँँमा नेपाली काङ्ग्रेस गठन गर्ने जिम्मेवारी मैले नै लिएको थिएँ । मैले नै बूढो मानिस, योगदान पनि भएका कारण गोवर्धन शर्मालाई अध्यक्ष बनाई म सचिव रही १० जनाको जिल्ला कार्यसमिति गठन गरेको हुँ । त्यो समितिमा पनि रामचन्द्र पौडेल थिएनन् । पछि २०३५ सालमा गोरखपुरमा गिरिजाप्रसाद कोइरालाले बोलाई यिनलाई पनि जिल्ला कार्य समितिको सदस्य बनाउन भनेपछि उनी जिल्ला कार्य समितिको सदस्य बनेका हुन् । म केन्द्रीय समितिको सहमहामन्त्री हुँदा उनी केन्द्रीय सदस्य मात्र थिए । मेरो समग्र परिवार काङ्ग्रेसको नाममा होमिएको हो । मेरो पिता पद्मराज जोशी २०१८ सालमा जेल पर्नुभएको हो । मेरो छोरा दिपकराज जाशी २०३८ सालमा नेपाल विद्यार्थी सङ्घ तनहूँमा जिल्ला कार्य समिसितको सदस्य हुँदा प्रहरी हिरासतमा परेको र ०४६ सालको जनआन्दोलनमा पनि दमौलीमा हिरासत रहेको थियो । कान्छो छोरा दिनेशराज जोशी पनि ०४६ सालको जनआन्दोलनमा पहिला काठमाण्डौ र पछि तनहूँँमा हिरासतमा रहेका थियो । छोरी रमा जोशी ०४२ सालको सत्याग्रहमा दमौलीमा गिरफ्तार भएकी थिइन् । मेरो श्रीमती हिमकुमारी जोशीले लामो समयदेखि दमौलीमा पार्टीका कार्यकर्ताहरूलाई निरन्तर सहयोगीको भूमिका निर्वाह गरेकी थिइन् । रामचन्द्र पौडेल दमौलीमा आउँदा झोला बिसाएर मोही, मकै र चिया खाने मेरो घर थियो । अहिले उनी अरवपति भए । त्यसोभन्दा उनलाई होच्याएको भनी अपमान होला । यथार्थ कुरा त्यही हो । उनी मात्र होइन तनहूँँमा हाम्रा नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला, सी।के। प्रसाई आदि सबै नेता–कार्यकर्ताहरू जाँदा पनि बस्ने घर मेरै थियो । बीपी कोइराला तनहूँँ जाँदा मेरो भूमिकाको बारेमा मैले भनिरहन नपर्ला त्यही कारण त्यसको लगत्तै म पोखरा जेलमा बस्नुप¥यो । २०३७ साल वैशाख १ गते राजनैतिक दलका नेताहरूलाई आम माफी दिंदा म जेलबाट छुटें । पञ्चायतका कठिन दिनमा काङ्ग्रेसका नेताहरूलाई बास दिने कुरा सहज थिएन । त्यसकारण म दावाका साथ भन्दछु तनहूँमा नेपाली काङ्ग्रेसको संगठन निर्माणमा रामचन्द्र पौडेलको भन्दा मेरो योगदान बढी छ । त्यसकारण राजनीतिको सबै मर्यादा तोडेर ७० को चुनावमा पनि तनहूँँको टिकट आफै वाड्छु भनी रामचन्द्र पौडेलले तनहूँँको क्षेत्र नं। १ को टिकट बिक्री गरेकै हुन् । स्थानीय निकायको निर्वाचनमा पनि एकलौटी गरेकै हुन् । तनहूँ काङ्ग्रेसको निर्माणमा धेरै मानिसको पसिना बगेको छ । कसैले एकलौटी गर्न खोज्दा त्यसको धेरै ठूलो मूल्य चुकाउनुपर्दछ । यस पटकको सङ्घीय संसदको निर्वाचनमा पनि खाली टिकट लिएर मनपरि गरेको परिणाम हो यो पराजय । तनहूँँ जिल्लामा कार्यक्रम राखी महामन्त्री सशांक कोइराला तनहूँँ जान खोज्दा मेरो जिल्लामा किन जान प¥यो भनी महामन्त्रीलाई प्रवेश निषेध गर्ने, केन्द्रीय सदस्य शेखर कोइराला जाँदा कार्यक्रम सकभर हुन नदिने केन्द्रीय पूर्वमहामन्त्री कुलबहादुर गुरूङ र तारानाथ रानाभाट जाँदा वक्तव्य निकाली कार्यक्रम वहिस्कार गर्न निर्देशन दिने यो हैकमले अब काङ्ग्रेस पार्टी चल्दैन । केन्द्रीय नेताहरूको त यो हाल छ भने तनहूँँका कार्यकर्ताको अवस्था कस्तो होला । यो विषयमा सम्बन्धित नेताहरूलाई बु्झ्दा यथार्थ कुरा अवगत हुनेछ ।

१३) २०४८ सालको निर्वाचनमा मेरो नाम तनहूँँको क्षेत्र नं। २ मा सिफारिस भएकोमा मलाई हराउन क्षेत्र नं। ३ मा पठाउन भूमिका खेलेको, ०५१ को निर्वाचनमा आफू क्षेत्र नं। १ बाट निर्वाचन हार्ने भएपछि मलाइ जबरजस्त क्षेत्र नं। १ मा पठाइ आफू क्षेत्र नं। २ मा लडेको, ०६४ को निर्वाचनमा माओवादी उमेद्वार शुरेस आलेसँग सम्झौता गरी वागी उमेद्वार उठाई क्षेत्र नं। १ मा माओवादी र क्षेत्र नं। २ मा काङ्ग्रेसलाई जीताउने सहमति डा. वावु राम भटराइको मध्यस्थतामा भएको हो । मलाई हराएको मात्र होइन चुनावको दर्भियानमा बन्दीपुरको भुमर्सेमा म लगाएत काङ्ग्रेसका मेरो प्रचारमा हिडेका कार्यकर्ताहरूलाई मार्न माओवादीसँग मिलेमतो गरी आक्रमण गर्न लाएको र मेरो पी। एस ओ।ले ४ फाएर गोली प्रहार गरेपछि मात्र हामी ज्यान जोगाउन सफल भएका थियौं । यतिमात्र होइन माओवादी जनयुद्धका बेला तनहूँँमा मारिने र विस्थाापित हुने अधिकांश मसँंग नजिक भएका साथीहरू थिए । त्यस्तो किनभयो त्यो सबै कुरा हामीले आफ्नो पैतालाले कुल्चेर राखेका छौं । यस्तो अपराधिक मानसिकताबाट पीडित हामी तनहूँँका कार्यकर्ता हाैँ।

