गणतन्त्रवादी अमर शहीद ः तेजबहादुर अमात्य
गणतन्त्रवादी अमर शहीद ः तेजबहादुर अमात्य
–डा।ज्योति उपाध्याय८
सार संक्षेप
प्रजातान्त्रिक पद्धति नै समाप्त गरेर शाही सर्वोच्चतायुक्त पञ्चायती व्यवस्था स्थापना गरेका
राजा महेन्द्रलाई सबक सिकाउन चाहेको नेपाली काँग्रेसले सशस्त्र सङ्घर्ष नै शुरु ग¥यो । राजाका
कार्य ठीक नभएकाले रुष्ट जनताहरू जुनसुकै कदम उठाउन पछि पर्दैनन् भन्ने सन्देश दिएर
राजालाई समझदारीमा ल्याउन चाहेका तेजबहादुर अमात्य, सरोज कोइराला जस्ता तरुण नेताहरूले
राजामाथि नै आक्रमण गर्ने कार्यक्रम बनाएर अन्जाम नै दिए । त्यसबाट काँग्रेसको आन्दोलन उठाएर
अप्ठ्यारोमा पार्न सक्ने क्षमता भएका र आफ्नो प्रभावमै नआउने नेताहरूलाई हत्या गरेरै भए पनि
आफ्नो स्थिति सुदृढ बनाउने नीति लिएका राजालेप्रशासक एवं सुरक्षा निकायहरूलाई परिचालन गरे
। आफ्नो क्रियाशिलता र क्षमताले गर्दा मध्य क्षेत्रकै महत्वपूर्ण व्यक्तित्व बनेका तेजबहादुर अमात्यको
हत्या गराएर नेपाल दरबारले थालेको काँग्रेसी नेताहरूको हत्या गर्ने क्रम योगेन्द्रमान शेरचन, दिवान
सिंह राई, सरोजप्रसाद कोइरालाको हत्या गरेपछि वी।पी। एवं गिरिजाप्रसाद कोइरालाको हत्या प्रयास
गर्ने स्थिति सम्मै पुग्यो । त्यसबाट तत्कालका लागि केही फाइदा भए तापनि पछिका दिनहरूमा
दरबार एवं पञ्चायती व्यवस्थालाई नै अप्ठ्यारो पर्ने वातावरण विकास हुँदै गएर गणतन्त्र नेपाल भयो
। त्यसैले प्राण दिएर भए पनि नेपाली माटोमा गणतन्त्रको विजारोपण गर्ने तेजबहादुर अमात्यले
बालेको ज्योति नै यो परिवर्तनको कारक हो भन्दा फरक पर्ने छैन ।
पृष्ठभूमि
मध्य नेपालको दक्षिणी सिमानामा अवस्थित आधुनिक शहर वीरगञ्ज पहिले गहवा नामले
चिनिने तथ्य ऐतिहासिक अध्ययनबाट थाहा हुन्छ । रेलमार्गको सुविधा भएको भारतीय सिमावर्ती सहर
रक्सौलसँग सिमाना जोडिएको हुँदा व्यापारीक सामान ओसार–पसारदेखि मानवीय आवागमन सहज
हुने भएकाले वीरगञ्ज राणाकालदेखि नै महत्वपूर्ण नाका थियो । काठमाडौं उपत्यका प्रवेशगर्ने
सवैभन्दा छोटो बाटो भएकाले मध्य नेपालको यो तराई क्षेत्र पृथ्वीनारायण शाहको उदय कालदेखि नै
काठमाडौंलाई तराईक्षेत्र एवं भारतका प्रमुख व्यापारीक शहरहरूसँग जोड्ने मुख्य ठाउँ बनेको थियो ९
भट्टराई, २०५७ ः ८७–८८० । काठमाडौं उपत्यका लगायतका मध्य पहाडी क्षेत्रको आवागमनदेखि
व्यापारीक क्रियाकलापलाई सहज बनाउने मुख्य मार्ग वीरगञ्ज भएकाले यसलाई नेपालको मुख्य८ डा। उपाध्याय सरस्वीत बहुमुखी क्याम्पसमा इतिहास विषयको उप–प्राध्यापक हुनुहुन्छ ।
द्द
प्रवेशद्वारा मानेको पाइन्छ ९रेग्मी, सन् १९७१ ः १५१० । नेपालको इतिहासमा कलम चलाउने
विद्वान्हरूले नेपाल–भारत व्यापार तथा काठमाडौं उपत्यकासँगको मुख्य सम्पर्क गर्ने मार्ग
वीरगञ्जबाट नै भएको उल्लेख गरेकाले ऐतिहासिककालदेखि नेपालको जीवन पद्धतिसँग जोडिएको
प्रस्ट हुन्छ । आधुनिक नाम वीरगञ्ज रहनु अगाडि “गहवा” वस्तिका रूपमा परिचित यो क्षेत्रबाट
भारतको मुख्य सिमान्तको क्षेत्र रक्सौल तीन किलोमिटर दक्षिणमा पर्ने भएकाले भारत आवत–जावत
गर्न सजिलो हुन्थ्यो । त्यसले गर्दा यो क्षेत्रले विस्तारै बजारको रूप लिने क्रम अघि बढ्दै गएको भन्ने
कुरा एक शोधार्थीलेउल्लेख गरेका छन्९पराजुली, २०७३ ः ६४० ।
वर्तमान नेपालको मध्य क्षेत्रमा रहेको वीरगञ्ज नेपालको प्रमुख प्रवेशद्वार, काठमाडौं
उपत्यकाको अन्तर्राष्ट्रिय आवत–जावत र निकासी–पैठारीको मूल स्थलमार्ग बनेको छ । शुरुदेखि नै
देशको औद्योगिकीकरण, बाणिज्य व्यापारको क्षेत्रमा विशेष भुमिका खेल्दै देशका अन्य भागलाई पनि
औद्योगिक र व्यापारिक विकासको प्रेरणा दिएको क्षेत्र वीरगञ्ज राष्ट्रिय राजश्वको प्रमुख स्रोत पनि हो
। यातायात, सञ्चार विजुली, स्वास्थ्य सेवा खानेपानी सुविधा आदि जनजीवन र विकासका आारभूत
सेवाहरूको व्यवस्थाले गर्दा देशको प्रमुख शहरको कोटीमा पर्दछ । यो क्षेत्रले शहरको रूप धारण
गरेपछि जनजागरण र परिवर्तनको उद्घोष गर्ने भूमिको रूपमा पनि परिचित हुन पुग्यो । पूर्वी
तराईमध्ये भित्री मधेश र केही पहाडी भू–भागका क्षेत्रहरू ओगटेको वीरगञ्ज नारायणी अञ्लचको
प्रमुख आर्थिक केन्द्र हो । राणा प्रशासनको अङ्ग जस्तै बनेका एउटै परिवार जस्तै भएका पृथ्वीमान,
ज्ञानमान, गोपालमानहरूले ‘गहवा’ क्षेत्रलाई बासस्थान बनाएर बसेपछि तराईका जंगलमा शिकार
खेलन जाने, तीर्थाटन गर्न जाने लगायतका भारतजाने राणा परिवारका सदस्यहरू, श्री ३
महाराजहरूले पनि गहवालाई मुकाम बनाउने गरेका थिए । त्यसले गर्दा शुरु भएको बजारीकरण र
सुविधाहरू देखेपछि वीर शमशेरले अलौमा रहेका सरकारी अड्डाहरू त्यहाँ सार्ने आदेश दिएका थिए ९
भट्टराई, २०५७ ः १३–१४स पराजुली, २०७३ ः ६५० । त्यसपछि शुरु भएको वस्ति विकास क्रमशः बढ्दै
गएपछि वीरगञ्ज नामाकरण भएको पाइन्छ ।
मुलुकको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासमा ठूलो टेवा पु¥याएको यो नगर
राणाकालीन प्रशासनको महत्वपूर्ण केन्द्र थियो । वर्तमानमा सीमित क्षेत्रभित्र खुम्चिएको भए तापनि
राणा प्रशासनको एक प्रमुख केन्द्र वीरगञ्ज गोश्वारा अन्तर्गत हालको बारा, पर्सा, रौतहट, सर्लाही र
महोत्तरी सम्मको प्रशासनिक दायित्व बोकेको केन्द्र थियो ९वैद्य र मानन्धर, २०५३ ः ४७–५१ र १८१–
१८८० । वीरगञ्जलाई प्रशासकिय केन्द्र बनाएर तराईको धेरै भू–भागमा प्रशासनिक व्यवस्था गर्न,
राजश्व सङ्कलनका साथै विकास निर्माण आदिको व्यवस्था मिलाउन धेरै जनशक्तिको जरुरी भएपछि
प्रशासनिक उच्च ओहोदाका भारदारदेखि सेना र पुलिसलाई पनि खटाउने काम भयो । जसले गर्दा
घ
काठमाडौं लगायत देशका विभिन्न क्षेत्रबाट त्यहाँ पुगेका कर्मचारीहरूले आफ्ना परिवारदेखि
नलनातालाई लाने–बोलाउने गरेर समूहगत रूपमा बसेर कृषि, व्यापार लगायतका काम गर्न थाले ।
जसले गर्दा वीरगञ्ज सवैको बसोबासको केन्द्र बन्न थाल्यो । राणा प्रशासनका महत्वपूर्ण पदहरूमा
काम गर्ने परिवारदेखि सेना, प्रहरी, उच्च ओहोदाका व्यक्तिहरूसम्मले बासस्थल बनाएपछि वीरगञ्जमा
उद्योग–व्यापार, यातायात, शिक्षा, आदिका पूर्वाधार तयार हुँदै मानव समुदायलाई प्रभावित पार्ने स्थिति
बन्यो । परिणाम स्वरूप सामाजिक आर्थिक, सांस्कृतिक, राजनैतिक परिवर्तनका लागि आफ्नो सर्वस्व
अर्पण गर्ने पुत्ररत्नहरू वीरगञ्जका माटोमा जन्मिने–हुर्किने गरेर मानव जगत्लाई तरङ्गीत पार्ने काम
गरे । जसबारे विश्लेषणका लागि विषद अनुसन्धानको आवश्यकता पर्ने भएकाले यो लेखलाई राणा
विरोधी आन्दोलनको संक्षिप्त चर्चासँगै राणा शासन विरुद्धको क्रान्तिमा लागि नेपालको पहिलो
जनसरकार प्रमुख बनेर महत्वपूर्ण कार्य गरेका, र शाही निरंकुशता विरुद्ध उत्रिई शहादत वरण गर्ने
तेजबहादुर अमात्यको विश्लेषणात्मक अध्ययनमा केन्द्रित गरिएको छ ।
तथ्य विश्लेषण
राणा विरोधी आन्दोलनको विकास र तेजबहादुर अमात्यको जन्म
ससाना ५४ वटा विभाजित राज्यहरूलाई एकताको सूत्रमा बाँध्ने काम पृथ्वीनारायण शाहले
गरेका थिए । उनले राज्य संचालनका लागि बाँधेका थितिलाई उनकै उत्तराधिकारीहरूले उल्लंघन
गरेपछि सुरु भएको सत्ता–सङ्घर्षले नेपाल दरबारमा षडयन्त्रात्मक राजनीति बढ्दै ग¥यो । एकीकृत
राज्यको निर्माणमा रगत पसिना बगाएका जनताका छोराहरूलाई पाखा लगाएर आफ्नो स्वार्थ सिद्धमा
सघाउनेहरूलाई काखि च्याप्ने कार्यमा राजपरिवारका सदस्यहरू नै लागेपछि बढेको सत्ता सङ्घर्षले
हिंसात्मक रूप ग्रहण गरि थापा शासन हुँदै राणा शासनको स्थापना गरायो ९गौतम, २०७४ ः १० ।
वि।सं। १९०३ साल आश्विन २ गते राती तरबार, खुकुरी जस्ता हतियार प्रयोग गरि कोतपर्व नामक
नरहत्या मच्चाएको जंगबहादुरलाई प्रधानमन्त्री तथा सेनापति बनाएकी रानी राज्यलक्ष्मीले उनै मार्फत्
आफ्नो अवैधानिक चाहना पुरा गर्ने प्रयत्न गरिन्। रानीको मनपेट बुझेका प्रधानमन्त्री जंगबहादुरले
पाण्डे तथा थापा, चौतरीया, बस्नेत आदि आफ्ना विरोधी देखिने घरानाका प्रमुख भारदारहरूको हत्या
गरि प्रधानमन्त्री बने । समय क्रममा राजा राजेन्द्रसँगै रानी राज्यलक्ष्मीलाई पनि काशीबास जान
विवश पारेपछि राजगद्दीमा राखेका राजा सुरेन्द्रको सहयोगमा राणाहरूको पारिवारिक शासन स्थापित
गरे । पंण्डित विजयराज पाण्डे जस्ता अवसरवादी चाटुककार ब्राह्मणको साथ सहयोग लिएर
जंगबहादुरले आफु र आफ्ना भाइछोराहरूमा मात्र जानेगरी उत्तराधिकारकिो क्रम निर्माण गरी कास्की
र लम्जुङ्गको श्री ३ महाराजको उपाधि दिन राजा सुरेन्द्रलाई बाध्य गरे । त्यसपछि राजाका सम्पूर्ण
अधिकारहरू हातमा लिएर आफ्नो राणा कुलमा महाराज परम्पराको स्थापना गराए ९उपाध्याय,
द्ध
२०५४ ः १–२० । यसरी नेपालमा सुरु भएको पारीवारिक शासनलाई क्रमशः कठोर बनाउँदै राणाहरूले
राजाका सबै अधिकार खोसेर प्रशासनिक केन्द्रीकरण गरि जनतालाई उपेक्षा गर्ने काम गरे । परिणाम
स्वरूप सामन्ति समाजमा परिणत भएको नेपाली समाज नातावाद कृपावादमा आधारित प्रशासनिक
संरचनाले शासन चलाउने र शासकवर्गका कार्य–व्यवहारलाई नियतीको खेल मानेर स्वीकार गर्नू पर्ने
परिवेश संस्थागत भएको थियो ।
राणा परिवार र तिनका नातागोता बाहेकले राजनीतिक गतिविधि गर्दा देशको शान्ति
सुव्यवस्थामा खलल पु¥याएको, गाथगादी ताकेको आरोप लगाउँदै मृत्यू दण्ड सम्मको सजाय दिने
प्रवृत्ति संस्थागत भएकोले राणाकालमा नागरिक अधिकार टाढाको विषय भएको थियो । योग्यता
प्रमाणित नभैकन नै स्थायी शक्तिका भरमा आकर्षक जागीर पाउने पजनी प्रथा संस्थागत थियो ।
त्यसबाट ठूलाबडा खानदानमा परिणत भएकाहरू स्वामी भक्ति देखाएर समाजमा प्रभाव पैmलाउँदै
जनतामाथि शोषण गर्दथे । सामान्य जनताहरू बोल्ने विरोध गर्ने स्थितिमै थिएनन्। कुटो कोदालामा
भूलेर जीवन निर्वाह गर्ने जनतालाई ऋण सापटी दिएर व्याज नजराना खाने घरानियाहरू
दरबारीयाका मतियार बनेर शिक्षा लगायतका सुविधाहरू लिने ध्याउन्नमा लाग्दथे ९वैद्य, २०७६
आश्विन ५० । जनताको ठूलो जमातलाई भोक, शोक, अशिक्षा अज्ञानताबाट ग्रस्त भएको स्थितिमा
राष्«ट्रकोढिकुटीलाई निजी पेवा सरह प्रयोग गर्ने राणाहरू आफुलाई नेपाल र नेपालीकै भाग्य विधाता
ठान्दथे ।
यसप्रकार आर्थिक दृष्टिकोणले शोषणयुक्त, सामाजिक दृष्टिकोणले व्यभिचारी र प्रशासनिक
दृष्टिकोणले केन्द्रिकृत नेपालको राणा शासनलाई एक इतिहासकारले विश्व प्रसिद्ध तानाशाह हिट्लर–
मुसोलीनीको निरंकुश र निर्दयी शासनसँग तुलना गरेको पाइन्छ ९रेग्मी, सन् १९५८ ः २६० ।
जनतालाई स्वतन्त्रतापूर्वक हिँडडुल गर्न देखि मनलागेको घर बनाउन र चाहेको जस्तै लवाई खवाई
गर्न पनि नदिएर रैतीको दर्जामा राखेका राणाहरूको प्रशासनिक संरचना धान्न र चलाउन केन्द्रदेखि
स्थानीय तहसम्म भारदारदेखि कारिन्दासम्मको प्रबन्ध गरेका हुन्थे । राणा परिवार र तिनका नातेदार
भित्रबाट बनेका हाकिमहरूको अधिनमा कामगर्ने भारदारहरूलाई ठाउँ र स्थिति हेरेर पद दिने
कार्यक्षेत्र तोक्ने र जिम्मा दिने कार्य गरिन्थ्यो । केन्द्रदेखि स्थानीय तहसम्म राणाहरूका विश्वास पात्र
बनेर पद प्रतिष्ठा पाएका र हुकुमको तामेली गरेर प्रियपात्र बन्दै आफ्नो उन्नती प्रगति गरेका
भारदार परिवारहरू जागिरका लागि पुगेका कतिपय ठाउँलाई कर्मक्षेत्र बनाएर पुख्र्यौली स्थान छाडेर
स्थानीय बसोबास गर्ने, त्यतैको परिवेशमा रमाएर गतिशील हुने स्थिति पनि हुन्थ्यो ।
राणा शासनमा लगाएको कर एवं बेठ बेगार नै राजश्वको ठूलो हिस्सा हुने प्रचलनले गर्दा
जनताहरू स्थानीय सामन्त मार्फत् शोषणमा परेका थिए । अन्याय थाहा पाएर पनि बोल्न निषेध
छ
गरिएको त्यो समयमा कसैले बोल्न विरोध गर्न खोजेमा डरलाग्दो दण्ड सजाय भोग्नु पर्दथ्यो । यस
प्रकार जनतालाई रैति र राजालाई नामै मात्रका बनाएर निरंकुश पारिवारिक शासन चलाइरहेका राणा
शासकहरूमध्ये पढेलेखेका तर बढी निरंकुश मानिएका चन्द्र शमशेरको शासनकालमा परिवर्तनका
किरणहरू उत्पन्न भए । राणा शासनका पाटपूर्जाको भूमिका निभाउने केन्द्रदेखि स्थानीय तहसम्मका
सामन्त एवं कारिन्दाकै परिवार भित्रबाट देखिएका यस्ता किरणहरू नै नेपाली क्रान्तिका आयामका
रूपमा विकसित भए । दरबारले पत्याएका आचार्य, कोइराला, सिंह, अमात्य जस्ता भारदार परिवारमा
जन्मिएर पनि पितापुर्खाको धर्म र चाहना विपरित क्रान्तिपथ चुनेका केही व्यक्तित्वहरूमध्ये पर्सा
वीरगञ्जको प्रशासक हुँदाहुँदै पनि समाज सुधारकको छवी समेत बनाएका डिठ्ठा ललित बहादुर
अमात्य र योगकुमारी अमात्यको माइला पुत्रका रूपमा जन्मिएका तेज बहादुर अमात्य पनि एक थिए
९दूबे, २०७६ आश्विन २७स भट्टराई, २०५२ ः १००० । वि।सं। १९७७ मंसिरमा जन्मिएका, सुखी सम्पन्न
बाल्यकाल विताएका र साथीभाइको दृष्टिकोणमा सरल र सोझा मिजासका सहयोगी व्ग्यक्तित्वको
छबी बनाएका तेजबहादुर अमात्य सुवर्ण शमशेरको संगतमा परेपछि राजनीतिमा आकर्षित भएर
प्रजातान्त्रिक आन्दोलनका पर्याय बन्न पुगेको पाइन्छ ।
प्रारम्भिक दिनहरू र राजनैतिक संलग्नता
मकवानपुर राज्यको सेनवंशी राजा माणिक्य सेनले सन्१७६४ मा राजगद्दी आरोहण गर्नासाथ
वर्तमान पर्सा जिल्लाको मध्य भागमा पर्ने महुबनमा पारसनाथको शिवलिङ्गसँगै एक मठ स्थापना
गरेको कुरा इतिहासकारहरूले उल्लेख गरेको र सोही पारसनाथ मठका नामबाट पर्सा जिल्लाको
नामाकरण भएको उल्लेख पाइन्छ ९सूचना विभाग, २०३१ ः ११४५–११४६० । आफ्नो राज्यको एक
हिस्सा भएकाले आवागमन सहज बनाउन माणिक्य सेनले पर्सागढीको बाटो खोले । यसरी पर्सा
गढीको बाटो खुलेपछि समयक्रममा काठमाडौंदेखि भारतसम्म आवत–जावत गर्ने मार्ग विकास
भएकाले नेपालको व्यापार व्यवसाय गर्नेदेखि प्रशासनिक पदहरूमा कामगर्नेहरूले बसोबासका लागि
पर्सा गढी रोज्न थाले । बाघ, भालु, मृग, जरायो, गैँडा प्रशस्त पाइने घना जंगल भएको तराइ क्षेत्रमा
राणा शासकहरू सँगै अन्य उच्च प्रशासकहरू सिकार खेल्ने, छुट्टी मनाउने, काठमाडौंको जाडो छल्ने
र राजश्व उठाउने लक्ष्य लिएर बेला बेलामा तराई झर्ने र पर्सा जिल्लालाई केन्द्र बनाएर बस्ने गर्दथे
। राणा प्रशासनका अंग बनेका कतिपय भारदारहरू यहाँको स्थिति, ठाउँ आदिसँग परिचित भएर
जग्गा जमिन जोड्ने, आफन्तहरूलाई ल्याएर बसाल्ने कार्य पनि गरेमा थिए ९वैद्य, २०७६ आश्विन ५०
। उर्बर कृषि भूमि मलिलो माटो र उष्ण मनसुनी हावापानी भएको कारणले मानविय बसोबासको
केन्द्र बन्दै गरेको वीरगन्जमा उन्नाइसौँ शताब्दी शुरु हुनुभन्दा पहिल्यैदेखि नै नेपालको पहाडी
प्रदेशबाट बसाइ सरेर पर्सा आउने प्रक्रिया चलेको पाइन्छ । त्यसै क्रममा ललितपुर कुपण्डोल कान
ट
देवता निवासी पृथ्वी बहादुर अमात्य राणा प्रशासनको विभिन्न ठाउँमा कामगर्दै आठपरियाहरूको
हाकिम भएर सेवा निवृत्त भएपछि राजधानीभन्दा बाहिर गएर जीवनयापन गर्ने सोच अनुरूप
वीरगञ्जतर्फ लागे । पत्नी चन्द्रकुमारी अमात्य र ललित बहादुर अमात्य एवं चक्र बहादुर अमात्य
