पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफलाई मुत्युदण्डको सजायँ

१ पौष÷ देशद्रोहको मुद्दामा पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्डको सजाय सुनाइएको छ । पाकिस्तानका पूर्व सैनिक शासक समेत रहेका मुसर्रफलाई इतिहासमै पहिलो पटक मंगलबार मृत्युदण्डको सजाय सुनाएको हो । पेशावर उच्च अदालतका मुख्य न्यायाधीश वकार अहमद सेठको अध्यक्षतामा विशेष अदालतका तीन सदस्यीय इजलासले उहाँलाई मृत्यु दण्डको सजाए सुनाएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । मृत्युदण्डको सजाय सुनाइएका मुसर्रफ हाल उपचारको क्रममा युनाइटेड अरब इमिरेट्स युएईमा रहेका छन् । ३ नोभेम्बर २००७ मा आपातकालीन स्थितिका लागि मुसर्रफमाथि डिसेम्बर २०१३ मा देशद्रोहको मुद्दा दर्ता गरिएको थियो । त्यसपछि मुसर्रफलाई सन् २०१४ मार्च ३१ मा दोषी ठहर गरिएको गरिएको थियो ।

को हुन मुसर्रफ
परवेज मुसर्रफ पाकिस्तानका पूर्वसैन्य शासक समेत रहेका थिए । भारतको नयाँदिल्लीमा जन्मेका मुसर्रफ कराची र इस्तानबुलमा हुर्केका थिए । उनी पाकिस्तानका १० औं राष्ट्रपति समेत हुन् ।

२००१ मा संयुक्त चिफका अध्यक्ष र सेना प्रमुखको पदमा रहँदा उनी सैन्य सरकारको प्रमुख बनेका थिए । उनले पहिलो युद्ध भूमिको अनुभव दोस्रो कश्मीर युद्धमा खेमकरन क्षेत्रका लागि तीव्र लडाइँमा एक तोपखाना रेजिमेन्टसँग गरेका थिए । द्वन्‍द्वका क्रममा उनले लाहोर र सियालकोट युद्ध क्षेत्रमा समेत भाग लिए । युद्धका क्रममा उनले गोलाबारी अन्तर्गत आफ्नो प्रतिष्ठा विकास गरेका थिए । वीरताका लागि उनले इम्तियाजी सनक पदक समेत पाएका छन् ।

तर आफूमाथि लागेको महाअभियोगबाट बच्नका लागि २००१ मा उनले संयुक्त प्रमुखको अध्यक्षको पद त्याग गरेको घोषणा गरेका थिए । सन् २०१३ को चुनावमा जीत हासिल पश्चात पाकिस्तान मुस्लिम लीग (नवाज) सरकारमा आएपछि पूर्व सैनिक राष्ट्रपति परवेज मुसर्रफको विरुद्धमा संविधानको अवहेलना गरेको भन्दै मुद्दा अदालतमा मुद्धा दाएर गरिएको थियो ।

उनलाई सन् २०१४ मार्च ३१ मा देशद्रोहको अभियोग लगाइ अभियोजनकर्ताहरुले सोही वर्षको सेप्टेम्बरमा सम्पूर्ण तथ्य विशेष अदालतमा पेश गरेका थिए । परवेज मुसर्रफमाथि आरोप लागेपछि उनी एक पटक मात्र न्यायालय समक्ष हाजिर भएका थिए । त्यसपछि उनी आजसम्म अदालतमा हाजिर हुन पुगेका छैनन् ।

उनीमाथि पाकिस्तानको संविधानलाई सेनाको बलमा गैरकानुनी रुपमा निलम्बन गरी संकटकाल लागू गरेको आरोप लगाइएको थियो ।
सन् २०१६, मार्च १८ मा उपचारका लागि मुसर्रफ दुबइ गएपछि उक्त मुद्दामाथि सुनुवाइ रोकिएको थियो । कम्मरको दुखाइबाट छुटकारा पाउन युनाइटेड अरब इमिरेट्समा उपचाररत रहेका छन् । उपचारपछि पुनः पाकिस्तान फर्केर आफूविरुद्ध लागेको मुद्दाको सामना गर्ने उनले बताएका थिए ।

मार्च २०१६ मा विशेष न्यायालयले केन्द्र सरकारसँग लिखित स्पष्टिकरण मागेको थियो । न्यायालायको अनुमति विना विदेश गएका मुसर्रफमाथि आपत्ति जनाउँदै लिखित जवाफको माग गरिएको हो । मंगलबार उच्च अदालतले मुर्सरफलाई मृत्युदण्डको सजाय सुनाएको छ । सरकारले मुसर्रफ विरुद्ध विशेष अदालतको फैसलाको विस्तृत समिक्षा गर्ने भएको छ ।

सेवासम्बन्धी विधेयक फिर्ता लिन नेपाली कांग्रेसको माग

३० मंसिर, काठमाडौैँ÷ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाल विशेष सेवाको गठन, सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले मौलिक हक कुण्ठित गर्ने भन्दै यसलाई फिर्ता लिन माग गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले आज विज्ञप्ति जारी गरी कांग्रेसले उक्त विधेयकले नागरिक स्वतन्त्रतालाई कुण्ठित गर्ने, नागरिकका सूचना चुहावट हुने र गोपनीयता भंग गर्ने भएकाले संविधान प्रतिकुल भएको उल्लेख गरेका छन् । खा्ँडले संविधान प्रतिकुल र नागरिक स्वतन्त्रता र हित विपरीत हुने गरी विधेयक नल्याउन पनि सरकारलाई सचेत गराएका हुन् । सरकारले राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी विषय समेटेर विशेष सेवासम्बन्धी विधेयक ल्याएको छ ।