१४) तनहूँँ जिल्ला जनजातिको बाहुल्य भएको जिल्ला हो । सङ्घीय र प्रदेशसभाको ६ सिट मध्ये ६ जना नै बाह्मण र त्यसमा तीन जना पौडेललाई टिकट दिएपछि चुनाव जितिन्छ रु त्यसमा पनि रामचन्द्र पौडेल तनहूँँमा जनजाति विरोधी मानिन्छन् । जनजातिका मानिसहरू विस्तारै काङ्ग्रेसबाट तनहूँँमा पलाएन हँदैछन् । यमबहादुर आले तनहूँँको दक्षिणी भेगमा मगरहरूलाई काङ्ग्रेसमा ल्याउने प्रमुख व्यक्ति हुन् । तनहूँँको नेपाली काङ्ग्रेसको सङ्गठन निर्माणमा उनको अहं भूमिका छ । आज उनी काङ्ग्रेसमा छैनन् । उनको भाषणको एक अंश पेन ड्राइभ पनि यसैसाथ पेस गरेको छु यो एउटा उदाहरण मात्र हो । आज तनहूँँ काङ्ग्रेसका धेरै कार्यकर्ताहरू यिनै कारणले डिप्रेसनमा छन् । उर्मिला थापा पूर्व सांसद हाल महाधिवेशन प्रतिनिधि आज बोली बन्द भएर उपचार गराइरहेकी छन् । जनजाति भनेपछि देख्नै नसक्ने हुँदा उनलाई भेट्नसम्म नजाने रामचन्द्र पौडेललाई तनहूँँका जनताले के भन्लान् के गर्लान् ?

१५) यसै सन्दर्भमा गत २०७५ माघ ८ गतेको अधिवेशनको सन्दर्भमा हामीहरू आफ्ना पिरमर्काहरू पोख्न सभापतिज्यू समक्ष जाँदा सभापतज्यिूले रामचन्द्र पौडेलले तनहूँँको टिकट म बाड्छु भनेर खाली टिकट लगेको हो भन्नुहँदा हामी त्यहाँ उपस्थित तनहूँँका कार्यकर्ताहरू अत्यन्त मर्माहित भएका छां। तनहूँको समस्या राजनितिक समस्या हो । कानूनी बाटोबाट समाधान निस्कदैन । अझै पनि तनहूँँका कार्यकर्ताहरूले न्याय नपाउने हो भने त्रेता युगका दशरथका छोरा रामचन्द्रको यो कलियुगको अवतार हो । रामचन्द्रले जे गरे पनि केन्द्रीय नेतृत्वले केही गर्न सक्दैन भनी तनहूँको जिम्मा जनजाति विरोधी आपराधिक मानसिकता भएका रामचन्द्र पौडेलको जिम्मा लगाउने हो भने म र तनहूँका म समेतका कार्यकर्ताका बारेमा जे निर्णय गर्दा पनि हामीहरूको कुनै गुनासो रहेने छैन । हाम्रो मन्जुरी छ ।

१६) यो विषय अहिले अनुशासन समितिको विचाराधीन भएको हुँदा मैले जानकारीको लागि पार्टी पदाधिकारीहरू बाहेक अरू कसैलाई पनि दिएको छैन । सार्वजनिक गर्न आवश्यक भइ सार्वजनिक भएमा अन्यथा नलिनु हुन समेत अनुरोध गर्दछु ।

१७) मेरा उल्लेखित भनाइहरूलाई गम्भीरता पूर्वक ग्रहण गर्नुहुन अनुरोध गर्दछु ।

(गोविन्दराज जोशी पूर्वसहमहामन्त्री महासमिति सदस्य तनहूँ क्षेत्र नम्बर १

स्राेतःदेश सञ्चार

बीपी विचारको ‘देखावटी खोल’ : इन्स्योरेन्स जस्तो कांग्रेस, एजेन्ट जस्ता नेता !

पी विचारको दाहसंस्कार १२ बुँदे सहमतिले गरेको थियो । १२ बुँदे सहमतिपछि नेपाली कांग्रेसले राष्ट्रियतालाई दाउमा राख्यो । गणतन्त्रका नाममा संसदीय प्रजातन्त्र मात्र नभएर राजतन्त्र नै फालिदियो ।

बीपीले कम्युनिस्टहरू कहिल्यै राष्ट्रवादी र प्रजातन्त्रवादी हुँदैनन् भन्दाभन्दै पनि कांग्रेसले सत्ताका लागि  हरू सँग सहकार्य शुरू गर्‍यो । जसको परिणाम हाम्रा सामु सर्वविदितै छ । गिरिजाप्रसाद कोइराला अस्वस्थ हुँदाहुँदै दिल्ली गएर गरिएको १२ बुँदे सम्झौताको कारणले गर्दा देश आज यो अवस्थामा छ ।



आफ्नो देशको बारेमा गरिने निर्णय अरूको देशमा गर्नुहुँदैन भन्ने कुरा बीपीले २००७ सालको घटनालाई लिएर पनि भन्नुभएको थियो । उहाँले २००७ सालमा राजा त्रिभुवनलाई दरबारबाट दिल्ली पठाउनुभन्दा नेपालकै कुनै ठाउँमा पठाएको भए देशलाई राम्रो हुन्थ्यो भन्नुभएको थियो ।

उहाँको आशय यो थियो कि आफ्नो राज्यलाई लिएर गरिने महत्त्वपूर्ण मुद्दाका निर्णयहरू आफ्नै राज्यमा भए भने राष्ट्रियता मजबुत हुन्छ । साथै राज्यको हस्तक्षेप कम हुन्छ ।



देश प्रेम आफ्नो देशको स्वाधीनता र सार्वभौमसत्ताप्रति गरिने आस्था र व्यवहार हो । जुन बाह्य शक्तिको हाविले गर्दा कमजोर  ठहरिन्छ, यसबाट न त देशको भलो हुन्छ न जनताको को नै ।

हुन त पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका आदर्श पुरुष मानिने स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई राजनेता तथा शिखर पुरुष जस्ता विशेषणले पुकारिन्छ । तर नेपालको आजको यो बिग्रँदो अवस्थाको श्रेय उहाँलाई पनि जान्छ । कुनै पनि पार्टीमा व्यक्ति  महत्त्वपूर्ण हुँदैन तर जब पार्टीमा व्यक्ति हावि हुन्छ तब पार्टी कमजोर हुन्छ । पार्टी कमजोर हुनु भनेको देश कमजोर हुनु हो ।