समेतका ३ छोरा सहितको परिवार लिएर राजधानीबाट बसाइँ सरी पर्सा पुगि जमिन किनेर खेतीपाती
गरेर बस्न थाले ९अमात्य, २०७६ भाद्र १९० ।
राणा शासकहरूलाई रिझाएर सम्पन्न हुने प्रवृत्ति संस्थागत भएको त्यो समयमा जागिरे जीवन
पछि वीरगञ्ज झरेर जीवनयापन थालेका पृथ्वीबहादुर अमात्यले छोरालाई उच्च शिक्षा दिएर पदमा
पु¥याउने चाहना भएकाले भारत पढाउने विचार गरेका थिए । नेपालमा शिक्षाको विकास हुन
नसकेकाले अंग्रेज साम्राज्यको विस्तार भएको मुलुक भारतका विभिन्न ठाउँहरूमा स्कूल कलेजहरू
खुल्दै गएका थिए । जीवनमा शिक्षाको महत्व बुझेर राणाहरूलाई रिझाएर प्रशासनिक पदमा
पुग्नेहरूबाट आफ्नो सन्तानलाई भारतमा पढाउने चलन भएकाले वीरगञ्जका कतिपय तरुण–
युवाहरू रक्सौल, मोतीहारी, मुज्जफरपुर पटना दरभंगा आदि भारतीय शहर एवं तीनका नजिक पुगेर
शिक्षा आर्जन गर्दथे ९भट्टराई, २०५७ ः ७१० । पृथ्वीबहादुर अमात्यले पनि छोरालाई प्रशासनको
महत्वपूर्ण पदमा पु¥याउने उद्देश्यले भारतको रक्सौल, पटना, दरभंगासम्म पठाएर अध्ययन गराई छोरा
ललितबहादुर अमात्यलाई राणा प्रशासनको डिठ्ठा बनाउन सफल भए ९राजभण्डारी, २०७६ भाद्र २०० ।
पद–प्रतिष्ठा पाएपछि राणा शासकलाई रिझाएर जनताको शोषण गर्ने प्रवृत्ति अत्यधिक भएको त्यो
बेलामा समाजको प्यारो बनेर बढेका डिठ्ठा ललितबहादुर अमात्य समाजमुखी कार्यगर्न रुचाउने,
जनताका समस्या समाधानका लागि अग्रसर रहने र सामाजिक भेदभाव अन्तगर्न कटिबद्ध रहने कार्य
गर्दै समाजको दिल जित्न सफल भएका थिए । राणाहरूको एकतन्त्रिय शासनमा जकडिएको नेपाली
समाजमा विस्तारै प्रवेश गर्न थालेका स्वतन्त्रताका किरणहरूले नयाँ कदमतर्फ सोच्ने प्रवृत्ति पनि
जगाउँदै थियो ।
अशिक्षा र गरिबीले प्रताडित अधिकांश नेपाली समाज राजनीतिक मूल प्रवाहबाट टाढा रहेको र
देशका ठूलाबडा भनाउँदा भारदार, सामन्तसम्म पनि चूप बस्ने स्थिति रहेको नेपाली समाजको एउटा
हिस्सा पर्साको वीरगञ्जमा क्रियाशील प्रशासक ललितबहादुर अमात्यले फरक व्यक्तित्वको छाप पार्ने
काम गरे ९गौतम, २०७४ः२स भट्टराई, २०५२ ः १०१० । कर्तव्यपरायण र उदारमना योगकुमारी देवीको
साथसहयोगमा समाज सुधार र समाज सेवाको क्षेत्रमा सक्रिय भई व्यक्तिगत सम्पत्ति लगाएर
समाजमा विद्यमान कुसंस्कार एवं भेदभावमूलक क्रियाकलापहरू अन्त गर्न लागेकाले आजसम्म पनि
त्यस क्षेत्रको समाज सुधारकको रूपमा आदरसाथ नाम लिइने डिठ्ठा ललित बहादुर अमात्यको
क्रियाशिलताबाट बालक तेजबहादुर अमात्य प्रभावित भएको, प्रेरणा प्राप्त गरेको सुन्न र पढ्न पाइन्छ
ठ
९गोर्खाली, २०४७ ः २स भट्टराई, २०५२ ः १०१स शाह कानु, २०७६ असोज २७० । आफ्ना
क्रियाकलापबाट प्रभावित हुने घरको ढोकामा दिन–दुःखी याचक बनेर उभिएको देख्नासाथ भएको कुरा
दिन नहिचकिचाउने छोराको स्वभाव देखेका डिठ्ठा साहवले भविष्यमा नाम कमाउँछ र महत्वपूर्ण
कामगर्छ भन्दै छोरो तेजबहादुर अमात्यलाई शिक्षा प्राप्तितर्फ लगाएको भन्ने कुरा परिवारभित्र हुने
कुराकानीबाट पटक पटक सुनिएको भन्दै छोराछोरीहरूले जानकारी दिएका छन्।
भक्तबहादुर अमात्य र दोलेन्द्र बहादुर अमात्य नामका दाजभाइको बीचमा माइलो छोराका
रूपमा जन्मिएका तेज बहादुर अमात्यका दुई दिदी बहिनीहरू रहेको थाहा हुन्छ । वीरगञ्ज स्थित
प्राथमिक विद्यालयमा प्रारम्भिक शिक्षा ग्रहण गरेपछि रक्सौलको हजारीमल् माध्यमिक विद्यालयबाट
म्याट्रिक परीक्षा उत्तीर्ण गरेका यिनी वीरगञ्जका थोरै शिक्षित युवाहरूमध्ये एक थिए । राज्यले
पत्याएको भारदार र समाजको प्रतिष्ठित व्यक्तिका सन्तान भएकाले अभावबिना हुर्किएका तेजबहादुर
अमात्यमा पिताकोपद प्रतिष्ठा र घरको सम्पन्नताको लेसमात्र प्रभाव परेको थिएन । नेपालका गान्धी,
पिताजी गरीबका संरक्षक बनेर नेपाली जनताको यथार्थ स्थिति राणा सरकारलाई अवगत गराउन
नडराएका कृष्णप्रसाद कोइरालाले मेची महाकाली चुरोट पैठारी र भन्सारको ठेक्का पाएको स्थितिमा
पनि मोरङ केन्द्रित भएर सामाजिक उन्नती, परिवर्तन र सुधारमा ध्यान केन्द्रित गरे जस्तै पर्सा क्षेत्रमा
सामाजिक विसंगति, कूप्रथा, आडम्बर, रुढीवाद र सामाजिक विकृति हटाउन लागि परेका डिठ्ठा
साहेवको माइलो पुत्र तेजबहादुर अमात्यको सानैको स्वभाव सहयोगि बानीले गर्दा शुभेच्छुक एवं
आफन्तहरूबाट सानोबाबुको सम्बोधन पाएका थिए ९उपाध्याय, २०७६ ः ३स गोर्खाली, २०४७ ः २० ।
पिताको क्रियाशिलता र सक्रियता देखेर सानैदेखि सामाजिक गतिविधिमा संलग्न हुन थालेका
तेजबहादुर अमात्यमा त्यसप्रति विस्तारै लगाव बढ्दै गएको थियो । राणा परिवारमै जन्मिएर
रोलक्रमको नजिक पुगेपछि पारिवारिक षडयन्त्रको चपेटामा परेर काठमाडौं चार भञ्ज्याङबाट
धपाइएका हिरण्य शमशेरको छोरा सुवर्ण शमशेरले वीरगञ्जलाई कार्यक्षेत्र बनाएर अघि बढेपछि
राजनैतिक गतिविधिमा संलग्न भएका तेजवहादुर सङ्घर्षबाट कहिल्यै पछि हटेनन्।
वि।सं।१९९० को भू–कम्पको चपेटाबाट आहत नेपालीहरूको स्थितिमा सुधार गर्न राहत सुविधा
र पुनः निर्माणमा ध्यान केन्द्रित गर्नको सट्टा सत्ता सङ्घर्षको होडमा लागेका राणाहरू आफैंले एक
अर्कालाई खत्तम गर्न लागे । त्यसका अन्तमा ‘सी’ वर्गका राणाहरूलाई रोलक्रमबाट हटाएर काठमाडौं
उपत्यकाबाट बाहिर धपाउने निर्णय नै गरेपछि वि।सं। १९९० को चैत्र महिनामै रुद्र शमशेर, हिरण्य
शमशेर, महावीर शमशेर, प्रभाव शमशेर आदि उच्च पदमा रहेका राणाहरू परिवार सहित चार
भन्ज्याङ कटाइएका थिए ९सुवेदी, २०४७ ः२२–२३० । कुनै अपराध नगर्दा पनि अपमानपूर्वक
निस्काशित गरिएको यो घटनाले शिक्षित सुवर्ण शमशेरको मनमा गहिरो चोट पुग्यो । त्यसपछि सुवर्ण
ड
शमशेर कलकत्ता पुगेर आफुहरू नेपालबाट लखेटिएको घटनालाई बताउँदा अंग्रेजहरूले राजनीतिमा
यस्तो हुन्छ भनी सान्त्वना दिएका थिए ९आचार्य, २०६० ः १३० । आफ्ना पितासँग उद्योग व्यवसाय
गरी कलकत्तामै बस्न थालेका सुवर्ण शमशेर समयको माग र मिहनती स्वभावले गर्दा आर्थिक
संवृद्धिको यात्रामा बढिरहेको बेला प्रधान मन्त्री भएका पद्म शमशेरले पिता हिरण्य शमशेरलाई
काठमाडौं डाकेर धनकुटाको वडाहाकिम बनाएपछि पितासँगै गए । छोटो समयमै पिताको वीरगञ्ज
सरुवा भएपछि सँगै गएका उनले त्यहाँको कार्य सम्पादनमा सघाउनेदेखि राजनैतिक सुधारका लागि
पद्म शमशेरलाई सल्लाह सुझाव दिन थाले । सुवर्णले आधुनिक विश्व चेतनातिर आकृष्ट हुन पद्म
शमशेरलाई दिएको सल्लाह र प्रेरणाले गर्दा नेपालमा २००४ को वैधानिक कानून घोषणाको स्थिति
बनेपछि रिसाएका मोहन शमशेरलेमानसिक यातना नै दिएर पद्म शमशेरलाई पदबाटै राजीनामा दिन
बाध्य बनाए ९धरावासी, २०६९ ः ४३– ४४० । त्यो घटनापछि फेरी भारत गएका सुवर्ण शमशेरले
राजनैतिक गतिविधिमा संलग्न हुने निश्चय गरेर तयारी थाले ।
पिता हिरण्य शमशेर वीरगञ्जका वडाहाकिम भएपछि कार्यक्षेत्र वीरगञ्ज बनाएका सुवर्ण
शमशेर राजनैतिक गतिविधिमा लागेका हुन् ९दुबे, २०४७ ः ३३० । वीरगञ्ज बस्दा सक्रिय व्यक्तित्व,
खेलकुँदका सौखिन र क्षमतावान तरुणहरू आदिसँग सम्पर्क राख्दै सम्बन्ध विस्तार गर्ने काम गर्दा
तेजबहादुर अमात्यलाई भेटेका सुवर्ण शमशेरले मनपराइ हाले । झण्डै झण्डै उस्तै उमेरका ९यथार्थमा
दुवैको उमेर १० वर्ष फरक पाइन्छ० दुई तरुण भेट भएपछि र दुवैका कुलिन संस्कार–आनीवानी पनि
मिलेपछि सुरु भएको मित्रता घनिष्टतामा परिणत भयो ९राजभण्डारी, २०७६ भाद्र २०० ।
बेलाबखत पद्म शमशेरले बोलाएर काठमाडौं गइरहने सुवर्ण शमशेरले एक पटक फर्केपछि देशभित्र
बस्ने दिन नभएकोले म अहिलेजान्छु उचित समयमा बोलाउँदा आउनु भनी मोहन शमशेर र उनका
समर्थकहरूबाट जे पनि गर्न सक्ने सङ्केत दिई कलकत्ता प्रस्थान गरे । हरेकजसो क्रियाकलापमा मन
मिल्ने साथी त्यसरी गएपछि राणा शासनप्रतिशत उत्पन्न आक्रोस र घृणाले गर्दा राजनीतिमा लागेर
राणाशासन फालि छाड्ने प्रण गरेका तेजबहादुर अमात्य वीरगञ्जका तरुणहरूलाई सङ्गठित गरेर
काँग्रेसको निकट पुग्ने तर्फ लागे । जसबाट राजनैतिक संलग्नताको परिस्थित बन्न गयो ।
काँग्रेसी राजनीतिको थालनी र अमात्यको प्रवेशः
दोस्रो विश्वयुद्धले कलकत्तामा ठूला ठूला उद्योग–व्यवशाय गरेकाहरू असुरक्षा महसुस गरेर
आफ्ना प्रतिष्ठानहरू सस्तोमै बेच्न तयार भएको बेला भारत निर्वासनमा रहेका हिरण्य शमशेर–
महाविर शमशेर आदिले कम लागतमै किनेकाले युद्ध समाप्तिपछि ठूला पूँजीपति बनेका थिए ९सुवेदी,
२०४७ ः २४० । अपमानपूर्वक नेपालबाट आपूmलाई धपाउने ए वर्गका राणाहरूसँग बदला लिन
ढ
चाहेका यिनीहरूमा सम्पन्नता सँगै नेपालको राणाशासन समाप्त गर्ने चाहना बढ्दै थियो । नेपालको
राणा विरोधी आन्दोलनमा लाग्नेलाई आर्थिक लगायतका सहयोग दिदै आएका यिनीहरू कलकत्तालाई
नै राणा विरोधी आन्दोलनको केन्द्रविन्दु बनाउने प्रयासमा थिए ।
नेपालमा सुधारवादी धारणा राख्दा सर्वश्व गुमाएर भारत निर्वाशित कृष्णप्रसाद कोइराला
भारतीय स्वतन्त्रता आन्दोलनको प्रभावमा परे । छोराहरू समेत त्यसमा लागेपछि पनि नेपाल फर्केर
गतिशील हुने अवसर पाएका उनी जुद्ध शमशेरको समयमा पक्राउ परेपछि जेलमै जीवन गुमाए ।
राणाहरूको नीतिले भएको यो मृत्यूले गर्दा सिङ्गै कोइराला परिवार राणाशासन विरुद्ध सक्रिय भयो ।
त्यसै क्रममा भारत स्वतन्त्र हुने निश्चित जस्तै भएपछि भारतीय नेताहरूको सल्लाहमा राणाशासन
समाप्त गर्ने आन्दोलनगर्ने सङ्गठन बनाउन गर्न वी।पी। कोइराला सक्रिय भए । आवश्यक
गृहकार्यपछि भारत केन्द्रीत सङ्गठन निर्माण गर्ने लक्ष्य लिएका वी।पी। ले पटनाको सर्चलाइट र
कलकत्ताको अमृतबजार पत्रिकामा अपिल प्रकाशित गरे ९थापा, पौडेल र तिवारी, २०६७ ः १० ।
त्यसपछि शुरु भएका गतिविधिको क्रममा जयप्रकाश नारायण र राममनोहर लोहिया आदि भारतीय
नेताहरूको सहयोग एवं निर्देशनमा वि।सं। २००३ साल कार्तिक १२ गते अखिल भारतीय नेपाली
काँग्रेस गठन गरेर तदर्थ समिति बनाइयो ९जैन, सन। १९५९ ः १२९० । त्यसपछि चलेका वहस र
क्रियाकलापका अन्तमा विधिवत सम्मेलन गरेर सङ्गठन बनाउन कलत्तामा एक सम्मेलन आयोजना
गरियो ।
वी।पी। को अपिलदेखि नै जोडिएर सहयोग पु¥याउँदै आएका नेपालीहरूको सहयोगले गर्दा सुरु
भएको सङ्गठन निर्माण प्रक्रियाले सम्मेलनको तयारी पूरा ग¥यो ९चटर्जी, सन्१९८२ ः ७७– ७८० ।
वि।सं। २००३ साल माघ १२– १३ गतेको कलकत्ता सम्मेलनमा नेपाल जेलबाट भागेर भारतमा
भूमिगत भएका गणेशमान सिंहदेखि देशभित्र क्रियाशिलहरू र भारतमा रहेका इच्छुक नेपालीहरूसमेत
जुटेर नेपाली राष्ट्रिय काँग्रेस बनाएपछि वी।पी। लाई कार्यवाहक सभापतिको जिम्मा दिइयो ९गौतम,
२०६० ः ११३स सिंह, २०५८ ः २४३–२४५स उपाध्याय, २०५४ ः १२२–१२४० । नेपाली राष्ट्रिय
काँग्रेसको नेतृत्व पाएपछि अद्भूत गतिशिलता थालेका वी।पी। ले सिद्धान्तकार समेत बन्दै राष्ट्रिय
काँग्रेसको ध्येय बारे युगवाणि पत्रिकाका माध्यमले जनसमक्ष पु¥याउन थाले ९गिरि,, २०६६ ः क्ष्क्ष्० ।
राणा शासनको समाप्ति र उत्तरदायि शासनको स्थापनाको लक्ष्य लिएको यो दल अहिंसात्मक
आन्दोलन समेतका प्रस्ताव पास गरि गतिविधिमा बढ्यो । यसै कार्यमा सक्रिय नेता वी।पी।
कोइराला, गणेशमान सिंह, महाविर शमशेर आदिसँग भेट्ने अवसरबाट प्राप्त जानकारी समेतले राणा
विरोधी आन्दोलनमा लाग्ने निश्चय गरेका तेजबहादुर अमात्य रक्सौल केन्द्रीत गतिविधिमा रहेका
गणेशमान सिंह समेतका क्रान्तिकारीहरूलाई सघाउँदै गतिशिल भए ९गोर्खाली, २०४७ ः ५० । त्यसै
ज्ञण्
क्रममा प्राप्त अनुभवले पूर्णकालिन बन्ने प्रेरणा दिएकाले उनी काँग्रेसी राजनीतिको मुल धारमै छिरेको
भेटिन्छ । सुरुदेखि नै प्रभावशाली हुँदै आएको नेपाली राष्ट्रिय काँग्रेसको अग्रसरता र पहलमा देशकै
पहिलो मजदुर आन्दोलन, सत्याग्रह सञ्चालन गरेर हलचल मच्चाएपछि र वी।पी। लगायतका धेरै
नेता थुनिएकाले आन्तरिक विवाद पनि शुरु भयो ९गौतम, २०७४ ः ११७–१२७० । नेताहरू थुनेर
आन्दोलन दबाउने कोशिस गरेको राणा सरकारले नेपाली जनताको भावना, चाहना र आक्रोशलाई
दबाउन नसक्दा देशभित्रै राणा विरोधी जनमत बढ्ने स्थिति भयो ।
साथी तेजबहादुर अमात्यलाई सङ्केत दिएर कलकत्ता पुगेका सुवर्ण शमशेर पनि राणा विरोधी
आन्दोलन उठाउन चाहन्थे । नेपाली राष्ट्रिय काँग्रेस गठनका बेला आर्थिक सहयोग दिएपछि त्यसका
गतिविधि नियाली रहेका उनले त्यसबाट परिवर्तन सम्भव नहुनेदेखि विकल्प खोज्ने निष्कर्ष निकाले ।
त्यसपछि प्रक्रियामा बढेका उनले आपूmसँगै महेन्द्र विक्रम शाह, महाविर शमशेर राणा, सूर्यप्रसाद
उपाध्याय, राजेश्वरी प्रसाद उपाध्यायलाई राखेर स्टेरिङ कमिटि बनाएपछि नेपाली राष्ट्रिय काँग्रेसका
दुवै समूहसँग सल्लाह गरि सशक्त संस्था बनाउने लक्ष्य अनुरूप बढे ९गौतम, २०६० ः ११३– ११४० ।
नेपालको राणा शासन बारे राम्रै बुझेका र स्रोत साधनको कमी नभएका उनी समेतको पहलमा
बलियो सङ्गठन बनाउने प्रक्रियाका अन्तमा सम्मेलन बोलाइयो । वि।सं। २००५ साल श्रावण १ गते
कलकत्ताको स्कूल स्ट्रिटमा नेपाली कार्यकर्तासमेत बोलाएर छलफल गरेपछि सुवर्ण शमशेर, महाविर
शमशेर, महेन्द्र विक्रम शाह, प्रेमबहादुर कंसाकार, राजेश्वरीप्रसाद, सुन्दरराज चालिसेलाई संस्थापक
बनाएर नेपाल प्रजातन्त्र काँग्रेस गठन भयो ९गौतम, २०५५ ः १६६–१६७० ।
हिंसात्मक राजनैतिक बाटोको माध्यम अपनाएर नेपालमा संवैधानिक राजतन्त्र, उत्तरदायी
प्रजातान्त्रिक सरकार स्थापना गर्ने उद्देश्य अनुरूप सङ्गठन बनाएपछि सहयोग गर्न सक्ने ठानेका
जतिलाई समेट्न खोजेका सुवर्ण शमशेरले तेजबहादुर अमात्यलाई पनि बोलाएर सङ्गठनात्मक
गतिविधिको जिम्मा दिए । बारा, पर्सा, रौतहटका गाउँबस्तीहरूमै पुगेर काम गर्दै आएका अमात्यले
पनि विभाजनको स्थिति आउनै नदिई काँग्रेसी गतिविधि बढाउन प्रबन्ध मिलाउने काम गरिरहे ।
उनको क्रियाशिलताबाट गाउँ बस्तीहरू नै काँग्रेसमय भएकाले रिसाएको राणा प्रशासनले सर्वस्व
हरण गर्नेदेखि पिता डिठ्ठा ललितबहादुर अमात्यलाई भारदारी सेवाबाटै हटाएर निगरानीमै राखि
सताउन खोज्यो ९राजभण्डारी, २०७६ भाद्र २०० । त्यसपछि पटना पुगेर त्यहाँको पार्टी कार्यालय
इन्चार्जको जिम्मेवारी सम्हाल्न थालेका उनलाई समात्न नसकेको राणा प्रशासन पारिवारिक दमनमा
लाग्यो । काँग्रेसी राजनीतिमै लागेर जल्दोबल्दो तरुणको स्थान बनाइसकेका तेजबहादुर अमात्यका
भाई दोलेन्द्र वहादुर अमात्यलाई पक्रेर दाजुलाई नझिकाउँदासम्म छाडिदैन भनी वीरगञ्जकै सैनिक
क्याम्पमा थुन्यो ९गोर्खाली, २०४७ः ६० ।
ज्ञज्ञ
राणाहरूको दमन झन्बढ्न थालेपछि हिंसात्मक गतिविधि विना राणाशासन फाल्न नसकिनेमा
विश्वसत भएको प्रजातन्त्र काँग्रेस शैन्य ज्ञान भएका र त्यता रुची राख्ने कार्यकर्ता–तरुण समेट्ने,
सदस्य बनाउने, नेपालभित्र लुक्न र आक्रमण गर्न सकिने ठाउँहरूको अध्ययन गर्ने र गाउँ केन्द्रीत
सङ्गठन गर्ने गतिविधिमा लाग्यो ९थापा, २०६९ चैत्र १स तिवारी, २०६९ श्रावण १३० । पटक पटक
कार्यक्षेत्र नारायणीमा भूमिगत रूपले पुगेका तेजबहादुर अमात्यलेसङ्गठन बलियो बनाउन महत्वपूर्ण
