नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलायो

३ पुष, काठमाडौैँ÷ संसदको हिउँदे अधिवेशनमा प्रस्तुत हुने रणनिति तय गर्न नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो । बिहिवार दिउँसो १ बजे दलको कार्यालयमा सिंहदरबारमा बस्ने बैठकमा सभामुख उपसभामुख चयन, सरकारका काम कारबाही, जनजिविकाका विषयलाई कसरी उठाउने भन्ने विषयमा छलफल केन्द्रीत हुने बताइएको छ । त्यस्तै संसदमा दर्ता भएका कतिपय विधेयकका बारे पनि छलफल गर्ने तयारी गरिएको कागे्रसले जनाएको छ ।

नेपाली काँगे्रसले आज कालो दिवस मनाउँदै

१ पौष, काठमाडौैँ÷ प्रथम जननिर्वाचित सरकारलाई अपदस्थ गरेको विरोधमा आज कालो दिवसका रुपमा मनाइएको छ । हरेक वर्ष पुस १ गते तरुण दललगायत संस्थाले प्रजातन्त्रमाथि प्रहार भएको दिनलाई कालो दिवसका रुपमा मनाउँदै आएका छन् । यसै अवसरमा आज नेपाली कांग्रेस र भातृसंस्था तरुण दलले देशभर विभिन्न कार्यक्रम गर्दैछन् । तत्कालीन शाही नेपाली सेनाको शक्तिको आडमा २०१७ साल पुस १ गते पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला लगायतका नेतालाई तत्कालीन राजा महेन्द्रले अपदस्त गरी पञ्चायत शासन व्यवस्था सुरुवात गर्नुभएको थियो । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भएका बेला बीपी लगायतका नेतालाई पक्राउ गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा राखिएको थियो ।

पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफलाई मुत्युदण्डको सजायँ

१ पौष÷ देशद्रोहको मुद्दामा पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्डको सजाय सुनाइएको छ । पाकिस्तानका पूर्व सैनिक शासक समेत रहेका मुसर्रफलाई इतिहासमै पहिलो पटक मंगलबार मृत्युदण्डको सजाय सुनाएको हो । पेशावर उच्च अदालतका मुख्य न्यायाधीश वकार अहमद सेठको अध्यक्षतामा विशेष अदालतका तीन सदस्यीय इजलासले उहाँलाई मृत्यु दण्डको सजाए सुनाएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । मृत्युदण्डको सजाय सुनाइएका मुसर्रफ हाल उपचारको क्रममा युनाइटेड अरब इमिरेट्स युएईमा रहेका छन् । ३ नोभेम्बर २००७ मा आपातकालीन स्थितिका लागि मुसर्रफमाथि डिसेम्बर २०१३ मा देशद्रोहको मुद्दा दर्ता गरिएको थियो । त्यसपछि मुसर्रफलाई सन् २०१४ मार्च ३१ मा दोषी ठहर गरिएको गरिएको थियो ।

को हुन मुसर्रफ
परवेज मुसर्रफ पाकिस्तानका पूर्वसैन्य शासक समेत रहेका थिए । भारतको नयाँदिल्लीमा जन्मेका मुसर्रफ कराची र इस्तानबुलमा हुर्केका थिए । उनी पाकिस्तानका १० औं राष्ट्रपति समेत हुन् ।

२००१ मा संयुक्त चिफका अध्यक्ष र सेना प्रमुखको पदमा रहँदा उनी सैन्य सरकारको प्रमुख बनेका थिए । उनले पहिलो युद्ध भूमिको अनुभव दोस्रो कश्मीर युद्धमा खेमकरन क्षेत्रका लागि तीव्र लडाइँमा एक तोपखाना रेजिमेन्टसँग गरेका थिए । द्वन्‍द्वका क्रममा उनले लाहोर र सियालकोट युद्ध क्षेत्रमा समेत भाग लिए । युद्धका क्रममा उनले गोलाबारी अन्तर्गत आफ्नो प्रतिष्ठा विकास गरेका थिए । वीरताका लागि उनले इम्तियाजी सनक पदक समेत पाएका छन् ।

तर आफूमाथि लागेको महाअभियोगबाट बच्नका लागि २००१ मा उनले संयुक्त प्रमुखको अध्यक्षको पद त्याग गरेको घोषणा गरेका थिए । सन् २०१३ को चुनावमा जीत हासिल पश्चात पाकिस्तान मुस्लिम लीग (नवाज) सरकारमा आएपछि पूर्व सैनिक राष्ट्रपति परवेज मुसर्रफको विरुद्धमा संविधानको अवहेलना गरेको भन्दै मुद्दा अदालतमा मुद्धा दाएर गरिएको थियो ।

उनलाई सन् २०१४ मार्च ३१ मा देशद्रोहको अभियोग लगाइ अभियोजनकर्ताहरुले सोही वर्षको सेप्टेम्बरमा सम्पूर्ण तथ्य विशेष अदालतमा पेश गरेका थिए । परवेज मुसर्रफमाथि आरोप लागेपछि उनी एक पटक मात्र न्यायालय समक्ष हाजिर भएका थिए । त्यसपछि उनी आजसम्म अदालतमा हाजिर हुन पुगेका छैनन् ।

उनीमाथि पाकिस्तानको संविधानलाई सेनाको बलमा गैरकानुनी रुपमा निलम्बन गरी संकटकाल लागू गरेको आरोप लगाइएको थियो ।
सन् २०१६, मार्च १८ मा उपचारका लागि मुसर्रफ दुबइ गएपछि उक्त मुद्दामाथि सुनुवाइ रोकिएको थियो । कम्मरको दुखाइबाट छुटकारा पाउन युनाइटेड अरब इमिरेट्समा उपचाररत रहेका छन् । उपचारपछि पुनः पाकिस्तान फर्केर आफूविरुद्ध लागेको मुद्दाको सामना गर्ने उनले बताएका थिए ।

मार्च २०१६ मा विशेष न्यायालयले केन्द्र सरकारसँग लिखित स्पष्टिकरण मागेको थियो । न्यायालायको अनुमति विना विदेश गएका मुसर्रफमाथि आपत्ति जनाउँदै लिखित जवाफको माग गरिएको हो । मंगलबार उच्च अदालतले मुर्सरफलाई मृत्युदण्डको सजाय सुनाएको छ । सरकारले मुसर्रफ विरुद्ध विशेष अदालतको फैसलाको विस्तृत समिक्षा गर्ने भएको छ ।

सेवासम्बन्धी विधेयक फिर्ता लिन नेपाली कांग्रेसको माग

३० मंसिर, काठमाडौैँ÷ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाल विशेष सेवाको गठन, सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले मौलिक हक कुण्ठित गर्ने भन्दै यसलाई फिर्ता लिन माग गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले आज विज्ञप्ति जारी गरी कांग्रेसले उक्त विधेयकले नागरिक स्वतन्त्रतालाई कुण्ठित गर्ने, नागरिकका सूचना चुहावट हुने र गोपनीयता भंग गर्ने भएकाले संविधान प्रतिकुल भएको उल्लेख गरेका छन् । खा्ँडले संविधान प्रतिकुल र नागरिक स्वतन्त्रता र हित विपरीत हुने गरी विधेयक नल्याउन पनि सरकारलाई सचेत गराएका हुन् । सरकारले राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी विषय समेटेर विशेष सेवासम्बन्धी विधेयक ल्याएको छ ।