बीपी कोइराला हुनुभएको भए शायद आज मुलुक यत्तिको विषम परिस्थितिबाट गुज्रिँदैन थियो होला । यदि उहाँ हुनुभएको भए राष्ट्रिय कलकारखाना बेच्ने, जनताको आवाजलाई बोकेर राजनीतिमा छिरेकाहरू आफैंले लगाएको चप्पल बिर्सेर अर्बौं आम्दानीको स्रोत राजनीतिलाई बनाउने, लाउडा काण्ड घटाउने, विदेशी बैंकमा पैसा थुपार्ने, नातावाद र कृपावाद भए मात्रै पद दिने, जनताका छोराछोरी भोकै मरुन् या अशिक्षित रहुन् के मतलब भन्ने हेय भाव राखेर आफ्ना छोराछोरीलाई सरकारी पैसाले विदेशका ठूला मानिएका विश्वविद्यालयमा पढाउनेहरूका लागि पार्टीभित्र स्थान दिनुहुँदैन थियो होला ।

बीपी कोइरालाको निधनसँगै नेताहरूले संगठनभन्दा बाहिर सोच्ने प्रवृत्ति शुरू गरे । पार्टीभन्दा गुटको भलाइका लागि नेताहरूले समय खर्च गरे, जसले गर्दा पार्टी कमजोर र गुट मजबुत हुन पुग्यो ।

 यो देशमा सच्चा कांग्रेसको परिचय तब फेरियो जब गुटको फाइदाका लागि रेणु दाहललाई बोकेर हँसिया हथौडामा भोट हाल्न नेपाली कांग्रेसका कार्यकर्तालाई बाध्य बनाइयो । हिजो प्रजातान्त्रिक मूल्य र मान्यतामाथि आस्था राख्नेहरूले परिवारका सदस्य गुमाउनुपर्ने अवस्था सिर्जना गर्ने बाबुराम भट्टराईहरूलाई भोट हालेर कांग्रेसका शहीदलाई अपमान गरियो । शायद आज तिनै शहीदको पाप लागेको छ नेपाली कांग्रेसलाई ।

आज नेपाली कांग्रेसमा पार्टीभन्दा माथि उठेर देशको भलाई सोच्ने कोही पनि छैनन् । भएकाहरूलाई पार्टीले सखाप पारिसकेको छ, किनकि तिनीहरूले प्रजातान्त्रिक मूल्य र मान्यतामाथि धावा बोल्ने हैसियत राखेनन् । पार्टीभित्र विचारको लडाईं लड्ने हैसियत राख्ने बिरलै भेटिन्छन् । आज पार्टीमा गुट, उमेर, जात र धर्मका आधारमा एकले अर्कालाई सिध्याउने खेल खेल्नेहरूको भीड छ ।

प्रजातन्त्रमाथि आस्था राख्नेहरूको दुर्भाग्य मान्नुपर्छ कि बीपी कोइरालाले कुनै दिन बाबुराम र प्रचण्डहरू कांग्रेसका सहयात्री बन्नेछन् भन्ने सपना देखेका थिएनन् होला ।

अहिलेको परिस्थितिलाई मध्यनजर गर्ने हो भने बीपी विचारको अनुसरण कांग्रेसले नभएर अन्य पार्टीले गरको जस्तो देखिन्छ । बीपीको समाजवादको सिद्धान्त आज आएर व्यक्तिवादमा परिवर्तन गर्न कांग्रेस लागिपरेको छ । यसरी मुखले बीपीको भजन गाउने र कार्यान्वयनको पक्षविपरीत धारमा बहनुले कांग्रेसलाई उँधो गति दिने निश्चितप्राय: छ ।बीपीले देखेको सपनामा निष्ठा र आदर्शका लागि कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहलाई नेपाली कांग्रेसबाट टाढा रहन बाध्य बनाइयो र उहाँहरूको ठाउँमा डन, व्यापारी, चोर/फटाहाहरू हावि भए ।

नेपाली कांग्रेसका केही नेता जसले संगठन विस्तार गर्न कुनै कसर राखेनन्, ती सबै नेताहरूलाई छानीछानी कांग्रेसबाट लखेटियो, जसको नतिजा आज नेपाली कांग्रेस पार्टीमा निष्ठाको विचलन छ । नैतिक मूल्य र मान्यता छैन । त्यसैले बीपीले दिएको निष्ठा र आदर्शको राजनीति नेपाली कांग्रेसमा आजकल गरिँदैन ।

बीपीले देखेको सपनामा निष्ठा र आदर्शका लागि कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहलाई नेपाली कांग्रेसबाट टाढा रहन बाध्य बनाइयो र उहाँहरूको ठाउँमा डन, व्यापारी, चोर/फटाहाहरू हावि भए ।

बौद्धिक क्षमता नभएका, समाजले तिरस्कार गरेका, खराब पात्रलाई पार्टीमा स्वागत गर्ने सपना बीपीको थिएन । ती खराब व्यक्तिहरू पछिल्लो समयमा नेपाली कांग्रेसको राजनैतिक संस्कारले जन्माएका पात्रहरू हुन्, तर पनि तुलनात्मक रूपमा जति दोष संगठनको छ, त्यति तिनीहरूको छैन । हुन त केही नेताहरू कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ भन्दै हिँडेका छन्, तर वास्तवमा लोकतन्त्र कमजोर बनाउने एजेन्ट तिनीहरू नै हुन् ।

बीपी कोइरालाको सपना विकसित नेपाल थियो, बलियो कांग्रेस होइन । विकसित नेपालको सपना जसले पूरा गरे पनि हुन्छ, नेपाली कांग्रेसले नै पूरा गर्नुपर्छ भन्ने छैन ।

यदि नेपाली कांग्रेसले देश बनाउनु छ भने आफू पहिला सुध्रिनु जरुरी छ । आफूलाई सही बाटोमा लैजान नसक्नेले परिवारलाई सही बाटोमा लैजान सक्दैन । परिवारलाई  लैजान नसक्नेले समाजलाई सही बाटोमा लैजान सक्दैन । जसले समाजलाई सही बाटोमा लैजान सक्दैन त्यसले देशलाई सही दिशानिर्देश गर्न सक्दैन ।