काम गरे । विश्वस्त साथीहरूको सहयोगमा काठमाडौं लगायत मध्य क्षेत्रको स्थिति–अवस्था अध्ययन
गर्ने, भौगोलिक अवस्था– राज्यउपस्थितीको स्थिति बुझ्ने, स्वयंसेवक सैनिक जम्मा गर्ने, स्रोतहरू
जुटाएर रक्सौल केन्द्रीत गतिविधि गर्ने राष्ट्रिय काँग्रेसका साथीहरूलाई पनि सघाउने अभियानका
लागि कलकत्ता, बनारस, पटना पठाइनेहरूलाई सहयोग पु¥याउने कार्य गर्न लगाएर सङ्गठन बलियो
बनाउन लागि परे ।
यसप्रकार सक्रिय राजनीतिमा प्रवेश गरेका तेज बहादुर अमात्यले वीरगञ्ज फर्किएर भूमिगत
रूपले आफ्नै खेती पाती लगायतका क्रियाकलापको व्यवस्था मिलादिने र सङ्गठन निर्माणदेखि सैन्य
सङ्गठनका कामहरू गर्ने अभियान थाले । सुवर्ण शमशेरका भाञ्जा थिरबम मल्लले पनि विभिन्न
क्षेत्रबाट युवकहरू बटुलेर सैन्य सङ्गठन थालेपछि काठमाडौं उपत्यका, मकवानपुर, चितवनका
पहाडी क्षेत्र एवं तनहुँका गाउँबस्तीसम्म विश्वस्त मानिस पठाएर सैनिक पृष्ठभूमिका युवकहरू बटुल्न
लगाएका तेजबहादुर अमात्यले भूमिगत रूपले नारायणगढसम्मै आएर बाटा खर्च समेत दिएर
पठाउने–लाने गर्न थाले ९श्रेष्ठ, २०७६ असोज २६० । यस्ता कार्यबाट केही प्रगतिको रूपरेखा कोरिए
पनि राणाहरूलेखोलेको पार्टी भनेर आम नेपालीहरूले विश्वास गर्न नसक्नु र प्रवाशमा रहेका राष्ट्रिय
काँग्रेसका कार्यकर्ताहरू पनि आकर्षित नहुने अवस्था भयो । फलस्वरूप धनबललेमात्र जनवल जम्मा
हुन नसक्ने प्रष्ट भएकाले राणा शासक समाप्त गर्न एकजुट हुनुपर्ने आवश्यकता बोध भयो ।
केही समयको सक्रियतापछि फुटेर सशक्त सङ्गठन बनाउन र राणाशासन फाल्न सकिँदैन
भन्ने महसुस भएकाले नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसलाई मिलाउने कसरत सुरु
भयो । दुवै पक्षका नेताहरूले गरेका गृहकार्यका अन्तमा २००६ साल चैत्र २७ गते कलकत्ता
चौरङ्गिस्थित टाइगर सिनेमा हलमा दुबै दलको संयुक्त सम्मेलन आयोजना भयो । जहाँ व्यापक
छलफल गरेपछि दुवै दललाई मिलाएर नेपाली काँग्रेस नामक सशक्त राजनीतिक दल स्थापनाको
घोषणा गरियो ९गुप्ता, सन् १९९३ ः १६९स ब्राउन, सन् १९९६ ः १७– १८० । मातृकाप्रसाद
कोइरालालाई सभापति, महेन्द्र विक्रम शाह सचिव र सुवर्ण शमशेर कोषाध्यक्ष राखेर बनाइएको उक्त
सङ्गठन नै समय क्रममा नेपालको ऐतिासिक राजनैतिक दल बन्न गयो ९चटर्जी, सन्१९६७ ः ४२–
४३० । वीरगञ्ज क्षेत्रको प्रतिनिधि बनेर उक्त सम्मेलनमा पुगेका तेजबहादुर अमात्यले चितवनदेखि
ज्ञद्द
जाने साथीहरूलाई बाटा खर्च हालेर लैजानेदेखि कलकत्ता बसाइको सवै व्यवस्था मिलाउने कार्य
गरेपछि फर्कदा आफ्नो वेडिङ भरी नेपाली काँग्रेसका चारतारे झण्डाहरू ल्याएर वीरगञ्ज एवं
आसपासका क्षेत्रदेखि काठमाडौंसम्म पु¥याएर सङ्गठन निर्माण र क्रान्ति तयारीमा सहयोग पु¥याएका
थिए ९श्रेष्ठ, २०७६ असोज २६० ।
एउटै पार्टी नेपाली काँग्रेसको गठनसँगै राजनैतिक प्रस्ताव पारित गरेर श्री ५ को वैधानिक
नायकत्वमा जुनसुकै उपायद्वारा जन उत्तरदायि सरकार स्थापना गर्ने, त्यसका लागि गरिने आन्दोलन
गर या मरको सिद्धान्तमा अटल रहने भन्दै सम्पूर्ण नेपालीलाई भाग लिन आह्वान गरिन्छ भनी स्पष्ट
नीति घोषणा गरिएको थियो ९जोशी, २०४८ ः २स गौतम, २०५५ ः २९३–२९४० । हिंसात्मक सङ्घर्ष नै
गर्ने भएपछि क्रान्ति व्यवस्थापनदेखि हातहतियारको प्रबन्धका लागि ५ करोडसम्म दिन तयार भएका
सुवर्ण शमशेरले १ करोड उपलव्ध गराई हालेपछि थिरबम मल्ल एवं पूर्णसिंह ठाकुर मार्फत खडा
गरेको जनमुक्ति सेना नामक लडाकु दस्ता परिचालन गर्न तयार भए ९सिंह, २०४७ ः ३स तामाङ,
२०५६ ः १५– २१० । त्यसपछि आवश्यक गृहकार्य पूरा गरेपछि २००७ साल आश्विन १० र ११ गते
नेपालकै रौतहट जिल्ला नजिकै पर्ने भारतको वैरगनियास्थित राइस मिलमा एक सम्मेलन आयोजना
गरियो । सम्मेलनका सहभागीहरूको खानपिन व्यवस्थापनमा खटेका तेजबहादुर अमात्यबाट स्थानीय
कार्यकर्ताहरू परिचालन गरेर नेताहरूको मन जित्ने काम गरेका थिए ९थापा, २०६९ चैत्र १स श्रेष्ठ,
२०७६ असोज २६० । सङ्घर्षको थालनी र स्वरूपबारे गरिएको छलफलका अन्तमा तिथि तोक्दा पर्न
सक्ने अवरोधको सम्भावना समेतलाई ख्याल गरेका नेताहरूबाट यथाशिघ्र सशस्त्र सङ्घर्ष सञ्चालन
गर्ने निर्णय गरि सङ्घर्ष कालभरिका लागि सम्पूर्ण विशेषाधिकार सभापतिलाई सुम्पिएर क्रान्ति तयारी
र सञ्चालन सम्बन्धी सवै कार्य वी।पी। एवं सुवर्ण शमशेरलाई दिने काम भयो ९परमानन्द, सन्१९८२
ः ३८स ज।ब।रा। २०५९ ः ३५८० । यसप्रकार सशक्त राजनैतीक दल बनाएर राणा शासन विरुद्ध सशस्त्र
क्रान्ति गर्ने घोषणा गरिएपछि तातेको वातावरणमा तेजबहादुर अमात्य समेतका विश्वस्त
साथीहरूलाई परिचालन गरेका वी।पी। एवं सुवर्ण शमशेर आवश्यक अन्य तयारी गर्नेतर्फ लागे । राणा
विरोधी आन्दोलन हुने नै भयो भन्नेमा विश्वस्त पार्टी कार्यकर्तादेखि समर्थकहरू उत्साहसाथ दिइएका
जिम्मेवारी पूरा गर्दै निश्चित समयको प्रतिक्षा गर्न थाले ।
सशस्त्र क्रान्ति २००७ मा तेजबहादुर अमात्य ः
बैरगनिया सम्मेलनले यथाशिघ्र आन्दोलन छेड्ने ठहर सँगै आवश्यक परेमा सङ्घर्षको स्वरूप
अहिंसात्मक गतिविधिहरूमा मात्र सीमित नरहन सक्ने व्यवस्था गरेर रामवर्ण शर्मा र बी।डी।
शास्त्रीलाई सङ्घर्ष सम्बन्धी प्रचारको जिम्मा पनि दिएपछि देशलाई मूलतः पूर्वी र पश्चिमी गरि २
ज्ञघ
क्षेत्रमा बाँडेको थियो । पूर्वतिर सङ्घर्ष सञ्चालन सम्बन्धी सम्पूर्ण निर्णयका लागि विश्वेश्वरप्रसाद
कोइरालालाई र पश्चिमतिर महेन्द्र विक्रम शाहलाई मुख्य कमाण्डर बनाएर सुवर्ण शमशेरलाई पूर्वी र
पश्चिमी मोर्चाहरूको बीच सामन्जस्य कायम गर्ने कोअर्डिनेटिङ कमाण्डर बनाउने काम भयो ९प्रधान,
२०४७ ः ४२२० । सङ्घर्षको सञ्चालन प्रभावकारी होस्भनी गरिएको अर्को व्यवस्थामा कूल १० वटा
मोर्चा बनाएर कमाण्डरहरू तोकेको विवरण यसप्रकार छ ९प्रंधान, २०४७ ः ४२२स गौतम, २०५५ ः
३४८– ३४९० ।
काठमाडौं उपत्यका – गणेशमान सिंह ९जेलमा०
कैलाली कञ्चनपुर – सि।बि। सिंह
नेपालगञ्ज – बावुकृष्ण शर्मा
तौलिहवा – भक्ति शमशेर
शिवराज खजहनी – गोपाल शमशेर
भैरहवा – डा।के। आई। सिंह
नवलपरासी – बालचन्द्र शर्मा
बारा, पर्सा, रौतहट – तेजबहादुर अमात्य र थिरबम मल्ल
जनकपुर – रुद्रप्रसाद गिरि
सप्तरी – कृष्णप्रसाद भट्टराई
विराटनगर – केशवप्रसाद कोइराला
झापा – भैरवप्रसाद आचार्य
नेपाली काँग्रेसबाट यसप्रकार कार्यभार समेत विभाजन गरेर बारा, पर्सा, रौतहट का
गाउँबस्तीहरूमा बलियो सङ्गठन बनाएका तेजबहादुर अमात्यलाई कमाण्डर बनाएर क्रियाशिलताको
सम्मान ग¥यो । अर्कोतिर राजधानी काठमाडौं जोड्ने एक मात्र नाका वीरगञ्जको सुरक्षार्थ बलियो
व्यवस्था गरेको स्थितिमा आक्रमण गर्नुपर्ने भएकाले सेनातर्फको सबै व्यवस्था सम्हालेका थिरबम
मल्ललाई सैन्य कमाण्डिङको जिम्मा दिएर कुनै पनि हालतमा वीरगञ्ज कब्जा गर्ने निश्चयमा काँग्रेस
पुगेको अर्थात्वीरगञ्जको महत्व बुझेर सकेसम्म दह्रो व्यवस्था गर्ने प्रयास गरिएको हो ।
क्रान्तिलाई जसरी पनि सफल पारि छाड्ने अठोट गरेको नेपाली काँग्रेस उल्लेखित निर्णय र
तयारीपछि साधन–स्रोत जुटाउनेतर्फ लाग्यो । वी।पी। ले गरेको प्रबन्ध र व्यवस्था अनुसार बढेर
थिरबम मल्ल एवं भोला चटर्जीले हिमालयन एभिएसन कम्पनीको जहाज प्रयोग गरि बर्माबाट
ल्याएका हतियारहरू २००७ साल कार्तिक १८ गते पटना निकटको विहटा हवाइ मैदानमा उतारेर
विभिन्न ठाउँमा पु¥याएर लुकाए ९शर्मा ९स।० २०५५ ः ४स पोखरेल, २०४० ः ३९० । त्यसै बीच
ज्ञद्ध
काठमाडौंमा घटेका घटनाहरूबाट विकसित राजनैतिक वातावरणमा नेपाली काँग्रेसलाई भन्दा
नेहरूलाई विश्वास गरेका राजा त्रिभुवन नाती ज्ञानेन्द्र बाहेक सम्पूर्ण परिवारका सदस्यहरू समेत
दरबारबाट शिकारको बहानामा निस्केर भारतीय दुतावास हुँदै दिल्ली पुगेर शरण लिए । त्यसबाट
योजना धरापमा पर्ने स्थिति हुँदा पनि क्रान्तिका पक्षमा उठाएको कदमका रूपमा व्याख्या गरेको
नेपाली काँग्रेसले त्यसैदिन सशस्त्र क्रान्ति थाल्ने निर्णय गरेर दिइसकेकोआदेश कार्यान्वयन गर्न भनि
हाल्ने काम भयो ९जोशी, २०४८ ः ५८० । पार्टीको सङ्केत कुरेर बसेका तेजबहादुर अमात्यद्वारा पनि
सोही समयमा वीरगञ्जमाथि आक्रमण गरि राणा शासन विरुद्ध सशस्त्र आन्दोलन थालनी गरे ।
भूमिगत रूपले क्रान्ति तयारीमा लागेका तेजबहादुर अमात्यले पार्टीको सिग्नल पाएपछि अन्तिम
तयारी थालिहाले । थीरबम मल्लसँग मिलेर बनाएको योजना अनुरूप काम गर्न तत्पर भएका उनले
सदरमुकाम लगायत क्षेत्र आक्रमण गरि सरकारी कार्यालय कव्जा गरेर हतियार लगायतका साधन
स्रोत हातपारी जनसरकार गठन गर्ने निर्देशन अनुरूप काम गर्ने प्रवन्ध मिलाए । थिरबम मल्लको
नेतृत्वमा कलकत्ताबाट आएको जनमुक्ति सेना कार्तिक २६ गते राती रक्सौल आइपुग्ने भएपछि
वीरगञ्जमा रहेका साथहिरू एवं पिताजीलाई गोप्य सन्देश पठाए । कार्तिक २६ गतेको दिन भारतको
बेतियाबाट रेडियो लिएर फर्कदै गरेका आफ्ना छिमिेकीलाई सुगौली स्टेशनमा रेलको प्रथम श्रेणीको
बोगीमा भेटेका उनले बोलाएर एकान्तमा लगेपछि आफ्ना पिताजीलाई भोलि विहान वीरगञ्ज फर्कन
थालेको कुरा अवगत गराइ दिनु र साथीहरूलाई सतर्कतासाथ अन्य निर्देशनको प्रतिक्षा गर्न खबर
पठाउँदै चनाखो भएर बस्न भनेका थिए ९गोर्खाली, २०४७ ः ७० ।
वीरगञ्ज आक्रमणका लागि कलकत्ताबाट पठाइएको जनमुक्ति सेना थीरबम मल्लको नेतृत्वमा
कार्तिक २६ गते राती नौ बजे रक्सौल आइ पुग्यो । रातारात वीरगञ्ज पुगेर पितासँग सगुन एवं
टीका थापी फर्केका उनी खबर पाएर आएका साथीहरूलाई विभिन्न कामको जिम्मा दिएर जनमुक्ति
सेनाको प्रतिक्षा गर्दै थिए । राती नौ बजे आइपुगेको सैनिक टोलीलाई रक्सौल भन्दा केहीपूर्व पु¥याए
पछि रेलको लिगमा लालटिन बाली रातो तुलको कपडा देखाएका जनमुक्ति सेनाका स्थानीय कमाण्डर
बुधसिंह गुरुङ र उनका साथीले रोक्ने सङ्केत गरे ९तामाङ, २०५५ ः १२३० । रेल विस्तारै रोकिएपछि
कालो कपडा लगाएका जनमुक्ति सेनाका जवानहरू धमाधम उत्रिए । उनीहरूलाई देखि कतिपय
रेलयात्रीहरू तर्सिदा पनि सरासर कमाण्डरको निर्देशनमा एकत्रित भएका उनीहरू दुइ समूहमा विभक्त
गरिए । राजनैतिक कमिश्नर तेजबहादुर अमात्यसँगको परामर्शमा बनाइएको कार्यक्रम अनुसार दुई
समूहमा विभाजित जनमुक्ति सेनाहरूको एउटा टोलीले थीरबम मल्लको नेतृत्वमा बडाहाकिम निवास
र गोश्वारा कब्जा गर्ने रअर्को टोलीले ज्ञानबहादुर याक्थुम्बाको नेतृत्वमा वीरगञ्ज व्यारेक र जेल
नियन्त्रण गर्ने भनिएको थियो ९उपाध्याय, २०६५ ः ४०० । त्यसै अनुरूप तयारी गरि सकेपछि २००७
ज्ञछ
साल कार्तिक २६ गते रातको ३ः४५ बजे भारतको रक्सौलतर्फबाट लहरीमा बसी स्टेनगन तथा अन्य
गोलाबारुद सहित आएको थीरबम मल्लको टोलीले बाटोमा रहेका सैनिक पोष्ट कब्जा गरि गोश्वारा
अड्डा नजिक पुगेर उभिइ अन्तिम तयारी गरेपछि बडाहाकिम निवासमा पुगेर शोमशमशेरलाई
कव्जामा लिए ९आचार्य, २०५७ ः ४९– ५२० । कुटनैतिक पाराले बडाहाकिमलाई बन्दी बनाउन सफल
भएपछि उनको परिवार समेतलाई बन्दी बनाएका सैनिक कमाण्डर मल्लले केही सैनिकहरू सहित
तेजबहादुर अमात्य भएको ठाउँ फुलबारीमा रहेको घरमा पु¥याई उनीहरूकै जिम्मामा राखे ९गौतम,
२०५५ ः ३९३० । त्यसपछि तत्कालै गोश्वारातर्फ बढेका उनले त्यहाँ पनि कब्जा जमाएर आफ्नो
कार्यकुशलताको परिचय दिए । यसरी २००७ साल कार्तिक २६ को विहान ४ बजेसम्ममा वीरगञ्जका
बडाहाकिम शोम शमशेरलाई कैद गरि गारत गोश्वारामा पनि अधिकार जमाउन नेपाली काँग्रेस
सफल भयो ९शर्मा, २०२६ ः ४१७० ।
व्यारेक कव्जा गर्न हिँडेको टोली भने बाटोमै अल्मलिंदा ढिला भयो । समयमै पुगेका थिरबम
मल्लले बडाहामिलाई बन्दी बनाउँदा भएको हल्लाले व्यारेकका सैनिकहरू सजग भएको स्थितिमा
पुगेको मुक्ति सेनाको दोस्रो टोली व्यारेक घेर्न अघि स¥यो । त्यो दृश्य देख्नासाथ पालेले हल्ला
बोलेपछि आ–आफ्ना हतियार लिएका राष्ट्रिय सेनाले गोलि वर्षाईहाले । थोरै हतियारको बलमा
पुगेका जनमुक्ति सेनाले जवाफी फायर गरे तापनि राष्ट्रिय सेनाको गोलीले घाइते बनाउने स्थिति
भएपछि केही जनमुक्ति सेना नराम्रोसँग घाइते भए । यसप्रकार व्यारेक कब्जा गर्न गएको टोली
अप्ठ्यारोमा परेको थाहा पाएपछि बन्दी बनाइएका बडाहाकिम र तिनका परिवारको जिम्मा लिएर
बसेका तेजबहादुर अमात्यले सत्रmिय हुनै पर्ने निर्णय गरे । आफ्ना विस्वस्त सैनिकहरूलाई कुरा
बुझाएर बडाहाकिम र उसको परिवारको जिम्मा दिई थप सैनिकहरू पनि राखे पछि जनमुक्ति सेनाको
टोली सहित व्यारेकलाई घेरावन्दी गर्ने उद्देश्य अनुरूप रेलवे स्टेशनतिर लागे ९जोशी, २०४८ ः ६४० ।
जनमुक्ति सेनालाई सहयोग पु¥याउन गरेको प्रयास उपलव्धिमूलक नभएपछि गोश्वारातर्फ फर्केका
तेजबहादुर अमात्यले अमिनी कचहरीका हाकिम लप्टन बखतमानसिंह राजभण्डारीलाई समातेर
ल्याएका काँग्रेसी क्रान्तिकारीहरूले हाल घण्टाघर रहेको ठाउँमा भएको रुख सहितको चौतारामा
राखेको देखे ९राजभण्डारी, २०७६ भाद्र २०० । अफ्नै भाइका ससुरालाई त्यसरी ल्याएको देखेपछि
रोकिएका उनले भाइका ससुरासँग कुराकानी गर्न थालेकै बेला केही नागरिकहरू उत्तेजित भएको र
कर्मचारीहरू डराएकोले गर्दा उत्पन्न परिस्थिति बारे जानकारी पाएर नियन्त्रण गर्न भन्दै आएका
थिरबम मल्ल गोश्वारातर्फै लागेर सबैलाई नजिकैको खाली ठाउँमा भेला गराइ भाषण गर्न थाले ।
नेपाली काँग्रेस जनताको रक्षक र उन्नती चाहने पार्टी भएकाले नडराइकन आफ्नो कर्तव्य पूरा गर्न
अनुरोध गरिरहेकै बेला अकस्मात उत्तरतर्फबाट आइपुगेका राष्ट्रिय सेनाका २ जवानमध्येकै एक
ज्ञट
बडाहाकिम शोम शमशेरको आठपहरिया हवल्दार पूर्ण बहादुर महतले नजिक पुग्नासाथ एक्कासी
पेस्तोल निकालेर थिरबम मल्लको पेट र टाउकोमा गोली हानेर भाग्यो ९अधिकारी ९शास्त्री०, २०५८ ः
२४५– २४७० ।
आफ्नै कमाण्डर ढलेपछि उत्पन्न असहज स्थितिमा पनि कत्ति नहडबडाएका जनमुक्ति सेना
सक्रिय भयो । नेपाली काँग्रेसको नीति कार्यक्रम रुचाएर सरकारी सेना छाडेर आएका
सिपाहीहरूमध्येकै टीकादत्त पोख्रेलले थिरबम मल्लाई समातिहाले पछि जुटेका अरुहरू समेतको
सहयोगमा छिटो छिटो रक्सौल स्थित डंकन अस्पतालमा पु¥याउने काम गरे ९ज्ञवाली, २०५७ ः १५स
उपाध्याय, २०६५ ः ४१० । नेपाली काँग्रेसले एकाएक गरेको आक्रमणबाट सनसनी मच्चिएको
वीरगञ्जमा सबै अब के हुन्छ भनी उकुसमुकुस थिए । बडाहाकिमलाई नै बन्दी बनाएपछि र सेनाको
व्यारेक आक्रमण भएपछिको स्थितिमा शान्ति सुरक्षामा सक्रिय निकायहरूमै भागाभाग भएकाले स्थिति
विग्रदै थियो । जुन नियन्त्रण नगरेका खण्डमा भयावह हुने पक्का थियो । त्यो कुरा बुझेका नेपाली
काँग्रेसका कमाण्डर तेजबहादुर अमात्यले सर्वप्रथम शान्ति सुरक्षा विग्रन नदिई शान्ति व्यवस्था
बनाउनु जरुरी ठाने । वीरगञ्जकै स्थानीय भएकाले सबै अवस्था, स्थिति, अवस्थिति, बुझेका उनले
त्यहाँका जनताको शान्ति सुव्यवस्था मिलाएर मनजिती स्थानीय जनताबाट क्रान्तिलाई समर्थन र
