Nepal map
B.P. Koirala

वी.पी. विचार राष्ट्रिय समाजको विधान

 
 
                                                                                       
 
 
                                               वी.पी. विचार राष्ट्रिय समाजको
                                                               विधान
                                         (संशोधन एवम् परिमार्जन सहित – २०७१)
                                       BPIdeology National Society 2071
प्रस्तावना 
नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी, महामानव वी.पी. कोइराला (वी.पी.) ले नेपालको राष्ट्रियताको संरक्षण एवम् संवर्धन र प्रजातन्त्रको स्थापना, स्थायित्व एवम् विकाससंगै नेपाली साहित्यमा पु¥याउनु भएको अतुलनीय योगदानको उच्च सम्मान गर्दै, उहाँले नेपालको स्वतन्त्रता, राष्ट्रिय एकता र अखण्डताका लागि नेपालको राजनीतिक परिवेशका सन्दर्भमा प्रतिपादन, परिभाषित एवम् विकसित गर्नुभएको राष्ट्रिय एकता र मेलमिलापको नीति र सिद्धान्तलाई आत्मसात गर्दै, मुलुकको समानुपातिक एवम् सन्तुलित विकास र जनताको जीवन स्तर माथि उठाउनका लागि लिनु भएको प्रजातान्त्रिक समाजवादको नीति, सिद्धान्त र कार्यक्रम प्रति पूर्णरुपमा विश्वास प्रकट गर्दै, वी.पी.ले प्रतिपादन, व्याख्या एवम् विकास गर्नु भएको राष्ट्रिय एकता र मेलमिलापको नीति अन्तरगत रहेर सो नीतिलाई वर्तमान राजनीतिक परिप्रेक्षमा विकसित एवम परिभाषित गरी थप उन्नत बनाउँदै राष्ट्रियता र राष्ट्रिय अखण्डताको संरक्षण एवम् प्रवर्धन गर्न र प्रजातान्त्रिक समाजवादको नीतिलाई अझ व्यवहारिक ढंगबाट लागु गरी आर्थिक उन्नती र जनताको जीवन स्तर माथि उठाउने आधार बनाउन एवम् वी.पी. विचार र सिद्धान्तलाई जनस्तरसम्म पुयाउने पवित्र उदेश्यले यस ‘वी.पी. विचार राष्ट्रिय समाज’ नामक नाफा रहित उद्देश्य रहेको एक गैह्रसरकारी संस्था स्थापना गरेका छौं । यो विधान संस्था दर्ता ऐन २०३४ को अधिनमा रही तर्जुमा गरिएको छ ।
प्रारम्भिक
१. यस संस्थाको नाम       बी पी  विचार  राष्ट्रिय  समाज  रहने छ । अंग्रेजीमा  BPIdeology National Society रहनेछ । अंग्रेजीमा छोटकरीमा BPINS  भनिने छ । 
(क) संस्थाको कार्यालय रहने ठेगाना   – यस संस्थाको केन्द्रीय कार्यालय काठमाण्डांै जिल्लामा रहने छ ।०
    (ख) संस्थाको कार्यक्षेत्र ः– यस बी पी  विचार  राष्ट्रिय  समाजको कार्यक्षेत्र काठमाण्डौ जिल्ला रहनेछ । जिल्ला स्तरमा    संस्थाको जिल्ला शाखा गठन गरिने छ । स्थानीय अधिकारीको स्विकृतिलिई अन्य जिल्लामा पनि कार्यालय विस्तार गर्न सकिने छ । 
(ग) प्रारम्भ ः– यो विधान संस्था दर्ता भएको मिति देखि प्रारम्भ हुनेछ ।
(घ) संस्थाको अस्तित्व ः– यो संस्था एक अविच्छिन्न, उत्तराधिकारवाला, संगठित, स्वशासित, गैर–नाफामूलक, गैर–राजनीतिक तथा गैर–सरकारी सामाजिक संस्था हुनेछ । संस्थाबाट आफ्नो उद्देश्य बाहेक आय आर्जन गर्ने तथा कुनै प्रकारको शुल्क लिई वा नलिई परामर्श प्रदान गर्ने कार्य गरिने छैन । यस सस्थाले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजूर गर्न र यस संस्था उपर पनि सोही नामबाट नालिस उजूर लाग्न सक्नेछ ।
२. परिभाषा ः विषय वा प्रसंगले अन्य अर्थ नलागेमा यस विधानमा ः
(क) ‘विधान’ भन्नाले बी पी  विचार  राष्ट्रिय  समाजको विधानलाई सम्झनु पर्दछ ।
(ख) ‘संस्था’ भन्नाले  बी पी  विचार  राष्ट्रिय  समाजलाई जनाउँदछ ।
(ग) ‘समिति’ भन्नाले यस विधानको दफा १३ बमोजिम गठित कार्य समितिलाई जनाउँदछ ।
(घ) ‘जिल्ला समिति’ भन्नाले सस्थाबाट मान्यता प्रदान गरिएको जिल्ला समितिलाई वुझाउँदछ ।
(ड।) ‘सभा’ भन्नाले यस विधान बमोजिम बसेको साधारण सभा र विशेष साधारण सभालाई समेत जनाउँदछ ।
(च) ‘पदाधिकारी’ भन्नाले सँस्थाका पदाधिकारीहरुलाई सम्झनु पर्दछ ।
(छ) ‘नियम’ विनियम’ भन्नाले यस विधान अन्तर्गत बन्ने नियम विनियमलाई जनाउँदछ ।
(ज) ‘स्थानीय अधिकारी’ भन्नाले प्रमुख जिल्ला अधिकारीलाई जनाउँछ ।
(झ) ‘तोकिएको वा तोकिए बमोजिम’ भन्नाले यो विधान र यस विधान अन्तर्गत बनेको नियम विनियममा तोकिएको वा तोकिए बमोजिम  सम्झनु पर्दछ ।
(ञ) ‘स्थानीय निकाय’ भन्नाले गा.वि.स.,महानगर, उपमहानगर, नगर र जि.वि.स. लाई जनाउने छ ।
(ट) ‘निर्वाचन क्षेत्रीय समिति’ भन्नाले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि क्षेत्र निर्धारण आयोगले कायम गरेको क्षेत्रमा गठन गरिने वी.पी. विचार राष्ट्रिय समाजको समन्वय समितिलाई जनाउने छ । 
३. संस्थाको छाप र चिन्ह ः संस्थाको एक छाप र चिन्ह अनुसूचि –१ बमोजिमको ढाँचामा हुनेछ ।
परिच्छेद–२
उद्देश्य
४. संस्थाको उद्देश्य ः संस्थाको उद्देश्य देहाय बमोजिम रहनेछ ।
(क) यो संस्था मुनाफा रहित, जनहितकारी सामाजिक संस्था हुनेछ ।
(ख) वी.पी.ले प्रतिपादन, व्याख्या एवम् विकास गर्नु भएको राष्ट्रिय एकता र मेलमिलापको नीति अन्तरगत रहेर सो नीतिलाई वर्तमान परिप्रेक्षमा विकसित एवम परिभाषित गरी थप उन्नत बनाउँदै राष्ट्रियता र राष्ट्रिय अखण्डताको संरक्षण एवम् प्रवर्धन गर्न प्रयत्नशील रहने ।