महात्मा गान्धीले भनेजस्तै ‘सिद्धान्त विनाको राजनीति पाप हो ।’ सिद्धान्त तब मर्छ जब विचारधारा मर्छ । विचारधाराले राजनीतिमा अत्यावश्यक भूमिका खेल्छ । राजनीतिमा विचारधाराले राजनीति गर्नेहरूको मूल्य र प्राथमिकतालाई श्रेणीकरण गर्न मात्र सहयोग पुर्‍याउँदैन, यसले राजनीतिक वैधानिकताको उद्देश्य पनि पूरा गर्दछ । विचारधाराविना सिद्धान्त, सिद्धान्तविना प्रतिष्ठा र प्रतिष्ठाविना राजनीति हुँदैन ।

नेतृत्वले विचार परिवर्तन गर्ने होइन, विचारले नेतृत्व परिवर्तन गर्ने हो । जब विचारमा विचलन आउँछ तब जोसुकै व्यक्ति नेतृत्वमा आएपनि संगठनले सही दिशा लिन सक्दैन । नेपाली कांग्रेसको आजको समस्या नेतृत्व नभएर विचार हो । आज आएर नेपाली कांग्रेस इन्स्योरेन्स कम्पनी जस्तो भयो, जहाँ केबल एजेन्टहरू मात्र छन् ।

कम्पनीको मालिक अन्यत्र कतै छ । पार्टीभित्रको चरम गुटबन्दी, सत्ताको मोह, विचारको विचलन, संगठन गर्ने क्षमता अभिवृद्धिमा गरिएको वेवास्ता जस्ता विषयमा ध्यान दिइएन भने नेपाली कांग्रेसको अस्तित्व विस्तारै सकिनेछ ।

बीपी कोइरालाको विचार अनुशरण गर्दै नेपाली कांग्रेसका नेता र कार्यकर्ताहरूले आफ्नो सोच बदल्नुका साथै अब पनि देश र जनकल्याणका लागि काम गर्न सकेनन् भने कुनै दिन यिनै राजनीतिज्ञहरू इतिहासको रद्दी टोकरीमा मिल्किइनेछन् । त्यति मात्र नभएर सम्पूर्ण नेपाली कांग्रेस पार्टीको नै अन्त्य हुनेछ ।

भविष्य बनाउन वर्तमानलाई सुधार्नुपर्छ । बीपीको सपना साकार पार्ने अझ पनि समय छ । बेला रहँदै दीर्घकालीन सोच राखेर अघि बढौँ, नत्र नेपाली कांग्रेस कालो इतिहास बन्नेछ ।

आफ्नो पार्टीलाई इतिहास बन्नबाट रोक्न पार्टीको मूल्य र मान्यतालाई आत्मसात गर्दै अहिलेको कांग्रेसको भूगोल ठीक पार्नुपर्छ, अन्यथा आज बीपी कोइरालाको फोटोमा माल्यार्पण गरेजस्तै निकट भविष्यमा नेपाली कांग्रेसलाई नै माल्यार्पण गर्नुपर्ने दिन आउनेछ । आशा गरौं त्यो दिन नआओस् ।

बीपी विचारको देखावटी खोल ओढेर हामी कहीँ पुगेनौं र पुग्न सक्दैनौं पनि, त्यसैले आजैबाट राष्ट्रियतालाई पहिलो प्राथमिकतामा राखेर समाजवादको निर्माणमा जुटौँ । आगामी दिनमा बीपी कोइरालाको सम्झना उहाँले देखाएको पथलाई पछ्याउँदै गरियोस्, बोक्रे सम्मान देखाएर होइन ।

दीपकराज जोशी
दीपकराज जोशी

लेखकबाट थप…

विद्यालय खोल्दा स्वास्थ्य सावधानी

नयाँ पत्रिका

-लकडाउन समाप्तिसँगै विद्यालय र कलेजहरू खुल्ने सम्भावना बढेको छ । रोकिएका परीक्षा पुनः सञ्चालन गर्ने तयारी छ ।

-नेपाल सरकारले विद्यालय सञ्चालन निर्देशिका ल्याइसकेको छैन । अमेरिकामा भने सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)ले विद्यालय सञ्चालन निर्देशिका जारी गरेको छ ।

-विद्यालयमा कडाइका साथ भौतिक दूरी पालना गराउन निर्देशिकाले जोड दिएको छ । र, तहअनुसार भौतिक दूरी व्यवस्थापन गर्ने प्रावधान ल्याएको छ ।

-भौतिक दूरी कायम राख्न नसक्ने प्रिस्कुलका बालबालिकालाई सानो समूहमा पठनपाठन गराउनुपर्ने सिडिसीको प्रावधान छ । त्यस्ता बालबालिकालाई एक शिक्षकले मात्र पढाउने र तीनदेखि ६ फिटको दूरीमा राख्नुपर्ने व्यवस्था सिडिसीको छ । सुरुका दिनमा पढाइ समय पनि घटाउन जोड दिइएको छ ।

-विद्यालयमा अनावश्यक आगन्तुक भित्रिन नदिने र सकेसम्म खुला ठाउँमा पठनपाठन गर्नुपर्ने प्रावधान छ ।

-विद्यालय परिसरलाई संक्रमणमुक्त राख्न, कक्षाकोठा, स्कुल बस, लबी, क्यान्टिन र हलमा भीडभाड हुन नदिने निर्देशिकाको व्यवस्था छ । बारम्बार छोइने रेलिङ, ढोका, खेलकुद साम्रगी, पाठ्यसामग्री, कक्षाकोठा र क्यान्टिन लगातार सफा गर्नुपर्नेछ । त्यसका लागि कर्मचारी पनि बढी आवश्यक हुनेछन् ।

-शिक्षक, कर्मचारी र विद्यार्थीको दैनिक स्वास्थ्य जाँच अनिवार्य गरिएको छ । बालबालिका घर फर्केपछि पनि अभिभावकले तापक्रम जाँच गर्नुपर्ने व्यवस्था छ ।

-भौतिक दूरी कायम गर्न नसक्ने भएकाले प्रिस्कुलका बालबालिकाका लागि नर्सको व्यवस्थामा जोड दिइएको छ । बालबालिकामा प्रतिरोधी क्षमता विकास र अन्य संक्रमणबाट बचाउन पनि स्वस्थ खानपान र पोषिला खानेकुरामा सिडिसीले जोड दिएको छ । 

-विद्यालयमा स–साना समूहमा पठनपाठन गराउँदा साबिकभन्दा बढी शिक्षक आवश्यक हुनेछ । कामको तनाव घटाउँदै पठनपाठन अगाडि बढाउन बढी जनशक्ति आवश्यक हुनेछ ।