सहानुभूति दिलाउन प्रभावकारी भूमिका खेले ९अधिकारी ९शास्त्री०, २०५८ ः २४७० । यसै कार्यका
लागि बडाहाकिम सोम शमशेरलाई केही जनमुक्ति सेनाका जवानहरूको सुरक्षा र निगरानीमा कब्जा
गरेको पुलिस चौकीमा राखेर हिँडेका बेला थिरबम मल्लको काण्ड भएको समाचार पाएपछि
घटनास्थलतर्फ लागे । उनी पुगदा सम्मा घाइते थिरबम मल्ललाई रक्सौलको डंकन अस्पताल
लगिसकिएको थियो । जहाँ केही अवधिसम्म बेहोस रहेका उनको उपचारप्रयास पनि भयो । तर उनी
होसमै आएनन्र नश्वर शरीर त्यागे ।
अर्कातिर थिरबम मल्लको गोली प्रहारबारे सुन्नासाथ जनमुक्ति सेनाको पहरामा रहेका
बडाहाकिम शोम शमशेरले आफ्ना भान्जालाई हेर्न जान्छु भनि जिद्धि गर्न थाले । बडाहाकिम
निवासमा जाँदा थिरबम मल्लले मामा मामा भन्दै गएको देखेका जनमुक्ति सेनाका जवानहरूले पनि
थप असहज अवस्थाबारे नसोचिकनै थुनेको ठाउँबाट निकालेर रक्सौल तिर लगे । नेपाल–भारत सिमा
नजिक भन्सार कार्यालयमा पुग्नासाथ चिच्याएर मद्दत माग्न थालेका उनलाई चिनेर भारतीय
भन्सारका अधिकारीहरूले कार्यालय भित्र लगेर जोगाएपछि खबर पाएका मोतिहारी जिल्ला अधिक्षकले
जिम्मामै लिएर डाँक बंगलामा बस्ने व्यवस्था गरिदिए ९जोशी, २०४८ ः ६५० ।
सोम शमशेर झुक्याएर भागेको रिसमा व्यारेक कव्जा गरि छाड्ने तर्फ लागेका ज्ञानबहादु
याकथुम्बा सहितको टोली दिनभरीनै लडिरह्यो । हातहतियार एवं साधन स्रोतको कमि लगायतले गर्दा
ज्ञठ
सफल हुन कठीन भयो । त्यसैबेला पर्चा छर्दै आएको हिमालयन हवाई सेवाले पर्चा छरेपछि अब बम
वर्साउँछ भन्ने हल्ला जनमुक्ति सेनाले चलाए । त्यसबाट आत्तिएको राष्ट्रिय सेनाको भाव बुझेपछि
आत्म समर्पण नगरेमा साँझ जनमुक्ति सेना व्यारेक भित्रै पसि कसैलाई छाड्ने छैन, आत्म समर्पण
गरेमा पुरा सुरक्षा दिने खबर भित्रै पु¥याए ९आचार्य, २०५७ ः ६१० । डराएका राष्ट्रिय सेनाले
आत्मसमर्पण गरेपछि बन्दी बनाएका जनमुक्ति सेनाले व्यारेकका हतियार एवं गोला बारुद कब्जा गरे
।
आक्रमण थालेको १५ घण्टा पछि वीरगञ्जमाथि कब्जा जमाएको नेपाली काँग्रेसले विजय
उत्सव नमनाउँदै राती ९ बजे सेनानी थिरबम मल्लले संसार छाडे । त्यहाँका हरेक गतिविधिहरूबारे
जानकारी लिइरहेका वी।पी। कोइराला एवं सुवर्ण शमशेर पनि कार्तिक २७ गतेको साँझतिर वीरगञ्ज
पुगे । सुरुमै सरासर डंकन अस्पताल पुगेका दुबै नेताले बेहोसमैरहेका थिरबम मल्लको अवस्थाबारे
बुझेपछि वीरगञ्ज पुगेर सम्पूर्ण स्थिति अबगत गरे । त्यसपछि त्यहाँको स्थिति नियन्त्रण गरि
सुव्यवस्था कायम गर्न र राणा प्रशासनको पतनपछि उत्पन्न हुन सक्ने अराजकता र अव्यवस्थालाई
नियन्त्रण गरि प्रभावकारी रूपले सङ्घर्ष बढाउन उचित व्यवस्था गर्नै पर्ने भयो । त्यसैले २००७ साल
कार्तिक २७ गते साँझ वी।पी। एवं सुवर्ण शमशेरकै उपस्थितिमा जनस्तरबाटै पहिलो जन सरकार
गठन गरेको नेपाली काँग्रेसले वीरगञ्जका स्थानीय नेता र प्रजातान्त्रिक आन्दोलनका सेनानी
तेजबहादुर अमात्यलाई प्रमुख बनाएर उनको क्षमता र समर्पणको कदर ग¥यो ९थापा, २०६९ चैत्र १स
शर्मा, २०२५ ः ४२१० । सैनिक प्रशासक अर्थात्गभर्नरको पदिय जिम्मेवारी पाएपछि त्यसको शान्ति
सुरक्षालाई प्रमुख स्थान दिएका तेजबहादुर अमात्यले कुनै पनि नागरिकको ज्यू ज्यान, धनसम्पत्ति
लुटिन नदिनु, त्यस्तो गर्न खोज्नेलाई गोलि नै ठोक्न परे पनि पछि नहट्नु भन्दै निर्देशन दिए ९भट्टराई,
२०५७ ः ८४० ।
वीरगञ्जलाई पूर्ण रूपले नियन्त्रणमा लिएको नेपाली काँग्रेसले जनसरकार गठन गरेर कामहरू
गर्न थाल्यो । तेजबहादुर अमात्यको कुशल निर्देशन र व्यवस्थापनमा वीरगञ्जमै तुरुन्ता तुरुन्त
व्यवस्था गरिएको डिस्पेन्सरीमै साधारण घाइतेहरूको उपचार गर्ने, गम्भिर घाइतेहरूलाई मात्र रक्सौल
पठाउने, शान्ति सुव्यवस्था कायम गर्न कुनै कसर नराख्ने, वीरगञ्जमा म असुरक्षित छु बस्नै सक्दिन
भनेर कसैले जिद्धिने गर्छ भने जानदिने व्यवस्था गरियो ९गौतम, २०५५ ः ३९९स भट्टराई, २०५७ ः
८४० । त्यसबाट सकारात्मक परिस्थिति देखिन थालेपछि जनसमक्ष आएका प्रमुख नेताहरूको
समुपस्थितिमा २००७ साल मंसिर ४ गते साँझ ५ बजे एक जनसभाको आयोजना गरियो । स्थानीय
जन सरकार प्रमुख तेजबहादुर अमात्यको सभापतित्व र मातृका, वी।पी। एवं सुवर्णको उपस्थितिमा
वीरगञ्ज हाइस्कूल प्राङ्गणमा आयोजित जनसभामा सम्बोधन गरेका तिनैजना शीर्ष नेताहरूले
ज्ञड
क्रान्तिको आवश्यकता र महत्व बुझाउँदै नेपाली काँग्रेसको क्रान्ति देशैभरी सफलतासाथ बढेको
जनाएर प्रजातन्त्रका लागि थालिएको क्रान्तिमा साथ–सहयोग दिएर जनमुक्ति सेनालाई सहयोग गर्न
अपिल गर्दै योग्यताको कदर हुने व्यवस्थाका लागि क्रान्ति थालिएको उल्लेख गरे ९जोशी, २०४८ ः
८६–८९० । अन्तमा सभापतिको आसनबाट सम्वोधन गरेका जनसरकार प्रमुख अमात्यले वीरगञ्जको
विजय नेपालकै विजय हुनेमा विश्वस्त हुन आग्रह गर्दै वीरगञ्जबासीलाई धैर्यता साथ रहन र
क्रान्तिलाई साथ–सहयोग दिन आह्वानै गरे ।
यसप्रकार गठन भएर जनहितका कार्य गर्न थालेको वीरगञ्ज जनसरकार लामो समय टिक्न
सकेन । वीरगञ्ज कब्जा हुनासाथ सेनाका हतियार–पोशाकहरू हातपारी राष्ट्रिय सेनाको ड्रेसमा
चिसापानी गढि कब्जा गरेर काठमाडौंतर्फ बढ्ने योजना बनाइएको थियो । योजना अनुसार वीरगञ्ज
व्यारेक कब्जा गर्न नसकिएपछि, सोचेजति हातहतियार पनि नपाएपछि र थीरबम मल्लमाथिको गोली
प्रहारले गर्दा चिताएझैँ कामहरू हुन सकेनन् । त्यसैले तेजबहादुर अमात्यले वीरगञ्जको जिम्मेवारी
नसम्हाल्दासम्म अघि बढ्न नसकेका मेजर पूर्ण सिंह र उनको टोली २९ गतेभन्दा पहिला
अमलेखगञ्जसम्म पनि पुग्न सकेनन् । काठमाडौंबाट जनरल एकराज शमशेरको नेतृत्वमा आएको
१००० जनाको सरकारी सेनाको टोली त्यस्तो स्थितिबाट फाइदा उठाएर अमलेखगञ्ज पुगेकाले
पूर्णसिंहको कमाण्डमा हिँडेको मुक्ति सेनाले वीरगञ्जदेखि ५ माइल उत्तर परवानीपुरमा बसेर सरकारी
सेना वीरगञ्ज जान नदिने निश्चय ग¥यो । साधन र संख्याको दृष्टिले तुलनै गर्न नमिल्ने जनमुक्ति
सेना र राष्ट्रिय सेनाबीच भिषण युद्ध भयो र राष्ट्रिय सेना तिनदिन सम्म अगाडि बढ्न सकेन ९
परमानन्द, १९८२ ः ५०० । अन्तत मार्ग ४ को मध्य रात्रिमा गोलीगठ्ठा खतम भएपछि पछाडि हट्न
बाध्य भएको जनमुक्ति सेना ठोरी तर्फ लागेको समाचार वीरगञ्ज पठाइ पूर्ण सिंहले सतर्क रहने
सन्देश पु¥याए । उक्त समाचारबाट यथार्थ कुरा अवगत भएपछि मुक्ति सेना लगायतका सबै
क्रान्तिहरूलाई लिइ वीरगञ्ज छाडेका तेजबहादुर अमात्य रक्सौल पुगेर अन्य मोर्चाहरूलाई
सघाउनेदेखि ठोरीको जंगलमा आधार शिविर बनाएर गरिल्लायुद्धको तयारी–व्यवस्थापन तर्फ लागे ९
अधिकारी, २०५९ ः ७०– ७१० । सफल ढंगबाट गुरिल्ला युद्ध संचालन गर्न चाहेका यिनले
वीरगञ्जदेखि १५ कि।मी। टाढा र परवानीपुरदेखि उत्तर नदी निकट सैनिक मोर्चा कायम गरेर
आक्रमण गरिरहे । तिन महिनासम्म निरन्तर गुरिल्ला युद्ध चलाएका यिनले सङ्घर्षका अन्य मोर्चाहरु
पुगेर सघाउँदै राणा प्रशासनलाई आच्छु आच्छु पारेका थिए ।
सङ्गठन विस्तार र सुदृढीकरणमा रमाउने अमात्य ः
ज्ञढ
नेपालको इतिहासमा राज्यको स्रोत साधन सम्पन्न सेनाद्वारा संरक्षित वीरगञ्जमाथि काँग्रेसले
तयार गरेको र सीमित तालिम र हतियारका भरमा लड्न आएका मुक्तिसेनाद्वारा विजय हासिल गर्नु
एक ऐतिहासिक कार्य थियो । जसको श्रेय कुशल व्यवस्थापक एवं वीरगञ्ज आक्रमण अभियानका एक
कमाण्डर तेजबहादुर अमात्यलाई दिनु पर्दछ । थिरबम मल्लजस्ता मुक्ति सेनाका संस्थापक
कमाण्डरलाई गुमाएर हासिल गरेको उक्त विजयबाट थपउत्साहित मुक्ति सेना तेजबहादुर अमात्यलाई
जन सरकार प्रमुख बनाएर ठोरी आक्रमण गर्न हिँड्यो । वीरगञ्ज काँग्रेसले कब्जा गरेको समाचारबाटै
आत्तिएको राणा सरकारले जसरी पनि फिर्ता लिने तर्फ लागि सेना पढाइहाल्यो । एकराज शमशेर
नेतृत्वमा आएको राष्ट्रिय सेना ९एक हजारजना० द्वारा २००७ साल मंसिर ५ गते वीरगञ्ज प्रवेश गरि
नेपाली काँग्रेस एवं आन्दोलनकारीहरूको कब्जाबाट फिर्ता लिए ९जोशी, २०४८ ः ४६० । नेपाल भारत
सम्पर्कको प्रमुख नाकादेखि राजधानी काठमाडौंको जीवनरेखा र राज्य गतिशिलताको आधार काँग्रेसले
कब्जा गर्दा राज्य संयन्त्रनै पंगु बन्ने सोच लिएका राणाहरूले त्यसपछि वीरगञ्जलाई पकडमा राखिरहे
। वीरगञ्ज फिर्ता लिएर प्रतिशोधात्मक कार्वाही गरेपछि ठोरीमा रहेको मुक्तिसेना माथि आक्रमण गर्न
पुगेको एकराज शमशेरको पल्टनलाई चारैतिरबाट आक्रमण गरेका मुक्ति सेनाले केही हातहतियार नै
छाडेर भाग्न बाध्य बनाईदिए ९तामाङ, २०५६ ः १४०० । प्रत्यक्ष लड्ने नीति छाडेर गुरिल्ला युद्धनीति
अपनाइएपछिको स्थितिमा मुक्तिसेनाले देशैभरीका मोर्चाहरूमा सफलता प्राप्त गर्दै र जनसरकार गठन
गर्दै गएर राणा सरकारलाई सम्झौता नगरि नहुने स्थितिमा पु¥याइदियो ।
विश्वव्यापि रूपले बढेको जनजागरण र त्यसले ल्याएको जनचेतनाको प्रभावकै कारण नेपाली
काँग्रेसलाई साथदिन तयार भएका जनताहरू क्रान्तिमा उत्रिए । करिव १०० दिनको सङ्घर्षमा
जनताको भलाईलाई सर्वोपरी राख्ने सरकार गठनको लक्ष्य लिएका जनताहरू निरन्तर लागि परेर
राणा सरकारलाई सिंहदरबामा मात्र सीमित हुने स्थितिमा पु¥याएर सम्झौता गर्न बाध्य बनाए ९पाँडे,
२०३९ ः ४६३स गौतम, २०७४ ः ३४१– ३४७० । त्यसबखत वी।पी। कोइरालाले लिएको नीति सार्थक
हुन नदिएका भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले राणा शासकहरू नै रहने गरि सीमित परिवर्तन
स्वीकार गर्न बाध्य बनाए । जसले गर्दा दिल्ली सम्झौता मार्फत्भएको परिवर्तनले अन्तमा राणाको
हातमा रहेको अधिकार शाह वंशको हातमा मात्र सार्ने काम गरेको हो ९रेपर एण्ड हफ्टन, सन्१९९२
ः ११५० । त्यसबाट प्राप्त सीमित परिवर्तन र अधिकारकै भरमा राणा शासकहरूसँग आन्तरिक सङ्घर्ष
थालेको नेपाली काँग्रेस प्रजातान्त्रिक पद्धति र क्रान्तिका सीमित उपलव्धिहरूको रक्षा गर्दै संविधान
सभाको चुनावका पक्षमा उभियो ।
२००७ साल फाल्गुण ७ गतेको शाही घोषणाले नेपाली काँग्रेस समेतको सरकार गठन गरेपछि
देशका विभिन्न ठाउँहरूमा गठित जन सरकारहरू विघटित भए । त्यसपछि देशका विभिन्न
द्दण्
भागहरूमा असन्तुष्ट भएका योद्धाहरूदेखि राणा शासनका पक्षधरहरू सम्मबाट विद्रोह देखि लुटपाट
सम्मका काम गरेर समस्या खडा गर्ने स्थिति भयो । त्यस्तो स्मिति बढेमा परिणाम नराम्रो हुने बुझेका
गृहमन्त्री वी।पी। कोइरालाले राजा त्रिभुवनसँग परामर्श गरेर देशका विभिन्न ठाउँहरूमा आफ्ना
विश्वासपात्रहरूलाई बडाहाकिम बनाएर शान्ति सुरक्षा कायम गर्दै स्थिति नियन्त्रणमा लिने जिम्मा
दिए ९थापा, २०६९ चैत्र १० । यहि व्यवस्था अन्तर्गत देशकै पहिलो जनसरकार प्रमुख भएर वीरगञ्जमा
शान्ति सुव्यवस्था समेत मिलाउँदै आफ्नो क्षमता देखाएका तेजबहादुर अमात्यलाई वीरगञ्जकै
वडाहाकिमको प्रशासकिय पदमा नियुक्त गरि सुव्यवस्था कायम गर्ने जिम्मा दिइएको हो ।
सीमित हतियार एवं जनशक्तिका भरमा राणाहरूको साधन सम्पन्न सैनिकहरूलाई फकाउने–
तर्साउने र झुक्याउने गरेर वीरगञ्ज आक्रमण सफल पारेका तेज बहादुर अमात्यमा जनस्तरमा
भिड्ने क्षमता थियो । कब्जा गरेपछिको अस्थिर स्थितिमा पनि जनसरकार प्रपुखका हैसियातले
कुशलतापूर्वक वीरगञ्जको व्यवस्थापन मिलाइहाल्न सफल भएका यिनले जनताको मन जितेरै काम
गरेको उल्लेख पाइन्छ । वीरगञ्जमाथि राष्ट्रिय सेनाले पुनः कब्जा गरेपछि ठोरीदेखि चितवनसम्मका
अभियानहरूमा कुशलतापूर्वक सैन्य परिचालन गर्ने र गाउँबस्तीहरूमै पुगेर जनताको मन जित्ने गरेर
सङ्गठनात्मक स्थिति समेत बलियो बनाएका अमात्यलाई गणेशमान सिंह जस्ता नेताद्वारा कुशल र
सफल व्यक्तिको संज्ञा दिएको भेटिन्छ ९गोरखापत्र, २०४७ कार्तिक २४० ।
वीरगञ्ज क्षेत्रको उन्नती र विकासका लागि शिक्षाको विकास गर्नु पर्दछ भन्ने धारणाका
पक्षपाती तेजबहादुर अमात्यले वडाहाकिमको जिम्मेवारी पाउनासाथ शैक्षिक विकासतर्फ कदम चाले
। इमान्दार कर्तव्यनिष्ठ, निष्पक्ष र स्पष्ट वक्ताको छाप पारेका उनले स्थापना गरेको नेपाल राष्ट्रिय
विद्यापिठ ९श्रीपुर हाइस्कूल० पर्साकै सबल र नमूना शैक्षिक संस्था हो । नेपालको विश्वविद्यालयभन्दा
पनि जेठो यो विद्यालयका स्थापना पछि क्याम्पस हुँदै माथि पु¥याउने सोच राखेको गणेशमान सिंहलाई
ल्याएर अवलोकन गराएपछिको कुराकानीका क्रममा विश्वविद्यालय नै बनाउनु पर्दछ भन्ने सल्लाह
सुझाव आएको जानकारी पिताबाट सुनेको उल्लेख गर्ने नेपाली काँग्रेस पर्साका सभापति अजय
द्विवेदीले आँटिलो र मार्गदर्शक अभिभावक, सुझबुझका साथ काम गर्ने– नेतृत्व दिने अग्रजका रूपमा
लिएको जानकारी दिनुभयो ९द्विवेदी, २०७६ असोज २८० । रामजनम तिवारी, भागवत दुबे, मेघराज
उपाध्याय, भूपेन्द्रलाल नेपाली, गणेशशरण रावत, ठाकुर कुमार आदि वीरगञ्जका अग्रज राजनीतिज्ञ
एवं मित्रहरूको साथ–सहयोग लिएर कार्य गरेका उनले छोटो अवधिमै वीरगञ्जको प्रशासनिक
व्यवस्था चुस्त बनाउनेदेखि शिक्षा–स्वास्थ्यको विकास र व्यापार व्यवशाय उन्नती तर्फका पूर्वाधकार
बनाउने काम गरि कुशल प्रशासकको छवि बनाएका थिए ९दुबे, २०७६ असोज २७स नेपाली, २०७६
असोज २७० । जसले गर्दा वीरगञ्जमा शान्ति सुरक्षा कायम भएकाले खुसी भएका व्यापारी–
द्दज्ञ
व्यवशायीहरूबाट सहयोग गर्ने–साथ दिने स्थिति बन्यो । परिणामस्वरूप वीरगञ्ज क्षेत्र शिक्षा, स्वास्थ्य,
यातायात, उद्योग, व्यापारिक प्रतिष्ठान आदिको केन्द्र बन्ने पूर्वाधार तयारीसँगै कृषिको
आधुनिकीकरणको बाटो लिने स्थिति शुभारम्भ भएका थियो ।
शिक्षा नै विकासको मानक हो भन्ने धारणाका पक्षपाती तेजबहादुर अमात्यको वडाहाकिम
कालमा नै नेपाल तराइको पहिलो क्याम्पस वीरगञ्जमा स्थापना–सञ्चालन भएको हो । स्थानीय
जनता कार्यकर्ता व्यापारी आदि सबैलाई समेटेर पूर्वाधार तयार गरी क्याम्पस खोल्न चाहेका यिनले
केन्द्रबाट अनुमती ल्याएका थिए । त्यसपछि वीरगञ्जको चर्चित महाविद्यालय ठाकुर राम बहुमुखी
क्याम्पस स्थापनाको सम्पूर्ण प्रबन्ध मिलाई सकेपछि आफ्नै हातले वि।सं। २००९ सालमा शिलान्यास
गरेर विधिवत निर्माण कार्य थाले पछि छोटो अवधिमै पूरा गरेर पठन पाठन चलाएका थिए ९सरावगी,
२०५० ः २८२स गोर्खाली, २०४७ ः ९– १०स द्विवेदी, २०७६ आश्विन २८० । शिक्षाप्रतिको लगाव र प्रेम
नै उनको कर्मपथको सहयात्री र सफलताको कुञ्जी थियो भन्दा अनुपयुक्त हुँदैन ।
नेपालमा राणा विरोधी आन्दोलनको पृष्पठभूमि तयार गर्नमा महत्वपूर्ण भूमिका रहेका
खड्गमान सिंह, टंकप्रसाद आचार्य जस्ता अग्रज राजनीतिज्ञहरूले परिवर्तन पछिको सरकारमा स्थान
नपाउँदा असन्तुष्ट भएर विरोधमा उत्रिरहेका थिए । नेपाल कम्यूनिष्ट पार्टी र डिल्लीरमण रेग्मी पनि
विरोधका बाटा खोज्न लागि परेका थिए । नेपाल प्रतिको नीति छाड्न नचाहेको भारत पनि नेपालमा
भएको परिवर्तन आफ्नै अग्रसरता र सहयोगमा भएको मान्यता स्थापित गरेरै पनि फाइदा उठाउन
