Nepal map
B.P. Koirala

फिल्मी शैलीमा बीपीको गिरफ्तारी

 

सधै“झै“ १ पुस ०१७ का दिन पनि म साइकल चढेरै त्रिचन्द्र

कलेज पुगेको थिए“ । आईए दोस्रो वर्षमा अध्ययनरत

सहपाठी एवं अत्यन्तै हितैषी मित्र नातिकाजी पनि साइकल

चढेरै कलेज पुगेका थिए । बिहीबारको त्यो बिहान त्यस्तै १०

बजेको हु“दो हो, कक्षा सुरु भइसकेको थिएन । आकाश पनि

खुलेको थिएन, धुम्म कुइरो लागेको थियो ।

नातिकाजीले ‘प्रधानमन्त्री बीपी कोइरालाले तरुण दलको

अधिवेशन उद्घाटन सत्रमा जोडदार भाषण दिने खबर छ,

हि“ड सुन्न जाउ“m’ भनी प्रस्ताव गरे । मलाई पनि उनको कुरा

ठीकै लाग्यो । उनी त जानैपर्ने रहेछ किनभने त्यहा“ गाउन

लागिएको स्वागत गीतमा संगीत उनैले भरेका रहेछन् । सोचे“,

साथीलाई साथ पनि हुने, तरुण–विद्यार्थीसम्बन्धी बीपीका कुरा

पनि सुन्न पाइने ।

हामी दुई जना साइकल चढेर त्रिचन्द्र कलेजबाट

थापाथलीतर्फ लाग्यौ“ । कुनै राणाको

भव्य दरबारलाई कार्यक्रम स्थलका

रूपमा सजाइएको थियो । ठूलठूला

पर्खालले घेरिएको त्यस दरबारको

बाहिरपट्टि साइकल राखी हामी

दरबारभित्र प्रवेश ग¥यौ“ । दरबारको

पि“ढीलाई मञ्च बनाएर त्यसको

प्रांगणलाई सभास्थलको रूप

दिइएको थियो । जहा“, तरुण दलका

झन्डा फरफराइरहेका थिए । युवा–

विद्यार्थी र आमन्त्रितहरू आउने

क्रम जारी नै थियो ।

देशैभरिका तरुण दलका

प्रतिनिधिहरूको सहभागिता रहेको

कार्यक्रम भव्य र आकर्षक थियो । त्यसबेला नेपाली कांग्रेसको

रापताप पनि चर्कै थियो । जसको छनक त्यहा“ पनि देख्न

पाइन्थ्यो । प्रतिनिधिहरूका लागि खानाको व्यवस्था गरिएको

थियो । ठूलठूला डेक्चीमा पुलाउ पाकिरहेको थियो ।

हामी पुगेको पनि झन्डै डेढ घन्टापछि १२ बजेतिर तरुण

दलका अध्यक्ष सिंहध्वज खड्काको अध्यक्षतामा कार्यक्रम सुरु

भयो । अतिथिको आसन ग्रहण गराउने क्रममा प्रधानमन्त्री

बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद

उपाध्याय आदि नेताहरूका साथ नातिकाजीलाई पनि मञ्चमै

बोलाइयो । मञ्चको तलपट्टिको पहिलो लहरमा बसेर म त्यो

सब हेरिरहेको थिए“ ।

बीपी कोइरालाले कार्यक्रमको उद्घाटन गर्दै सानो मन्तव्य

दिए । त्यो ज्यादै मन छुने खालको थियो । समसामयिक

सन्दर्भका साथै तरुण–विद्यार्थीहरूको अबको भूमिकालाई लिएर

उनले आफ्ना विचार राखेका थिए । तरुणहरूप्रति बीपीको ठूलो

आशा र विश्वास रहेको उनको अभिव्यक्तिबाट थाहा हुन्थ्यो ।

सांगीतिक समूहले स्वागत गीत गाएर सहभागीहरूलाई

स्वागत ग¥यो । त्यस क्रममा नातिकाजीले हार्मोनियम बजाए ।

युवाहरूले तालीको गडगडाहटले सांगीतिक समूहलाई हौसला

प्रदान गरे । स्वागत गीतपछि श्रीभद्र शर्माले मन्तव्य दिइरहेका

थिए, राजदरबारका कर्णेल समरराज कु“वर, सुरेन्द्रबहादुर शाह

(जो पछि जनरल कमान्डर इन चिफसमेत भए)सहित सैनिक

पोसाकमै कार्यक्रम स्थलमा प्रवेश गरे । मञ्चमा पलेटी कसेर

बसेका अतिथिहरूका बीचमा रहेका बीपीलाई समरराजले

झट्ट देखेनन् । उनले बीपीका अंगरक्षक नजिकै पुगेर कानमा

केही कुरा गरे । बडीगार्डले दाहिने हातको चोरऔ“लाले

बीपी बसेको स्थलतर्फ संकेत गरे । एउटा संयोग नै भनौ“,

समरराज र बीपीका आ“खा जुधे । उनले प्रधानमन्त्रीलाई सलाम

गरे । बीपीले टाउको हल्लाउ“दै सलाम फर्काए । त्यसपछि उनी

बीपीका अंगरक्षकलाई लिएर

कार्यक्रमस्थलबाट बाहिरिए ।

बीपीले जुरुक्क उठेर

चारैतिर हेरे । कार्यक्रम

स्थललाई पर्खालबाहिरबाट

सेनाले घेरिसकेको रहेछ । झन्डै

तीन सयको संख्यामा आएका

सेनाले कार्यक्रम स्थल पूरै घेरा

हालेको थियो । त्यहा“बाट भाग्ने र

प्रतिकार गर्न सक्ने कुनै गुन्जायस

थिएन । बीपीका अंगरक्षक लिएर

बाहिरिएको दुई मिनेट पनि

बितेको थिएन, समरराज तुरुन्तै

सैनिक टुकडीका साथ कार्यक्रम

स्थलमा प्रवेश गरे र ‘कोही पनि आफू बसेको स्थानबाट यताउति

नगर्नू, त्यसो गरेमा गम्भीर परिणाम भोग्नुपर्नेछ’ भन्दै चेतावनी

दिन थाले । प्रधानमन्त्री बीपी कोइराला र गणेशमान सिंहलाई

स“गस“गै मञ्चबाट तल ओराले र तयारी अवस्थामा राखिएका

जिपमध्ये एउटामा चढाएर लगे । लगत्तै अरू नेता पनि समातिए ।

सहभागीहरूबीच भागाभाग हुन थाल्यो । यहीबीच

कार्यक्रममा सहभागी तरुण दलका एक नेता कमल चित्रकार

नाराबाजीमा उत्रिए । सेनाले उनलाई पनि तत्कालै पक्राउ ग¥यो

र अर्को जिपमा राखेर लग्यो । यसपछि मात्र सहभागीहरूले

नेताहरूलाई गिरफ्तार गरिएको र मुलुकमा ठूलै अनिष्ट

निम्तिएको आशंका गरे । हामी पनि बिस्तारै सभास्थलबाट

बाहिरियौ“ र आ–आफ्ना साइकल समातेर बाटो लाग्यौ“ । यसरी

बीपीलगायतका नेताहरूको फिल्मी शैलीमा गिरफ्तारीको पर्दा

पटाक्षेप भयो ।