मौद्रिक नीतिले के दियो ?कोरोनाबाट अतिप्रभावित पर्यटन र यातायात क्षेत्रलाई

अनलाइनखबर

२ साउन, काठमाडौं । कोरोनाबाट अतिप्रभावित होटेल, पर्यटन तथा हवाईसहित यातायात क्षेत्रलाई समेत मौद्रिक नीतिले सम्बोधनको प्रयास गरेको छ । खासगरी बजेटमा उल्लेख कतिपय सहुलियत र कोष स्थापनाका कार्यक्रममार्फत मौद्रिक नीतिमा यी क्षेत्रलाई सम्बोधनको प्रयास गरिएको छ ।

कोभिड १९ को संक्रमणबाट अर्थतन्त्रलाई पुनरुत्थान गर्न कृषि, उर्जा, पर्यटन, घरेलु, साना तथा मझौला उद्योगमा कर्जा लगानीलाई प्रोत्साहन गर्ने नीति नेपाल राष्ट्र बैंकले लिएको छ । राष्ट्र बैंकले पुनरकर्जाको पहुँच विकेन्दि्रत गर्दै यी क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

कोभिड १९ संकटबाट अतिप्रभावित हवाई उड्डयन व्यवसाय, यातायात, होटेल, रेष्टुरेन्टलगायत पर्यटन क्षेत्रका उद्यम-व्यवसाय पुनरुत्थानका लागि चालु पुँजी कर्जा, सहुलियतपूर्ण कर्जा र पुनर्कर्जा प्रवाहलाई प्राथमिकता दिइने गभर्नर महाप्रसाद अधिकारीले बताए ।

पर्यटन क्षेत्रसँग सम्बन्धित निर्माणाधिन आयोजना निर्माण सम्पन्न गर्न पूँजिको अभाव हुने भएमा त्यस्ता आयोजनाका लागि बैंक तथा वित्तीय संस्थाबाट सहज ढंगले कर्जा उपलब्ध गराइने समेत उनको भनाइ छ । यसले तत्काल पूँजीको अभावले रोकिएका पर्यटकीय संरचना, होटेल तथा अन्य लगानी सूचारु हुने विश्वास लिइएको छ ।

होटेल, पर्यटन र हवाई उद्योगले विगतबाटै मागिरहेका विषयवस्तुलाई बजेट र मौदि्रक नीतिले सम्बोधन गरेपनि कार्यान्वयनमा भने शंका रहेको व्यवसायीको भनाइ छ । होटेल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाह भन्छन्, ‘नीति त राम्रो छ, नेपालमा नीति राम्रो, कार्यान्वयन कमजोर हुने परिपाटी नदोहोरियोस ।’

राष्ट्र बैंकले घोषणा गरेका कतिपय नीतिहरुसमेत संचालक समितिको निर्णयलगायत अन्य बाहना बनाएर निजी बैंकले आनाकानी गर्ने गरेको भन्दै उनले यसको सम्बोधनमा राष्ट्र बैंक चुस्त हुनुपर्ने उनको सुझाव छ ।

कोभिड लक्षित गरी आएका कार्यक्रमको कार्यान्वयन, उत्पत्न भएका समस्या समाधान गर्न छुट्टै संयन्त्रको आवश्यकता उनले औल्याए । ‘घोषणा भएका सुविधा टाठाबाठा र ठूलाले लैजाने, साना उद्यमी हेरेको हेर्‍यै भयो भने ?,’ उनको प्रश्न छ ।

सानो लगानीकर्तालाई कर्जामा प्राथमिकता

१ करोड रुपैयाँ भन्दा कम रकमका कर्जालाई प्रोत्साहन गर्ने गरी नेपाल राष्ट्र बैंकले मौदि्रक नीति ल्याएको छ । खासगरी सानो लगानीबाट स्वद्यमी बन्न चाहनेलाई लक्षित गर्दै सानो कर्जालाई प्रोत्साहन गर्ने गरी नीति आएको छ ।

वाणिज्य बैंकहरुले २०८१ असार मसान्तसम्म लघु, साना तथा मझौता उद्यमका क्षेत्रमा १ करोड भन्दा कम रकमका कर्जा आफ्नो कुल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत हुने गरी प्रवाह गर्नुपर्ने व्यवस्था मिलाइने गभर्नर अधिकारीले जानकारी दिए ।

यसबाट थोरै लगानीबाट उद्यमी बन्न चाहने युवाले बैंकबाट सहजै कर्जा प्राप्त गर्नेछन् । अहिले बैंक तथा वित्तीय संस्थाको प्राथमिकता ठूलो लगानीको कर्जामा आकषिर्त देखिन्छ ।

५० अर्बको कोष

सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को बजेटमा व्यवस्था भएअनुसार कोरोनाबाट अति प्रभावित पेशा/व्यवसाय सञ्चालनका लागि ५० अर्बको कोष कार्यान्वयनमा आउने भएको छ । मौदि्रक नीतिले उक्त कोष परिचालनको घोषणा गरेको हो । निश्चित मापदण्ड बनाएर ५० अर्बको कोष परिचालन गरिने गभर्नर अधिकारीले जानकारी दिए ।

उनका अनुसार यो कोषको रकम पर्यटन, घरेलु, साना तथा मझौला उद्यमलगायत व्यवसायको संचालन र निरन्तरतामा उपयोग गरिने भएको छ ।

ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी र अति प्रभावित क्षेत्रका रोजगारी गुम्नेलाई उद्यमशिलताको अवसर दिन यो रकम उपयोग हुने भएको छ । कोषको रकम बैक तथा  वित्तीय संस्थाबाट ५ प्रतिशत ब्याजमा कर्जाका रुपमा उपलब्ध हुनेछ ।

कोरोनाबाट अतिप्रभावित उद्योग-व्यवसाय सूचारु गर्न सहजीकरण गर्ने उद्देश्यले ऋणीको आवश्यकता र परियोजना/व्यवसायको सम्भाब्यताका आधारमा २०७६ चैतमा कायम भएको चालु पूँजि कर्जाको सीमा बढीमा २० प्रतिशतसम्म सम्बन्धित बैंक तथा वित्तीय र्सस्थाले थप कर्जा प्रवाह गर्न सक्ने व्यवस्था समेत मौद्रिक नीतिले गरेको छ ।

विकास बैंक र वित्त कम्पनीले समेत अब सानो लगानीलाई प्राथमिकता दिनुपर्ने भएको छ । यसमा कृषि, लघु, घरेलु तथा साना उद्यम, उर्जा र पर्यटन क्षेत्रलगायत तोकिएको छ ।