लागि परेको थियो ९पुष्पलाल, २०५३ ः ७०० । काँग्रेसको प्रभाव नघटाउँदासम्म प्रभाव विस्तार गर्न
नसकिने ठानेका यी सबै नेता एवं दलहरू विविध कुरा र विषय उठाएरै आफ्ना भातृ सङ्गठन,
विद्यार्थी, महिला, किसान मजदुर आदिलाई उठाएर सङ्गठन सुदृढ गर्दै विरोधमा उत्रिए । त्यसै क्रममा
नेपाल प्रजापरिषद, कम्यूनिष्ट पार्टी मिलेर जातिय जनतान्त्रिक संयुक्त मोर्चा नै गठन गरेर राणा–
काँग्रेस सरकार भारतको पिछलग्गु भएको आरोप लगाउँदै विरोधमा उत्रिए ९देवकोटा, २०१६ ः ९७–
९८० । देशकैक्रान्तिकारी धारमा परिणत हुने लक्ष्य लिएको यो मोर्चाले तराइका पिछडिएका क्षेत्र एवं
ग्रामिण परिवेशमा गतिविधि थाले । जसबाट राजविराज, तौलिहवा, सप्तरी, नेपालगञ्ज, जस्ता क्षेत्रमा
अस्थिरता सिर्जनाको सम्भावना देखिन थालेकाले वीरगञ्जको स्थिति नियन्त्रणमा राखेका र तराईका
गाउँबस्तीहरूमा सजिलै भिज्न सक्ने क्षमता देखाइसकेका तेजबहादुर अमात्य वी।पी। एवं गणेशमान
सिंहको रोजाइमा परे । त्यसैले सुरुमा राजविराज सरुवा गरिएका अमात्यले छोटो समयमै त्यहाँको
स्थिति नियन्त्रणमा लिएपछि तौलिहवा पठाइयो ९अमात्य, २०७६ भाद्र २०० । पुग्नासाथ तौलिहवाका
स्थानीय व्यक्ति प्रशासक, सुरक्षा निकाय, नेताहरू आदिलाई भेटेर कार्य थालेका उनले छिटैनै
परिस्थिति नियन्त्रण गरेर कुशल प्रशासकको भूमिका निर्वाह गरि लोकप्रियता नै हासिल गरे ।
द्दद्द
त्यसबखत उनले देखाएको कार्य कुशलताले गर्दा तौलिहवा अन्तर्गतको क्षेत्रमा जातिय सद्भाव कायम
हुने, धार्मिक विवाद र दंगाको स्थिति नै उत्पन्न नहुने अवस्था सिर्जना भएर शान्ति–सुव्यवस्था कायम
भएको कुरा पङ्क्तिकारले भैरहवा क्याम्पसमा प्राध्यापन गर्दा तौलिहवाको स्थलगत अध्ययन क्रममा
स्थानीय बुढापाका राजनीतिज्ञहरूबाट सुन्न पाएको हो ।
नेपालमा पूर्ण परिवर्तन गर्न खोज्दा चीनको साम्यवाद भित्रीने भएकाले क्रमिक परिवर्तन
उपयुक्त हुन्छ भन्ने नीति भारतीय प्रधानमन्त्री नेहरूको थियो । त्यही अनुरूप दिल्ली सम्झौता
स्वीकार्न बाध्य पारेका उनले गठन गराएको राणा–काँग्रेस सरकार सुरुदेखि नै आफ्नो खुट्टामा उभिन
सकेन । यो सरकारका दुवै पक्षहरू एक अर्काका विरोधी भएकाले आपसमा समझदारी कायम गरेर
काम गर्नुका सट्टा एक अर्काको विरोध गर्ने र स–साना विवाद–समस्या आइपर्दा समेत भारतसँग
सल्लाह गर्न जाने गर्न थाले । जसबाट नेपालको राजनीतिमा भारतीय प्रभाव अनावश्यक रूपले बढ्न
गइ काठमाडौंका जनतामा अस्थिरता ल्याउनेदेखि वी।पी। जस्तो नेतालाई उत्तरदायित्व विहिन र
षडयन्त्रकारी भन्ने दोष लगाउने परिस्थिति विकसित भयो ९शाह, सन् १९९० ः २६३ – २६४० ।
अर्कातिर नेहरूकै नीतिले गर्दा परिवर्तन पछिको सरकारमा सहभागी भएका राणाहरूले प्रजातान्त्रिक
विचार, प्रवृत्ति र धारणा स्वीकार्न तयार नभई पुरानै सामन्ती र प्रतिक्रियावादी नीति अनुरूप सक्रिय
भएर राजधानी लगायत देशैभरी अपाm्नो प्रभाव भएका ठाउँहरूमा अशान्तिपूर्ण क्रियाकलाप गराएर
आतङ्कित पार्ने र क्रान्ति विथोल्ने प्रयत्न गराए ९उदास “पोखरेली”, २०५३ ः ३२३० । त्यसबाट मोहन
शमशेरमा पनि नया राजनीतिक र सामाजिक वातावरणमा रहि आपूmलाई त्यही अनुरूप अभ्यस्त गर्दै
लाने अभिलाषा नरहेको स्पष्ट भएकाले उनकै कतिपय समर्थक एवं राणा परिवारकै सदस्यहरूले पनि
साथ नदिई काँग्रेससँग मिल्न जाने स्थिति भयो ९जोशि एण्ड रोज, १९६९ ः ८६० । नेपाली राजनीतिको
यस्तो खिचातानी र प्रवृत्ति माथि नजर राखिरहेका तत्कालिन भारतीय राजदूत सि।पि।एन। सिंह खुलेरै
निस्किइ आन्दोलित विद्यार्थीहरू भड्काउने देखि गृहमन्त्रीको विरोधमा सक्रिय हुने काम भयो ।
जसबाट विकसित वातावरणमा गृहमन्त्री वी।पी। ले राजिनामा दिएपछि राणा–काँग्रेस सरकार पतन
भएर मातृका प्रसाद कोइराला नेतृत्वको सरकार गठनको परिवेश विकसित भयो ।
नेपाली काँग्रेसका अध्यक्ष भए तापनि क्रान्तिकालमा मातृकाप्रसाद कोइरालाले गरेका कार्यबाटै
तेजबहादुर अमात्यले उनलाई रुचाउँदैनथे । २००७ सालको क्रान्ति क्रममा थिरबम मल्लको
शहादतपछि नेतृत्व सम्हालेका अमात्यले वीरगञ्जको खजानाबाट प्राप्त ४५ लाख रूपैयाँ ९अन्य
विभिन्न स्रोतहरूले त्यो रकम ३० लाख, ३५ लाख, ४० लाख रहेको उल्लेख गरेका छन्० वीरगञ्जमा
रहन दिदा लुटपाट हुन सक्ने समेतका कारण देखाएका मातृकाप्रसाद कोइरालाले भारतको दिल्ली
लगेर राजा त्रिभुवनलाई बुझाउने निर्णय सुनाए । वी।पी।, सुवर्ण समेतको उपस्थितिमा उनले सुनाएको
द्दघ
निर्णय विरुद्ध कोही नबोले पछि अगाडि सरेका तेजबहादुर अमात्यले उक्त रकम वीरगञ्जका जनताको
नासो भएकाले अन्त लानै हुँदैन यहि नै राख्नु पर्दछ र यहीको विकास–उन्नतीमा लगाउनु पर्दछ भनी
जिरहकै शैलीमा कुरा राखे ९अमात्य, २०७६ असोज २७० । उनको प्रस्तावलाई तुरुन्तै अस्वीकार गरेका
क्रान्ति कमाण्डर मातृकाले दिल्ली नै लाने भनेपछि अरु नेतृत्व पन्थीहरूले पनि सहमति जनाए ।
परिणाम स्वरूप राजा त्रिभुवनलाई बुझाउन भनी दिल्ली पु¥याइएको उक्त रकम भारत सरकारले सिज
गरेर परिवर्तनपछि नेपाललाई दियो भन्ने कुरा आए तापनि वीरगञ्ज भने कहिल्यै पुगेन । जसले गर्दा
मातृका प्रसाद कोइरालालाई वीरगञ्जका जनताप्रति अनुत्तरदायि ठह¥याएर असन्तुष्ट रहेका तेजबहादुर
अमात्यको उनीप्रतिको धारणा सकारात्मक हुनै सकेन ९राजभण्डारी, २०७६ भाद्र २०० । त्यो स्थितिमा
पार्टीका अधिकांश नेता एवं कार्यकर्ताहरूको चाहना–धारणा विपरित मातृकाप्रसाद कोइराला
प्रधानमन्त्री भएपछि राजनैतिक मतैक्यता कायम गर्न नसकेका अमात्यले बडा हाकिम पदबाट
राजिनामा दिएर सुवर्ण शमशेर समेतका नेताहरूसँग परामर्श गर्न पुगे ९राजभण्डारी, २०७६ भाद्र २०स
गोर्खाली, २०४७ ः १०० । यसप्रकार नेपालको राजनीतिमा हावी हुँदै आएको भारतीय प्रभावले गर्दा
तेजबहादुर अमात्य जस्ता कुशल प्रशासकलाई समेत असन्तुष्टता प्रकट गर्नै पर्ने स्थितिको सामना
गर्नु प¥यो ।
सुवर्ण शमशेरसँग निकटतम सम्बन्ध भएकाले सरसल्लाह गर्न पुगेका तेजबहादुर अमात्यलाई
आफ्नो क्षेत्रमा गएर सङ्गठनात्मक गतिविधिमा लाग्ने सल्लाह दिएर पठाउने काम भयो । उनको
सल्लाह मानेर वीरगञ्ज फर्किहालेका उनले आफ्नो जिल्ला एवं क्षेत्रमै नेपाली काँग्रेसको सङ्गठन
सुदृढिकरणमा ध्यान दिएर काम थाले । आफ्नो क्षेत्रका बारा, पर्साु, रौतहट आदि जिल्लाका गाउँबस्ती
सम्मै पुगेर सङ्गठन विस्तार एवं सुदृढिकरण कार्य गरेका उनले अविश्रान्त यात्रीझैँ काम गरिरहे ।
नेपाली काँग्रेस पर्सा जिल्ला शाखाको अध्यक्ष पदमा रहेर राजनैतिक कार्यदेखि सामाजिक–साँस्कृतिक
स्थिति सुधार्ने अभियानमा लागि परेका यिनले पार्टी केन्द्रको निर्णय र निर्देशनमा आएका र आयोजना
गरिएका प्रत्येक कार्यक्रमहरूमा पर्सा जिल्ला मात्र होइन नारायणी क्षेत्रकै समन्वय गरेर सक्रिय
सहभागिता जुटाउने काम गरे ९गोर्खाली, २०४७ ः १०स श्रेष्ठ २०७६ असोज २६० । पार्टीको
कार्यक्रममा वीरगञ्ज मात्र नभएर नारायणी क्षेत्रकै सहभागिता कम नरहोस्भन्नेमा निकै ख्याल राखेर
काम गर्ने नेता अमात्यले आफ्नै आर्थिक प्रबन्धमा लाने– ल्याउने सम्मकै कार्य गरेकोले २००८ साल
पछिका हरेक कार्यक्रमहरूमा नारायणी क्षेत्रको संलग्नता अत्यधिक भएको विर्सनै नसकेको धारणा
महेश्वरलाई श्रेष्ठबाट सुन्न पाइएको हो ।
राणा काँग्रेस सरकारको पतनपछि प्रधानमन्त्री भएका मातृकाप्रसाद कोइरालाबाट पार्टीको
नीति–निर्णयभन्दा भारतभक्ति र राजभक्तिलाई महत्व दिएपछि शुरु भएको विवाद २००९ साल जेठ
द्दद्ध
१० बाट जनकपुरमा सुरु भएको नेपाली काँग्रेस पाँचौँ अधिवेशनमा नराम्रोसँगै पोखियो । पार्टीभित्र
देखा परेका अनेक घात–प्रतिघात र अन्तर्घातको आम्ने–साम्ने उभिएर पार्टी निष्ठा, प्रतिवद्धता,
राष्ट्रियता र प्रजातन्त्र माथि एकसाथ देखा परेका हाँकहरूलाई स्वीकार गरेका वी।पी। ले त्यस्ता सवै
चुनौतिहरू सामु नेपाली काँग्रेसलाई कहिल्यै झुक्न नदिने संकल्प लिएर सभापति पद सम्हाल्न
लागेका थिए ९बस्नेत, २०६६ ः ४०३० । सुवर्ण शमशेर गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय,
गोपालप्रसाद भट्टराई, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधी जस्ता नेताहरूद्वारा समर्थित वी।पी।
कोइरालाले जित्ने स्थिति हुँदा हुँदै पार्टी वी।पी। लाई छाडेर सरकार म चलाउँछु भन्ने प्रतिबद्धता व्यक्त
गरेका मातृका प्रसाद कोइरालासमेतबाट मनोनयन दर्ता गरिएको थियो । त्यसपछि शुरु भएको
छलफल र विवादका क्रममा पर्साको प्रतिनिधि बनेर गएका तेजबहादुर अमात्यले सुवर्ण शमशेरको
सल्लाह बमोजिम वी।पी। को पक्षमा उभिएर आफ्नो क्षेत्रका सबैलाई सङ्गठित गरी वी।पी। लाई नै
भोट हाल्न लगाएका थिए ।
नेपाली काँग्रेसको नेतृत्वमा वी।पी। को विजयपछि असन्तुष्ट मातृकाप्रसाद कोइरालाबाट केही
समयपछि राष्ट्रिय प्रजा पार्टी खोलेर सक्रियता थाल्ने र नेपाली काँग्रेसको नीति विपरित काम गर्ने
गरेपछि सुरु भएको विवादले मातृका सरकारकै पतन भयो । त्यसपछि देशमा शाही सर्वोच्चता बढ्ने
क्रम शुरु भएपछि नेपाली काँग्रेसको क्रान्तिकारी समूह पाखा परेर अवसरवादी समूह दरबार निकट
पुग्ने सत्तासुख भोगने स्थिति बन्यो । केन्द्रमा उत्पन्न विवादलाई खासै वास्ता नगरी आफ्नो क्षेत्रमै
खटिरहेका तेजबहादुर अमात्यद्वारा भने सुवर्ण शमशेर समेतका नेताहरूको सम्पर्कमा रहेर
सङ्गठनात्मक गतिविधिमै रमाउने र आवश्यक पर्दा सघाउने कार्यमै लागेर कर्मपथमै रमाउने कार्य
गरिएको थियो । एक सम्पन्न परिवारको सदस्य हुँदाहुँदै पनि देशको समग्र जनजीवनलाई अध्ययन
गरेर अनेकौँ दुःख कष्टका लागि जीवन प्रवाहित गरेका नेता अमात्यले सुवर्ण शमशेरको चाहनालाई
कहिल्यै अस्वीकार गरेनन् ९सरावगि ९स।०, २०५० पौष ः २८२० । आफ्नो क्षेत्रका भूपेन्द्रलाल श्रेष्ठ,
गणेश शरण रावल, भागवत दुबे, मेघराज उपाध्याय, ठाकुरकुमार आदि साथहिरूको सहयोगमा
सङ्गठनात्मक अभियानमै रमाएका उनले बारा, पर्सा, रौतहटलाई काँग्रेसकै गढ बनाउन सकेका थिए
९नेपाली, २०७६ आश्विन २७० । पार्टी सङ्गठन प्रतिको त्यो समर्पण देखेर खुशी भएका सुवर्ण
शमशेरले पनि काँग्रेसलाई सङ्गठित गर्ने अभियानको जिम्मा दिएर आफ्ना विश्वस्त व्यक्ति भएको
प्रमाणित गर्ने काम भयो ।
जनकपुर अधिवेशन पछिका तिन वर्षहरू सङ्घर्ष र आपसी वैमनस्यतामा विताउनु परे पनि
सङ्गठनात्मक सुदृढिकरण र जनचेतना अभिवृद्धिलाई निरन्तरता दिएको नेपाली काँग्रेसले २०१२
सालमा पार्टीको छैठौँ महाधिवेशन वीरगञ्जमा गर्ने निश्चय ग¥यो । ६ लाख क्रियाशिल सदस्यहरू
द्दछ
भएको काँग्रेसको सभापति वी।पी। कोइरालाबाट पार्टीलाई विधिवत समाजवादी पार्टी बनाउने नीति
अनुरूप आयोजित वीरगञ्ज सम्मेलन सुवर्ण शमशेरकै मुरली दरबारमा भएको थियो ९गुप्ता, १९९३ ः
९६स आचार्य, २०६० ः ७३० । जसमा पार्टी नीति “प्रजातान्त्रिक समाजवाद” हुने घोषणा गरेको नेपाली
काँग्रेसले सुवर्ण शमशेरलाई आगामी चार वर्षका लागि पार्टी सभापति चयन ग¥यो । राजासँग
सम्झौताको नीति अवलम्बन गरेरै भए पनि प्रजातन्त्रको संस्थागत विकास गर्न सरकारमा सहभागि
हुने र निर्वाचन नहुँदासम्म सङ्घर्षको नीति नै जारी राख्ने भन्ने धारणा लिएका दुइवटा बलिया समूह
देखिएको उक्त अधिवेशनमा सुवर्ण शमशेर सम्झौतावादी समूहका उम्मेदवार बनेका थिए । सङ्घर्षको
नीतिवाला समूहको नेता गणेशमान सिंह थिए । यसप्रकार देखिएका दुइ समूहमध्ये सुवर्ण शमशेरको
पक्षमा उभिएका तेज बहादुर अमात्यद्वारा आयोजक समितिमा रहेर सम्पूर्ण व्यवस्थापन मिलाउनेदेखि
वी।पी सँगको समन्वयमा सुवर्ण शमशेर पक्षमा अभिमत जुटाउने सम्मका कार्यमा वीरगञ्जका
साथीहरूको टोली लिएर गरेको भागदौड प्रभावकारी भएको सुन्न पाइएको छ ९दुबे, २०७६ असोज
२८स शाह कानु, २०७६ असोज २७० । यसप्रकार गरेको मेहनत सार्थक भएपछि साथीहरूलाई जम्मा
गरेर भोज खुवाएका तेजबहादुर अमात्यले सच्चा कर्मविरकै परिचय दिएको धारणा त्यसबखतका
तरुणहरूले व्यक्त गरेका छन्।
धाराप्रवाह बोल्न सक्ने खुबी र मानिसलाई सजिलै कन्भिन्स गर्न सक्ने क्षमताका धनी
तेजबहादुर अमात्यले वीरगञ्ज लगायत आफ्नो क्षेत्रका सबैजसो तरुण–विद्यार्थी ९नवयुवक०हरूलाई
समेटेर सङ्गठन बनाएका थिए ९राजभण्डारी, २०७६ भाद्र २०० । जिल्ला स्तरमै घुम्ने, काम गर्ने र
रमाउने बानीले गर्दा राष्ट्रिय राजनीतिमा आउन नचाहने अमात्यले जहाँ रहे पनि आफ्नो समूहका
साथीहरूलाई सूचना पु¥याउने, काम लगाउने, सहयोग लिनेएक मजबुत संयन्त्र निर्माण गरेका थिए ।
जसबाट तयार भएको सङ्गठनलाई समाज कल्याण र प्रजातन्त्रको संस्थागत विकासमा प्रयोग गरेका
उनले राजा महेन्द्रलाई चुनाव गराउन बाध्य पार्ने नेपाली काँग्रेसको भद्रअवज्ञा आन्दोलन ९सत्याग्रह०
का क्रममा वीरगञ्जमा आयोजित कार्यक्रमहरूलाई राजधानीकै तुलनामा प्रभावकारी बनाएका थिए ।
सत्याग्रह आन्दोलन प्रभावकारी बनाउन सुवर्ण शमशेरलाई वीरगञ्ज क्षेत्र ९बारा, पर्सा, रौतहट
र चितवन० को इन्चार्ज तोकिए पछि वीरगञ्ज प्रचार विभाग मार्फत् सक्रिय भएका तेजबहादुर
अमात्यले तयारी कार्य तिब्र बनाए । २०१४ साल मार्ग २२ गतेदेखि देशव्यापी सत्याग्रहको व्यापक
तयारी भएको जनाएर आमसभाहरूमा भाग लिन सबैलाई अनुरोध गर्दै आन्दोलन सफल पार्न
स्वयंसेवक सूचीमा नाम लेखाई तयार हुन अनुरोध गरेको सिमरौचल प्रचार विभागले मार्ग २२ लाई
चुनाव पूण्य तिथि नै घोषणा गरको छ ९आचार्य, २०६० ः परिशिष्ट २४० । जनताका घरघर घुमी
सबैलाई चुनाव र सत्याग्रहबारे अवगत गराउने स्थानीय नेता एवं कार्यकर्ताहरूको प्रयासले गर्दा
द्दट
वीरगञ्ज क्षेत्रमा २ हजार सत्याग्रहीहरू भर्ना हुने, २० हजार जतिले हस्ताक्षर बुझाउने स्थिति
भएपछि मंसिर २२ गते विहान ११ बजे सुवर्ण शमशेरको नेतृत्वमा निस्केका सत्याग्रहीहरूले
वीरगञ्ज गोश्वारा कचहरीको सँगै सत्याग्रह सुरु गरे ९आचार्य, २०६० ः ७९० । दुइ घण्टा पुलिस
गिरफ्तारमा विताएका सुवर्ण शमशेर समेतका नेताहरूबाट मंसिर २४ गते वीरगञ्ज मिना बजारमा
आमसभा गरेर भाषण गर्दै ६ महिनाभित्र आमचुनाव गरियोस्भने माग गरे । त्यसक्रममा अनेकौँ पर्चा
एवं सत्याग्रह बुलेटिन प्रकाशन गरेर सत्याग्रहका कार्यक्रम, जनसहभागिता, सफलता आदिबारे
जवनस्तरमै सुचना प्रवाह गरेको वीरगञ्ज जोन नेपाली काँग्रेसले महत्वपूर्ण काम गरेको देखिन्छ ।
वीरगञ्जको राजनीतिमा २००७ सालदेखि २०२२ साल चैत्र २८ गते सम्मको अवधिमा अविश्रान्त
यात्रीको रूपमा खटेर काम गर्ने तेजबहादुर अमात्य रहेको स्वीकारोक्ति सबैतिरबाट भएको अवस्थामा
वीरगञ्ज सत्याग्रहबारे उल्लेख गर्नेहरूले कहिँकतै उनको नाम लेखेको पाइँदैन । सुवर्ण शमशेरका
अत्यन्त विश्वासपात्रका रूपमा अन्तिम साससम्मै खटेका उनले त्यसबखत सहयोग पु¥याएको तथ्य
वीरगञ्जमा सम्पन्न कार्यक्रमहरूबाटै अनुमान लगाउन सकिन्छ । तसर्थ प्राप्त सामग्रीहरूका आधारमा
थप अनुसन्धानको आवश्यकता देखिन्छ ।
नेपाली काँग्रसको भद्रअवज्ञा आन्दालेनकै परिणामस्वरूप चुनावको तिथि तोकेका राजा