(ग) प्रजातान्त्रिक समाजवादको नीतिलाई अझ व्यवहारिक ढंगबाट अध्ययन अनुसन्धान गरी मुलुकको आर्थिक उन्नती र जनताको जीवन स्तर माथि उठाउने आधार बनाउन क्रियाशील हुने ।
(घ) वी.पी.कोइरालका विचार, सिद्धान्त र साहित्यिक कृतिहरुलाई जनस्तरसम्म पु¥याउन प्रयत्न गर्ने
(ङ) बी.पी.कोइरालाले विशेषतः नेपालका लागि प्रतिपादन गर्नुभएको प्रजातान्त्रिक समाजवादबाट सुनिश्चित गर्न खोजिएको नेपालीको प्रजातान्त्रिक हक अधिकारसंगै शैक्षिक, स्वास्थ तथा आर्थिक हक अधिकार बारे जनतालाई सुसूचित गराउने ।
(च) नेपालको ग्रामिण क्षेत्रमा शिक्षा, स्वास्थ तथा रोजगारीमूलक कार्यक्रमहरुको विस्तारमा सहयोग पु–याई ग्रामिण विकाशमा टेवा पु–याउने । महिला, दलित, आदिवासी तथा पिछडिएको क्षेत्र वा वर्गका जनताको क्षमता वृद्धिमा सहयोग पु¥याउने ।
(छ) नेपालको राष्ट्रियताको संरक्षण र संवर्धन गर्न आवश्यक कार्य गर्ने । नेपालीहरु बीच कायम रहँदै आएको सदियौं पुरानो आपसी सद्भाव, भाईचारा र एकता अझ बृद्धि गर्न अग्रसर रहने । नेपालको सांस्कृतिक पहिचानको संरक्षण गर्ने ।
(ज) अहिंसा, शान्ति र प्रजातान्त्रिक मूल्य र मान्यताको संवर्धन र प्रसार गर्ने ।
(झ) मानव जीवनलाई स्वस्थ र सार्थक बनाउन अध्यात्म, योग र साधना जस्ता विषयहरु बारे जनस्तर सम्म अभियान चलाउने ।
(ञ) समाजका असहाय र कमजोर क्षेत्र र वर्गका जनताको उत्थान विकाशमा सहयोग पु–याउन आवश्यक कार्य गर्ने ।
(ट) समाजमा विद्यमान विभिन्न विभेदहरुलाई न्यूनिकरण गरी आपसी सौहार्दता र शिष्टता बढाई नैतिक आचरणको विकास गर्न संस्था प्रयत्नशील रहनेछ ।
(ठ) संस्थाले सामाजिक गतिविधिहरुमा संलग्न सरकारी तथा गैर सरकारी निकायहरु बीच समन्वय, सहयोग र सहकार्य गर्नेछ ।
(ड) जि.प्र.का.बाट खारेज गरिएको ।
(ढ) मानव अधिकारको संरक्षण एवम् प्रवर्धनमा प्रभावकारी भूमिका निर्वाह गर्नु यो सस्थाको उद्देश्य रहने छ ।
५. संस्थाको कार्य ः संस्थाले दफा ४ मा उल्लेखित उद्देश्यहरु प्राप्त गर्न देहायका कार्यहरु गर्नेछ ।
(क) संस्थाले प्रचलित नेपाल कानून बमोजिम सम्बन्धित निकायबाट अनुमति वा इजाजत प्राप्त गरी मात्र आफ्ना उद्देश्यहरु कार्यान्वयन गर्नेछ ।
(ख) संस्थालाई आवश्यक पर्ने भवन निर्माण गर्ने वा भाडामा वा लिजमा लिनेछ र कम्प्युटर, टेलिफोन, टाइपराइटर, फ्याक्स जस्ता कार्यालय सामान तथा सवारी साधन खरिद गर्नेछ वा भाडामा लिई प्रयोग गर्नेछ ।
(ग) संस्थालाई आवश्यक पर्ने कर्मचारी नियुक्त गर्ने तथा तिनको सेवा शर्तहरु निर्धारण गर्नेछ ।
(घ) संस्थाको उद्देश्य प्राप्तिमा सहयोग पुग्ने गरी विभिन्न छलफल, गोष्ठी, तालिम, अन्तरक्रिया, सभा, सार्वजनिक सुनुवाई, सांस्कृतिक कार्यक्रम, अध्ययन र अनुसन्धान तथा प्रकाशनका कार्यहरु गर्नेछ ।
(ड।) छलफल, तालिम, गोष्ठी अन्तरक्रिया, सार्वजनिक सुनुवाई, अध्ययन अनुसन्धानबाट प्राप्त सुझावहरुलाई कार्यान्वयनका लागि आवश्यकतानुसार सम्बन्धित निकायमा अनुरोध गरिनेछ ।
(च) शान्ति, अहिंसा र प्रजातन्त्रको संरक्षण, संवर्धन र विकाशका लागि विभिन्न कार्यक्रमहरु संचालन गरिनेछ । नेपालको मौलिक राष्ट्रिय पहिचानको संरक्षण गर्न, नेपालीको इतिहास, विविध कला, सँस्कृति, साहित्य, दर्शन तथा वातावरणीय आदि क्षेत्रको संवर्धन र विकासमा सामाजिक चेतना जगाइनेछ ।
(छ) राष्टिय स्तरमा शान्ति, अहिंसा र भाईचारा अभिवृद्धि गर्न आवश्यक कार्य गर्ने, सम्बन्धित निकायहरुलाई सुझाव तथा परामर्श दिने र सोको कार्यान्वयनका लागि प्रयत्नशील हुनेछ ।
(ज) बालक, युवा, बृद्ध, महिला, आदिवासी, दलित एबं पिछडिएको क्षेत्र र वर्गहरुका लागि विशेष कार्यक्रमहरु संचालन गरिनेछ ।
(झ) समाजमा उल्लेखनीय योगदान गरेका व्यक्ति, व्यक्तित्वहरुको कदर, तथा सम्मान गरिनेछ ।
(ञ) संस्थाको उद्देश्य परिपूर्ति गर्न तथा समाजको चेतना र विकाशमा सहयोग पु¥याउन आवश्यकता अनुसार शैक्षिक संस्थाहरुको निर्माण र संचालन गर्ने ।
(ट) संस्थाको गतिविधिमा संलग्न हुन इच्छुक स्वदेशी तथा विदेशी व्यक्ति एवम् संघ संस्थालाई सहभागि गराउने
(ठ) मानव अधिकारको संरक्षण र प्रवर्धनमा प्रभावकारी भूमिका निवार्ह गर्नु
(ड) संस्थाको उद्देश्य परिपूर्ति गर्ने गरी आवश्यकता अनुसार अन्य सम्पूर्ण कार्यहरु गर्नेछ ।
परिच्छेद–३
सदस्यता
६. सदस्यहरुको वर्गीकरणः यस संस्थाका देहाय बमोजिम ४ प्रकारका सदस्यहरुको वर्र्गीकरण गरिएकोछ । योग्यता पुगेका नेपाली नागरिकहरुको साधारण सदस्य पाउँ भनि निवेदन प्राप्त भएपछि  जिल्ला समितिले सदस्यता दिने निर्णय गरे पछि  र अन्य सदस्यको हकमा जिल्ला समितिले  सदस्यता दिने निर्णय गरे पछि मात्र  सदस्यता प्राप्त गर्नेछ ।
(क) साधारण सदस्य ः यस विधानको दफा ७ बमोजिम योग्यता पुगेको कुनै पनि नेपाली नागरिकले तोकिएको प्रक्रिया पु¥याई आवेदन गरी संस्थाको सदस्यता प्राप्त गर्ने व्यक्तिहरु साधारण सदस्य हुनेछन् ।
(ख) सस्थापक सदस्यहरु ः यस संस्था दर्ता हुँदाको बखतका सदस्य तथा पदाधिकारीहरु सस्थापक सदस्य हुनेछन । सस्थापक सदस्यहरुले साधारण तथा आजीवन सदस्यता लिएर विधान बमोजिमको शुल्क बुझाउनु पर्नेछ ।
(ग) आजीवन सदस्य ः संस्थाको विकासको लागि विशेष योगदान पु¥याउने व्यक्तिहरुलाई तोकिएको प्रक्रिया अन्तर्गत आजीवन सदस्यता प्रदान गरिनेछ ।
