Nepal map
B.P. Koirala

राष्ट्रिय जीवनमा बिपी कोइरालाको स्थान

 

 
 
 
 
 
 
 
–डा. गोविन्दमान सिंह कार्की
विषय प्रवेश
 
यस धर्तीमा मानवजातिको सृष्टि भएदेखि कति मानवको पदार्पण भयो, कतिले कहिल्यै नफर्कने बाटो लिएर बिदा भए, त्यसको खास लेखाजोखा हुन सकेको छैन । तर, यस दुनिया“मा आएर आफूलाई पूर्ण रूपले बिर्सिएर समाज, राष्ट्र र विश्वकल्याणका लागि आफ्ना पलहरू खर्च गर्ने आत्माहरूको सङ्ख्या भने धेरै नभएको जगजाहेर छ । समयरूपी नदीको बहावस“गै भएको समाज विकासक्रममा त्यस्ता केही मानवको उत्भव भएको छ, जसले आफ्ना कर्म र कृतिमार्फत मानव मात्रको उद्धार गरेका छन् । पछिल्लो पुस्ता यस्ता व्यक्तित्वहरूलाई आफ्नो मनमस्तिष्कमा सजाएर उनीहरूको विषयमा खोज गर्ने र तथ्यहरूलाई उजिल्याउने प्रयत्नमा अहोरात्र लागिपरेका छन् । राजनीतिशास्त्रको जोडघटाउको विषयमा बिल्कुलै नौलो कुरा दिने प्लेटो, एरिस्टोटल, भोल्टायर, रुसो आदि साहित्य जगत्मा अद्वितीय अलौकिक आनन्दका पुञ्जहरू बर्साएर परिवर्तनको शङ्खघोष गर्ने सेक्सपियर, होमर, मिल्टन, चाउसर, टाल्स्टाय आदि विज्ञानको क्षेत्रमा विशिष्टतम कार्य गरेर विश्व समुदायलाई मध्ययुगबाट आधुनिक युगतर्फ डो¥याउने न्युटन, डार्बिन, आइन्सटाइन, ग्यालिलियो आदि तथा राष्ट्र र जनताको मुक्तिका लागि बलिदानको अनुपम कीर्तिगाथा प्रस्तुत गर्ने वासिङ्टन, लिङ्कन, चर्चिल, गान्धी आदि सबै नै उत्तिकै पूज्य छन्, उत्तिकै आराध्य छन् ।
मानव मुक्तिका लागि अटल पहाड बनेर प्राणोत्सर्ग गर्न तयार हुने एकजना महामानवलाई नेपाल आमाले समेत जन्म दिएर धन्यधन्य भएकी छिन् । सान्दाजु, बिपी, विश्वेश्वरप्रसाद कोइराला जे भनेर चिने पनि, जे भनेर सम्बोधन गरे पनि, यी नामहरू वि.सं. २००७ सालको क्रान्तिको नेतृत्व गरी राणाशासनरूपी सामन्ती सत्तालाई परास्त गर्ने सेनानी र जननायकको पर्यायका रूपमा नेपाली मनमस्तिष्कमा अड्डा जमाउन सफल देखिन्छन् । बहुमुखी व्यक्तित्वका धनी बिपीले राजनीति र साहित्यमा अतुलनीय योगदान पु¥याएर राष्ट्रिय सम्मान र प्रतिष्ठाको शिखरमा पुग्न सफल भएका छन् । राजनीतिमा क्रान्तिकारी योद्धाका रूपमा जीवन आरम्भ गरेका बिपी देशको प्रधानमन्त्रीसम्म बन्न पुगेका थिए । नेपाली साहित्यगगनमा झलमलाउ“दा ताराका रूपमा रहेका बिपीका थुप्रै कथा, उपन्यास, निबन्ध, लेख र कविताहरूसमेत प्रकाशित भएका छन् । महान् चिन्तक र दार्शनिकको रूपमा नेपाली मुटुमा वास गर्न सफल यिनले अन्तर्राष्ट्रिय जगत्मा समेत विशिष्ट सम्मान पाउन सफल भएको देखिन्छ । 
 
प्रारम्भिक जीवन
सिन्धुलीको दुम्जा निवासी डिठ्ठा नन्दिकेश्वर पाध्या राज्यलक्ष्मीस“ग विवाहबन्धनको गा“ठोमा बा“धिएपछि उनीहरूबाट चार सुपुत्रको जन्म भएको थियो । यीमध्ये कृष्णप्रसाद कोइराला सबैभन्दा कान्छा थिए । यिनै कृष्णप्रसाद कोइरालाकी कान्छी पत्नी दिव्या कोइरालाको कोखबाट भारतको बनारसमा वि.सं. १९७१ भाद्र २४ मा विश्वेश्वरप्रसाद कोइरालाको जन्म भएको थियो । पण्डितले ग्रहनक्षत्रअनुसार नवजात बालकको नाम ‘चूडामणि’ जुराएका थिए । ठूला बुबा कालीदासले ‘विश्वनाथको प्रसाद’ भनेर ‘विश्वेश्वर’ नाम राखेकाले भविष्यमा उनी यही नामस“ग जोडिएर चर्चाको चुली चुम्न सफल भए ।
तत्कालीन राणाशासक चन्द्रशमशेर र पिताजी कृष्णप्रसादबीच सुमधुर सम्बन्ध थियो । दुवैले एकअर्कालाई पत्राचार गर्ने शृङ्खला पनि अटुट नै थियो । तर, यस्तैमा पहाडबाट चन्द्रगञ्ज पुगेका भरियाहरूले लगाएका झुत्रा, फाटेर टालेका मैला कपडाहरू जम्मा गरेर पार्सल बनाई चन्द्रशमशेरलाई पठाएपछि कोइराला परिवार बिलखबन्दमा प¥यो । यसपछि चन्द्रशमशेरले पिताजीलाई कोपभाजन बनाउ“दै भन्सारको ठेक्का मात्र खोसेनन्, विराटनगरस्थित घरबार तथा नेपालमा भएका सबै श्रीसम्पत्ति सर्वस्वहरण गरेर सपरिवार भारत प्रवासमा जान बाध्य पारे । 
यसरी वि.सं. १९७४ मा शुरु भई वि.सं. १९८६ मा भीमशमशेर सत्तामा आएर स्वदेश फर्कने अनुमति नपाउन्जेल १२ वर्ष लामो वनवासका क्रममा कोइराला परिवारले महाकष्टको भूमरीमा रुमल्लिनुप¥यो । यसबीचको कहालीलाग्दो पीडालाई स्वयम् बिपीले उनको ‘आफ्नो कथा’मा यसरी व्यक्त गरेका छन् – 
‘मेरो आङमा लगाएको लुगाबाहेक मेरो अर्को फेर्ने लुगा थिएन । मैले स्कुलमा गरीब विद्यार्थीका लागि प्राप्त हुने साढे ३ रूपैया“को छात्रवृत्तिले फिस तिर्नुपथ्र्यो । भात दालको दुई छाक (त्यो पनि कहिले–कहिले अप्राप्य)बाहेक खाजा भन्ने कुरो खान पाइन“ ।’
पिताजीले सहृदयी वासुदेव शर्माबाट केही सहयोग रकम जुटाएर जग्गा किनी भागलपुरको टेढीमा बस्ने व्यवस्था मिलाए । त्यहा“ उनले ‘आदर्श विद्यालय’को नामबाट स्कुलको स्थापना गरे, जुन स्कुलमा बिपी स्वयम् पनि भर्ना भए । झण्डै ५ वर्ष टेढीमा गुजारा चलाएपछि फेरि कोइराला परिवारमाथि अर्को अप्रत्याशित दैवी विपत्तिको मुक्का बज्रियो । कोशीको बाढीले कोइराला परिवारको बिल्लीबाठ मात्र गरेन कि उनीहरूलाई छिन्नभिन्न बनाएर आआफ्नो आश्रयस्थल खोज्न बाध्य पा¥यो । यसपछि बिपी बनारस गएर हरिश्चन्द्र स्कुलमा कक्षा ८ मा नाम लेखाए । उनले अर्धछात्रवृत्ति पाए । तर, स्कुल जा“दा लगाउन उनीस“ग एकजोर कुर्ता र धोतीबाहेक फेर्ने अर्को कपडा भएन, जुत्ता नभएर उनलाई बनारसको प्रचण्ड गर्मीको तातोमा पैताला सेक्नुपथ्र्यो । यस्तै कथा र व्यथाका बीच बिपीले द्वितीय श्रेणीमा म्याट्रिक तहको परीक्षा उत्तीर्ण गरे । उनले बनारस हिन्दू विश्वविद्यालयबाट इन्टरमिडिएट र स्नातक तहको पढाइ पूरा गरे । त्यसपछि वि.सं. १९९३ मा कलकत्ता विश्वविद्यालयबाट कानूनको स्नातक तह सकेर केही समयका लागि दार्जिलिङमा वकालत पेशामा संलग्न भई गुजारा चलाए । 
बिपीको राजनीतिक व्यक्तित्व
बिपीको बाल्यकालको समयमा भारतमा महात्मा गान्धीको नेतृत्वमा अङ्गे्रजविरुद्ध देशव्यापी रूपमा आन्दोलनको रा“को बलिरहेको थियो । बिपीभित्रको बालहृदयमा यही“बाट नै मुक्ति र लोकतन्त्ररूपी वृक्षको बीज अङ्कुरित हु“दै झाङ्गिन थाल्यो । ‘अङ्गे्रज भगाऊ’ आन्दोलनमा उनको योगदान भारतीय नेताहरूको दा“जोमा कम थिएन । यस्तै नेपालभित्र उनकै नेतृत्वमा भएको क्रान्तिरूपी सूर्यमा १०४ वर्षे राणा एकाधिकार बिलाएको थियो । त्यसपछि राजाको बर्बर एवम् हिंस्रक प्रहार र स्वेच्छाचारिताविरुद्ध उनी अन्तिम सास लिउन्जेल लडिरहे । 
बिपीको भारतीय स्वतन्त्रता सङ्ग्राममा सहभागिता
अङ्ग्रेजको गुलाम बनेर उत्पीडनको जा“तोमा सदियौंदेखि भारतीय जनता पिल्सिएका थिए । विदेशी जुकाहरूको राजनीतिक र आर्थिक शोषणको लामो शृङ्खलाविरुद्ध महात्मा गान्धीको नेतृत्वमा सन् १९२० मा सङ्गठित रूपमा असहयोग आन्दोलनको आ“धी चलाएर अङ्ग्रेज साम्राज्यको जग हल्लाइदिए उनीहरूले । बनारसमा महात्मा गान्धी र जवाहरलाल नेहरू उपस्थित भएको एक कार्यक्रममा ८ वर्षीय बालक बिपीले आफ्नो स्थानबाट उठेर सरकारी स्कुल बहिष्कार गर्ने घोषणा गरे । उनलाई मञ्चमा लगी फूलमाला पहि¥याएर नेहरूले सम्मान दिए । यसपछि बिपी गान्धी आश्रम विद्यालयमा भर्ना भए । 
सन् १९३० मा महात्मा गान्धीको नेतृत्वमा फेरि एकपटक सिङ्गो भारत अङ्ग्रेजविरुद्ध जुर्मुराएर उठ्यो । सविनय अवज्ञा आन्दोलनको नामबाट भएको यो अहिंसात्मक आन्दोलनले भर्खर म्याट्रिक पास गरेका १५ वर्षीय बिपीलाई नछुने कुरै भएन । उनलाई आतङ्ककारी भएको अभियोगमा केही महिना थुनियो । भारतमा अङ्ग्रेजविरुद्धको आन्दोलनले उचाइ लिइरहेको अवस्थामा बिपीको प्रथम राजनीतिक जम्काभेट भारतका माक्र्सवादीस“ग भयो । उनले माक्र्सका पुस्तक पढ्न थाले । माक्र्सवादीको सानो एकाइको गठन गरिएस“गै संस्थाको सचिव भएर उनले काम गर्न थाले । यसले ‘सोसलिस्ट’ नामको पत्रिकासमेत प्रकाशन गर्न थाल्यो, जसका सम्पादक स्वयम् उनी नै थिए । 
सन् १९३४ पछि बिपीको सम्पर्क भारतका समाजवादी नेता जयप्रकाश नारायणस“ग भयो । यसपछि अन्य समाजवादीहरू राममनोहर लोहिया र नरेन्द्रदेवस“ग उनको साक्षात्कार हुन पुग्यो । यसपछि उनले माक्र्सवादी विचारलाई तिलाञ्जलि दिए । सन् १९३६ मा समाजवादी दलको सदस्य बनेका उनी २ वर्षपछि विहार प्रदेश समाजवादी दलको सङ्गठनमन्त्रीमा छानिए । यसको लगत्तै उनले सुशीला कोइरालालाई जीवनसाथीका रूपमा वरण गरेका थिए । 
सन् १९४२ को ‘भारत छोडो’ आन्दोलनका क्रममा बिपीलाई अङ्ग्रेज सरकारले पटनामा पक्राउ गरी बा“कीपुर जेलमा डा. राजेन्द्रप्रसादस“ग थुन्यो । पछि उनलाई हजारीबाग जेलमा सारियो, जहा“ जयप्रकाश नारायण र राममनोहर लोहियालाई समेत राखिएको थियो । यी दुवै भारतीय नेताहरू जेलबाट भागेर नेपालभित्र प्रवेश गरेको अवस्थामा नेपालमा आश्रय दिएको आरोपमा पिताजी कृष्णप्रसाद कोइरालालाई पक्राउ गरी काठमाडौंमा थुनिएको थियो । यस्तैमा निमोनिया रोगले ग्रसित भएर वि.सं. २००१ साल माघ ३ गते कैदी जीवन बिताइरहेको अवस्थामा पिताजीले संसारबाट बिदा लिए । एक दिनपछि माघ ४ गते हजारीबाग जेलबाट मुक्त हु“दा बिपीले पिताजी परलोक भएको समाचार सुने । यसरी आफ्नो जन्म, लालन–पालन, शिक्षा र संस्कार दिने श्रद्धेय पिताको जीवनका अन्तिम क्षणमा एक झल्को मुख हेर्नसमेत पाउनु त परै जाओस्, पिताजीको चितामा दागबत्तीसमेत दिन नपाउनेसम्मको परिस्थिति साम्राज्यवादी अङ्ग्रेज र जहानिया“ राणाशाहीको साझेदारीमा उत्पन्न भएको घटना निःसन्देह बिपीको जीवनमा वियोगको मर्मान्त कथा बनेर रहेको छ । 
 