नेपाली काँगे्रसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

२६ मंसिर, काठमाडौैँ÷ नेपाली कागे्रसको केन्द्रिय कार्य समिति बैठक बिहिवार बस्दै छ । पार्टीको केन्द्रिय कार्यलय सानेपामा बस्ने दिउसोँ एक बजे बस्ने बैठकले गत मशिंर १४मा सम्पन्न उपनिर्वाचनको समिक्षा गर्ने बताइएको छ । त्यस्तै बैठकमा सभापति शेरबाहादुर देउवाले विभाग गठनको प्रस्ताव पेश गर्ने कार्य सुची रहेको छ । केन्द्रीय समितिको बैठक कम्तिमा ५ दिन बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । शर्माका अनुसार पार्टी बैठकमा कार्यसम्पादन समितिको प्रस्ताव पनि पेश हुने छ । त्यस्तै भंग भएको नेविसंघमा तदर्थ समिति र कार्यावधि सकिएको तरुण दलको गठनका विषयमा पनि छलफल हुनेछ । निर्वाचन समितिले तल्लो तहको कार्यसमिति गठनमा गरेको प्रगति पनि केन्द्रीय समितिमा पेश प्रवता शर्माले जानकारी दिए ।

नेपाली काँगे्रस पदाधिकारी बैठक आज बस्दै

२५ मंसिर, काठमाडौैँ÷ नेपाली काँगे्रसको पदाधिकारी बैठक आज बस्ने भएको छ । दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा भोली बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाका बारेमा छलफल हुने कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । पार्टीले उपनिर्वाचनको समीक्षालगायतका समसामयिक विषयमा छलफल गर्न बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा पदाधिकारी बैठक बोलाएको हो । केन्द्रीय कार्यसमितिमा केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा गठित ‘भ्रातृ एवं शुभेच्छुक संस्थाको सैद्धान्तिक मापदण्ड तथा विधान सुझाव समिति’ ले तयार पारेको प्रतिवेदन पेस गर्ने, केही विभाग थप गर्ने, नेविसंघ गठन, नेपाल तरुण दलको कार्यकाल थप, चुनावी समीक्षासँगै सीमा विवादका एजेण्डाहरु तय गरिएको छ ।

नैतिक ज्ञान विनाको वैज्ञानिक ज्ञानको कुनै अर्थ हुँदैन: दीपकराज जोशी

दीपकराज जोशी लामो समय अमेरिका बसेर नेपाल फर्केका प्राज्ञ हुनुहुन्छ । काठमाडौँको सुकेधारास्थिति न्यू मिलेनियम कलेजका म्यानेजिङ डाईरेक्टर जोशी बेला बेलामा शिक्षा तथा राजनीति लगायतका विषयमाथि कलम पनि चलाउने गर्नुहुन्छ । यसबाहेक उहाँ वातावरण संरक्षण, वन्यजन्तु संरक्षण, भेगन लगायतका अभियानमा पनि आबध्द हुनुहुन्छ। नेपाली समाजको समग्र विषयमा उहाँको आफ्नै खाले विश्लेषण र चिन्तन रहने गरेको पाईन्छ ।

वर्तमान शिक्षा प्रणालीलाई कुन हदसम्म सार्थक देख्नुभएको छ ?

गरिबी कम गर्ने एउटा प्रमुख औजारको रूपमा शिक्षा रहेको हुन्छ तर नेपालमा शिक्षा नै विकासको बाधक बनेर बसेको छ ।

नेपालको अहिलेको शिक्षा प्रणाली संस्कारयुक्त छैन । शिक्षाले तपाईँलाई point A बाट point B सम्म जान मात्रै मदत गर्छ तर ज्ञानले तपाईँलाई जुनसुकै अवस्थाको लागि तयार पार्छ त्यसैले शिक्षा वा ज्ञान प्रतिस्पर्धाको विषय होईन । प्रतिस्पर्धा भयो भने पनि त्यो रचनात्मक र सिर्जनात्मक प्रकृतिको हुनुपर्छ ।

तर हाम्रो शिक्षा प्रणालीमा यो छैन । हाम्रो शिक्षा प्रणाली भिसामुखी, पैसामुखी र राजनीतिमुखी मात्रै बनेर बसेको छ ।

त्यसैगरी हामीले चारतिरबाट पर्खालले घेरेको कक्षाकोठालाई मात्रै ज्ञान आर्जनको थलोको रूपमा बुभ्mयौँ । यो बुझाई पनि गलत छ । तपाईँ कक्षाकोठा बाहिर पनि ज्ञान हाँसिल गर्न सक्नुहुन्छ, जुन आफैँमा एउटा विशाल कक्षाकोठाको रूपमा रहेको छ ।

तपाईंसंग कस्तो विद्या छ? आफ्ना सन्ततिलाई कस्तो विद्या दिँदै हुनुहुन्छ? आखिर विद्या भनेको के हो त?

हाम्रो धर्मशास्त्रमा विद्यालाई यसरी व्याख्या गरेको छ। “सा विद्या वा विमुक्ते” । विद्या त्यो हो जसबाट हामीलाई मुक्ति प्राप्त हुन्छ । विद्याबाट अमृत अर्थात मोक्ष प्राप्त हुन्छ ।

विद्याको माध्यमबाट हामी रोग, शोक, द्वेष, पाप, नम्रता, गुलामी, गरीबी, बेरोजगारी, अभाव, अज्ञान, दुर्भाग्य, दुर्व्यवहार, आदिको दासत्वबाट स्वतन्त्रता प्राप्त गर्न सकिन्छ। यस्तो विद्या हासिल गर्ने व्यक्तिहरूलाई विद्वान भनिन्छ।

के हाम्रो समाजमा यस्ता विद्वान छन जसले मुक्ति पाउने विद्या आर्जन गरेको छन ? शिक्षाले केबल डिग्री प्रदान गर्छ। यसले भौतिक उन्नति प्रगति, विकास र ज्ञानसंग सम्बन्ध राख्छ।

शिक्षा शारीरिक सुख भोगको लागि हो भने बिद्या आध्यात्मिक प्रगति ईश्वरीय सोच र जीवन उच्च शुद्ध बनाउँने बरी हो । विद्याले जीवनमा धार्मिकता, आधुनिकता, नैतिकता, सदाचार शिष्टाचार आदि को भावना जगाउँछ। विद्याले नै मानिसलाई विद्वान बनाउँछ।

शिक्षा भौतिक फ्रेम हो भने विद्या त्यो भौतिक फ्रेममा प्राण दिन मद्दत गर्छ। शिक्षा जो पढाएर लेखाई हो त्यसमा जब संस्कार, पहिचान, जीवन मूल्य , जीवन दृष्टि जोडिन्छ तब त्यो विद्या हुन्छ।

तेसैले हामी काँहा विद्यार्थी होइन शिक्षाथ्री छन् । हाम्रो समाजमा अहिले विद्यालय होइन शिक्षालय छन। भौतिक उन्नति प्रगति, विकास और ज्ञानको सम्बन्ध शिक्षासँग छ। शिक्षा अक्षर ज्ञान, पुस्तकीय ज्ञान, सूचना संग्रह, नम्बर र डिग्रीसम्म सीमित छ ।

विद्याले आत्मिक उन्नति परमात्म-चिन्तन, जीवनलाई श्रेष्ठ एवं पवित्र बनाउनु मद्दत गर्छ । धार्मिकता, आधुनिकता, नैतिकता, सदाचार शिष्टाचारको भावना जाग्रत गराई जिबनलाई खुसि बनाउने साँचो हो । तेसैले भनिन्छ ‘‘विद्वाविहीनः पशुभिः समानः’’ विद्या हीन व्यक्ति पशु समान हुन्छ

शिक्षाको वास्तविक अर्थ के हो ?