(घ) मानार्थ सदस्य ः संस्थाले उपयुक्त ठहर गरेको विशिष्ठ समाजसेवी तथा प्रतिष्ठित नेपाली नागरिकलाई संस्थाको मानार्थ सदस्य प्रदान गर्न सक्नेछ तर मानार्थ सदस्यहरुको मताधिकार रहने छैन ।
७.  सदस्यता प्राप्तिका लागि आवश्यक योग्यता ः यस संस्थाको सदस्यको लागि देहाय बमोजिमको योग्यता पुगेको हुनु पर्नेछ ।
(क) नेपाली नागरिक भएको ।  
(ख) १८ वर्ष उमेर पुरा गरेको ।
(ग) मानसिक सन्तुलन नगुमाएको ।
(घ) सार्वजनिक सम्पत्ती हिनामिना गरेको नठहरेको ।
(ङ) नैतिक पतन देखिने फौज्दारी अभियोगमा सजाय नपाएको ।
(च) वी पी कोईराला द्वारा प्रतिपादित राष्टिय एकता तथा मेलमिलापको सिद्धान्त र नेपालको राष्टिय एकता र अखण्डता प्रति प्रतिवद्ध रहेको ।
(छ) शान्ति र प्रजातान्त्रिक मूल्य र मान्यता प्रति प्रतिवद्ध रहेको ।
८. संस्थाको सदस्य प्राप्त गर्न वा वहाल रहन नसक्ने अवस्था ः
(क) गैर नेपाली नागरिक ।
(ख) १८ वर्ष उमेर पुरा नगरेको ।
(ग) मगज विग्रेको वा बौलाएको ।
(घ) सार्वजनिक सम्पत्ती हिनामिना गरेको ठहरेको ।  
(ड) नैतिक पतन देखिने फौज्दारी अभियोगमा सजाय पाएको ।
(च) संस्थाको कार्य संचालनमा निजी स्वार्थ भएको ।
(छ) साहुको दामासाहीमा परेको ।
(ज) कुनै प्रकारको चोरी, ठगी, किर्ते, वा जालसाजी गरेको वा आफ्नो जिम्माको धनमाल अनधिकृत तवरले मासेको वा दुरुपयोग गरेको ।
(झ) नेपालको राष्टिय एकता र अखण्डता प्रति प्रतिवद्ध नरहेको ।
(ञ) शान्ति र प्रजातान्त्रिक मूल्य र मान्यता प्रति प्रतिवद्ध नरहेको ।
९. सदस्यताको समाप्ति ः
(१) देहायको अवस्थामा कुनै व्यक्ति संस्थाको सदस्यमा वहाल रहने छैन ।
(क) यस विधानको दफा ८ बमोजिम सदस्य पद प्राप्त गर्न नसक्ने भएमा ।
(ख) साधारण सभाको दुई तिहाई सदस्यहरुको बहुमतले सस्थाको सदस्य पदबाट हटाउने प्रस्ताव पारित गरेमा ।
(ग) सदस्यले आफ्नो पदबाट दिएको राजिनामा स्वीकृत भएमा ।
(घ) सँस्थाको कामकारवाहीमा बेइमानी वा बदनियत गरेको कुरा अदालतबाट प्रमाणित भएमा ।
(ड) विधान बमोजिम संस्थाले गर्न नहुने भनी तोकिएको कुनै कार्य गरेमा ।
(च) सदस्यता शुल्क बुझाउन बाँकि भएमा ।
(छ) संस्था विघटन भै खारेज भएमा ।
(२) कुनै व्यक्ति संस्थाको सदस्यता प्राप्त गर्न वा वहाल रहन अयोग्य ठहराउनु भन्दा अघि संस्थाले निजलाई सो कुराको सूचना दिई, सफाईको सबुद पेश गर्ने मौका दिइनेछ ।
१०. सदस्यता शुल्क र सदस्यता प्रदान गर्ने विधि ः  यस विधानको दफा ६ बमोजिमको सदस्यहरुले देहाय बमोजिम सदस्यता प्राप्त गर्न सक्नेछन् ।
(१) साधारण सदस्य ः
(क) साधारण सदस्य प्राप्त गर्न चाहने व्यक्तिले तोकिएको प्रवेश शुल्क र सदस्यता शुल्क बुझाई तोकिएको प्रक्रिया अनुसार आवेदन पेश गर्नेलाई कार्यसमितिको निर्णयले साधारण सदस्यता प्रदान गर्न सक्नेछ । प्रवेश शुल्क र सदस्यता शुल्क केन्द्रीय कार्यसमितिले तोके अनुसार हुनेछ । 
(ख) त्यस्ता साधारण सदस्यले महाधिवेशनसम्म तोकिएको शुल्क बुझाई सदस्यता नविकरण गर्नु पर्नेछ । नविकरण नगर्ने सदस्यले समाजको कुनै पनि तहको अधिवेशनमा सहभागी हुन पाउने छैन ।  
(ग) (खारेज गरिएको)
(२) सँस्थापक सदस्य ः
(क) यो सँस्था दर्ता हुँदाको बखतका तदर्थ समितिका पदाधिकारीहरु र यस विधानमा सही गर्ने सदस्यहरु सस्थापक सदस्य हुनेछन् ।
(ख) सस्थापक सदस्यहरुले विधानमा उल्लेख भए बमोजिमको शुल्क बुझाई साधारण सदस्य वा आजीवन सदस्य प्राप्त गर्न सक्नेछन् ।
(३) आजीवन सदस्य ः संस्थामा तोकिएको शुल्क बुझाई तोकिएको प्रक्रिया अन्तर्गत आवेदन दिने व्यक्तिहरुलाई कार्य समितिको निर्णयले आजीवन सदस्यता प्रदान गर्न सक्नेछ ।
(४) मानार्थ सदस्यः साधारण सभाको निर्णयले उपयुक्त ठानेको समाजसेवी विशिष्ठ व्यक्ति तथा 
प्रतिष्ठित नेपाली नागरिकहरुलाई मानार्थ सदस्यता प्रदान गर्न सक्ने छ । तर मानार्थ सदस्यको मताधिकार रहने छैन ।
(५) कुनै आवेदकलाई सदस्य नदिने निर्णय गरेमा सो को कारण सहितको जानकारी आवेदकलाई दिइने छ ।
(६) सवै सदस्यहरुले यस विधान र विधान अन्तर्गत बनेको नियम र विनियम बमोजिम भएको व्यवस्थाको  पालना गर्नु पर्नेछ ।
(७) संस्थाले प्रदान गरेको उपदफा १, २, ३, र ४ अनुसारको सदस्यहरुको तोकिएको ढांचामा छुट्टै अभिलेख पुस्तिका रहनेछ ।
परिच्छेद–४
साधारणसभा, कार्य समिति तथा वैठक सम्बन्धी व्यवस्था
११. साधारण सभाको गठन ः
(१) (क) समाजको केन्द्रीय कार्यसमितिका सदस्य एवम् पदाधिकारीहरू साधारण सभाको सदस्य हुनेछन् ।
(ख) समाजको मान्यता प्राप्त जिल्ला शाखाका सभापति एक, जिल्ला कार्यसमितिले तोकेको कम्तिमा एक महिला सहित जम्मा तीन (३) जना प्रतिनिधि साधारण सभाको सदस्य हुनेछन् तर जिल्ला सभापति वा दुई सदस्य मध्ये कम्तिमा एक महिला अनिवार्य हुनुपर्नेछ ।
(ग) समाजको संस्थापक सदस्य एवम् पदाधिकारीहरू साधारण सभाका सदस्य हुनेछन् ।
(घ) संस्थाको केन्द्रीय सभापतिले समाजको साधारण सदस्य मध्येबाट वुद्धिजिवी, व्यवसायी एवम् समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूलाई मनोनित गरेको बढिमा पच्चिस जना सदस्य साधारण सभाका सदस्य हुनेछन् ।  
(२) यस संस्थाको साधारण सभा देहाय बमोजिम हुनेछ ।
(क) बार्षिक साधारण सभा ः वर्षको एक पटक बार्षिक साधारण सभा बस्ने छ ।
