७० करोड कमिशन मागेको अडियो प्रकरणबारे छानविन गर्न काँग्रेस सभापति देउवाको माग

प्रतिनिधिसभाको बैठकमा ‘सङ्घ प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । फागुन १५ गते गणपूरक सङ्ख्या नपुगेका कारण निर्णयार्थ प्रस्तुत हुन नसकेको उक्त प्रस्ताव आज प्रस्तुत गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्वाहाङ्फेले उक्त विधेयक प्रस्तुत गर्नुभएको थियो ।

उक्त प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले गणपूरक सङ्ख्या नपुगेको भन्दै यसअघिको बैठकमा नियमापत्ति गर्नुभएको थियो ।

यसैबीच आजकै बैठकबाट बोक्सा–बोक्सी, दाइजो जस्ता कुरिति र एसिड प्रहारजस्ता अपराधविरुद्धमा प्रतिनिधिसभामा सांसद बिन्दा पाण्डेले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनुभएको छ । देशमा ब्याप्त यी कुरिति र अपराधका कारण धेरै महिला प्रताडित भएको भन्दै सरकारले विशेष कदम चाल्नुपर्ने सांसद पाण्डेको भनाइ छ । प्रस्तावमाथि अहिले छलफल भइरहेको छ ।

बैठकको विशेष समय लिएर बोल्दै प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको एक साता हुँदा पनि गम्भीर छानबिन नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड मागेको अडियो सार्वजनिक हुँदा पनि छानबिन नहुनु दुःखको विषय भएको बताउनुभयो ।

नेपाल ट्रस्टको श्वेतपत्र ७० करोड प्रकरणबाट ध्यान मोड्नका लागि ल्याइएको भन्दै उहाँले आफू प्रधानमन्त्री भएका बेला आफ्नो प्रत्यक्ष संलग्नतामा नेपाल ट्रस्टको जग्गा लिजमा दिने निर्णय नभएको दाबी गर्नुभयो । त्यस्तै उहाँले नेपाल र नेपाल बाहिर रहेका नेपालीलाई प्राणघातक कोरोनाबाट जोगिन पनि आग्रह गर्नुभएको छ ।
त्यस्तै समाजवादी पार्टीले पूर्वाधार विकास करमा गरिएको वृद्धि फिर्ता नभए संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

बैठकमा सो पार्टीका सांसदहरु आफ्नो आसनबाट उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले सांसद सरिता गिरीलाई बोल्न समय दिनुभएको थियो । पार्टीका तर्फबाट प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै सांसद गिरीले मन्त्रिपरिषदको निर्णयअनुसार पूर्वाधार विकास करमा गरिएको बृद्धि संसदकै अधिकारमाथि हस्तक्षेप भएको बताउनुभयो । उहाँले कुनै पनि कर लगाउने अधिकार मन्त्रिपरिषदलाई नभएको दावी पार्दै संसदले मात्र त्यस्तो निर्णय गर्न पाउने तर्क गर्नुभयो । विश्वव्यापी सिद्धान्त र अभ्यासको विपरीत सरकारले चोर बाटोबाट कर वृद्धि गरेको उहाँको आरोप छ ।

प्रधानमन्त्री ओलीको आगामी बुधवार मृगौला प्रत्यारोपण गरिने

१८ फागुन
प्रधानमन्त्री केपी शर्मा ओलीको आउँदो बुधबार मृगौला प्रत्यारोपण गरिने निश्चित भएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको आज बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपरणबारे जानकारी गराउनुभएको पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रधानमन्त्री आलीले आज बिहान ग्रान्डी अस्पतालमा डायलासिस गराउनुभएको थियो । प्रधानमन्त्री ओलीको १३ वर्षअघि भारतको दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । ६ वर्षअघि उहाँको हातमा पनि संक्रमण भएको थियो । दिल्ली र थाइल्यान्डमा लामो उपचार गरेपछि निको हुनुभएका प्रधानमन्त्री ओली नियमित फलोअपमा थाइल्यान्ड जाने गर्नुभएको थियो । पछिल्लो समय भने प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न छोडेपछि उहाँको नियमित डायलासिस गर्न थालिएको थियो । शिक्षण अस्पतालमा उहाँको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्ने तय भएपनि प्रधानमन्त्रीलाई कसले मिर्गौला दिन लागेको हो भन्ने बारे केही खुलाइएको छैन ।