शिक्षा भनेको केही सिकेर आपूmलाई पूर्ण बनाउनु हो । शिक्षा कुनै पनि समाजको सामाजिक नियंत्रण, व्यक्तित्व निर्माण तथा आर्थिक प्रगतिसँग जोडिएको हुन्छ । नैतिक ज्ञान विनाको वैज्ञानिक ज्ञानको कुनै अर्थ हुँदैन ।

वास्तवमा नैतिक शिक्षाले नै मानिसलाई असल नागरिक बन्न मद्दत गर्छ।नैतिक शिक्षामा सच्चाई, ईमानदारी, दया, धर्म एवं नैतिक ज्ञान हुन्छ जसले विद्यार्थीको चारित्रिक विकासमा सहयोग गर्छ।

आधुनिक शिक्षाले पैसा कसरी कमाउनेमा भन्ने चिन्तनमा मात्र ध्यान दिएको छ । बिना चरित्रको धनले समाजलाई सहि दिशा दिँदैन ।

नैतिक आचरण, व्यवहार र अनुशासनले मानिसको जीवनलाई सधैँ समाज कल्याण उन्मुख बनाउँदै मानवीय सद्भाव, प्रेम र भातृत्व अभिवृद्धि गराउन नसक्ने शिक्षा प्रणाली हामीलाई आवश्यक छैन।

हाम्रो शिक्षा प्रणालीको गुणस्तर हटाउने कारण के के रहेका छन् ?

हामीसँग पुरानै खाले पाठ्यक्रम छ । यो पाठ्यक्रमले काम चलाउ जनशक्ति मात्रै उत्पादन गर्ने हो ।

त्यसैगरी, विशेष गरी दुर्गम क्षेत्रका सरकारी स्कुललाई ब्यवस्थित गर्न र अनुकुलन र प्रबर्धन गर्न हामी कहाँ आर्थिक स्रोत र साधनको कमी छ ।

आधारभूत आवश्यकताहरू जस्तै ब्यवस्थित शौचालय, कक्षाकोठामा बिजुलीबत्तीदेखि लिएर शिक्षासँग सम्बन्धित आवश्यक पूर्वाधारहरू, कम्प्युटर र अति आवश्यक सुविधाको अभाव छ ।

शैक्षिक गुणस्तर घटाउने अर्को समस्या भनेको शिक्षकहरूले गर्ने तयारीको कमी हो । यद्यपि शिक्षण प्रदर्शनको मूल्यांकन, परीक्षण गरिएपनि अझै पनि समसामयिक ज्ञान र शैक्षिक प्रशिक्षण निश्चित रुपमा अभाव छ ।

शिक्षाको गलत ढाँचा, अभिभावकको महत्वाकांक्षा, अत्यधिक प्रतिस्पर्धाको आक्रामकता र ‘सफलता’को त्रुटिपूर्ण प्रवृत्तिले नेपालका कलिला दिमागलाई नष्ट गर्दैछ। यो नै नेपालको वर्तमान शिक्षाको वास्तविक चित्र हो । एउटा असफल समाजले असक्षमता मात्रै उत्पादन गर्दछ ।

हामीले कस्तो खालको शिक्षा प्रणाली अँगाल्नुपर्ने थियो ? कस्तो खालको शिक्षा प्रणाली अँगालेका छौँ ?

शैक्षिक नीतिको केन्द्रीय उद्देश्यको अध्ययन परिणामहरू बनाउनु हो । शिक्षकहरूको प्रभावकारिता र जिम्मेवारी सुधार गर्नु हो । हामीकहाँ बच्चाहरूलाई उत्साहित गर्ने शिक्षा प्रणाली आवश्यक छ ।

विद्यालयमा समय खर्च गर्नु मात्र पर्याप्त छैन, कौशलहरू सिक्न आवश्यक छ, जसले शिक्षाको गुणस्तरमा सुधार आवश्यक छ।

शिक्षा व्यवसाय हुनु हुँदैन थ्यो त अधिकार हुनुपर्छ । किनकि हामी ज्ञान अर्थव्यवस्थाको युगमा बाँचिरहेका छौं । शिक्षाले सम्पन्नता र समानता सिर्जना गर्दछ । प्रत्येक व्यक्तिलाई आफ्नो जीवनमा चाहिने अध्ययन, ज्ञान र सीपहरू प्राप्त गर्ने अधिकार छ ।

शिक्षाको फाइदा व्यक्ति र समुदाय हर कोहीको लागि निर्विवाद छ । गरीबी हटाउन र देश विकासलाई बढावा दिन शिक्षा एक प्रभावकारी उपाय हो । सफलताका साथ सिक्नको अधिकारको रूपमा बुझ्नुपर्छ, बिद्यार्थीहरू जस्तोसुकै पृष्ठभूमि वा सामाजिक–आर्थिक, साँस्कृतिक वा व्यक्तिगत प्रकृतिको भएपनि शिक्षाको अधिकार भनेको सबै विद्यार्थीहरू बिना भेदभाव सफलताका साथ सिक्न पाउने अधिकारका रूपमा बुझ्नु पर्दछ ।

वर्तमान शिक्षाले विद्यार्थीलाई तनाव दिन्छ । तनावको अधिक भारले उनीहरुको दिमागमा र शरीरमा हानी गर्दछ र गम्भीर रोगहरू जस्तै चिन्ता विकार, डिप्रेसन, उच्च रक्तचाप र किशोर–किशोरीहरूमा मोटोपना निम्त्याउन सक्छ ।

अझ भन्दा तनावको प्रभावले मस्तिष्कको भागमा रक्त प्रवाह असर, न्यून रक्तचाप पनि हुन सक्छ । यसले मस्तिष्कको विभिन्न भागहरू बीचको “न्यूरोनल कम्युनिकेसन बिग्रिन्छ र यसको परिणाम स्वरूप उनीहरूमा नकारात्मक भावना पैदा हुने, झोक्कीने, रिसाउने, झगडा गर्ने हुनसक्छ । हाम्रो वर्तमान शिक्षा प्रणालीमा रहेका समस्या यिनै हुन् ।

स्कूलमा असफल र बिचमै छोड्ने बढ्दो संख्या साथै अथाह युवा बेरोजगारी छ । अन्तर्राष्ट्रिय परीक्षणमा हाम्रो देशको नतिजाहरू हेर्दा हाम्रो शैक्षिक प्रणालीको गहन परिवर्तन आवश्यक छ भन्ने कुरा देखाउँदछ । हाम्रो प्रणाली त्रुटिको निन्दा गर्दछ तर यसबाट सिक्ने र अगाडी बढ्ने अवसरको रूपमा यसको उपयोग गर्दैन।

शिक्षाका पेशागत मानिसहरूप्रति प्रशासनको अविश्वास शिक्षा, विधायकीय भवनहरूमा, बोर्डरूमहरूमा हुँदैन बरु कक्षा कोठा र विद्यालयहरूमा हुन्छ र यसमा संलग्न व्यक्तिहरू शिक्षक र विद्यार्थीहरू हुन् र यदि उनीहरूको मापदण्ड हटाइयो भने यसले काम गर्न छाड्दछ । तसर्थ तपाईंले यसलाई विधायकीय भवनहरूमा नभई शैक्षिक समुदायमा फिर्ता दिनुपर्नेछ ।”