वि.सं. २००७ सालको जनक्रान्तिमा बिपी
भारतमा अङ्ग्रेज साम्राज्यको अस्त भई नेहरूको नेतृत्वमा अन्तरिम सरकार बनेपछि वि.सं. २००३ साल आश्विन १८ गते पटनाबाट प्रकाशित हुने ‘सर्च लाइट’ पत्रिकामा ‘नेपाल आह्वान’ शीर्षकमा लेख लेखी नेपाली जनताको सुनौलो भविष्यको निर्माण गर्न राणाशासनरूपी कुम्भकर्णको थाप्लोमा भुत्भुते खन्याउन राजनीतिक दल खोल्नुपर्ने सार्वजनिक आह्वान गरे बिपीले । उनको आह्वानमा एकबद्धता जाहेर गर्दै कात्तिक १५ गते भारतका विभिन्न ठाउ“मा अध्ययनरत युवाहरूले बनारसमा एक भेलाको आयोजना गरी ‘अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस’ नामको दल स्थापना गरे । बिपीले जेलबाट भागेर भारत पुगेका गणेशमान सिंहस“ग अन्तरङ्ग छलफल गरेपछि वि.सं. २००३ साल माघ १२ र १३ गते कलकत्तामा भएको सम्मेलनले पार्टीको नाम ‘नेपाली राष्ट्रिय काङ्ग्रेस’ राख्ने तय गर्दै प्रजापरिषद्को आन्दोलनमा जेल परी कारावास जीवन बिताइरहेका टङ्कप्रसाद आचार्यलाई सभापति बनाएर बिपीलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइयो । 
वि.सं. २००३ साल चैत १२ गते विराटनगर जुटमिलको मजदूर हडतालको सन्दर्भमा आफ्ना सहयोगीसहित बिपी पक्राउ परे । उनी भारतीय नेताहरूको दबाबमा वि.सं. २००४ साल भदौमा मुक्त भएपछि माघ २० देखि २२ सम्म सम्पन्न भएको नेपाली राष्ट्रिय काङ्ग्रेसको दोस्रो महाधिवेशनले उनलाई सर्वसम्मत सभापतिमा निर्वाचित गरी मुख्य कमान्डर बनायो । उनी वि.सं. २००५ सालमा आन्दोलनलाई अगाडि बढाउन काठमाडौं पुगेको बेला प्रहरीले पक्राउ गरी ८ फिट लम्बाइ, ७ फिट चौडाइ भएको यातना गृहमा हतकडी नेल लगाएर शरीरमा साङ्लाले बा“धी ६ महिनासम्म अमानुषिक कष्ट दियो । यस्तो अमानवीयताको सिक्री तोड्न उनले वि.सं. २००६ साल वैशाख १९ गतेबाट लगातार २९ दिनसम्म भोक हडताल गरे । बाध्य भएर प्रधानमन्त्री मोहनशमशेरले उनलाई मुक्त गर्दै भेटका लागि निम्तो दिए । भेटमा मोहनशमशेरले अहङ्कारको आगो बर्साउ“दै भनेका थिए –
‘तिमीले भनेका होउला राज गरौंला । तिमीजस्ता भारेभुरे ठेट्नाहरूले कराउनेबित्तिकै कसैले राज्य दि“दैन । राज्य गर्नका निम्ति पुर्पुरोमा लेख्नुपर्छ ।’ 
बिपीको ‘नेपाली राष्ट्रिय काङ्ग्रेस’ र महावीर, सुवर्णको ‘नेपाल प्रजातन्त्र काङ्ग्रेस’लाई वि.सं. २००६ साल चैतमा एकीकृत गरी पार्टीको सम्मेलन कलकत्तामा सम्पन्न गरियो । सम्मेलनले नया“ दलको नाम ‘नेपाली काङ्ग्रेस’ राख्दै नेपाल प्रजातन्त्र काङ्ग्रेसको चारतारे झण्डालाई स्वीकारेर नेपाली राष्ट्रिय काङ्ग्रेसको विधानमा रहेको ‘अहिंसात्मक उपाय’को सट्टा ‘जुनसुकै उपाय’ अवलम्बन गर्न सक्ने गरी सशस्त्र आन्दोलनका लागि मार्गप्रशस्त ग¥यो । सशस्त्र आन्दोलनको तयारीको सिलसिलामा बिपी हतियार प्राप्तिका लागि समाजवादी साथीहरूको सरकार भएको मुलुक बर्मा पुगे । उनको अनुरोधलाई स्वीकार्दै बर्मा सरकारले आवश्यक हतियार तथा रेडियो सेटसमेत उपलब्ध गराएर नेपालको लोकतान्त्रिक आन्दोलनको पक्षमा एकबद्धता जाहेर ग¥यो । प्राप्त हतियारहरूलाई विभिन्न मोर्चामा पु¥याउन भारतीय प्रधानमन्त्री नेहरूको सल्लाहबमोजिम बङ्गाल, विहार र उत्तरप्रदेशका तत्कालीन मुख्यमन्त्रीहरू क्रमशः विधानचन्द्र राय, श्रीकृष्ण सिन्हा र गोविन्दबल्लभ पन्तस“ग बिपीले भेट गरे । 
बिपीको राजा त्रिभुवनलाई पाल्पा पु¥याएर त्यही“बाट समानान्तर सरकार चलाउने योजना विफल भएको अवस्थामा वि.सं. २००७ साल कात्तिक २१ गते राजा सपरिवार भारतीय राजदूतावासमा शरण लिन पुगे । उनी कात्तिक २६ गते दिल्लीका लागि प्रस्थान गरेकै राति नेपाली काङ्ग्रेसको फौजले भारतीय सीमाक्षेत्रबाट राणाफौजमाथि धावा बोल्यो । बिजुलीको गतिमा नेपाली काङ्ग्रेसको फौजले दुई महिनाभित्र मुलुकको ५० प्रतिशत भूभागमा चारतारे झण्डा फहराएपछि मोहनशमशेरले घु“डा टेकेर वार्ताका लागि आफ्ना प्रतिनिधि दिल्ली पठाए । वार्ता प्रक्रियालाई अगाडि बढाउन भारतीय राजदूत चन्देश्वरप्रसाद नारायण सिन्हाले पटनामा बिपी, मातृका र सुवर्णलाई भेटे । भेटमा सिन्हाले ‘वार्ता कुन ठाउ“मा गर्ने ?’ भनेर प्रश्न गरे । बिपीको सीधा जवाफ थियो– ‘काठमाडौंमा ।’ काठमाडौंमा राणाशासकहरूको नियन्त्रण भएकाले त्यहा“ गर्दा काङ्ग्रेस नेताहरू सुरक्षित नहुने तर्क राजदूतको थियो । बिपीले दोस्रो उपयुक्त विकल्पका रूपमा ‘विराटनगर’लाई प्रस्ताव गरे । राजदूतले बिपीको दोस्रो प्रस्तावलाई पनि अमान्य ठह¥याए । दिल्ली एक मात्र उपयुक्त वार्तास्थल भएको दाबी गर्दै यसमा टसमस नहुने कुरा गरेपछि नेपाली काङ्ग्रेसका नेताहरू दिल्ली जान बाध्य भए । 
दिल्लीमा बिपीले त्रिभुवनलाई भेटे । राणापक्षका वार्ता टोलीका नेता विजय शमशेरस“गको भेटमा दुवै पक्ष स“गै बसेर वार्तालाई अगाडि बढाउने कुरा उनले उठाए । तर, त्यो अवसर उनीहरूलाई नेहरूले कहा“ दिए र ? वार्ताको नाममा समस्या समाधानका लागि उनले उत्कृष्ट रचनाका रूपमा तयार पारेको ‘मध्यममार्गी नीति’को अक्षरशः पालनका लागि राणा र काङ्ग्रेस प्रतिनिधिलाई अलगअलग भेटेर दबाब दि“दै रहे । राणा र काङ्ग्रेस पक्षका प्रतिनिधिहरूलाई दाया“बाया“ गर्न नदिई, एक किसिमले बन्दीजस्तो बनाएर, संयुक्त सरकार बनाउने कुरामा जोड दिए । काङ्ग्रेस प्रतिनिधि अनिच्छापूर्वक नेहरूको प्रस्तावमा सहमति जनाउ“दै अमिलो मन लगाएर स्वदेश फर्किए ।
वि.सं. २००७ सालमा भएको दिल्ली सम्झौतालाई कतिपयले ‘धोका’को पगरी गुथाएका छन् । के यो सम्झौता धोका थियो त ? कुरा त्यस्तो होइन । यसले राणा पारिवारिक सत्तालाई इतिहासको वस्तु    बनायो । अन्तरिम संविधानको घोषणा, नागरिक अधिकारको प्रत्याभूति, सामन्ती भू–स्वामित्वको अन्त्यको प्रयासले निश्चय पनि नेपाल नया“ युगमा प्रवेश गरेको सङ्केत दिन्थ्यो । तर, सम्झौताले बिपीले भनेजस्तो ‘इङ्ल्यान्डका बादशाहसरह राजाको स्थिति हुनेछ’ भन्ने पूर्वघोषणालाई भने नेहरूले छलफलको विषय बन्न दिएनन् । परिणामस्वरूप राजाले कुनै पनि समयमा अजिङ्गरको रूप धारण गरी लोकतन्त्रको हत्या गर्न सक्ने सम्भावनाको बाटो भने खुल्लै रहन गयो । 
वि.सं. २००७ सालदेखि २०१७ सालसम्म बिपीको नेतृत्व
वि.सं. २००७ सालदेखि २०१७ सालसम्म बिपी राजनीतिको केन्द्र भागमा रहे । दिल्ली सम्झौतापछि बनेको राणा–काङ्ग्रेस मन्त्रीमण्डलमा काङ्ग्रेसका तर्फबाट गृहमन्त्रीसहित मुख्य नेता भएको हैसियतले उनले जनहित र लोककल्याणका कार्यको शुभारम्भ गरे । तर, सरकारमा सहभागी दुई पक्षका बीचमा उत्पन्न विवादले सरकारलाई भुसको आगोजस्तो सल्काउ“दै लग्यो । राणा उक्साहटमा शुरु भएको भरतशमशेरको आतङ्कवादी गतिविधि, उनको गिरफ्तारी तथा बिपीमाथिको साङ्घातिक आक्रमण र वि.सं. २००८ साल कात्तिक २० गते भएको गोलीकाण्डमा चिनियाकाजी उदासको मृत्यु भएको विषयलाई लिएर प्रधानमन्त्री र गृहमन्त्रीबीचको द्वन्द्व सतहमा आयो । यही कारण देखाई बिपीले कात्तिक २५ गते पदत्याग गरे । अब बा“की के नै रह्यो र ? सत्ता साझेदारको सरकार परित्यागपछि अर्को गुटको नेता मोहनशमशेरले पनि पद नछाडी सुख पाएनन् । 
वि.सं. २००७ सालपछि राजा त्रिभुवन र महेन्द्रले उनीहरूको राजनीतिको मूलमन्त्रका रूपमा बिपीलाई आ“खाको कसिङ्गर मान्ने र सत्ताशक्तिबाट टाढा राख्ने नीति अख्तियार गरे । ससाना भारेभुरे गुट र पार्टीका मान्छेलाई प्रधानमन्त्री बनाउने, फेर्ने र मौका परे प्रत्यक्ष शासन चलाउने अटुट शृङ्खला नै चल्यो । यसबीचमा वि.सं. २००९ जेठ १० देखि १२ सम्म नेपाली काङ्ग्रेसको जनकपुरमा सम्पन्न पा“चौं महाधिवेशनले बिपीलाई पार्टी सभापतिमा निर्वाचित ग¥यो । वीरगञ्जमा वि.सं. २०१२ माघमा सम्पन्न छैटौं महाधिवेशनमा उनले सुवर्णशमशेरलाई सभापति बनाउन भूमिका खेले । पछि वि.सं. २०१४ जेठ ११ देखि १२ सम्म विरानगरमा सम्पन्न भएको पार्टीको विशेष महाधिवेशनले पुनः उनलाई नै पार्टी सभापतिको गरिमामय दायित्व सुम्पियो । 
नेपाली काङ्ग्रेसलगायत अन्य दलहरूले निर्वाचनको माग गर्दै चलाएको सत्याग्रह आन्दोलनको सामु गुहार भएर राजा महेन्द्रले वि.सं. २०१५ साल फागुन ७ गतेबाट निर्वाचन शुरु हुने घोषणा गरे । निरङ्कुश शासनमा आफ्नो हालीमुहालीको सपना देख्ने महेन्द्रले जनताको आ“खामा छारो हाल्दै वि.सं. २०१४ पुस १ गतेको घोषणामा निर्वाचनको मात्र कुरा गरी माघ १९ गतेको अर्को घोषणाबाट मात्र चुनाव संसद्का लागि हुने कुरा पर्दा अगाडि ल्याएर पिताको घोषणाको समेत धज्जी उडाए । यस्तै धोकाबाजीका बीच वि.सं. २०१५ साल फागुन १ गते ‘नेपाल अधिराज्यको संविधान’ जारी भयो । बाहिरबाट झट्ट हेर्दा फूलबुट्टा भरेको सुन्दर लागे पनि अन्तरकुन्तरमा यसभित्र केही त्यस्ता विषालु तत्त्वहरू अन्तर्निहित थिए, जसको प्रयोग भएमा लोकतन्त्र निमेषभरमा बिलाउन सक्थ्यो । यो कुरालाई स्वीकार गर्दै बिपीले व्यक्त गरेको प्रतिक्रिया यस्तो थियो –
‘नेपाल अधिराज्यको संविधान एउटा यस्तो साधन छ, जो प्रजातन्त्रको विकासमा क्रमशः सहायक सिद्ध हुन सक्छ । साथै प्रजातन्त्रका विरुद्ध पनि सफलतापूर्वक प्रयोग हुन सक्छ ।’
राजा महेन्द्रको प्रतिक्रियावादी नीतिको बाबजुद सुवर्णशमशेरको अध्यक्षतामा गठित सरकारले चुनावी प्रक्रियालाई अगाडि बढायो । बिपी क्षेत्र नं. ३२ को मोरङ दक्षिण, विराटनगर पश्चिम निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवार दिलबहादुर श्रेष्ठलाई ९५७९ मतले पराजित गर्दै विजयको ताज पहिरन सफल भए । संसदीय निर्वाचनमा ७४ स्थान प्राप्त गरी प्रधानमन्त्रीमा काङ्ग्रेस संसदीय दलले उनको नाम सिफारिश गर्दा पनि डेढ महिनासम्म राजाले कानमा तेल हालेर बसे । लामो अन्योल, अलमल, र द्विविधाको बीच राजाले बल्ल वि.सं. २०१६ साल जेठ १ गते प्रधानमन्त्री पदको नियुक्तिपत्र उनलाई बुझाए । ‘पहिलो गा“समै ढुङ्गा’ भनेजस्तो राजा र प्रधानमन्त्रीबीच गम्भीर द्वन्द्वको वातावरण निर्माणमा यसले पृष्ठभूमिको काम ग¥यो । 
बिपी कोइरालाको सरकारले मितव्ययिताको सिद्धान्तलाई अङ्गीकार गर्ने साङ्केतिक चिह्नस्वरूप पहिलो, सरसर्ती हेर्दा झिनो मसिनो तर ऐतिहासिक, निर्णय गर्दै प्रधानमन्त्री र मन्त्रीहरूको तलबमा क्रमशः रू. २५०० र रू. १५०० बाट घटाएर रू. १५०० र रू. १००० तय ग¥यो । बिर्ता उन्मूलन, राज्यरजौटा उन्मूलन, जग्गाको हदबन्दी निर्धारण, भारू. १०० को नेरू. १६०÷सटही दर कायम गर्दै मौद्रिक स्थिरता दिने प्रयास, नेपाल औद्योगिक विकास निगमको गठन, शाही नेपाल वायुसेवा निगम र त्रिभुवन विश्वविद्यालयको स्थापनालगायत थुप्रै उल्लेखनीय काम गरेर सरकारले जनताको विश्वास जित्न सफल भयो । यसैबीचमा वि.सं. २०१७ साल वैशाख २५ गतेदेखि ३१ सम्म काठमाडौंको महाराजगञ्जस्थित लक्ष्मी निवासमा सम्पन्न भएको नेपाली काङ्ग्रेसको सातौं महाधिवेशनले बिपीलाई पार्टी सभापतिको जिम्मेवारी दियो ।
राजा र प्रधानमन्त्रीबीचको मतभेद सर्वत्र छताछुल्ल भएर पोखिन थाल्यो । राजाले ‘कु गर्छन्’, ‘एक्सन गर्छन्’ भन्ने हल्लाले चोक, गल्ली शनैः शनैः तात्न थाल्यो । राजाले नेपाली काङ्ग्रेस संसदीय दलका मुख्य सचेतक विश्वबन्धु थापा र बिपीद्वारा तत्काल उनको मन्त्रीमण्डलबाट हटाइएका उपमन्त्री तुलसी गिरीलाई उकासेर आफ्नो पक्षमा अनुकूल परिस्थितिको निर्माण गर्न कडीका रूपमा प्रयोग गरे । द्वन्द्व पराकाष्ठामा पुगेको बेला एकपटक राजाले बिपीलाई भनेका थिए –
‘विश्वेश्वर बाबु तपाईं र ममध्ये एकजना रहनुप¥यो । या त तपाईं चलाउनुस् म छेउ लागिदिन्छु या तपाईं छाडिदिनुस् म चलाउ“छु ।’
देशभर यो वा त्यो नाममा नियोजित रूपमा अशान्ति र अराजकता मच्चाइयो । सैनिक हस्तक्षेपको लागि षडयन्त्रको जाल बिछ्याउने तयारी पूरा भएपछि वि.सं. २०१७ साल पुस १ गते थापाथलीमा तरुण दलको कार्यक्रममा सहभागी भएको अवस्थामा राजा महेन्द्रले दरबारका समरराज कु“वर र सेनाका सुरेन्द्रबहादुर शाहलाई कार्यक्रमस्थलमा पठाएर प्रधानमन्त्री बिपीलगायत उपस्थित सबै मन्त्रीहरूलाई पक्राउ गरे । पुस २२ गते राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाइयो । यसरी नेपालमा लोकतन्त्रको गला निमोठियो अनि भर्खरै लोकतन्त्ररूपी बिहानीको न्यानो घाम ताप्न थालेका नेपाली जनतालाई जबरजस्ती मध्ययुगीन सामन्ती पारिवारिक निरङ्कुशताको अ“ध्यारोतर्फ घचेडियो । लोकतन्त्र पुनर्बहालीका लागि कति नेपालीले रगत चढाउनुपर्ने हो, त्यसका लागि कति समय लाग्ने हो, त्यो कुराको फैसला इतिहासले भविष्यको पोल्टामा छाडिदियो । 
वि.सं. २०१७ पछि बिपीको राजनीतिक जीवन
राजा महेन्द्र लोकतन्त्रवादी शक्तिलाई दबाएर घरको न घाटको बनाएको ठानेर खुशीले मख्ख थिए । तर, लोकतन्त्रको पक्षमा अभिव्यक्त हुने आवाजलाई बुट र गोलीको भरमा दबाउने धृष्टता बालुवाको घर बनाउनुजस्तै थियो । वि.सं. २०१७ सालको घटनास“गै सुवर्णशमशेरको नेतृत्वमा भारतबाट सशस्त्र अभियान शुरु भइहाल्यो । भारत र चीनबीच युद्धको परिस्थिति उत्पन्न भएपछि नेहरूको सल्लाहमा सुवर्णशमशेरले सैनिक अभियान स्थगित गर्नुपरेपछि निरङ्कुशताविरोधी आन्दोलनलाई अर्को गम्भीर धक्का लाग्यो । 
वि.सं. २०२४ सालमा गिरिजाप्रसाद कोइराला जेलमुक्त भएपछि उनले बिपीको उन्मुक्तिका लागि पहल थाले । आखिरीमा सुवर्णशमशेरद्वारा पार्टीका तर्फबाट जारी गरिएको वक्तव्यलाई समर्थन गर्ने गरी बिपीलाई छाड्ने वातावरण बनाइयो । सहमतिअनुसार वि.सं. २०२५ साल कात्तिक १४ गते बिपी र गणेशमान सिंहले कालकोठरीको ८ वर्ष लामो एकान्तवासबाट मुक्ति पाए । 
बिपीले सशस्त्र सङ्घर्षका लागि भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीलगायत युरोपका विभिन्न मुलुकका नेताहरूलाई भेटेर कूटनीतिक, आर्थिक र भौतिक सहयोगको हात बढाउन अनुरोध गरे । तर, यसबाट उनले ठोस उपलब्धि हासिल गर्न नसकेपछि आर्थिक स्रोत जुटाउन गिरिजाप्रसाद कोइरालाले तयार पारेको वि.सं. २०३० सालको विमान अपहरणको आत्मघाती र अकल्पनीय योजनालाई मन्जुरी दिए । विमान अपहरणबाट लुटिएको ३० लााख भारतीय रूपैया“ नेपाली काङ्ग्रेसको फौजी सङ्गठन विस्तार र हतियार सङ्कलनमा उपयोग गरियो । सम्पूर्ण तयारी पूरा भएपछि यो फौजलाई ओखलढुङ्गा हान्न परिचालित गरियो । बिपी स्वयम् यो फौजलाई बिदाइ तथा शुभकामना दिन मजफ्फरपुरको ढोलीसम्म पुगे । तर, यो अभियान शतप्रतिशत आत्माघाती र प्रत्युत्पादक साबित भयो । टिम्बुरबोटेको ओढारमा नेपाली काङ्ग्रेसलाई युगयुगान्तरसम्म बिर्सन नसकिने घाउ लाग्यो । यो घाउबाट बिपी मर्माहत बने । उता भारतमा इन्दिरा गान्धीको सरकारले विमान अपहरणमा संलग्नहरूलाई धमाधम पक्रन थाल्यो । स्वयम् बिपीको दिल्ली नीतिबागस्थित निवासमा प्रहरीले खानतलासी लियो । विहारको आन्दोलन र संसदीय निर्वाचनको विषयलाई लिएर इन्दिरा गान्धीले सङ्कटकाल लागू गरी विपक्षी दलका सबै नेताहरूलाई खोरमा हालिन् । यस्तो परिस्थितिमा बिपीले मेलमिलापको नीति लिएर स्वदेश फर्कने खतरनाक निर्णय लिए । मेलमिलापको नीति अवलम्बन गर्नुको पछाडि समसामयिक राजनीति जिम्मेवार रहेको कुरातर्फ सङ्केत गर्दै उनले नेपाल फर्किनुअघि पटनामा पत्रकारहरूस“ग भनेका थिए–
‘म भारतीय भूमिमा ढिलो गरेर मर्नुभन्दा मेरो देश नेपाल पुगेर तत्काल मर्न चाहन्छु ।’ पूर्वघोषित योजनाअनुसार वि.सं. २०३३ पुस १६ गते बिपी, गणेशमानलगायत नेताहरू विमानबाट काठमाडौंमा उत्रि“दा तत्काल पक्राउ गर्ने योजना बनाएर प्रधानमन्त्री तुलसी गिरीले विमानस्थलमै प्रहरी तैनाथ गरिसकेका थिए । विमानस्थलमा उत्रनासाथ बिपीलाई पक्राउ गरी सरासर सुन्दरीजल खोर पु¥याइयो । 
बिपी आफ्नो ज्यानको जोखिम मोलेर स्वदेश फर्केका थिए । उनीमाथि सातओटा राजद्रोहसम्बन्धी मुद्दा थिए, जसमध्ये एउटामा मात्र उनी दोषी ठहरिए मृत्युदण्डको सजाय हुन सक्थ्यो । यसरी लगाइएका आरोपको न्यायिक निरूपणका लागि वि.सं. २०३३ साल माघ १० गते गोविन्दबहादुर श्रेष्ठको अध्यक्षतामा विशेष अदालत गठन भयो । पछि यो अदालतको जिम्मेवारी जनकमान श्रेष्ठले पाए । महिनौं बयान लिएर वि.सं. २०३४ साल फागुनमा टिम्बुरबोटे काण्डलगायत ७ मध्ये ५ प्रमुख मुद्दाको फैसला गर्दै जनकमानले बिपीलाई निर्दोष प्रमाणित गरे । यसैबीच अमेरिकी राष्ट्रपति जिम्मी कार्टर, पश्चिम जर्मनीका पूर्वचान्सलर विल्ली ब्रान्ट र जयप्रकाश नारायणले राजा वीरेन्द्रलाई दबाब दिएपछि फागुन ११ गते राति उनलाई जेलमुक्त गरियो । 
वि.सं. २०३५ साल चैत २२ गते पाकिस्तानका पूर्वराष्ट्रपति जुल्फिकर अलि भुट्टोलाई मृत्युदण्ड दिएको समाचारले सर्वत्र सनसनी पैदा ग¥यो । घटनाले नेपाली राजनीतिमा पनि तरङ्ग ल्यायो । चैत २४ गते नेपालका विद्यार्थी सङ्गठनहरूको नेतृत्वमा पाकिस्तानी राजदूतावासमा विरोधपत्र दिन जा“दा प्रहरी हस्तक्षेप भएपछि फिलिङ्गोका रूपमा देखापरेको आन्दोलनले केही दिनमै डढेलो बनेर सारा मुलुकलाई आफ्नो लपेटामा लियो । आन्दोलन फलामको चिउरा साबित भएपछि अत्तालिएर राजा वीरेन्द्रले वि.सं. २०३६ साल जेठ १० गते जनमतसङ्ग्रहको घोषणा गरे । वि.सं. २०३७ साल वैशाख २० गते भएको जनमतसङ्ग्रहमा ‘सुधारसहितको पञ्चायत’ विजयी भएको निर्वाचन आयोगले घोषणा ग¥यो । जनमतसङ्ग्रहमा व्यापक धा“धली भएको आरोप लागिरहेकै अवस्थामा बिपीले ‘खेलको नियमलाई मान्ने’ अभिव्यक्ति दिएर निर्वाचन परिणामलाई स्वीकार गर्दै देश र दुनिया“लाई चकित बनाए । 
जनमतसङ्ग्रहपछि हुने ‘पञ्चायती निर्वाचनमा भाग लिने कि नलिने ?’ भन्ने सम्बन्धमा छलफल गर्न र कार्यकर्ताको मनोबल उच्च राख्न बिपी देशका विभिन्न भागमा भएका कार्यक्रहरूमा सहभागी भए । कार्यकर्ताहरूले निर्वाचन बहिष्कारको वक्तव्य जारी गर्न व्यापक दबाब दिएपछि उनले जनतासमक्ष निर्वाचन बहिष्कारको अपील गरे । 
क्यान्सरको दशकौं पुरानो रोगले जीर्ण बनाएको शरीरलाई क्यामोथेरापी दिएर जीवन धानिरहेका बिपीको स्वास्थ्य स्थिति दिन प्रतिदिन नाजुक बन्दै गयो । उनी घा“टी र फोक्सोको उपचारका लागि पटकपटक बाहिर गए । यस्तो अवस्थामा उनले नेपाली काङ्ग्रेस र नेपाली जनताको मुक्ति आन्दोलनमा भौतिक अगुवाइ गर्ने सम्भावना क्षीण बन्दै गयो । शारीरिक शिथिलताको बेवास्ता गर्दै उनी वि.सं. २०३८ साल पुस १६ गते काठमाडौंको टु“डीखेलमा आयोजित मेलमिलाप दिवसलाई सम्बोधन गर्न उपस्थित भए । यो नै उनको राजनीतिक जीवनको अन्तिम सार्वजनिक कार्यक्रममा सहभागिता र सम्बोधन बन्न पुग्यो । 
बिपीको साहित्यिक व्यक्तित्व
बिपीको नाम झट्ट सुन्दा राजनीतिक युगपुरुषको चित्र मस्तिष्कमा अङ्कित हुन्छ । तर, उनको साहित्यिक व्यक्तित्व त्योभन्दा कम सशक्त र प्रभावशाली छैन । बिपीको साहित्यिक जीवन पनि राजनीतिक जीवनजत्तिकै पुरानो छ । किनभने, उनी झण्डै १० वर्षको उमेरबाट नै टेढीमा रह“दा हिन्दी साहित्यका चर्चित साहित्यकारहरूको रचनामा डुबुल्की मार्न थालिसकेका थिए । रामनरेश त्रिपाठीको ‘पथिक’ खण्डकाव्य, प्रेमचन्दको ‘रङ्गमञ्च’ र ‘रङ्गभूमि’ उपन्यासको अध्ययन गर्न थालेकाले यही समयदेखि नै उनमा विचार र भावनाको गहनता पहिल्याउन सक्ने क्षमताको प्रस्फुटन हुन थालेको सङ्केत पाइन्छ ।
बनारसको हरिश्चन्द्र स्कुलमा भर्ना भएपछि भने बिपीको साहित्यप्रतिको अनुराग झन् बढी झाङ्गिएको प्रतीत हुन्छ । साहित्यजीवनको बिहानीमा उनलाई साहित्यानुरागी शान्तिप्रिय द्विवेदीले साहित्यिक कृतिहरूको अध्ययन र रचनाशिल्पमा समाहित हुन ऊर्जा प्रदान गर्दै साहित्य सृजनाको मैदानमा उत्रने प्रेरणा दिए । यिनले नै बिपीको सम्पर्क रायकृष्ण दास, मैथिलीशरण गुप्त, विनोदशङ्कर व्यास, पे्रमचन्द आदिस“ग गराए । उनकै सहयोगले प्रेमचन्दद्वारा सम्पादित साहित्यिक पत्रिका ‘हंस’मा बिपीको पहिलो लघुकथा ‘उहा“’ वि.सं. १९८७ मा छापियो । सोही पत्रिकामा ‘पथिक’ र ‘अपनी ही तरह’ छापिए । ‘भैयादाइ’ले कलकत्ताको लब्धप्रतिष्ठित पत्रिका ‘विशाल भारत’मा आश्रय पायो भने उनको अर्को कथा ‘होड’ले ‘हिमालय’मा । यस्तै हिन्दीमा लेखिएको उनको कथा ‘कैदी’लाई आफ्नो अङ्कमा कैद ग¥यो– इलाहवादबाट निस्कने पत्रिका ‘भविष्य’ले । 
बिपीको साहित्यिक चक्षुले उनलाई हिन्दी साहित्यका मात्र होइन, विश्वका ख्यातिप्राप्त साहित्यकारहरूको कृतिमा नजर घुमाउन बाध्य पा¥यो । रुसी साहित्यकारहरू टाल्स्टाय, तुर्गनेभ, गोर्कीका कृतिबाट उनी भरपुर रसास्वादन गर्दथे । चेखव, मोपासा“ र भिरक्टर ह्युगोका रचनाले उनको साहित्यिक क्षितिजलाई फराकिलो पार्न कोसेढुङ्गाका रूपमा मद्दत पु¥यायो । उनले फ्रायडका रचनालाई धेरै मन पराए । फ्रायडबाट उनी यति प्रभावित हुन पुगे कि उनका कथा र उपन्यासहरू मनोवैज्ञानिक भावधाराले आलोकित हुन पुगे । 
लामो कैदी जीवनको पट्यार लाग्दा क्षणहरूलाई उनले साहित्य सृजनाका लागि उपयुक्त मौका ठानेर उपयोग गरे । यसरी राजनीतिमा जस्तै साहित्यिक क्षेत्रमा पनि शिखर चुम्न उनी सफल भए । राजनीति र साहित्यलाई जीवनरूपी सिक्काका दुई पाटाका रूपमा कसरी दौंतरी बनाएर उनी सार्वजनिक भए त ? उनले यो प्रश्नको जवाफ आफैले दिएका छन् यसरी –
‘राजनीतिमा म एउटा अन्तःप्रेरणाले उकासिएको छु भने साहित्यमा ठीक विपरीत अन्तःप्रेरणाले । म राजनीतिमा समाजवादी हु“ भने साहित्यमा अराजकतावादी ।’ 
कथाकारका रूपमा बिपी
सिद्धहस्त कथाकार बिपीले नेपाली कथा परम्परामा नवीन शैलीलाई भिœयाएको पाइन्छ । सामाजिक परिवेशलाई टपक्क टिपेर पात्रका मनोवैज्ञानिक अवस्थाको चिरफार गर्ने विधिलाई नेपाली कथामा निजीकरण गर्दै प्रवेश गराउने पहिलो कथाकार थिए– यिनी । मानव मनको कुनै कुनामा रहेका सूक्ष्मातिसूक्ष्म प्रवृत्तिहरूलाई केस्राकेस्रा केलाएर पाठकसमक्ष रोमाञ्चकारी ढङ्गले प्रस्तुत गर्नु उनको कथाशिल्पको मौलिक पहिचान हो । यिनको नेपालीमा लेखिएको पहिलो कथा वि.सं. १९९२ सालमा सिद्धिचरण श्रेष्ठद्वारा सम्पादित पत्रिका ‘शारदा’मा ‘चन्द्रवदन’ शीर्षकमा छापियो । नेपाली साहित्य सम्मेलन दार्जिलिङका सचिव सूर्यविक्रम ज्ञवालीले जगाएको उत्प्रेरणाबाट वि.सं. १९९५ मा ‘कथाकुसुम’ सङ्ग्रहमा बिपीका तीनओटा कथाहरू ‘बिहा’, ‘शत्रु’ र ‘सिपाही’ प्रकाशित भए । यस्तै ‘प्रेम’, ‘दुलही’, र ‘द्वन्द्व प्रेम’ ‘शारदा’मा, ‘मधेशतिर’ दार्जिलिङको ‘खोज’मा तथा ‘हरिदत्त’ र ‘महाराजको सवारी’ ‘युगवाणी’मा छापिए ।
अगाडि नै प्रकाशित भएका केही कथामा थप गरेर १६ कथाहरूको सङ्ग्रह ‘दोषी चश्मा’ वि.सं. २००६ सालमा प्रकाशित भयो । यस कथासङ्ग्रहमा ‘दोषी चश्मा’, ‘बिहा’, ‘हरिदत्त’, ‘प्रेम’, ‘कर्नेलको घोडा’, ‘पवित्रा’, ‘होड’, ‘कथा’, ‘पुस्तक’, ‘स्कुल मास्टर’, ‘सखी’, ‘स्वेटर’, ‘बौलाहा’, ‘रिक्सा तान्ने’, ‘मधेशतिर’ र ‘सिपाही’जस्ता कथा समावेश छन् । वि.सं. २०१७ सालपछाडि लेखिएको ‘सान्नानी’, ‘राइटर बाजे’, ‘एक रात’ र ‘श्वेतभैरवी’जस्ता ‘श्वेतभैरवी’ कथासङ्ग्रहअन्तर्गत समेटिएका कथाले नेपाली कथा साहित्यगगनलाई झिलिमिली पार्ने काम गरेका छन् । 
बिपीका कथाहरूले नेपाली कथा परम्परामा एउटा सिङ्गो र साङ्गोपाङ्ग परम्पराको प्रतिनिधित्व गर्दछन् । मानव मनभित्रका खुशी, ईष्र्या, प्रेम, घृणा, आक्रोश, डरजस्ता भावहरूलाई कथामा मुख्य स्थान दिएर उनले मनोविश्लेषणात्मक कथाकारका रूपमा आफूलाई प्रस्तुत गरेका छन् । अन्तरमनका उकुसमुकुस, खुल्दुली, व्यग्रता र अतृप्त चाहनाजस्ता विषयहरूलाई उनका कथाहरूमा मज्जाले खेलाएको पाइन्छ । उनका कथामा कतै राणाकालीन चाकडीप्रथाप्रति तीखो व्यङ्ग्यवाण प्रहार भएको छ भने कतै निरङ्कुशताको माखेसाङ्लो चुडाउन ज्यानको बाजी लगाएर मैदानमा उत्रने युवाले शहीद हुनुपरेको यथार्थ कोरिएको छ । उनका यौन मनोविश्लेषणात्मक कथाहरूमा कतै अनमेल विवाहका कारण पत्नीमा उत्पन्न हुने यौनकुण्ठा, आवेगको सजीव चित्र हेर्न पाइन्छ भने कतै जवान युवतीले शारीरिक र मानसिक रूपले यौनक्रीडाका लागि तयार नभएको बालकले उसको यौन चाहना पूरा नगर्दा बालकप्रति उत्पन्न भएको घृणा र आक्रोश । 
उपन्यासकारका रूपमा बिपी
बिपीले उपन्यासमा कथामा जस्तै मनोविश्लेषणभन्दा अघि बढेर अस्तित्व, नियति, नैतिकता, मानवताजस्ता पक्षहरूलाई अ“गाल्नमा रुचि देखाएको पाइन्छ । उनका उपन्यासमा परिवर्तनधर्मी चेनताको उद्बोधन भएको छ । यिनका सबै उपन्यासहरूमा कुनै विशिष्ट घटना र परिस्थितिको साक्षात्कारबाट उत्पन्न भएको भावलाई खारिएको, माझिएको भाषाशैलीमा प्रस्तुत गरिएको पाइन्छ ।
बिपीको उपन्यास ‘तीन घुम्ती’मा नारीको अस्तित्वको खोजी भएको छ । अस्तित्वको खोजी गर्ने क्रममा नारीपात्र इन्द्रमायाद्वारा प्रकट भएको विद्रोहको जिउ“दो र जाग्दो रूपलाई उपन्यासकारले उपन्यासमा आकर्षक तरिकाले पस्किएका छन् । अर्को उपन्यास ‘नरेन्द्र दाइ’ घात–प्रतिघात, आरोह–अवरोह र अनमेल विवाहको अन्वेषणात्मक अध्ययनबाट जन्मिएको यथार्थ र सत्य घटनामा आधारित उपन्यास हो । ‘सुम्निमा’ उपन्यास जेलमा बस्दा दुई संस्कृतिको प्रतिनिधित्व गर्दै आआफ्नो अड्डी पेश गर्ने रामनारायण मिश्र र दिवानसिंह राईबीच भएको चर्काचर्की बहसको चित्रलाई समेटेर दुई सभ्यताको सङ्गमस्थल बनाउने चिन्तनबाट अनुप्राणित भएको छ । अन्य दुई उपन्यासहरू ‘मोदिआइन’ तथा ‘हिटलर र यहुदी’ गीतादर्शनमा आधारित भएर लेखिएका छन् । गीताको ‘निष्काम कर्म गर’ भन्ने नैतिकताको पाठमाथि उपन्यासकारले दुवै उपन्यासमा प्रश्नचिह्न तेस्र्याएका छन् । यसरी नै परिवेश, परिस्थिति र नियतिका दास मानवको जीवनरूपी गाडीलाई अगाडि बढाउ“दै जा“दा चरमोत्कर्षमा पुगेर एकाघरका ससुरा र बुहारीबीच विवाह हुनेसम्मको घटनाक्रमलाई ‘बाबु, आमा र छोरा’ उपन्यासको विषयवस्तु बनाइएको पाइन्छ । 
बिपीका अन्य रचनाहरू
मूर्धन्य साहित्यकार बिपीको कलम कथा र उपन्यासबाहेक अन्य क्षेत्रमा पनि त्यतिकै सशक्त रूपमा चलेको कुरा क्रमशः प्रकाशित हु“दै गइरहेका उनका कृतिहरूले प्रस्ट गरेका छन् । वि.सं. २०४० सालमा बिपीका पुर्खा र उनको प्रारम्भिक जीवनको तस्बीरलाई छर्लङ्ग उतार्ने उत्कृष्ट रचना ‘आफ्नो कथा’ छापिएको थियो । यसको अपुरो हिस्सालाई पाठकसमक्ष राखेर पूर्णता दिने काम वि.सं. २०५४ सालमा प्रकाशित ‘जेल जर्नल’, वि.सं. २०५५ सालमा प्रकाशित ‘विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त’ र वि.सं. २०६३ सालमा प्रकाशित ‘फरि सुन्दरीजल’जस्ता ग्रन्थले गरेको पाइन्छ । 
बिपीले थुप्रै ऐतिहासिक महत्त्वका निबन्ध र लेखहरूको सृजना गरेका छन् । यस्ता निबन्ध र लेखहरू मूलतः उनको व्यक्तिगत, पारिवारिक, राजनीतिक, साहित्यिक, दार्शनिक र अन्तर्राष्ट्रिय विषयवस्तुस“ग गा“सिएर आएका छन् । उनका यस्ता छरिएका रचनाहरू जम्मा गरेर वि.सं. २०५४ सालमा ‘बिपीवाद’, वि.सं. २०५८ सालमा ‘बिपी कोइरालाका छरिएका सामग्रीहरू’ र वि.सं. २०६६ सालमा ‘विश्वेश्वरप्रसाद कोइरालाको राजनीतिक अभिलेख’ शीर्षकमा ग्रन्थहरू प्रकाशित भएका छन् । वि.सं. २०६९ सालमा प्रकाशित ‘बिपी कोइरालाको अदालतको बयान’मा एउटा राष्ट्रनायक र दार्शनिकले प्रतिपादन गर्ने चिन्तन र सिद्धान्तको दिग्दर्शन हुने भएकाले यो ग्रन्थ पनि उत्तिकै पठनीय र मननीय छ । 
बिपीलाई कविका रूपमा धेरै कमले मात्र चिन्छन् । तर, बिपीको साहित्यरूपी बगैंचामा फुलेका सुन्दर फूलहरूमा एउटा मन लोभ्याउने आकर्षक फूलका रूपमा रहेको छ– कविता विधा । उनको प्रथम कविता सृजना वि.सं. १९८८ सालमा ‘हंस’मा हिन्दी भाषामा ‘बम्बई के प्रति’ शीर्षकमा छापिएको थियो । बिपीले जेलजीवनमा लेखेका कविताहरूलाई बटुलबाटुल गरेर ‘बिपीकोइरालाका छरिएका सामग्रीहरू’ शीर्षकको ग्रन्थमा प्रकाशित गरिएपछि यी कविताको रसास्वादन गरेर बिपीमा अन्तर्निहित उच्चस्तरको कवित्व प्रतिभा र कल्पनाको बादलमा भावनाको मन्दिर बनाउने उनको क्षमतालाई आ“क्न पाठकलाई सजिलो भएको छ । 
बिपीको अन्तर्राष्ट्रिय व्यक्तित्व
बिपीले आफूलाई विश्वसमाजवादी आन्दोलनका अग्रज हस्तीहरूको सूचीमा सगर्व उभ्याउन सफल भएका थिए । त्यसैले नै वि.सं. २००७ सालको क्रान्तिमा बर्माको समाजवादी सरकारबाट हतियार उपलव्ध भयो भने भारतका समाजवादीहरूले राणाविरोधी आन्दोलनमा का“धमा का“ध मिलाएर मोर्चा सम्हाले । नेपाली जनताको मुक्तिका लागि लड्दा लड्दै भारतीय समाजवादी कार्यकर्ता कुलदीप झाले सहादत प्राप्त गरे । 
बिपी वि.सं. २०१० सालमा रङ्गुनमा भएको एसियाली समाजवादी सम्मेलनमा सहभागी भए । वि.सं. २०१२ सालमा नेपाली काङ्ग्रेसद्वारा समाजवादलाई पार्टीको मेरुदण्ड घोषणा गरपेछि मुम्बईमा सम्पन्न सोही संस्थाको सम्मेलनमा उपस्थिति भएर पूर्ण सदस्यता ग्रहण गर्दै वि.सं. २०१४ सालमा नेपालमा तेस्रो एसियाली समाजवादी सम्मेलनको आयोजना गरेर उनले विदेशी पाहुनाको स्वागत सत्कार गरे । वि.सं. २०३६ सालमा सम्पन्न बेलायतको लेबर पार्टी र जापानको समाजवादी पार्टीको सम्मेलन तथा म्याड्रिडमा भएको विश्व समाजवादी सम्मेलनमा समेत सहभागी भएर उनले व्यक्तिगत र मुलुकको प्रतिष्ठामा चारचा“द लगाए । वि.सं. २०३८ सालमा पेरिसमा भएको विश्व समाजवादी सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै समाजवादी नेता तथा तत्कालीन राष्ट्रपति फ्रास्वा“ मितेरास“ग भेटवार्ता गर्ने सुवर्ण अवसर पनि पाएका थिए । 
विश्व समाजवादी सङ्गठनका महासचिव ह्यान्स ज्यानचेकस“गको घनिष्टता, बेलायती नागरिक नोयल ब्रोकरको अध्यक्षतामा ‘बिपी रक्षा समिति’को गठन, अमेरिकी सिनेटर जर्ज मिनीद्वारा बिपीको रक्षाका लागि आफ्नो सरकारमार्फत गरिएको प्रयत्न आदि सबैले बिपीको अन्तर्राष्ट्रिय लोकप्रियलाई झल्काएका छन् । उनको देहान्त हु“दा विश्वभरका नेताहरूबाट प्राप्त समवेदना सन्देश विश्वको लोकतान्त्रिक र समाजवादी आन्दोलनलाई उनको निधनले पु¥याएको अपूरणीय क्षतिको स्वीकारोक्ति हो भन्ने कुरा प्रस्ट हुन्छ । 
उपसंहार
नेपालको राजनीति र साहित्यको सगरमाथामा पाइला राख्न सफल व्यक्तित्व बिपीको व्यक्तिगत जीवन भने अमनचैनयुक्त र सुखमय रहेन । वि.सं. २००१ सालमा २९ वर्षको तन्नेरी उमेरमा क्यान्सरजस्तो प्राणघाती रोगको शिकार भएर पनि जीवन र जगत्का लागि अविश्रान्त मानवले पूरा गर्नुपर्ने दायित्वको सिवाय उनलाई अरू कुराको पर्वाह भएन । अन्ततोगत्वा वि.सं. २०३९ साल असारसम्म आइपुग्दा उनलाई रोगले च्याप्दै लग्यो । उपचारका लागि शुरुमा वीर अस्पताल र त्यहा“ नभएपछि थाइल्यान्ड पु¥याइयो । उपल्लो दर्जाको डाक्टरी उपचारले पनि उनको जीर्ण शरीरमा कुनै सुधार ल्याएन, उनी बेहोश भए । परिस्थितिको गम्भीरतालाई बुझेर त्यही अवस्थामै उनलाई साउन ६ गते नेपाल ल्याइयो । नेपालभूमि टेकेको डेढ घन्टा पनि बित्न नपाउ“दै सोही दिन सा“झ सवा ७ मा बिपी ब्रह्मलीन भए । यसरी नेपाली जनताका आशाका किरण, जगमगाउ“दो ज्योतिपुञ्ज नेपालको धर्तीमा ढले । आफ्ना मुटुको धड्कनको अवसानले करोडौं आत्माहरू रोए । शवयात्रामा उर्लिएको अपार मानवसागरले भावविह्वल भएर हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै आफ्नो प्यारो नेताको पार्थिव शरीर पशुपति पु¥याएर अन्तिम संस्कार सम्पन्न ग¥यो ।
बिपीको भौतिक शरीर समाप्त भए पनि उनको स्मृतिलाई ताजा राख्न उनको नामबाट ‘बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान’, ‘बिपीकोइराला मेमोरियल क्यान्सर अस्पताल’, ‘बिपीराजमार्ग’, ‘बिपी सङ्ग्रहालय’, ‘बिपी स्मृति भवन’जस्ता संस्था, निकाय, मार्ग र भवनले कुनै न कुनै रूपमा भूमिका खेलिरहेका छन् । ‘बिपी कोइराला फाउन्डेसन’ले नेपाल र भारतबीचको मैत्री र सहयोगका क्षेत्रहरूलाई विस्तृत गर्ने कडीका रूपमा काम गर्छ । यस्तै अमेरिकाको न्यूयोर्क र भारतको पटनालगायतका ठाउ“मा निर्माण भएका बिपीका शालिकहरूले उनले आर्जन गरेको अन्तर्राष्ट्रिय प्रतिष्ठा बोलिरहेका छन् । यसरी नै बिपीको जीवन, दर्शन र साहित्यको विषयमा अनगिन्ती पुस्तकहरू प्रकाशित भइसकेका छन् । उनका साहित्यिक सृजनाहरूलाई विश्वविद्यालयहरूका पाठ्यक्रममा समावेश गरेर अध्ययनअध्यापन गराइन्छ । उनको इतिहास, साहित्य र उनले अवलम्बन गरेको समाजवादको नीतिमा समेत विद्यावारिधि तहका अनुसन्धान भइसकेका छन् । अर्कातिर ‘बिपी विचार राष्ट्रिय समाज’, ‘बिपी चिन्तन प्रतिष्ठान’ आदि संस्थाहरू बिपीस“ग सम्बन्धित विविध विषयको शोध, अनुसन्धान र प्रकाशनसहित नियमित कार्यक्रम गरेर उनको व्यक्तित्वलाई जीवन्त राख्न डटेर लागेका छन् । 
बिपी आफ्नो कर्मशील जीवनका उर्वर दिनहरूमा कहिले शान्ति र अहिंसाका सारथि बने त कहिले विद्रोहको ज्वाला बनेर दन्किए । उनले साहित्यको सेवा गरे अनि गरीब, भोका, नाङ्गा र अधिकारविहीनका उन्मुक्तिका लागि आफ्नो जीवन समर्पण गरे । अझ भनौं भने उनले मृत्युलाई समेत पराजित गरे । त्यसैले उनको स्थान नेपाली हृदयका स्पन्दनहरूको राजसिंहासनमा अमिट र अविचलित रूपमा जमेको छ । उनले जुन स्थान ग्रहण गरेका छन्, त्यो सायद अरूका लागि ग्राह्य हुन सक्दैन । यो यथार्थलाई स्वीकार गरेपछि केही प्रश्न हाम्रा मनमस्तिष्कमा स्वतस्फूर्त खडा हुन्छन् । बिपीलाई स्मृतिको पानामा सजाउने, शोध र अनुसन्धानको विषय बनाउनाले मात्र वर्तमान आफ्नो दायित्वबाट अलग हुन पाउ“छ ? उनले निर्माण गरेको राजमार्गमा हामीले मन, वचन र कर्मका पाइला कुन गतिमा चालिरहेका छौं ? यी प्रश्नहरूको सही जवाफ खोज्दै उनको विचार र चिन्तनलाई व्यवहारमा सहज र सरल किसिमले कठोरतापूर्वक रूपान्तरण गरेमा मात्र उनीप्रति न्याय र सच्चा सम्मान गरिएको ठहरिनेछ । 
 
व्यक्तिगत विवरण
 
नाम ः डा. गोविन्दमान सिंह कार्की
ठेगाना ः  विराटनगर ६, शान्तिचोक 
फोन ः   ९८४२०८६१२२
निवास ः  ०१–४४८२२३३            
इमेल ः नयखष्लमब)mकपबचपष्२थबजयय।अयm
 