२०८१ असार समान्तसम्म यी क्षेत्रमा विकास बैंकले कुज कर्जा लगानीको न्यूनतम २० र वित्त कम्पनीले १५ प्रतिशत लगानी गर्नुपर्ने नीति आएको छ । यसले ग्रामिण भेगसम्म लगानी विस्तारमा सहयोग पुग्ने अपेक्षा छ ।

आर्थिक पुनरुत्थान लक्षित विशेष कार्यक्रम

मौदि्रक नीतिमार्फत आर्थिक पुनरुत्थान लक्षित विशेष कार्यक्रमबाट समेत पर्यटन, हवाई र यातायात क्षेत्रलाई सम्बोधनको प्रयास गरिएको छ ।

यसमा पुनर्कर्जाको परिचालनलाई प्राथमिकता दिइएको छ । कर्जाको भुक्तानीको अवधिको म्याद थप, कर्जाको पुनसंरचना तथा पुनर्तालिकीकरणमा समेत कोरोनाबाट अतिप्रभावित पर्यटन क्षेत्रलाई सहुलियत दिइएको छ ।

गभर्नर अधिकारीका अनुसार कोभिड १९ को नियन्त्रण र रोकथामका लागि चालिएका कदमका कारण पर्यटनलगायत क्षेत्रले लिएको साँवा ब्याजको भुक्तानीको अवधिको म्याद थप, कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण गरिने भएको छ ।

कोरोनाबाट अतिप्रभावित क्षेत्रले असार २०७७ सम्म बुझाउनु पर्ने कर्जाको अवधि २०७८ असार मसान्त पुर्‍याइएको छ । कोरोनापछि तत्काल पुनस्र्थापना हुन नसक्ने पर्यटनलगायत क्षेत्रलाई अति प्रभावित मानेर यस्तो क्षेत्रमा रहेको कर्जा भुक्तानी आवश्यकताअनुसार  समय थप समेत गर्न सकिने सुविधा राष्ट्र बैंकले दिएको छ ।

अति प्रभावित क्षेत्रका परियोजनामा प्रवाह भएको कर्जालाई पुनसंरचना तथा पुनर्तालिकीकरणमार्फत पुनरुत्थान गर्न पर्याप्त नभएमा आवश्यकता अनुसार सम्बन्धित निकायसँग समन्वय गरी अन्य विद्युतीय औजारको समेत प्रयोग गरी सुविधा प्रदान गरिने भएको छ ।

निर्माणाधीन पर्यटक स्तरीय होटेललाई कोरोनाका कारण प्रभावित ग्रेस अवधि २ वर्षसम्म मान्न सकिने गरि मौदि्रक नीति आएको छ ।

कनकाईका मेयरलेगाडी किन्ने बजेटबाटखोले प्राविधिक कलेज, आफू चढ्छन् साइकल

कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेल।
कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेल।

मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा सदुपयोग गरेको छ।

गत आर्थिक वर्ष २०७६/७७ मा कनकाई नगरसभाले नगरपालिकाको प्रमुख चढ्नका लागि ६० लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो तर नगरप्रमुख राजेन्द्र पोखरेलले लाखौँ खर्चेर आफ्ना लागि सवारीसाधन खरिद गर्ने प्रस्ताव अस्वीकार गर्दै प्राविधिक शिक्षालय स्थापनामा सो रकम खर्च गरेका हुन।

‘बजेटमा रकम छुट्याइएको थियो, प्रमुखले सवारीसाधन किन्न मान्नुभएन’, कनकाईकी उपप्रमुख मञ्जु प्रसाईले भने, ‘त्यसपछि गाडी किन्ने बजेट प्राविधिक शिक्षालय स्थापनामा खर्च गरियो।’

नगरलाई शैक्षिक हब बनाउने र रोजगारीमूलक शिक्षा प्रदान गर्ने योजनाअनुरुप नगरप्रमुख पोखरेलले नै इञ्जिनीयरिङ विषयको पढाइ हुने कलेज खोल्ने प्रस्ताव अघि बढाएका हुन।

अहिले त्यही सवारीसाधन खरिद गर्ने भनिएको बजेटबाटै सुरू भएको कनकाई पोलिटेक्निक इन्स्टिच्युट सञ्चालनमा छ।

नगरपालिकाले गाडी खरिदका लागि विनियोजन भइसकेको ६० लाख रूपैयाँमध्ये ३० लाख रूपैयाँ रकम कनकाई पोलिटेक्निक इन्स्टिच्युट स्थापनाका लागि लगानी गरिएको र अरु रकम साइकल लेन र पुल निर्माणमा छुट्याइएको प्रमुख प्रशासकीय अधिकृत रुद्र न्यौपानेले जानकारी दिए।

कनकाई–७ दुर्गापुरमा सञ्चालित कनकाई पोलिटेक्निक इन्स्टिच्युटमा पहिलो ब्याचमा ४६ जना विद्यार्थी भर्ना भएका थिए।

त्यहाँ सिटीइभिटीअन्तर्गत तीन वर्षे डिप्लोमा तहको सिभिल इञ्जिनीयरिङ, जियोमेटिक्स इञ्जिनीयरिङ र इन्फरमेसन टेक्नोलोजीको पठनपाठन हुँदै आएको छ।

सो इन्स्टिच्युटलाई नगरपालिकाको सहयोग र विश्वविद्यालयको सम्बन्धनमा सामुदायिक साझेदारीमा आधारित इञ्जिनीयरिङ कलेजको रुपमा विस्तार गर्ने योजना रहेको नगरप्रमुख पोखरेलले बताए।

नयाँ आर्थिक वर्ष २०७७-७८ मा समेत कनकाई नगरपालिकाले सो इन्स्टिच्युटका लागि ३० लाख रूपैयाँ बजेट विनियोजन गरिसकेको छ।

नगरप्रमुख पोखरेलका अनुसार नगरको वडा नं ५ मा इञ्जिनीयरिङ कलेजका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न १६ बिगाहा जग्गा लिजमा लिने कार्य भइसकेको छ।

यो परियोजनालाई नगरको गौरव आयोजनामा समेटिएको छ।

यहाँ अध्ययन गर्ने स्थानीय विद्यार्थीलाई नगरपालिकाले नगरभित्रै रोजगारी दिलाउने सोचसमेत बनाएको छ।