हाम्रो शिक्षा प्रणाली विविधतामा अनुकूल छैन, हाम्रा विद्यार्थीहरूको शिक्षण र शिक्षा व्यक्तिगतकरण हुँदैन । अभिभाबक र शिक्षकहरू बीच आपसी अविश्वास छ । हामीले एक वास्तविक गुणस्तरीय शैक्षिक टोलीको गठन गर्न आवश्यक छ ।

सबै तहमा शिक्षाको अत्यधिक राजनीतिकरण छ । हामीले राजनीतिज्ञहरूको नियन्त्रण सीमित गर्नुपर्दछ ताकि शिक्षकहरूले शिक्षा दिन सकुन् र बिद्यार्थीहरुले सहि कुरा सिक्न सकुन जो उनीहरुको सम्भावनाको विकासमा विशेष रूपले केन्द्रित छ । हाम्रा राजनीतिज्ञहरूले आउँदो चुनावको बारेमा भन्दा आउँदो पीढीका बारेमा चिन्ता गर्न सुरु गरौं ।

हालको शिक्षाले रचनात्मकता र जिज्ञासालाई प्रोत्साहित गर्दैन बरु यसलाई नित्साहित र निस्तेज पार्ने काम गर्दछ ।

शिक्षा व्यवस्था र देशको अर्थनीतिबीच कस्तो सम्बन्ध रहेको हुन्छ ?

विकसित देशमा अर्थव्यवस्था बृद्धिको मुख्य इन्जिन शिक्षा हो । एक आधुनिक, प्रजातान्त्रिक र खुला अर्थव्यवस्था तब हुन्छ जब मानवीय पूँजी, लगानी संकलनको प्रक्रियामा शिक्षा मुख्य इञ्जिन हुन्छ ।

भारत र चीनले राम्रो म्यान पावर उत्पादन गर्दछ । उनीहरूले उत्पादन गरेको म्यानपावर विकसित देशमा गएर धेरै पैसा कमाईने कामहरू गर्ने गर्दछन् ।

तर, हाम्रो शिक्षा व्यवस्थाले मजदुर मात्रै बढी मात्रामा उत्पादन गर्दछ त्यसैले नेपालीहरू खाडी जान बाध्य छन् र खाडीमा पनि कम पैसा कमाईने कामहरू गर्न बाध्य छन् ।

शिक्षा ऐतिहासिक रुपमै आर्थिक विकासको मुख्य ईन्जिन बनेको छ । शिक्षामा लगानीको सीधा सम्बन्ध आजको ग्लोबलाइज्ड अर्थव्यवस्थामा आर्थिक बृद्धि र विकाससँग छ । शिक्षाले श्रमशक्तिमा अन्तर्निहित मानवीय पूँजी बढाउन सक्छ, जसले कामको उत्पादकत्व बढाउँछ र उत्पादन सन्तुलनको उच्च स्तरमा कारोबार गर्दछ ।

शिक्षाले अर्थव्यवस्थाको क्षमता बृद्दिमा नयाँ आयाम थप्न सक्छस जहाँ नयाँ ज्ञानले नयाँ प्रविधिहरु, उत्पादनहरू र प्रक्रियाहरूलाई सहज गर्छ अनि आर्थिक बृद्धिलाई बढावा दिन्छ ।

आधारभूत मानव पूँजीको दृष्टिकोण के हो भने शिक्षाले समग्र सीप र कार्यबलको क्षमतामा सुधार ल्याउँछ, जसले अधिक उत्पादन क्षमता र विद्यमान टेक्नोलोजी प्रयोग गर्ने क्षमतामा सुधार ल्याउँछ, र यसरी आर्थिक बृद्धिमा योगदान पु¥याउँछ ।

ज्ञान आधारभूत उपकरण हो जसले मानिसलाई स्वतन्त्र हुन तथा परिस्थितिलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने क्रममा जीवनको उत्तम मार्ग निर्माण गर्न सक्षम तुल्याउँदछ जुन पहिले, आफ्नै परिवर्तनलाई प्रभावित गर्दछ र अवश्य पनि त्यसपछि सामूहिक राष्ट्रिय वास्तविकतालाई प्रभावित गर्दछ ।

वैदिक बोर्ड कस्तो खालको अवधारणा हो ?

देशको विकास र उन्नति तब हुन्छ जब शिक्षा व्यवस्था सही हुन्छ । जीवनमा सफल हुन असल शिक्षा एक महत्वपूर्ण साधन हो ।

उपनिषदमा मातृ देवो भवः, पितृ देवो भवः, आचार्य देवो भवः, अतिथि देवो भवः भनिएको छ । अर्थात् माता, पिता, गुरु र अतिथि संसारका चार प्रत्यक्ष देवता हुन् । उनीहरूको सेवा गर्नुपर्छ जसमा माताको स्थान पहिलो, पिताको स्थान दोस्रो, गुरुको स्थान तेस्रो र अतिथिको स्थान चौथो हुन्छ ।

वैदिक शिक्षाले विवेकाधिकार र आत्मसंयम, चरित्रमा सुधार, मित्रता या सामाजिक जागरूकता मौलिक व्यक्तित्व र बौद्धिक विकास, पुण्य प्रसार, आध्यात्मिक विकास, ज्ञान र संस्कृतिको संरक्षणतर्फ केंद्रित हुन्छ । SEE बोर्डले यी सबै कुरा दिन सकदैन ।

नेपालको शिक्षाको साँचो अनुहार SEE को प्रश्नपत्र जाँच अगाडी नै बाहिरिनुले प्रस्ट भइ सकेको छ। यो त एउटा सानो नमुना मात्र हो । नक्कली शैक्षिक प्रमाणपत्रबाट शिक्षकको जागिर खानेहरूले शिक्षा दिने यो देशमा गतिलो शिक्षाको के आशा गर्ने ?

कलिला बालबालिकाहरुको दिमाग खराब प्रकारको शिक्षा, आमाबाबुका महत्वाकांक्षा र अनावश्यक प्रतिस्पर्धाहरुले नष्ट गरीरहेको छ। हामी यस्तो प्रणालीमा छौँ जसले रचनात्मकता लाई मृत्युको नजिक पु¥याई रहेको छ ।

यो प्रणालीबाट वास्तविक विजेता कोहि पनि हुने छैनन् । यो बोर्डले हामी सफलताको चक्करमा विफल भई रहेका छौँ । त्यसैले अब BSB ( वैदिक शिक्षा बोेर्ड) को आवश्यकता खट्केको छ ।

जीवनको सादगी, एक कडा अनुशासन र शिक्षकको आदर हाम्रो शिक्षा प्रणाली देखिन छोडेको छ । यी विषय र्वदिक शिक्षासँग जोडिएका सिद्धान्तहरू हुन्। समाजलाई सहि दिशा दिने हो भने अब वैदिक शिक्षाको आवस्यकता छ जसले व्यावहारिक शिक्षा प्रदान गर्नुका साथै व्यक्तित्व विकास, चरित्र निर्माण, नागरिक र सामाजिक उत्तरदायित्व, संस्कृतिको संरक्षणका साथै आत्मज्ञान प्राप्त गर्न मद्दत गर्छ । अहिलेको शैक्षिक प्रणालीमा यो सम्भव छैन् ।

अहिलेको शैक्षिक प्रणालीले अज्ञानीहरु मात्र उत्पादन गरी रहेको छ । हरेक ज्ञान चेतनाबाट उत्पन्न हुन्छ र एक अर्थमा तपाईं सचेत हुनुहुन्छ । चेतनामा आधारित शिक्षाले तपाईंलाई जीवनको अन्तर्निहित पूर्णता जोड्दछ ।

चेतनामा आधारित शिक्षाको चार आधारभूत पक्षहरु :
अनुभव र चेतनाको अध्ययन
चेतनाको पूर्ण विकासका लागि ज्ञानबर्धक विषयहरू अध्ययन ।
चेतनामा आधारित सिद्धान्तहरूको, पाठ्यक्रम र निर्देशन
तनावमुक्त कार्यतालिका, सुबिधासम्पन्न भवन र सदभावपुर्ण, परिपक्व वातावरण

यो अवधारणा कार्यान्वयनमा ल्याउन आजको दिनमा सम्भव छ कि छैन ?