राष्ट्रिय जीवनमा बिपी कोइरालाको स्थान
–शिरीषबल्लभ प्रधान
 
विश्वेश्वरप्रसाद कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनका एक महान् योद्धा हुन् । आप्mनो जीवनमा अत्यन्त कम समय अर्थात् १८ महिना मात्र निर्वाचित प्रधानमन्त्रीका रूपमा सत्ताको नेतृत्व सम्हाल्ने अवसर पाएर पनि चिरकालसम्म सबैको स्मृतिपटलमा रहन र प्रेरणाको स्रोत बन्न सफल कोइराला प्रजातन्त्रका एक महान् सेनानी, समाजवादी चिन्तक एवम् सच्चा राष्ट्रवादी नेताका रूपमा नेपालको राजनीतिक इतिहासमा सुपरिचित छन् । उनी आप्mनो जीवनकालमा त नेपाली राजनीतिको केन्द्रबिन्दु भएर रहे नै, किन्तु देहावसानपछि पनि नेपाली राजनीतिमा उनले एक अमिट छाप छाडेर गएका छन् । त्यसैले वि.सं. २००७ सालको क्रान्तिपछिको ६ दशक लामो प्रजातान्त्रिक आन्दोलनको इतिहास कोइरालाकै सेरोफेरोमा घुमिरहेको आभास मिल्छ । 
२००३ सालमा नेपाली काङ्ग्रेसको स्थापनाकालमा होस् वा सात सालको क्रान्ति, २०१४ सालको सत्याग्रह होस् वा २०३६—०३७ सालको ऐतिहासिक जनमतसङ्ग्रह, यी सबै महत्त्वपूर्ण राजनीतिक घटनाक्रममा कोइरालाको नेतृत्वदायी भूमिका रहके । नेपाली काङ्ग्रेसको अगुवाइमा भएको सात सालको क्रान्तिबाट नेपालमा एक शताब्दी लामो जहानिया“ राणाशासनको अन्त्य भई प्रजातन्त्र स्थापित मात्र भएन, किन्तु उक्त परिवर्तनले नेपाललाई बाह्य संसारस“ग सुपरिचित पनि गरायो, जसका कारण नेपालको आर्थिक प्रगतिको द्वार खुल्नुका साथै देशमा एउटा खुला समाजको स्थापना गर्नमा समेत मद्दत मिल्यो । त्यस्तै नेपाली काङ्ग्रेसले सञ्चालन गरेको २०१४ सालको भद्र अवज्ञा आन्दोलनको दबाबकै कारण २०१५ सालमा बालिग मताधिकारका आधारमा पहिलो आमनिर्वाचन सम्पन्न भई तत्कालीन गतिरोधको अन्त्य हुनुका साथै सो चुनावबाट नेपाली काङ्ग्रेस दुई तिहाइ बहुमतले विजयी भई सत्ताको बागडोर सम्हाल्न पुग्यो ।
बिपी नेपालकै इतिहासमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्न पुगे र उनकै नेतृत्वमा नेपाली काङ्ग्रेसको सरकारले क्रान्तिकारी भूमिसुधार, किसानहरूको अधिकारको संरक्षण, जमिनको हदबन्दी, जमिनदारी प्रथा एवम् बिर्ता उन्मूलन आदि कार्यहरू ग¥यो । बिपीकै नेतृत्वमा नेपाली काङ्ग्रेसको सरकारले असंलग्न परराष्ट्रनीति अ“गाल्नुका साथै निःशुल्क प्राथमिक शिक्षा, प्रगतिशील मजदूर नीति, समाजवादी अर्थव्यवस्था अपनाउने कार्य ग¥यो । सो नेपाली काङ्ग्रेस सरकारले किसानहरूलाई आर्थिक सहयोग र सहुलियत दरमा ऋण, सहकारी कृषि, घरेलु उद्योगलाई प्रोत्साहन गर्नुका साथै औद्योगिकीकरणका निम्ति अनुकूल वातावरण सृजना गर्दै तथा वैदेशिक लगानीलाई प्रोत्साहन गर्ने नीति लिएको थियो । तर, त्यो लोकप्रिय सरकार धेरै दिन टिक्न सकेन । तत्कालीन महत्त्वाकाङ्क्षी राजा महेन्द्रले २०१७ साल पुस १ गते प्रजातन्त्रको गला निमोठे सैन्यबलको आडमा । प्रधानमन्त्री कोइरालालाई अपदस्थ गरी उनको नेतृत्वको सरकार भङ्ग गरियो र पार्टीहरूमाथि प्रतिबन्ध लगाइयो । बिपी कोइराला, गणेशमान सिंहलगायत काङ्ग्रेसका शीर्षस्थ नेताहरूलाई सुन्दरीजल जेल चलान गरियो ।
पारिवारिक पुष्ठभूमि ः
वि.सं. १९७१ सालमा भारतको बनारसमा जन्मेका बिपी कोइरालाको पारिवारिक पृष्ठभूमि पनि राजनीतिक चेतनाले भरिपूर्ण थियो । उनका पिता कृष्णप्रसाद कोइराला बीसौं शताब्दीको शुरुआतमै आफ्नो प्यारो जन्मभूमि नेपाल छाडेर भारतमा निर्वासन निम्ति जान बाध्य भएका थिए तात्कालीन राणाशासकहरूको विरोध गर्नाका कारण । त्यसबखत उनको अपराध थियो राणा शासकहरूलाई एक गरीब नेपाली पुरुष र एक महिलाले लगाएका च्यातिएका दुई जोर लुगा पार्सल गरेर पठाउनु । उनको त्यस पार्सलको उद्देश्य थियो नेपाली जनताको वास्तविक स्थिति सत्ताको उन्मादमा रमाइरहेका राणाशासकहरूले थाहा पाऊन् भन्ने । त्यसबखत राणाशासकहरू आफू भने मोजमस्तीको जिन्दगी बा“चिरहेका थिए । तर, जनता भोकभोकै मरिरहेको उनीहरूका निम्ति चासोको विषय थिएन । अशिक्षा, गरीबी, भोक र रोगले पीडित नेपाली जनताको वास्तविक स्थिति राणा प्रधानमन्त्रीले थाहा पाऊन् भनी कृष्णप्रसादले त्यति शाहस देखाएकोमा उनले आफ्ना सारा सम्पत्ति त्यागेर विदेशमा शरण लिनुपरेको थियो । त्यसबखत बिपीका दाजु मातृकाको उमेर ९ वर्षको थियो भने उनको उमेर ६ वर्षको मात्र थियो । त्यस ६ वर्षको बालकको मानसपटलमा त्यसैबेलादेखि राणाशासनविरुद्ध आगोको ज्वाला दन्किन थालेको हुनपर्छ । जहानिया“ राणाशासनको अन्त्य गरिनुपर्छ र हुकुमी शासनको बदलामा नेपालमा पूर्ण प्रजातन्त्रको स्थापना गरिनुपर्छ भन्ने सोचले शायद त्यसै बेलादेखि बिपीको मनमष्तिस्कमा जरा गाडिसकेको थियो ।
सन् १९४० को दशकमा दक्षिणतर्फको छिमेकी देश भारतको स्वतन्त्रता आन्दोलनमा भाग लिई जेलसमेत बसेका कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनको आ“धीबेहरी ल्याउन दक्षिण एसियाबाट बेलायती साम्राज्यवाद र उपनिवेशवादको अन्त्य जरुरी थियो भन्ने कुरा राम्ररी बुझेका थिए । क्षेत्रीय भूराजनीतिक वस्तुस्थितिको सही विश्लेषण गरेर नेपालको परिस्थितिअनुरूप नया“ मोडेलको राजनीतिक प्रणालीको परिकल्पना गर्न कोइराला आफ्नो तीक्ष्ण दिमागको उपयोग गर्न चुकेनन् ।
बिपीको अन्तर्राष्ट्रिय व्यक्तित्व
सन् १९५० को दशकताका विश्व पू“जीवादी र साम्यवादी गरी दुई धारमा विभाजित भएको स्थितिमा रुस र चीनद्वारा एकपछि अर्काे गरी पूर्वी युरोप र एसियाका केही देशहरूको साम्यवादीकरण गर्ने प्रक्रिया तीव्र बनाइरहेको स्थितिमा उक्त साम्यवादी विचारधाराको समानान्तर युरोपका केही राष्ट्रहरूमा समाजवादी आन्दोलन विस्तार हु“दै गएको थियो । त्यसप्रकार बढ्दो साम्यवादी प्रभावले नेपाललाई पनि छुन सक्ने हु“दा त्यसको प्रभावलाई मत्थर बनाउन नेपाललाई अन्तर्राािष्ट्रय समाजवादी आन्दोलनको धारमा समाहित गरी नेपाली काङ्ग्रेसलाई २०१२ सालमा प्रजातान्त्रिक समाजवादको नया“ आदर्शवादी सोचमा ढाल्न बिपी सफल भए । अहिले बिपीको देहावसानको दशकौं पछि पनि त्यही प्रजातान्त्रिक समाजवादको आदर्शलाई अङ्गीकार गर्दै राष्ट्रिय राजनीतिमा आप्mनो बेग्लै पहिचान र अस्तित्व कायम राख्न सक्षम भएको छ, नेपाली काङ्ग्रेस पार्टी । 
बिपीको व्यक्तित्व राष्ट्रियस्तरमा मात्र सीमित नभई तत्कालीन भूराजनीतिमा उदाइरहेका एसियाका अन्य राजनेताहरूको दा“जोमा उनी पुगेको कुरामा शङ्का गर्ने ठाउ“ छैन । एसियाका दुई ठूला राष्ट्रहरूका बीच रहेर पनि नेपाललाई आफ्नो बेग्लै अस्तित्व कायम राख्दै विश्वका सामु परिचित गराउन बिपीको ठूलो योगदान रहेको छ । एक सानो अल्पविकसित देशको नागरिक भएर पनि विश्वका अन्य ठूला देशका राजनेताहरूस“ग उनी का“धमा का“ध मिलाएर हि“ड्न सक्थे । सन् १९५०–६० को दशकताका भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू र चीनका प्रधानमन्त्री चाउ एन लाईस“ग बिपीको मित्रता थियो र उनीहरूवीच बराबर अन्तरक्रिया हुन्थ्यो । बिपीले भारतका समाजवादी नेताहरू राम मनोहर लोहिया र जयप्रकाश नारायण मात्र नभई बर्माका समाजवादी नेताहरूस“ग पनि सम्बन्ध राखेका थिए अन्तर्राष्ट्रिय समाजवादी आन्दोलन विस्तार गर्ने क्रममा ।
त्यसबखत नेपालको सरकार प्रमुखका रूपमा नेहरूको निमन्त्रणामा औपचारिक भारत भ्रमणमा जा“दा नया“दिल्लीस्थित लालकिल्लामा नेहरूका तर्पmबाट आयोजना गरिएको नागरिक अभिनन्दन समारोहमा बिपीले हिन्दीमा बोलेको देखेर प्रभावित भएका नेहरूले ‘बिपीलाई मलाईभन्दा पनि राम्रो हिन्दी बोल्न आउ“दो रहेछ’ भनी उनको तारिफ गरेका थिए । बिपीले नया“दिल्ली र बेइजिङको भ्रमणका अवसरमा ती नेताहरूस“ग समानस्तरमा आफूलाई राख्दै गरेका भाषण, कुराकानी र व्यवहार सुन्दा उनी एक परिपक्व राजनेता भएको प्रमाणित हुन्छ ।
बिपीले चीन भ्रमणका अवसरमा नेपालका तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको नक्सा त्यहा“का राष्ट्रपति माओत्सेतुङसमक्ष प्रस्तुत गरी सगरमाथामा नेपालको आधा हिस्सा रहेको दाबी गरेका थिए, जसलाई माओले सजिलै स्वीकारेका थिए । त्यस सम्बन्धमा पछि चिनिया“ प्रधानमन्त्री चाउ एन लाई बिपीको निमन्त्रणामा नेपाल भ्रमणमा आउ“दा पत्रकार सम्मेलनमा उनले भनेका थिए कि चीन र नेपालका तर्फबाट दुई बेग्लाबेग्लै नक्साहरू प्रस्तुत ह“ुदा माओले नेपालको दाबीअनुसार सगरमाथा चीन र नेपालको सिमानामा अवस्थित रहेको कुरा स्वीकार गरे । चाउ एनलाईले त्यस बखत भनेका थिए सगरमाथा दुई देशको सीमानाको उत्तरतर्फ रहेछ र त्यसको चुचुराको झुकावचाहि“ दक्षिणतर्फ रहेछ । त्यसैले दक्षिणतर्फबाट सगरमाथा चढ्न जोकसैले पनि नेपालको अनुमति लिनुपर्ने कोइरालाको प्रस्ताव चीनलाई स्वीकार्य भएको उनले बताएका थिए । 
बिपी आफ्नो छोटो प्रधानमन्त्रीकालमा दक्षिणतर्फको छिमेकी नया“दिल्लीस“ग मात्र होइन, उत्तरतर्फको बेइजिङस“ग पनि मैत्री सम्बन्ध विस्तार गर्न सफल भए । बिपी र चाउ एन लाईले सन् १९६० मा नेपाल र चीनबीच शान्ति र मैत्री सन्धिमा हस्ताक्षर गरेबाट पनि यो कुराको पुष्टि हुन्छ । पञ्चशीलको सिद्धान्तमा आधारित सो सन्धिअन्तर्गत नेपाल र चीनले एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता एवम् भौगोलिक अखण्डताको सम्मान गर्नुका साथै त्यसले दुई देशवीच शान्तिपूर्ण मैत्री सम्बन्ध स्थापित गरी आर्थिक तथा सांस्कृतिक सम्बन्धलाई विकसित र मजबुत तुल्याउ“दै लैजाने कुरा उल्लिखित छ । यसरी दुई महान् छिमेकी राष्ट्रहरूस“ग मैत्री सम्बन्ध प्रगाढ बनाउ“दै सहयोग आदानप्रदान गर्दै लैजान बिपी सफल भए । 
नेपालजस्तो सानो देश भएर पनि मध्यपूर्वको नया“ राष्ट्र इजरायललाई मान्यता दिने पहिलो एसियाली राष्ट्र बन्यो त्यसबखत नेपाल बिपीको अगुवाइमा । यसरी अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालले आप्mनो परिचय एक सशक्त सार्वभौम राष्ट्रका रूपमा देखाउन सफलता पाएको थियो । कोइराला अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनमा पनि अहम् भूमिका निर्वाह गर्न सफल भएका छन् । सोललिष्ट इन्टरनेशनल नामक अन्तर्राष्ट्रिय समाजवादी संस्थाको सक्रिय सदस्य भई उनले नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय जगत्मा पु¥याउन महत्त्वपूर्ण योगदान दिएका छन् । 
कोइराला आफ्नो राजनीतिक जीवनमा विभिन्न खाले प्रयोगहरू गरी नेपाली राजनीतिलाई एक प्रकारको गति र दिशा दुवै दिन सक्षम भएका छन् । राजा र जनता मिलेर संयुक्त रूपमा लडिएको २००७ सालको क्रान्ति कोइरालाकै अग्रसरतामा लडिएको थियो भने २०१७ सालको तानाशाही कदमपछि उनले पटकपटक सशस्त्र क्रान्तिको आह्वान गरेका थिए । तर, परिस्थितिको प्रतिकूलताका कारण त्यो सफलताको मार्गमा अघि बढ्न सकेन । २०१७ सालको प्रजातन्त्रविरोधी कदमको लगत्तै पछि नेपाली काङ्ग्रेसले सशस्त्र क्रान्तिको नारा दिएको थियो कोइरालाको नेतृत्वमा । तर, त्यसै बखत उत्तर र दक्षिणका छिमेकी राष्ट्रहरू चीन र भारतबीच तनाव बढेका कारण अन्तर्राष्ट्रिय परिस्थिति प्रतिकूल हुन गई सो रणनीति कार्यान्वित हुन सकेन । फलस्वरूप काङ्ग्रेसले फरक कार्ययोजना अपनाउ“दै देशभित्र र बाहिरबाट प्रजातन्त्र पुनः स्थापनाका निम्ति सङ्घर्षका कार्यक्रमहरू सञ्चालित गर्दै लग्योे । बिपी र उनका राजनीतिक सहकर्मी गणेशमान सिंह लामो समयको जेल जीवनबाट छुटकारा पाई भारतमा निर्वासन निम्ति जाने क्रममा पनि फेरि दोस्रोपटक सशस्त्र क्रान्तिको नारा दिइएको थियो । तर, छिमेकी देश भारत तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले लागू गरेको सङ्कटकालको मारमा परेपछि भारतीय राजनीति इन्दिरा गान्धी समर्थक र विरोधी गरी दुई खेमामा विभाजित हुन पुग्यो र भारतीय समाजवादी नेताहरू जयप्रकाश नारायण तथा राममनोहर लोहियास“ग बढी सामीप रहेका बिपीको सशस्त्र क्रान्तिको नारा व्यवहारमा लागू हुन सकेन । भारतमा सङ्कटकालका कारण आप्mनो राजनीतिक गतिविधि सङ्कुचित हुन पुगेपछि राजनीतिमा सधैं क्रियाशील र गतिशील रहिआएका बिपी त्यो उकुसमुकुसको वातावरणमा छटपटाउन थाले र राष्ट्रिय मेलमिलापको नीति अख्तियार गरी २०३३ सालमा स्वदेश फर्के । त्यसबखत नेपालमा पञ्चायतरूपी एकदलीय तानाशाही व्यवस्था विद्यमान थियो र बिपीलाई स्वदेश फर्किनु खतराको घण्टी बजाउनुसरह थियो । त्यसबखत बिपीले भनेका थिए, मेरो घा“टीमा ७ ओटा मसिना डोरीहरू बा“धिएका छन् त्यसको अर्थ हो उनीमाथि राजद्रोहका ७ ओटा मुद्दा लागेका थिए । हरेक मुद्दामा ज्यान सजाय“सम्म हुन सक्थ्यो । तर, बिपी त्यसरी विनामतलबको जोखिम मोलेर नेपाल फर्केका थिएनन् । उनले सम्भावित जोखिमको राम्ररी हिसाबकिताब गरेका थिए नेपाल फर्कनुअघि । 
नेपालमा समाजवादी सिद्धान्तको प्रयोग 
लामो समयको निर्वासनबाट बिपी नेपाल फर्केपछि नेपालको उजाड राजनीतिक जीवनमा हचलच पैदा हुन थाल्यो । आप्mनो नेपाल बसाइका क्रममा बिपीले सामान्य विद्यार्थीदेखि राजासम्मलाई भेटेर आप्mना विचारहरू राखे । विद्यार्थी जीवनमा लैनचौरस्थित सरस्वती क्याम्पसमा (आई कम विषय लिएर) अध्ययनरत रह“दा एकपल्ट चाबहिलस्थित मित्रपार्कमा कोइरालाको निवासमा विद्यार्थीहरूको टोलीस“गै बिपीलाई भेट्ने अवसर मिलेको थियो यस स्तम्भकारलाई २०३५ साल पुसताका । त्यसरी भेट्न जा“दा बिपीलाई पहिलोपटक नजिकबाट नियाल्ने अवसर मिल्यो े। त्यसबखत बिपीलाई पर्खिरह“दा एकजना दौरासुरुवाल र टोपी लगाएका दुब्लो पातलो शरीर भएका तर सेनाको जर्नेलजत्तिकै फुर्तिला व्यक्ति त्यहा“ टुप्लुक्क आइपुगे । उनी अरू कोही नभएर पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका संस्थापक नेता बिपी थिए । त्यसबखत यस स्तम्भकारलाई उनीस“ग भेटी केही लिखित प्रश्नहरूमार्फत आफ्ना जिज्ञासाहरू शान्त गर्ने अवसर मिलेको थियो । हाम्रो जिज्ञासा शान्त गर्दै बिपीले त्यसबखत भनेका केही शब्दहरू अझै मेरो मनमस्तिष्कमा गुन्जिरहेछन् – 
विद्यार्थी भएको हुनाले तिमीहरूको पहिलो कर्तव्य पढाइमा ध्यान दिनु हो, विद्या हासिल गर्नु हो । तर, देशका चेतनशील नागरिकको हैसियतले तिमीहरू प्रजातन्त्र र मानवअधिकारजस्ता कुराहरूप्रति पनि सचेत र जागरुक रहनुपर्छ । 
त्यसबखत बिपी प्रायः सप्ताहान्तमा आप्mनो निवासमा प्रजातन्त्र र समाजवादका बारे प्रवचन दिने गर्थे । त्यहा““ विद्यार्थी, शिक्षक, वकिल, पत्रकार, राजनीतिक कार्यकर्ता, समाजसेवी आदि विभिन्न क्षेत्रका १००–१५० जति मानिस भेला हुन्थे । बिपीले बडो सुन्दर र सरल शब्दमा भन्ने गर्थेः साम्यवादमा प्रजातन्त्र थपिदिनुहोस् समाजवाद हुन्छ । समाजवादबाट प्रजातन्त्र झिक्नुहोस् साम्यवाद बा“की रहन्छ । समाजवादबारे पनि बिपीको व्याख्या सरल र सुस्पष्ट हुन्थ्योः उत्पादनमा वृद्धि नभई वितरणमा समानता हासिल गर्न व्यावहारिक रूपले सम्भव छैन । त्यसैले उत्पादन सर्वप्रथम बढाइनुपर्छ र त्यसका निम्ति पू“जी चाहिन्छ ।
मानौं हाम्रो देशमा कुल ५० लाख मिटर कपडा उत्पादन हुन्छ भने डेड करोड जनता (तत्कालीन जनसङ्ख्याअनुसार)लाई बराबरी बा“ड्दा त एकजनालाई एक बित्ता मात्र पुग्छ, त्यसबाट कसैको पनि आवश्यकता पूर्ति हु“दैन । त्यसैले पहिला उत्पादन बढाउनुप¥यो र उत्पादन बढाउन पू“जी चाहियो, त्यसको निम्ति पू“जीवाद आवश्यक हुन्छ । उत्पादन पर्याप्त मात्रामा भयो भने मात्र समान रूपमा वितरण गर्न सकिन्छ भन्ने उनको निष्कर्ष थियो । तर, उनी फोर्डको जस्तो मास प्रडक्सन अर्थात् अत्यधिक सङ्ख्यामा उत्पादनले मात्र नेपालजस्तो अल्पविकसित देशको समस्या समाधान हुन नसक्ने विचार व्यक्त गर्दै वितरणमा समानताका लागि समाजवाद आवश्यक पर्ने कुरामा जोड दिन्थे ।
बिपी पश्चिमी देशहरूको विकासको मोडेल हामीले हुबहु नक्कल गर्नुहुन्न भन्ने विचार राख्थे । उच्च प्रविधिको आयात हाम्रो देशलाई सुहाउ“दैन, हाम्रा निम्ति अहिलेको भन्दा अलिकति सुधारिएको प्रविधि भए पुग्छ, जसलाई यहा“का जनताले सम्हाल्न सक्छन्, उनको तर्क निकै व्यावहारिक थियो । पश्चिमी प्रविधिको नक्कल गरे त्यसलाई सीधा यहा“ आयात गर्ने प्रवृत्तिले हामीकहा“ गरीब झन् गरीब र धनी झन् धनी बन्ने स्थितिको सृजना हुन्छ भन्ने उनको सोचाइ छ ।
वैदेशिक सहायताबारे त्यसका नकारात्मक पक्षबारे निकै सशङ्कित हु“दै बिपी भन्थे, यस प्रकारको सहायताले हाम्रो विकास प्रक्रियालाई कुनै फाइदा पुग्दैन । त्यसले त केवल त्यस्तो एक त्यस्तो अभिजात्य वर्गको सृजना गर्छ, जसले हाम्रो देशको अर्थतन्त्रको समग्र विकासस“ग कुनै प्रकारको सरोकार राख्दैन । यस प्रकारको आर्थिक सहायताले केवल भ्रष्टाचार र गैरकानूनी व्यापारलाई मात्र प्रोत्साहन मिल्छ भन्ने धारणा उनी राख्थे ।
बिपी यसरी महात्मा गान्धी र सुमेकरका ग्रामीण स्वावलम्बी अर्थतन्त्रका विचारहरूबाट प्रभावित भएको देखिन्छ । हेनरी फोर्डको जस्तो केवल मुनाफाकेन्द्रित अत्यधिक उत्पादनको सिद्धान्त नेपाल सुहाउ“दो नहुने उनको सोचाइ छ । त्यस प्रकारको अर्थतन्त्रको मोडेलबाट विश्वमा उपलब्ध सीमित स्रोत र साधनहरू समाप्त हुने स्थिति उत्पन्न हुन सक्ने र त्यसबाट विकास दिगो नहुने विचार उनी राख्थे । त्यसैले वैकल्पिक विकासका मोडेलको खोजी गरिनुपर्ने आवश्यकता उनी औंल्याउ“छन् ।
सरकारी कार्यालयमा राजारानीको फोटो टा“गेको देखेर उनी भन्थे, त्यहा““ एउटा हलो जोतिरहेको किसानको पनि फोटो राखियोस्, ताकि योजनाहरू बनाइ“दा किसानलाई ध्यान दिन सकियोस् । हाम्रो देश गाउ“ नै गाउ“ले भरिएको हुनाले किसानको हित भएमा मात्र देश अघि बढ्न सक्छ भन्ने उनको दृष्टिकोण निकै व्यावहारिक थियो । 
बिपीको विचारमा उपयुक्त राजनीतिक संयन्त्रविना, जसमा जनताको स्वार्थ गा“सिएको हुन्छ, आर्थिक विकास पनि सम्भव हुन्न । सो विचार उनले १९८१ ताका सिड्नी, अष्टे«्लियामा सम्पन्न सोसलिष्ट इन्टरनेशनलको एसिया प्रशान्त क्षेत्रको सम्मेलनमा बोल्दै व्यक्त गरेका थिए । राजा महेन्द्रले २०१७ सालमा सैनिक बलले सत्ता हातमा लि“दा आर्थिक विकासलाई राजनीतिबाट अलग राख्न सकिन्छ भन्ने विचार राखेका थिए । तर, उनको त्यो प्रयास सफल भएन, बिपी भन्छन् । राजाद्वारा सत्ता हत्याएपछि नेपालको अर्थतन्त्र झन् डामाडोल भयो र देश झन् गरीब भयो भन्ने उनको निष्कर्ष छ ।
२०१५ सालको आम चुनावमा नेपाली काङ्ग्रेसको विजयपछि प्रधानमन्त्री भएका कोइरालाले भनेका थिए ‘नेपाली काङ्ग्रेसलाई तीनचोटि चुनाव जिताउनुहोस्, मेरो जत्तिकै मध्यम आय भएको नेपालीको स्तरमा सारा नेपाली जनतालाई प¥याउ“छु ।’ ‘मेरो सानो घर, केही जग्गा र एकजोडी गाईगोरु छन् विराटनगरमा’ भन्दै अर्को दुईपटक चुनाव जितेपछि सबै नेपाली आपूmसरह हुने उनले परिकल्पना गरेका थिए । ‘तर, १० वर्षमा नै देश विकास गर्छु भनी राजा महेन्द्रले सत्ता कब्जा गरेर केही पनि गरेनन्,’ उनले पछि २०३७ सालको जनमतसङ्ग्रह अगाडिका आमसभाहरूमा बोल्ने क्रममा सो विचार व्यक्त गरेका थिए ।
हामी बल्ल अहिले समावेशीका कुरा गर्दै छौं, तर बिपीले आजभन्दा साढे पा“च दशकअघि नै समावेशी प्रजातन्त्रलाई आत्मसात् गरेको कुरा सुन्दा आश्चर्य लाग्छ । उनका क्याबिनेटमा त्यसै बखत मधेशी, नेवार, जनजाति, महिलालाई स्थान दिएर जातीय र वर्गीय सन्तुलन मिलाइएको थियो । द्वारिकादेवी ठकुरानी बिपीका क्याबिनेटका मन्त्री हुन्, जो नेपालकै इतिहासमा पहिलो महिला मन्त्रीमा गनिन्छन् । त्यसैगरी उनले गण्ोशमान सिंह, जमानसिंह गुरुड., प्रेमबहादुर आङदेम्बे, रामनारायण मिश्र, परशुनारायण चौधरीजस्ता व्यक्तित्वहरूलाई आफ्नो मन्त्रीमण्डलका सदस्य बनाएबाट उनी कति दूरदर्शी रहेछन् भन्ने कुरा स्पष्ट हुन्छ । २०३७ सालको जनमतसङ्ग्रहको प्रचारप्रसारका क्रममा बिपीले टु“डीखेल खुलामञ्चबाट घोषणा गरेका थिए, नेपाली काङ्ग्रेसको सरकार बनेमा परशुनारायण चौधरी भावी प्रधानमन्त्रीका उम्मेदवार हुनेछन् भनेर ।
बिपी र मेलमिलाप 
भारतको लामो निर्वासन जीवनपछि राष्ट्रिय मेलमिलापको राणनीतिअन्तर्गत स्वदेश आएपछि कोइरालाले राजास“ग मेलामिलापको निम्ति हात बढाएका थिए । त्यसबखत केही सकारात्मक परिणाम पनि निस्क“दै थियो । राजास“ग हाम्रो सङ्घर्ष प्रजातन्त्रको सवालमा मात्रै हो, राष्ट्रियताको सवालमा राजा र हामी एकै ठाउ“मा उभिनुपर्छ उनी भन्थे । उनले नेपालको सन्दर्भमा राजतन्त्र र प्रजान्त्र एकअर्काका परिपूरक हुन् र एकविना अर्काेको अस्तित्व कायम रहन नसकिने धारणा राख्दै राजा र मेरो गर्धन जोडिएको छ भन्दा आलोचित पनि हुनुपरेको थियो । वास्तवमा नेपालमा तत्कालीन अवस्थामा अशिक्षा र राजनीतिक चेतनाको अभावका कारण परम्परागत शक्ति राजतन्त्र भएकाले सो संस्थालाई महत्त्व दिएका हुन् । राजतन्त्र र प्रजातन्त्र नेपालमा एकअर्काका परिपूरक हुन् भन्ने उनको भनाइ तत्कालीन राजनीतिक परिस्थितिको सही विश्लेषण थियो ।
उनले त्यसबखत काङ्ग्रेसले पञ्चहरूस“ग होइन प्रत्यक्ष राजास“ग नै सहकार्य गर्नुपर्छ भन्ने कुरामा जोड दिएका थिए । तर, कतिपयले त्यसको गलत व्याख्या गर्दै काङ्ग्रेस त पञ्चायतका विलीन हुन लाग्यो समेत भनेका थिए । त्यसै क्रममा उनले पञ्चहरूलाई तिमीहरू काङ्ग्रेसस“ग नतर्स र काङ्ग्रेसलाई तिमीहरू पञ्चहरूस“ग नझस्क भन्ने निर्देशन दिएका थिए । उनी मेलमिलाप र जनदबाबबाटै राजनीतिक खुकुलोपन देशमा आउ“छ र प्रजातन्त्र स्थापना गर्न वातावरण बन्छ भन्ने कुरामा विश्वस्त थिए । 
मेलमिलापको नीति लिएर नेपाल आएपछि बिपीले राजा वीरेन्द्रस“ग पहिलोपटक दरबारमा भेटेपछि एकपल्ट उनका सहकर्मी गणेशमान सिंहले सोधका थिएः ‘बिपी, राजाले तपाईंले के भनेर सम्बोधन गरे तिमी कि तपाईं ? बिपीको उत्तर स्पष्ट थियो, गणेशमानजी म सारा नेपालीलाई तपाईं भनाउन त्यहा“ गएको थिए“, आपूm एक्लैलाई मात्र होइन ।’ 
बिपीलाई त्यसपछि राजा वीरेन्द्रले अमेरिकामा घा“टीको क्यान्सरको उपचार गराएर आउने सल्लाह दिए र त्यसका निम्ति सरकारका तर्फबाट आवश्यक खर्चको पनि बन्दोबस्त गरिदिएका थिए । तर, दरबारका अनुदारवादी शक्तिहरूलाई राजा र बिपीबीच संवाद र सहकार्य अगाडि बढेको कुरा सुपाच्य भएन । बिपी अमेरिका गएपछि यहा“ प्रजातान्त्रिक शक्ति र राजाबीच सम्बन्धमा दरार ल्याउन सक्रिय तत्त्वहरू फेरि सलबलाए । त्यसबखत पार्टीका होनहार जुझारु कार्यकर्ताहरू कप्तान यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई सैनिक विद्रोहको आरोपमा पञ्चायती अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो । तर, फैसला सकेर ६ महिनापछि त्यो कार्यान्वयन हुन नमिल्ने अवस्थामा थियो । त्यति हु“दाहु“दै पनि बिपीको अनुपस्थितिको फाइदा उठाई दरबारका अनुदारवादी शक्तिले ती दुई नेपाल आमाका सपुतहरूलाई मृत्युदण्ड दिए । त्यसबखत बिपी र राजाबीच फाटो ल्याउन त्यसो गरिएको भन्ने चर्चा चलेको थियो । स्वदेश फर्केर सो घटनाको जानकारी पाएका बिपी तत्कालीन शासकहरूस“ग केही रिसाएका थिए । तर, उनले आपूmलाई सम्हाले र राजा र काङ्ग्रेसबीच वैमनस्य ल्याउन सक्रिय तत्त्वहरूको मनोकाङ्क्षा पूरा हुन पाएन । 
बिपी कोइराला प्रजातन्त्रलाई जति महत्त्व दिन्थे, राष्ट्रियतालाई पनि त्यत्तिकै महत्त्व दिन्थे । उनको हृदयमा देशप्रेमको भावना भरिभराउ हुन्थ्यो । एकपटक २०३६ सालताका खुलामञ्चमा आमसभामा बोल्ने क्रममा उनले भाव विह्वल हु“दै भनेका थिए ः ‘देशका बारेमा निर्णय गर्दा कुनै शङ्का वा द्विविधा भएमा जमिनबाट एक मुट्ठी माटो लिएर छातीमा छुवाउनू र दिललाई सोध्नू, जे उत्तर आउ“छ त्यही गर्नू ।’ 
वि.सं. २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कंदा बिपीले देशवासीका नाउ“मा जारी गरेको सन्देशमा भनेका छन् ः हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दिएका थियौं । नेपाली काङ्ग्रेसलाई आज दोहोरो जिम्मेवारी आइपरेको छ, देशको अस्तित्वको रक्षा गर्ने । 
यसरी राष्ट्रियताको सङ्कटको घडीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर एकताको सूत्रमा बा“धिनुपर्छ भन्ने उनको आह्वान सो अपीलमा उल्लिखित छ । तर बिपी प्रजातन्त्रविनाको राष्ट्रवादलाई खोक्रो राष्ट्रवादको संज्ञा दिन पनि पछि पर्दैनन् । प्रजातन्त्रविनाको खोक्रो राष्ट्रियताले राष्ट्रको रक्षा गर्ने आन्तरिक मनोबल देशवासीमा पैदा गर्दैन भन्ने उनको निष्कर्ष छ । त्यसो भएमा हामी खोक्रो राष्ट्रियताको नाराबाजीमा लाग्नेछौं र अधिनायकवादीको पक्षधर हुन पुग्छौं भनी उनी सबैलाई सचेत गराउ“छन् ।
बिपीको मेलमिलापले नेपालको राजनीतिमा दूरगामी प्रभाव छोडेको छ । प्रजातन्त्र वास्तवमा विभिन्न शक्तिहरूबीच मेलमिलापविना चल्न सक्दैन भन्ने कुरा बिपीको मेलमिलापको नीतिको सार हो । दशवर्षे जनयुद्धपछि नेपालमा शुरु भएको शान्ति प्रक्रिया टुङ्गोमा पु¥याउन मात्र होइन, जनयुद्धको पीडा र घाउ शान्त पार्न पनि मेलमिलापको उत्तिकै महत्त्व रहन्छ । अहिले हामी दोस्रो संविधानसभामार्फत देशको शासनपद्धतिको मार्गचित्र नया“ संविधानमार्फत कोर्न खोज्दै छौं, यसबखत त झन् राष्ट्रिय मेलमिलापको ठूलो महत्त्व रहन्छ । अहिले सङ्क्रमणकालीन न्याय दिलाउने क्रममा पनि पीडित र पीडक पक्षबीच मेलमिलापको आवश्यकता टड्कारो देखिएको छ । मेलमिलापको सिद्धान्तविपरीत सबै शक्ति आफ्नो हातमा पार्ने रणनीति अपनाउ“दा २४० वर्ष पुरानो राजतन्त्रले नेपालबाट सदाको निम्ति बिदा लिनुप¥यो । संविधानसभामार्फत जनताको संविधान जनता आफैले बनाउने अधिकार नेपाली जनताले ६०—६५ वर्ष लामो सङ्घर्षको प्रतिफलस्वरूप आएको हो । नेपाली काङ्ग्रेसले पनि २०१४ सालमा सत्याग्रह गरेको संविधानसभाकै निम्ति थियो । तर, परिस्थिति अनुकूल नभइदि“दा त्यो कार्य अधुरो रहन गएको थियो । अहिलेका नेपाली राजनीतिक पार्टीहरूको का“धमा फेरि त्यो जिम्मेवारी आएको छ । लोकतान्त्रिक गणतन्त्रमा आधारित संविधान जतिसक्दो छिटो निर्माण गर्न सकेमा नै बिपीले शुरु गरेको प्रजातान्त्रिक आन्दोलन सार्थक निष्कर्षमा पुग्न सक्छ ।
संविधानसभाबाट संविधान बनाइनुपर्ने विचारप्रति पनि बिपी त्यत्तिकै प्रतिवद्ध देखा पर्छन् । वास्तवमा संविधानसभाको चुनावको कुरो बिपीले आजभन्दा ६ दशकअगाडि नै उल्लेख गरका हुन् । ‘२००७ सालमा राजा त्रिभुवनले ‘हाम्रा प्रजाको शासन अब उप्रान्त निजहरूले निर्वाचित गरेको संविधानसभाले तर्जुमा गरेको प्रजातान्त्रिक विधानअनुसार होस् भन्ने हाम्रो इच्छा र निर्णय भएकाले ....’ भनी दिएको अभिव्यक्ति उद्धरण गर्दै बिपी भन्छन्, ‘के राजाले दिएको कुरा एकोहोरो आफूले फिर्ता लिन पाइन्छ ? दानमा दिइसकेको कुरा दाताले स्वेच्छापूर्वक फर्काउन पाइ“दैन । ..... के बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई तेह्र्रौं शताब्दीको म्याग्नाकार्ता फर्काउने अधिकार छ ?’
संविधानसभा वास्तवमा नेपाली काङ्ग्रेसको आफ्नै एजेण्डा थियो, ६० वर्षभन्दा पनि पुरानो एजेण्डा, जुन अहिले आएर पूरा हुने क्रममा छ । नेपाली जनताले आफैले चुनेका जनप्रतिनिधिहरूबाट बनाएको संविधान लागू गरून् भन्ने नेपाली काङ्गे्रसको नीतिअनुरूप नै तत्कालीन राजा त्रिभुवनले २००७ सालको क्रान्तिको सफलतापछि फागुन ७ गते दिएको शाही घोषणामा संविधानसभाबाट नया“ संविधान बन्ने कुराको घोषणा गरेका हुन् । तर, दरबारिया षडयन्त्रका कारण त्यो कहिल्यै कार्यान्वयन भने भएन । नेपाली काङ्ग्रेसको वि.सं. २००६ सालको सार्वजनिक घोषणामा भनिएको छ, ‘वर्तमान शासनको (राणाशासनको) अन्त्यपछि नेपाली काङ्ग्रेसले बालिग मताधिकारको आधारमा चुनिएका जनप्रतिनिधिहरूको एउटा परिषद् वा सभा बोलाउनेछ । यसै परिषद् वा सभालाई नेपाल जनराज्यको संविधान वा राज्य सञ्चालनसम्बन्धी नियम–कानून बनाउने सम्पूर्ण जिम्मेवारी सुम्पिनेछ । 
एक आदर्शवादी राजनेताका रूपमा बिपी
बिपी एक आदर्शवादी राजनेता थिए । उनी राजनीतिक दाउपेचमा भन्दा राजनीतिक मूल्य, मान्यता र आदर्शमा विश्वास गर्दथे । उनी राजनीतिलाई स्वस्थ र स्वच्छ रूपमा अपनाउन चाहन्थे । सायद त्यसैले होला बिपी व्यावहारिक राजनीतिमा त्यति सफल हुन सकेनन् र उनको जीवनको अधिकांश समय तानाशाही शासन व्यवस्थाविरुद्ध लड्दालड्दै बित्यो। उनले न त तानाशाही शासकहरूस“ग सम्झौता गरे न त अतिवादीहरूस“ग नै हात मिलाए क्षणिक राजनीतिक लाभका निम्ति । २०३७ सालमा राजा वीरेन्द्रले जनताको दबाबमा आएर बहुदलीय व्यवस्था र सुधारिएको पञ्चायत व्यवस्थामध्ये एक चुन्नका निम्ति घोषणा गरेको जनमतसङ्ग्रह सम्पन्न भयो र बहुदलको पक्षमा जनलहर आउ“दाआउ“दै पनि पञ्चायतका पक्षधर राजावादीहरूले अनेक जालझेल र धा“धली गरेर पञ्चायतलाई विजयी गराए । त्यसबखत बहुदल पक्षले ४६ र पञ्चायत पक्षले ५४ प्रतिशत मत हासिल गरेको थियो जनमतसङ्ग्रहमा । तर, बिपीले बहुदलको हार सहर्ष स्वीकारे एक राजनेताको जस्तो उदार हृदयले । त्यसबखत उनले भनेका थिए, ‘खेल खेल्नेले खेलको नियमलाई सम्मान गर्नुपर्छ, खेलमा भाग लिएपछि हार र जित दुवैलाई स्वीकार्नुपर्छ ।’ उनका सहकर्मी गणेश सिंहलगागत अन्य नेताहरूले धा“धली गरेर बहुदल पक्षलाई हराइयो भनी वक्तव्य दिएका थिए । तर, बिपीले एक जिम्मेवार राजनेताका रूपमा त्यस नतिजालाई सहज रूपमा स्वीकारे । यसमा उनको राजनीतिक उदारता, आदर्शवादी विचार र महान्ता झल्कन्थ्यो । पञ्चायतको विजयलाई स्वीकारेकोमा बिपीले आफ्ना पार्टीका साथीहरूको समेत आलोचना खेप्नुपरेको थियो । तर, उनले त्यसको पटक्कै पर्वाह गरेनन् । बिपीले पटकपटक भन्ने गरेका थिए, ‘म राजनीतिमा एक्लो बृहस्पति भएको छु । किनकि, म पपुलिष्ट कुरा बोल्दिन“, जे सही लाग्छ, त्यही बोल्छु ।’
उनी क्षणिक रूपमा लोकप्रिय हुनुभन्दा सिद्धान्त र आदर्शका निम्ति जिउने राजनीतिक व्यक्तित्व हुन् । बिपीले २०३३ सालमा स्वदेश फर्कंदा उनका विरुकद्ध राजद्रोहका विभिन्न मुद्दा लागेका थिए । सो मुद्दाहरूका सम्बन्धमा अदालतमा बयान दिने क्रममा बिपीले काङ्ग्रेसको नाममा भएका सशस्त्र विद्रोहलगायतका सम्पूर्ण गतिविधिहरूको जिम्मा निसङ्कोच आफूले लिएका थिए । अदालती बयानका क्रममा बिपीले एकपटक भनेका थिए, मेरो जनक्रान्तिको आह्वानबाट कसैले हतियार सङ्कलन गर्न थालेका छन् वा गरेका रहेछन् भने त्यसका लागि मेरो नैतिक जिम्मेवारी रहन्छ । त्यस्तै अर्को एक बयानका क्रममा पञ्चायती व्यवस्थाविरुद्ध हतियार उठाई सत्ता पल्टाउने आरोपमा उनीस“ग बयान लिइ“दा बिपीले भनेका थिए, ‘अहिलेको व्यवस्था अप्रजातान्त्रिक भएकाले त्यस व्यवस्थाको ठाउ“मा प्रजातान्त्रिक व्यवस्था स्थापना गर्ने काङ्ग्रेसको उद्देश्य रहेको छ । तर, यस व्यवस्थाको ठाउ“मा नेपाली काङ्ग्रेसको सरकार स्थापना गर्ने सङ्घर्ष गर्नुपर्छ भनी मैले कहिल्यै भनेको छैन ।’ 
त्यसैगरी बिपीले क्रान्ति र आतङ्कको भेद स्पष्ट पार्दै आफ्नो शब्दमा भनेका छन् अदालतमा बयान दिने क्रममा, ‘म क्रान्तिकारी हु“, आतङ्कवादी होइन’ भनेर । बिपीकै शब्दमा भन्दा, क्रान्ति जनताको सक्रिय विरोधको त्यस्तो स्थिति हो, जसमा जनताले विरोधी सरकारमाथि यत्रो असह्य दबाब पार्छन् कि त्यस सरकारलाई जनताको प्रजातान्त्रिक अधिकार दिन बाध्य हुनुपर्छ । क्रान्तिको लक्ष्य व्यवस्था हुन्छ, आतङ्कको व्यक्ति । तर, म व्यक्तिगत हिंसामा विश्वास गर्दिन“, उनी स्पष्ट शब्दमा भन्छन् । बिपीको शब्दमा क्रान्ति भनेको परिवर्तन हो । उनी भन्ने गर्छन्, म नेपाली समाजको हरेक पक्षमा परिवर्तन चाहन्छु, राजनीतिक क्षेत्रमा, आर्थिक क्षेत्रमा, सामाजिक, बौद्धिक, शैक्षिक क्षेत्रमा । उनी समग्र परिवर्तनको पक्षमा छन् भन्ने कुरा उनको यस उद्गारबाट प्रस्ट हुन्छ । ‘समाजका कुपमण्डुकता, अन्धविश्वास, बौद्धिक दासता, रुढीवाद, सामन्ती मनोवृत्ति, दरिद्रता र त्यसबाट उत्पन्न हुने तमाम अवाञ्छनीय दुर्गुणहरूको अन्त्य हुनुपर्छ भन्ने विचारहरूलाई समग्र परिवर्तनको परिप्रेक्ष्यमा क्रान्तिको संज्ञा दिने चलन छ । म यसप्रकारको विचार र सिद्धान्तलाई मान्ने भएकाले पनि आफूलाई क्रान्तिवादी भन्छु,’ बिपीले सो बयानमा भनेका छन् ।
अन्तरराष्ट्रिय राजनीतिक परिस्थतिको सही र गहन विश्लेषण गर्ने क्षमता बिपीमा थियो । कुनै बखत इरानमा त्यहा“का साहन्साहका विरुद्ध प्रजातन्त्रवादीहरूले सङ्घर्ष गर्दा संयुक्त राज्य अमेरिकाले प्रजातन्त्रवादीहरूको साथ दिनुको सट्टा त्यहा“का शासकवर्गकै पृष्ठपोषण गरेको घटनालाई लक्षित गर्दै बिपीले एक विदेशी अखबारलाई अन्तर्वार्ता दिने क्रममा भनेका थिए, ‘अमेरिकाले इरानमा प्रजातन्त्रवादीहरूलाई साथ नदिएर गल्ती गरेको छ र एकदिन त्यहा“ न राजतन्त्र रहनेछ न प्रजातन्त्र र त्यो नया“ शक्ति अमेरिकाविरुद्ध लाग्नेछन् । नभन्दै इरानमा साहन्साहको अन्त्य भई सो देश आयातुल्लाह खमेनीको नेतृत्वमा धार्मिक कट्टरपन्थीहरूको कब्जामा गएको हामीले देख्यौं ।’
भियतनाममा अमेरिकाले युद्ध हारेपछि उनीहरू अब दक्षिणपूर्वी एसियाबाट बाहिरिएको स्थितिमा उनीहरूले दक्षिण एसियालाई आफ्नो प्रभावको केन्द्रबिन्दु बनाउने विश्लेषण भारतबाट मेलमिलापको नीति लिएर फर्कनुभन्दा केही समयअघि कार्यकताहरूसामु बिपीले राखेका थिए, जुन २, ३ वर्षपछि आएर सत्य सावित भयो । उनले भियतनामबाट अमेरिका पछि हटेपछि रुस र अमेरिकाबीच द. एसियामा टक्कर हुनेछ भन्ने पनि भविष्यवाणी गरेका थिए । त्यस्तै सिक्किम भारतमा विलय भएपछि द.क्षिण एशियामा राजनीतिक अस्थिरता आउनेछ र भारतको मिजोरम वा बङ्गलादेशमा समस्या आउन सक्ने भविष्यवाणी बिपीले गरेको केही समयभित्रै बङ्गलादेशमा सत्ता पल्टिएको थियो, जुन भारतको प्रतिकूल हुन गयो ।
बिपीको साहित्यिक व्यक्तित्व 
बिपी कोइराला एक सङ्घर्षशील एवम् आदर्शवादी नेता मात्र नभई एक सुपरिचित साहित्यकार एवम् कथाकार पनि हुन् । आप्mनो व्यस्त राजनीतिक जीवन र तनावपूर्ण परिस्थितिबीच पनि उनले कथा र उपन्यासमा कलम चलाई नेपाली साहित्य जगत्मा आप्mनो एक विशिष्ट स्थान हासिल गरेका छन् । उनी भारतका प्रसिद्ध साहित्यकार प्रेमचन्दबाट प्रभावित थिए भनिन्छ । शुरुमा उनका सङ्क्षिप्त कथाहरू प्रेमचन्दद्वारा सम्पादित हंस नामक साहित्यिक पत्रिकामा प्रकाशित भएका थिए । उनका साहित्यक कृतिहरू बीसौं शताब्दीका प्रसिद्ध मनोवैज्ञानिक सिग्मण्ड फ्रायडबाट पनि प्रभावित छन् ।
उनी राजनीतिमा स्वतन्त्रताप्रेमी हुन् भने साहित्यमा स्वच्छन्दतावादी । ‘म राजनीतिमा एक प्रजातन्त्रवादी हु“ भने साहित्यमा अराजकतावादी’ भनी कोइराला आपूmभित्र पलाएका साहित्यरूपी सुन्दर पूmलका बारे यसरी परिचय दिन्छन् – ‘साहित्यमा त सम्राट् पनि निर्वस्त्र हुन्छ’ भनी एकपटक साहित्यकार कोइरालाले भनेका छन् । उनको कथा एवम् उपन्यासमा यौन मनोविज्ञानको सुन्दर चित्रण पढ्न पाइन्छ । नेपाली कथा साहित्यलाई यौन मनोविज्ञानमा ढाल्ने प्रथम व्यक्तिका रूपमा कोइरालालाई लिन सकिन्छ । सुम्निमा र कर्णेलको घोडा उनको यौन मनोविज्ञानमा आधारित उत्कृष्ट रचनाहरू हुन् । बिपी एक सामाजिक यथार्थवादी साहित्यकार हुन्, जसका रचनाहरूमा नारीहरूको भावनात्मक संवेग एवम् उनीहरूको सूक्ष्म मनोवैज्ञानिक विश्लेषण पढ्न पाइन्छ । जेलको लामो अत्यासलाग्दो बसाइमा पनि बिपीले समयको सदुपयोग गर्दै कथा एवम् उपन्यास कोर्दै आफ्नो सृजनात्मक प्रतिभालाई अभिव्यक्ति दिएका छन् । दोषी चश्मा, मोदिआइन उनका अर्का लोकप्रिय साहित्यिक रचना हुन् । मोदिआइनमा उनले महाभारतको लडाइ“ विधवा भएकी एक महिलाको मनोभावनाको रोचक ढङ्गले चित्रण गरेका छन् । हिटलर र यहुदी उनको यात्रा संस्मरणको क्षेत्रमा एक उत्कृष्ट कृति हो भने चन्द्रवदन उनको यथार्थ सामाजिक धरातलमा लेखिएका रोचक कथाहरूको सङ्ग्रह हो । उनका अन्य कृतिहरूमा तीन घुम्ती, श्वेतभैरवी, नरेन्द्र दाइ आदि पठनीय छन् । यसरी नेपाली साहित्यको संसारमा बिपी आफ्नो छुट्टै पहिचान बनाउत सफल भएका छन् । उनका रचनाहरू पढ्नमा सरल तर रोचक छन् । तर, राजनीतिज्ञ बिपी र साहित्यकार बिपीबीच कहिल्यै, कतै भेट भएको पाइ“दैन । साहित्यकार बिपीमा राजनीतिक बिपीको छाप कतै परेको देख्न सकिन्न ।
उपसंहार
बिपी निश्चय पनि नेपाली राजनीतिका एक युगपुरुष हुन् । उनलाई महामानव भनिए तापनि आखिर उनी पनि एक मानिस हुन् । तर, असाधारण प्रतिभाका धनी । उनका पनि मानवीय कमी कमजोरी हुन सक्छन्, जुन स्वाभाविक पनि छ । बिपी अत्यन्त दूरदर्शी र संवेदनशील मानिस हुन् राजनीतिलाई आफ्नो सर्वस्व ठान्ने । उनी ३५—३६ वर्षको युवा अवस्थामै प्रधानमन्त्रीजस्तो उच्च पदमा आसीन हुन पुगे । भनिन्छ, राजा महेन्द्रस“ग उनको व्यक्तिगत टकरावले गर्दा पनि २०१७ सालको काण्ड घटेको । भारतका तत्कालीन प्रधानमन्त्री नेहरू र उनकी सुपुत्री इन्दिरा गान्धीस“ग पनि उनको व्यक्तित्व टकराव हुनाको कारण बिपीले प्रजातन्त्र पुनःस्थापनाको लडाइ“मा दक्षिणतर्फको छिमेकीबाट त्यति सहानुभूति नपाएको भनिन्छ । त्यस्तै बिपीले कम्युनिष्टहरूस“ग सहकार्य नगर्नुका कारण पनि पञ्चायती शासन व्यवस्थाको अन्त्य गरेर प्रजातन्त्र पुनःस्थापना गर्ने कार्य उनको जीवनकालमा हुन सकेन र प्रजातन्त्र देख्न नपाई २०३९ सालमा बिपीले यस धर्तीबाट बिदा लिनुप¥यो । अखिर उनको अधुरो कार्य उनका सहकर्मी गणेशमान सिंहले पूरा गरे २०४६ सालमा बहुदलीय व्यवस्था पुनःस्थापना गरेर । सिंहले कम्युनिष्टस“ग एकता मात्र कायम गरेनन्, छिमेकी देश भारतको समर्थन पनि प्राप्त गरे, जसका कारण जनआन्दोलन सफल भई बहुदलीय प्रजातन्त्र स्थापना भयो ।
युवा अवस्थामा बिपी एक क्रान्तिकारी तथा जुझारु नेताका रूपमा परिचित थिए भने प्रौढ अवस्थामा पुगेपछि उनी मध्यमार्गी, सहनशील र समन्वयवादी व्यक्तिका रूपमा देखापरे । कुनै बखत राजाविरुद्ध सशस्त्र क्रान्तिको नारा दिने बिपी २०३३ सालमा मेलमिलापको नीति अवलम्बन गर्न पुग्छन् । यसलाई उनको राजनीतिक परिपक्वताको संज्ञा दिन सकिन्छ । कुनै बखत क्रान्ति वा रिभोलुसनको माध्यमबाट परिवर्तन आउ“छ भनी हतियार उठाउने बिपी जीवनको उत्तराद्र्धकालमा गएर राजनीतिक, सामाजिक परिवर्तन वा इभोलुसनको माध्यमबाट परिवर्तन आउने कुरामा विश्वस्त हुन्छन् र राजास“ग मेलमिलाप गरी जनतामा राजनीतिक चेतना जागृत गराई देशलाई विस्तारै प्रजातन्त्र उन्मुख गराई परिवर्तन ल्याउने कोशिसमा लागे ।
आफ्नो अदालती बयानका क्रममा बिपीले भनेका छन्, म एउटा नरम विचार भएको वैधानिकतामा विश्वास गर्ने राजनीतिक प्राणी हु“ । कार्यकारणले परिस्थितिको बाध्यताले र आफ्नो आदर्शलाई त्याग्न नसकेर मेरो त्यस्तो नरम स्वभाव र आस्था भएर पनि मैले २००७ सालमा क्रान्तिको बाटो अ“गाल्नुपरेको थियो । बिपी जस्तोसुकै विपरीत परिस्थितिमा पनि विचलित नहुने र आफ्नो आदर्शमा अडिग रहने एक महान् प्रजातान्त्रिक योद्धा हुन् । सोही बयानका क्रममा उनी भन्छन्, ‘म जस्तो २००७ सालमा थिए“, २०१७ सालमा पनि त्यस्तै थिए“, त्यस्तै प्रजातन्त्रवादी, राष्ट्रवादी र साझावादी । परिवर्तन त बाहिर पो आयो । मेरो कुनै कारबाहीले मेरो स्थितिमा परिवर्तन आएको होइन, न मेरो भावनामा कुनै परिवर्तन आएर यसो हुन लागेको हो ।’ 
निष्कर्षमा भन्नुपर्दा बिपी एक क्रान्तिकारी नेता, प्रजातन्त्रका इमानदार सिपाही मात्र नभई एक आदर्शवादी र दूरदर्शी राजनेता पनि हुन् । उनी एक विचारक र क्रान्तिका प्रवर्तक मात्र नभई एक सुधारवादी एवम् कुशल प्रशासक पनि हुन् भन्ने कुरा उनले आफ्नो छोटो प्रधानमन्त्रीकालमा गरेका महत्त्वपूर्ण कार्यहरूबाट पुष्टि हुन्छ । कतिपय नेताहरू आन्दोलनको नेतृत्व गर्न र क्रान्ति सम्पन्न गर्न त सक्षम हुन्छन् । तर, देशमा राजनीतिक, सामाजिक, आर्थिक परिवर्तन ल्याउन वा प्रशासन चलाउन असफल भएको देख्न पाइन्छ । तर, बिपीको व्यक्तित्वमा ती सबै गुण र आयाम समाहित भएको हामी पाउ“छौं । एकपल्ट ग्रीस दार्शनिक प्लेटोले भनेका थिए, ‘राजा वा राजनेता या त दार्शनिक बन्नुपर्छ अथवा दार्शनिक राजा वा राजनेता बन्नुपर्छ, तब मात्र ऊ सफल हुन्छ समाजमा परिवर्तन ल्याउन ।’ वास्तवमा बिपीमा ती दुवै गुण विद्यमान थिए । उनी एक क्रान्तिकारी नेता मात्र नभई दार्शनिक, चिन्तक र विचारक पनि हुन् भन्ने कुरामा कुनै शङ्का गर्ने ठाउ“ छैन । बिपीजस्तो बहुआयामिक व्यक्तित्व भएको दूरदर्शी युगपुरुष एवम् आदर्शवादी राजनेता नेपालमा न त विगतमा कहिल्यै जन्मे भने न त निकट भविष्यमा त्यस्ता नेता हामीले पाउने सम्भावना छ । त्यसैले बिपी नेपाली राजनीतिको आकाशमा चिरकालसम्म सम्झनयोग्य एक धु्रवताराका रूपमा रहने कुरामा शङ्का नहोला ।
 