(ख) विशेष साधारण सभा ः सँस्थाको कूल सदस्य संख्याको १।४ (एक चौथाई) सदस्यहरुले कारण जनाई विशेष साधारण सभा माग गरेमा विशेष साधारण सभा कार्य समितिले कम्तीमा १५ (पन्द्र)) दिन भित्र अनिवार्य रुपमा बोलाउनु पर्दछ । तर साधारण सभा वा विशेष सभा बसेको छ महिना भित्र पुनः विशेष साधारण सभा बस्न सक्ने छैन ।
(३) यस संस्थाको प्रथम बार्षिक साधारण सभा संस्था स्थापना भएको आर्थिक वर्ष समाप्त भएको मितिले दुई महिना भित्रमा गरिनेछ र त्यस पछिका वार्षिक साधारण सभाहरु आर्थिक वर्ष समाप्त भएको मितिले दुई महिना भित्र गरिने छ ।
(४) यस संस्थाको वार्षिक साधारण सभा र विशेष साधारण सभा गर्नका लागि कम्तीमा १५ दिन अगावै सभा हुने स्थान, मिति, समय र छलफल गर्ने विषय खोली सबै साधारण सदस्यहरुलाई अनिवार्य रुपले सूचना दिइनेछ ।
(५) उपदफा ४ बमोजिम बोलाइएको साधारण सभा वा विशेष साधारण सभामा विधानको दफा १८ बमोजिमको गणपुरक संख्या नपुगी सभा हुन नसकेमा कम्तीमा ७ (सात) दिनको म्याद दिई पुनः साधारण सभा बोलाइनेछ ।
(६) साधारण सभा र विशेष साधारण सभाको छुट्टा छुट्टै निर्णय पुस्तिका राखिने छ ।
१२. साधारण सभाको काम कर्तव्य र अधिकार ः साधारण सभाको काम कर्तव्य र अधिकार  देहाय बमोजिम हुनेछ ।
(क) कार्य समितिले पेश गरेको योजना कार्यक्रमहरु र वार्षिक वजेट पारित गर्ने ।
(ख) लेखा परिक्षकबाट प्राप्त भएको वार्षिक लेखा परीक्षण प्रतिवेदन माथि छलफल गरी अनुमोदन गर्ने र लेखा परीक्षण प्रतिवेदनबाट देखिएका अनियमित बेरुजू रकम माथि छलफल गरी नियमित गर्न नमिल्ने बेरुजू रकमहरु अशूल उपर गरी फछर्यौट गर्नको लागि कार्य समितिलाई निर्देशन दिने ।
(ग) आगामी वर्षको लागि लेखा परीक्षकको नियुक्ति गर्ने ।
(घ) संस्थाको वार्षिक कार्य प्रगती विवरण र संस्थाले गरेको कार्यहरुको मूल्यांकन गरी कार्य समितिलाई आवश्यक निर्देशन दिने ।
(ङ) संस्थाको कार्य समितिका पदाधिकारीहरुको पदावधि पुगेको अवस्थामा कार्य समितिका पदाधिकारीहरुको विधान बमोजिमको प्रक्रिया अन्तर्गत रहि निर्वाचन गर्ने ।
(च) कार्य समितिद्धारा पेश भएको विधान संशोधन नियम तथा विनियम स्वीकृत गर्ने ।
(छ) मानार्थ सदस्यता प्रदान गर्ने ।
(ज) कार्य समितिबाट संस्थाको हित अनुकूल भएका काम कारवाहीहरुको औचित्य हेरी अनुमोदन गर्ने ।
(झ) संस्थाको आफ्नै आन्तरिक श्रोतबाट व्यहोर्ने गरी कार्य समितिले पेश गरेको कर्मचारीहरुको दरवन्दी पारिश्रमिक, भत्ता तथा सुविधाहरुमा आवश्यकता अनुरुप स्वीकृति प्रदान गर्ने ।
१३. कार्य समितिको गठन
(१) साधारण सभाले सदस्य मध्येबाट एक जना केन्द्रीय सभापति निर्वाचित गर्ने छ । 
     (२) सभापतिले साधारण सभा सदस्य मध्येबाट सह सभापति–१, महासचिव–१, उपमहासचिव कोषाध्यक्ष–१ र बढीमा ४६ सदस्य मनोनित गर्नेछन् ।
(३) कार्य समितिको कार्यकाल ३ (तीन) वर्षको हुने छ ।
(४) कारणवश वार्षिक साधारण सभा हुनु भन्दा अगावै कार्यसमितिको सभापति पद रिक्त हुन आएमा बाँकि अवधिका लागि    सह सभापतिले कार्यवाहक सभापतिको हैसियतमा काम गर्ने छ । अन्य पदाधिकारी तथा सदस्य पद रिक्त हुन आएमा सभापतिले सोही पदमा पुनः मनोनयन गर्न सक्नेछ ।
(५) कार्यसमितिको वैठक आवश्यकता अनुसार  अध्यक्षले वोलाउने छ । तर कार्य समितिको पदाधिकारीहरुको जम्मा संख्याको ५१ प्रतिशतले बैठक वोलाउन माग गरेमा अध्यक्षले कार्य समितिको वैठक तुरुन्त वोलाउनु पर्नेछ 
(६) कार्य समितिका पदाधिकारीहरुको कुल संख्याको ५१ प्रतिशत पदाधिकारीहरु उपस्थित नभई कार्य समितिको वैठक वस्ने छैन ।
(७) कार्य समितिको बैठकमा सभापितले अध्यक्षता गर्ने छ र निजको अनुपस्थितिमा सहसभापितले र सहसभापितकाे  पनि अनुपस्थिति रहेमा वैठकमा उपस्थित सदस्यहरुले छानेको वा जेष्ठ सदस्यले अध्यक्षता गर्नेछ ।
(८) कार्य समितिको बैठकमा बहुमतको निर्णय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षले निर्णयक मत दिन सक्नेछ ।
(९) कार्य समितिको बैठकमा छलफल भएको विषयहरुको छुट्टै निर्णय किताबमा लेखी राखिने छ र सो निर्णय विवरणमा बैठकमा उपस्थित सम्पूर्ण सदस्यहरुले सही गर्नु पर्ने छ तर निर्णयमा असहमती जनाउनेहरुले कैफियत खोली सही गर्नु पर्ने छ ।
(१०) संस्थाले गर्ने भनेको सम्पूर्ण कार्यहरू कार्यसमितिको निर्णयबाट हुनेछ । आकस्मिक अवस्थामा विशेष निर्णय गर्नु परेमा सभापतिले गर्न सक्नेछ तर कार्यसमितिको आउँदो वैठकबाट त्यसको अनुमोदन गर्नु पर्नेछ । 
(११) (खारेज गरिएको ।)
१४. कार्य समितिको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।
(१) जननायक वीपी कोइरालाबाट प्रतिपादित राष्ट्रिय मेलमिलापको नीतिलाई पूर्णरुपमा पुनःस्थापित गर्नु ।
(२) राष्ट्रियता, प्रजातन्त्र, समाजवादलाई मूल नीति बनाई त्यसलाई प्राथमिकतासाथ कार्यान्वयन गर्नु ।
     (३) राष्ट्रिय मेलमिलाप अभियानका लागि सम्बन्धित विषयवस्तु र आदर्श कार्यान्वयनका लागि छलफल, गोष्ठी र अन्तरक्रियाहरु गर्ने ।
 विधानको दफा १४ को उपदफा (३) पछि थप