सम्भव छ तर डलरवादीहरूको दबदबा रहेको हाम्रो समाजमा छुट्टै बोर्ड बनाउन सजिलो भने छैन ।वैदिक बोर्डबाट पास भएका विद्यार्थीहरुले क्भ्भ् का विद्यार्थीहरुलाई सजिलै सबै क्षेत्रमा जित्न सक्छन् । हाम्रो समाज राम्रा मान्छेले लिड गरुन भन्ने उनीहरूले चाहँदैनन् ।

अहिलेका शासकबाट वैदिक बोर्ड सम्भव नहुन् सक्छ तर हामीले सबै क्षेत्रबाट कोशिस ग¥यौँ भने एक दिन यो सम्भव हुनेछ। यदि हाम्रो सभ्यता, संस्कृति र पहिचान जोगाउनु छ, चरित्रवान्, शिक्षित नागरिक बनाएर समाजको विकास गर्नुछ भने वैदिक बोर्डको ठूलो महत्व छ ।

हालको शिक्षा प्रणालीले यो काम गर्न सक्दैन ?

हालको शिक्षा प्रणाली शिक्षा भित्र अन्तर्निहित रहेका समस्याहरुलाई सम्बोधन गर्न सक्षम छैन, यो त केवल लक्षणहरू नियन्त्रण गरिरहेको छ ।

“सम्प्रेसण“ शब्दले एकतर्फी प्रक्रियालाई बुझाउँदछ, तर शिक्षकले विद्यार्थीको टाउकोमा ज्ञान र सीप जबरजस्ती थुपार्न सक्दैनन् । यसका लागि शिक्षकले वातावरण सृजना गर्नुपर्छ जहाँ विद्यार्थीहरूले ज्ञान लिन र आत्मसाथ गर्न सकुन् ।

शिक्षा भनेको ज्ञान र सीपको सम्प्रेसण मात्रै हैन । हामीले हाम्रा विद्यार्थीहरूमा निम्न पक्षहरूको विकास गर्नैपर्छ

पहिचानमुलक स्वतन्त्रता जसले सक्रिय र स्वतन्त्र गठन प्रक्रिया मान्न र सिक्ने क्षमता विकास गर्न अनुमति दिन्छ ।

समस्या समाधानको प्रक्रिया मार्फत वैज्ञानिक शैली र तार्किक सोचको प्रकारहरूको अमूर्तता र तर्कको तहमा विश्लेषण गर्ने प्रक्रिया,

एक ब्यावसायिक सैद्धान्तिक, व्यावहारिक, वैज्ञानिक, प्राविधिक, सामाजिक, मानवीय र सांस्कृतिक प्रशिक्षण, एक ब्यावसायिक स्वभाव, जसले रचनात्मक, स्वतन्त्र, वैज्ञानिक र आर्थिक कार्यलाई अनुमति दिन्छ ।

प्राथमिक र माध्यमिक तहमा विद्यार्थीहरू भर्ना भएको स्कूलको प्रदर्शन, समकालीन समाजमा शिक्षा प्रणालीको लागि उचित रूपमा काम गर्न निकै अपर्याप्त छ । उदाहरणका लागि मूल्यांकन प्रशिक्षण, नागरिक व्यवहार, उत्पादकता, अन्तर्जात सामाजिक गतिशीलता, आदि ।

शिक्षाको लागि पहुँच, स्थायित्व अवसरहरूको असमान वितरण र जुन निस्सन्देह कारक हो यसले स्कूल प्रणालीको खराब प्रभावकारितामा सीधा प्रभाव पर्दछ ।

समसामयिक समाजमा उचित रूपमा कार्यहरू गर्नका लागि शिक्षाको असमर्थताले प्रणालीमा पहुँचका लागि अवसरहरूको असमान वितरण, यसमा सम्बन्धित पाठ्यक्रममा उपलब्ध गराइएको शिक्षाको स्तरहरू प्राप्त गर्न।

हाम्रो शैक्षिक प्रणालीको एक मुख्य समस्या यो छ कि सबै नागरिकहरुलाई शिक्षाको ग्यारेन्टी छैन । यही कारणले त्यहाँ त्यस्ता समुदायहरू छन् जहाँ जीवन भर आधारभूत शिक्षा प्राप्त हुदैन, आधारभूत मानव अधिकार, र न्युनतम प्रमाणपत्र पनि प्राप्त गर्दैन ।

शैक्षिक बाताबरण अभावको सबैभन्दा सामान्य कारकहरू सामाजिक र आर्थिक पाटोसँग सम्बन्धित छन् ।

धेरै दुर्गम समुदायहरू छन्, प्रायः आदिवासीहरू, जससँग नजिक शैक्षिक विकल्पहरू छैनन्, त्यसैले दैनिक आधारमा अन्य समुदायमा आफूलाई ढुवानी गर्ने अवसर पाउनेहरू मात्र औपचारिक शिक्षा पाउँछन्।

एनआरएनका ‘इलिट’ हरूका नाममा

दीपकराज जोशी

  •  बाह्रखरी
  •  २०७४ कार्तिक १ बुधबार ०९:४८:००

 यसबेला गैरआवसीय नेपालीहरूको अधिवेशनका लागि तपाईंहरूमध्ये केही नेपाल आउनुभएको छ । अरू कतिपय आउन पाउनुभएको छैन । नेपालबाहिर बसे पनि तपाईंहरू नेपालको बारेमा सोच्नुहुन्छ, नेपालको राम्रो भएको देख्न चाहनुहुन्छ र नेपालको बारेमा राम्रो सुन्न चाहनुहुन्छ । तर, एनआरएनमा केही ‘इलिट’हरू पनि छन् जो फेसबुकमा ‘राष्ट्रवाद’ प्रदर्शन गर्छन्, अर्ती उपदेश दिन्छन्, नेपालका नेता र पद्धतिलाई सत्तोसराप गर्छन् तर आवश्यक पर्दा ढलेको सिन्को पनि उठाउँदैनन् । मेरो यो खुलापत्र त्यस्तै द्वैध चरित्रका एनआरएनका ‘इलिट’हरूप्रति लक्षित छ । बहुसंख्यक  आफ्नो काम गरेर जीवन निर्वाह गर्ने गैरआवसीय नेपालीलाई छोडेर द्वैध चरित्रधारी ठालु एनआरएनलाई लक्षित गरी यस्तो