सन्दर्भग्रन्थहरू 
१. पृष्ठ ३, एम.पी. कोइराला ः ए रोल इन रिभोलुसन
२. डकुमेन्ट्स एण्ड स्पिचेज, चाउ एन लाईज भिजिट टु बर्मा, इण्डिया एण्ड नेपाल, १९६०
३. पृष्ठ ३३३, विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त
४. स्मारिका, नेपाली काङ्ग्रेसको १२औं महाधिवेशन, २०६७
५. बिपी कोइरालाको अदालतको बयान, २०६९
 
अन्य सन्दर्भ सामग्रीहरू
बिपी कोइरालाका सार्वजनिक भाषणहरू
विभिन्न पत्रपत्रिकामा प्रकाशित बिपीका अन्तर्वार्ता
 
लेखकको परिचय
नाम ः शिरीषबल्लभ प्रधान
उमेर ः ५२ वर्ष
पेशा ः पत्रकारिता
शैक्षिक योग्यता ः व्यापार प्रशासन तथा व्यवस्थापनमा स्नातकोत्तर 
ठेगाना ः ताहाचल, का.म.न.पा. १३ वडा, काठमाडौं 
 
राष्ट्रिय राजनीतिमा बिपी कोइरालाको स्थान
–रामप्रसाद पन्त
नेपाली राजनीति र नेपाली साहित्य जगत्मा सधैं तरङ्गित भइरहने गरेको नाम बिपी अर्थात् विश्वेश्वरप्रसाद कोइराला, आखिर के हो ? ‘बिपी’ शब्द विश्लेषणयोग्य छ । यसर्थ भन्नुपर्छ, बिपी चेतना हो । बिपी विचार हो । बिपी युगको प्रतिविम्ब हो । बिपी ज्ञान हो । बिपी विज्ञान हो । बिपी समयको प्रवाह हो । बिपी न भूत हो, न भविष्य हो । बिपी सधैं वर्तमान हो । बिपी शताब्दीअघि पनि वर्तमान थियो, जीवन वृत्तमा पनि वर्तमान भइरह्यो र विगत भएपछि पनि बिपी वर्तमान नै छ ।
बिपी हिजो जे थियो, आज पनि उही छ । बिपीको विम्बले हिजोजस्तो काम गरिरहेको थियो, आज पनि उसैगरी काम गरिरहेको छ । बिपीपथ हिजो जति सुन्दर र सजिलो थियो, आज पनि उत्तिकै सहज र गतिमय छ । बिपीपथ बाङ्गो र टेढोमेढो छैन । बिपीपथमा हि“ड्नेहरूलाई भ्रमित हुनुपर्दैन, उल्टो हि“ड्नुपर्दैन र दिशाहीन हुनुपर्दैन । 
बिपी सङ्घर्षको अर्काे रूप हो । बिपी पीडा र वेदनाको प्रतिरूप हो । बिपी दया र करुणाको सागर हो । बिपी जनमनको अन्तर्आवाज हो । बिपी सूक्ष्ममा अति सूक्ष्म र आकारमा अति विस्तारित रूप हो । बिपी अरूलाई खियाउने नामरूप होइन, आफै खिइएर र पग्लिएर अरूलाई उल्यालो दिने तरल रूप हो । बिपी कठोरका लागि वज्र र मृदुलका लागि क्षणभरमा पग्लिने नवनीत हो । 
बिपी विचारको सगरमाथा हो । भावनाको प्रशान्त महासागर हो । बिपी दूरगामी प्रभाव छाड्न सक्ने सदाचार, सदाशय र सद्भावको पारखकर्ता हो । बिपी देश बनाउन सपनै सपना बोकेर वैचारिक एवम् दृढसङ्कल्पमा समर्पित एवम् समुन्नत युगनायक हो । 
बिपी चम्किलो प्रकाश हो । अ“ध्यारोमा चमक दिने एउटा ज्योतिपुञ्ज हो । ताराहरूमध्येको उज्ज्वल तारा ध्रुवतारा हो । बिपी शीतलतामा चन्द्रमा हो । मानवमष्तिष्कलाई शीतलता प्रदान गर्ने श्रीखण्डलेप हो । बिपी राष्ट्र र राष्ट्रवासीलाई प्रगतितर्फ उन्मुख गराउन प्रतिबद्ध भएर पाइला अगाडि बढाइरहेको एउटा यायावर हो । बिपी जनतालाई शान्ति, समृद्धि, समुन्नति र स्थिरतातर्फ उन्मुख गराउन दृढसङ्कल्प बोकेर अगाडि बढेको महापथिक हो । 
आत्मश्लाघा नचाहने र हीनताभावले पनि ग्रस्त नभई स्वाभिमानमा बा“च्ने क्षमतावान् व्यक्ति हो बिपी । अतिरञ्जित प्रचार नगर्ने, अवाञ्छित आशा नबा“ड्ने दम्भ र अहङ्कारबाट टाढै रहने आस्था, निष्ठा र समर्पणको अर्काे रूप हो बिपी । 
२००३ सालमा विराटनगरमा मजदूर हडताल गराएर आफूलाई राष्ट्रिय राजनीतिमा होम्ने व्यक्ति हो बिपी । हडतालकै क्रममा पक्राउ खाएर २२ दिन हि“डाएर काठमाडौं ल्याइएको व्यक्ति हो बिपी । बन्दीमाथि अमानवीय व्यवहार, दमन र अत्याचार गरिएको विरुद्धमा २९ दिनसम्म अनशन बसी प्राण दाउमा राख्ने व्यक्ति हो बिपी ।
बिपी सामान्य मानिसभन्दा अलिकति माथि उठेको तर धर्ती नछाडेको एउटा युगान्तकारी मानव हो । बिपी गौतम बुद्ध, अंशुबर्मा, पृथ्वीनारायण, भानुभक्त र देवकोटा कोटिमा पर्ने युगीन महापुरुष हो । बुद्धको जस्तो करुणा, गान्धीको जस्तो अहिंसा, चर्चिलको जस्तो बुद्धिमता र रुजबेल्टको जस्तो मानवीय गुण भएको व्यक्ति हो बिपी । मानवीय भावना र संवेदनाको सूक्ष्म विश्लेषक हो बिपी । मानवीय सभ्यता र संस्कारको अद्वितीय शिल्पी हो बिपी । अत्यन्त कुशाग्र बुद्धि भएको सामाजिक परिवर्तनको संवाहक हो बिपी । सारांशमा भन्नुपर्दा सम्पूर्ण एसियाई महाद्वीपका जनताका लागि नै प्रेरणा स्रोत हो बिपी । तर, बिपी भगवान् होइन । किरिट कुण्डल र मुकुट लगाइदिएर भगवान् बनाउन खोज्नेका लागि बिपी दिवास्वप्न हो । नाम भजाएर स्वार्थपूर्ति गर्नेहरूका लागि बिपी खबरदारी हो । 
बिपी स्वाभिमान हो । बिपी स्वाभिमानको सगरमाथा हो । स्वाभिमान गुमाएर जनताका आकाङ्क्षाहरूलाई कुल्चेर प्रधानमन्त्रीको कुर्सीमा मात्र बस्न चाहेको भए ऊ दशौं वर्ष प्रधानमन्त्री बन्न सक्थ्यो । तर, उसले स्वाभिमान छाडेन । स्वाभिमान नछाडेकै कारण ऊ सत्ताबाट अपदस्थ भयो । जेलनेल सह्यो र झन्डै फा“सीको सन्निकट पुग्यो । 
कोरा कल्पना र असम्भव प्रलोभन दिएर जनता झुक्याउने कोटीको नेता होइन बिपी । जनतालाई रैतीबाट सार्वभौम बनाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादले ओतप्रोत बनाउन दिलोज्यान दिएर अगाडि बढेको एउटा राजनेता हो बिपी । वास्तवमा बिपी तत्कालीन परिवेशको नेल्सन मण्डेला हो । जयप्रकाश नारायण हो । राममनोहर लोहिया हो । जवाहरलाल नेहरू हो । जोसेफ ब्रज टिटो हो । बिली ब्रान्ट हो । फ्रा“स्वा“ मितेरा“ हो । विष्टन चर्चिल हो । माओ, चाओ र लिङ्कन हो । 
नेपाली राजनीतिक भविष्यको मस्तिष्क हो बिपी । नेपाली माटोमा जनअनुकूल प्रजातान्त्रिक समाजवादको जग हाल्ने समाजवादी सिद्धान्तको प्रणेता हो बिपी । नेपाली साहित्याकाशमा मनोवैज्ञानिक धार सूत्रपात गर्ने मनोकथालोकको एउटा सूत्रधार हो बिपी । नेपाली साहित्यिक बगैंचा गोडमेल गर्ने काममा प्रवृत्त एउटा कुशल र इमानदार माली हो बिपी । लोहिया र जयप्रकाश नारायणपछि भारतीय समाजवादी नेताहरूद्वारा पनि अनुसरण गरिएको व्यक्तित्व हो बिपी । म्यानमारका उवास्वे, इजरायलका सेरियट, इटलीका टोगलेटी र जर्मनीका विलिब्रान्टजस्ता समाजवादी नेताहरूसरह छवि राख्न सक्ने बीसौं शताब्दीको एक महान् मेधावी नेता हो बिपी । बिपीकै शब्दमा भन्नुपर्दा— बिपी राजनीतिमा समाजवादी हो, साहित्यमा अराजकवादी ।
बिपी ठूलो मानिस होइन, असल मानिस हो । बिपी कसैको लोभ–लालच र डाह–ईष्र्यामा लागेर आफ्नो मर्यादा सिद्धान्त र स्वाभिमान गुमाउने मानिस होइन । बिपी नेपाली माटोमा भित्रैसम्म जरा गाडेको एउटा अजर, अमर र अब्बल पीपलवृक्ष हो । बिपी नेपाली जनताका लागि छहारी निर्माण गर्ने आशा र विश्वासको तन्तु अनि सुख शान्ति र समृद्धिका लागि आफैलाई जलाउने र आफैलाई खियाउने एक त्यागी नेता हो । 
बिपी अभिजात्य वर्गलाई माथि उठाउन कम्मर कसेर लागेको माक्र्सप्रभावित मनुवा हो । तर, बिपी कम्युनिष्ट कदापि होइन । ‘२५ वर्षसम्म कम्युनिष्ट नहुने मानिस, रगत भएको मानिस होइन । २५ वर्षपछि पनि कम्युनिष्ट भइरहने मानिस, बुद्धि भएको मानिस होइन’ भनी दाबीका साथ भन्न सक्ने एउटै सिद्धान्त र नीतिमा आफूलाई प्रवृत्त गराइराख्ने व्यक्ति हो बिपी । 
बिपीवाद पू“जीवाद होइन, माक्र्सवाद हो । तल्लो वर्गलाई उठाउनुपर्छ भन्ने सिद्धान्त बोकेर अगाडि बढिरहेको व्यक्ति हो बिपी । जनतालाई दासताबाट चेतनातर्फ, सङ्कीर्णताबाट उदारतातर्फ, सामन्तवादबाट प्रजातन्त्रतर्फ, निरङ्कुशताबाट सर्वसम्मतितर्फ उन्मुख गराउने अभियानमा लागेको सचेतक व्यक्ति हो बिपी । घोर दक्षिणपन्थदेखि कट्टर वामपन्थसम्मका सबैले प्रजातन्त्रको फल भोग गर्न पाउनुपर्छ भन्ने समतावादी सिद्धान्त बोकेको व्यक्ति हो बिपी । 
हो, कुनै पनि कम्युनिष्टभन्दा कम छैनन् बिपीका अभिव्यक्तिहरू । बिपीवाद भन्छ — ‘नेपाल भनेको नेपालका ती गरीब जनता हुन्, जसको आङमा फाटेको र मैलो लुगा छ । टाउकोमा घेरा मात्र भएको टोपी छ । बिरामी परे ओखतीमूलो पाउ“दैनन् । आफ्ना छोराछोरीलाई शिक्षादीक्षाको प्रबन्ध गर्न सक्दैनन् । जसलाई बिहान खाएर बेलुका के खाउ“m र बेलुका खाएर बिहान के खाऊ“ भन्ने समस्या छ, तिनै किसानहरूको देश हो नेपाल । ठूलाठूला महलमा बस्ने र मोटर चढ्ने त यहा“ १० प्रतिशत पनि छैनन्, तिनीहरू नेपाल होइनन् ।’ 
यति मात्र होइन, जमिन जोत्नेको हुन्छ भन्ने र राजाको तस्वीरस“गै एउटा गरीब गाउ“ले किसानको तस्वीर राखेर योजना बनाउनुपर्छ भनी योजनाविद्हरूलाई निर्देशन दिने बिपीवाद कुनचाहि“ कम्युनिष्ट सिद्धान्तभन्दा कम छ ? तर, बिपीको सिद्धान्त सम्भ्रान्तवर्गलाई तल झारेर सर्वहारा वर्ग बनाउने होइन, सर्वहारा वर्गलाई उठाएर सम्पन्न बनाउने हो । त्यसैले बिपी भनाइ मुखरित भइरह्यो — ‘राष्ट्र बचाउनु, प्रजातन्त्र ल्याउनु र देशको आर्थिक वा सर्वाङ्गीण विकास गर्नु यी तीनओटा हाम्रा ऐतिहासिक दायित्व हुन् ।’ 
छिमेकी मुलुक होस् या अन्य मुलुक जहा“ बसे पनि सधैं प्रजातन्त्रको पक्षमा लडिरहने अथक योद्धा हो बिपी । भारतीय स्वतन्त्रताका निम्ति १४ वर्षकै उमेरमा जेल जाने साहसी किशोर हो बिपी । साहित्यिक सृजनामा चेखव, मोपासा“, फ्राएड, सेक्सपियर, प्रेमचन्द, द्विवेदीजस्ता प्रेरक तत्त्वबाट प्रेरित भएर कथा, उपन्यास, जीवनी–साहित्य लेख्न सफलता प्राप्त गरेको व्यक्तित्व हो बिपी । राजनीति र साहित्यका दुई भिन्न डु“गालाई एकै साथ खियाएर अघि बढाउन सक्ने क्षमतावान् व्यक्तित्व हो बिपी । प्रधानमन्त्री भएर नेपालको छवि अन्तर्राष्ट्रिय जगत्मा पु¥याउने सामथ्र्यशाली राजनीतिज्ञ हो बिपी । नेपाली काङ्ग्रेस र नेपाली जनताको मन जितेर नेपालको इतिहासमा प्रथम निर्वाचित प्रधानमन्त्री बन्ने ऊर्जाशील नेपाल आमाको असल सपुत हो बिपी ।
वर्ग, क्षेत्र र जातविशेषलाई ध्यानमा राख्दै समावेशी शैलीमा राज्य सञ्चालन गर्न सक्ने खुबी भएको व्यक्ति हो बिपी । बौद्धिक, वैज्ञानिक, विश्लेषक, साहित्यिक, सांस्कृतिक र सृजनशील व्यक्तित्वहरूलाई उचित कदर गर्दै सम्मानजनक स्थानमा राखी सर्वाङ्गीण विकासमा लगाउन सक्ने क्षमतावान् व्यक्ति हो बिपी ।
सामाजिक विद्रोह गरेर तानाशाही राणाहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्ने साहसी र निडर बाबु कृष्णप्रसाद कोइरालाको रगत हो बिपी । ‘बाबु जेलमै मरे, छोरो (बिपी) पनि प्रजातन्त्रको लडाइ“मै जेल परेर मर्छ भने मरोस् तर क्षमा माग्दिन“’ भनी राणाहरूको अगाडि गर्जने वीराङ्गना माता दिव्याको गर्भ हो बिपी । नेपालको इतिहासमै एक पिताका तीन पुत्र प्रधानमन्त्री बनाउने नेपाल आमाको एउटा चम्किलो पुत्ररत्न हो बिपी । चीनको नौलो जनवाद, पाकिस्तानको आधारभूत प्रजातन्त्र र नेपालको पञ्चायती प्रजातन्त्रको दुहाइ दिने र जनता ठग्ने धूर्त नेताहरूभन्दा नितान्त भिन्न स्वभाव भएको असल मानव हो बिपी । 
भारतले सिक्किम खा“दा, चीनले तिब्बत लैजा“दा, इन्डोनेसियाले टिमोर अधीनस्थ पार्दा र रुसले अफगानिस्तानमाथि हस्तक्षेप गर्दा त्रस्त भएर नेपाल राष्ट्र जोगाउनका लागि बरु तानाशाहस“ग पनि सम्झौता गर्न उद्यत हुने राष्ट्रवादी चिन्तक हो बिपी । ‘देशै नरहे कुन देशका जनताका लागि प्रजातन्त्रको लडाइ“ लड्ने ?’ भन्ने सोच भएको दूरदर्शी व्यक्तित्व हो बिपी । ‘राष्ट्रियताको ढुकढुकीअनुरूप राजनीति गरेमा अनन्त शक्ति प्राप्त हुन्छ’ भन्ने सोच राख्ने र देश, काल, परिस्थिति बुझेर राजनीति गर्नुपर्छ भन्ने वैचारिक दृष्टिकोण भएको बौद्धिक व्यक्ति हो बिपी । 
जनतामा भय र त्रास उत्पन्न गरी जनताका चेतना कुण्ठित पार्ने र जनतालाई भुलभुलैयामा पारी उनकै का“धमा टेकेर अकण्टक शासन चलाउनेका विरुद्धमा उभिने एउटा युगचेता व्यक्ति हो बिपी । जनताको मुक्तिका निम्ति आफूलाई सङ्घर्षमा होम्दा पुलिसको डन्डा खाने र जेलको चिसो छि“डी कुर्न बाध्य हुने विडम्बनापूर्ण तर तीतो सत्य हो बिपी । 
बिपी उर्वर नेपाली माटो हो । नेपाली माटोको सुवास हो । हिमाल, पहाड, तराई हो । मेची र महाकाली हो । गण्डकी, कोशी र कर्णालीमा अविरल बगिरहने र कहिल्यै नसुक्ने पानीको अजस्र स्रोत हो । त्यसैले त बिपीको आत्माबाट आवाज निस्कियो— ‘नेपालको माटोलाई छुनुहोस्, त्यो माटोले जे भन्छ त्यही तपाईंको लागि जवाफ हो । अनि हृदयलाई सोध्नुहोस्, जे जवाफ दिन्छ त्यही गर्नुहोस् । नाङ्गा पैताला र झुत्रे लुगा लगाएकालाई सोध्नुहोस्, नेपाली नागरिकलाई सोध्नुहोस्, जे जवाफ पाउनुहुन्छ त्यही गर्नुहोस्, त्यही तपाईंको कर्तव्य हो ।’
बिपी कर्मको अर्काे रूप हो । बिपीले सधैं कर्मको पूजा गरिरह्यो, भाग्यवादमा विश्वास गरेन । आत्मालाई विश्वास ग¥यो, ढुङ्गाको मूर्तिलाई विश्वास गरेन । कर्म नै ईश्वरको पूजा सम्झियो र जस्तै आपत्ति आइलागे पनि निरन्तर कर्म गरिरकह्यो । त्यसैले त उसको मनको आवाज यसरी बाहिर निस्कियो — ‘मलाई देवताले केही अनुकम्पा गर्लान् भन्ने त्यस्तो लाग्दैन । म देख्छु कति साना बच्चाहरू मरिरहेका छन्, आमाहरूले कल्पेर कति देवताहरूको प्रार्थना गरे होलान् π कतिका दुलाहा मरिरहेका होलान् π कतिको घर बर्बाद भए होला π ती सब कुराहरू देख्दा भने मलाई ईश्वरको विशेष अनुकम्पा हुन्छ भन्ने लाग्दैन ।’ यसबाट के बुझ्न सकिन्छ भने बिपी न नास्तिक हो, न आस्तिक । बिपी यथार्थमा मानवतावादी हो । मानवतावाद नै उसको मूल धर्म हो । 
बिपी अथक यात्री हो । उसको गन्तव्य सगरमाथा हो । ऊ कर्मले सगरमाथा टेकेको मानिस हो । जीवनयात्रामा उसले थुप्रै दुःख, कष्ट, अवरोध र प्रतिरोधहरूस“ग सिउ“री खेल्यो । चट्टानस“ग जुध्यो र गन्तव्य पहिल्यायो । त्यसैले त बिपी एउटा बेगवान् नदी हो । उसको यात्रा समुद्रसम्मको हो । ऊ समुद्र नछोएसम्म यात्रा नरोक्ने महायात्री हो । त्यसैले त उसले बिगुल फुकिरह्यो— ‘सगरमाथामा पुग्न चाहने पर्वतारोहीको जस्तो मेरो यात्रा हो । यस यात्रामा मैले तलमाथि गरिरहनुपर्ला, सोझो घुमाउरो बाटो पहिल्याउ“दै अग्रसर हुनुपर्ला π कति यात्रास्थलमा चट्टानको दुर्गम पर्खाललाई छिचोल्न केही कदम फर्किएर पर्खालको परिक्रमा गरेर उतापट्टि पुग्नुपर्ला π तर मेरो यात्राको पुग्ने ठाउ“ त सगरमाथाको चुचुरो नै हो ।’ 
शब्दस“ग होइन, शब्दको प्रयोगस“ग विश्वास गर्ने कर्मवादी व्यक्तित्व हो बिपी । जय नेपाल, लाल सलाम अभिवादन वा नमस्कार शब्दहरू कुनै वर्गविशेषका पेवा हुन सक्दैनन् । तिनले दिने सन्देश र सामथ्र्यस“ग विश्वास गर्नुपर्छ भन्ने पक्षधर हो बिपी । साहित्यमा प्रगतिशीलतालाई पेवा बनाउन खोज्नेहरूस“ग सहमति छैन बिपीको । त्यसैले त बिपीकै कलमले ‘साहित्यमा प्रगतिशीलता’ शीर्षक दिएर लेख लेख्न पुग्यो बिपी र उद्घोष ग¥यो — ‘साहित्य मानिएका रचनाहरू सबै प्रगतिशील हुन्छन् । प्रगतिशीलता नभएको साहित्य, साहित्य नै हुन सक्दैन ।’ 
त्यसै भएर त बिपीवाणी प्रगतिशीलताको वकालत गर्न थाल्छ — ‘अहिले नेपालमा प्रगतिवाद, जो प्रगतिशीलताको नारा दिइरहेको सुनिन्छ । विद्यार्थी जगत्मा होस् या अरू जगत्मै किन नहोस्, यसको पक्षमा एउटा ठूलो दुर्बलता के देखा परेको छ भने यिनीहरू प्रजातन्त्रको पक्षमा प्रजातान्त्रिक समाजको सङ्घर्षमा कहिल्यै सक्रिय रहेनन् । प्रगतिशीलको नाममा यिनीहरू पञ्चवादीभन्दा भिन्न तत्त्वका रूपमा देखा परेनन् । यिनीहरू सधैं कथित क्रान्तिको पक्षमा रहेर ठूलाठूला आदर्शका कुराहरू गरेर र खोत्रो आदर्शका कुराहरू बोकेर आफूलाई प्रगतिशील भनिरहे ।’
जनइच्छा अनुकूल शासन चल्नुपर्छ भन्ने वैचारिक धरातल भएको नेता हो बिपी । जसले आफूलाई सधैं प्रजातान्त्रिक सङ्घर्षमा होमिइरह्यो, जसको प्रतिफल राष्ट्रको प्रधानमन्त्रीसम्म हुन पुग्यो बिपी । तर, एकै वनका दुई बाघ हुन पुगे बिपी र महेन्द्र । एउटा जनताको छोरो अर्काे जन्मजात शासक । राजा भएकै कारण महेन्द्रमा प्रजातान्त्रिक संस्कार रहेन । फलस्वरूप १८ महिना पनि सत्ता सञ्चालन गर्न नपाउ“दै महेन्द्रले षडयन्त्रमूलक ढङ्गले चक्रव्यूहमा पारिछाडे — एउटा जननिर्वाचित प्रधानमन्त्रीलाई । 
बिपी सत्ताच्युत मात्र भएनन्, ८ वर्षसम्म कठोर कारावासको यातना पनि खपे र निर्वासित हुन पुगे भारतमा । विस्थापित गरिएको प्रजातन्त्रलाई पुनःस्थापना गर्न लडाइ“ लडिरहे बनारसमै बसेर भए पनि बिपीले । प्रजातान्त्रिक हकअधिकार कुण्ठित गरिएको देश झन्झन् जर्जर, कुण्ठित र दिशाहीन हु“दै गयो । देशको अस्तित्व नै सङ्कटमा पर्ने सङ्केत देखा परिरह्यो एउटा राष्ट्रवादी चिन्तकलाई । देशको त्यो दुर्दशा टुलुटुलु हेरेर बसिरहन उचित लागेन एउटा राष्ट्रवादी नेतालाई । ‘बरु ज्यानै जाओस् वा केही समयका लागि प्रजातन्त्र नै धरापमा परोस्, तर राष्ट्र र राष्ट्रियता नै विलय भयो भने कसको प्रजातन्त्रका लागि लडाइ“ लड्ने ?’ भनी दर्जनौं ज्यानसम्बन्धी मुद्दाको पर्वाह नगरी ज्यानको बाजी लगाएर बिपीको पुनरागमन भयो र बिपीवाणी प्रतिध्वनित भयो — ‘मलाई नेपाली मानिसमाथि विश्वास छ । यदि जनतामाथि विश्वास नभएको भए म राजनीतिमा लाग्ने नै थिइन“ । यो देशको तकदिरमाथि मलाई यत्रो विश्वास नभएको भए म १० वर्ष जेलमा बस्दा र फा“सीको फन्दानजिक पुग्दासम्म बा“चिरहने थिइन“ ।’
त्यसै भएर त राष्ट्रियता, प्रजातन्त्र र विकासका बारेमा बिपी विचार यसरी प्रकट हुन पुग्यो — ‘राष्ट्रियताको भावनात्मक विकास एउटै विचारधाराको प्रचारले हु“दैन । त्यो विकासको क्रम द्वन्द्वात्मक हुन्छ । विचारको सङ्घर्ष राष्ट्रिय हितका सन्दर्भमा मतभिन्नताबाट निस्केको त्यो सामूहिक निर्णयको फराकिलो शिलाखण्डमा राष्ट्रियताको भावना गहिरि“दै, बाक्लि“दै र फराकिलो हु“दै जान्छ ।’ यस भनाइबाट बुझ्न सकिन्छ— राष्ट्रियता, प्रजातन्त्र र विकास एकअर्कामा आधारित तत्त्व हुन् । 
राजनीति स“गस“गै साहित्यलाई पनि हि“डाउन सक्ने तर एकअर्कालाई भेट्न नदिने विलक्षण प्रतिभा भएको व्यक्तित्व हो बिपी । नेपाली साहित्यमा दोषी चश्मा तथा श्वेतभैरवीजस्ता कथासङ्ग्रह र उपन्यासमा नरेन्द्र दाइ, तीन घुम्ती, सुम्निमा, हिटलर र यहुदी, बाबुआमा र छोरा, मोदिआइनजस्ता कालजयी कृति दिन समर्थ बिपीले आत्मकथा, जेल जर्नल, आत्मवृत्तान्त र फेरि सुन्दरीजलजस्ता आत्मसंस्मरण पनि लेख्न पुगे । 
यसरी राजनीति र साहित्यमा समान उचाइ प्राप्त गरेका बिपीका राजनीति र साहित्यबारे फरक मत रहे । बिपीले राजनीतिलाई साहित्यमा पनि मुछेनन् र साहित्यलाई राजनीतिकेन्द्री पनि बनाएनन् । उनको स्पष्ट मत रह्यो— ‘म राजनीतिमा एउटा व्यक्ति हु“ भने साहित्यमा एकदम अर्काे । यसरी मभित्रका दुई प्राणी दुई पृथक् पृथक् कार्य गरिरहेका छन् भन्ने मलाई लाग्दछ । यी दुई प्राणीको कहिल्यै पनि भेटघाट भएको छैन । त्यसो हुनाले मेरो लेखनीमा राजनीतिको कुनै पनि गन्ध छैन ।’ 
जीवनको उत्तराद्र्धमा अर्थात् २०३३ सालमा ‘राजाको गर्धन तल, मेरो गर्धन माथि’ भन्दै स्वनिर्वासनबाट राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्केपछि नेपाली राजनीतिमा परिवर्तनको तरङ्ग फैलियो । २०३६ सालको जनमतसङ्ग्रहमा भएको बहुदलको अस्वाभाविक हारलाई पनि प्रजातान्त्रिक अभ्यास सम्झेर बिपीको ब्रह्मविवेकले परिणाम स्वीकार गरेपछि बहुदलीय व्यवस्था स्थापित गर्न अरू १० वर्ष पर्खनुप¥यो । अन्ततः २०४६ सालमा आएर महेन्द्रले जबर्जस्ती लादेको पञ्चायती व्यवस्थाको अन्त्य भयो र प्रजातन्त्रको पुनःस्थापना भयो । अर्थात् सत्य लुकेर बस्न सकेन, हार स्वीकार गरेर बस्न सकेन । एक दिन सत्यको विजय भएरै छाड्यो । महेन्द्रपथ भत्क्यो र बिपीपथ लोकमार्गका रूपमा विस्तारित भयो । ढिलोचा“डो कपटी बाघले हार स्वीकार गर्नैप¥यो । एकै वनमा दुई बाघ बस्न सक्दा रहेनछन् भन्ने कुरा बिपीपथमा हि“ड्नेहरूको जनलहरले प्रमाणित ग¥यो । यसैबीचमा २०३९ सालमा ६८ वर्षकै उमेरमा क्यान्सर रोगबाट बिपीको देहान्त भएपछि एउटा युग, अर्थात् बिपी युगकै अन्त्य भयो । 
बिपी आखिर के रहेछ भन्ने कुरा शवयात्रामा उर्लिएको भावविह्वल मानवसागरले परिचय थियो । बिपी के रहेछ भन्ने कुरा विश्वराजनीतिमा फैलिएको बिपीबारेको चर्चाले प्रमाणित ग¥यो । बिपी के रहेछ भन्ने कुरा नेपाली राजनीतिमा देखिएको नेतृत्वविहीन, गतिहीन र दिशाहीन अवस्थाले देखायो । बिपी के रहेछ भन्ने कुरा नेपाली साहित्यमा हाल देखा परेको मनोवैज्ञानिक एवम् शिष्ट यौन विश्लेषणात्मक दुर्बलताले सिद्ध ग¥यो । र, बिपीको महानता उनको लेखनीमा देखिएको महनीय, कमनीय, रसात्मक, चित्रात्मक, सुवासता र प्राञ्जलताले परिलक्षित ग¥यो । 
बिपीबारे मेरो बालवयमा परेको प्रभाव अनौठो छ । बिपीको नाम मैले ५ वर्षको उमरेमा सुनेको हु“— ‘कोइरालो प्रधानमन्त्री भयो’ भनेर । त्यसबेला म मेरो मामाघरमा बसेर बाह्रखरी अक्षर सिक्दै थिए“ । मेरा मामा गाउ“का मुखिया हुनुहुन्थ्यो । उहा“स“ग रेडियो पनि थियो । रेडियोले भनेका कुरा गाउ“लेलाई सुनाउ“दा मैले पनि सुनेको थिए“ । गाउ“मा अचार खाने कोइरालाको रुख देखेको मानिस, कोइरालो प्रधानमन्त्री भयोभन्दा मेरो मनमा खुल्दुली जागेको थियो— कस्तो होला, त्यो कोइरालो भन्ने मानिस ? तर, मैले मामास“ग सोध्ने आ“ट गरिन“ । 
डेढ वर्ष बित्न नपाउ“दै गाउ“भरि हल्ला फि“जियो — ‘कोइरालो आफै राजा हुन खोज्यो’ भनेर राजा महेन्द्रले थुनिदिए रे π मलाई अलिअलि सम्झना छ— महेन्द्रले चालेको कदमको विरोध गर्नेहरू गाउ“मा थुप्रै समातिएका थिए । त्यतिबेला मैले राजनीति बुझेको थिइन“ । राजा हुनै खोजेको हो भने त कोइरालो भन्ने मानिस ठीक भएन । यस्तै लाग्थ्यो मनमा । मैले पञ्चायती व्यवस्था र गाउ“ फर्कको कुरा पनि सुनेको थिए“ । गाउ“मा दुई÷चार अक्षर पढेलेखेका टाठाबाठाहरू पञ्च भलादमी भएको पनि देखेको थिए“ । 
२०२६÷२७ सालतिर उच्चशिक्षा अध्ययन गर्न इन्डियातिर लागेको बेला बनारसको सारनाथमा मैले सर्वप्रथम बिपीलाई भेटेको थिए“ । दुई÷चारपटकको बसाउठीमा बिपीबाट व्यक्त भएका विचारहरूले म प्रभावित भएको थिए“ । अनि मात्र बुझेको थिए“— बिपी प्रजातन्त्रको लडाइ“मा लागेका रहेछन्, जनतालाई दासताबाट मुक्ति दिलाउन कम्मर कसेर अगाडि बढेका रहेछन्, उनका प्रजातान्त्रिक विचार र दर्शनहरू अपाच्य भएपछि महेन्द्रले त्यस्तो कठोर र अप्रजातान्त्रिक कदम चालेका रहेछन् भन्ने कुरा । मेरो उच्चशिक्षा अध्ययन बनारसमा नभई ऋषिकेशमा हुने गरेको थियो । केही दिनको बसाउठीपछि म बिपीको सन्निकटताबाट बिल्कुल अलग भएको थिए“ । यसपछि बिपीस“ग मेरो भेट एकैचोटि २०३३ सालमा काठमाडौंमा भएको थियो ।
संयोग यस्तो परेको थियो — म पनि जागिर खाने सिलसिलामा त्यसै वर्ष काठमाडौं छिरेको थिए“ र बिपी पनि राष्ट्रिय मेलमिलापको नीति लिएर त्यसै वर्ष बनारसबाट नेपाल आउनुभएको थियो । 
चार÷पा“चजना अनुयायीसहित पशुपतितिरबाट मित्रपार्कस्थित निवासतर्फ फर्कने क्रममा बाटोमा भेट भएको थियो मेरो । त्यसबेला बिपीले मेरो अनुहार चिनेको मात्र होइन, नामै उच्चारण गरेको सुन्दा म भावातिरेक खुशी पनि भएको थिए“ र आश्चर्यान्वित पनि भएको थिए“ । कस्तो संस्मरणशक्ति थियो त बिपीको ?
त्यसपछिका दिनहरू बिपीका लागि अत्यन्त कष्टकर सावित भएका थिए । उहा“ घा“टीको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । त्यसबेला मैले मित्रपार्कमा मुश्किलले तीन÷चारपटक भेटे“ हु“ला । २०३६ सालमा मैले टु“डीखेलमा जनमतसङ्ग्रहको भाषण सुने“ र जनमतको भावना स्वीकार गर्नुको तात्त्विक अर्थ पनि बुझे“ । त्यसपछि भने मेरो बिपीस“ग भेट भएन नै भन्दा पनि हुन्छ । जीवनका पछिल्ला दिनहरूमा म गएको थिए“— उहा“को निवास मित्रपार्कमा, तर स्वास्थ्यस्थिति ज्यादै गम्भीर भएको कारण भेट्ने अवसर मिलेन । अनि त उहा“को महाप्रस्थानमा मात्र सहभागी भए“— मित्रपार्कदेखि आर्यघाटसम्म ।
वास्तवमा बिपी एउटा सफल साहित्यकार र असल राजनीतिज्ञ हुनुहुन्थ्यो । हो, उहा“ सामाजिक आदर्शाेन्मुख यथार्थवादी धारालाई मोडेर यौन मनोवैज्ञानिक धाराको थालनी गर्ने विशिष्ट साहित्यकार हुनुहुन्थ्यो भने राजनीतिमा प्रजातान्त्रिक समाजवादलाई अगाडि सारेर समाजलाई पू“जीवाद र साम्यवादको मध्यबिन्दुमा हि“डाउन चाहने युगनेता । उहा“को लेखनशिल्प भनेको यौनसम्बन्धी सूक्ष्म विश्लेषण, सार्वभौम चरित्र–चित्रण, दास मनोवृत्तिको प्रकटीकरण, आर्थिक बाध्यता र सामन्ती संस्कारको विरोध नै थियो ।
जीवनमा आइपरेका विभिन्न बाधा–व्यवधान र अड्चनका बाबजुद पनि बिपीले आफ्नो सिद्धान्तलाई परित्याग गर्नुभएन । राजनीतिक क्षेत्रमा जसरी नेपालको मात्र नभएर विश्वकै सशक्त एवम् दार्शनिक नेताका रूपमा चिनिनुभयो, त्यसैगरी साहित्यमा पनि उहा“को बेजोड कलम चल्यो । उहा“ अल्पकालीन अवस्थामा एकदेशीय वा क्षेत्रीय साहित्यकार नभएर सर्वकालिक एवम् युगीन साहित्यकारका रूपमा चिनिनुभयो । यसरी उहा“द्वारा लिखित साहित्य देश, काल र परिस्थिति सुहाउ“दा छन् । 
वि.सं. १९७१ मा बनारसमा जन्मेर विराटनगरमा स्थायी बसोवास भएका बिपीले काशी हिन्दू विश्वविद्यालयबाट बीए, बीएल गरी कलकत्तामा एमएको अध्ययन पनि गर्नुभएको थियो । उहा“ले बाल्यकालदेखि नै आफ्नो जीवनलाई साहित्यमा लगाउनुभयो । उहा“को बाल्यावस्था हिन्दुस्तानमा नै बितेकाले सर्वप्रथम उहा“ले हिन्दी भाषामा गद्यात्मक कविता लेख्नुभयो । त्यसपछि उहा“को कलम कथाविधामा पनि चल्न थाल्यो । उहा“का केही कथाहरू प्रेमचन्दको सम्पादकत्वमा निस्कने ‘हंस’मा प्रकाशित भए । यसैगरी अरू पनि धेरै कथाहरू इलाहवादको ‘भविष्य’, कलकत्ताको ‘विशाल भारत’, इन्दोरको ‘वीणा’ र पटनाको ‘हिमालय’ आदि पत्रपत्रिकाहरूमा प्रकाशित भए ।
नेपाली भाषामा उहा“को साहित्यिक जीवनको शुरुआत ‘शारदा’ (१९९२) बाट भयो । त्यस पत्रिकामा प्रकाशित ‘चन्द्रवदन’ कथा वात्सायनीय वा आचार्य कोकीय यौन मनोविज्ञानमा आधारित प्रथम मौलिक कथा हो । त्यसपछि उहा“का कथाहरू ‘कथा कुसुम’लगायत विभिन्न पत्रपत्रिकामा प्रकाशित भए । 
हालसम्म प्रकाशित बिपीका कृतिहरूमा — दोषी चश्मा (कथासङ्ग्रह) २००६, श्वेतभैरवी (कथासङ्ग्रह) २०३९, तीन घुम्ती (उपन्यास) २०२५, मोदिआइन (उपन्यास) २०३६ (तीन दिनमा लेखिएको), सुम्निमा (उपन्यास) २०५७, नरेन्द्र दाइ (उपन्यास) २०२७, हिटलर र यहुदी (उपन्यास) २०४२, बाबु आमा र छोरा (उपन्यास) २०४५, रहेका छन् । यसैगरी आत्मसंस्मरणहरूमा आफ्नो कथा (आत्मकथा) २०४०, जेल जर्नल २०५४, आत्मवृत्तान्त २०५५ र फेरि सुन्दरीजल २०६३ प्रकाशित छन् । सुन्दरीजल, बिपीले राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ साल पुस १६ गते भारतबाट नेपाल फर्किंदा विमानस्थलबाटै गिरफ्तार गरी पुनः सुन्दरीजल बन्दीगृहमा कोचि“दा लेखिएको कृति हो, जसलाई अघिल्लो आठवर्षे जेलजीवनमा लेखिएको जेल जर्नलको दोस्रो भाग पनि भन्ने गरिन्छ । यसबाहेक हरिप्रसाद शर्माको सम्पादकत्वमा २०५९ सालमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कविता’ र जीवनचन्द्र कोइरालाको सम्पादकत्वमा २०४९ मा ‘बिपीका कविता ः सम्झना कविता’ प्रकाशित भएका छन् भने जीवनचन्द्रकै सम्पादनमा ‘बिपी कोइरालाका छरिएका सामग्री’ पनि प्रकाशित भएको छ । उनका बारेमा लेखिएका र उनको दर्शनमाथि टेकेर लेखिएका दर्जनौं कृति हामीले पढ्दै आएका छौं । 
यसरी कृतिका रूपमा सर्वप्रथम विभिन्न १६ कथाको स“गालो वि.सं. २००६ सालमा ‘दोषी चश्मा’का रूपमा प्रकाशित भएको हो, जुन स“गालोले नेपाली साहित्यमा एउटा नया“ प्रयोग र नया“ धारणालाई प्रवेश गरायो ।
‘दोषी चश्मा’— कथासङ्ग्रहमा एकातिर जहानिया“ राणाशासनमा प्रचलित चाकरी र चाप्लुसीको सजीव चित्रण गर्न खोजिएको छ भने अर्कोतिर मानिसका मनोग्रन्थीहरूलाई प्रस्ट्याउन खोजिएको छ । मनोविश्लेषणवादी कथाकार भएकाले बिपीले यस सङ्ग्रहमा मात्र होइन कि अधिकांश कृतिमा मानिसका यौनकुण्ठा, यौन अतृप्ति र विसङ्गतिलाई प्रस्ट्याएर नेपाली साहित्यमा एउटा नया“ आयाम थप्ने काम गरेका छन् । यस अर्थमा उनी पूर्वीय दर्शनका विद्वान् वात्सायनको कामसूत्र र आचार्य कोकको कोकशास्त्रबाट प्रभावित छन् वा पाश्चात्य जगत्का विद्वान् फ्रायडबाट प्रभावित छन् भन्न सकिन्छ ।
‘श्वेतभैरवी’— कथासङ्ग्रहमा विभिन्न चार कथा— सान्नानी, राइटरबाजे, एकरात र श्वेतभैरवी सङ्ग्रहित छन् । यी कथाका स्रष्टा श्री कोइराला सात्र्र, कामु र काफ्काजस्ता दार्शनिकका दर्शनशास्त्रहरूबाट प्रभावित भएको कुरा स्पष्ट उल्लेख गर्न सकिन्छ ।
यसैगरी बिपीलाई उपन्यासकारका रूपमा हेर्दा उनी एक दिग्गज साहित्यकार देखा पर्छन् । उनका तीनघुम्ती, मोदिआइनजस्ता उपन्यास हिन्दी, बङ्गाली र अङ्ग्रेजी भाषामा पनि अनुदित भइसकेका छन् । 
‘तीन घुम्ती’— उपन्यासकी पात्र इन्द्रमायाले गरेका तीनओटै साहसी निर्णयलाई पाठकले स्वागत गरेका छन् । जुन पात्रले बाबुआमाको इच्छाविपरीत पीताम्बरस“ग वैवाहिक सम्बन्ध कायम गर्ने विचार गरेर ठूलो विद्रोह गरेकी छ । लोग्ने जेल पर्दा आफ्नो यौनपीडा वा यौन असन्तुष्टिलाई तृप्ति गर्न उसले रमेशस“ग यौनसम्बन्ध कायम गर्छे र छोरी पनि जन्माउ“छे । शारीरिक कामवासनाको तृप्ति जैविक आवश्यकताअनुरूप गर्दा पाप लाग्दैन भन्ने उसको विचार छ । लोग्ने जेलमुक्त भएपछि अस्थायी रूपमा ग्रहण गरेको त्यो यौनतृप्तिलाई परित्याग गरेर लोग्नेको आश्रयमा आउ“छे । तर, लोग्नेले स्वीकार नगरेपछि छोरी लिएर ऊ अलग्गिन्छे । 
‘मोदिआइन’ — जो महाभारतजस्तो विशाल कथावस्तुलाई छोटो उपन्यासमा समेटेर बिपीले एक कुशल प्रतिभाको परिचय दिएका छन् । मोदिआइनले अन्य उपन्यासको तुलनामा बेग्लै विषयवस्तु अवलम्बन गरेको छ । ‘बाबु π तिमी ठूलो मान्छे होइन, असल मान्छे बन्नू’ भन्ने सन्देश यस उपन्यासबाट पाइन्छ । अन्य उपन्यासको तुलनामा बेग्लै कथावस्तु दिई मौलिकता हासिल गर्न सक्नु यसको विशेषता हो । 
‘सुम्निमा’— उपन्यासले परम्परागत रूपमा जकडिएर रहेका सांस्कृतिक मूल्य र मान्यताहरूलाई भताभुङ्ग पारिदिएको छ । दुई भिन्न संस्कृतिमा हुर्केका स्त्री–पुरुषको मिलन गराएर अर्थात् अध्यात्म र भौतिकतालाई समन्वयात्मक रूपमा पहिचान गराएर बिपीले अत्यन्तै उत्साही काम गरेका छन् । आफ्नो धर्म र सांस्कृतिक परम्परामा विश्वास गर्ने सोमदत्त र उसकी पत्नी पुलोमाको दाम्पत्य जीवन शुष्क एवम् निरस हुन्छ । यसै यौनको अतृप्त र असन्तुष्टिबाट सोमदत्त भिल्ल कन्या सुम्निमाप्रति आकर्षित हुन्छ भने पुलोमा पनि त्यसै अतृप्तिका कारणबाट बाल्यकालको साथी भिल्ल युवकप्रति आकृष्ट हुन्छे । आखिर भिल्ल युवकको सम्झनामा डुबेकी, यौन असन्तुष्टिले छटपटिएकी पुलोमाको देहमाथि सुम्निमाको उन्मादयुक्त शरीरबाट मदहोस भएको सोमदत्त होमिएर दमित र कुण्ठित यौनको पूर्ण सन्तुष्टि लिन्छ ।
‘नरेन्द्र दाइ’— उपन्यासमा पनि पारस्परिक मूल्य र मान्यताको स्पष्ट अभिव्यक्ति दिन खोजिएको छ । नरेन्द्रको मन, पत्नी र प्रेमिकाबीचको अन्तद्र्वन्द्वले विभाजित छ । प्रेमिका (मुनरिया)ले नरेन्द्रको स्नेही बाहुपासमा बा“धिएर जीवन सार्थक गराउन चाहन्छे । प्रेमको सार्थकता र सफलता नै यौनको चरमानन्द हो र यही नै मुक्ति र मोक्षको बाटो पनि हो भन्ने उसको धारणा छ ।
‘हिटलर र यहुदी’—मा भारतको मुम्बईदेखि युरोपसम्मको जहाज यात्रानुभवलाई अभिव्यक्त गरिएको छ । यस उपन्यासमा यहुदीहरूप्रति सहानुभूति प्रकट गरिएको छ भने तानाशाही हिटलरलाई घृणाको दृष्टिले हेरिएको छ । 
‘बाबु, आमा र छोरा’—को कथावस्तु सामाजिक समस्याको सेरोफेरोमा सिर्जिएको छ । साथै, यौन एवम् मनोविश्लेषणलाई पनि प्रस्ट्याउने प्रयास गरिएको छ । दुई पत्नीको शारीरिक सहवासमा कथाको नायक रमाएको छ । यसरी बाबु, आमा र छोराको त्रिकोणात्मक प्रेम सम्बन्धलाई मनोविश्लेषणात्मक ढङ्गबाट प्रस्तुत गरिएको छ । 
जसरी बाल्यावस्थादेखि नै बिपीको झुकाव साहित्यमा रह“दै गयो, त्यसैगरी राजनीतिक क्षेत्रमा पनि बिपीको संलग्नता उत्तिकै रह्यो । यसरी साहित्य र राजनीति बिपीको जीवनमा रथका दुई पाङ्ग्राजस्तै समानुपातिक र समानान्तर भएर एकसाथ अगाडि बढे । नेपाली काङ्ग्रेसका निम्ति बिपी एक मस्तिष्क थिए । अर्थात् संस्थापक सदस्यका रूपमा रह“दै आएका बिपी नेपाली काङ्ग्रेसका एक मार्गदर्शक तथा दूरदर्शी राजनीतिज्ञ थिए, जसको अभावमा पार्टी दिशाविहीन भई विखण्डित हुन सक्थ्यो । यसैगरी उनले अपनाएको समाजवादलाई नेपाली काङ्ग्रेसको मुटुका रूपमा लिन सकिन्छ, जसको अभावमा पार्टी प्राणविहीन भई ढल्न सक्थ्यो । यस अर्थमा बिपीलाई हामी एक युगपुरुष र युगनेताका रूपमा लिन सक्छौं । 
वि.सं. २००४ सालदेखि बिपी कोइराला सक्रिय रूपले राजनीतिमा संलग्न भए । २००७ सालको क्रान्तिपश्चात् आएको प्रजातान्त्रिक कालमा गृहमन्त्री र २०१५ सालको आमनिर्वाचनपछि देशको प्रधानमन्त्रीसमेत हुन पुगेका बिपी २०१७ सालको प्रजातान्त्रिक हत्यापछि जेल कोचिए । साहित्यप्रति प्रशस्त चाख हु“दाहु“दै पनि राजनीतिक व्यस्तताले गर्दा २००४ सालदेखि कथा लेख्न नपाएका बिपीले सुन्दरीजल बन्दीगृहमा रह“दा तीन घुम्ती, नरेन्द्र दाइ र सुम्निमा उपन्यासका साथै श्वेतभैरवीलगायत आत्मकथाका केही भाग र केही कथा पनि लेखे । 
बिपी एउटा असल कवि पनि थिए भन्ने कुरा ‘विश्वेश्वरका कविता’ कवितासङ्ग्रहबाट स्पष्ट हुन्छ । यसैगरी उनको जेलजीवनको इतिवृत्त जेल जर्नलबाट र आत्मानुुभूतिका कथाव्यथाहरू आत्मवृत्तान्त र आत्मकथाबाट अनि २०३३ पछिको जीवनकथा फेरि सुन्दरीजल हेरेपछि छर्लङ्ग हुन्छ ।
यसरी बिपीलाई केवल साहित्यकारका रूपमा मात्र हेर्ने हो भने पनि उनी नेपाली साहित्याकाशमा कहिल्यै नअस्ताउने नक्षत्र हुन् भन्दा अतिशयोक्ति हु“दैन । तथापि उनले साहित्यिक जीवनमा साहित्यिक पत्रकार सङ्घले २०३८ को श्रीपञ्चमीमा गरेको अभिनन्दनबाहेक अन्य कुनै सम्मान वा पुरस्कार पाएनन् । उनले रोपेका रुखबिरुवाहरूसमेत उखेल्नेसम्मको कुकृत्य हुने गरेको तत्कालीन पञ्चायती व्यवस्थाको जगजगीमा व्यवस्थाविरुद्ध क्रान्ति छेडिरहेका विश्वेश्वरलाई सम्मान वा पुरस्कार दिन कसले आ“ट गर्ने ?
बिपी स्वयम्ले पुरस्कार वा सम्मान पाउन नसके पनि २०४६ को परिवर्तनपछि विश्वेश्वरप्रसाद कोइरालाको नाममा रू. २ लाख राशिको बिपी शताब्दी पुरस्कार स्थापना गरियो, तर वितरण हुन सकेन । त्यसको लगत्तै पछि बिपीकै नाममा रू. १ लाख राशिको जननायक बिपी कोइराला पत्रकारिता पुरस्कार स्थापना गरियो । त्यो पुरस्कार एकपटक दुर्गा बराल (वात्स्यायन)लाई प्रदान गरियो । त्यसपछि त्यो पनि बन्द भयो । तत्पश्चात् नेपाल–भारत फाउन्डेसनले पनि रू. १ लाख भारूको पुरस्कार दिने घोषणा ग¥यो, त्यो पनि कार्यान्वयन नभई त्यसै सेलायो । बिपीशताब्दी वर्ष मनाउन लागिएको यस अवसरमा उनको नाममा सम्झनलायक ठोस काम भइदिए हुन्थ्यो र पुरस्कारले पनि स्थायित्व पाए हुन्थ्यो, जुन कुराको चाहना राख्नु असान्दर्भिक पनि लाग्दैन । 
सङ्क्षेपमा भन्नुपर्दा साहित्यकार विश्वेश्वरप्रसाद कोइराला मनोवैज्ञानिक एवम् मनोविश्लेषणवादी कथाकार हुन् । उनले मानवका चेतन, अर्धचेतन तथा अवचेतन मनका भावलाई पहिल्याई कथा साहित्यमा एउटा नवीन आयामको सृजना गरेका छन् । उनका प्रायः सबैजसो कथा एवकम् उपन्यासहरू युग्मेच्छा, रतिराग, कामसमस्या, सहानुभूति, सख्य, आर्थिक, वैसम्य, प्रणय आदि पक्षको सेरोफेरोमा पर्छन् । कुनै समस्याको उद्घाटन गर्दा उनले कथालाई दुर्बाेध्य बनाउ“दैनन्, बरु मनस्तात्त्विक भाव, सरल भनाइ र सरल भाषा प्रयोग गरेर पाठकहरूको मन जित्न सफल भएका छन् ।
कोइरालाको अर्काे विशेषता हो— व्यङ्ग्य । उनका अधिकांश रचनामा व्यङ्ग्य पाइन्छ । अनि करुणा रसाइदिने पाइन र शिक्षा दिने प्रवृत्ति पनि । चेखव, मोपासा“, फ्रायड आदि विदेशी विद्वान्स“ग प्रभावित भएर पनि उनका रचनामा पुरापुर नेपालीपन र मौलिकता पाइन्छ, एकदमै चोखो मौलिकता ।
बिपीको तेस्रो विशेषता हो— निस्वार्थता । उनले लेखक बन्ने र नाम कहलाउने विचारले कहिल्यै लेखेनन् । जेजति लेखे— शोषण र दमनको विरोधमा लेखे । अनि लेखे— समाजमा नया“ जागृति ल्याउने विचारले ।
उनमा रहेको सबैभन्दा ठूलो विशेषता के भने उनले जेजति साहित्य सृजना गरे, ती सबै रचना देश, काल र परिस्थितिको सा“घुरो घेराबाट अलग्गिएर सृजना गरे । उनका पात्रले जस्तोसुकै कपडा लगाए पनि जस्तोसुकै ठाउ“मा बसे पनि ती सबै विश्वको कुनासम्म समान रूपले सत्य सावित हुन्छन् । उनका रचनाहरूले मानवीय मर्यादालाई ख्याल राख्छन् । मानववादको वकालत गर्छन् र सबै मित्रजनमाथि सजिला र रसिला गफ गरेर रसामृत बर्साउ“छन् । 
समष्टिमा भन्ने हो भने यौन मनोविज्ञानलाई नेपाली साहित्यमा भिœयाएर शिष्ट र मर्यादित ढङ्गले मानिसका दमित यौनग्रन्थीहरूलाई प्रकटीकरण गर्न सक्नु विश्वेश्वरको महान् कुशलता हो भनी स्वीकार्नुपर्छ । उनका विशिष्ट गुणहरूको व्याख्या र विवेचना नेपाली साहित्य जगत्मा कालान्तरसम्म हु“दै जानेछ । बिपीबारे आद्योपान्त बुझ्न बिपीद्वारा रचित पुस्तकहरू पढ्नुपर्छ, बिपीका समकालीन वा बिपीस“ग सङ्गत भएका अनुजहरूलाई भेट्नुपर्छ, प्रकाशनमा नआएका बिपीका अभिलेखहरू खोजअनुसन्धान गरी सार्वजनिक गरिनुपर्छ र यो काम बिपी शतवार्षिकीकै अवसरमा सम्पन्न हुनुपर्छ । तब मात्र बिपीका अवशिष्ट गुणहरूको पुनरवलोकन हुनेछ । 
बिपीका बारेमा यति भनिसकेपछि निचोडमा के निष्कर्ष निकाल्न सकिन्छ भने— बिपी नेपाली माटोमा जन्मेको एउटा महापुरुष हो, आदर्शपुरुष हो, आधारपुरुष हो, युगपुरुष हो र शताब्दीपुरुष त हु“दै हो । बिपी शताब्दीवर्षको यस उपलक्ष्यमा मेरो हृदयमा बसेका ती आस्थापुरुषलाई कोटी कोटी नमन । 
 