वीपी विचार राष्ट्रिय समाजको महाधिवेशन २०७७ बैशाख १९ र २० गते हुने

११ फागुन, काठमाडौैँ÷ वीपी विचार राष्ट्रिय समाजको केन्द्रीय महाधिवेशन २०७७ साल बैशाख १९ र २० गते काठमाडौैँमा हुने भएको छ । समाजको केन्द्रीय कार्यालय चण्डोलमा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशनको कार्यतालिका लगायतका विषयमा निर्णय गरेको महासचिव विनयध्वज चन्दले जानकारी दिनुभयो । महाधिवेशनको तयारीको लागि केन्द्रीय कार्यसमितिलाई परिचालन गर्ने निर्णय समेत भएको उहाँको भनाई छ ।

यस्तै बैठकले नेपालको प्रजातान्त्रिक आन्दोलनका वीर योद्धाहरु नामक पुस्तकको भाग २ प्रकाशन गर्ने निर्णय समेत गरेको छ । उक्त पुस्तकमा प्रजातान्त्रिक योद्धाहरु भिमनारायण श्रेष्ठ, क्याप्टेन यज्ञबहादुर थापा सहितका ब्यक्तित्वहरुको खोजमुलक तथा अनुसन्धानात्मक लेख तयार पारिने चन्दले बताउनुभयो । पुस्तकको भाग १ मा नेपालका प्रजातान्त्रिक योद्धाहरु बुद्धसिंह राना , लालध्वज गुरुङ,सरोज कोइराला, दुर्गानन्द झा, तेजबहादुर अमात्य, केवी गुरुङ, दिवांनसिंह राई, योगेन्द्रमान शेरचन, जगतप्रकाश जंग शाह, रामनाराण मिश्र, संवन्धी सोधात्मक सामाग्री प्रकाशित गरिएको थियो । पुस्तकको विमोचन २०७६ साल पौष १६ गते ४६ औैँ मेलमिलाव दिवशमा विमोचन गरिएको थियो । पुस्तकको दोस्रो भागमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्ने महिलाहरुलाई प्राथमिकतामा राखेर पुस्तक तयार गर्न लागिएको छ । यसबारे विस्तृतमा अर्को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्ने महासचिव चन्दले जानकारी दिनुभयो ।

यसैबीच, आइतबारको बैठकले ७७ वटै जिल्लाका नेपालको प्रजातान्त्रिक आन्दोलनका वीर योद्धाहरु को प्रोफाइल तयार गरी प्रकाशित गर्ने निर्णय समेत गरेको छ । त्यसको लागि वीपी विचार राष्ट्रिय समाजका ७७ वटै जिल्लाका जिल्ला सभापतिहरुलाई जिम्मेवारी दिइएको महासचिव चन्दले बताउनुभयो ।

पूर्व सांसद तथा नेपाली काँगे्रस गुल्मीका संस्थापक सभापति ज्ञवालीको निधनप्रति वीपी विचार राष्ट्रिय समाज दुःखीत

६ फागुन, काठमाडौैँ
पूर्वसांसद तथा नेपाली कांग्रेस गुल्मीका संस्थापक सभापति भागवत ज्ञवालीको ७७ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको अल्का अस्पतालमा उपचार गर्दागर्दै ज्ञवालीको मंगलबार बिहान तीन बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । ज्ञवाली गुल्मीका संस्थापक पार्टी सभापति तथा २०४८ सांसद, प्रतिनिधि सभा सदस्य समेत बन्नुभएको थियो ।
ज्ञवालीको निधनप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘उहाँको निधनबाट पार्टीले एक निष्ठावान नेतृत्व गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो दुःख व्यक्त गर्दछु ।’

यसैबीच, वीपी विचार राष्ट्रिय समाजले समेत भागवत ज्ञवालीको निधनप्रति गहिरो दुःख ब्यक्त गरेको छ । समाजका केन्द्रीय सभापति कुलबहादुर (केवी) गुरुङ तथा सहसभापति गोविन्दराज जोशीले आज एक शोक वक्तब्य जारी गदै ज्ञवालीप्रति दुःख ब्यक्त गर्नुभएको हो । उहाँको निधनबाट नेपाली काँगे्रसले एक निष्ठावान नेतृत्व गुमाएको विज्ञप्तीमा जनाइएको छ ।