पत्र लेख्नु पर्दा दुःख लागेको छ ।

मेरा अभिव्यक्ति उनीहरूलाई  मन नपर्न सक्छ  । द्वैध चरित्रधारीहरू  आफ्नो विचार र विश्वासमा कति अडिग हुन्छन् भने यिनीहरू सजिलै आफ्नो विचार फेर्न सक्तैनन् । इमानदारी, स्वस्थ र रचनात्मक व्यवहारले व्यक्तिहरूबीचको सम्बन्धलाई असल र सफल बनाउँछ, द्वैधचरित्रले सक्तैन ।

केही नेपाली विदेश बसाइ त्यागेर नेपाल फर्किएका छन् । तिनीहरू नेपालमा अझ ’राम्रो जीवन’ सम्भव होला भनेर आएका छैनन् । उनीहरू  आफ्नो सानै हैसियतबाट केही  गर्न  सकिन्छ कि भनेर  आएका  हुन् ।  अरू विदेश बस्ने  नेपाली मूलका व्यक्ति पनि  नेपाल फर्कनै  पर्छ  भन्ने   छैन । नेपालमा फर्केर सानो समूहलाई सहयोग गर्नेहरू धरै छन् ।  यो राष्ट्र निर्माण गर्न यस्ता धेरै साना समूहलाई सहयोग गर्नु जरुरी छ । सपना आयात गर्न सकिँदैन, यहीँ देख्न सक्नुपर्छ । तपाईंलाई इच्छा छैन भने कसैले कर लगाएर हुँदैन । यस्तै दृढनिश्चयी हुनुहुन्छ भने तपाईंलाई कसैले रोक्न सक्तैन ।

योगदान गर्न चाहने मानिसहरू पनि छन् तर तिनीहरूमध्ये कतिपय जोखिम उठाउन डराउँछन् । तपाईंहरूमध्ये कतिले जोखिम उठाउनुभएको छ र सफलतापूर्वक परिस्थितिसँग जुधिरहनु भएको छ ? पद्धति कम खतरनाक हुन्थ्यो भने तुलनात्मक रूपमा धेरै मानिस आफ्नो मनमा लागेको कुरा गर्न अगाडि सर्थे । तपाईंले किन यो पद्धतिका गल्तीहरू औँल्याउँदै तिनका समाधानमा नलाग्ने ? चीन र केही हदसम्म भारत पनि यसका राम्रा उदाहरण हुन् । ती मुलुकले विदेशमा भएमा जनशक्तिलाई पुँजीकृत गरिरहेका छन् । ती मुलुकहरू आफ्नो समाजको फाइदाका लागि विदेशमा भएका आफ्ना नागरिकहरूलाई मुलुकमै आकर्षित गर्ने ध्याउन्नमा छन् । मेरो यो पत्र नेपालका समस्याहरूका वास्तविक समाधान दिन सक्ने थोरै गैरआवसीय नेपाली बौद्धिकहरूप्रति भने लक्षित छैन ।

एडमन्ड हिलारी  नेपालमा जन्मिएका थिएनन् तर उनले आफ्नो जीवन नेपाली समुदायको भलाइमा समर्पण गरे । तेन्जिङ नोर्गे शेर्पा नेपालमा जन्मिएका भए पनि पछि उनी बसाईं सरेर भारत गए । मुख्य कुरा पहिचान होइन, काम हो । कामले तपाईंको पहिचान बनाउँछ ।

नेपालमा पनि आफ्नो क्षमताले भ्याएसम्मको काम गर्नेको कमी  छैन । तीमध्ये कतिपय चर्चामा नआएका होलान् । नेपालमा असल नियतले काम गर्दा नसकेर दिक्क भई विदेश पलायन हुने पनि छन् । यहाँ थोरै मानिस केही सकारात्मक परिवर्तन ल्याउन कम्मर कसेर लाग्नेहरू पनि छन् । तिनले हार मानेका छैनन् । कमसेकम  तिनको आशावादी व्यवहार र ऊर्जालाई त कदर गर्नुस् ।

कृपया गुनासोमात्रै गर्न चाहिँ छोड्नुहोस् । के तपाईंहरूमध्ये कोही नेपालमा शिक्षकका रूपमा काम गर्न चाहनुहुन्छ ? तपाईं महिनाको सरदर  ३० हजार रुपियाँ जति (वा त्यसभन्दा कम) कमाउन सक्नुहुन्छ । मलाई थाहा छ द्वैधचरित्र भएका ‘इलिट’ यस्तो काम गर्न नेपाल आउँदैनन् । बहुसंख्यक नेपालीले आधारभूत आवश्यकता बल्लतल्ल पूरा गरेको वा गर्न नसकेको जस्तो शैलीमा तपाईं गुजारा गर्न सक्नुहुन्न । द्वैधचरित्रवालाहरू चर्का स्वरमा ठूला कुरा गर्छन् तर काम भने केही गर्दैनन् ।
कुनै पनि प्रणालीमा खोट देखाउन सजिलो छ । मूर्खले पनि यस्तो काम सहजै गर्न सक्छ । यस्ता समस्याबाट मुलुकलाई मुक्ति दिलाउन तपाईंसँग समाधान र सुधारका उपायहरू छन् त ? राष्ट्रनिर्माणका खातिर नेपाल फर्किएर अप्ठेरो सहन तपाईं तयार हुनुहुन्छ त ? सम्भवतः तपाईं तयार हुनुहुन्न ।

बौद्धिकहरूको नेपाल र यहाँको विकासप्रति सकारात्मक धारणा छ भन्ने म ठान्थेँ तर म गलत रहेछुजस्तो लाग्न थालेका छ । जहाँसुकै र जस्तोसुकै हैसियतमा बसेका भए पनि म गैरआवासीय नेपालीको विरोधी चाहिँ होइन । गुनासा गरिरहने तर सकारात्मक परिवर्तन गर्न ढलेको सिन्को पनि  भाँच्न नतम्सिनेहरूको मात्रै विरोध गरेको  हुँ । फेसबुकमा फोटाहरू हाल्नुले मात्रै तपाईंलाई देशभक्त बनाउँदैन ।

हामीलाई यस्तो देखाउने देशभक्ति चाहिँदैन । यस्तो प्रवृत्ति त नेपालको कुनाकुनामा र विदेशमा रहेका धेरै नेपालीमा पाइन्छ । यहा कामको आवश्यकता छ । हामीलाई भोकालाई खानेकुरा, घर नभएकालाई छानो र आवाज  नभएकालाई आवाज दिनेको जरुरत छ । तपाईं संविधानको बारेमा आफ्नो फेसबुकको वालमा लेख्नुहुन्छ तर तपाईं आफैँले चाहिँ हाम्रो संविधान कहिल्यै पढ्नुभएको छ ? कुरै नबुझी आलोचना गर्नु कत्तिको उपयुक्त हो ? आलोचना गर्न सजिलो छ तर काम गर्नसक्ने समाधान खोज्न त्यति सजिलो छैन ।

मैले अमेरिका, अस्ट्रेलिया, बेलायतजस्ता मुलुकका चर्चित विश्वविद्यालयमा काम गर्ने तर नेपाललाई बौद्धिक र आर्थिकरूपमा पनि ठूलो योगदान दिएका नेपालीलाई  पनि चिनेको छु । राष्ट्रलाई तिनले दिएको असाधारण योगदानका लागि म सलाम गर्छु ।