राष्ट्रिय जीवनमा बिपी कोइरालाको स्थान
–डा. नारायण चालिसे 
विश्वेश्वरप्रसाद कोइरालाबारे लेख्न बस्दा धेरै कुराहरूमा ध्यान पु¥याउनुपर्ने अवस्था छ । बिपीबारे यति धेरै कुरा लेखिसकिएको छ कि अबको लेखनमा नया“ कुरा मात्र प्रस्तुत गर्न कठिन छ । बिपीबारेका अध्ययन र अनुसन्धानहरूले धेरै कोणबाट कोइरालाबारे स्पष्ट पारिरहेकै छन् । ६८ वर्षको बिपीको जीवनको बाल्यकालदेखिको सबै समयले हामीलाई केही न केही प्रेरणा दिइरहन्छ । बिपी केइरालाको जीवनी, व्यक्ति र व्यक्तित्वलाई हेर्ने अनेक विधिको प्रयोग भइसकेको यस परिप्रेक्ष्यमा बिपीको जन्म, शिक्षादीक्षा, साहित्य र राजनीतिमा उनको प्रवेश र योगदान, त्यस क्रममा बिपीले अनुभूत गरेका कतिपय कुराहरू र बिपीले राजनीति र साहित्यमा पु¥याएको योगदानका साथै राष्ट्रिय जीवनमा बिपी कोइरालाको स्थान निर्धारण गर्न सकियोस् भन्ने उद्देश्यले अति सङ्क्षेपमा बिपी व्यक्ति र व्यक्तित्वबारेमा छोटो चर्चा गरिएको छ ।
बिपी के हुन् र नेपाली राष्ट्रिय जीवनमा बिपीको केकस्तो योगदान र स्थान छ भन्ने विषयमा सानातिना लेख सम्भवतः पर्याप्त हु“दैनन् । बिपीको जीवन अवधिमा भन्दा उनको अवसानपछिको समयले राष्ट्रिय जीवनमा बिपी, उनको सिद्धान्त, उनको आदर्श, मूल्य, मान्यता र राजनीतिक, सामाजिक एवम् साहित्यिक क्षेत्रमा बिपीले पु¥याएको योगदानलाई अझ बढी प्रकाशित र प्रभासित गरिरहेको छ । बिपी कोइरालाको जन्मशताब्दी मनाइरह“दा बिपी र उनको योगदानको चर्चा झन् बढी भइरहेको छ । त्यसमाथि बिपीले जन्माएको, विचार र नेतृत्व दिएको प्रजातान्त्रिक पार्टी नेपाली काङ्ग्रेसले उनीपछिका धेरै वर्ष नेपालको प्रजातान्त्रिक र गणतान्त्रिक सरकारको नेतृत्व गरी अनगिन्ती तीता र मीठा अनुभवहरू स“गालेको र वर्तमानमा समेत उसैको नेतृत्वमा देश चलिरहेको परिप्रेक्ष्यमा बिपीको योगदानको स्मरण हुनु समयसान्दर्भिक छ । बिपी कोइरालाले जुन निष्ठा र आदर्शले मुलुकमा प्रजातन्त्रको संस्थागत विकासमा आप्mनो तर्फबाट योगदान दिए त्यसको उच्च मूल्याङ्कन हुनुपथ्र्यो । तर, सिद्धान्तमा जे कुरा भनिएका भए पनि व्यवहारले पुष्टि गर्न सकेको पाइ“दैन ।
राष्ट्रिय जीवनमा बिपीको स्थान सुरक्षित छ र उच्च छ । तर, अहिले बिपीको स्थान पहिल्याउन बिपीपछिको नेपाली राजनीतिक अतीत कोट्याउन थालियो भने धेरै धमिला कुराहरू बाहिर आउनेछन्, जसको छाया“मा बिपीको उज्यालो र अग्लो व्यक्तित्व पनि धमिलिन सक्छ । त्यसैले बिपी मात्रलाई चिनाउन उनको मात्र विषयमा कुरा गर्न उचित हुन्छ । बिपी कोइरालाका दुईओटा जीवन छन्, राजनीतिक र साहित्यिक । ती दुवै जीवन उत्तिकै महत्त्वपूर्ण र सशक्त छन् । आज हामीले बिपी स्थान निर्धारण गर्न खोज्नु भनेको बिपीका यिनै व्यक्तित्वबारे यथासम्भव प्रकाश पार्नु हो । र, त्यो प्रकारको योगदानका आधारमा राष्ट्रिय जीवनमा बिपीलाई सुरक्षित पार्नु हो । तसर्थ बिपी, उनको जन्म, शिक्षादीक्षा, राजनीति र साहित्यमा विभाजित र स्थापित बिपीको व्यक्तित्वबारे कुरा गर्नु नै राष्ट्रिय जीवनमा बिपीको स्थान प्राप्त गर्नु हो भन्ने लाग्छ ।
विश्वेश्वरप्रसाद कोइरालाको जन्म वि.सं. १९७१ भदौ २४ गतेका दिन भारतको वाराणसीमा भएको हो । पिता कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाबाट जन्मिएका बिपीको न्वारानको नाउ“ चूडामणि कोइराला हो । विश्वनाथका प्रसादस्वरूप छन् भनी उनलाई विश्वेश्वर भन्न र व्यवहार गर्न थालिएपछि विश्वेश्वरप्रसाद भनेर प्रचारमा रहेका उनलाई सङ्क्षेपमा बिपी र राजनीतिमा सबैका प्रिय बन्दै गएपछि सान्दाजुका नामले पनि सम्बोधन गर्ने गरिएको थियो । कोइरालाको पारिवारिक पृष्ठभूमि ज्यादै सङ्घर्षशील, राजनीति सचेत, शासकीय स्वभावयुक्त, समाजसेवी, शिक्षित, स्वतन्त्र र कर्मशील प्रकृतिको देखापर्छ । कोइरालाको परिवारमा धेरै पुस्ता पहिलेदेखि नै पारवारिक स्वतन्त्रता, भाषा–साहित्य प्रेम, मान्यजनका योगदानको कदर गर्ने, मानप्रतिष्ठाको निम्ति काम गर्ने, गौरवशाली किसिमको देखिन्छ । पुख्र्यौली रूपमै राजनीति, समाजसेवा, भाषा–साहित्य र कलाप्रेम, आर्यसभ्यता र संस्कृतिप्रति आस्था राख्ने तर परम्पराको अन्धानुसरण नगर्ने खालको देखिन्छ । विश्वेश्वरप्रसाद कोइरालाले आप्mना अग्रजहरूका आदर्शहरूलाई आस्थापूर्वक अनुसरण गर्दै व्यवहारकुशलताले आफूलाई परिमार्जित गर्दै लगेको पाइन्छ । पिता कृष्णप्रसाद कोइरालाको समाजसेवी चरित्रका कारण तत्कालीन राणाशासकको कोपभाजनका शिकार भई भारतका वाराणसी, कलकत्ता, टेढी, बेतिया, जयनगर आदि स्थानमा निर्वासित भई बस्नुपर्दाको समयमा बिपीको बाल्यकाल पनि यायावरको जस्तो घुमन्ते रहेको देखिन्छ । आर्थिक अभाव, सामाजिक उतारचढाव, राजनीतिक अस्थीरता र पारिवारिक विचरणका समयको बिपीको प्रारम्भिक शिक्षा–दीक्षा समयानुकूल हुन नसकेको भए पनि दृढ इच्छाशक्ति, कर्तव्य, लगन र इमानदारीले बिपीले आप्mनो पढाइलाई बी.ए., एल.एल.बी.सम्म पु¥याएको पाइन्छ । शिक्षा र ज्ञानको तहलाई राम्ररी परख गर्दै बाल्यकालदेखि नै राजनीतिक सचेतता र सक्रियतालाई समेत अघि बढाएका कोइराला वैचारिक स्वतन्त्रता र आर्थिक समानताका पक्षधर मानिन्छन् । विश्व समाजवादी आन्दोलनका प्रसिद्ध समाजवादी नेता र नेपालको सन्दर्भमा प्रजातान्त्रिक समाजवादको अवधारणाका अग्रणी एवम् सुप्रसिद्ध साहित्यकार बिपीको बाल्यकाल, पारिवारिक पृष्ठभूमि, आर्थिक, सामाजिक, सांस्कृतिक अवस्था आम नेपाली नागरिकको भन्दा केही फरक रहे पनि बिपीमा सामान्य नेपाली नागरिक व्यक्ति सधैं गतिशील र सृजनारत भएको देख्न, भोग्न र पढ्न पाउने अवसर हामी सबैलाई प्राप्त भएको छ । सामान्य नागरिकको भन्दा असल पारिवारिक वातावरणले बिपीलाई सधैं असल सोच्न प्रेरित गरेको पाइन्छ भने आम नेपाली नागरिकको हकअधिकारको प्राप्ति र संरक्षणका निम्ति जीवन उत्सर्ग गर्ने प्रेरणा पनि प्राप्त भएको मान्न सकिन्छ भने साहित्यमा बिपीले पु¥याएको योगदानले विश्वसाहित्यस“ग नेपाली साहित्यलाई दा“जेर हेर्न सक्ने अवसर हामीलाई प्राप्त भएको छ ।
बिपी कोइरालाले बी.ए., बी.एल.सम्मको औपचारिक शिक्षा हासिल गरेका थिए । बिपीको परिवार समाजसेवी पृष्ठभूमिको रहेकै कारण त्यतिखेर राणाशासनले बिपीका पिता कृष्णप्रसाद कोइरालाको व्यवहारले सामाजिक क्रान्ति वा जनचेतना बढ्न गई आप्mनो शासनमा व्यवधान उत्पन्न हुने डरले उनलाई नेपालमा रहेर सामाजिक काममा सक्रिय हुन प्रतिबन्ध लगाएपछि भारतका बनारस, कलकत्ता, भागलपुर (टेढी), बेतिया, जयनगर आदि विभिन्न ठाउ“मा निर्वासनमा ११ वर्षसम्म बिपीको परिवार बस्नुपरेका कारण बिपीको शिक्षादीक्षा पनि यिनै विभिन्न ठाउ“मा भएको पाइन्छ । सर्वप्रथम बिपीले ५ वर्षको हु“दा वाराणसीमा अवस्थित एउटा म्युनिसिपल स्कुलमा प्रारम्भिक तह (क, ख, ....)को अध्ययन प्रारम्भ गरेको पाइन्छ । भारतमा गान्धीजीको अङ्ग्रेजविरोधी आन्दोलन चलिरहेको त्यस अवधिमा अङ्ग्रेजहरूद्वारा सञ्चालित सरकारी स्कुलमा नपढ्न गरिएको अनुरोध र आप्mनो पनि उक्त स्कुलमा पढ्ने इच्छा नभएका बिपीले ७ वर्षकै उमेरमा नेहरूकै सामुन्ने मैले आजदेखि सरकारी स्कुल छाडे“ भनेर गान्धी र नेहरूको अभियानलाई साथ दिने निर्णय गरेका थिए । त्यसपछि बिपीले गान्धीजीहरूले चलाएको गान्धी आश्रम विद्यालयमा भर्ना भएर पढ्ने र पढाइभन्दा बढी राष्ट्रिय भावना जागरण हुने विभिन्न गतिविधिमा सक्रिय हुने, खद्दरको लुगा लगाउने, सभासम्मेलनमा जाने, राष्ट्रिय गीत गाउने, नारा लगाउनेजस्ता कार्यक्रममा सामेल भई बाल्यकालमै एकातिर क्रान्तिकारी भावना र अर्कोतिर राजनीतिक, सामाजिक अभियानमा सक्रिय हुन थालेको पाइन्छ । बनारस र कलकत्ताको ५ वर्षजतिको बसाइपछि बिपीको परिवार पुनः बसाइ“ सरेर विहारको भागलपुर (टेढी) भन्ने ठाउ“मा आएपछि बिपीको पठनपाठन त्यहा“कै विद्यालयमा प्रारम्भ भएको पाइन्छ । टेढीमा बिपी ५ वर्षजति बसेका थिए । त्यस समयमा पिताजी र बाबु साहेब (नरेन्द्रका पिता)को सक्रियतामा निर्माण गरिएको फुसको शीतल कटेरीमा बालबालिकाहरूलाई पढाउन नजिकका ठाउ“बाट झिकाइएका पण्डित मास्टरहरूबाट गुरुकुल आश्रम सञ्चालन गरिएको थियो र त्यही“बाट बिपीले आश्रमको नियम आचरणमा रहेर गुरुकुल शिक्षा अघि बढाएको पाइन्छ । बिपीले टेढीको बसाइलाई आप्mनो जीवनको महत्त्वपूर्ण र अविस्मरणीय अवधि मानेका छन् भने किशोरावस्थाको आधा अवधिको टेढी बसाइ चेतनाको प्रारम्भ र यौवनको पनि प्रारम्भको अवधि रहेकाले पनि महत्त्वपूर्ण रहेको मान्न सकिन्छ । बिपीले यस अवधिमा धेरै स्मृतिहरूलाई विभिन्न ठाउ“मा अभिरुचिपूर्वक चर्चा गरेका छन् । बिपीको पारिवारिक व्यक्तिहरूस“गको सम्बन्ध, अन्य साथीहरू र आपूmलाई पढाउने गुरुहरूको सङ्गत र सम्पर्कले आपूmमा आएका विभिन्न खाले परिवर्तनहरूको कुरा गरेर टेढी बसाइलाई अझै अविस्मरणीय तुल्याउन चाहेका छन् । टेढीपछि हरिश्चन्द्र स्कुलमा नै गई पढ्ने आप्mनो अडानकै प्रतिफल आर्थिक अवस्था कमजोर रहेको अवस्थामा पनि काशीवास बस्न गएकी बडी आमाकहा“ पुगेर कुनै न कुनै उपायले बसेर पढ्ने दृढ इच्छाको कदर गरेर सानीमा र बहिनी नलिनीका चारओटा कानको मुन्द्रीको जम्मा दुई तोला सुन बाटो खर्च लिएर बिपी बनारस अध्ययनको निम्ति प्रस्थान गरेको पाइन्छ । बनारसमा पुगेपछि बिपीले प्रो. गणेशदत्त शास्त्री र सीताराम पन्तको सहयोगमा हरिश्चन्द्र स्कुलमा भनाई भई पढ्न थालेका थिए । आर्थिक अवस्था ज्यादै नाजुक भएकाले एकसरो धोती र कुर्तामा कष्टपूर्वक बसेर बिपीले अध्ययन प्रारम्भ गरेका तर लगन र अनुशासनका कारण साथीको सहयोग र गुरुजनको स्नेह प्राप्त गरेरै बिपीले अध्ययनलाई अघि बढाएको पाइन्छ । बिपी पठनपाठन र अन्य अतिरिक्त क्रियाकलाप, वादविवाद, वक्तृत्वकलालगायत अन्य गतिविधिमा पनि अब्बल र मेधावी छात्र थिए । उनले बडो अनुशासनपूर्वक लगनशील भएर पठनपाठनलाई अघि बढाएका थिए भने कक्षा ९ कै छात्र हु“दा शान्तिप्रिय द्विवेदीको सम्पर्क र प्रेरणाले साहित्यतर्फ पनि अभिरुचि बढाउन पुगेका थिए । बिपीले विद्यालयस्तरमै पढ्दा कविता र कथाहरू लेख्न थालेका थिए भने १९८७ मा हंसमा पहिलोपटक उनको लघुकथा उहा“ छापिएको थियो । जिज्ञासु स्वभावका बिपीले हिन्दी र अङ्ग्रेजी साहित्यका विभिन्न विद्वान्हरूका कृतिहरूको अध्ययन गरेर १५÷१६ वर्षकै उमेरमा साहित्यसम्बन्धी धेरै जानकारी लिइसकेका थिए । यसप्रकार विद्यालय स्तरको शिक्षा हासिल गरिसक्दा नै बिपीले ज्ञान, विज्ञान, साहित्य, कला र संस्कृतिसम्बन्धी आप्mना धारणाहरूलाई परिपक्व तुल्याउ“दै लैजाने काम गरेका थिए । बिपीले आपूmले विद्यालयीय अध्ययन पूरा गर्दा अध्यात्ममा भावुक, रहस्यवादी, साहित्यमा छाया“वादी, रोमाञ्चवादी र राजनीतिमा गान्धीको आदर्शवादबाट प्रभावित भइसकेको कुरा उल्लेख गरेका छन् । सन् १९३० मा हरिश्चन्द्र स्कुलबाट द्वितीय श्रेणीमा म्याट्रिक पास गरेका बिपीले बनारस हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्र र अर्थशास्त्र मूल विषय लिएर सन् १९३४ मा स्नातक र कलकत्ता विश्वविद्यालयबाट सन् १९३७ मा कानूनमा स्नातक (बी.एल.) उत्तीर्ण गरेका थिए । बिपीले राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरे पनि सो तह पूरा गर्न पाएनन् । बिपी इन्टरमिडिएट र स्नातक तहमा अध्ययन गर्दा उच्च बौद्धिक व्यक्तित्वहरू र मित्रहरूको सङ्गतमा पुगिसकेका थिए भने प्रसिद्ध राष्ट्रिय र अन्तर्राष्ट्रिय विद्वान्हरूका प्रसिद्ध ग्रन्थहरूको अध्ययनले साहित्य र राजनीतिमा उच्चस्तरको व्यक्ति बनिसकेका थिए ।
बिपी कोइराला राजनीति र साहित्यका क्षेत्रमा ख्याति कमाएका व्यक्ति हुन् । त्यसैले बिपीको व्यक्तित्वको निर्माण पनि यिनै दुई तत्त्वबाट भएको छ । राजनीतिका माध्यमबाट निर्माण भएको समाजसेवी व्यक्तित्वको आधार बुझ्न बिपीले ७ वर्षको बालकालदेखि स्वतन्त्रता, समानता र सामाजिक न्यायको पक्षमा आपूmलाई उभ्याएर आजीवन राजनीतिक निष्ठा र आदर्शमा उभिएको एउटा अग्लो व्यक्ति बिपी कोइरालाका राजनीतिक दस्तावेजहरू र उनको जीवनका महत्त्वपूर्ण घटनाहरूलाई राम्ररी अध्ययन गर्नुपर्ने हुन्छ भने साहित्यिक व्यक्तित्वको पहिचानका निम्ति बिपीद्वारा लेखिएका साहित्यिक कृतिहरू र तिनमा प्रकट हुने अन्तरमुखी, वैचारिक, दार्शनिक व्यक्ति बिपीलाई पढ्नुपर्ने हुन्छ, तापनि निष्ठाका प्रतिमूर्ति बिपीप्रतिको आस्थाभाव प्रकट गर्ने यो ससानो प्रयत्न भने अवश्य हुनेछ ।
बिपी राजनीतिलाई आपूmले सफलताको सि“ढी चढ्ने माध्यम नबनाएका व्यक्ति हुन् । नेपालको सन्दर्भमा कोइरालाको आप्mनै राजनीतिक दर्शन थियो । प्रजातान्त्रिक समाजवादको माध्यमले नेपालजस्तो मुलुकलाई समृद्ध पार्न सकिन्छ भन्ने योजनाका साथ अग्रसर भएका बिपीले आप्mनो समाजवादी कार्यक्रमहरूलाई राष्ट्र निर्माणमा लगाउन भने पाएनन् । भारतीय स्वतन्त्रता सङ्ग्राम एवम् १०४ वर्षे निरङ्कुश राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका निम्ति सशस्त्र आन्दोलनको नेतृत्व गरेका बिपी सधैं राष्ट्र र जनताका निम्ति लडेका व्यक्ति हुन् । २००७ सालको क्रान्तिपछि जनस्तरबाट प्रथम गृहमन्त्री र २०१५ सालको संसदीय निर्वाचनपछि पहिलो जननिर्वाचित प्रधानमन्त्रीसम्म बनेका बिपीको राजनीतिक जीवन ज्यादै कष्टकर तर उत्साहजनक एवम् शिक्षाप्रद देखिन्छ । आप्mना केही राजनीतिक विशिष्टतासहित नेपालमा प्रजातान्त्रिक समाजवादको स्थापनाका निम्ति सङ्घर्षरत बिपीको राजनीतिक जीवनको सङ्क्षिप्त इतिहास यसप्रकार छ–
७ वर्षको कलिलो उमेरमा भारतको स्वतन्त्रता आन्दोलनलाई सघाउने सरकारी स्कुल बहिष्कार आन्दोलनमा सरिक भएर अञ्जानमै राजनीतिमा नाउ“ लेखाउन पुगेका बिपीको जीवनको पृष्ठभूमिमा राजनीतिको गहिरो प्रभाव परेको पाइन्छ । बिपीको परिवार, उहा“का हजुरबा नन्दिकेशर कोइराला, ठूलाबा कालिदास कोइराला, पिता कृष्णप्रसाद कोइराला, माता दिव्या कोइराला र परिवारका अग्रजहरूमा संस्कारका रूपमा विकसित हु“दै आएको राजनीति र समाजसेवाको राम्रो प्रस्फुटन बिपी कोइरालमा आएर भएको कुरा बुझ्न गाह्रो पर्दैन । कोइरालाहरू नेपालको शासन सत्ताको कुनै न कुनै पक्षलाई सेवा दिने गरी कार्यरत थिए । काजी दामोदर कोइराला मकवानपुर दरबारका काजी अर्थात् त्यस राज्यका प्रधानमन्त्री नै थिए भने नन्द्रिकेशर कोइराला बिपीका हजुरबा र ठूलाबा कालीदास डिठ्ठा थिए । पिताजी पनि केही समय खरदार भएकाले जीवनभर उहा“को नाउ“को अगाडि खरदार उपाधि जोडिइरह्यो । यसप्रकार नेपालको शासनलाई नजिकबाट नियालिरहेका कोइराला वंशकै बिपीमा राजनीतिको संस्कार अन्नजलजस्तै पेय बनेर आएको कुरा बिपी स्वयम्ले नै स्वीकार गरेका छन् । तर, शासनसत्ताले अवलम्बन गरेको जनविरोधी बाटो र त्यसको पृष्ठपोषण गर्ने चरित्रका विपरीत जनभावनाको कदर गर्ने, नागरिक चेतना र अधिकारको पक्षमा बोल्ने र समाज सुधारको अभियानमा सक्रिय रहने स्वभावका कोइरालाहरू राणाशासन र राजाको सक्रिय शासनमा अटाउन सकेनन् भन्ने कुरा इतिहासले प्रमाणित गरेको छ । राजनीतिको प्रत्यक्ष प्रभावको कुरा गर्दा पिताजी कृष्णप्रसाद कोइराला र उहा“को सामाजिक अभियान महत्त्वपूर्ण कदम भएर देखा पर्दछ । चन्द्रशमशेरको कोपभाजनमा परी पटक–पटक निर्वासन बेहोर्न पुगेका पिता कृष्णप्रसाद कोइरालाका माहिला सुपुत्र बिपीमा पुष्पित र पल्लवित भएर आएको राजनीति र समाज सेवाको भावना नेपालको राजनीतिक इतिहासको महत्त्वपूर्ण पक्ष बनेको छ भने नेपालको प्रजातान्त्रिक आन्दोलनका पर्याय बनेर बिपी कोइराला रहेका छन् । आप्mनो चेतनाको प्रस्फुटन हु“दा अङ्ग्रेजविरोधी अभियानमा सरिक भएका कोइराला १५ वर्षको उमेरमा वि.सं. १९८७ मा पहिलोपल्ट विहारको मोतीहारी काण्डमा परेर थुनामा परेका थिए । यो जेल जीवन कोइरालाको राजनीतिक जीवनको औपचारिक शुरुआत थियो । बिपीले नेपालको राजनीति गर्नुपूर्व नै वि.सं. १९९२ मा भारतीय काङ्ग्रेस समाजवादी पार्टीको सक्रिय कार्यकर्ताको काम गरेका थिए । भारतीय स्वतन्त्रता अभियानकै क्रममा वि.सं. १९९८ मा बिपी मजदूर आन्दोलनका क्रममा दरभङ्गा जेल परेको पाइन्छ भने पुनः वि.सं. १९९९ मा अङ्ग्रेज भारत छोड आन्दोलनमा पक्राउ परी ३ वर्ष जेलमा बसेर वि.सं. २००३ सालमा जेलबाट छुटेको पाइन्छ । प्रजातन्त्र र स्वतन्त्रताको भावनाबाट प्रेरित भएका बिपी त्यसपछि मात्र नेपालको राजनीतिका राणाविरोधी अभियानमा सक्रिय भएका थिए । नेपालबाट निर्वासित भई भारतको बनारस, कलकत्ता, विहार, पटनालगायत ठाउ“मा बस्दै आएका विभिन्न व्यक्तिहरू र आप्mनै परिवारको अवस्थाबाट परिचित कोइरालाले नेपालमा राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापना गर्ने उद्देश्य राखी सन् १९४६ को ‘नेपाल आह्वान’ भनेर एउटा लेख लेखी विभिन्न पत्रिकाहरूमा छपाएर भारतका विभिन्न ठाउ“मा बसेका नेपालीहरूलाई जगाउने र नेपालका निम्ति के गर्न सकिन्छ भनेर सल्लाह गर्ने काम गरे । त्यसपछि वि.सं. २००३ साल कात्तिक १५ गते श्री देवीप्रसाद सापकोटाको सभापतित्वमा अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापना गरी बिपी त्यस सङ्गठनको संयोजक भए । सोही साल माघ १२ र १३ गते कलकत्ताको भवानीपुरस्थित खालसा कलेजमा भएको ठूलो सम्मेलनले नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापना ग¥यो, त्यसको सभापति टङ्कप्रसाद आचार्यलाई बनाइयो । उनी राणाविरोधी गतिविधिमा संलग्न भएका कारण काठमाडौंमा जेल जीवन बिताइरहेका हुनाले का.वा. सभापतिका रूपमा बिपी छानिए । त्यसको लगत्तै विराटनगर जुट मिलका मजदूर कर्मचारीहरूले उद्योग सुधारको बहाना बनाएर राणाविरोधी आन्दोलनको थालनी गरे, जुन जुट मिल आन्दोलनका नाउ“ले प्रसिद्ध भयो । यसको नेतृत्व मजदूर नेता गिरिजाप्रसाद कोइरालाले गरेका थिए भने आन्दोलनको सम्पूर्ण योजना बिपी कोइरालाले गरेका थिए । माता दिव्या कोइरालासमेत जुट मिल आन्दोलनमा पक्राउ पर्नुभएको थियो भने बिपीलाई विराटनगरमा पक्रिएर पैदल काठमाडौं ल्याई थुनिएको थियो । स्वतन्त्रता आन्दोलनकै सिलसिलामा पुनः २००५ सालमा बन्दी बनाइएका बिपीले २९ दिन लामो आमरण अनशन गरेर व्यवस्थाको विरुद्धमा आप्mनो अभियानलाई सक्रिय तुल्याएका थिए । २००६ सालमा नेपाली राष्ट्रिय काङ्ग्रेस र नेपाली प्रजातान्त्रिकको एकीकरणपछि स्थापना भएको नेपाली काङ्ग्रेस आजसम्म क्रियाशील नेपालको एक मात्र प्रजातान्त्रिक पार्टी र शक्ति हो, जसमा बिपी कोइराला, किसुनजीजस्ता चिन्तक, गणेशमान सिंहजस्ता साहसी योद्धा, गिरिजाप्रसाद कोइरालाजस्ता सङ्गठकहरूको बलिदानी योगदान गरेको छ । २००६ सालमा गठन भएको नेपाली काङ्ग्रेसले राणाविरुद्ध सशस्त्र आन्दोलन गर्ने भएपछि बिपी कोइरालाले त्यस आन्दोलनको नेतृत्व लिए, फलस्वरूप २००७ सालमा प्रजातन्त्र बहाली भयो । क्रान्तिकारी शक्तिको नेतृत्व गर्दै राजा, राणा र काङ्ग्रेसको संयुक्त सरकारको गृहमन्त्री भएका बिपीलाई राजनीतिक षडयन्त्र गरी २००८ सालमा राजीनामा गर्न बाध्य पारियो । देश र जनताप्रति इमानदार र बफादार बिपी २००९ सालको जनकपुर अधिवेशनबाट पार्टी सभापति भए । २०१२ सालको वीरगञ्ज अधिवेशनले बिपीको समाजवादी नीति पास गरेपछि बिपी प्रजातान्त्रिक समाजवादी आन्दोलनका अगुवा बनेर परिचित हुन थाले । २०१४ सालको भद्र अवज्ञा आन्दोलन सत्याग्रहको सफलता र २०१५ सालको आम निर्वाचनपछि नेपाली काङ्ग्रेसको अत्यधिक ठूलो विजयको नेतृत्व गर्दै बिपी २०१६ साल जेठ १३ गते नेपालको इतिहासमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्न पुगे । काङ्ग्रेसको समाजवादी नीतिलाई कार्यरूप दिने प्रयत्न गर्दागर्दै २०१७ साल पुस १ गते नेपाली काङ्ग्रेसको सरकारलाई समाप्त गरी बिपीलाई जेल हालियो । २०२५ सम्म आठवर्षे कारावासको कठोर घडीमा बिपीले नेपाली साहित्यको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान पु¥याए । २०२५ सालमा जेलबाट छुटेपछि क्यान्सर रोगको उपचारार्थ बेलायत गई फर्केपछि बिपीको दोस्रो निर्वासनमा ८ वर्ष बिताएर २०३३ पुस १६ गते राष्ट्र र राष्ट्रियता खतरामा रहेको महसुस गरी राष्ट्रिय मेलमिलापको नीति लिई नेपाल फर्के पनि तत्कालीन पञ्चायती सरकारले बिपीको राष्ट्रवादी भावनाको अपमान गर्दै बिपीलाई पुनः बन्दी बनायो, विभिन्न मुद्दाहरू लगाएर जेलमै सडाउन खोज्यो । तर, बिपीले आप्mना सबै मुद्दामा आफै बहस गरेर योग्यता, क्षमता र निर्दोषताको परिचय दिए । बिपीको अदालतको बयान विशेष महत्तवपूर्ण दस्तावेजका रूपमा अदालतको इतिहासमा सुरक्षित छ । मुलुकभर चर्किएको प्रजातन्त्र र स्वतन्त्रताप्रेमीहरूको दबाबस्वरूप २०३६ सालमा जनमतसङ्ग्रह भए पनि बहुदलवादीहरूलाई पराजित गरियो । जेजस्तो भए पनि चुनावको परिणामलाई हामी प्रजातन्त्रवादीहरूले स्वीकार्नुपर्छ भनी व्यापक विरोधका बाबजुद पनि बिपीले चुनावको परिणामलाई स्वीकार गरेर हुन जाने अनिष्टबाट देशलाई जोगाए भने पञ्चायती निरङ्कुश शैलीको २०३८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचन बिपीले अस्वीकार गरे । केही साथीहरूले त्यसको समर्थन गरेर गए पनि परिणाम राम्रो भएन । यसरी जीवनको लगभग ६० वर्ष नै नेपाल र भारतको स्वतन्त्रता र प्रजातन्त्रको लडाइ“का निम्ति समर्पित गरेका महान् नायक बिपीको २०३९ साल साउन ६ गते स्वर्गारोहण भयो ।
