महासचिवको प्रतिवेदन

 

विनयध्वज चन्द
  महासचिव
आदरणीय साथीहरु,
                आज वी.पी.विचार राष्ट्रिय समाजको दोस्रो माहाधिवेशन राष्ट्रभरिका प्रतिनिधिहरुको माझमा गर्न पाउदा मैले अति नै गौरवान्वित भएको महसुश गरेको छु । यस संस्थाको पहिलो अधिवेशन सीमित प्रतिनिधिहरुको रोहवरमा गरिएको थियो । आज व्यापक रुपमा हुन लागेको छ । यसको व्यापकता लाई अझ बढाउदै लगिने छ । यसका लागि तपाई सम्र्पूण साथिहरुले निस्वार्थ भएर वी.पी. को विचार यात्रालाई अझ बढी सशतm बनाएर अनन्त उचाइ सम्म लग्नु परेको छ ।
प्रिय साथीहरु,
            वी.पी.विचार राष्ट्रिय समाज २०६९÷०४÷०८ मा दर्ता गरिएको थियो । यसका संस्थापक सदस्य श्री कुल वहादुर गुरुङ्ग,गोविन्द राज जोशी, विनय ध्वज चन्द,लक्ष्मण प्रसाद घिमिरे,सुनील कुमार भण्डारी,अम्विका वस्नेत,श्याम लाल श्रेष्ठ, लोकेश ढकाल र जनक राज गिरी हुनू हुन्छ  ।            यस समाजको गठन गर्ने प्रमुख कारण नेपाली कांग्रेसमा आएको वैचारिक विचलननै हो । आदरणीय सभापति गिरिजा प्रसाद कोइराला समक्ष पनि यो कुरा अवगत गराएर वी.पी ले दिएको विचार गौण हुन थाल्यो भन्ने आवाज उठाइयो तर पार्टीको ध्यान यसतिर गएन । वास्तवमा वी.पी. लाई यसको आभास आफ्नो जीवन कालमा नै भै सकेको थियो वाहांले भन्नु भएको थियो ‘‘म मरे पछि नेपाली कांग्रेसमा मेरो भूमिकाको वारेमा व्यापक भ्रम सिर्जना गर्ने प्रयास हुनेछ भन्ने मलाइ पक्का छ । घटनाहरुलाई वङ्गाएर इतिहासको गलत व्याख्या गरिने छ । नेपाली कांग्रेसमा मैले लिएको अडान र मेरो दृष्टिकोणलाइ गौण वनाइने छ ।’’
         आजको सत्यता पनि यही हो । अहिले नेपाली कांग्रेस नेपालको राजनितिको मियो रहेन । नेपाली कांग्रेस व्यतिहरुको गुट र उप गुटमा छिन्न भिन्न भै सकेको छ । आजको यो परिस्थितिमा आदरणीय के.वी.गुरुङ को शब्दमा भन्ने हो भने ‘‘कांग्रेस भित्र कांग्रेस खोज्नु परेको छ ।’’
     यस्तो परिस्थितिमा वी.पी.का समर्थकहरुको दायित्व वी.पी.ले कल्पना गरेको कांग्रेसको स्थापना र्गनु हो । यसका लागि वैचारिक संघर्षको आवश्यकता छ र राष्ट्रियता र प्रजातन्त्रको आधारमा समाजवादको स्थापनाका लागि निस्वार्थ भावनाले लाग्नु परेको छ । कुनै अवसरको लोभमा आफूलाई समर्पण नगरीकन स्वाभीमानका साथ द्दृढ भएर उभिन आवश्यक छ ।
          वी.पी. विचार राष्ट्रिय समाज आफैमा एउटा आन्दोलन हो । यस संगठनलाई संगठित गरी अगाडी बढाउने वेलामा धैरै जना साथीहरुले आफ्नो नैतिक समर्थन का साथ हामीसग उभिन तयार हुनु भएन । यसको एक मात्र कारण थियो अवशर पाउने लोभ । कसैलाइ टिकट चाहिएको थियो भने कसैलाइ राजनैतिक नियुतिm र केहीलाइ मनोनीत हुने रहर । व्यक्तिवादी प्रवृति र पैसाको चलखेलका अगाडी यस्ता इच्छा र रहरले काम गरेन । भविष्यद्रष्टा वी.पी. ले आज देखापरि रहेका घटनाहरुलाई आफ्नो शब्दमा यसरी चित्रित गर्नु भएको छ । ‘‘जुन दिन नेपालि कांग्रेसले राष्ट्रियताको आफ्नो  अडान छोड्ने छ,त्यसैदिन यो निरर्थक भएर जाने छ । जुन दिन यसले प्रजातन्त्रको आदर्शहबरु छोडेर केबल  सत्ताको राजनीति गर्ने छ , यो निरर्थक भएर जाने छ ।’      साथीहरु मैले, यसको व्याख्या गरी रहनु पर्दैन ।’ आज राजनीतिलाई कता लगिदैछ तपाईहरु सामुन्नेमा छ ।