देशभित्र बस्ने हुन् या बाहिर, नेपाली इलिटहरूको प्रवृत्ति अचम्म लाग्दो छ । यिनीहरू सार्वजनिक सवारी साधन प्रयोग गर्न रुचाउँदैनन् । आफू ठूला र महँगा कार किन्न चाहन्छन् तर नेपालमा सार्वजनिक यातायातको बारेमा गुनासो भने गरिरहन्छन् । यी इलिटहरू तीन हजार डलर पर्ने डीएसएलआर क्यामेराबाट नांगा सडक बालबालिका, बुढी महिला, साधुहरू, स्थानीय चिया पसल र भद्रगोल सवारी व्यवस्थापनको फोटो खिच्छन् र आफैंँलाई सामाजिक अभियन्ता ठान्छन् । अब तिनीहरू दौरा सुरुवाल र ढाका टोपीप्रति आकर्षित हुन थालेका छन् जुन उनीहरू धनी हुनुअगाडि वा विदेश जानुअगाडि कल्पनासम्म पनि गर्न सक्तैनथे ।

यस्ता बौद्धिकहरू आफूलाई सर्वसाधारण नागरिकहरूभन्दा बढी शिक्षित र धेरै जानेको सोचाइ पालेर बसेका छन् । यिनीहरू आफूले धेरै किताब पढेकाले, धेरै सभा समारोहमा भाग लिएकाले वा केही पुरस्कार थापेकाले आफूलाई सुसंस्कृत व्यक्ति ठान्छन् । अर्थात्, यिनीहरू आफूलाई अरूभन्दा बढी चतुर र होसियार ठान्छन् ।

विदेशका महागा विश्वविद्यालयबाट डिग्री लिन नसकेका र फरक ढंगले सोच्ने मानिस पनि छन् । त्यस्तो डिग्री लिन नसक्तैमा तिनीहरू मूर्ख त भइहाल्दैनन् नि ।

म सबै उस्तै हुन् भन्दिन । मसँग सहमत र असहमत हुन तपाईं स्वतन्त्र हुनुहुन्छ र तपाईंको असहमत हुन पाउने अधिकारका बारेमा विवाद गर्नुपर्दैन । यो समाज र मुलुकलाई वास्तवमै योगदान गर्न चाहनेहरूको भने खाँचो छ । त्यस्ता मानिस अब नेपाल फर्कनु पर्छ ।

म सुकिलो कांग्रेस बन्न सकिनँ

 

म सुकिलो कांग्रेस बन्न सकिनँ

दीपकराज जोशी
मेरो हजुरबुवा पदमराज जोशी तनहुँ खाल्टेको मुखिया हुनुहुन्थ्यो । बुबा गोविन्दराज जोशी आÏनै गाउँको विद्यालयको प्रधानाध्यापक । परिवारको स्थिति राम्रै भएकाले मलाई कहिल्यै पनि खानलगाउन दुःख थिएन । बुबा प्रधानाध्यापक रहेको त्रिभुवन माध्यमिक विद्यालयमा प्रारम्भिक कक्षामा पढ्दै थिएँ । मुखियाको नाति अनि प्रधानाध्यापकका छोरो भएकाले मलाई गाउँ र स्कुलमा लाडप्यार राम्रै मिल्थ्यो ।
बुबा गोविन्दराज जोशीले नेपाली कांग्रेसमा रहेर सक्रिय राजनीति पनि गर्नुहुन्थ्यो । उहाँको आÏनो सांगठनिक क्षमता र क्रियाशीलताले राजनीतिक हैसियत पनि कायम गरिसक्नुभएको थियो । उहाँको सांगठनिक कुशलता र लगनशीलताबाट भयभित तत्कालीन पञ्चायती प्रशासनले २०३२ सालमा त्रिभुवन मावि मानेचौकाबाट शिव मावि रिसिङ र २०३६ सालमा शिव मावि रिसिङबाट उहाँलाई सरस्वती मावि विनायक, अछाममा सरुवा ग¥यो ।

त्यसपछि बुबाले प्रधानाध्यापक र शिक्षक पदबाट राजीनामा दिई नेपाली कांग्रेसबाट आफूलाई पूर्ण रूपमा राजनीतिमा समर्पित गर्नुभयो ।२०४६ सालमा नेपालमा बहुदल आएपछि २०४८ सालमा भएको आम निर्वाचनमा बुबा गोविन्दराज जोशी माननीय सांसद अनि शिक्षामन्त्री हुनुभयो । पार्टीको केन्द्रीय राजनीतिमा पनि उहाँले आÏनो छवि राम्रै बनाइसक्नु भएको थियो । सरकार र पार्टी दुवैमा उहाँको पहुँच र प्रभाव विस्तार भइसकेको थियो ।
त्यतिबेला गोविन्दराज जोशीको छोरो म दीपकराज जोशी, नेपालमै आÏनै बलबुतामा सानोतिनो जागिर गर्थें । मलाई बुबाको पहुँच र प्रभावको प्रयोग गरेर जागिर खान मन लागेन । मभित्र कहिल्यै शिक्षामन्त्रीको छोरो हुँ भन्ने भाव पलाएन । मैले चाहेको भए त्यतिबेलै मालदार ठाउँमा नियुक्ति लिन सक्थें । कांग्रेसको प्रभावशाली नेताको छोरा भए पनि मैले बुबाको पहुँच र प्रभावसँग खासै मतलब गरिनँ ।
मभित्र आफैं केही गर्नुपर्छ भन्ने हुटहुटी थियो । त्यही हुटहुटीले मलाई अमेरिका पु¥यायो । अमेरिका जाँदा मसँग दुई सय डलर मात्र साथमा थियो । आÏनै बलबुतामा अमेरिका गएँ । म आÏनो छवि आफैं बनाउनुपर्छ भन्ने सोच भएको व्यक्ति हुँ । अमेरिकामा इन्डियनको रेस्टुरेन्टमा जुठो थाल उठाउनेदेखि ग्याँस स्टेसनसम्म काम गरियो तर यता नेपालमा गोविन्दराज जोशीको छोराको अमेरिकामा तीन वटा ग्याँस स्टेसन छ भन्दै पत्रपत्रिकाले लेख्दा यो मन नकुँडिएको भने होइन †कुन नियतले लेखे कुन्नि थाहा भएन । तर पनि पहिले रेस्टुरेन्टमा जुठो थाल उठाउँथें, अहिले ग्याँस स्टेसनमा काम गर्दै छु भनेर प्रतिक्रिया दिन मनले मानेन । सायद त्यतिबेला मभित्र रहेको अहं वा इज्जतको डरले छेकेर पनि हुन सक्छ ।