बिपीको राजनीतिक जीवनको माथि वर्णन गरिएको इतिहास धेरै महत्त्वपूर्ण छ भने बिपीको राजनीतिक निष्ठा, मूल्य र मान्यता एवम् बिपीका राजनीतिक विचारहरू ज्यादै शक्तिशाली एवम् लोककल्याणकारी छन् । बिपी आजीवन आपूm समाजवादी चिन्तन र व्यवहारमा अडिग रहेका व्यक्ति हुन् । बाल्यकालका आर्थिक अवस्था कमजोर भएका समयमा पनि आपूm धैर्यधारण गरी, भरपेट खान नपाउ“दा, खाली खुट्टा एकसरो पातला लुगा लगाएर बनारसका गल्ली चहार्दा वा परिवारको दारुण अवस्थामा पनि जीवनको खास लक्ष्यमा केन्द्रित भएर अघि बढेका बिपी स्वतन्त्रता, समानता, मातृत्व र बन्धुत्वको भावना भएका व्यक्ति हुन् । राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, समाजवादका मूलभूत मान्यताहरूमा सधैं विश्वास गरेर अविचलित रहिरहने बिपीका राजनीतिक विशेषताहरूको बयान निश्चय पनि यहा“ सम्भव हुनेछैन । बिपीका आप्mना केही मान्यता थिए, जसलाई हामी उनका महावाणी वा वैचारिक दर्शन पनि भन्ने गर्दछौं । साम्यवादमा प्रजातन्त्र थपिदिए समाजवाद हुन्छ, समाजवादबाट प्रजातन्त्र झिकिदिए साम्यवाद हुन्छ भनी बिपीले साम्यवाद र समाजवादका बीचमा स्वतन्त्रताको अन्तर छ भनेर गरेको परिभाषा होस् वा राष्ट्रियता माटो होइन, यथार्थमा जनताको सामूहिक भावना हो भनेर राष्ट्रियताको खोक्रो नाराले राष्ट्रियता झल्कि“दैन, बरु त्यसमा जनताको राष्ट्रप्रेमी भावनाको वासना र कदर हुनुपर्छ भनी गरेको व्याख्या होस् बिपीका उच्च विचारका नमूना हुन् । देश निर्माणमा अग्रसर हुन प्रेरित गर्ने बिपीका विचार हुन् वा एकमुठी माटो लिएर सोध्नुहोस् त्यसले जे भन्छ त्यही गर्नुहोस्, भन्ने राष्ट्रवादी नैतिकताका कुरा हुन् बिपीका राजनीतिक आदर्श हुन् । नेपालको सन्दर्भमा राष्ट्रवाद के हो ? समाजवाद के हो ? नेपालको अर्थतन्त्र कस्तो हुनुपर्ने वा नेपालमा कस्तो किसिमको प्रजातन्त्र आवश्यक छ भन्नेसम्मका प्रश्नका यथोचित तस्वीर लिएर हि“ड्ने बिपी निर्भीक राजनेता थिए । मित्रराष्ट्रस“ग आपूm र आप्mनो पार्टीको नभएर राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र र आर्थिक उन्नतिका निम्ति योजना प्रस्तुत गर्ने बिपी पा“च दशक लामो क्रान्तिका अग्ला खम्बा हुन् । राष्ट्रियताविनाको प्रजातन्त्र आवश्यक छैन, प्रजातान्त्रिक समाजवाद लोककल्याणकारी राज्य व्यवस्थाको अवधारणा हो । यसका लागि प्रत्येक व्यक्तिमा इमानदारी, त्याग, कर्तव्यपालन, सिद्धान्त र व्यवहारप्रति आस्थावान् हुनुपर्दछ भन्ने भावनाले प्रेरित बिपीको सङ्घर्षशील जीवन र बिपीका राजनीतिक आदर्शहरू गणतन्त्र स्थापनापछिको वर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनका पर्याय बनेका बिपीको राजनीतिक जीवनका विशेषता र अभियानलाई बुझ्न उनका राजनीतिक विचार र दर्शनको गहिरो अध्ययन र विश्लेषण आवश्यक छ । यहा“ त्यो सबै असम्भव भएकाले यस आलेखमा केवल परिचयको ससानो झलक मात्र प्रस्तुत गर्न सम्भव भएको छ ।
नेपाली साहित्यको आधुनिक काल १९९१ को प्रारम्भस“गै आख्यान विधाबाट साहित्यमा प्रवेश गरेका कोइरालाले आधुनिक नेपाली कथामा मनोवैज्ञानिक कथाधारालाई प्रवेश गराएका हुन् । त्यस्तै आधुनिक नेपाली उपन्यासका क्षेत्रमा वैचारिक उपन्यासकारका रूपमा परिचित कोइरालाले केही कविताहरू पनि लेखेका छन् । दोषी चश्मा (२००६), श्वेतभैरवी (२०३९), कथासङ्ग्रह तीन घुम्ती (२०२५), नरेन्द्र दाइ (२०२७), सुम्निमा (२०२७), मोदिआइन (२०३६), हिटलर र यहुदी (२०४०) र बाबु, आमा र छोरा (२०४५) उपन्यास कोइरालाका प्रकाशित कृति हुन् भने कोइरालाका कविता र अन्य सामग्रीहरू बिपी कोइरालाका छरिएका सामग्रीका नाउ“मा जीवनचन्द्र कोइरालाले सम्पादन गरेका छन् । बिपीका आप्mनो कथा, आत्मवृत्तान्त, जेल जर्नल र फेरि सुन्दरीजलजस्ता आत्मविवरणहरू पनि प्रकाशित भएका छन् । यसरी हेर्दा कोइराला सृजनात्मक क्षेत्रका पनि सशक्त हस्ताक्षरका रूपमा परिचित भइसकेका छन् । मूलतः बिपीको साहित्यिक व्यक्तित्वलाई कथाकार, उपन्यासकार, आत्मकथानक, कवि व्यक्तित्व भनी छुट्टाछुट्टै हेर्न पनि सकिन्छ । साथै कोइरालाले केही नेपाली साहित्यकार र केही साहित्यिक रचनाहरूका साथै आप्mनै रचनाहरूका बारेमा आप्mनो समीक्षात्मक टिप्पणी पनि प्रस्तुत गरेका छन्, जसका आधारमा कोइरालाको समालोचक व्यक्तित्वको पनि परिचय प्राप्त गर्न सकिन्छ ।
बिपी कोइरालाले नेपाली साहित्यमा औपचारिक रूपमा प्रवेश गर्नुपूर्व वि.सं. १९८७ तिरै हिन्दी साहित्यमा लघु कहानीहरू लेख्ने र छपाउने काम गरिसकेका थिए । बनारसबाट प्रकाशित हुने हंस पत्रिकामा बिपीका उहा“, पथिक, अपनी ही तरह प्रकाशित भएका पाइन्छन् भने हिन्दीमा लेखिएको भैया दाइ, विशाल भारत १९८८ र होड हिमाल (२००३) मा प्रकाशित भएका छन् । हिन्दीमा त्यतिखेरै लेखिएका केही कविताहरू पनि छन् भने केही कविताहरू नेपालीमा पनि लेखिएका छन् । शान्तिप्रिय द्विवेदीको प्रेरणाले प्रारम्भमा हिन्दीमा कविता, कहानी लेखेका बिपीको नेपालीमा पहिलोपटक वि.सं. १९९२ को शारदा पत्रिकामा चन्द्रवदन कथा प्रकाशित भएको पाइन्छ । अध्ययन सकेर दार्जिलिङमा गई वकालत गर्ने उद्देश्यले केही समय बसेका बिपीले दार्जिलिङमै रहेका सूर्यविक्रम ज्ञवालीको प्रेरणाले उनकै सम्पादकत्वमा प्रकाशन हुन लागेको नेपाली कथाको पहिलो सङ्ग्रह कथा कुसुम (१९९५) जसमा पुष्करशमशेर, बालकृष्ण सम, गुरुप्रसाद मैनाली र बिपीका कथा सङ्कलित छन् । त्यसमा बिपीका अरू तीनओटा कथा बिहा, शत्रु र सिपाही प्रकाशित भएपछि बिपी आधुनिक नेपाली साहित्यको कथाविधाका संस्थापक, मनोवैज्ञानिक कथाधाराका प्रवर्तक नै भएर देखा पर्दछन् । यसपछि कोइरालाले १९९२–२००६ सम्मका अन्य कथाहरूलाई सङ्कलन गरेर दार्जिलिङबाटै वि.सं. २००६ मा पहिलोपटक दोषी चश्मा कथासङ्ग्रह प्रकाशित गर्दछन् । चन्द्रवदन (१९९२) देखि दोषी चश्मा (२००६) सम्म लेखिएका अत्यधिक कथाहरूको विषय सामाजिक, मनोवैज्ञानिक र नीति चेतना रहेको छ । यी कथाहरूको अध्ययनबाट कथाकार बिपी कोइरालाको प्रवृत्तिगत मूल्याङ्कन वा परिचय दिनुपर्दा उनी मूलतः मनोविश्लेषणवादी, यौनमनोग्रन्थीको चिरफार गर्ने मानिसका सामान्य, असामान्य, यौन र यौनेतर विषयमा कथा लेख्ने मनोविश्लेषणवादी, यथार्थवादी कथाकार हुन् भन्ने निक्र्योल गर्न सकिन्छ । सामान्य नारी यौन मनोविज्ञानको चित्रण गरी लेखिएको चन्द्रवदन, बाल एवम् अनमेल विवाहप्रति व्यङ्ग्य गरी लेखिएको बिहा, पुरुष असामान्य मनोविज्ञान प्रयोग गरी लेखिएको शत्रु, सिपाही मनस्थिति र चरित्रमाथि केन्द्रित भई लेखिएको सिपाही सबै कथा मनोविज्ञानकेन्द्रित छन् र यी सबै कथा प्रसिद्ध छन् ।
वि.सं. २००६ सालसम्म कथा साहित्यमा निकै क्रियाशील रहेको बिपीको साहित्यिक यात्रा औपचारिक रूपमा २०२५ सालसम्म ठप्प हुन्छ । २०१७ सालको राजनीतिक प्रतिबन्धपछि २०२५ सालसम्म कारावास बस्दा बिपीको साहित्यिक जीवन पुनः प्रारम्भ हुन्छ । यसै अवधिमा कोइरालाले ६ ओटा उपन्यास र एउटा कथासङ्ग्रह लेखेको पाइन्छ भने २०२५ सालदेखि २०४५ सालसम्म क्रमशः बिपीका ती कृतिहरू प्रकाशित हुन्छन् । प्रसिद्ध मनोवैज्ञानिक कथाकारका रूपमा मात्र परिचित कोइराला प्रसिद्ध वैचारिक, दार्शनिक, मनोवैज्ञानिक, अस्तित्ववादी एवम् यस्तै अनेक विशेषतासहितका उपन्यासकारका रूपमा पनि परिचित र स्थापित हुन पुग्छन् । लेखनको कालक्रम फरक रहेको भए पनि प्रकाशनको क्रमअनुसार उपन्यासकार कोइराला र ती उपन्यासमा अभिव्यक्त विचारको केन्द्रमा बिपीलाई यसप्रकार चिनाउन सकिन्छ—
तीन घुम्ती (२०२५) बिपीको प्रथम प्रकाशित उपन्यास हो । काठमाडौंको परिवेशमा रचना गरिएको यो उपन्यास नारी पात्रप्रधान छ । इन्द्रमाया भन्ने मूल नारी पात्रले यौवनको समयमा पीताम्बर भन्ने ब्राह्मण युवकस“ग आप्mनै निर्णयमा प्रेम विवाह गरेर प्रवेश गरेको, लोग्नेको बाबु बन्न सक्ने पौरुष क्षमता नरहे पनि लोग्नेको अनुपस्थितिमा रमेश भन्ने युवकस“ग यौन संसर्ग गरेर छोरी जन्माएर आमा बन्ने अधिकार प्राप्त गरेको र राजनीतिक मुद्दामा जेल गएको अवस्थामा परपुरुषसम्मको सहवासबाट जन्मेकी छोरीलाई लोग्नेले स्वीकार गर्न नमानेपछि आमा र नारी अस्तित्वको सुरक्षा गर्ने अडानसहित लोग्नेलाई छाडेर छुट्टै बस्ने निर्णय गरेको यिनै तीनओटा निर्णयलाई तीन घुम्तीको संज्ञा दिई उपन्यासको नाम तीन घुम्ती राखिएको छ । अन्तरजातीय प्रेम विवाह, नारी अधिकार र अस्तित्वलाई प्राथमिकता दिई लेखिएको यो उपन्यासलाई कोइराला स्वयम्ले नारी समस्यालाई सशक्त नारी पात्रका माध्यमबाट दर्साइएको, साहसी, अनुकरणीय काम गर्ने विद्रोहिणी इन्द्रमाया पुरुष पात्रभन्दा उपल्लो तहकी छ । जैविक अस्तित्ववादका सन्दर्भमा हेर्नुपर्ने यौनको शिष्ट प्रयोग भएको कृति मानेका छन् ।
नरेन्द्र दाइ (२०२७) बिपीको प्रकाशनका दृष्टिले दोस्रो उपन्यास हो । तराईको आञ्चलिक परिवेशमा निर्माण गरिएको वा यो उपन्यासमा नरेन्द्र दाइ, उनकी विवाहित पत्नी गौरी, नरेन्द्रकी प्रेमिका मुनरिया र सानो बाबुको अवस्था र मनस्थितिलाई समेटिएको छ । हट्टाकट्टा नौजवान नरेन्द्र दाइलाई उमेर पुगेकी तर शरीर विकसित हुन नसकेकी गौरीलाई बिहे गरिदिएपछि पारिवारिक मनमुटाव प्रारम्भ भएको र नरेन्द्र दाइले आप्mनो उमेर र अवस्था सुहाउ“दी, घरमै काम गर्ने केटी मुनरियालाई लिएर हि“डेपछि परिवारमा उत्पन्न तनाव र विशेषतः विवाहित पत्नी गौरीमा उत्पन्न भएका मनोभावहरूको चित्रण उपन्यासमा गरिएको छ । आप्mनो इच्छाविरुद्ध परिवारले भिराइदिएकी पत्नी गौरीलाई परिवारकै जिम्मा लगाइदिएर आप्mनो छनोटकी मुनरियालाई लिएर बनारस पुगेको नरेन्द्र र मुनरियाका बीचको प्रेम सम्बन्ध पनि त्यति प्रगाढ हुन नपाउ“दै नरेन्द्रलाई क्षयरोग लागेपछि बा“च्ने औचित्य समाप्त भइसकेको नरेन्द्र मुनरियाको जोडबलमा पुनः विराटनगर विवाहित पत्नी गौरीको शरणमा आइपुगेको र रोगी भए पनि आप्mनो पतिलाई आप्mनो साथमा पाएर पतिपरित्यक्ता गौरी अतिशय सुखले विक्षिप्त बन्न पुगेकी गौरीले नरेन्द्रको आगमनपछि सानो बाबुलाई लेखेका पत्रहरूको विवरण प्रस्तुत गरिएको यो उपन्यासलाई बिपीले यथार्थ घटनामा, सत्यतामा आधारित, मानिसको स्वभाव होइन नियति पक्ष बलवान् रहेको, निर्माण पक्ष प्रबल रहेको कृति मान्दै यस कृतिबाट आपूm पूर्णतः सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन् ।
सुम्निमा (२०२७) सांस्कृतिक विषयवस्तुमा आधारित यो उपन्यास नारी पात्रप्रधान रहेको छ । हिन्दू आर्यसभ्यता र संस्कृतिका कट्टर अनुयायी सोमदत्त र पुलोमा अनि अनार्य किरा“त संस्कृतिकी पृष्ठपोषक सुम्निमा प्रमुख पात्र रहेको यो उपन्यासमा आर्य र अनार्य संस्कृतिका बीचको द्वन्द्व देखाएर त्यसमा समन्वयको चाहना राखिएको छ । अनार्य बाला सुम्निमा र कट्टर आर्य ब्राह्मण सोमदत्तको बाल्यकाल एउटै ठाउ“मा स“गै गाईवस्तु चराएर व्यतित भएको, त्यही समय ग्रामीण नग्न बाला सुम्निमाको पहे“लो शरीरको सौन्दर्य र उसको प्राकृतिक स्वभाव भौतिक देहवादी जीवनवादी चिन्तनबाट आपूmलाई पृथक् राखेर इन्द्रिय दमनको कठोर अनुष्ठान सम्पन्न गरी आत्मसाक्षात्कार गर्न तल्लीन सोमदत्तको आध्यात्मिक आत्मवादी चिन्तनका बीचको द्वन्द्वले उपन्यासमा गति पाएको छ । सुम्निमाबाट टाढिएर आत्मचिन्तनमा लागेको सोमदत्तको मनमस्तिष्कमा सधैं सुम्निमा नामको विम्ब बस्न गई सोमदत्त योग र निष्ठामा विफल बनेको छ भने सोमदत्तको तस्वीर मनमा पालेर अर्कैस“ग बिहे गरी बसेकी सुम्निमा पनि मनले सुखी रहन सकेकी छैन । यस्तै नियम र निष्ठामा कट्टर पुलोमा र सोमदत्तको वैवाहिक जीवन र पुत्रेष्ठी कर्म असफल भएपछि सुम्निमाको मानव देहलाई जगाउने मनुवादहको उपचार र पुलोमाभित्रको मानस विम्ब भिल्ल युवकस“गको ती दुईको सहवासबाट इन्द्रिय सुख र सन्तान प्राप्त गरेका सोमदत्त र पुलोमाको नैष्ठिक जीवन सुखी रहन सक्दैन । भौतिक जीवनप्रतिको उनीहरूको वितृष्णाले उनीहरूको सबै कर्म विफल भएका सोमदत्त र पुलोमा अनि अर्कोतिर मनले सुखी रहन नसकेकी सुम्निमाको जीवनका अवस्थाहरूलाई देखाएर आध्यात्मिक र भौतिक अतिवादी चिन्तन सफल जीवनका बाधक हुन् भन्ने सन्देश यो उपन्यासको विषयवस्तुले प्रवाह गरेको छ ।
मोदिआइन (२०३६) पौराणिक महाकाव्य महाभारतको भीष्म पर्वको कथालाई आधार बनाएर लेखिएको यो उपन्यासमा उपन्यासका लेखक ९÷१० वर्षको बालक छ“दा भारतको दरभङ्गामा भेट भएकी मोदिआइनले कुरुक्षेत्रको युद्धका बेला आप्mनो प्राण प्याराहरूलाई गुमाएका स्वजनहरूमध्येकी मोदिआइन, उसको पहिलो जन्म मछुवारिन र त्योभन्दा पहिलो जन्मकी नारीले आपूmले भोगेको घटना भन्दै कुरुक्षेत्रको युद्धको बयान सुनाएको घटनालाई विषय बनाइएको छ । विशेषतः कौरव र पाण्डवहरूको अंशबन्डासम्बन्धी समस्याले उब्जाएको युद्धको अवस्थामा पाण्डवहरूको पक्षमा लागेका भगवान् श्रीकृष्णले आप्mना स्वजन र बन्धुबान्धवलाई मार्ने युद्ध गर्न चाहन्न भनी पछि हट्ने मानव स्वभावका अर्जुनलाई युद्ध गर्नैपर्ने निर्देशन दिन कर्मयोगको उपदेश र आप्mनो विराट रूपको दर्शन गराएर उत्तेजित गराउने श्रीकृष्णप्रति यो उपन्यासमा कटाक्ष गरिएको छ । मानिस देवता पनि होइन र पशु पनि होइन । मानिस मानिसकै तहमा बस्नुपर्छ र मानव संहारजस्तो अमानवीय कर्मले मानव अस्तित्व सङ्कटमा परेकाले महाभारतको युद्ध शान्ति र मानवताको निम्ति कलङ्क हो भन्ने निष्कर्ष यो उपन्यासको रहेको छ । त्यसैले ठूलो मानिस होइन असल मानिस बन भन्ने सन्देश प्रवाह गर्ने यो उपन्यासलाई बिपीले मानवताको पक्षमा लेखिएको, परम्परागत सोचाइभन्दा अलग प्रकारले विषयवस्तुलाई उठाइएको आप्mना सबै कृतिहरूमध्ये सबभन्दा बढी रुचाएको प्रतिक्रिया दिएका छन् ।
हिटलर र यहुदी (२०४०) यो उपन्यास लेखकको युरोप यात्रा विवरणमा आधारित छ । क्यान्सर रोगको उपचारको निम्ति पहिलोपटक भारत र दोस्रोपटक बेलायत जाने क्रममा कलकत्ताबाट पानीजहाज चढेर ११ दिनसम्म यात्रा गरी लन्डनमा उपचार गरेर फर्किने क्रममा बर्लिन, हानोवर हु“दै इजरायलको निम्ति उड्ने समयसम्मको विवरण यसमा समेटिएको छ । मूलतः दोस्रो विश्वयुद्धको दुष्प्रभाव, मानवतामाथि भएको डरलाग्दो प्रहार र त्यसले यहुदीलगायत संसारभरका मानिसले भोगेको युद्धको पीडालाई केन्द्रबिन्दु बनाएर युद्ध र हिंसा चाहे त्यो धर्म र कर्तव्यको नाउ“मा भएको कुरुक्षेत्रको युद्ध होस् या राष्ट्र र जातिको नाउ“मा भएको दोस्रो विश्वयुद्ध होस् दुवै निन्द्य छन् । मानवताको संरक्षणका खातिर यस्ता हिंसा र अमानवीय कर्मको विरोध गर्नुपर्छ, असहमति जनाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्ने यो उपन्यासलाई कोइरालाले दोस्रो विश्वयुद्धपछि देखा परेका विभिन्न द्वन्द्वात्मक पक्ष, वैचारिक विविधता र हिटलरले आपूmलाई सानो ईश्वर सम्झि“दा भएको नागरिकको बिचल्लीलाई चित्रण गरिएको मानवताकै पक्षमा लेखिएको उपन्यास भनेका छन् ।
बाबु, आमा र छोरा (२०४५) यो कोइरालाको पछिल्लो प्रकाशित उपन्यास हो । सामाजिक जीवनकै विषयवस्तुमा लेखिएको यो उपन्यासमा हाम्रो समाजमा हुने विवाह र प्रेमसम्बन्धी घटनाहरूलाई उठाइएको छ । बनारसमा पढ्दै गरेकी २१ वर्षजतिकी युवती उमा जसले आप्mनै उमेरको शिव बस्नेतस“ग प्रेम विवाह गरी गर्भवती पनि भइसकेकी थिई, उसको बाबु, आमाको आग्रह र जिद्दीमा आपूmभन्दा दोब्बर उमेरको दोस्रो विवाहको प्रौढ पुरुषस“ग विवाह हुन्छ । संयोगले उक्त पुरुष आप्mनै प्रेमी शिवको विदुर बाबु रहेको र पत्नीका रूपमा घर भित्रिएको उमा मनले, प्रेमले, भावनाले छोराकी प्रेमिका र व्यवहारले बाबुकी पत्नी बनेर बस्नुपरेको अनौठो घटनामा यो उपन्यास संरचित छ ।
बिपीले आपूm र समाजप्रति सधैं न्याय गर्ने उद्देश्य राखेका छन् । आप्mना बारेमा उठ्ने भ्रमहरूलाई निराकरण गर्न सकियोस्, सकेसम्म आप्mनो जीवनीबारे सबैले जानकारी प्राप्त गर्न सकून् भन्ने उद्देश्यले नै सायद बिपीले आप्mनो कथा (२०४०), जेल जर्नल (२०५४), आत्मवृत्तान्त (२०५५) र फेरि सुन्दरीजल (२०६५) मा प्रकाशित आप्mनो जीवनी र दिनचर्या बारेका यावत् कुराहरू लेखेका हुनुपर्दछ । आपूmलाई नढा“टेर, नलुकाएर सरल भाषामा जीवनका महत्त्वपूर्ण मात्र होइनन्, सामान्य कुराहरूसमेत लेखेर अभिलेख राख्ने बिपीको यो विधातर्फको लेखनलाई साहित्य, राजनीति र समाजसेवातर्फको संयुक्त अभिव्यक्ति मान्न सकिन्छ ।
बिपी कोइरालाका छरिएका सामग्री (२०५८) यो कृति जीवनचन्द्र कोइरालाले सङ्कलन र सम्पादन गरेका हुन् । धेरै परिश्रम गरी तयार गरिएको यस कृतिमा बिपी कोइरालाका विभिन्न सामग्रीहरू सङ्कलन गरिएको छ । विभिन्न पत्रपत्रिकाहरूका निम्ति विभिन्न व्यक्तिहरूलाई दिएका ११ ओटा महत्त्वपूर्ण एवम् चर्चित अन्तर्वार्ताहरू, नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा लेखिएका २२ ओटा लेख, निबन्ध, संस्मरण र कथा, नेपाली भाषाका १२ ओटा र हिन्दी भाषाको एउटा कविता, बिपीका टिप्पणी, शुभकामना, सन्देश र मन्तव्य २३ ओटा, बिपीले विभिन्न व्यक्तिलाई लेखेका चिठीहरू २८ ओटा, बिपी कोइरालालाई नेपाली, हिन्दी र अङ्ग्रेजीमा लेखिएका चिठी ६ ओटा र बिपीले व्यक्त गरेका विभिन्न विचारोत्तेजक मन्तव्यहरू २१ गरी जम्मा १ सय २४ ओटा दुर्लभ सामग्री सङ्कलन गरिएको छ । यस ग्रन्थबाट बिपीको अन्तर्वार्ताकार, निबन्धकार, कवि, समालोचक, पत्र लेखक र वैचारिक लेख लेख्ने व्यक्तित्वको परिचय प्राप्त गर्न सकिन्छ । विशेषतः प्रकाशमा आउन नसकेका बिपीका विभिन्न व्यक्तित्वको परिचय प्राप्त गर्न र बिपीबारेको समग्र जानकारी राख्न यो ग्रन्थमा संलग्न गरिएका बिपीका सामग्री निकै नै उपयोगी छन् ।
विश्वेश्वरप्रसाद कोइरालाको जीवनी र व्यक्तित्वबारे भएका धेरै अध्ययन र अनुसन्धानहरूले विभिन्न कोणबाट प्रकाश पार्ने काम गरिरहेको यस परिप्रेक्ष्यमा एउटै आलेखमा सकेसम्म सबै पक्षलाई समेटेर प्रयासमा यो लेख तयार पारिएको हो । बिपीको बहुआयामिक व्यक्तित्वका मूलभूत कुराहरू समेटिऊन् भन्ने उद्देश्य राख्दा यो विवरण परिचयात्मक मात्र बन्न सकेको छ । बिपीबारेका जिज्ञासु पाठकहरू र नया“ पुस्ताका अध्येताहरूले सङ्क्षेपमै भए पनि केही जानकारी प्राप्त गर्न सक्लान् भन्ने विश्वास लिइएको छ । बिपीको जीवन बाल्यकाल, शिक्षादीक्षा, राजनीतिक र साहित्यिक व्यक्तित्वबारे विभिन्न स्रोतबाट प्राप्त जानकारीहरूको विवरण दिने प्रयत्न गरिएको यस लेखमा स्रोतको अभाव, जानकारीको कमी वा अन्य विभिन्न कारणले छुट्न गएका विषयहरू स्वीकारयोग्य छन् र रहनेछन् । 
माथि वर्णित विभिन्न क्षेत्रमा बा“डिएर विस्तृत भएको बिपीको व्यक्तित्वका आयामहरूले जननायक कोइरालाको विशिष्ट योगदान र नेपाली राष्ट्रिय जीवनमा बिपीको योगदानको सुस्पष्ट परिचय दिन्छन् । राजनीतिमा प्रजातान्त्रिक समाजवाद र साहित्यमा अराजकतावादी जीवन दृष्टि र दर्शनलाई आत्मसात् गरेका बिपी नेपाली राजनीतिक र साहित्याकाशका चम्किला तारा हुन् । विपरीत धर्म र स्वभाव रहेका दुई पृथक् विधा क्षेत्रमा एकअर्काप्रति समान न्याय गर्दै निर्माण भएको बिपीको व्यक्तित्व नेपालको सन्दर्भमा ज्यादै महत्त्वपूर्ण रहेको छ । हिजो बिपीलाई गाली गरेर नथाक्नेहरू आज आएर उनको विचारका समर्थक बन्दै गएका छन् भने नेपाली साहित्य र राजनीतिमा उनको अभाव बोध गरिरहेका छन् । सा“च्चै एउटा राजनेता र कुशल शब्दशिल्पी हुन त्यति सजिलो छैन, जुन कुरा बिपीको जीवनी, उनको राजनीतिक दर्शन र साहित्यिक विचारहरूले पुष्टि गरेका छन् । बिपी जन्मशताब्दी मनाइरह“दा हामी बिपीका योगदानको बयान त गर्दै छौं त्यसका साथमा बिपीको सिद्धान्त, आदर्श, निष्ठा र विचारका सच्चा अनुयायी बनेर सबै कुरालाई व्यवहारमा रूपान्तरण गर्न सकेको खण्डमा वास्तवमा बिपीप्रति सच्चा श्रद्धाञ्जलि दिएको ठहरिनेछ । बिपी जन्मशताब्दीको अवसरमा हुने विभिन्न कार्यक्रमले बिपीको व्यक्तित्वबारे थप प्रकाश पार्ने नै छन् । नेपाली राजनीति र साहित्यका शिखरपुरुष बिपी कोइरालाप्रति शब्दश्रद्धा प्रकट गर्दछु ।
 