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलायो

३ पुष, काठमाडौैँ÷ संसदको हिउँदे अधिवेशनमा प्रस्तुत हुने रणनिति तय गर्न नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो । बिहिवार दिउँसो १ बजे दलको कार्यालयमा सिंहदरबारमा बस्ने बैठकमा सभामुख उपसभामुख चयन, सरकारका काम कारबाही, जनजिविकाका विषयलाई कसरी उठाउने भन्ने विषयमा छलफल केन्द्रीत हुने बताइएको छ । त्यस्तै संसदमा दर्ता भएका कतिपय विधेयकका बारे पनि छलफल गर्ने तयारी गरिएको कागे्रसले जनाएको छ ।

नेपाली काँगे्रसले आज कालो दिवस मनाउँदै

१ पौष, काठमाडौैँ÷ प्रथम जननिर्वाचित सरकारलाई अपदस्थ गरेको विरोधमा आज कालो दिवसका रुपमा मनाइएको छ । हरेक वर्ष पुस १ गते तरुण दललगायत संस्थाले प्रजातन्त्रमाथि प्रहार भएको दिनलाई कालो दिवसका रुपमा मनाउँदै आएका छन् । यसै अवसरमा आज नेपाली कांग्रेस र भातृसंस्था तरुण दलले देशभर विभिन्न कार्यक्रम गर्दैछन् । तत्कालीन शाही नेपाली सेनाको शक्तिको आडमा २०१७ साल पुस १ गते पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला लगायतका नेतालाई तत्कालीन राजा महेन्द्रले अपदस्त गरी पञ्चायत शासन व्यवस्था सुरुवात गर्नुभएको थियो । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भएका बेला बीपी लगायतका नेतालाई पक्राउ गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा राखिएको थियो ।

पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफलाई मुत्युदण्डको सजायँ

१ पौष÷ देशद्रोहको मुद्दामा पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्डको सजाय सुनाइएको छ । पाकिस्तानका पूर्व सैनिक शासक समेत रहेका मुसर्रफलाई इतिहासमै पहिलो पटक मंगलबार मृत्युदण्डको सजाय सुनाएको हो । पेशावर उच्च अदालतका मुख्य न्यायाधीश वकार अहमद सेठको अध्यक्षतामा विशेष अदालतका तीन सदस्यीय इजलासले उहाँलाई मृत्यु दण्डको सजाए सुनाएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । मृत्युदण्डको सजाय सुनाइएका मुसर्रफ हाल उपचारको क्रममा युनाइटेड अरब इमिरेट्स युएईमा रहेका छन् । ३ नोभेम्बर २००७ मा आपातकालीन स्थितिका लागि मुसर्रफमाथि डिसेम्बर २०१३ मा देशद्रोहको मुद्दा दर्ता गरिएको थियो । त्यसपछि मुसर्रफलाई सन् २०१४ मार्च ३१ मा दोषी ठहर गरिएको गरिएको थियो ।

को हुन मुसर्रफ
परवेज मुसर्रफ पाकिस्तानका पूर्वसैन्य शासक समेत रहेका थिए । भारतको नयाँदिल्लीमा जन्मेका मुसर्रफ कराची र इस्तानबुलमा हुर्केका थिए । उनी पाकिस्तानका १० औं राष्ट्रपति समेत हुन् ।

२००१ मा संयुक्त चिफका अध्यक्ष र सेना प्रमुखको पदमा रहँदा उनी सैन्य सरकारको प्रमुख बनेका थिए । उनले पहिलो युद्ध भूमिको अनुभव दोस्रो कश्मीर युद्धमा खेमकरन क्षेत्रका लागि तीव्र लडाइँमा एक तोपखाना रेजिमेन्टसँग गरेका थिए । द्वन्‍द्वका क्रममा उनले लाहोर र सियालकोट युद्ध क्षेत्रमा समेत भाग लिए । युद्धका क्रममा उनले गोलाबारी अन्तर्गत आफ्नो प्रतिष्ठा विकास गरेका थिए । वीरताका लागि उनले इम्तियाजी सनक पदक समेत पाएका छन् ।