१४.४.कार्य समितिले आवश्यकता अनुसार यस संस्थाका तोकिएका उद्देश्य प्राप्तीका लागि संयोजक र सदस्य सचिव समेत बढीमा ९ जना रहने गरी कार्यक्रम तथा संगठन विभा, महिला विभाग, श्रोत परीचालन विभाग, परराष्ट्र विभाग, प्राज्ञ विभाग, प्रचार विभाग तथा सल्लाहकार समिति गठन गर्न सकिनेछ । यस्तो विभाग वा समिति गठन गर्दा कार्य समितिका सदस्यलाई संयोजक तोक्नुपर्नेछ । सल्लाहकार समितिको सभापति वी.पी. विचार राष्ट्रिय समाजको केन्द्रीय सभापति हुनेछ । यसरी गरेको विभाग एवं समितिको काम र कर्तव्य र अधिकार कार्य समितिले तोके वमोजिम हुनेछ ।
१४.५.कार्य समितिले यस संस्थाको उद्देश्यमा सहयोग पु¥याउन सक्ने तथा वी.पी.का विचार एवं सिद्धान्तलाई आत्मसाथ गरेको लब्ध प्रतिष्ठित व्यक्तिलाई संरक्षक चयन गर्न सक्नेछ ।
१४.६. कार्य समितिले गरी आएका काम कारवाहीहरु केन्द्रीय कार्य समितिको बैठक बस्न नसकी कार्य सम्पादन गर्न आवश्यक भएमा कार्य समितिका पदाधिकारीहरु ५ जना र केन्द्रीय सदस्यहरु मध्येबाट सभापतिले मनोनित गरेको ८ सदस्य गरी जम्मा १३ सदस्यीय कार्य सम्पादन समिति गठन गरिनेछ । कार्य सम्पादन समितिले गरेको काम कारवाहीहरु त्यसपछि लगत्तै बसेको कार्य समितिको बैठकमा जानकारी वा अनुमोदन गराउनु पर्नेछ । 
१५. जिल्ला शाखा तथा क्षेत्रीय समन्वय समिति ः संस्थाको कार्य सञ्चालनका लागि नेपाल राज्यको सबै जिल्लामा जिल्ला शाखा गठन गर्न सक्नेछ । वी.पी. विचार राष्ट्रिय समाजका नामबाट जिल्लामा जिल्ला प्रशासन कार्यालयमा दर्ता भै काम गरिरहेका संस्थाले यस समाजको उद्देश्यसंग सहमत भै केन्द्रीय समितिमा आवद्धताको लागि आवेदन दिएमा त्यस्तो सँस्थालाई केन्द्रीय समितिले आवद्धता प्रदान गर्न सक्नेछ । जिल्ला शाखाले जिल्ला मातहतका निर्वाचन क्षेत्रमा क्षेत्रीय समन्वय समिति गठन गर्न सक्ने छ ।
  जिल्ला समिति तथा क्षेत्रीय समिति 
(१) प्रदेश समिति ः– (क) संस्थाको कार्य संचालनको लागि सम्बन्धीत प्रदेशको केन्द्रीय सदस्य सभापति रहने गरी बढीमा २१ जनाको प्रदेश समिति गठन हुनेछ ।
     जसमा उपसभापति–१, सचिव–१, कोषाध्यक्ष–१ सम्बन्धीत प्रदेशका जिल्लाका सभापतिहरु पदेन सदस्य हुने र बाँकी अन्य सदस्यहरु सम्बन्धीत प्रदेशका जिल्ला कार्य समितिका सदस्यहरुबाट प्रदेश सभापतिले मनोनयन गर्न सक्नेछ । प्रदेश समितिको सभापति, उपसभापति, सचिव र कोषाध्यक्षको मनोनयन केन्द्रीय समितिले गर्नेछ ।
(ख) प्रदेश समितिको पदाधिकारीको काम देहाय वमोजिम हुनेछ ।
(१) प्रदेश सभापतिको काम, कर्तव्य र अधिकार ः–
(क) प्रदेश कार्य समितिको बैठकको अध्यक्षता गर्ने, बैठक संचालन गर्ने ।
(ख) निर्णायक मत दिने ।
(ग) संस्थाको तर्फबाट प्रतिनिधित्व गर्ने वा प्रतिनिधि तोक्ने ।
(घ) आवश्यकता अनुसार बैठक बोलाउन सचिवलाई निर्देशन दिने ।
(ङ) अन्य पदाधिकारी एवं सदस्यहरुलाई कामको बाँडफाँड गर्ने। 
(च) अभिलेख प्रमाणित गर्ने ।
(२) प्रदेश उपसभापतिको काम, कर्तव्य र अधिकार ः–
(क) सभापतिलाई सहयोग गर्ने ।
(ख) सभापतिले दिएको जिम्मेवारी पूरा गर्ने ।
(ग) सभापतिको अनुपस्थितिमा निजले गर्नु पर्ने कार्य गर्ने ।
 (३) प्रदेश सचिवको काम, कर्तव्य र अधिकार ः–
(क) संस्थाको प्रदेश सचिवालयको संचालन र रेखदेख गर्ने ।
(४) प्रदेश कोषाध्यक्षको काम, कर्तव्य र अधिकार ः–
(क) संस्थाको प्रदेश कोषको रेखदेख र संचालन गर्ने ।
(ख) प्रदेशको सभा÷सम्मेलनमा वार्षिक कार्यक्रम र बजेट पेश गर्ने ।
    (ग) संस्थाको लेखा दुरुस्त राख्ने ।
         (घ) संस्थाको आय–व्ययको वार्षिक रुपमा लेखा परीक्षण गराउने ।
(५) प्रदेश कार्य समितिका सदस्यहरुको काम, कर्तव्य र अधिकार ः–
(क) प्रदेश समितिको बैठकमा सक्रिय सहभागिता जनाउने ।
(ख) संस्थाको कार्यमा रचनात्मक भूमिका निर्वाह गर्ने ।
(ग) कार्य समितिले तोकेका अन्य जिम्मेवारी पूरा गर्ने ।
(२) जिल्ला समिति तथा क्षेत्रीय समिति ः– संस्थाको कार्य संचालनको लागि राज्यका सबै जिल्लामा जिल्ला समिति गठन गर्न सक्नेछ । वी.पी. विचार राष्ट्रिय समाजका नामबाट जिल्लामा जिल्ला प्रशासन कार्यालयमा दर्ता भई काम गरी हरेका संस्थाले यस समाजको उद्देश्यसँग सहमत भई केन्द्रीय समितिमा आवद्धताको लागि आवेदन दिएमा त्यस्तो संस्थालाई केन्द्रीय समितिले आवद्धता प्रदान गर्नसक्नेछ । जिल्ला समितिले जिल्ला मातहतका निर्वाचन क्षेत्रमा क्षेत्रीय समिति गठन गर्न सक्नेछ । 
१६.  सँस्थाका अन्य कार्यहरु ः
(१) संस्थाको आगामी वर्षको वार्षिक कार्यक्रम तथा अनुमानित बजेट बनाई साधारण सभामा प्रस्तुत गर्ने ।
(२) विधान बमोजिमको व्यवस्था पालना गरी साधारणसभाको निर्णय कार्यान्वयन गर्ने गराउने ।
(३) संस्थाको हितमा हुने कार्यक्रमहरु संचालन गर्ने ।
(४) साधारण सभा प्रति उत्तरदायी रहने ।
(५) संस्थाको उद्देश्य प्राप्तिका लागि आवश्यक कार्य गर्ने र उपलब्ध साधन र श्रोतको अधिकतम उपभोग र प्रयोग गर्ने ।
(६) संस्थाको कार्य सम्पादन गर्न कार्य योजना बनाउने, श्रोत साधन जुटाउने, कार्यान्वयन,  सुपरीवेक्षण र अनुगमन गर्ने ।
(७) संस्थाको कोष र सम्पत्ती सुरक्षित तरिकाले राख्न लगाउने र बैंक खाता खोली संचालन गर्ने ।
(८) संस्थाको कर्मचारीहरुको सेवा, शर्त र सुविधा आदि सम्बन्धी कर्मचारी नियमावली बनाई साधारण सभाबाट स्वीकृत गराई लागू गर्ने गराउने ।
(९) संस्थाको उद्देश्य परिपूर्तिको लागि आफ्नो कार्य अवधिमा उपयुक्त व्यक्तिहरुको सल्लाहकार समिति वा अन्य समिति, उपसमिति गठन गर्ने र आवश्यकता अनुरुप कार्यको बाँडफाँड गरी दिने ।