महेन्द्रबाट सुवर्ण शमशेरको नेतृत्वमा चुनावी सरकार गढन गरेपछि देशैभरी चुनावी चहल पहल शुरु
भयो । आफ्ना साथी सुवर्ण शमशेर क्षेत्र नं। ५३ वारापूर्व पर्साबाट चुनाव लड्ने भएपछि उनलाई
अत्यधिक मतले जिताई छाड्ने नीति लिएका तेजबहादुर अमात्य सक्रिय भए । २००७ सालको
क्रान्तिमा नेपाली काँग्रेसकै सदस्य भएर महत्वपूर्ण कार्य गरेको र पछिका दिनहरूमा सामाजिक कार्यमै
रमाएर जिल्लामा निकै लोकप्रिय भएको आफ्नै भाई दोलेन्द्र बहादुर अमात्य पनि त्यही क्षेत्रबाट
चुनाव लड्न लागेको थाहा पाएपछि समझदारी कायम गरेर सुवर्ण शमशेरलाई विजयी बनाउन
तेजबहादुर अमात्यले खेलेको भूमिका बारे उनकै जेठा ज्वाइँले दिएको जानकारीलाई संक्षेपमा उल्लेख
गर्ने काम भएको छ ।
सुवर्ण शमशेरलाई क्षेत्र नं। ५३ पर्साबाट सकेसम्म निर्विरोध बनाउने सोच लिएका तेजबहादुर
अमात्य आफ्नै भाई दोलेन्द्र बहादुर अमात्य त्यहाबाट चुनाव लड्न थालेको थाहा पाए पछि झसंग
भए । २००७ सालको क्रान्तिमा गरेको महत्वपूर्ण कार्य र त्यसपछिका सामाजिक कार्यबाट जिल्लामा
दोलेन्द्रको छवि राम्रो थियो । वीरगञ्जकै स्थानीय र समाजसेवी डिठ्ठा ललितबहादुर अमात्यको
छवीसमेतबाट समाजले रुचाएका दोलेन्द्र खडा भएमा सुवर्ण शमशेरको विजय सुनिश्चित हुनै
सक्दैनथ्यो । त्यो स्थितिमा सुवर्णको पक्षमा देखिएका तेजबहादुर अमात्यले भाइ दोलेन्द्र बहादुरलाई
भेटेर तिमी चुनाव नलड, सुवर्णजीलाई छाडिदेउ बरु तिम्रो कुनै शर्त वा कन्डिसन छ भने भन्
द्दठ
भनेपछि घरायसी एवं पार्टीभित्र छलफल शुरु भयो । क्रान्तिपछि केही नीतिगत बेमेल भएकाले
पार्टीगत राजनीति छाडेर सामाजिक कार्यमा लागेका दोलेन्द्र बहादुर अमात्यबाट नेपाली काँग्रेसले
अपर हाउसमा मनोनित गर्छु भने सुवर्णका पक्षमा चुनाव छाड्ने शर्त राखे । त्यसलाई सुवर्ण
शमशेरले मानेपछि तेजबहादुर अमात्यका दुइभाइ बीच सम्झौता भएपछि सुवर्ण शमशेर क्षेत्र नं। ५३
बाट अत्यधिक मतले विजयी भए । तर चुनावपछि सभापति वी।पी। बाट दोलेन्द्र बहादुरलाई अपर
हाउसमा लान आनाकानी गरिए तापनि सुवर्ण शमशेरले बचन दिएर सम्झौता गरेको भन्दै त्यस्तो
नभए क्याविनेट बाटै राजिनामा गर्छु भनेपछि मात्र वी।पी। दोलेन्द्रलाई अपर हाउसमा लान माने ९
राजभण्डारी, २०७६ भदौ २०० ।
सङ्गठनात्मक गतिविधिमा लागेर आफ्नो क्षेत्रलाई सङ्गठित गरेर प्रभाव क्षेत्र नबनाउँदासम्म
राष्ट्रिय राजनीतिमा सफल भइदैन भन्ने नीति अनुरूप सक्रिय तेजबहादुर अमात्यद्वारा चुनावबाट
निर्वाचित सरकार गठन भएपछि पनि स्थानिय राजनीतिलाई बलियो बनाउने प्रयासलाई नै निरन्तरता
दिने काम गरे । जसबाट सङ्गठन बलियो हुँदै गएको स्थितिमा शक्तिशाली राजा बन्न चाहेका
महेन्द्रबाट जननिर्वाचित सरकार भंगगरि संसदीय व्यवस्था नै समाप्त गरिएपछि पुनः सङ्घर्षपथ
चुनेका तेजबहादुर अमात्यले गरेका कार्यलाई अर्को शीर्षकमा विश्लेषण गरिने छ ।
सशस्त्र सङ्घर्षको सञ्चालन र शहादतः
नेपालको राजनीतिमा प्रभुत्व कायम राख्न चाहेका राजा महेन्द्र शुरुदेखि नै कम्यूनिष्ट र काँग्रेस
बीचको दूरी बढाइ दिएर फाटो पार्ने कार्यमा लागेका थिए । नेपाल कम्युनिष्ट पार्टीका महासचिव
केशरजङ्ग रायमाझिलाई प्रभावमा पारेर आफ्नो पक्षमा ल्याएका उनले काँग्रेस बाहेकका राजनैतिक
दलका नेताहरूको मुटु छाम्ने देखि काँग्रेसभित्र स्वार्थी र महत्वाकांक्षी केही नेताहरूलाई हात लिएर
षडयन्त्रको जाल बुन्दै थिए । भित्रभित्रै सबै तयारी गरेका राजाले भारतीय प्रधान सेनापति जनरल
चिमैया एक हप्ते सरकारी भ्रमणमा आएर सौराहामा पुगेको, उप–प्रधानमन्त्री सुवर्ण शमशेर नीजि
कामले कलकत्ता गएको अवसरमा अत्यधकि प्रचारसाथ सुरु भएको नेपाल तरुण दलको उद्घाटन
कार्यक्रममा विश्वका विभिन्न देशका प्रतिनिधि मण्डलले भाग लिएको स्थितिमै संविधानको धारा ५५
प्रयोग गरि सेनाको सहायतामा प्रधानमन्त्री लगायत सरकारका सदस्य एवं राजनेताहरूलाई खोजि
खोजी गिरफ्तार गरे ९मरहठ्ठा, २०७५ ः १०३– १०४० । नेपालका लागि दलिय व्यवस्था अफाप सिद्ध
भएको घोषणा सँगै निर्दलीय पञ्चायती व्यवस्था स्थापना गरेका उनले प्रधानमन्त्री लगायतका
नेताहरूलाई बन्दी बनाएर देशैभरी अमानुािष्क दमनको स्थिति कायम गरि आफ्नो प्रभुत्व स्थापना
गर्ने प्रयास थाले ।
द्दड
सकेसम्म राष्ट्रिय राजनीतिका कार्यक्रमहरूमा नआउने स्वभावका तेजबहादुर अमात्यको
आफ्नो क्षेत्रका हरेक गतिविधिहरूमा सहभागिता जनाउने र समय पाएमा घर– परिवारसँग बसेर
रेडियो सुन्ने वानी थियो ९राजभण्डारी, २०७६ भाद्र २०० । वीरगञ्ज क्षेत्रका प्रतिनिधि –
पर्यवेक्षकहरूलाई काठमाडौं पठाएपछि २०१७ साल पौष १ गतेका दिन घरमै बसेर रेडियो सुन्दै थिए ।
त्यसै क्रममा काठमाडौं थापाथलमिा आयोजित तरुण दलको कार्यक्रममा सैनिक हस्तक्षेप भएर वी।पी।
लगायतलाई गिरफ्तार गरि सिंहदरबार पु¥याइएको, काठमाडौंका सडकहरूमा सेनाको गस्ति सुरु
भएको आदि समाचार आयो । जसबाट राजाले हस्तक्षेप गरेको र सत्ताहातमा लिएको बुझेपछि
नेपालभित्र बस्नु खतरापूर्ण छ भन्ने निष्कर्षमा पुगिहालेका उनी तुरुन्तै घर पछाडिको बाटो निस्केर
रक्सौल तर्फ लागे ९राजभण्डारी, २०७६ भाद्र २०० । त्यसप्रकार तुरुन्त निर्णय गरेर हिँडिहालेको आधा
घण्टा पछि नै घर घेराहाल्न आएका प्रहरीहरूले सारा घरको खान तलासि लिएर काम गर्नेदेखि
परिवारका सदस्यहरूलाई केरकार गरेको कुरा परिवारका सदस्यहरूले बनाएका थिए ।
तेजबहादुर अमात्यको जोडबलबाट राष्ट्रिय सभा सदस्य ९सांसद० भएका भाइ दोलेन्द्र बहादुर
अमात्य भने त्यसबखत सामाजिक संस्थाको कार्यक्रम लिएर जीतपुर गाउँमा गएका थिए । त्यसको
जानकारी पाउँनासाथ प्रहरीहरूले जीतपुरबाटै पक्रेर बन्दी बनाई ५ वर्ष सम्मै थुनेको थियो ९
राजभण्डारी, २०७६ भाद्र २०० । त्यस्तो स्थितिमा उम्केर रक्सौल पुगेका तेजबहादुरले वीरगञ्जका
साथीहरूलाई खबर गरेर रक्सौल बोलाउने, घरबाट आवश्यक सरसामान खर्च आदि झिकाउने काम
गरेपछि सुवर्ण शमशेरलाई भेट्न कलकत्ता जाने विचार गरे । केही दिन चूप लागे पनि भागेर लुकेर
भारत पुगेका नेता–कार्यकर्ता समेतका साथीहरूको दबाबमा केह ीगर्न अग्रसर भएका सुवर्ण शमशेरले
आफ्ना निकटस्थहरूसँगको परामर्श पछि उचित निर्णय गर्न पटना सम्मेलन बोलाए । नेपालभित्र
पार्टी निकायहरूलाई खबर गरेर आवश्यक निर्णयका साथ आउन भनेका सुवर्ण शमशेरले पटना
सम्मेलनको सबै चाँजोपाँजो मिलाउने जिम्मा तेजबहादुर अमात्यलाई दिएको कुरा पारिवारिक
सदस्यदेखि राजनैतिक– सामाजिक व्यक्तित्वहरूबाट थाहा हुन आएको छ ।
प्रजातन्त्रका लागि शिरमा कात्रो बाँधेर घर–परिवार, श्रीसम्पत्ति छाडेर भारतको निर्वासन रोजेका
तेजबहादुर अमात्य जस्ता साथीहरूलाई सङ्गठित गर्न पटना सम्मेलन बोलाएका सुवर्ण शमशेरले
भारतीय नेतृत्व समेतलाई भेटेर नीति निर्माण गरे । त्यसपछि तेजबहादुर अमात्य समेतको पहलमा
प्रबन्ध मिलाएपछि २०१७ साल माघ १२ गते शुरु भएको पटना सम्मेलन १३ गतेसम्म चल्यो ।
भूमिगत रूपले देशभित्र एवं बाहिरबाट आएका नेता–कार्यकर्ताहरूको उपस्थितिमा सम्पन्न पटना
सम्मेलनले देशमा प्रजातन्त्र पुनस्र्थापना गर्नै पर्ने निर्णय ग¥यो आफ्ना सभापति वी।पी। कोइराला
राजाको बन्दी भएकाले आवश्यक निर्णय गर्नका लागि सुवर्ण शमशेरलाई नेपाली काँग्रेसको कार्यवाहक
द्दढ
सभापति बनाउने काम ग¥यो ९सापकोटा, २०६८ २७स श्रेष्ठ, २०७६ असोज २६० । त्यसपछि नेपाली
जनताको कठोर परिश्रम र बलिदानबाट प्राप्त प्रजातन्त्रलाई अपहरण गर्न नदिइने घोषणा गरेर
सङ्घर्ष गर्ने नीति अनुरूप सुवर्ण शमशेरलाई सम्पूर्ण अधिकार प्रदान गर्दै सङ्घर्षका नीति कार्यक्रम
निर्धारण जिम्मा लगाएर सम्मेलन समापन गरिएको थियो ९आचार्य, २०६ ः ९६स अधिकारी, २०५९ ः
१५४– १५५० ।
पटना सम्मेलनको निर्णयपछि सङ्घर्षका गतिविधि शुरु गर्न लागिहालेका तेजबहादुर अमात्यद्वारा
रक्सौलमा डेरा–डण्डा जमाएर आफ्नो क्षेत्रका साथीहरूदेखि राजनैतिक कार्यकर्ताहरूसम्मलाई
परिचालन गर्न थाले । त्यसबखत कलेजमा अध्ययनरत बहुअरी पर्सा निवासि युवक राजेश्वर दुबेलाई
भेटेर पिता ललितबहादुर अमात्यसँगबाट सामान ल्याइदेउ भनि एक चिठि दिएर पठाए । आफ्ना दाजु
भागवत दुबेसमेत रक्सौलको घरमा बसेर आन्दोलन तयारीमा लागेका थाहा पाएका राजेश्वरले पनि
हुन्छ भन्दै साइकल चढेर वीरगञ्जपुगि ललित बहादुर अमात्यलाई तेजबहादुरको पत्र दिए । पत्र
हेर्नासाथ भित्र पसेर एउटा पेस्तोल लिएर आएका ललितबहादुर अमात्यले कसरी लान्छौ भन्दै दिएपछि
साइकलको क्यारियरमा रहेको लुङ्गिमा लपेटेर अगाडिको हेन्डिलमा झुण्ड्याएका राजेश्वरले अर्कोतिर
ट्रान्जिस्टर अर्थात्रेडियो झुण्ड्याएर सरासर मुलबाटोबाटै रक्सौल पुगि तेजबहादुर अमात्यलाई जिम्मा
लगाए ९दुबे, २०७६ असोज २८० । सदाजसो साइकलबाटै आवत–जावत गर्ने हुँदा सिमाका प्रहरीदेखि
भन्सार गार्ड–कर्मचारीले राम्रोसँग चिनेका राजेश्वरलाई त्यसदिन पनि सिमाका प्रहरीहरूले सदाझै
रोकेर कुराकानी गर्दा निडरतनासाथ सामान्य रूपमै प्रस्तुत भएर सिमापार गरेको उल्लेख गरेका थिए
।
पार्टीको आदेश पाएपछि वीरगञ्जमा विभन्नि विरोधका स्वरहरू उजागर गराउने कार्य गर्न
थालेका तेजबहादुर अमात्य सक्रियतासाथ लागे । मेघराज उपाध्याय, भागवत दुबे जस्ता साथीहरू
रक्सौलमै रहेको र भूपेन्द्रलाल नेपाली, दिलेन्द्र ९दोलेन्द्र० बहादुर अमात्य, माधवलाल श्रेष्ठ, एम।वि।
शाही, गणेश रावत, रामचन्द्र कुशवाह, आत्मराम ओझा आदि नेपालकै जेलमा रहेको अवस्थामा
वीरगञ्जकेन्द्रित कार्यक्रम शुरु गराएका तेजबहादुर अमात्यको कार्यकुशलताले गर्दा ठाउँ ठाउँमा
विरोधसभा, कोणसभा सम्पन्न गर्नेदेखि बम विष्फोटन गराएर प्रशासन एवं सुरक्षाकर्मीहरूलाई
तर्साउने काम भयो ९दाहाल, बिकेडी सं। ९२०७२० ः २६७स दुबे, २०७६ असोज २८० । देशव्यापी रूपमै
थालिएका यस्ता कार्यलाई राजविद्रोहको संज्ञा दिएको पञ्चायती सरकार चरम दमनमा उत्रियो ।
जसबाट अहिंसक आन्दोलन चलाउन नसकिने प्रष्ट भएकाले नेपाली काँग्रेसले प्रस्तावित सत्याग्रह–
शान्तिपूर्ण आन्दोलन परित्याग गरेर सशस्त्र सङ्घर्षको बाटो रोजी महामन्त्री परशुनारयाण चौधरी
मार्फत घोषणा नै गराइएको थियो ९अधिकारी, २०५९ ः १६०० । त्यसपछि हिंसात्मक सङ्घर्ष
घण्
व्यवस्थित बनाउन वा चलाउन आवश्यक तयारी थालेको नेपाली काँग्रेसले नेपाल–भारत सिमा क्षेत्रका
नक्सलवाडि, फारवेशगञ्ज, दरभंगा, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बलरामपुर र सुदूरपश्चिम
गरि ८ वटा क्याम्प एवं शाखा कार्यालय कायम गरेर विभिन्न व्यक्तिहरूलाई नेतृत्व तोकेर आ–
आफ्नो क्षेत्रका कार्यक्रमको जिम्मा दिने क्रममा तेजबहादुर अमात्यलाई रक्सौल शाखाको नेतृत्व
जिम्मा लगाएको भेटिन्छ ९अधिकारी, २०५९ ः १६१० । जसबाट उत्साहित भएका तेजबहादुर अमात्यले
मेघराज उपाध्याय, भागवत यादव, भागवत दुबे, कनकमान शाक्य आदि साथीहरूको सहयोगमा
रक्सौल क्याम्प व्यवस्थित गरि सशस्त्र सङ्घर्ष प्रभावकारी बनाउने उपाय खोज्दै आफ्ना
सङ्गठनात्मक सुत्रहरू परिचालन गर्ने तर्फ लागे ।
पटना सम्मेलनको लगत्तै नेपालभित्र सङ्घर्ष सञ्चालनका लागि विभाजन गरिएको तीन क्षेत्र
अन्तर्गतका अधिकार कायमै राखि नेपाल–भारत सिमाका प्रमुख ८ शहरहरूमा शिविर कायम गरेको
नेपाली काँग्रेस हतियार व्यवस्थापनतर्फ लाग्यो । सुवर्ण शमशेरको आर्थिक व्यवस्थापनमा नेपाल–
भारतका सिमानाका जंगलदेखि भारतका विभिन्न ठाउँहरूमा टाइम बम एवं शक्तिशाली पटाका बम
निर्माण गर्ने कारखाना सञ्चालन गरेपछि मुक्ति सेनालाई तालिम दिने ठाउँ पनि चयन गरियो ९गौतम,
२०६१ ः ७७ं । मध्य नेपालको तराइदेखि राजधानी र आसपासका क्षेत्रको जिम्मेवारी पाएर सशस्त्र
सङ्घर्षका गतिविधि प्रभावकारी बनाउन चाहेका तेजबहादुर अमात्यले रक्सौल क्याम्पकै तेस्रो तलामा
बम एवं शक्तिशाली पटाका बनाउने कारखाना चलाएर तयारी गर्न थाले ९राजभण्डारी, २०७६ भदौ
२०० । राजधानी काठमाडौं एवं आसपासको क्षेत्रदेखि मध्य तराईका क्षेत्रमा सङ्घर्षका गतिविधि
सञ्चालन गर्ने जिम्मेवारी पाएका तेजबहादुर अमात्यले वीरगञ्जमा छिटफुट बमकाण्ड गराएर सशस्त्र
गतिविधि थालेको जनाउ दिएर अन्य गतिविधिको तयारी तर्फ लागे ।
नेपाली काँग्रेसले सशस्त्र सङ्घर्षका लागि शशी शमशेरलाई चिफ कमाण्डर राखि कञ्चन
शमशेर राणा कृष्ण विक्रम शाह, क्याप्टेन पि।बि। बस्नेत, क्या। खुमबहादुर मगर, मेजर थामे, कणेल
डि।बी। राई र मकर बहादुर स्वाँरलाई उनका सहयोगी बनाएर विभिन्न शिविरहरू हेर्ने जिम्मा दिएको
थियो ९अधिकारी ९शास्त्री०, २०५८ ः ३८०– ३८२० । ठाउँ ठाउँमा गठन गरिएका मुक्ति सेनाहरूलाई
छापामार युद्ध लगायतका तालिम दिन भनी पि।एस। मल्ल र कैलाश नामक अवकाश प्राप्त भारतीय
सैनिक अफिसर पठाईदिएका नेहरूले उनीहरूमार्फत् नै निगरानी राखेको सम्भावना छ । यसप्रकार
तयारी गरेपछि सशस्ञ सङ्घर्षका लागि केही नीति नियम बनाएर हान र भागको रणनीति अनुरूप
गुरिल्ला आक्रमण गरि नेपालको प्रशासन यन्त्रलाइ नै पंगु बनाएर राजालाई पार्टीसँग सम्झौता गर्न
बाध्य पार्ने उद्देश्य अवलम्बन गरिएको पाइन्छ ९अधिकारी, २०५९ ः १६२० । यसप्रकार सत्ता पक्षमाथि
आक्रमण गर्ने निर्णय गरेपछि प्राप्त निर्देशन अनुरूप २०१८ साल कार्तिक २६ गते क्रान्ति दिवशका
घज्ञ
दिन सुरु भएको सशस्त्र सङ्घर्ष ओखलढुंगा, दिक्तेल, ऐसेलुखर्क, रामेछाप, ताप्लेजुङ, पाँचथर, पूर्वी
तराई, गुल्मी, अर्घाखाँची, बैतडी, चितवन, काठमाडौं आदि अनेक ठाउँहरूमा फैलियो ९उपाध्याय,
२०७६ ः ८९० । पुलिसचौकीदेखि प्रशासकिय निकायहरूसम्म आक्रमण एवं तोडफोड गर्ने, आगो
लगाउने, सरकारी सम्पत्ति एवं हातहतियारहरू लुट्ने कार्य गरेका आन्दोलनकारहिरू सशक्तताका साथ
अघि बढ्न थाले । सङ्घर्षको घोषणादेखि नै कमाण्डर इन चिफ निरशमशेर समेतका व्यक्तिहरूसँग
राय बुझेर विद्रोह दमनका लागि सेना उतारेको राज्य पक्षले हरेक गतिविधिका लागि छुट दियो ।
जसले गर्दा कतिपय ठाउँहरूमा सरकारी दमनका रक्तरंजित घटनाहरू भएर विद्रोहीहरूको हत्या पनि
हुन गएको थियो ।
सशस्त्र सङ्घर्षको उक्त अवधिमा तेजबहादुर अमात्य एवं सरोजप्रसाद कोइरालालाई जिम्मा
दिइएका क्षेत्रमा सबैभन्दा चर्चित, विवादास्पद घटनाहरू घटेको पाइन्छ । पुल पुलेसा तोडने, चौकी
जलाउने–भत्काउने कार्यक्रमहरूबाट राजा टसमस नहुने धारणाका पक्षपाती दुवै नेताहरू राजधानी र
त्यसको आसपासका क्षेत्रदेखि महत्वपूर्ण केन्द्रहरूमा आक्रमण गर्ने र राजाकै कार्यक्रमदेखि गाथसम्मै
क्षति पु¥याउन अग्रसर हुनेतर्फ लागे । जनकपुरदेखि भैरहवासम्मको तराई क्षेत्र काठमाडौं उपत्यका,
नुवाकोट, काभ्रेसम्मकै क्षेत्रमा गतिविधिको जिम्मा पाएपछि रक्सौलमा डेरा डण्डा जमाएर बसेका
तेजबहादुर अमात्य सुरुदेखि नै आक्रमक रूपले बढे । काठमाडौंका तरुणहरूदेखि पार्टीका
नेताहरूसम्मले सरसल्लाह गरेर कार्यक्रम बनाएका उनले सुन्दरीजल पावर हाउसलाई विष्फोटक