मभित्र आफैं केही गर्नुपर्छ भन्ने हुटहुटी थियो । त्यही हुटहुटीले मलाई अमेरिका पु¥यायो । अमेरिका जा“दा मस“ग २ सय डलर मात्र थियो । आफ्नै बलबुतामा अमेरिका गए“, म आफ्नो छवि आफैं बनाउनुपर्छ भन्ने सोच भएको व्यक्ति हु“। अमेरिकामा इन्डियन रेस्टुरेन्टमा जुठो थाल उठाउनेदेखि ग्या“स स्टेसनसम्म काम गरियो
बुबा शिक्षामन्त्री हुँदा छात्रवृत्ति लिएर विदेश पढ्न जान सक्थें तर मैले त्यसो गर्दा साँच्चै छात्रवृत्ति पाउनुपर्नेहरू वञ्चित हुन्छन् भनेर म आÏनै कोसिसले अमेरिका गएको हुँ र बरु अमेरिकामा भाडा माझेर पढें । तर, बुबाको पदको दुरुपयोग गरौं भन्ने लागेन । सायद मसँग नेपाली कांग्रेस बन्ने गुण थिएन त्यसैले म कांग्रेस बन्न सकिनँ ।
१७ वर्षको अमेरिकाको बसाइ पछि ग्रिनकार्ड छोडेर देशमा नै केही गर्न सकिन्छ कि भनेर फर्किएँ । जाँडरक्सी चुरोट मासु नखाने साधारण जीवन शैली भएको म यो राजनीतिक संस्कारमा घुलमिल हुनै सकिनँ । यो समाजको गरिब मानसिकतामा केही परिवर्तन गर्न सकिन्छ कि भनेर आज पनि म सम्भव भएसम्म पब्लिक बस र आवश्यक पर्दा स्कुटर चढ्छु । मलाई आशा छ एक दिन यो देशले फड्को मार्नेछ । मेरो मानसपटलमा यस्ता थुप्रै घटना छन्, जसलाई सोच्दा आङ नै जिरिंग हुन्छ †
सायद २०४२ सालतिरको कुरा हो । पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन गरेको अभियोगमा मेरो बुबा गोर्खा जेलमा हुनुहुन्थ्यो । म त्यतिबेला बाह्र÷तेह्र वर्षको थिएँ । दसैंको बेला टीका लगाउन गोरखा जेलमा जाँदा मेरा मनमा केके कुरा खेले होलान् ? खेलकुद परिषद्बाट फुटबलको कोचले फुटबल सिकाउन जाँदा म आफू नेपाली कांग्रेसको छोरो भएकै कारणले सिक्न नपाउँदा मभित्र कस्तो कुण्ठाले बास ग¥यो होला ?

एक घण्टा तीस मिनेटसम्म बाहिरबाट अरूले सिकेको हेरेर चित्त बुझाउनुपर्दा मेरो मन कति दुख्यो होला ? कपाल पाल्ने रहर भए पनि लामो कपालमाथि जबर्जस्ती कालो टोपी भाँचेर कांग्रेस बनेर देखाउनुपर्दा मेरा आÏना इच्छा के भए होलान् ? दसैंमा मेरा लागि पाइन्ट र कमिज किन्न मेरो आÏनै बुबा गइदिएको भए म कति खुसी हुन्थें होला ? जेलमा भएका बुबा घर फर्केर आउनुहुन्छ कि आउनुहुन्न भनेर दिन गन्ती गर्दै बसेका दिनहरू कस्ता थिए होलान् ? सामान्य लेखपढ गर्न जान्ने आमाले हामीलाई कसरी हुर्काउनुभयो होला ? कसरी पढाउनुभयो ? हामीलाई पत्तै भएन ।
बीपीको सपना साकार पार्न हिँडेका मेरा बुबासँग मेरो गृहकार्य हेर्ने फुर्सद कहिल्यै भएन र पनि देश र राजनीतिप्रति उहाँले आÏनो जिम्मेवारी निभाउनुभयो । त्यसबापत उहाँले के पाउनुभयो भन्नेतर्फ जान चाहन्नँ । मेरो मानसपटलमा अतीतदेखि वर्तमानसम्मका यस्ता थुप्रै घटना परिघटना अहिले पनि सल्बलाइरहेका छन् ।
तिनलाई सम्झँदा आज पनि आङ जिरिंग हुन्छ । कक्षा नौमा पढ्दै गर्दाको कुरा हो । नेवि संघको प्रचारप्रसारको काम गर्दा पञ्चायती व्यवस्था विरोधी गतिविधिमा लागेको आरोपमा पुलिसले पक्रेर थानामा लगी मलाई निर्ममतापूर्वक पिट्यो र पनि त्यतिबेला मभित्र झन् दृढता, उत्साह, हिम्मत अनि आत्मविश्वास बढेको अनुभूति हुन्थ्यो ।

नेविसंघको प्रचारप्रसारमा सहयोग गरियो जानेर वा नजानेर । थानामा लगेर पुलिसको पिटाइ खाँदा बीपी कोइरालाको सपना साकार हुन्छ होला जस्तो लाग्थ्यो । तर, बीपीको सपना चाहिँ के थियो ? त्यसको खासै जानकारी थिएन । लहैलहैमा गइन्थ्यो बेग्लै कुरा ।
तर, नेपाली कांग्रेस, कांग्रेसका नेता एवं कार्यकर्ताप्रति असीम निष्ठा र विश्वास थियो । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद मेरो मुटुको ढुकढुकी थियो । त्यसैले मलाई लाग्छ, म सच्चा नेपाली कांग्रेस थिएँ, प्रजातन्त्रको बिहानीको प्रतीक्षामा बाँच्दै थिएँ । बीच दमौली बजारमा अरूको जस्तै हाम्रो पनि घर छ ।
आज ती मेरा सबै छिमेकीको घर काठमाडौंमा पनि छ अनि सबैसँग गाडी पनि छ । हामीसँग पनि त्यति नै छ, जो उनीहरूसँग छ । बुबा गृहमन्त्री भएकै कारण एयरपोर्टमा पुलिस राखेबापत मेरो भाग हप्ताको लाखौं दिन्छु भन्नेहरूसँग इमान बेच्न सकिनँ तर मेरो बुबा पछिका गृहमन्त्रीका सन्तानले त्यो पैसा लिए कि लिएनन्, त्यसको खोजी कसले गर्छ ? म त सत्ता र स्वार्थको खोजमा इमान बेच्ने बाटोतिर कहिल्यै अघि सरिनँ । यसमा नै मैले गर्व गरेको छु ।

सादा जीवन, उच्च विचार र स्वाभाविक कर्तव्य एवं व्यवहारप्रति मेरो निष्ठा छ । ममा कांग्रेसप्रतिको श्रद्धा र विश्वास अझै गुमेको छैन । तर, म देश र जनतालाई बिर्सेर सत्ताको खोजमा इमान बेच्ने कांग्रेस भने बन्न सकिनँ । मलाई आशा छ, त्यो एक दिन आउनेछ र बीपीका सपना साकार हुनेछन् †
भनिन्छ, यो देश सतिले सरापेको देश हो । यहाँ जसले राम्रो गर्छ, राम्रो सोच्छ, त्यसको कहिल्यै भलो हुँदैन, यसको अर्थ यो पनि होइन कि असल कर्म गर्न नै छोडिदिऊँ † जिन्दगी एउटा यात्रा हो । मेरा लागि यो यात्रा सहज थिएन । मैले आफैंले रोजेको बाटोमा म हिँड्दै गएँ । म खुसी छु किनकि यो खुसी मैले रोजेको खुसी हो । कसैले थमाइदिएको खुसी होइन । आज देशको अस्थिर राजनीतिबारे सोच्ने हो भने हाम्रो चुपचाप बस्ने परिपाटी पनि उत्तिकै दोषी छ तर यथार्थमा म र म जस्ता परिवर्तन चाहने जमात सानो छ र नेपाली राजनीतिमा हामी अटाउन पनि सक्दनौं ।
अहिले म पेसाले कलेजमा पठनपाठन गराउँछु । धेरथोर पत्रिकामा लेख पनि लेख्छु । साथै सूचना प्रविधिको क्षेत्रमा पनि काम गर्छु । खुसी पनि छु आÏनो कर्मप्रति, कांग्रेस नबनेरै पनि ।FacebookTwitterEmailShare