(१०) संस्थाको नेतृत्वदायी भूमिका निर्वाह गर्ने ।
१७. पद त्याग गर्न सक्ने ः अध्यक्षले उपाध्यक्ष मार्फत कार्य समिति समक्ष र उपाध्यक्ष वा अन्य पदाधिकारीहरुले अध्यक्ष समक्ष राजिनामा दिई पद त्याग गर्न सक्ने छन् ।
१८. (खारेज गरिएको ।)
परिच्छेद–५
१९. पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार ः कार्य समितिका पदाधिकारीहरुको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।
(१) सभापतिको काम कर्तव्य र अधिकार ः
(क) समिति र सभाको बैठकको अध्यक्षता गर्ने, बैठक संचालन गर्ने, निर्णायक मत दिने ।
(ख) संस्थाको तर्फबाट प्रतिनिधित्व गर्ने वा प्रतिनिधि तोक्ने, संस्थाको नेतृत्व लिने ।
(ग) आवश्यकता अनुसार बैठकहरु बोलाउन सचिवलाई निर्देशन दिने, अन्य पदाधिकारी एवम् सदस्यहरुलाई कामको बाँडफाँड गर्ने ।
(घ) अभिलेख प्रमाणित गर्ने ।
(२) उप–सभापतिको काम कर्तव्य र अधिकार ः
(क) सभापतिलाई सहयोग गर्ने ।
(ख) सभापतिले दिएको जिम्मेवारी पूरा गर्ने ।   
(ग) सभापतिको अनुपस्थितिमा निजले गर्नु पर्ने कार्य गर्ने ।
(३) महासचिवको काम कर्तव्य र अधिकार ः
(क) संस्थाको सचिवालयको रेखदेख र संचालन गर्ने ।  
(ख) अध्यक्षको निर्देशन अनुसार बैठक र सभा बोलाउने ।
(ग) अभिलेख सुरक्षित राख्ने ।
(घ) सभापतिले दिएको अन्य जिम्मेवारी पूरा गर्ने ।
(४) कोषाध्यक्षको काम कर्तव्य र अधिकार ः
(क) संस्थाको कोषको रेखदेख र संचालन गर्ने ।
(ख) साधारण सभामा वार्षिक कार्यक्रम र बजेट पेश गर्ने ।  
(ग) लेखा दुरुस्त राख्ने ।
(घ) नियमित रुपमा बार्षिक लेखा परीक्षण गराउने ।
(५)  उप–महासचिवको काम, कर्तव्य र अधिकार ः
(क) संस्थाको सचिवालय सञ्चालन र रेखदेख गर्न महासचिवलाई सहयोग गर्ने ।
(ख) सभापति र महासचिवले दिएको अन्य जिम्मेवारी पुरा गर्ने ।
(ग) महासचिवको अनुपस्थितिमा महासचिवले गर्ने काम गर्ने ।
(६) सदस्यहरुको काम कर्तव्य र अधिकार ः
(क) समितिको बैठकमा सक्रिय सहभागिता जनाउने ।
(ख) संस्थाको कार्यमा रचनात्मक भूमिकाको निर्वाह गर्ने ।
(७) जिल्ला सभापतिको काम, कर्तव्य र अधिकार ः
(क) जिल्ला कार्यसमितिको वैठकको अध्यक्षता गर्ने, वैठक सञ्चालन गर्ने ।
(ख) निर्णायक मत दिने ।
(ग) संस्थाको तर्फबाट जिल्लामा प्रतिनिधित्व गर्ने वा प्रतिनिधि तोक्ने ।
(घ) आवश्यकता अनुसार बैठक बोलाउन जिल्ला सचिवलाई निर्देशन दिने । 
(ङ) अन्य पदाधिकारी एवम् सदस्यहरूलाई कामको बाँडफाँड गर्ने । 
(च) अभिलेख प्रमाणित गर्ने ।
(८) जिल्ला उपसभापतिको काम, कर्तव्य र अधिकार ः
(क) सभापतिलाई सहयोग गर्ने ।
(ख) सभापतिले दिएको जिम्मेवारी पुरा गर्ने ।
(ग) सभापतिको अनुपस्थितिमा निजले गर्नु पर्ने कार्य गर्ने ।
(९) जिल्ला सचिवको काम कर्तव्य र अधिकार ः 
(क) संस्थाको जिल्ला सचिवालयको सञ्चालन र रेखदेख गर्ने 
(ख) जिल्ला अध्यक्षको निर्देशन अनुसार बैठक र सभा बोलाउने ।
(ग) अभिलेख सुरक्षित राख्ने ।  
(घ) जिल्ला सभापतिले दिएको अन्य जिम्मेवारी पुरा गर्ने । 
(१०) जिल्ला सहसचिवको काम, कर्तव्य र अधिकार ः
(क) संस्थाको जिल्ला सचिवालयको सञ्चालन र रेखदेख गर्न सचिवलाई सहयोग गर्ने ।
(ख) जिल्ला  बैठक र सभा बोलाउन सचिवलाई सहयोग गर्ने ।
(ग) जिल्ला सचिवले दिएको अन्य जिम्मेवारी पुरा गर्ने । 
(११) जिल्ला कोषाध्यक्षको काम, कर्तव्य र अधिकार ः
(क) संस्थाको जिल्ला कोषको रेखदेख र सञ्चालन गर्ने ।
(ख) जिल्लाको सभा÷सम्मेलनमा वार्षिक कार्यक्रम र बजेट पेश गर्ने । 
(ग) संस्थाको लेखा दुरूत राख्ने ।
(घ) संस्थाका आय–व्ययको वार्षिक रूपमा लेखापरीक्षण गराउने । 
(१२) जिल्ला कार्यसमितिका सदस्यहरूको काम कर्तव्य र अधिकार ः 
(क) जिल्ला समितिको बैठकमा सक्रिय सहभागिता जनाउने ।
(ख) संस्थाको कार्यमा रचनात्मक भूमिका निर्वाह गर्ने ।
(ग) कार्य समितिले तोकेको अन्य जिम्मेवारी पुरा गर्ने ।
२०. गणपूरक संख्या ः
(१) कूलसदस्य संख्याको ६० प्रतिशत साधारण सदस्यहरुको उपस्थित नभै साधारण सभाको काम कारवाही हुनेछैन ।
(२) तर विधानको दफा (११) ५ मा उल्लेख भए बमोजिम पुनः बोलाइएको साधारण सभामा कूल सदस्य संख्याको ५१ प्रतिशत उपस्थित भएमा सभा गर्न बाधा पर्ने छैन ।
(३) दोश्रो पटक पनि गणपुरक संख्या नपुगेमा तेश्रो पटक उपस्थित संख्यालाई गणपूरक संख्या मानिनेछ ।
परिच्छेद–६
आर्थिक व्यवस्था
२१. संस्थाको कोषः
(१) संस्थाको आफ्नो छुट्टै कोष हुनेछ र सो कोषमा देहाय बमोजिमको प्राप्त रकमहरु जम्मा हुनेछ ः
(क) सदस्यता बापत प्राप्त प्रवेश शुल्क र सदस्यता शुल्कको रकम ।ं
(ख) कसैले स्वेच्छाले दिएको अनुदान सहायता वापत प्राप्त रकम ।
(ग) संस्थाको चल अचल सम्पति वा अन्य वस्तुको विक्रिबाट प्राप्त रकम ।  
(घ) विदेशी संस्थाको व्यक्ति वा अन्र्तराष्ट्रिय संघ संस्थावाट सहयोग वापत प्राप्त रकम ।  
(ङ) स्थानीय निकायबाट प्राप्त अनुदान वा सहयोग वापत प्राप्त रकम ।
(२) विदेशी संघ संस्था वा व्यक्तिबाट आर्थिक सहयोग तथा अनुदान लिने भए संस्थाले नेपाल सरकार समाज कल्याण परीषदबाट स्वीकृत लिईने छ ।
(३) संस्थामा प्राप्त रकम स्थानीय बैकमा जम्मा गरी बैंक खाता संंचालन गरिने छ ।