पदार्थ प्रयोगबाट उडाएर सारा काठमाडौं अन्धकार बनाएर वी।पी। लाई छुटाउने, काठमाडौं
उपत्कयामा तोडफोड गर्ने, राजधानीका महत्वपूर्ण पुलहरू, सरकारी कार्यालयहरू, पावरहाउस, रेडियो
स्टेशन, आकाशवाणी, विमानस्थलको टावर आदि महत्वपूर्ण ३० ठाउँलाई एकैदिन एकै समयमा
उडाउने योजना अनुसार प्रशस्तै विष्फोटक पदार्थहरू सहित पठाएका थिए ९अधिकारी, २०५९ ः १६३–
१६४० । नेपाली काँग्रेसका मानिसहरूमाथि निगरानी गरिरहेको राज्य पक्षले विभिन्न ठाउँमा प्रयोग गर्न
तयार भएका, लुकाएर राखेको ठाउँबाट नै विष्फोटक पदार्थहरू सहित मानिसहरू पक्रेर मुद्दा चलाउँदै
आजन्म कैद सजाय तोकेको पाइन्छ ।
तेज बहादुर अमात्यको व्यवस्थापन र निर्देशनमा भएको अर्को महत्वपूर्ण एक्सन भरतपुरको
सङ्घर्ष थियो । भरतपुरमा आक्रमण गर्न चाहेका बखानसिंह गुरुङले नर्कटियागञ्ज क्याम्पमा बसेर
बनाएको योजना उपयुक्त ठानेका नेताहरूले कलकत्ता हेड क्वार्टरलाई जानकारी पठाए । त्यसपछि
योगप्रसाद उपाध्यायलाई नर्कटियागञ्जमा पठाएपछि बनाइएको योजना अनुसार पठाइएका मुक्ति
सेनाको टोलीद्वारा २०१८ साल माघ २४ गते माडि बघौडा चौकी कब्जा गर्दै बढेपछि कुटनैतिक
अभियानसमेत चालेर माघ २६ गते सजिलै चितवनमा कब्जा जमाएको थियो ९अधिकारी ९शास्त्री०ं,
घद्द
२०५८ ः ४२३–४२४स अधिकारी, २०५५ ः ४५८० । त्यसपछि दुई दिनसम्म चितवनमाथि कब्जा
जमाएका मुक्तिसेनाले राजधानीबाट सरकारी सेना आउन नसकोस भनी अपनाएका उपाय र गरेका
कार्यहरू सफल नभएकाले भक्तविर राणाको नेतृत्वमा आएका सेनाले भरतपुर फिर्ता लिएर
जगतप्रकाशजंग शाह लगायतका धेरै क्रान्तिकारीहरूलाई पक्रेर अमानवीय रूपले हत्या गरेको धारणा
उल्लेख पाइन्छ ९अधिकारी, २०५९ ः १६६–१६९स अधिकारी ९शास्त्री०, २०५८ ः ४२४–४२८० । क्रान्ति
मोर्चामा हिँडेका पतिलाई सफलताको कामना सँगै रातो टीका लगाएर विदा गरेकी रश्मि शाहले उक्त
काण्डको समाचार पाएपछि अन्न जल त्यागेर निराहार बसी प्राण त्यागेको दर्दनाक घटना समेत
जोडिएको भरतपुर काण्डबारे कलम चलाउनेहरूले त्यस क्षेत्रकै कमाण्डरको संलग्नताबारे केही
उल्लेख गरेको भेटिंदैन । मध्ये क्षेत्रमा सङ्घर्ष प्रभावकारी बनाउन लागि परेका तेजबहादुर अमात्यका
पारिवारिक स्रोतहरूले भरतपुर काण्ड पनि उनकै व्यवस्थापनमा भएको उल्लेख गरेको आधारमा थप
अध्ययनको आवश्यकता देखिन्छ ।
सानातिना कार्यक्रमहरूले राजालाई प्रभाव पार्न नसक्ने ठानेका तेजबहादुर अमात्यले राजा
महेन्द्रद्वारा थालेको तराई भ्रमणको कार्यक्रममा आक्रमण गरेर विथोल्न सके जनतामा राजा र
प्रचायती व्यवस्था प्रति सहानुभूति नजाग्ने ठानेपछि सरोजप्रसाद कोइरालासँग सल्लाह गरे ।
क्रान्तिकारी सोचका दुवैतरुणहरूले गरेको सल्लाहको अन्तमा राजाको भ्रमणलाई केन्द्र बनाएर ठुलै
काम गर्ने सोच बनाएपछि कलकत्तातर्फ लागे । कलकत्तामै बसेर विगतका कार्यबाट जनता सन्तुष्ट
नरहेको देखाएर चुनौती दिन राजामाथि नै बम हान्ने योजना बनाएका दुवै क्रान्तिकारीहरू फर्केर
दरभङ्गा आएरपछि पार्टी महामन्त्री परशुनारायण चौधरीसँग बसेर छलफल गरेपछि मात्र अन्तिम
निर्णय गरेका थिए ९गौतम, २०७१ ः २३८० । त्यसबखत बनाएको योजनाबारे जानकारी दिएर
कोडनामबाट सुवर्ण शमशेरलाई पत्र लेखेका परशुनारायण चौधरीले आवश्यक स्रोत समेतको माग गर्दै
प्रभावकारीता नै प्रस्ट पारेको र राजाको भ्रमण कार्यक्रम विथोलने र जनअसन्तुष्टता देखिने गरि
कार्यक्रम बनाउन र कार्यान्वयन गर्न जिम्मा दिएको थाहा हुन्छ । त्यसका आधारमा राजा महेन्द्रले
भ्रमण गर्ने विराटनगरदेखिका तराई क्षेत्रहरूमा पुलपुलेसा भत्काउनेस्वागतद्वारहरू भत्काउने–जलाउने
काम गरेपछि जनकपुरमा बम हान्ने निर्णय गरेर तयारी गरेका थिए ९गौतम, २०७१ ः २३८– २४०० ।
सरोज कोइरालाको नीति र कार्यशैलीले गर्दा पूर्ण रूपेण आन्दोलित र प्रभावित तराईका जिल्लाहरूको
भ्रमण थालेका राजालाई सवक सिकाउने निश्चय पछि रक्सौल स्थित क्याम्पकै कारखानामा बम
तयार गराएका तेजबहादुर अमात्यले सरोजप्रसाद कोइरालालाई बम दिएको कुरा तेजबहादुरकै जेठा
ज्वाइँबाट थाहा भएको हो ९राजभण्डारी, २०७६ भदौ २०० । बेनी बहादुर कार्कीबाट सो कुरा थाहा
पाएको बताउने राजभण्डारीलेराजामाथि बम हान्ने कार्यक्रम बनरे तेजबहादुरले बम दिने समाचार
घघ
कलकत्ता पुगेपछि केन्द्रीय तहको निर्देशनमा बेनीबहादुर कार्की दौडेर रक्सौल आइपुगेको तर
त्यसबेलासम्म बम पठाई सकिएकोले केही गर्न नसकेको स्थितिमा जनकपुरमा बम पड्किएको उल्लेख
गरेका छन्।
तेजबहादुर अमात्यका जेठा ज्वाइँ भूतपूर्व राजदूत पुष्करराज राजभण्डारीको यो दावी तत्कालिन
दस्तावेज एवं इतिहाससँग भिडाउँदा सत्य देखिंदैन । राजाको आगमनमा कार्यक्रम बनाइएको र
उपयुक्त हुन्छ भन्ने विवरण महामन्त्री परशुनारायण चौधरीले सुवर्ण शमशेरलाई जानकारी दिएको र
अनुमति पाएर मात्र एक्सन भएको इतिहासका अध्येता राजेश गौतमले परशुनारायण चौधरीको पत्र
सहितका सामाग्रीहरूका आधारमा विश्लेषण गरिसकेको हुँदा राजालाई बम हान्न लागेको समाचार
पाएपछि बेनीबहादुरलाई बम नदिनु भन्न पठाए होलान् जस्तो लाग्दैन । तसर्थ यसबारे थप
अनुसन्धानको आवश्यकता पर्दछ ।
२०१८ साल माघ ९ गतेको जनकपुर बम काण्डको भोलि पल्ट जनकपुर बमकाण्डमा सहभागि
भएर रातारात फर्किएका दलसिंह थापा मगर एवं दुःखा सहानी वीरगञ्जको बडाहाकिम निवासलाई
ध्वस्त पार्ने लक्ष्य अनुरूप बम प्रहार गरेर भाग्दा पक्राउ परि काठमाडौं पु¥याएर जनकपुर
बमकाण्डका अभियुक्तहरूसँगै मुद्दा लगाएर फैसला सुनाएको पाइन्छ ९अधिकारी ९शास्त्री०, २०५८ ः
४५७स गौतम, २०७१ ः २४५– २४६० । आयोजकदेखि योजनाकार बारेकेही उल्लेख नपाइने वीरगञ्ज
बमकाण्ड पनि तेजबहादुर अमात्यकै योजना, निर्णय र व्यवस्थापनमा भएको सम्भावना धेरै भएको
सहमती जनाउँदै थप अध्ययनको आवशयकता रहेको किटानै गर्नु उचित हुनेछ ।
प्रजातान्त्रिक पद्धति नै अपदस्त गर्ने राजा महेन्द्रको विरुद्धमा सशस्त्र सङ्घर्ष घोषणा गरेको
नेपाली काँग्रेसका कार्यवाहक अध्यक्षको विश्वासपात्र भएकाले रक्सौल जस्तो महत्वपूर्ण मोर्चा र
क्याम्पको जिम्मेवारी दिएको र उल्लेखित कार्यहरू सम्पन्न गराएका तेजबहादुर अमात्यले गहन
दायित्व पूरा गरेका थिए । राजधानीमा विष्फोटन गराउने योजना कार्यान्वयनको जिम्मेवारी दिएका
सुवर्ण शमशेरबाट जनकपुर बमकाण्डपछिको भरतपुर अभियानका लागि किन योगप्रसाद
उपाध्यायलाई नर्कटियागञ्ज पठाए भन्ने बारे पनि थप अनुसन्धानको आवश्यक देखिन्छ । त्यसबारे
सोध्नका लागि योगप्रसाद उपाध्यासँग भेट्न गरेको प्रयास उहाँको स्वास्थ्य समस्याले गर्दा सफल हुन
नसकेकाले यतिनैउल्लेख गरेर यो प्रसङ्ग अन्त गर्न चाहन्छु ।
हान र भागको रणनीति अनुरूप नेपाली काँग्रेसले सञ्चालन गरेको गुरिल्ला युद्धबाट देशका
विभन्नि भागमा हिंसात्मक घटनाहरू घट्न थालेपछि राज्यद्वारा पनि कडा दमन थालेको थियो ।
काँग्रेसी आन्दोलनकारीहरूलाई अराष्ट्रिय तत्व घोषणा गरेको श्री ५ सरकारबाट त्यस्ता तत्वलाई
घद्ध
सहयोग पु¥याएको आरोप लगाउँदै भारतप्रति असन्तुष्टि व्यक्तगर्ने देखि त्यस्ता कार्य रोक्न सहयोग
माग्ने काम भयो । तर पनि परिणाम सकारात्मक आउन नसकेको अवस्थामा नेपाली काँग्रेससँगै वार्ता
गरेर समाधान निकाल्ने सोच अनुरूप राजा महेन्द्रले प्रयास थाल्न लागेकै बेला २०१९ साल कार्तिक
४ गते अकस्मात सुरु भएको भारत–चीन युद्धले परिस्थितिमा परिवर्तन ल्याइ दियो । युद्ध थाल्नु
अगाडि नेपाल विरुद्ध कुनै आक्रमण भएमा चीन–नेपालकै पक्षमा हुने वक्तव्य जारी गरेका चिनिया
विदेशमन्त्री चेन–यीको धारणाबाट राष्ट्रियता धरापमा पर्ने पर्ने महसुस सुवर्ण शमशेरले गरे ।
भारतबाट पनि सङ्घर्षका गतिविधि रोक्न वा स्थगन गर्न भनिएकोले राष्ट्रियताको रक्षातर्फ सोचन
बाध्य भएका सुवर्णं शमशेरले कलकत्तामा पार्टी साथीहरूको बैठक बोलाएर सबैकुरा राखि अनिश्चित
कालका लागि सशस्त्र सङ्घर्ष स्थगनको निर्णय गरि सार्वजनिक गरे ९अघिकारी ९शास्त्री०, २०५८ ः
४६९ – ४७०० । अधिकांश तरुण कार्यकर्ता एवं क्रान्तिकारी वर्गहरू असन्तुष्ट रहेको स्थितिमा केही
दिनपछि सशस्ज्ञ सङ्घर्ष पूर्ण रूपमै फिर्ता लिने निर्णय गरेर सुवर्ण शमशेर राजासँग समझदारी
निर्माण गर्नतर्फ लागे ।
गुरिल्ला शैलीको सशस्त्र सङ्घर्ष लक्ष्य प्राप्तिबिना स्थगन एवं फिर्ता गरिएपछि नेपाली
काँग्रेसको सङ्घर्षशिल शैलीमा शिथिलता देखिन थाल्यो भने पञ्चायतका सञ्चालकहरूमा नयाँ
उत्साहको थालनी भयो । गिरफ्तारदेखि भूमिगत रहेरै सङ्घर्षमा लाग्ने काँग्रेसी कार्यकर्ताहरूमाथि
मुद्दा चलाएर धमाधम सजाय तोक्न थालेको सरकारद्वारा सुवर्णं शमशेरको समझदारी प्रयासलाई
वेवास्ता गर्ने नीति लिइयो । त्यो स्थितिमा भारतको रक्सौललाई कर्मक्षेत्र बनाएर निर्वासित जीवन
विताउन थालेका तेजबहादुर अमात्य पार्टी नीति स्वीकार गर्दै शान्तिपूर्ण रूपले बसेर समयको प्रतिक्षा
गर्न थाले । अर्कोतिर सशस्त्र सङ्घर्ष स्थगनको घटना पछि शान्तिको सास फेरेका राजा महेन्द्रद्वारा
पञ्चायती संविधान जारी गरेर आफ्नो व्यवस्थालाई स्थायित्व दिनेदेखि प्रजातन्त्र पक्षधरहरूलाई
अनिश्चितकालसम्मै थुन्ने नीति अवलम्बन गरे।
आपूmमाथि बम प्रहार गर्ने र गर्न लगाउनेसँग बदला लिने नीतिमा लागेका राजा महेन्द्रको
निर्देशनमा तेजबहादुर अमात्यलाई समाप्त गर्ने अभियानमा पंचायतका केही प्रशासकहरू लागि परे ।
आफ्ना सूत्रहरू मार्फत् बम दिने व्यक्तिको रूपमा लिएका उनीहरूले पेशेवर अपराधिहरू पठाएर
रक्सौलबाट कलकत्ता गइरहेका बखत ट्रेनमा छुरा हान्न लगाउने, कलकत्ता चौरङ्गिमा शशी शमशेरसँगै
हिँडेका बेला छुराद्वारा आक्रमण गराउने काम पनि भएको थियो ९राजभण्डारी, २०७६ भाद्र २०० । दुबै
पटकको आक्रमणमा बच्न सफल भएका तेजबहादुर अमात्यसँग निर्दलीय राजनीतिका पक्षधर एवं
पृष्ठपोषकहरूले सदैव खतरा महसुस गरिरहेका थिए । अर्कोतिर राजा एवं सुवर्ण शमशेर बीच
चलिरहेको संवाद सार्थक हुने हल्ला चलिरहेको स्थितिमा काँग्रेससँग समझदारी भएमा आफ्ना दिन
घछ
सकिने ठानेका उच्च भारदारदेखि प्रशासकहरूसमेत सम्झौता भाँड्ने उपाय खोज्दै थिए ९नेपाली,
२०७६ असोज २८० । त्यसै क्रममा उनलाई नमारि नछाड्ने नीति अनुरूप २०१९ सालमा
रक्सौलस्थित उनी बसेको घरमा नै बम हानेर ध्वस्त पार्ने प्रयास भयो ९गौतम, २०७१ ः २७० ।
वीरगञ्जका स्थानीय प्रभावशाली नेता एवं नारायणी क्षेत्रलाई नै कार्य क्षेत्र बनाएर लामो समय काम
गरेका व्यक्ति भएकाले त्यस क्षेत्रका जनताको माया, समर्पण, विश्वास बुझेर थर्कमान हुने पञ्चायती
व्यवस्थाका नेता एवं प्रशासकहरूले अमात्यलाई समाप्त गर्नै बम प्रहार गर्न लगाएको, तर उनी
त्यसबेलामा पनि घर बाहिर रहेकाले तेस्रो आक्रमणबाट पनि जोगिएका थिए ।
पञ्चायती व्यवस्थालाई स्थापित गर्ने लक्ष्य नै लिएका राजा महेन्द्र नेपाली काँग्रेसका
प्रभावशाली मानिसलाई आफ्नो पक्षमा ल्याएर लक्ष्य सफल बनाउने मार्ग फराकिलो पार्न चाहेका
उनलेआफ्नो प्रस्ताव नमान्ने, विरुद्धमा उठ्ने, उभिनेलाई बन्दीगृहमा थुन्ने वा समाप्त गर्ने नीति नै
लिएका थिए । सुवर्ण शमशेरको विश्वासपात्र भएकाले रक्सौलमा बसेर आपूmलाई चुनौति दिंदै सशस्त्र
सङ्घर्षका गतिविधि गरेर हायल कायल पार्ने र आपूmमाथि बम प्रहार गर्ने व्यवस्था मिलाइदिने
तेजबहादुर अमात्यप्रति सुरुदेखि नै रुष्ट भएका राजाले जसरी पनि उनलाई हटाउने सोच बनाए ।
त्यसै क्रममा नेपाली काँग्रेस र उसको नीतिलाई कमजोर बनाइ छाड्ने निश्चय गरेका राजाले २०२१
सालको सुरुतिरै नै नेपाली काँग्रेसका केही नेताहरूको हत्या गराउने षडयन्त्रात्मक योजना बनाएर
कार्यान्वयन गर्नका लागि केही ठाउँका बडाहाकिम एवं अञ्चलाधिशहरूलाई गोप्य ओदशहरू दिए
भनी तत्कालिक प्रशासक बद्रीत्रिवmम थापाको हवाला दिएर उल्लेख गरेको पाइन्छ ९गौतम, २०७१ ः
५७० । राजाको यहि आदेशलाई पूरा गर्ने नीति लिएकाहरूबाट रक्सौलमा निर्वासित रहि सुवर्ण
शमशेरको परामर्शमा काम गरिरहेका तेजबहादुर अमात्यमाथि २०२२ साल चैत्र २८ गतेगोली हानेर
हत्या कार्यान्वयन थाल्ने काम भयो ।
राणा विरोधी आन्दोलन विकास गर्ने क्षणदेखि नै वीरगञ्ज क्षेत्रको राजनीतिमा लागेका
तेजबहादुर अमात्य नारायणी क्षेत्रकै प्रभावशाली नेता थिए । २०१७ साल पौष १ गतेको काण्डपछि
रक्सौलमा केन्द्रीत भएर अमात्यले नेपाली काँग्रेसको नीति र सुवर्ण शमशेरको परामर्श अनुरूप सशस्त्र
सङ्घर्षका गतिविधिहरू बढाएर राजा महेन्द्रको राज्यसत्तालाई नै हल्लाईदिने स्थिति सिर्जना गरेका
थिए । उनको कार्य एवं गतिविधिहरूबाट पञ्चायती राजनीति र तिनका नेताहरू थर्कमान हुने
परिस्थिति भएकालेराजाको इशारामा सक्रिय भएका नारायणी अञ्चलाधिश लिलाराज विष्ट र प्रहरी
प्रमुख शमशेर बहादुर विष्टले आफ्ना एजेन्टहरू पठाई गोलि हान्न लगाए ९गौतम, २०७१ ः ५७स
अमात्य, २०७६ आश्विन २७० । २०२२ साल चैत्र २८ गतेका साँझ ७ः४५ तिर सदाझैँ घुमेर सिमान्त
चम्पारणको रक्सौल नगरस्थित मित्र हरिहरप्रसाद गुप्ताको पसल अगाडि पुगेर साथीहरूसँग कुराकानी
घट
गरिरहेका बेला पान पसल रहेको काठको ट्याङ्कीघर पछाडि लुकेका हत्यारा एजेन्टहरूले २ वटा
गोली प्रहार गरेर भागि हाले ९राजभण्डारी, २०७६ भाद्र २०स अधिकारी ९शास्त्र०ि, २०५८ ः ४७६स
गोर्खाली, २०४७ ः १३० । नेपाली क्रान्तिका नेता त्यसरी ढलेको देख्नासाथ डंकन अस्पताल पु¥याएरका
साथहिरूको कामना विपरित राती ११ः३० बजेतिर अस्पतालमै नश्वर संसार छाडेका नेता अमात्य
अनन्त आकाशमा विलिन भए ।
नारायणी क्षेत्रकै प्रभावशाली नेताको हत्याको समाचार तुरुन्त नै फैलियो । वीरगञ्जदेखि
आसपासका क्षेत्रबाट मानिसहरू रातारात रक्सौलमा ओइरिए । प्रजातन्त्र एवं स्वतन्त्रताका लागि
प्राणको आहुती दिने योद्धाको अन्तिम दर्शनका लागि ओइरिएका असंख्य मानिसहरूले अश्रुपुरित
नयनले श्रद्धाञ्जली दिए । जेठा छोरा डा। एन।वि। अमात्य एम।वि।वि।एस। अध्ययन सकेर नाम्चे
बजारमा कार्यरत रहेको स्थिति र पत्नी अनन्तलक्ष्मीदेवी अमात्य छोराछोरी पढाएर काठमाडौंमा
बसिरहेको अवस्थामा हत्याकाण्ड भएकाले सबैलाई खबर गरियो । भाइ राजनीतिज्ञ दोलेन्द्र बहादुर
पंचायतको बन्दी भएको अवस्थामा पार्टीका कार्यकर्ता–साथीहरू, पूर्व विराटनगरदेखि पश्चिम
नेपालगञ्जसम्मबाट आएका पार्टी कार्यकर्ता आदिले रक्सौल स्थित पार्टी क्याम्प अफिसमा तेजबहादुर
अमात्यको पार्थिब शरीर ३ दिनसम्म राखेर श्रद्धाञ्जली अर्पण गरे ९अमात्य, २०७६ भाद्र १९स अमात्य,
२०७६ भाद्र २०स दुबे, २०७६ असोज २८० । मानविय भावनासम्म पनि नभएको नेपाल सरकार र
त्यसको प्रशासनले मृत देह देशभित्रै ल्याएर दाह संस्कार गर्ने अनुमति पनि नदिएर अविवेकी र
प्रतिशोधपूर्ण नीतिको परिचय दियो । त्यसैले नेपाल–भारत सिमानाको सिर्सिंया नदिमा अन्तिम संसकार
गर्ने निश्चय भयो । वीरगंज र नेपाली क्षेत्रबाट मात्र नभै भारतका विभिन्न ठाउँबाट तेजबहादुर