–अजबष्किभवभभ२थबजयय।अयm
 
राष्ट्रिय जीवनमा बिपी कोइरालाको स्थान
–विश्वराज ढुङ्गाना
परित्राणाय साधूनाम् विनाशाय च दुष्कृताम् ।
धर्म संस्थापनार्थाय सम्भवामि युगे युगे ।।
(श्रीमद्भगवद्गीता, अध्याय–४, श्लोक– ८)
श्रीमद्भगवद्गीतामा अर्जुनलाई न्यायका लागि युद्धमा सरिक हुन उत्प्रेरित गर्दै भगवान् श्रीकृष्ण भन्नुहुन्छ, ‘सज्जनको संरक्षण र दुष्टको दमन गर्न समाजमा समयसमयमा म (लोककल्याणकारी शक्ति) अस्तित्वमा आउ“छु ।’ 
अत्याचारीहरूबाट लोकलाई जोगाउन लोकोपकारी व्यक्तिहरू इतिहासको लामो कालखण्डमा समयसमयमा जन्म लिन्छन् र आफ्नो दायित्व निर्वाह गर्छन् । नेपालको परिप्रेक्ष्यमा विश्लेषण गर्दा हिन्दुस्तानलाई पूरै कब्जामा राखेको अङ्ग्रेजले नेपालमाथि आ“खा गाड्न थालेको अवस्थामा नेपालको स्वतन्त्रता जोगाउने अभिभारा पृथ्वीनारायण शाहले लिन्छन् र राष्ट्रनिर्माताको गौरव प्राप्त गर्छन् । पछिल्लो कालखण्डमा नेपालको स्वतन्त्रता जोगाउन मुख्तियार (प्रधानमन्त्री) भीमसेन थापाको योगदान कदरयोग्य मानिन्छ । उनीपछि पुनः अस्तव्यस्त हुनपुगेको नेपाललाई साहस, धुत्र्याइ“ र कूटनीतिले सम्हाल्ने जङ्गबहादुर राणाले निहित स्वार्थले प्रेरित भई पारिवारिक उत्तराधिकारमा शासन चलाउन पाउने व्यवस्था गरेपछि उनको महानता कलङ्कित हुन्छ । तिनै जङ्गबहादुरका भाइभतिजा खलकको क्रूर चरित्रको जहानिया“ शासन नेपाली जनताको भलाइमा भन्दा सत्ता जोगाउने षडयन्त्रमूलक गतिविधिमा मात्र केन्द्रित रहन्छ । आफ्ना विरोधीलाई दमन गरेर जनतालाई सबै किसिमको नागरिक अधिकारबाट वञ्चित गर्ने राणाहरूको स्वेच्छाचारी शासनबाट उन्मुक्ति चाहने विद्रोही युवा टङ्कप्रसाद आचार्यको नेतृत्वमा गठित ‘प्रजा परिषद्’ आफ्नो गतिविधि राम्ररी विस्तार गर्न नपाउ“दै कठोर दमनको शिकार बन्दछ । चारजना युवा शहीद बनाइन्छन् । अन्य धेरै तरुणहरू जेलनेलको कठोर यातना भोग्न बाध्य हुन्छन् । त्यसपछि राणाशासन जनजागरणको भूकम्पीय प्लेटमा आसीन हुन पुग्छ । जनाधिकार दमन गर्ने पाशविक शैलीले तत्कालीन शासकको अवश्यम्भावी पतनको दिशानिर्देश गर्दछ । त्यस घटनाले देशभरि राणाविरोधी सन्देश प्रवाह गर्छ । राणाको दरबारवरिपरि विद्रोहीको जन्म हुन थालेको अवस्थाले देशभित्र र बाहिर निकै ठूलो राजनीतिक तरङ्ग उत्पन्न हुन्छ । 
हिन्दुस्तानमा गान्धीजीको नेतृत्वमा स्वराज आन्दोलन उत्कर्षमा हुन्छ । हिन्दुस्तानका क्रान्तिकारीहरूस“ग सहभागी भई काम गरेका र तिनीहरूका निकट सम्पर्कमा रहेका बनारसमा पढ्ने नेपाली विद्यार्थीहरू आततायी राणाशासनबाट जनतालाई मुक्ति दिलाउने सङ्घर्षको अगुवाइ गर्न अग्रसर हुन्छन् । ती तरुणहरूमध्ये प्रमुख हुन्— विश्वेश्वरप्रसाद कोइराला अर्थात् बिपी कोइराला ।
बिपी कोइराला हिन्दुस्तानका आन्दोलनकारीहरूको सङ्गतमा परेर सं १९३० मा केही समय जेल परेबापत बनारसमा महात्मा गान्धी र नेहरूलाई अभिनन्दन गरिएको मञ्चमा सम्मानित हुन्छन् । त्यसबेलादेखि नै उनी गान्धीजीप्रति आस्थावान् बनेका हुन् । मानवको उद्धारको बाटो अन्ततोगत्वा गान्धीवादमै छ भन्नेमा उनलाई जीवनको उत्तराद्र्धकालमा पनि सन्देह रह“दैन । सं. १९४२ मा भारतीय समाजवादी पार्टीको सक्रिय सदस्य भएका कारण उनी पुनः हिन्दुस्तानको जेलमा थुनिन्छन् । जेलमा छ“दा उनको डा. राजेन्द्रप्रसाद, जयप्रकाश नारायण आदि शीर्षस्थ भारतीय नेताहरूस“ग मित्रता विकास हुन्छ । जेलबाट निस्केपछि उनलाई नेपालमा पनि राणाशासकको विरुद्ध क्रान्ति गर्ने आधार तयार हुन लागेको अनुभव हुन्छ । त्यसपछि उनी नेपालमा महाराजाधिराजको वैधानिक नायकत्वमा उत्तरदायी शासन स्थापना गर्ने उद्देश्यले हिन्दुस्तानमा रहेका नेपालीहरूलाई एउटा राजनीतिक सङ्गठन बनाउन भेला हुनका लागि ‘द सर्चलाइट’ पत्रिकामार्फत आह्वान गर्छन् । त्यही आह्वानपछि कलकत्तामा नेपाली राष्ट्रिय काङ्ग्रेस पार्टीको स्थापना हुन्छ । त्यस पार्टीको सभापति नेपालको जेलमा रहेका ‘प्रजापरिषद्’का अध्यक्ष टङ्कप्रसाद आचार्यलाई बनाइन्छ । बिपी कोइराला त्यस पार्टीको कार्यवाहक सभापति बनी काम गर्न थाल्छन् । त्यसपछि क्रान्तिका स्वप्नद्रष्टा कोइराला नेपालभित्र पार्टीको सङ्गठन बढाउन लागिपर्छन् । उनी अन्तर्राष्ट्रिय सम्पर्क बढाउन तथा सशस्त्र क्रान्तिका लागि हतियार जुटाउन म्यानमार (बर्मा) पनि पुग्छन् । वि.सं. २००४ मा भएको विराटनगरको मजदूर हडताललाई उनी नेपाली भूमिमा राणाविरोधी क्रान्तिको बीजारोपण गर्न उपयोग गर्छन् । उनको सुझबुझपूर्ण नेतृत्व जनमानसमा आत्मबल पैदा गर्न सफल हुन्छ । काठमाडौंमा पार्टीको सङ्गठन गर्न जा“दा पक्राउ परी २९ दिनको ऐतिहासिक अनशनपछि हिन्दुस्तानी नेताहरूको दबाबमा राणाशासकबाट जेलमुक्त गरिन्छन् । उनको अनशनले देशभित्र र बाहिर पनि राणाशासन हटाउन उनको नेतृत्वको अपरिहार्य प्रमाणित गर्दछ । 
नेपालबाट राणाशासन हटाउने लक्ष्य राखी हिन्दुस्तानमा खुलेको अर्को पार्टीस“ग पनि एकता गरी नेपाली काङ्ग्रेस पार्टी जन्माउन बिपी कोइरालाको प्रयासले सं. १९५०, अप्रिल ९ मा सार्थकता पाउ“छ । नेपाली काङ्ग्रेसले सं. १९५० को सेप्टेम्बर महिनामा विहारको बैरगनियामा भएको अधिवेशनपछि नेपालमा सशस्त्र क्रान्तिको बिगुल फुक्छ । पार्टीको सभापति एवम् क्रान्तिको डिक्टेटर पदमा मातृकाप्रसाद कोइराला स्थापित गरिए पनि क्रान्ति सम्पन्न गर्ने नेतृत्वदायी भूमिका बिपीकै का“धमा हुन्छ । सुवर्णशमशेरस“ग मिलेर उनी त्यो अभिभारा सफलतापूर्वक पूरा गर्छन् । दिल्लीमा हिन्दुस्तानका प्रधानमन्त्री जबाहरलाल नेहरूको अग्रसरतामा निर्वासित राजा श्री ५ त्रिभुवन, तत्कालीन प्रधानमन्त्री मोहनशमशेर ज.ब.रा. र काङ्ग्रेसको बीचमा क्रान्तिलाई टुङ्ग्याउने सम्झौता हु“दा बिपीको राय लिइ“दैन । नेपालको एक क्रान्तिकारी नायकलाई पर्दापछाडि राख्ने बैरगनियादेखि शुरु भएको कटुखेलले निरन्तरता पाउ“छ । २००७ साल पmागुन ७ गते शाही घोषणाद्वारा क्रान्तिले विश्राम पाएपछि गठित सरकारमा उनी गृहमन्त्री बनाइन्छन् । तत्कालीन तरल राजनीतिक अवस्थामा राणापक्षको विरोध, आफ्नै पार्टीका सभापतिको प्रत्यक्ष असहयोग र हिन्दुस्तानको दबाबबाट दिक्क भएर उनी मन्त्रीपदबाट राजीनामा गर्छन् । २००८ सालमा निर्वाचनद्वारा पार्टी सभापतिमा छानिएपछि उनी नेपाली काङ्ग्रेसका औपचारिक नेता बन्छन् । संविधानसभाको निर्वाचन हुनुपर्ने उनको अडानले अपेक्षित समर्थन नपाएपछि नेपाल अधिराज्यको संविधान, २०१५ अनुसार भएको आमनिर्वाचनपछि बिपी कोइरालाले प्रधानमन्त्री बन्ने अवसर पाउ“छन् । लगभग १७ महिनाको उनको प्रधानमन्त्रीत्व बहुपक्षीय रूपले सफल तथा चर्चायोग्य मानिन्छ । प्रधानमन्त्री पदमा कार्यरत रह“दा उनको उच्च अन्तर्राष्ट्रिय छवि प्रकाशमान हुन्छ, उनी लोकप्रिय हुन्छन् । तिनै बिपी कोइराला प्रधानमन्त्री भएकै अवस्थामा तत्कालीन महत्त्वाकाङ्क्षी राजा श्री ५ महेन्द्रबाट सैन्यबलद्वारा २०१७ साल पुस १ गते अपदस्थ गरिन्छन् । यसरी निःस्वार्थ भावले नेपालीको उन्नतिको कामना राख्ने व्यक्तित्व मात्र जेल पर्दैन, नेपालको भविष्य र लोकतन्त्र नै नजरबन्दमा पर्दछ । 
८ वर्ष लामो कारावासबाट मुक्त भएपछिको उनको अरू ८ वर्षको समय हिन्दुस्तानमा रहेर विविध राजनीतिक गतिविधिमा संलग्न भई बित्छ । उनी २०३३ साल पुस १६ गते एकता र मेलमिलापको नीति अवलम्बन गर्ने वक्तव्य जारी गरेर नेपाल प्रवेश गर्छन् । २०३६ सालमा विद्यार्थी आन्दोलनको राप, नेपाली जनतामा गुम्सिएको जागरणको ताप र बिपी कोइरालाको मेलमिलापको नीतिको प्रकाशमा परेर राजाबाट गरिएको जनमतसङ्ग्रहमा बहुदल पक्ष पराजित हुन्छ । पञ्चायत पक्षको कपटपूर्ण जितलाई स्वीकार गरेर उनी जनमतसङ्ग्रहजस्तो प्रजातान्त्रिक अभ्यासलाई मर्यादा गर्छन् । २०३९ साल साउन ६ गते जीवनलीला त्याग्नुपूर्व उनी नेपालमा एकता र मेलमिलापको नीतिलाई पार्टीको मूल एजेन्डा बनाउन अनवरत प्रयास गर्छन् । 
नेपालका एक क्रान्तिकारी, स्वप्नदर्शी, लोकतन्त्रका पुजारी, प्रजातान्त्रिक समाजवादका अनुयायी, संवैधानिक राजतन्त्रका प्रबल समर्थक तथा अविश्राम योद्धा बिपी कोइरालाको बहुआयामिक व्यक्तित्वको विश्लेषण गर्दै निम्न बु“दाहरूका आधारमा उनको जीवनदर्शन, सिद्धान्त दृष्टिकोण, चरित्र, व्यवहार र कार्यलाई निरूपण गरिन्छ— 
पारिवारिक अवदानबाट संस्कारित विद्रोही 
तत्कालीन समाजद्वारा ‘पिताजी’का रूपमा मर्यादित कृष्णप्रसाद कोइरालाको उदार एवम् आदर्श चरित्रले पुत्र बिपी कोइरालालाई प्रभाव पारेको छ । मर्यादित र व्यवस्थित पारिवारिक जीवन व्यतीत गरिरहेको अवस्थामा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरलाई गरीब नेपाली जनताको झुत्रो लुगाको चिनो पठाएको आरोपमा सपरिवार कठोर निर्वासनमा रहन बाध्य पारिएका पिताजीले कस्तै दुःखमा पनि आचार र दायित्व निर्वाह गरेर दिएको शिक्षा बालक बिपी कोइरालाको भावी चरित्र निर्माण गर्ने आधार बनेको हो । बिपीमा सुविधाभोगी जीवनभन्दा स्वाभिमानयुक्त कर्तव्यमुखी जीवन बा“च्नयोग्य हुन्छ भन्ने छाप परिवारकै कारणले परेको देखिन्छ । हिन्दुस्तानमा रह“दा भारतीय काङ्ग्रेसको सक्रिय सदस्य बनेका पिताजीबाट प्रेरणा पाएर उनी राजनीतिलाई कर्मक्षेत्र बनाउन उत्साहित भएका हुन् । नेपाल फर्केपछि जेलमा नै मृत्युवरण गरेका पिताजीको बलिदान उनमा विद्रोही सचेतना विनिर्माण गर्न सहयोगी बनेको परिलक्षित हुन्छ ।
क्रान्तिधर्मी व्यक्तित्व
२००३ सालमा विराटनगरको जुटमिलमा कार्यरत मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला आदिको अगुवाइमा मजदूरहरूद्वारा गरिएको हडतालको नेतृत्व बिपी कोइराला स्वयम् लिन्छन् । व्यापक जनताको समर्थन पाएको त्यो हडताल एक आन्दोलनमा रूपान्तरित हुन्छ । अनि स्वदेशमा पनि उनको नेतृत्व स्वीकारिने आधार तयार हुन्छ । हडताल साम्य भएपछि उनलाई पक्राउ गरी सैनिक नियन्त्रणमा अन्य साथीहरूसहित हि“डाएर काठमाडौं लगिन्छ । त्यो लामो यात्रा गर्दा उनी बाटामा भेट्न आएका गाउ“ले जनतामा जागरण पैदा गर्ने प्रयत्न गर्छन् । महात्मा गान्धीको साबरमतीदेखि दान्डीसम्मको यात्राले पैदा गरेको राजनीतिक तरङ्गको महत्त्व बुझेका बिपी कोइराला यात्राअवधिभरि भेट्न आएका जनतामा आत्मबल तथा विद्रोही संस्कार जागृत गर्न कुनै कसर बा“की राख्दैनन् ।
सङ्गठन गर्न लुकेर जा“दा बिपी काठमाडौंमा पक्राउ पर्छन् । कठोर बन्दीगृहमा बस्ने क्रममा अनशन बसेको कुरा उनले गुप्त रूपले बाहिर सूचना प्रवाह गर्न सफल हुन्छन् । फलस्वरूप हिन्दुस्तानी नेताहरूबाट उनलाई मुक्त गर्न राणाशासकलाई दबाब पर्छ र उनी जेलमुक्त हुन्छन् । उनको राणास“ग आमने सामने भएर टक्कर लिने साहसले विद्रोहीहरूको आत्मबल बढ्छ । प्राणको बाजी राखी उनले निर्भीकतापूर्वक गरेको सङ्घर्ष जनतामा क्रान्तिचेत पैदा गर्न भने अकथनीय रूपले उपलब्धिपूर्ण हुन्छ । 
क्रान्तिविना नेपालमा जनउत्तरदायी शासन स्थापना गर्न नसकिने यथार्थ उनलाई पहिले नै अवगत हुन्छ । २००७ साल असोजमा भएको नेपाली काङ्ग्रेसको बैरगनिया अधिवेशनको निर्णयलाई कार्यान्वयन गर्न पार्टीको मुख्य जिम्मेवार नेता बनेर उनी तत्काल सशस्त्र क्रान्तिको तयारीमा जुट्छन् । क्रान्तिका लागि हतियार जुटाउने तथा सङ्घर्षमा लडाकू र कार्यकर्तालाई परिचालन गर्नु उनको प्रमुख जिम्मेवारी बन्दछ । नेपालको पूर्वीमोर्चाको सफलताले एकातिर उनको प्रतिष्ठा चुलिन्छ भने अर्कातिर राणशासकको मनोबल तिरोहित हुन्छ । युद्धमोर्चामा निरन्तर सफल हु“दै गएको अवस्थामा एकाएक क्रान्ति समापन गरिएको खबर सुन्दा युद्धभूमिमा रहेका बिपी मर्माहत बन्छन् । क्रान्तिबाट जेजति उपलब्धि प्राप्त भएको हो, त्यसैलाई स्वीकार गर्नुको विकल्प नदेखेर मात्र सम्झौताप्रति उनी नरम बनेका हुन् । 
२०२५ सालमा जेलमुक्त भएर हिन्दुस्तानमा बस्न थालेका बिपीको मनमा लोकतन्त्रको अपहरण गरेर राजाले विश्वासघात गरेको पीडा आलो हुन्छ । क्रान्तिप्रतिको विश्वास उनको हृदयमा जरा गाडेर बसेको हुन्छ । उनी लोकतन्त्रप्रति समर्पित युवापुस्ताको विश्वासमा पुनः नेपालमा सशस्त्र क्रान्ति गर्नु आवश्यक ठान्छन् । पार्टीका भावी नेतृत्व लिन सक्ने युवा दललाई ओखलढुङ्गाको असफल अभियानमा उत्पे्ररित गर्दा चुकाउनुपरेको मूल्य भने सङ्घर्षशील कोइरालालाई निकै मह“गो गर्छ । त्यसपछि उनी आफ्नो सशस्त्र क्रान्तिसम्बन्धी चिन्तनलाई मनोवैज्ञानिक युद्धमा रूपान्तरण गर्दछन् । तर, उनको हृदयमा क्रान्तिचेत अजर र अमर रूपमा रहेको हुन्छ । स्वदेश फर्केपछि आफूमाथि लगाइएका मुद्दामा स्वयम् प्रतिरक्षा गर्दै उनले देशभित्र मृत्युदण्ड हुन सक्ने सातओटा मुद्दाहरूमा न्यायालयमा अतुलनीय साहसका साथ दिएको ऐतिहासिक बयानमा एउटा क्रान्तिकारी नेताको उत्तरदायित्व र धर्म दृष्टिगोचर हुन्छ ।
बिपीले सत्तामा रहेर लोककल्याणकारी कार्य गर्ने मौका पाएको भए नेपाल र नेपालीको मुहार फेरिने थियो भनी विश्वास गर्न सकिन्छ । तर, नियतिले उनलाई त्यो काम गर्ने अवसर दि“दैन । सत्तासीनस“गको निरन्तरको द्वन्द्वले उनलाई एक सदाबहार विद्रोही नेताको पहिचान प्राप्त हुन्छ । उनको राजनीतिक दृष्टि भने सत्ताभन्दा धेरै टाढा हु“दैन । तर, उनी लोकतान्त्रिक मूल्य र मान्यतालाई कुल्चेर सत्तामा रमाउन तत्पर हु“दैनन् । उनले क्रान्तिको व्याख्या गर्दा प्रजातन्त्रप्रतिको आफ्नो आस्था र विश्वासमा रत्तिभर आ“च आउन दिएका छैनन् । उनी गान्धीझैं सत्यलाई न्याय र झूटोलाई अन्यायको प्रतीक मान्छन् । सत्यको मुख बन्द गरिने समाजमा झुटो प्रोत्साहित हुन्छ अर्थात् अन्यायको बोलवाला बढ्छ भन्ने उनको मान्यता हुन्छ । उनको धारणाअनुसार जुन समाजमा शान्तिपूर्ण वा वैधानिक प्रक्रियाले परिवर्तन ल्याउन सकि“दैन, जहा“को सरकार दमनकारी छ, त्यहा“का जनतालाई आफ्नो मौलिक अधिकार प्राप्तिका लागि प्रजातान्त्रिक व्यवस्था स्थापना गर्न क्रान्ति गर्ने अधिकार छ । क्रान्तिबारेको उनको व्याख्या कति जीवन्त छ  π उनी जनतालाई न्याय सुलभ रूपमा प्राप्त हुनुपर्ने ठान्छन् र कानून बनाउने कार्यमा जनप्रतिनिधिको भूमिकाको अनिवार्यतालाई महत्त्व दिन्छन् । यसरी न्याय र प्रजातन्त्रलाई अन्योन्याश्रित ठान्ने जनपक्षीय सोचले उनलाई निष्ठावान् क्रान्तिकारी प्रमाणित गरेको छ ।
नेपाली काङ्ग्रेसका नेता तथा मेलमिलाप नीतिका प्रवर्तक 
नेपाली काङ्ग्रेस जन्माउन बिपीको परिश्रम निणार्यक रूपले फलदायी सिद्ध हुन्छ । यद्यपि, क्रान्तिकालमा उनी पार्टीको शीर्ष नेतृत्वमा हु“दैनन् । क्रान्तिपछि भने उनको नेतृत्व चुनौतीविहीन बन्दछ । उनी नेपाली काङ्ग्रेसका निर्विवाद नेता हुन्छन् । पार्टीको नीति निर्धारणमा उनको विचारको अमिट छाप परेको देखिन्छ । नेपाली काङ्ग्रेसको २०१२ सालमा भएको वीरगञ्ज महाधिवेशनमा समाजवादी अर्थनीति अवलम्बन गर्नुमा बिपीकै नेतृत्वको प्रभावकारिता हो । यद्यपि, त्यस महाधिवेशनपछि एक अवधि मात्र उनी स्वेच्छाले सभापति पदमा रह“दैनन् । उनी आफ्नो विचारलाई सामूहिक निर्णयद्वारा पार्टीको विचारमा बदल्ने क्षमता राख्छन् । उनको नेतृत्वमा नेपाली काङ्ग्रेसले आमचुनावमा सफलता पाउ“छ र सरकार बनाउन सक्षम हुन्छ । उनी आफ्नो प्रधानमन्त्रीत्व कालमा सामन्तवादका आधारहरू नष्ट गर्दै लोककल्याणकारी राज्य स्थापनामा विविध आर्थिक कार्यक्रमहरू लागू गर्छन् । पू“जीवादभन्दा समाजवाद नै नेपालले धान्न सक्ने अर्थतन्त्र हो भन्ने उनको अवधारणा पार्टीको नीति बन्दछ, यद्यपि उनी समाजवादको स्थापनाका लागि पू“जीवादको विकासलाई पूर्वशर्त ठान्छन् । 
उनी जेल पर्दा कार्यकर्तामा उत्साह भर्ने तथा प्रजातान्त्रिक आन्दोलनलाई अगाडि बढाउने कुनै काम वैकल्पिक नेतृत्वबाट हुन सक्दैन । तत्कालीन तानाशाही पञ्चायती व्यवस्थाद्वारा काङ्ग्रेस पार्टीलाई अराष्ट्रिय तत्त्व भनिएको अवस्थामा पनि जेलमुक्त बनेका बिपीलाई विराटनगरमा भएको आमसभामा विशाल जनसमूहले आस्था जाहेर गर्छ । राजाको एकलौटी शासनकालमा पनि जनताका लागि उनी एकमात्र भरोसायोग्य नेता हुन्छन् । पार्टीमा राजाविरोधी सोच प्रबल हु“दा पनि उनी नेपालमा संवैधानिक राजाको अपरिहार्य आवश्यकताबारे कार्यकर्तालाई निरन्तर प्रशिक्षित गर्दछन् । तत्कालीन सरकारको मार सहेका कार्यकर्ताहरू पनि उनीमाथिको आस्थाको कारणले गर्दा उनको मार्गदर्शनको खिलाफमा जाने साहस गर्दैनन् । 
ओखलढुङ्गा काण्डको असफलताबाट बिपी मानसिक रूपले थिलथिलो हुन्छन् । त्यस अन्योलको घडीमा हिन्दुस्तानमा सिक्किमको विलय तथा हिन्दुस्तान र बङ्गलादेशमा फौजी शासन अस्तित्वमा आउनाको कारणले उनी दक्षिण एसियामा प्रजातन्त्रमाथि कालो बादल मडारिएको अनुभव गर्छन् । अन्तर्राष्ट्रिय परिवेशमा विकसित प्रतिकूल स्थितिको मूल्याङ्कन गर्दा उनी नेपाल राष्ट्रको अस्तित्व खतरामा परेको विश्लेषण गर्दछन् । आफ्नो वैचारिक आस्था र अडानका कारण उनलाई हिन्दुस्तानमा बसिरहन कष्टकर अनुभूति हुन्छ । त्यसपछि उनी नेपाल फर्कने आधारका रूपमा पार्टीका धेरै साथीहरूस“ग विचारविमर्श गरी ‘एकता र मेलमिलाप’को नीति अवलम्बन गर्ने टुङ्गोमा पुग्छन् र राष्ट्रियताको प्रश्नमा राजास“ग गर्धन जोड्न तयार देखिन्छन् । उनी राजावादीहरूलाई आश्वस्त पार्न ‘काङ्ग्रेसस“ग नझस्क’ भन्छन् भने आफ्ना अनुयायीहरूलाई ‘पञ्चस“ग नतर्स’ भनी उत्साहित गराउ“छन् । तर, राजाले प्रतिपादन गरेको अप्रजातान्त्रिक पञ्चायती व्यवस्थास“ग भने उनको सैद्धान्तिक रूपमा नै असहमति हुन्छ । न्यायालयमा आफूलाई देशद्रोही भनी आरोपित गरिएको अवस्थामा मुद्दाको प्रतिरक्षा गर्दा ‘एकता र मेलमिलाप’को नीतिलाई पक्षपोषण गर्ने बयानमा उनको असाधारण मनोबल र तर्कशक्ति प्रदर्शित हुन्छ । 
यदाकदा उनले आफूलाई पार्टीभन्दा माथि राखेर चिन्तन प्रवाह गरेको पाइन्छ । फलस्वरूप पार्टीको नीतिनिर्धारणमा सबल भूमिका नपाएका कारण कार्यकर्ताहरू शिथिल बन्ने र पार्टी कमजोर हुने अवस्था सृजना हुन्छ । नेपाली काङ्ग्रेस पनि बिपीको निधनपूर्व त्यो स्थितिबाट गुज्रेको देखिन्छ । 
कार्यकर्ताका प्रिय नेता एवम् ‘सान्दाजु’ 
बिपी कोइरालामा कार्यकर्ताको क्षमताको कदर गर्ने अद्भूत विशेषता हुन्छ । एकपटक देखेको मान्छेलाई नबिर्सिने गुणले उनीप्रति आस्था राख्ने मानिस कृतज्ञ बन्दछन् । कार्यकर्तालाई स्नेहपूर्वक मधुर आवाजमा बोलीवचन गरेर आफूलाई तिनीहरूको साक्खै दाजु भएको विश्वास दिलाउन सक्ने विलक्षण कलाले युक्त हुन्छ उनको स्वभाव । पिताजी कृष्णप्रसादका सन्ततिमा मातृकापछि उनको जन्म भएकाले पारिवारिक वृत्तमा उनी ‘सान्दाजु’ उपनामले चिनिन्छन् । नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू पनि उनलाई उच्च सद्भाव जाहेर गर्न त्यही चल्तीको पारिवारिक नामले नै सम्बोधन गर्छन् । यसरी बिपीका लागि पूरै पार्टी एउटा बृहत् परिवारसमान हुन्छ भने कार्यकर्ताहरू उनका लागि प्रिय स्वजन वा अनुजसरह स्नेह–पात्र हुन्छन् । यसरी नेपाली जनमानसमा बिपी कोइरालाको एक मायालु नेताको अनुपम छवि कायम हुन्छ । 
लोकतन्त्रका महानायक 
पार्टीभित्र पनि आफ्नो नीतिको तर्कसङ्गत विरोध गर्ने व्यक्तिलाई मर्यादापूर्वक व्यवहार गर्नु बिपी कोइरालाको लोकतान्त्रिक संस्कारको उदाहरण हो । प्रायः कार्यकर्ताहरूलाई उनी ‘साथी’ भनेर सम्बोधन गर्छन् । धेरै मानिसको कल्याणमा समर्पित हुने भावना नै लोकतन्त्रवादीको विशेषता हो । काठमाडौंमा भूमिगत रूपमा गएर सङ्गठन गर्दा भेटेका साथीहरूको बारे राणाशासकलाई कुनै सूचना नदिएर जस्तोसुकै सजाय भोग्न पनि तत्परता जाहेर गर्नु उनको उदात्त एवम् संस्कारित आचारको उदाहरण हो । एउटा लोकतन्त्रको मसिहा सदा जनताको काखमा बा“च्न चाहन्छ । जनताको विश्वास जित्नु नै उसको धर्म हुन जान्छ । क्रान्तिपछि पटकपटक देशव्यापी दौडाहा गर्दा उनी नेपालका धेरैजसो जिल्लामा पुग्छन् । व्यापक जनतास“गको भेटघाट र अन्तरक्रियाले उनलाई लोकप्रिय नायक बन्न मद्दत पुग्छ ।
२०१४ सालमा संविधानसभाको निर्वाचनका लागि पार्टीद्वारा राजालाई दबाब दिन गरिएको ‘भद्र अवज्ञा आन्दोलन’ स्थगित गरी राजप्रदत्त संविधानअनुसार संसद्का लागि हुने निर्वाचनमा भाग लिने बिपीको निर्णय लोकतान्त्रिक विधि, मूल्य र मान्यता अनुकूल मानि“दैन । ३ वर्षपछि त्यही राजतन्त्रद्वारा बन्दी बनाइएपछि उनी आफ्नो प्रतिकूल निर्णयको शिकार बन्छन् । 
प्रधानमन्त्रीको कुर्सीबाट सीधै जेलको कालकोठरीमा बन्दी बनाइ“दा पनि उनी लोकतान्त्रिक आदर्शबाट विचलित हु“दैनन् । एकता र मेलमिलापको नीति लिएर नेपाल फर्कंदा राष्ट्रियताको संवद्र्धनका लागि राजास“ग मिल्नुपर्ने उनको सोच राजनीतिक वृत्तमा आलोचित बन्छ । यथार्थमा उनी लोकतन्त्रको मूल्यमा राजास“ग समर्पण गर्दैनन् । उनलाई फा“सी दिइने प्रकृतिका मुद्दाको सामना गर्दा पनि उनी लोकतन्त्रप्रतिको आफ्नो निष्ठालाई दाउमा राख्दैनन् । उनले ओखलढुङ्गामा राज्यद्रोह गर्न उत्प्रेरित गरेको सन्दर्भमा नेपालको अदालतमा बयान दि“दा सो कार्य आफूले नगरेको र आफ्नो निर्देशनमा पनि नभएको भए तापनि पार्टीको नेताको नाताले आफ्ना कार्यकर्ताहरूबाट सम्पन्न कार्यको दायित्व स्वीकार गरेर एक इमानदार नेताको गुण प्रदर्शन गरेका हुन् । २०३७ सालमा भएको जनमतसङ्ग्रहमा बहुदल पक्ष पराजित हु“दा पनि जनमतको निर्णय स्वीकारेर उनले सच्चा लोकतन्त्रवादीको आदर्श उदाहरण प्रस्तुत गरेका हुन् । उनको स्वीकारोक्ति राजनीतिक नैतिकताको उदाहरण हो । उनी लोकतन्त्र खास मूल्य र मान्यतामा आधारित हुन्छ भन्ने ठान्छन् । जनादेश नै उनको कार्यपद्धतिको आधार हो । जनताले विकासका कार्य वा प्रक्रियामा सहभागी हुन पाउ“दा मात्रै लोकतन्त्र सार्थक हुन्छ भन्ने धारणामा उनी अटल हुन्छन् । 