२२ खाता संचालन ः संस्थाको बैंक खाता सभापति, सह्सभापति, महासचिव र कोषाध्यक्ष (अनिवार्य) मध्ये कुनै दुईको संयुक्त दस्तखतबाट संचालन हुनेछ । प्रचलित ऐन नियम अनुसार खर्च गर्ने तथा खर्चको श्रेस्ता राख्ने व्यवस्था गरिनेछ ।
२३. कोषको रकम खर्च गर्ने तरिका ः संस्थाको कोषमा जम्मा भएको रकम खर्च गर्दा देहाए बमोजिम तरिका अपनाई खर्च गरिनेछ ।
(क) संस्थाको वार्षिक बजेट, योजना र कार्यक्रम स्वीकृत नगरी कोषबाट खर्च गर्न सकिने छैन ।
(ख) साधारण सभाबाट पारित बजेट र कार्यक्रमको अधिनमा रही कोषबाट रकम खर्च गर्न सकिनेछ ।
(ग) कोषबाट खर्च भएको रकमको आर्थिक प्रतिवेदन साधारण सभामा अनिवार्य रुपले पेश गर्नु पर्नेछ ।
(घ) कोषको रकम खर्च गर्दा तोकिए बमोजिम खर्च गर्नु पर्नेछ ।
२४. संस्थाको लेखा र लेखा परिक्षण ः
(१) संस्थाको आय व्ययको लेखा प्रचलित कानून बमोजिम स्पष्ट तवरले राखिनेछ ।
(२) संस्थाको लेखा परीक्षणको प्रचलिन कानून बमोजिम रजिष्टर्ड लेखा परिक्षकबाट हुनेछ ।
(३) नेपाल सरकार वा स्थानीय अधिकारीले चाहेमा जुनसुकै वखतमा पनि आफै वा मातहतका कर्मचारीहरु खटाई संस्थाको हिसाव किताव जाँच गर्न गराउन सक्नेछ ।
(४) लेखा परिक्षकको नियुक्ति साधारण सभाबाट हुनेछ । तर प्रथम वार्षिक साधारण सभा नभएसम्म लेखा परिक्षकको नियुक्ति कार्य समितिबाट हुनेछ ।
(५) संस्थाको लेखा परीक्षण प्रतिवेदन र वार्षिक कार्य प्रगती विवरणको १÷१ प्रति स्थानीय अधिकारी, जिल्ला बिकास समिति, समाज कल्याण परिषद् र सम्बन्धित निकायमा पेश गरिनेछ ।
परिच्छेद–७
निर्वाचन, अविश्वासको प्रस्ताव, विधान संशोधन सम्वन्धी व्यवस्था
२५. निर्वाचन सम्वन्धी व्यवस्था ः
(१) समितिको निर्वाचन प्रयोजनको लागि वढीमा ३(तीन) जनाको एक निर्वाचन समिति कार्यसमितिद्धारा गठन गरिने छ
(२) निर्वाचन समितिले प्रचलित कानूनको परिधी भित्र रहेर निर्वाचन कार्यविधि आफै व्यवस्थित गर्ने छ ।
(३) निर्वाचन सम्वन्धी विवाद उत्पन्न भएमा निर्वाचन समितिले गरेको निणर्य नै अन्तिम हुनेछ ।
(४) निर्वाचन सम्पन्न भएको भोलि पल्ट निर्वाचन समितिको स्वतः विघटन हुनेछ ।
२६. उम्मेदवार हुने योग्यताः  कार्य समितिको उम्मेदवार हुन देहाय बमोजिमको योग्यता पुगेको हुन पर्नेछ ।
(क) विधानको दफा ७ को योग्यता पुगी सदस्यता प्राप्त गरेको हुनु पर्नेछ ।
(ख) संस्थाको सदस्यता प्राप्त गरेको कम्तिमा २ वर्ष पुगेको हुनु पर्नेछ । तर संस्थापक सदस्यको लागि यो बन्देज लागू हुने छैन ।
(ग) कार्यसमितिको सभापति पदमा निर्वाचित हुनको लागि कम्तीमा एक कार्यकाल कार्य समितिको सदस्य भै काम गरी सकेको हुनु पर्नेछ ।  प्रथम पटकका लागि यो बन्देज लागू हुने छैन ।
२७. अविश्वासको प्रस्ताव ः
(१) अविश्वासको प्रस्ताव लिखित रुपमा कुन कुन पदाधिकरीको विरुद्धमा हो स्पष्ट खुलाई देहाय बमोजिमको रितपु¥याई संस्थामा दर्ता गर्नु पर्नेछ ।
(क) नेपाली भाषामा शिष्ट शव्दको प्रयोगगरी लेखिएको हुनुपर्छ   
(ख) प्रस्तावको विषय स्पष्ट र व्यवहारिक हुनुपर्छ ।
(ग) साधारण सभा सदस्यहरु मध्येबाट कम्तीमा १÷४ (एक चौथाई) सदस्यहरुको प्रष्ट नाम, थर र ठेगाना सहित खुलाई सही भएको हुनुपर्छ ।
(२) उपदफा १ बमोजिम संस्थामा दर्ता भएको अविश्वासको प्रस्तावको स्पष्ट विषय खुलाई साधारण सभा वा विशेष साधारण सभा वस्ने स्थान, मिति, समय समेत तोकी संस्थाको साधारण सभाको सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई विधानको दफा ११(४) बमोजिम साधारण सभा वा विशेष साधारण सभा वस्ने  सूचना दिईने छ ।
(३) अविश्वासको प्रस्ताव माथि छलफल प्रक्रिया ः
(क) साधारण सभामा अध्यक्षता गर्ने व्यक्तिले साधारण सभामा उपदाफा (१) बमोजिम प्रस्ताव पेश गर्न अनुमति दिनेछ र प्रस्ताव पेश गर्ने सदस्यहरु मध्ये १(एक) जनाले अविश्वासको प्रस्ताव ल्याउनु पर्ने कारण सहितको आफनो अभिमत सभा समक्ष प्रस्तुत गर्नेछ ।
(ख) उप दफा (३) (क) बमोजिम अविश्वासको प्रस्ताव पक्षका सदस्यले आफ्नो अभिमत प्रस्तुत गरेपछि सो प्रस्ताव उपर     मत प्रकट गर्न चाहने वढीमा अन्य तिन जना सदस्यहरुलाई अध्यक्षले अभिमत प्रकट गर्न अनुमति दिन सक्नेछ ।
(ग) उप दफा (१) बमोजिम अविश्वासको प्रस्ताव जुन पदाधिकारीहरु विरुद्ध प्रस्तुत गरिएको हो, अध्यक्षता गर्ने व्यक्तिले ती पदाधीकारीहरुलाई आफ्नो सफाई पेश गर्न मौकाको लागि आफ्नो भनाईहरु राख्न अनुमति दिनेछ ।
(४) अविश्वासको प्रस्ताव माथि निर्णय ः
(क) अविश्वासको प्रस्ताव उपर आफ्नो भनाई प्रस्तुत गर्ने क्रम समाप्त भए पछि अध्यक्षता गर्ने व्यक्तिले सो अविश्वासको    प्रस्तावको बहुमत पक्ष वा विपक्षमा छ भन्ने निर्णयको लागि देहाय बमोजिमको कुनै एकतरिका अपनाई अविश्वासको     प्रस्तावको निर्णयको घोषणा गर्नेछ ।
(अ) अविश्वासको प्रस्तावको पक्षमा मत प्रकट गर्ने एक समूहमा र विपक्षमा मत प्रकट गर्ने अर्को समूहमा छुट्याएर वा
(आ) साधारण सभाका सदस्यहरुलाई अविश्वासको प्रस्तावको पक्ष र विपक्षमा गोप्य मतदान गराएर ।
(ख) साधारण सभाको कुल सदस्य संख्याको २÷३(दुई तिहाई) बहुमतले अविश्वासको प्रस्ताव पारित हुने छ । त्यस्तो    प्रस्ताव पारित भएमा प्रस्तावित पक्षका व्यक्तिहरु पद मुक्त हुनेछन् ।
(ग) निर्वाचित भएको ६महिना नपुगी वा प्रस्ताव विफल भएको ६ महिना नपुगी त्यस्तो व्यक्ति उपर पुनः अविश्वासको प्रस्ताव ल्याउन पाईने छैन ।
 