अमात्यको अन्तिम दर्शन गर्न आएका ग्रामिणहरू नरेन्द्र आश्रममा तिनै दिनसम्म भरिभराउको
स्थितिमा थिए । शोकको त्यो स्थितिमा राममनोहर लोहयिाजस्ता भारतीय राजनेता, नेपाली काँग्रेसका
नेताहरू, सोसलिष्ट पार्टीको नेतृत्वमा रक्सौलका स्थानीयबासीन्दाहरू गरि १५ हजारभन्दा बढि
जनसागरद्वारा वीर अमर शहीद तेजबहादुर अमात्य जिन्दावाद, नेपाली काँग्रेस जिन्दावाद, प्रजातन्त्र
जिन्दावाद आदि नारा लगाउँदै शवयात्रा निकालेर अन्तिम संसकार गरेका थिए । त्यसपछि वार्षिक
पुण्य तिथिमा आफ्ना नेताको सम्झना र बलिदान जीवन्त राख्न चाहेका नेपाली काँग्रेसका कार्यकर्ता
नेतादेखि भारतीय सरकार एवं भारतीय प्रजा सोशलिष्ट पार्टीको सौजन्यमा सिमान्त भारतभूमि
रक्सौलको सिर्सिया तटमा तेज स्मारक निर्माण गरिए तापनि विदेशी भूमिको नदि किनारमा रहेकाले
संरक्षण गर्न नसकिंदा नष्ट भएको जानकारी वीरगञ्जका वासिन्दा, पारिवारिक व्यक्तिहरूबाट थाहा
हुन आएको हो । यसप्रकार नेपाली काँग्रेस र प्रजातन्त्रलाई मुटुभरी बोकेर सङ्घर्षपथमा बढिरहने
घठ
क्रान्तिकारी योद्धा मृत्र्यकोवेदीमा होमिए तापनि नेपाली जनताको हृदयमा आजपर्यन्त बाँचिरहेका छन्
। देशका गणतन्त्रवादी शहीदका रूपमा नेपाली जनताले सम्झिरहेका छन्।
निष्कर्षः
सम्पन्न भारदारी परिवारमा जन्मिएर सुखसुविधापूर्ण जीवनयापन पाउँदा पनि प्रजातान्त्रिक
आन्दोलनको कठोरपथ चुनेका क्रान्तिपुत्र तेजबहादुर अमात्य पञ्चायती व्यवस्थाको निरंकुशताको भेट
चढे तापनि नेपाल र नेपालीले सम्झनै पर्ने गरि स्थापित भएका छन् । कर्मबाट जनताको हृदयमा
स्थान बनाएका उनको जीवनयात्रालाई विश्लेषण गर्दा सदैव पदिय राजनीतिबाट टाढा रहेर सङ्गठन
विस्तारमा ध्यान दिने र नेता मानेको व्यक्तिप्रति उच्च आदर, सम्मान र समर्पण राखेर गतिशिल हुने
व्यक्तिका रूपमा स्थापित देखिन्छन् । राष्ट्रिय जीवनमा स्वतन्त्रता, समानता र पारस्परिक भातृत्वका
पक्षधरका रूपमा क्रियाशिल नेता अमात्यले आस्थाको बाटोलाई कहिल्यै छाडेनन् । सुवर्ण शमशेरका
अत्यनत विश्वासपात्र भएर पनि कुनै प्रलोभन नलिइ सङ्घर्षपथमा बढेका अमात्यको क्रान्तिकारी
भावना, चाहना र समर्पणले गर्दा नै सशस्त्र सङ्घर्षका क्रममा महत्वपूर्ण अध्यायहरू निर्माण गर्ने
परिस्थिति बनेको हो । त्यस्ता महत्वपूर्ण व्यक्तित्वको स्मरणमा नेपाली काँग्रेस पार्टीले खासै महत्वपूर्ण
कार्य नगरेको मान्ने नेपाली काँग्रेस पर्सा सभापति अजय द्विवेदीले अवका दिनमा उनको योगदान र
व्यक्तित्व सुरक्षित हुने गरि सक्रिय हुन योजना बनिरहेको र काम पनि हुने विश्वास व्यक्त गर्नु भएको
छ ।
आफ्ना पिताप्रति गरिएको त्यो कायरतापूर्ण कार्य सम्झन मन छैन भन्ने छोरा छोरीहरू पनि
समाज, प्रजातन्त्र एवं काँग्रेसका लागि जीवन नै उत्सर्ग गर्ने आफ्ना पिताको सम्झनामा पार्टी एवं
काँग्रेसी सरकारबाट खासै केही नगरिएकोमा आश्चर्य प्रकट गर्नुहुन्छ । देवेन्द्रलाल नेपाली जस्ता
स्थानीय प्राज्ञ व्यक्तित्व–कानूनविद्सँग यसबारे जिज्ञासा राख्दा वीरगञ्जबासीहरूले तेजबहादुरका
छोरालाई नेता स्वीकार गर।ेर शहीदप्रति सम्मान प्रकट गरिसकेको र आफ्नो नगरमा शालिक स्वीकार
गरेर निष्ठा प्रकट गरेको भावना प्रकट गर्दै उनको त्याग–समर्पण भावी पिँढीका लागि सुरक्षित
गर्नेतर्फ ध्यान दिनु पर्ने सुझाव दिनु भयो । यस बोहक नेपाली काँग्रेस पर्सा सचिव किशोरीप्रसाद
शाहसँगको वार्तामा वीरगञ्जवासीका प्रेरणा स्रोत तेजबहादुर अमात्यको बलिदान सार्थक पार्न लागि
परेको जनाउँदै अवका दिनमा अभिलेखिकरणमा ध्यान दिन तयार भएको जानकारी पाइएको हो ।
श्रीमान्को हत्याको समाचार आएपछि अन्तिम संसकारको क्रममै विक्षित बनेर एक वर्षभन्दा
बढी अवधिसम्म खासै होस नपाउने, मूर्छा परिराख्ने, केही पनि याद नरहने स्थितिमा पुगेर पनि
विस्तारै सम्हालिएर आपूmहरूको लालन पालन, शिक्षा–दीक्षाको जिम्मेवारी पूरा गर्ने शहीद
घड
तेजबहादुरकी अर्धाङ्गिनी अनन्तलक्ष्मी देवीको चाहना विपरित पञ्चायती कालखण्डमै नेपाली काँग्रेसको
राजनीतिमा लागेका कान्छा छोरा राजेन्द्र बहादुर अमात्यसँग शहादतको कदर–पार्टीको नीतिबारे
जिज्ञासा राख्दा खासै गुनासो छैन भन्नु भयो । नेपाली काँग्रेसकै तर्फबाट चुनाव लडेर सांसद पनि
भएका उनले २०४६ सालको परिवर्तनपछि अन्तरिम सरकारकै समयमा नेपाली काँग्रेस पर्सा जिल्ला
समितिद्वारा नेपाली भूमिमै तेज स्मारक निर्मांण गर्ने अठोट गरेपछि प्रतिनिधि मण्डलकै रूपमा
काठमाडौं पुगेर सभापति कृष्णप्रसाद भट्टराई समेतका नेताहरूसँग भेटी आश्वासन पाएर फर्केपछि
काम थालेको बताउनु भयो । त्यसपछि तेजबहादुर अमात्य ट्रष्ट वीरगञ्ज स्थापना गरेर मारवाडी
युवामञ्च वीरगञ्जसँगको सहकार्यमा सालिक तयार गरेर स्थापना स्थल खोजने क्रममै लामो समय
लगाएर २०५८ साल चैत्र २८ का दिन वीरगञ्ज उपमहानगरपाकिलाको सौजन्यमा निर्मित
प्रतिमास्थल बाइपास चोकमा पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेस केन्द्रीय अध्यक्षबाट प्रतिमा अनावरण
गराउन पाउँदा केही सन्तोष लागेको उल्लेख गर्दै उहाँको समझनामा गरिने कार्यक्रम भनी लिइएका
निर्णयहरूमध्ये पुस्तकालयको स्थापना, फुटबल रनिङ शिल्ड जस्ता कार्यक्रमहरू भइरहेको जनाएर
अब अझै व्यवस्थि तगर्दै जाने सोच रहेको प्रस्ट पार्नु भयो ।
तानाशाहको आदेशमा चलाइएको गोलीबाट जीवन गुमाएका तेजबहादुर अमात्यमा केन्द्रित
उल्लेखित आलेख अजै पूर्ण भएको छैन । जीवन्त साहसका धनि अमात्यको क्रियाशिलता र
बलिदानबाट आजका नेताहरूले पाठ सिकेर व्यक्तिकेन्द्रित सोचबाट निस्कि समाजकेन्द्रित सोचतर्फ
लाग्ने प्रण गरेमा उनको बलिदान कदर गर्नेतर्फ एक ईंटा थपिने विश्वास गर्दै गणतन्त्रवादी भावनाको
विजारोपण गर्ने शहीद अमात्यलाई आर्दिक श्रद्धाञ्जली दिई कर्तव्य केन्द्रीत भएमा उनको शहादत
सार्थक हुने अपेक्षा गर्दछु।
सन्दर्भ सामग्रीहरू
अन्तर्वाताः
९ अमात्य, एन।वि। शहीद तेजबहादुर अमात्यका जेठा छोरा, चिकित्सकसँग २०७६ भाद्र १९ गते
पुतलीसडक काठमाडौंमा ।
९ अमात्य, भुवन। शहीद तेजबहादुर अमात्यकी जेठी छोरीसँग २०७६ भाद्र २० गते हात्तिगौंडा
काठमाडौंमा ।
९ अमात्य, राजेन्द्र बहादुर। शहीद तेजबहादुर अमात्यका कान्छा छोरा। राजनीतिज्ञ। पूर्व सांसद एवं
ने।का। पर्सा भूतपूर्व सभापतिसँग २०७६ असोज २७ गते माइस्थान वीरगञ्जमा ।
९ तिवारी, ऋषिकेश। पूर्व सांसदसँग २०६९ श्रावण १३ गते मैत्रीनगर काठमाडौंमा ।
घढ
९ थापा, विश्वबन्धु। २००७ सालको क्रान्तिका सेनानी। भूतपूर्व मन्त्रीसँग २०६९ चैत्र १ गते
गैह्रिधारा काठमाडौंमा ।
९ दुबे, राजेश्वर। शहीद तेजबहादुर अमात्यका सहयोगी सामाजिक कार्यकर्ता पर्सासँग २०७६ असोज
२८ गते बहुअरी पर्सामा ।
९ द्विवेदी, अजय। ने।का। पर्सा सभापति। भूतपूर्व सांसदसँग २०७६ असोज २७ गते माइस्थान
वीरगञ्जमा ।
९ नेपाली, देवेन्द्रलाल। ने।वि।संघका संस्थापक संयोजक। कानूनविद् एवं बुद्धिजीवि पर्सासँग २०७६
असोज २८ गते माइस्थान वीरगञ्जमा ।
९ प्रधान, तोरणमान सिंह। २००७ सालका सेनानी। सामाजिक कार्यकर्तासँग २०६९ फागुन २२ गते
विराटनगरमा ।
९ बस्नेत, बद्रीनारायण। सशस्त्र सङ्घर्षका सेनानी, भूतपूर्व मन्त्रीसँग २०६८ जेठ २६ गते मधुमारा
विराटनगरमा ।
९ राजभण्डारी, पुष्करराज। शहीद तेजबहादुर अमात्यका जेठा ज्वाँई। भूतपूर्व राजदूतसँग २०७६ भदौ
२० गते हात्तिगौंडा काठमाडौंमा ।
९ वैद्य, तुलसीराम। प्राध्यापक एवं इतिहासविद्सँग २०७६ असोज ५ गते सानेमा ललितपुरमा ।
९ सापकोटा, दिलिप। सशस्त्र सङ्घर्षका कार्यकर्ता। ने।का। मोरङ्ग नेतासँग २०६८ जेठ२७ गते पुरानो
पानी ट्याङ्की विराटनगर ।
९ शाह–कानु, किशोरीप्रसाद। नेपाली काँग्रेस पर्सा सचिवसँग २०७६ असोज २७ गते माइस्थान
वीरगञ्जमा ।
९ श्रेष्ठ, महेश्वरलाल। सशस्त्र सङ्घर्षका सेनानीसँग २०७६ असोज २६ गते नारायणगढ–
चितवनमा ।
प्रकाशित सामग्रीहरू
९ अधिकारी ९शास्त्री०, हेमराज ९२०५८०। आजको नेपाल। काठमाडौं ः श्रीमती चन्द्रकला अधिकारी ।
९ अधिकारी, सूर्यमणि ९२०५९०। नेपाली काँग्रेसको इतिहास। काठमाडौं ः भूँडीपुराण प्रकाशन ।
९ आचार्य, यज्ञनाथ ९वि।सं। २०५७०। शहीद थिरबम मल्ल गलकोटदेखि वीरगञ्जसम्म। काठमाडौं ः
शहीद थिरबम मल्ल मेमोरियल फाउण्डेशन ।
द्धण्
९ आचार्य, यज्ञनाथ ९२०६००। सुवर्ण शमशेर राणा र प्रजातान्त्रिक आन्दोलन। काठमाडौं ः हेमाद्री
शमशेर राणा ।
९ उपाध्याय, गोविन्दप्रसाद ९२०५४०। नेपालको प्रजातान्त्रिक इतिहास सन्दर्भ। काठमाडौं ः रत्न
पुस्तक भण्डार ।
९ उपाध्याय, ज्योति ९२०६५०। “वीरगञ्ज कब्जा पहिलो जनसरकार २००७”। क्षितिज पूर्णाङ्क १२।
भैरहवा ः भैरहवा बहुमुक्ति क्याम्पस ।
९ उपाध्याय, ज्योति ९२०७६०। नेपालको प्रजातान्त्रिक आन्दोलनमा नारी क्रियाशीलता। अप्रकाशित
विद्यावारिधि शोध प्रवन्ध। कीर्तिपुर ः त्रि।वि।, मानविकी तथा सामाजिक शास्त्र सङ्काय
डीनको कार्यालय ।
९ गुप्ता, अनिरुद्ध ९सन्१९९३०। पोलिटिक्स इन नेपाल १९५०– १९६०। दिल्ली ः कलिङ्गा पब्लिकेशन्स्
।
९ गोरखापत्र ९राष्ट्रिय दैनिक०। काठमाडौं ः २०४७ कार्तिक २४ ।
९ गोर्खाली, रमेश ९२०४७०। अमर शहीद तेज बहादुर अमात्यको संक्षिप्त जीवनी। स्थान प्रकाशक
केही उल्लेख नभएको ।
९ गौतम, राजेश ९२०५५०। नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काँग्रेस। काठमाडौं ः श्रीराम
श्रेष्ठ र कृष्णमुरारी अधिकारी ।
९ गौतम, बद्रीनारायण ९२०६००। “नेपाली काँग्रेसको स्थापना” क्षितिज अंक १०। भैरहवा ः भैरहवा
बहुमुखी क्याम्पस ।
९ गौतम, बद्रीनारायण ९२०७४०। गणेशमान सिंह र नेपालको प्रजातान्त्रिक आन्दोलन। काठमाडौं ः
गणेशमान सिंह फाउण्डेसन ।
९ गौतम, राजेश ९२०६१०। नेपालको प्रजातान्त्रिक आन्दोलनमा विद्रोही भरत शमशेर। काठमाडौं ः
कृष्णमुरारी अधिकारी र श्रीराम श्रेष्ठ ।
९ गौतम, राजेश ९२०७१०। नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काँग्रेस भाग ३। काठमाडौं ः
इला, शोभेन्द्र, निशिम ।
९ गौतम, राजेश ९२०७१०। नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काँग्रेस भाग ४। काठमाडौं ः
इला, शोभेन्द्र निशिम ।
९ ज।ब।रा। पुरुषोत्तम शमशेर ९२०५९०। श्री ३ हरूको तथ्य बृत्तान्त भाग २। काठमाडौं ः विद्यार्थी
पुस्तक भण्डार ।
द्धज्ञ
९ जैन, गिरिलाल ९सन्१९५९०। इन्डिया मिट्स चाहना इन नेपाल। बम्बै ः एसिया पव्लिसिङ हाउस
।
९ जोशी, भुवनलाल एण्ड रोज लियो ई। ९सन्१९६६०। डमोक्रेटिक इन्नोभेशन इन नेपाल। वर्कले ः
युनिभर्सिटी अफ क्यालिफोर्निया प्रेस ।
९ जोशी, रामहरी ९वि।सं। २०४८०। नेपालको नोभेम्बर क्रान्ति। काठमाडौं ः अन्तर्राष्ट्रिय मञ्च ।
९ तामाङ, श्यामकुमार ९२०५६०। जनमुक्ति सेना एउटा नलेखिएको इतिहास। काठमाडौं ः एकता
प्रकाशन ।
९ थापा, गगन पौडेल, प्रताप र तिवारी शंकर ९सं।० ९२०६७०। नेपाली काँग्रेस ऐतिहासिक
दस्तावेजहरू। काठमाडौं ः पव्लिक पोलीसी पाठशाला प्रा।ली। ।
९ दहाल ‘विकेडी’, बालकृष्ण ९२०७२०। “नेपालको प्रजातान्त्रिक आन्दोलनमा पर्सा जिल्लाको
भूमिका”। प्रजातन्त्र सेनानी। काठमाडौं ः शहीद लिला यशोदा दहाल स्मृति प्रतिष्ठान
एवं नेपाल प्रजातन्त्र सेनानी संघ केन्द्रिय कार्यालय ।
९ दुबे, भागवत ९२०४७०। “कालातित व्यक्ति श्री सुवर्णजीको स्मृतिमा” प्रभात वर्ष १, अंक २।
ने।वि।संघ, त्रि।वि।वि। समिति ९सं।०। कीर्तिपुर ः नेपाल विद्यार्थी संघ त्रिभुवन
विश्वविद्यालय पृ। ३३– ३६ ।
९ धरावासि, कृष्ण ९२०६९०। सुवर्ण शमशेर निष्ठाको राजनीतिक यात्रा। काठमाडौं ःरु साङ्ग्रीला
पुस्तक प्रा।ली। ।
९ परमानन्द, ९सन्१९८२०। दि नेपाली काँग्रेस सिन्स इट्स इन्सेप्सन। दिल्ली ः वि।आर पव्लिसिङ
कर्पोरेसन ।
९ पराजुली, जगतप्रसाद ९२०७३०। राणाकालिन नेपालमा शहरहरूको विकास ९विराटनगर, वीरगञ्ज,
जनकपुर०। अप्रकाशित विद्यावारिधि शोध प्रबन्ध। काठमाडौं ः मानविकी तथा
सामाजिकशास्त्र सङ्काय डीनको कार्यालय, त्रिभुवन विश्वविद्यालय ।
९ पुष्पलाल, ९२०५३०। नेपाल कम्यूनिष्ट आन्दोलनको इतिहास। काठमाडौं पुष्पलाल स्मृति प्रतिष्ठान
।
९ पोखरेल, रामचन्द्र ९२०४००। प्रजातन्त्रका महान सेनानी वी।पी। कोइराला। वाराणसीः भट्टराई
बन्धु प्रकाशन ।
९ पाँडे, भिमबहादुर ९२०३९०। त्यस बखतको नेपाल भाग २। काठमाडौं ः नेपाल र एशियाली
अनुसन्धान केन्द्र ।
९ प्रधान, भुवनलाल ९२०४७०। नेपालको जनक्रान्ति २००७। काठमाडौं ः रुमुप्रकाशन ।
द्धद्द
९ बस्नेत, पुरुषोत्तम ९२०६६०। नेपाली काँग्रेसको इतिहासको प्रारूप। काठमाडौं ः लेखक स्वयं ।
९ ब्राउन, टि। लुइस ९सन्१९९६०। दि च्यालेन्ज टु डेमोक्रेसी इन नेपाल। लण्डन ः रौटलेज ।
९ बैद्य, तुलसीराम र मानन्धर, त्रिरत्न ९२०५३०। आधुनिक नेपालको प्रशासनिक इतिहास। काठमाडौं
ः नेपाल र एशियाली अनुसन्धान केन्द्र, त्रिभुवन विश्वविद्यालय ।
९ भट्टराई, घनश्याम ९२०५७०। वीरगञ्जको ऐतहिासिक रूपरेखा। स्थान अनुल्लि। घनश्याम भट्टराई ।
९ भट्टराई, मणिराज ९२०५२०। शहीद स्मृति ग्रन्थ भाग १। सुनसरी ः ध्रुवराज घिमिरे र वसन्त
सुवेदी ।
९ मरहठ्ठा, पुरुषोत्तम ९२०७५०। नेपालको लोकतन्त्र। काठमाडौं ः प्रतिक मरहठ्ठा प्रमित मरहठ्ठा ।
९ रेग्मी, महेशचन्द्र ९सन्१९७१०। अ स्टडी इन नेपाली इकोनोमिक हिष्ट्रि १७६८– १८४६। दिल्ली
ः मञ्जुश्री पव्लिसिङ हाउस ।
९ रेग्मी, डि।आर। ९सन्१९५८०। अ सेन्चुरी अफ फेमिली अटोक्रेशी इन नेपाल। नेपाल ः द नेपाली
नेशनल काँग्रेस ।
९ रेपर, विलियम एण्ड हफ्टन, मार्टिन ९सन् १९९२०। स्प्रिङ अवेकिङ एन एकाउण्ट अफ द
नाइन्टीन नाइन्टी रिभोलुसन इन नेपाल। न्यू दिल्ली ः पेनगुइन बुक्स ।
९ शर्मा, गणेशराज स। ९२०५५०। विश्वेश्वरप्रसाद कोइरालाको आत्म वृत्तान्त। ललितपुर ः जगदम्बा
प्रकाशन ।
९ शर्मा, बालचन्द्र ९२०२६०। नेपालको ऐतिहासिक रूपरेखा। वाराणसी ः कृष्ण कमाुरी देवी ।
९ शाह, ऋषिकेश ९सन्१९९००। मोडर्न नेपाल भोलुम क्ष्क्ष्। नयाँ दिल्ली ः मनोहर पव्लिकेशन ।
९ सराबगी, चिरन्जीवीलाल ९स।।०। ९२०५७ पौष०। “शहीद तेजवबहादुर अमात्य”। वीरगञ्ज उद्योग
वाणिज्ल्य संघको पचास वर्ष। वीरगञ्ज ः उद्योग वाणिज्य संघ वीरगञ्ज ।
९ सिंह, गणेशमान ९२०४७०। “सुवर्णजी जस्तो पुरुषोत्तमको अभाव नेपाली काँग्रेसले पूरा गर्न गाह्रो
छ”। प्रभात वर्ष १, अंक २। कीर्तिपुर ः नेपाल विद्यार्थी संघ त्रि।वि।समिति ।
९ सिंह, गणेशमान ९२०५८०। मेरो कथाका पानाहरू भाग १। काठमाडौं ः आयाम प्रकाशन ।
९ ज्ञवाली, सूर्यविक्रम ९२०५७०। नेपाल क्रान्ति। काठमाडौं ः नेपाल र एशियाली अनुसन्धान केन्द्र,
त्रिभुवन विश्वविद्यालय ।
Facebook Twitter LinkedIn Reddit Messenger Share via Email Print
Related Articles
गण्डकी प्रदेशका विभिन्न जिल्लाका अस्पतालमा १११ आइसोलेसन बेड तयारी अवस्थामा
March 21, 2020
लज्जास्पद पराजयपछिको हास्यास्पद निर्णय
May 10, 2018