बी.पी. विचार राष्ट्रिय समाज · B.P. Ideology National Societyकाठमाडौँ, नेपाल
Mission · Vision · Goals

मिशन र भिजन

लोकतान्त्रिक मूल्य, मानवअधिकार र सामाजिक समावेशमा केन्द्रित दृष्टिकोण

Vision

दृष्टि

शान्ति, प्रगति र समृद्धि स्थापित भएको लोकतान्त्रिक, न्यायपूर्ण, लैङ्गिक समानता तथा सामाजिक रूपमा समावेशी समाजको परिकल्पना।

Mission

मिशन

नागरिकलाई लोकतान्त्रिक मान्यता र मानवअधिकारबारे बुझाइ विकास गर्न, सामाजिक–आर्थिक, भूराजनीतिक तथा सांस्कृतिक चेतना बढाउन र सक्रिय नागरिक सहभागिताका लागि वातावरण तयार गर्न वकालत तथा कार्यक्रम सञ्चालन गर्ने।

लक्ष्य तथा उद्देश्य

लोकतान्त्रिक जागरण

युवा, महिला, राजनीतिक व्यक्तित्व तथा वञ्चित समुदायमा नागरिक चेतना र लोकतान्त्रिक संस्कार अभिवृद्धि।

अधिकार

मानवअधिकार तथा लोकतान्त्रिक, सामाजिक, स्वास्थ्य र शैक्षिक अधिकारबारे जनसुसूचना।

समावेशी विकास

आदिवासी, जनजाति, दलित, महिला तथा पिछडिएका समुदायलाई विकासको अवसरमा पहुँच बढाउने अवधारणा।

शान्ति र अहिंसा

शान्ति, अहिंसा, लोकतन्त्र र पारस्परिक सद्भावका मूल्यहरूको प्रवर्द्धन।

भाषा र संस्कृति

भाषा, लिपि, साहित्य, कला, संस्कृति र विभिन्न समुदायका स्रोत तथा पहिचानको संरक्षण र विकासबारे चेतना।

स्थानीय विकास

गरिबी न्यूनीकरणका लागि आयआर्जन, शिक्षा, स्वास्थ्य, सञ्चार र पूर्वाधारमा पहुँचसँग जोडिएका कार्यक्रमलाई समर्थन।