२८. विधान संशोधन ः  कुल सदस्य संख्याको २÷३ (दुई तिहाई) साधारण सभा सदस्यहरुले अनुमोदन गरे पश्चात मात्र संस्थाको कुनै दफा संशोधन वा खारेजको लागि स्थानिय अधिकारी समक्ष सिफारिस गरी पठाउनु पर्नेछ । स्थानिय अधिकरीबाट स्वीकृत भए पश्चात मात्र संस्थाको कुनै दफा संशोधन वा खारेज भएको मानिनेछ ।
२९. नियम वनाउन सक्ने ः 
(१) संस्थाले आफनो कार्य सम्पादन गर्ने सन्दर्भमा आवश्यक नियम बनाउन सक्नेछ र सो नियम साधारण सभाबाट पारित गराई लागु हुनेछ र स्थानीय अधिकारीलाई सोको जानकारी दिनु पर्नेछ ।
(२) यो विधान र विधान अन्र्तगत बनेको नियमको अधिनमा रही संस्थाको कार्य संचालन र उद्देश्य कार्यान्यनका लागि कार्य समितिले कर्मचारी व्यवस्था र आर्थिक प्रशासन सम्बन्धी विनियम लागू गर्न सक्नेछ । ती विनियमहरु साधारण सभाबाट अनुमोदन गराउनु पर्नेछ ।
३०. कर्मचारीको व्यवस्था ः 
(क) संस्थाको दैनिक कार्य संचालन र योजना तथा कार्यक्रम संचालनका लागि कर्मचारी दरवन्दी सिर्जना, पारिश्रमिक, भत्ता तथा अन्य सुविधा र कर्मचारी सेवा शर्तहरु अपनाउनु पर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ ।
(ख) संस्थाले विदेशी सहयोग प्राप्त गरी संस्थाको संचालन गर्ने कार्यान्वयन तहमा विदेशी सल्लाकार वा स्वयम सेवक राख्ने अवस्था भएमा निजले काम गर्ने अवधि पु¥याउने सेवा, कामको औचित्य, सुविधा र तिनको योग्यता समेतको विवरण स्थानीय अधिकारी, जिल्ला विकास समिति र समाज कल्याण परिषद्मा समेत जानकारी गराईने छ ।
३१. संस्था खारेजी
(१) साधारण सभाले आवश्यक देखेमा विशेष प्रस्ताव पारित गरी संस्था खारेजी गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम संस्थाको खारेजीको प्रस्ताव पारित गर्दा साधारण सभाले खारेजीको कामका लागि एक वा एक भन्दा वढी लिक्विडेटरहरु र संस्थाको हिसाव किताव गर्नको लागि एक वा एक भन्दा वढी लेखा परिक्षकहरु नियुक्त गर्न सक्नेछन् ।
(३) उपदफा (२) बमोजिम नियुक्त लिक्विडेटर र लेखा परिक्षकहरुको पारिश्रमिक साधारण सभाले तोकिदिए बमोजिम हुनेछ ।
(४) यसरी कारणबस संस्था विघटन भई खारेज भएमा संस्थाको दायित्वको फरफारकगरी वाँकी रहने सम्पूर्ण जायजेथा नेपाल सरकारको हुनेछ ।
३२. व्याख्या ः यो विधान र विधान अन्र्तगत बनेको नियम विनियमको व्याख्या गर्ने अधिकार कार्य समितिलाई हुनेछ ।
३३. गोप्यता भंग गर्न नहुने ः
(१) यस संस्थाका कुनै पनि पदाधिकारी वा सदस्यले संस्थाको अहित हुने कार्य गर्नु हुदैन ।
(२) कार्य समितिका पदाधिकारी वा सदस्यहरुले वैठक वा साधारण सभामा  असभ्य र अश्लिल शव्दको प्रयोग गर्न पाईने छैन ।
३४. ऐन अनुसार हुने ः यस विधानमा उल्लेख नभएका कुराहरु कानून बमोजिम हुनेछ र संस्था दर्ता ऐन, नियम, र प्रचलित कानूनसंग बाझिन गएमा बाझिएको हदसम्म स्वतः निष्कृय हुनेछ ।
३५. निर्देशनको पालना ः नेपाल सरकार वा स्थानीय अधिकारीले समय– समयमा दिएको निर्देशनको पालना गर्नु संस्थाको कर्तव्य हुनेछ ।
३६. महासंघ गठन ः यो संस्थाको उदेश्य मिल्ने संस्थाहरुसंग मिलेर राष्ट्रिय महासंघ गठन गर्न सकिने छ । राष्ट्रिय महासंघको काम कर्तव्य र अधिकार महासंघले तोके वमोजिम हुने छ ।
३७. तदर्थ समिति ः
(१) यो संस्था स्थापना गरी दर्ता गराउनुको लागि गठित तदर्थ समितिले ६ महिना भित्र साधारण सभा बोलाई विधान अनुसारको निर्वाचन समितिको गठन गरी नयाँ कार्यसमितको निर्वाचन गराउने छ र सोको जानकारी स्थानिय अधि (२) प्रथम पटक निर्वाचन सम्पन्न नभएसम्म कार्य समितिले गरेका  कामकारवाहीहरु यसै विधान सरह भएको मानिने छ ।
 
३८. संस्थापक सदस्य ः हामी बी पी  विचार  राष्ट्रिय समाजका निम्न संस्थापक सदस्यहरु यस विधान बमोजिम कार्य गर्न मञ्जुर भई निम्न साक्षीको रोहवरमा विधानमा सहीछाप गर्दछांै ।
क्र.स. संस्थापकको नाम, थर र ठेगाना साक्षीको नाम, थर र ठेगाना
१. कुलबहादुर गुरुङ्ग, इलाम नपा–२, इलाम विमल गुरूङ्ग, खुरापानी गाविस–८, झापा
२. गोविन्दराज जोशी, रूपाकोट गाविस–३, तनहूँ केशवराज जोशी, धनगडी नपा–५, कैलाली
३. लक्ष्मणप्रसाद घिमिरे, रामेछाप गाविस–३, रामेछाप विष्णुभक्त सितुखु, भक्तपुर नपा–५, भक्तपुर
४. विनयध्वज चन्द, दशरथचन्द नपा–१, बैतडी सुदीप लामिछाने, ठुलिपोखरी गाविस–३, पर्वत
५. सुनीलकुमार भण्डारी, धनपा–५, कैलाली बच्चुराम न्यौपाने, दधिकोट गाविस–५, भक्तपुर
६. अम्बिका बस्नेत, कामपा–६, काठमाडौं गोविन्द परियार, चोबु गाविस–१, तनहूँ
७. श्यामलाल श्रेष्ठ, कामपा–२६, काठमाडौं मुक्तिप्रसाद आचार्य, जगतीपुर गाविस–१, जाजरकोट
८. लोकेश ढकाल, कामपा–७, काठमाडौं वलराम बानिया, मिर्डुला–७, तनहूँ
९. जनकराज गिरी, वार्द गाविस–७, बाजुरा खडानन्द न्यौपाने (शुभाष), बरदुङ्गा गाविस–७, मोरङ्ग
अनुसचि – १
संस्थाको छाप र चिन्हको विवरण
१. संस्थाको छाप गोलाकार हुनेछ । उक्त गोलाकार भित्र वी पी विचार राष्ट्रिय समाज–२०६९ भनि लेखिने छ र त्यसको केन्द्रमा वी पी को तस्वीरको डिजाइन अंकित हुनेछ ।
२. संस्थाको चिन्ह ः वी पी विचार राष्ट्रिय समाजको अग्रेजीको संक्षेप BPINS को ठिक माथि वलिरहेको वत्तीको प्रतिक भएको संस्थाको चिन्ह हुनेछ ।