‘कमाइका लागि शिक्षा’ कार्यक्रमअन्तर्गत प्राविधिक विद्यार्थीलाई निर्माणाधीन परियोजनामा पारिश्रमिक दिएर काम गराउँदै सिकाउने नयाँ कार्यक्रम अघि बढाइएको नगरपालिकाले जनाएको छ।

साइकल चढ्छन् प्रमुख

नगरपालिका स्थापना हुँदा प्रदेश सरकारले कनकाईलाई एउटा सानो पुरानो जीप दिएको थियो।

अति आवश्यक पर्दा नगरप्रमुख र उपप्रमुखले त्यही गाडी प्रयोग गर्दै आएका छन्।

नगरप्रमुख पोखरेल कहिलेकाहीँ घरबाट साइकल चढेर नगरपालिका आउँछन् भने नजिक फिल्ड जाँदासमेत उनले साइकल प्रयोग गर्ने गरेका छन्।

‘साइक्लिङ कल्चर बनोस् भनेर साइकलको प्रयोग गरेको हुँ’, उनले भने, ‘सानो आम्दानी भएको नगरपालिकाले गाडी खरिदमा लाखौँ खर्च गर्नहुँदैन भन्ने हाम्रो सोच हो।’

नगरपालिकाले गत आर्थिक वर्षको बजेटमा गाडी खरिदका लागि छुट्याइएको बजेट रकमान्तर गरेर छ लाख रूपैयाँ साइकल लेन निर्माणमा लगाउने तयारी गरेको थियो तर कोरोना कहरका कारण साइकल लेनको निर्माण नयाँ आर्थिक वर्षमा मात्र हुने भएको छ।

स्राेतःसेताे पाटी

मेलम्ची खानेपानी आयोजनाभित्रको सुरूङको ढोका फुटेकोबारे अध्ययन गर्न प्राविधिक समिति

फाइल तस्बिर।
फाइल तस्बिर।

खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाभित्रको सुरूङको ढोका फुटेकोबारे अध्ययन गर्न प्राविधिक समिति बनाएको छ।

मन्त्रालयका प्रवक्ता सहसचिव रितेशकुमार शाक्यले सेतोपाटीलाई दिएको जानकारीअनुसार बुधबार सहसचिव रमाकान्त दवाडीको नेतृत्वमा छ जना प्राविधिकको अध्ययन समिति बनाइएको हो।

उक्त समितिले आयोजनाअन्तर्गत सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका अम्बाथानभित्र रहेको गेट नम्बर १७ को ढोका के कारणले खुलेको हो? अध्ययन गरी प्रतिवेदन दिनेछ।

‘सुरूङभित्रको गेट अचानक खुलेको भन्ने आयो। के कति कारणले खुल्यो अध्ययन गरी छिटो प्रतिवेदन दिन छ सदस्यीय प्राविधिक टोली बनाएका छौं। सम्भवत आजै उक्त टोली आयोजनास्थल जानेछ,’ सहसचिव शाक्यले भने।

समितिलाई प्रतिवेदन दिन समय तोकिएको छैन। तर सकेसम्म छिटो प्रतिवेदन दिन भनिएको छ।

अध्ययनपछि मर्मत गर्नुपर्ने देखिएमा छिट्टै मर्मत गरी पुन: सुरूङमा पानी परीक्षण गर्नुपर्नेछ।

आयोजनाको इन्टेकदेखि करिब आठ सय मिटरको दूरीमा अम्बाथानभित्र पानी शुद्धीकरण गर्ने ठाउँ छ। त्यहाँ तीन वटा ढोका छन्। तीमध्ये एउटा ढोका अचानक खुल्दा मंगलबार आयोजनाका इञ्जिनियरसहित दुई जना बेपत्ता र दुई जना घाइते छन्।

आयोजनाका प्रमुख त्रिरेशप्रसाद खत्रीले प्राविधिक टोलीले अध्ययन गरेर प्रतिवेदन दिएपछि मात्रै के कारणले सुरूङको ढोका खुलेको पत्ता लाग्ने बताए।

‘मन्त्रालयले बनाएको प्राविधिक टोली घटनास्थल पुगेर अध्ययन गरेर प्रतिवेदन दिएपछि मात्रै यही कारणले ढोका खुलेको हो भन्न सक्छु,’ आयोजना प्रमुख खत्रीले सेतोपाटीसँग भने,‘पानीको चापले सुरूङको ढोकाको नटबोल्ट खुस्केर खुलेको हो कि भन्ने अनुमान छ।’

उनले अहिले नै मर्मतका लागि कति समय लाग्छ भन्न नसकिने बताए।

‘एक/दुई दिनमा प्राविधिक समितिले रिपोर्ट देला। त्यसपछि मर्मत तत्कालै हुन्छ,’ उनले भने, ‘सुरूङको ढोका फुटेजस्तो हामीलाई लाग्दैन। जुन हिसाबले ढोका बन्द हुनुपर्ने हो त्यो भएन। पानीको चाप बढ्दै जाँदा अकस्मात ढोका खुल्यो र तीव्र वेगको पानीले इञ्जिनियरसहितलाई बगाएको हुनुपर्छ।’

पानीको चाप नाप्न सुरूङभित्रको गेट नम्बर १७ पुगेर फर्कंदै गरेका चार जना सुरूङको उक्त ढोका खुलेर आएको पानीमा परेका थिए।

दुई जनाको उद्धार गरिए पनि दुई जना अझै बेपत्ता छन्। उनीहरू चढेर सुरूङभित्र पुगेको रातो हाइलक्स गाडी पनि पानीले बगाएर मेलम्ची खोलामा पुर्‍याइदिएको छ।

‘सुरूङको ढोकामा १७ मिटर लेबल बराबरको चाप थियो। सुरूङको गेटमा छ तलाको घरजतिको चाप थियो भनौं न,’ उनले भने, ‘उक्त चापले सुरूङको ढोकाको नटबोल्ट खुलेर पानी बाहिर आएको हुनुपर्छ।’ 

मुहानस्थलबाट पठाइएको पानी गेट नम्बर १७ मा शुद्धीकरण भएपछि त्यहाँबाट सुन्दरीजलतर्फ पठाइने उनले बताए।

असार २१ गते मुहानदेखि अम्बाथानसम्म पानी पठाएर सफल परीक्षण गरिएको थियो।

त्यहाँबाट सुन्दरीजलतर्फ सुरूङबाट पानी पठाउन पानी ताल्ने काम भइरहँदा एक्कासि गेट नम्बर १७ को ढोका खुलेको हो।