जिम्मेवारीयुक्त प्रधानमन्त्रीत्व 
‘नेपाल अधिराज्यको संविधान, २०१५’का आधारमा भएको पहिलो संसदीय निर्वाचनमा बहुमत पाएको नेपाली काङ्ग्रेसका नेताको हैसियतले नेपाली जनताका सर्वाधिक लोकप्रिय नेता एवम् प्रभावशाली ९म्थलबmष्अ० व्यक्तित्व बिपी कोइरालालाई नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री हुने सौभाग्य प्राप्त हुन्छ । नेपालको सामन्ती समाजमा समाजवादी अर्थनीति लागू गर्ने काम चुनौतीपूर्ण हुन्छ । तर, शुरुमै बिर्ता प्रथा र राजा–रजौटा उन्मूलन गरेर उनी सामन्ती व्यवस्थाका खम्बाहरू भत्काउने प्रक्रिया थाल्छन् । जग्गा जोत्नेको हुन्छ भन्ने आधारमा किसानको हक र हितको संरक्षण गर्न मोहियानी हक कायम गर्ने अभियानलाई सार्थक बनाउन उनी लागिपर्छन् । यद्यपि, उनकै पार्टीका मानिसहरू पनि त्यस कार्यक्रमप्रति असहयोगी हुन्छन् । भूमिको हदबन्दी तोकेर निष्क्रिय पू“जीलाई औद्योगिक उत्पादन बढाउन प्रयोग गर्ने उनको योजना हुन्छ । उनी आफ्नै देशको कच्चापदार्थमा आधारित मझौला तथा साना उद्योग स्थापना गर्ने नीतिका पक्षपाती हुन्छन् ।
शासन सञ्चालनका क्रममा राजास“ग द्वन्द्वको सृजना नहोस् भनेर उनी निरन्तर सावधान हुन्छन् । मुलुकमा शान्तिसुरक्षा कायम गर्दै र विकास निर्माणका काममा उनको सक्रियता अपेक्षा गरेअनुसार नै बढ्छ । उनले देशका विभिन्न भागमा भ्रमण गरेर जनतामा लोकतन्त्र र आफ्नो नेतृत्वप्रति विश्वास बढाउन प्रयत्न गर्छन् । देशको प्रशासन जनमुखी बनाउने उनको प्रयासले सार्थकता पाउ“दै जान्छ । मन्त्रालय र कार्यालयहरूको काममा उनको निरन्तरको अवलोकनले सही निर्णय गर्नेहरूमा आत्मबल बढ्छ । पूर्वीक्षेत्रको पहाडी इलाकालाई काठमाडौंस“ग जोड्ने निर्माणाधीन लोकमार्गका परिकल्पनाकार पनि उनी नै हुन् ।
वैदेशिक नीति निर्धारण गर्दा उनी असंलग्नतालाई महत्त्व दिन्छन् । हिन्दुस्तान र चीनको उपलब्धिपूर्ण भ्रमण गरेर उनले देशको प्रतिष्ठा बढाएका हुन् । चीनद्वारा सगरमाथामा नेपालको सम्प्रभुता कायम रहेको मान्यता दिलाउन उनको कूटनीतिक प्रयास सार्थक हुन्छ । उनकै कार्यकालमा सम्पन्न भएको हिन्दुस्तान र चीनका प्रधानमन्त्रीको नेपाल–भ्रमणले उनले अपनाएको छिमेकी राष्ट्रस“गको समदूरीको सम्बन्धमाथि लाहाछाप लाग्छ । त्यसैताका पाकिस्तान र इजरायललाई मान्यता दिने, रुस र बर्मास“ग सम्बन्ध दरिलो पार्ने काम पनि हुन्छ । पहिलोपल्ट संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर उनी संसारका सामु नेपालको धारणा राख्छन् । उनको इजरायल भ्रमणले साना राष्ट्रको अस्तित्व मर्यादित हुनुपर्छ भन्ने दृष्टिकोणलाई बल प्रदान गर्छ । 
प्रधानमन्त्रीको छोटो कार्यकालमा गतिशील नेतृत्व प्रदान गरेर उनी अन्तर्राष्ट्रिय रूपमा पनि नेपालको छवि उजिल्याउन सफल हुन्छन् । 
प्रजातान्त्रिक समाजवादमाथि अविचल आस्था 
गरीब तथा पिछडिएका जनताको आर्थिक स्थिति उठाउने र राज्यले दिन सक्ने सुविधामा न्यायोचित वितरण गर्ने सङ्कल्पमा बिपी कोइरालाको दृढ अठोट परिलक्षित हुनछ । प्रधानमन्त्री हु“दा राष्ट्रिय योजना आयोगको बैठक–कक्षमा हलो जोतिरहेको किसानको चित्र टा“स्न र नया“ योजनाको तर्जुमा गर्दा झुपडीमा बस्ने किसानलाई पनि फाइदा पुग्ने सोच राख्न सदस्यहरूलाई सुझाव दिन्छन्् । त्यसबाट उनको आर्थिक नीति गरीब किसानको स्तर उठाउन केन्द्रित रहेको दृष्टिगोचर हुन्छ । उनले समाजवादबारे अनेकौं साहित्य पढेका हुन्छन् । नेपाली परिवेशमा उनको समाजवादको परिभाषामा हरेक जनतालाई एउटा घर, खेती गरी खान पुग्ने जमिन, दूध खान एउटा गाईलगायत शिक्षा र स्वास्थ्यका प्राथमिक सुविधा पर्दछन् । यो प्राप्ति नै उनको नेपाली संस्करणको समाजवादको प्रथम सोपान हो । 
बिपी कोइरालाको समाजवादको अवधारणामा ग्रामीण अर्थतन्त्रको स्तरीकरणले नै प्रमुखता पाउ“छ । ग्रामीण क्षेत्रमा सहकारीको अभियानबाट साहूमहाजनको ब्याज खाने पद्धति निरुत्साहित हुने उनको ठम्याइ हुन्छ । सहकारीलाई सर्वप्रथम उनले नै राष्ट्रिय अभियानको रूप दिएका हुन् । उनको अवधारणाअनुसार जोत्नेलाई नै जमिनको स्वामी बनाउ“दा मात्र समाजवादको आधारभूत सिद्धान्त लागू हुन सक्छ । उनी कृषिमा उत्पादकत्व वृद्धि गर्न उन्नत बीउको प्रयोग र कृषि औजारमा सुधार ल्याउनु आवश्यक ठान्छन् । उच्च कोटिको प्रविधि नेपालले धान्न सक्दैन भन्ने उनको मान्यता हुन्छ । प्रभावकारी भूमिसुधारको कार्यक्रम पनि उनको प्राथमिकतामा परेको विषय हो । देशका अनेक भागमा साना उद्योग स्थापना गर्दा जनताको ठूलो हिस्साले औद्योगिक गतिविधिमा सहभागी बन्न पाउ“छ, फलस्वरूप जनताको आर्थिक क्रियाशीलता बढ्छ । यही अवधारणा नै उनको औद्योगिक नीतिको आधार हो । त्यही नीतिअनुरूप प्रतीकात्मक रूपमा उनले बिर्ता–प्रथा र राजा–रजौटा उन्मूलन गरेका हुन् । 
बिपी कोइरालाको समाजवाद कम्युनिष्टहरूको सोचविपरीत लोकतान्त्रिक मूल्यमान्यतामा आधारित हुन्छ । उनी अस्ट्रेलियाको राजधानी सिड्नीमा भएको प्रशान्त क्षेत्रको समाजवादी सङ्घको सम्मेलनमा नेपालको तत्कालीन सन्दर्भमा आधारित रहेर समाजवादलाई निम्न पा“चओटा बु“दामा व्याख्या गर्छन्—
क) जनताको स्वार्थ गा“सिएका राजनीतिक संस्थाले मात्र आर्थिक विकासलाई अघि बढाउन सक्छन् ।
ख) विदेशी सहायताले देशमा विकास हुनुको सट्टा भ्रष्टाचार र अवैध व्यापार मात्र मौलाउ“छ ।
ग) व्यापक मात्रामा उत्पादन गर्ने अमेरिकी विकासको मोडेलको अनुकरणले धनी र गरीबको आयको अन्तर बढ्ने हु“दा नेपालजस्ता गरीब देशका लागि त्यो मोडेल उपयुक्त हु“दैन ।
घ) समाजवादीले संसारमा चलिरहेको प्रजातान्त्रिक आन्दोलनप्रति उदासीन हुनु हानिकारक हुन्छ । समाजवादीले यदाकदा आर्थिक विकासलाई मात्र प्राथमिकता दि“दा त्यो प्रत्युत्पादक नै सिद्ध हुन्छ ।
ङ) विकासका दृष्टिले पछाडि परेका राष्ट्रहरूका लागि समाजवाद व्यावहारिक चिन्तन हो । समाजवादको विकल्पमा कम्युनिष्ट शैलीको वा सैनिक ढा“चाको वा धार्मिक पूर्वाग्रह भएको तानाशाही व्यवस्था फस्टाउने खतरा रहन्छ ।
यसरी लोकतन्त्र र आर्थिक विकास एकसाथ अगाडि लैजा“दा मात्र समाजवादले वास्तविक स्वरूप ग्रहण गर्छ भन्ने बिपी कोइरालाको अडान हो । उनी समाजवाद भविष्यको लहर हो भन्ने ठान्छन् । उनको समाजवादप्रतिको अवधारणालाई अन्तर्राष्ट्रिय जगत्ले मर्यादित गरेको उदाहरण सोसलिस्ट इन्टरनेसनलले उनलाई आफ्नो उपाध्यक्ष स्वीकार गर्नु पनि हो । 
उनी माक्र्सझैं व्यक्ति आर्थिक कारणले मात्र विभिन्न क्रान्ति वा आन्दोलनमा सहभागी बन्छ भन्ने विश्वास गर्दैनन् । उनको विश्लेषणमा मानिस आर्थिक प्राणी मात्र होइन, उसमा बहुआयामिक दिमाग हुन्छ र त्यही दिमागमा निर्णयकारी शक्ति निहित हुन्छ । उनी मानिसलाई सङ्कुचित दायराबाट विवेचना गर्न चाह“दैनन् । यिनै विशिष्ट चिन्तनहरू उनको प्रखर एवम् अटल समाजवादी व्यक्तित्व विनिर्माण गर्ने सहयोगी तत्त्व हुन् । 
देशभक्त नायक 
जनताप्रतिको उत्तरदायित्व निर्वाह गर्ने सकारात्मक धारणा नै देशभक्ति हो । सत्तामा रह“दाको देशभक्ति र जेलको कोठरीमा रह“दाको देशभक्तिमा ठूलो अन्तर हुन्छ । बिपी दुवै अवस्थामा आफ्नो देशभक्तिको परीक्षामा सफल देखिन्छन् । आफूले गर्ने निर्णयबाट देश र जनताको प्रत्यक्ष हित हुनुपर्छ भन्ने बिपीको सोचाइ रहेको हो । प्रधानमन्त्री हु“दा आफूले लिएका हरेक निर्णयको प्रतिफल सामान्य जनताले पाउनुपर्ने आधारमा उनले काम गरेका हुन् । यदाकदा कुनै निर्णय लिन द्विविधा पर्न जा“दा आफू बसेको ठाउ“को एक मुठी माटो हातमा लिएर चिन्तन गर्दा राष्ट्रप्रतिको समर्पण भावले सही मार्गनिर्देश गर्छ भन्ने बिपीको दृष्टिकोणमा एक असल देशभक्तको लक्षण दृष्टिगोचर हुन्छ । 
राष्ट्रियताको लोकतान्त्रिक व्याख्याता
राष्ट्रियता एक अमूर्त कुरा हो । यसको व्याख्यामा विविधता पाइन्छ । बिपी कोइराला देशको माटोलाई राष्ट्रियता मान्दैनन् । उनलाई नेपालमा राष्ट्रियताको भावना अझै विकास भइनसकेको विश्वास हुन्छ । उनी जनताको सकारात्मक समष्टि शक्तिलाई नै राष्ट्रियता ठान्दछन् । उनलाई प्रजातन्त्रका आदर्श नअपनाएको समाजमा राष्ट्रियताको भावना प्रबल रूपमा प्रकट हुन सक्दैन भन्ने विश्वास हुन्छ । उनी भन्छन्— ‘सामूहिक रूपमा समयसमयमा आइपर्ने व्यापक समस्याहरूको समाधानमा लाग्नुपर्दा सहज किसिमले उत्पन्न हुने जनभावना नै राष्ट्रियता हो ।’
बिपीको विश्लेषणमा 
क) राष्ट्रियताको सशक्त अभिव्यक्ति जनताबाट मात्र हुन्छ ।
ख) जनता स्वयम्ले आफूस“ग सम्बद्ध समस्यालाई पहिचान गर्ने क्षमता राख्नुपर्छ । 
ग) जनताले आफ्ना सामु उपस्थित समस्या समाधान गर्न सामूहिक प्रतिबद्धता जाहेर गर्नुपर्छ । 
घ) समस्या समाधान गर्ने क्रममा जनतामा पैदा हुने उत्साहपूर्ण एकताको भावनामा विशिष्ट शक्तिको सञ्चार हुन्छ ।
बिपी कोइरालाको राष्ट्रियतासम्बन्धी अवधारणा तुलनात्मक रूपमा मौलिक छ । राष्ट्रियतालाई लोकतन्त्रस“ग अभेद्य ठानेर व्याख्या गर्ने कोइरालामा हरेक राष्ट्रहरू अन्ततोगत्वा लोकतन्त्रको घेराभित्र नै समाविष्ट हुने अकाट्य चिन्तन विकसित भएको देखिन्छ ।
गम्भीर आध्यात्मिक विश्लेषक
बिपी कोइराला सनातन रूपमा विश्वास गरिने श्रद्धा, आस्था, पूजा आदिबाट प्रसन्न हुने ईश्वरप्रति विश्वास गर्दैनन् । तर उनी पूर्णतः भौतिकवादी पनि होइनन् । उनको विश्वासमा मानिसमा आध्यात्मिक चेतना जागृत अवस्थामा रहेको हुन्छ र मनमा कुनै भावना प्रबल हु“दा, ब्रह्माण्डबारे चिन्तन गर्दा, फूलको सौन्दर्यमा रमाउ“दा मानिसमा उत्पन्न हुने कवित्व भावना नै ईश्वरको अनुभूति हो । उनी मुग्धकारी सङ्गीत श्रवणबाट प्राप्त हुने आनन्द— जुन आफैले प्रत्यक्ष अनुभव गरेको बताउ“छन्—लाई ईश्वरसितको निकटतम अनुभव भनी टिप्पणी गर्छन् । उनी असाध्यै राम्रो चित्रकला देख्दा पनि मनमा देवत्व प्रस्फुटन हुने ठान्दछन् । यसरी उनी सूक्ष्मतम आनन्दमा अध्यात्मका झिल्का फेला पार्छन् । उनको मूल्याङ्कनमा मान्छे भौतिक सृष्टि मात्र नभएर त्योभन्दा बढी हो । उनी तार्किक व्याख्याले समेट्न नसकिने काल्पनिकजस्तो प्रतीत हुने वस्तुसित आफ्नो आत्माको विलय भएको अनुभव पनि गर्दछन् । उनले आफूलाई मानिसले सृजना गरेको सारा चराचर सृष्टिमा पनि जीवनको अस्तित्व रहेको आभासको अनुभूति गरेको पनि बताएका छन् । 
बिपीको साहित्यिक योगदान 
बिपी कोइरालाको विराट राजनीतिक व्यक्तित्वबाट बिल्कुल अलग प्रकारको एउटा प्रखर साहित्यिक स्रष्टा व्यक्तित्व पनि उनमा निहित छ । उनका १० ओटा प्रकाशित कृतिमध्ये ६ ओटा उपन्यास, दुई कथासङ्ग्रह, दुई जेल डायरी र दुई संस्मरणसम्बन्धी रचना छन् । उनको साहित्यिक व्यक्तित्वलाई सङ्क्षेपमा निम्न शीर्षकमा मूल्याङ्कन गर्न सकिन्छ— 
साहित्यमा अराजकतावादी 
अराजकता भनेको स्थापित रूढ मान्यताप्रति विमति जनाउनु हो । अराजक लेखक नै नया“ सोच र प्रवृत्ति भिœयाउने सामथ्र्य राख्छ । बिपीले नेपाली साहित्यमा पूर्वप्रचलित धारभन्दा पृथक् तथा पश्चिमी जगत्मा प्रयोगमा आउन थालेका अस्तित्ववाद र नियतिवादलाई विशिष्ट ढङ्गबाट अभिव्यक्त गरेका छन् । उनको विश्लेषणमा हरेक मानिसमा निजी विशेषता हुन्छ । मान्छे आफूमा निहित निजत्व सदा जीवन्त राख्न प्रयत्नरत रहन्छ । त्यसैले ऊ हार्न चाह“दैन । बिपीका आख्यानका पात्रहरूमा त्यो लक्षण पाइन्छ । उनी आफ्नो चाहनाविपरीतका घटना बेहोर्न मान्छे अभिशप्त छ भन्ने ठान्छन् । उनी मानिसलाई नियतिभित्र जकडिएको प्राणी मान्छन् । उनलाई नियतिवादका समर्थक भन्दा अर्घेलो ठहर्दैन ।
बिपी कोइरालाको दृष्टिमा धन र मानले महिमामण्डित हुने, सामान्य जनताबाट पृथक् पहिचानको दाबी गर्ने सम्राट पनि साहित्यको नजरमा सामान्य जनता हुन्छन् । साहित्यमा राजा हारेको, अपमानित भएको, मागी खान विवश भएका घटनाहरू चित्रण गरिन्छ । झलक्क हेर्दा असुहाउ“दो लागे पनि राजा र रङ्कका शाश्वत मानवीय विशेषतामा कुनै भेद हु“दैन । साहित्यमा सम्राट पनि भिखमङ्गा हुन्छ भन्ने उनको सोच अराजकतावादको उदाहरण हो ।
उनले आख्यानमा महाभारत र गीताका ज्ञानलाई मिथकका रूपमा प्रयोग गरेका छन् । यो उनको साहसी बौद्धिकताको उदाहरण हो । 
मनोवैज्ञानिक तथा यौनवादी आख्यानका स्रष्टा
यौन उमेरस“ग विकसित हु“दै आउने दुर्दमनीय प्राकृतिक संवेग हो । सिग्मन्ड फ्रायडको यो खालको चिन्तनबाट प्रभावित छन् बिपी कोइराला । उनी मानिसलाई मनोवैज्ञानिक प्राणी मान्छन् । तसर्थ मानिसको यो पक्षले साहित्यमा यथोचित स्थान पाउनुपर्छ भन्ने उनको धारणा हो । उनी नेपाली साहित्यमा यौनपक्षस“ग गा“सिएको मानिसको दिमागको यो पाटो खोतल्ने प्रथम प्रयोगवादी कथाकारका रूपमा प्रतिष्ठित छन् । नेपाली आख्यानमा सामाजिक चित्रण गर्ने परम्परावादी शैलीभन्दा अलि भिन्न ढङ्गबाट मान्छेका मनमा रहेका जटिल मनोवैज्ञानिक ग्रन्थी र अव्यक्त चिन्तनलाई विश्लेषण गर्ने सामथ्र्य भएको सृजनशील कलाकार हुन् बिपी । उनले अवलम्बन गरेको यौनवादी तथा मनोजगत्का अध्ययनको शैलीलाई उछिन्ने अर्को साहित्यकार अझसम्म जन्मेको छैन । उनी नै त्यस धाराका अग्रज स्रष्टा हुन् । तर, उनको यौनपक्षको चिन्तन र विवेचना अश्लील छैन । विधवाको यौन चाहना तथा वृद्ध पुरुषकी नबोढा स्त्रीको यौन अतृप्तिजस्ता विषयमा उनको सृजनशीलता असामान्य रूपले सफल छ । उनका कथासङ्ग्रह र उपन्यासका विषयवस्तु राजनीतिबाट पूरै फरक हुनु पनि उनको साहित्यिक विशिष्टता हो ।
नैतिकताका प्रखर प्रयोक्ता 
आख्यानमार्फत बिपी कोइरालाले नैतिकतालाई सशक्त रूपमा उठान गरेका छन् । उनी नैतिकतालाई मान्छेको सबैभन्दा ठूलो हतियार ठान्छन् । उनले आख्यानमा यत्रतत्र मान्छे नैतिक भए मात्र उसमा रचनात्मक सामथ्र्य पैदा हुन्छ भन्ने जाहेर गरेका छन् । उनले पाठकलाई दिएको सन्देश असल मान्छे हुन प्रयत्न गर्नु हो । ‘मोदिआइन’ उपन्यासमा मोदिआइनले एकजना किशोरलाई ठूलो र वीर हुनुको सट्टा असल मान्छे बन्न प्रेरणा दिएकी छन् । ती नारी पात्रको मुखबाट बिपीले आफ्नो जीवनदर्शन अभिव्यक्त गरेका छन् । ठूलो र वीर हुने मानिसमा ईश्वरत्वको अभिमान बढ्न जान्छ र अन्ततोगत्वा त्यस्तो सोच विध्वंशकारी प्रमाणित हुन्छ भन्ने उनको विश्लेषण छ । बिपी इमानदार र उत्तरदायी समाजको विनिर्माण गर्ने आधारका रूपमा व्याख्या गर्छन् मान्छेमा हुने असल गुणलाई । प्रत्येक व्यक्ति समाजको एकाइ हो र हरेक व्यक्तिमा असल गुण व्याप्त भए समग्रमा समाज सन्मार्गमा प्रवृत्त हुन्छ भन्ने कुरामा उनी विश्वस्त छन् ।
सफल आत्मजीवनीकार एवम् कवि
बिपीले ‘आफ्नो कथा’, ‘आत्मवृत्तान्त’, ‘जेल जर्नल’ र ‘फेरि सुन्दरीजलमा’मा आपूmले देखेका र भोगेका विषयलाई इमानदारीपूर्वक प्रस्तुत गरेका छन् । ‘आत्मवृत्तान्त’ जीवनको अन्तिम कालमा मुखैले भनेर रेकर्ड गराइएको संस्मरण हो । त्यो आफैमा अद्वितीय छ । बिपीले केही कविताहरू पनि लेखेका छन् । ती कवितामा प्रणय र चेतनाका सुन्दर विम्बहरू पाइन्छन् । 
बिपी कोइरालाको प्रासङ्गिकता 
संसारमा त्यही मानिसलाई पछि आउने पुस्ताले स्मरण गर्दछ, जबसम्म उसका चिन्तनहरू कुनै न कुनै रूपमा समाजका लागि अनुकरणीय र प्रेरणादायी हुन्छन् । उच्च जिम्मेवारी निर्वाह गरेका धेरै व्यक्तिहरू पदबाट बाहिरिनेबित्तिकै असान्दर्भिक हुन्छन् । ती मानिसहरू ठूलामा दरिएका हुन्छन् । तर, असल बन्न सकेका हु“दैनन् । केही महिना गृहमन्त्री र लगभग १८ महिना प्रधानमन्त्री पद सम्हालेका बिपी कोइरालालाई उनको मृत्यु भएको तीन दशकपछि पनि उच्च मर्यादाका साथ सम्झना गरि“दै छ, उनका विचारहरूलाई समय‍सापेक्ष ठानि“दै छ । वास्तवमा मानिस पदले होइन, विचारले पूजित हुन्छ । बिपी कोइरालालाई जेलमा सडाउन चाहने राजसंस्था आज इतिहासको पानामा सीमित भएको छ । हिजो शक्तिको दम्भ प्रदर्शन गर्ने राजाहरू आज प्रेरक व्यक्तित्वका रूपमा मर्यादित हुन सकेका छैनन् । तर, चामत्कारिक व्यक्तित्व भएका बिपी कोइराला प्रासङ्गिक भइरहनुमा उनले उचित ठानेका कामकुराले आज पनि महत्त्व पाइरहनु नै हो । २००७ साल फागुन ७ गते राजाद्वारा शाही घोषणामार्फत प्रतिबद्धता जाहेर गरिएको निर्वाचित संविधानसभाले संविधान बनाउनुपर्ने कुरामा बिपीले धेरै वर्षसम्म अडान राखेका हुन् । उनको जनतामाथिको विश्वास आउने पुस्ताले पनि कदर गर्दै रहनेछ ।
बिपीको समाजवादप्रतिको दरिलो आस्थाको कारण उनी उदारवादी वामपन्थी चिन्तक मानिन्छन् । उनी समाज विनिर्माण गर्ने आधार सिद्धान्त ठान्छन्— समाजवादलाई । उनको समाजवादमा समतामूलक आर्थिक दृष्टिकोण र लोकतान्त्रिक राजनीतिका आधारभूत मान्यता समाविष्ट छन् । आजको मान्छे एकातिर पूर्ण नागरिक अधिकार प्रयोग गरेर स्वतन्त्रतापूर्वक बा“च्न चाहन्छ भने अर्कोतिर ऊ राज्यबाट नै खाना, नाना र छानाको प्रत्याभूति हुनुपर्ने ठान्छ । उनी नागरिकहरू शिक्षा, स्वास्थ्य आदिका न्यूनतम सुविधा उपलब्ध गराउनु लोककल्याणकारी राज्यको दायित्व ठान्छन् । वर्तमानकालमा संसार एउटा विश्वग्राममा परिणत हु“दै गएको अवस्थामा कुनै मान्छे पनि अन्तर्राष्ट्रिय परिवेशमा घटित घटनाबाट निरपेक्ष बस्न सक्दैन । यस्तो स्थितिमा राजनीतिक दृष्टिले लोकतन्त्र र आर्थिक आधारमा समाजवाद सार्थक चिन्तन हुन् । त्यसैले लोकतान्त्रिक समाजवादको अवधारणा राख्ने बिपी कोइराला नेपाली समाजमा अझै धेरै वर्ष प्रेरक व्यक्तित्व बनिरहने निश्चित छ । 
बिपी कोइरालामा राजनेतामा हुने गुणहरू पर्याप्त हुन्छन् । उनका चिन्तनहरूले ऐतिहासिक महत्त्व राख्छन् । एउटा राजनेता ५०÷१०० वर्षपछि पनि उपयोगी हुने अवधारणा राख्छ, जब कि एउटा राजनीतिज्ञ बढीमा एक कार्यकाल वा ५÷७ वर्ष मात्र व्यवहारमा प्रयुक्त हुने चिन्तन प्रस्तुत गर्छ । बिपीलाई राजनेताको पहिचान दिने उनका राजनीतिक स्वतन्त्रता र आर्थिक समृद्धिका सैद्धान्तिक अवधारणाहरू आगामी पुस्ताका लागि पनि उदाहरणीय नै छन् । 
बिपी कोइराला एक राष्ट्रवादी नेता हुन् । उनको विश्लेषणमा विविध संस्कृति भएका भिन्नभिन्न भाषा बोल्ने सबै जातजातिमा रहेको एकात्मक चिन्तनमा राष्ट्रियताको भावना दृष्टिगोचर हुन्छ । उनी राष्ट्रियतालाई जीवन्त राख्न लोकतन्त्रको विकल्प देख्दैनन् । लोकतान्त्रिक चेतना मात्र राष्ट्रियताको संरक्षण गर्ने हैसियत राख्छ भन्ने बिपीको दूरदृष्टि नेपाली समाजमा लामो कालखण्डसम्म मर्यादित अवधारणा मानिनेछ । 
देशमा युद्ध, अशान्ति, कलह, सङ्घर्ष आदि आमजनताका लागि लामो समयसम्म ग्राह्य हु“दैनन् । हरेक युद्धपछि शान्ति नै लोकको अपरिहार्य चाहना बन्दछ । बिपी सङ्घर्षभन्दा मेलमिलापको सिद्धान्तबाट देशका समस्याको छिनोफानो गर्नमा जोड दिन्छन् । यो सिद्धान्तले एकातिर सामूहिक शक्तिलाई प्रतिविम्बित गर्दछ भने अर्कोतिर लोकतान्त्रिक विधिलाई पनि अवलम्बन गर्दछ । आफूलाई हदैसम्मको पीडा दिने राजसंस्थास“ग पनि राष्ट्रियताको सवालमा मिलेर काम गर्ने बिपीको प्रतिबद्धता खारिएको चिन्तनको सार हो । उनले महत्त्व दिएर व्याख्या गरेको एकता र मेलमिलापको नीति दुई ठूला शक्तिशाली राष्ट्रका चेपमा रहेको नेपालजस्तो बहुभाषिक, बहुसांस्कृतिक एवम् बहुजातीय विशेषता भएको मुलुकले अपनाउनुपर्ने व्यावहारिक आदर्श हो । 
बिपी कम्युनिष्टहरूमा लोकतान्त्रिक चरित्रको अभाव हुने ठान्छन् । उनीहरूमा लोकतान्त्रिक संस्थाप्रति आस्था पनि हु“दैन भन्ने उनको बुझाइ हुन्छ । त्यसैले उनी कम्युनिष्ट पार्टीहरूस“ग तत्कालीन राजनीतिक फाइदाका लागि मिलेर काम गर्दा कालान्तरमा लोकतन्त्रलाई आघात पुग्ने ठान्छन् । २०४६ सालपछिको उदार लोकतान्त्रिक परिवेश पनि अस्वीकार्य ठान्ने नेकपा (माओवादी)ले चलाएको दशवर्षे सशस्त्र द्वन्द्वले बिपीको विश्लेषण सही प्रमाणित हुन्छ । अघिल्लो संविधानसभालाई निरर्थक तुल्याउन उग्रवादी कम्युनिष्ट चिन्तन बाधक बनेको हो भने नवनिर्वाचित संविधानसभामा पनि तिनीहरूबाट सकारात्मक सहयोग मिल्ने विश्वास गर्न सकि“दैन । बहुलवादप्रति ठोस प्रतिबद्धता जाहेर गर्ने बिपी कोइरालाको एकदलीय पक्षधर कम्युनिष्टहरूप्रतिको दृष्टिकोण पूर्वाग्रह मात्र हो भन्न मिल्दैन ।
यथार्थमा सङ्घर्षशील राजनीतिकर्मी भएर पनि साहित्यको फा“टमा नया“ आयाम थप्ने बिपी कोइरालाको मूल्याङ्कन गर्ने अर्को पृथक् पाटो पनि छ । आख्यानमा मनोवैज्ञानिक प्रस्तुतिका निम्ति उनी स्मरणीय छन् भने साहित्यमा यौन पक्षलाई मर्यादा दिने स्रष्टाका रूपमा उनको नाउ“ गर्वसाथ लिने गरिन्छ । 
यसप्रकार, बिपी कोइराला एक अथक योद्धा, निष्ठावान् क्रान्तिकारी, लोकतान्त्रिक महापुरुष र जिम्मेवार राजनीतिज्ञ हुन् । राजनीतिमा सदा आदर्शलाई आत्मसात् गर्ने महात्मा गान्धीको प्रभाव पनि उनमा परेको देखिन्छ । उनले लगभग ५२ वर्षको राजनीतिक जीवनमा नेपाल र विश्वलाई नै केही उपयोगी चिन्तन छाडेर गएका छन् । उनको विराट् व्यक्तित्वबाट प्रभावित हुने मानिसहरू उनलाई ‘जननायक’ तथा ‘महामानव’को गरिमामय सम्बोधन गर्दछन् । चिकित्सा विज्ञानले पनि असाध्य मानेको क्यान्सर रोगस“ग लड्दै, कहिले तानाशाहहरूको कोपभाजन बन्दै, कहिले जनसेवामा जुट्दै नेपाली माटोमा जन्मेर यही माटोको माया गर्दै यही“ नै विलीन हुन्छ उनको पाञ्चभौतिक शरीर । नेपालको इतिहासमा एक असल, इमानदार र आदर्श राजनेताका रूपमा चम्किला ध्रुवतारासमान तथा एक मार्गदर्शक साहित्यिक धरोहरका रूपमा उनको स्थान निर्विवाद उच्च छ ।