श्रद्घेय साथीहरु,
         विचार र आदर्शको राजनीतिलाई पुनस्र्थापित गर्नको लागि ठूलो त्यागको आवश्यकता छ । हामी स्वभिमानका साथ अगाडि बढयौं भने सफलता धैरै टाढा छैन तर यदि हामीले लाभको अगाडि आफूलाई समर्पण गरयौं भने फेरि आदर्शको राजनीतिलाई स्थापित र्गन सक्दैनौ ।
        लगातारको प्रयास पछि आज देशभरिका साथीहरु हामी एक थलोमा हातेमालो गरेर उभिएका छौं । हाम्रो एक अठोट छ वी.पी. को वैचारीक आधारलाई पुनस्र्थापित गर्ने राष्ट्रियता,प्रजातन्त्र र समाजवादलाई बलियो बनाउने हाम्रो यो अभियानमा गाउँ–गाउँका साथीहरुलाई एउटै थलोमा उभ्याउने प्रयास रहने छ । विगतमा केही साथीहरुवाट यो वैचारिक यात्रा शुरु गरी आज वी.पी. विचार समाजको देशव्यापी प्रतिनिधिहरुको उपस्थितिमा स्रोत र साधन अभावको बावजुद पनि सन्तोष जनक तवरले राष्ट्रिय स्तर को रुपमा सम्पन्न गर्न लाग्दा हामि सवैमा विश्वास र हौसला अझ बढेको छ ।
      वी.पी. को विचारलाई स्थापित गर्ने क्रममा विभिन्न कार्यक्रम गरियो । वी.पी. कोइरालाको ९९ औं जन्म जयन्तीको अवशरमा वी.पी कोइराला राष्ट्रिय एकता र मेलमिलापको नीति र वर्तमान नेपाली राजनीति विषयक विचार गोष्ठीका आयोजना गरियो । माहामानव वी.पी.को जन्म शताब्दी समारोहको अवशरमा             ‘‘राष्ट्रिय जीवनमा वी.पीको .स्थान’’ विषयक खुल्ला राष्ट्रिय निवन्ध प्रतियोगिताको आयोजना गरियो । प्रतियोगितामा प्रथम पुरस्कार रु.१,००,०००÷(एक लाख) तथा स्वर्ण पदक एक जनालाई ,द्धितीय पुरस्कार रु.५०,०००÷(पचास हजार)र रजत पदक एक जनालाई,तिृतीय पुरस्कार रु.२५,०००÷(पच्चिस हजार) तथा काश्य पदक एक जनालाई र सान्त्वना पुरस्कार रु.१०,०००÷(दश हजार) तीन जनालाई दिइयो । यस समाजको विशेष अनुरोधमा सरकारले राजनेता वी.पी. कोइरालाको चित्र अंकित रु. दशको टिकट प्रकाशित गर्यो ।
      नेपाल सरकारले आ.व. २०७० मा यस संस्थालाई रु.२०,०००,००÷(वीस लाख) अनुदान दियो । यस मध्ये रु १०,०००,००÷(दश लाख) ले अक्षय कोष स्थापना गरिएको छ । वाँकी को दश लाख रकम चल्ति खातामा जम्मा गरी विभिन्न कार्यहरुमा खर्च गरिंदै छ । अहिलेसम्मको लेखा परीक्षण सम्पन्न भइसकेको छ । वी.पी का दुइ २ वटा लेख सहित पुरस्किृत निबन्धहरु समावेश गरी ‘‘राष्ट्रिय जीवनमा विश्वेश्वर प्रसाद कोइराला’’नामक पुस्तक प्रकाशित गरियो । यस पुस्तकको बिक्री बाट अहिले सम्म रु.१०,००० ÷(दश हजार)आम्दानी भइसकेको छ । साथै कितावका बाँकी प्रतिहरु बिक्रीमा छन् । आ.व.२०७३÷७४ मा सरकारले रु. २०,००,०००÷(वीस लाख) अनुदान स्वीकृत गरेको छ ।
                                             जय नेपाल

Leave a Reply

Your email address will not be published.