मुहानदेखि सुन्दरीजलसम्म करिब २७ किलोमिटर सुरूङमा चार ठाउँमा मुख्य सुरूङ हेर्न जानका लागि वैकल्पिक सुरूङ छन्। 

‘गामथुम, सिन्धु, सुन्दरीजल र अम्बाथाममा गरी चार वटा सुरूङ छ, जहाँबाट मुख्य सुरूङको अवस्था हेर्न जान मिल्छ,’ उनले भने।

हिजो घटना भएको ठाउँमा तीन वटा ढोका छन्। तीमध्ये एउटा खुल्दा पानी वैकल्पिक टनेलबाट बाहिर मेलम्ची खोलामा निस्केको थियो।

उक्त घटनामा परेर इञ्जिनियर शेखर खनाल र प्राविधिक पेम्बादोर्जे तामाङ घाइते भएका छन्।

सुरूङभित्रको ढोका खुलेपछि आएको तीव्र बेगको पानीमा बग्दै आएका उनीहरूलाई उद्धार गरी हेलिकप्टरबाट काठमाडौंस्थित ग्रान्डी अस्पताल ल्याइएको थियो।

दुई जना बेपत्ताको अझै खोजी कार्य जारी छ। सिन्धुपाल्चोक प्रहरी प्रमुख उज्ज्वल महर्जनले घटनास्थलदेखि दोलालघाटसम्म मेलम्ची खोला किनारमा प्रहरी परिचालन गरेर बेपत्ताहरूको खोजी भइरहेको जानकारी दिए।

मेलम्चीको पानी काठमाडौं ल्याउन सुरूङमा पानी पठाएर परीक्षण गर्ने क्रममा सुरूङको ढोका खुलेको हो।सुरूङ भरिन करिब २० दिन लाग्ने आयोजनाको भनाइ थियो।

मुहानबाट सुरूङमा प्रतिसेकेन्ड छ हजार लिटर पानी पठाउन सकिने भए पनि परीक्षणका क्रममा दुर्घटना नहोस् भनेर पाँच प्रतिशत पानी मात्रै पठाइएको थियो। थोरै पानी पठाए पनि चाप थेग्न नसक्दा गेट नम्बर १७ को ढोका अकस्मात् खुल्दा दुई घाइते र दुई बेपत्ता भएका हुन्।

स्राेतःसेताेपाटी

सिफारिस

१४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनुपर्छ : प्रकाशमान

३१ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ७ फागुनदेखि सुरु हुने पार्टीको १४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन् ।

समृद्धि अभियान सञ्चालन गर्न सक्ने नेतृत्व पार्टीलाई आवश्यक परेको बताउँदै उनले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनुपर्छ भनेर आफूहरू लागिपरेको उनले बताए ।

ठमेलको चाक्सीबारीस्थित आफ्नै निवासमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री सिंहले भने, ‘हाम्रो महाधिवेशन फागुनमा छ । नेतृत्व परिवर्तन हुनुपर्छ भनेर हामी लागिरहेका छौं ।’

कम्युनिष्टहरुले समृद्धि अभियान अगाडि नबढाएको भन्दै उनले अब कांग्रेसले समृद्धि अभियान अगाडि बढाउने बताए । त्यसका लागि नेतृत्व परिवर्तन गर्नुपर्ने उनको जोड छ ।

नेकपा नेतृत्वको वर्तमान सरकारले कोरोना महामारीमा प्रभावकारी काम गर्न नसकेको, कोरोना परीक्षणका लागि आवश्यक सामग्री खरिदमा भ्रष्टाचार भएको र नेपालको आन्तरिक राजनीतिमा सरकारले विदेशीलाई खुलेआम हस्तक्षेप गर्न दिएको आरोप सिंहले लगाए ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सिंहले भने, ‘चाहिने नचाहिने कुरा गरेर हाम्रो आन्तरिक मामिलामा खुलेआम विदेशीलाई स्वागत गरेजस्तो देखिएको छ ।’

कार्यक्रममा ठमेल क्षेत्रका २७ जनालाई नेता सिंहले अबिर लगाइदिएर र काठमाडौं जिल्ला अध्यक्ष सबुज बानियाँले खादा लगाइदिएर पार्टीमा स्वागत गरेका थिए ।

स्राेतः अनलाइन खबर

नेपालीहरूकाेको उद्धारका लागि एक साता चार्टर्ड उडान

facebook sharing button
कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि आजबाट तेस्रो चरणको चार्टर्ड उडान हुँदैछ ।  नेपालका दुई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नेपालीको उद्धारका लागि एक साता चार्टर्ड उडान गर्न लागेका हुन् ।
    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी जुलाई १५ देखि २२ सम्मको चार्टर्ड उडान तालिका सार्वजनिक गरिसकेको छ । सोहीअनुरुप नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले चार्टर्ड उडान तालिका बनाएर आजदेखि उडान शुरु गरेका छन् । पछिल्लो चरणमा ४२ उडान हुँदैछन् । यसमा नेपाल एयरलाइन्सको मात्रै २४ उडान हुनेछ भने हिमालयको १५ उडान तालिका रहेको छ ।
उडान तालिकाअनुसार आज नेपाल एयरलाइन्सले दुबईमा दुई उडान गर्नेछ । हिमालय एयरलाइन्सले आबुधाबीमा दुई उडान गर्ने जनाएको छ । उद्धार उडानका लागि नेपाली एयरलाइन्स सम्बन्धित गन्तव्यमा उडिसकेको विमानस्थलले जनाएको छ । यो अवधिमा  एयर अरेबिया, फ्लाई दुबईले दैनिक एक उडान गर्नेछन् भने जजिरा एयरले दैनिक दुई उडान गरी नेपाली स्वदेश फर्काउने मन्त्रालयले जनाएको छ ।
    कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले दिएको अनुमतिअनुरूप दुवै एयरलाइन्सले उडान तालिका बनाएर चार्टर्ड उडान गरिरहेका हुन् । यी एयरलाइन्सले चीनका विभिन्न गन्तव्य, बङ्गलादेश, मलेशियाको क्वालालम्पुर, साउदी अरेबियाको रियाद, दमाम, युएईको अबुधाबी, कतारको दोहा, बहराइन, कुवेत, जापानलगायत मुलुकबाट नेपाली स्वदेश फर्काउन चार्टर्ड उडान गरिरहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दैनिक १६ वटासम्म चार्टर्ड उडान हुँदै आएका छन् ।
 
स्राेतः राताेपाटी
twitter sharing button
pinterest sharing button
email sharing button
messenger sharing button
sharethis sharing button