तर आफूमाथि लागेको महाअभियोगबाट बच्नका लागि २००१ मा उनले संयुक्त प्रमुखको अध्यक्षको पद त्याग गरेको घोषणा गरेका थिए । सन् २०१३ को चुनावमा जीत हासिल पश्चात पाकिस्तान मुस्लिम लीग (नवाज) सरकारमा आएपछि पूर्व सैनिक राष्ट्रपति परवेज मुसर्रफको विरुद्धमा संविधानको अवहेलना गरेको भन्दै मुद्दा अदालतमा मुद्धा दाएर गरिएको थियो ।

उनलाई सन् २०१४ मार्च ३१ मा देशद्रोहको अभियोग लगाइ अभियोजनकर्ताहरुले सोही वर्षको सेप्टेम्बरमा सम्पूर्ण तथ्य विशेष अदालतमा पेश गरेका थिए । परवेज मुसर्रफमाथि आरोप लागेपछि उनी एक पटक मात्र न्यायालय समक्ष हाजिर भएका थिए । त्यसपछि उनी आजसम्म अदालतमा हाजिर हुन पुगेका छैनन् ।

उनीमाथि पाकिस्तानको संविधानलाई सेनाको बलमा गैरकानुनी रुपमा निलम्बन गरी संकटकाल लागू गरेको आरोप लगाइएको थियो ।
सन् २०१६, मार्च १८ मा उपचारका लागि मुसर्रफ दुबइ गएपछि उक्त मुद्दामाथि सुनुवाइ रोकिएको थियो । कम्मरको दुखाइबाट छुटकारा पाउन युनाइटेड अरब इमिरेट्समा उपचाररत रहेका छन् । उपचारपछि पुनः पाकिस्तान फर्केर आफूविरुद्ध लागेको मुद्दाको सामना गर्ने उनले बताएका थिए ।

मार्च २०१६ मा विशेष न्यायालयले केन्द्र सरकारसँग लिखित स्पष्टिकरण मागेको थियो । न्यायालायको अनुमति विना विदेश गएका मुसर्रफमाथि आपत्ति जनाउँदै लिखित जवाफको माग गरिएको हो । मंगलबार उच्च अदालतले मुर्सरफलाई मृत्युदण्डको सजाय सुनाएको छ । सरकारले मुसर्रफ विरुद्ध विशेष अदालतको फैसलाको विस्तृत समिक्षा गर्ने भएको छ ।

सेवासम्बन्धी विधेयक फिर्ता लिन नेपाली कांग्रेसको माग

३० मंसिर, काठमाडौैँ÷ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाल विशेष सेवाको गठन, सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले मौलिक हक कुण्ठित गर्ने भन्दै यसलाई फिर्ता लिन माग गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले आज विज्ञप्ति जारी गरी कांग्रेसले उक्त विधेयकले नागरिक स्वतन्त्रतालाई कुण्ठित गर्ने, नागरिकका सूचना चुहावट हुने र गोपनीयता भंग गर्ने भएकाले संविधान प्रतिकुल भएको उल्लेख गरेका छन् । खा्ँडले संविधान प्रतिकुल र नागरिक स्वतन्त्रता र हित विपरीत हुने गरी विधेयक नल्याउन पनि सरकारलाई सचेत गराएका हुन् । सरकारले राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी विषय समेटेर विशेष सेवासम्बन्धी विधेयक ल्याएको छ ।

नेपाली काँगे्रसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

२६ मंसिर, काठमाडौैँ÷ नेपाली कागे्रसको केन्द्रिय कार्य समिति बैठक बिहिवार बस्दै छ । पार्टीको केन्द्रिय कार्यलय सानेपामा बस्ने दिउसोँ एक बजे बस्ने बैठकले गत मशिंर १४मा सम्पन्न उपनिर्वाचनको समिक्षा गर्ने बताइएको छ । त्यस्तै बैठकमा सभापति शेरबाहादुर देउवाले विभाग गठनको प्रस्ताव पेश गर्ने कार्य सुची रहेको छ । केन्द्रीय समितिको बैठक कम्तिमा ५ दिन बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । शर्माका अनुसार पार्टी बैठकमा कार्यसम्पादन समितिको प्रस्ताव पनि पेश हुने छ । त्यस्तै भंग भएको नेविसंघमा तदर्थ समिति र कार्यावधि सकिएको तरुण दलको गठनका विषयमा पनि छलफल हुनेछ । निर्वाचन समितिले तल्लो तहको कार्यसमिति गठनमा गरेको प्रगति पनि केन्द्रीय समितिमा पेश प्रवता शर्माले जानकारी दिए ।