प्रदेश १ मा मात्रै कोरोना उपचारका लागि साढे २७ करोड खर्च

प्रदेश १ सरकारले कोभिड– १९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि हालसम्म २७ करोड ३३ लाख ८९ हजार रुपैयाँ खर्च गरेको छ ।  शुक्रबार पत्रकार सम्मेलन गरी कोभिड– १९ रोकथाम,  नियन्त्रण तथा उपचारको  विवरण सार्वजनिक गर्दै प्रदेश १ सरकारले हालसम्म जम्मा २७ करोड ३३ लाख ८९ हजार आठ सय ९० रुपैया खर्च भएको जानकारी गराएको हो । 

प्रदेश १ सरकारले सार्वजनिक गरेको कोभिड– १९ को खर्च विवरणअनुसार हालसम्म १९ करोड ८२ लाख ७१ हजार रुपैयाँ निकासा भएर खर्च भइसकेको छ । बाँकी रकम निकासा भएर खर्च हुने क्रममा रहेको छ । 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकारलाई पारदर्शी र जवाफदेही बनाउन कोभिड– १९ का लागि आफ्नो नेतृत्वको सरकारले गरेको सबै खर्च विवरण सार्वजनिक गरेको र आगामी दिनमा हरेक हप्ता सार्वजनिक गर्दै जाने बताए । उनले कोभिड– १९ रोकथाम, नियन्त्रण र उपचारका लागि सरकार सक्रिय र पारदर्शी तरिकाले निरन्तर लागिपर्ने र एक पैसा पनि हिनामिना हुन नदिने प्रतिबद्धता जनाए । 

स्राेतःनयाँ पत्रिका

Leave a Reply

Your email address will not be published.