Nepal map
B.P. Koirala

बीपी विचार राष्ट्रिय समाजको दोश्रो महाधिवेशनको नीति र कार्यक्रम

 

 
 
 
 
 
 
प्रस्तुत कर्ता 
गोविन्दराज जोशी
उप सभापति 
पृष्ठभूमि
आज नेपाली काँग्रेसका संस्थापक बीपी कोइराला हाम्रो माझ हुनुहुन्न । उहाँ भइदिएको भए आज नेपालले जुन दुर्दशा बेहोर्नुपरेको छ त्यो बेहोर्नुपर्ने थिएन । नेपाली काँग्रेस यो देशको एकमात्र प्रजातान्त्रिक पार्टी भएर पनि आज बाटो बिराएको बटुवाजस्तै भौँतारिरहेको छ । किन त्यस्तो भयो नेपाली काँग्रेसको अवस्था, किन नेपाली राजनीतिले सही बाटो पहिल्याउन सकेन आज चिन्ताको विषय बनेको छ । शायद बीपीले देखाएको बाटो हामीले अवलम्बन गर्न सकेको भए आज देशको यो अवस्था हुने थिएन । बीपीले विचार दिएर जानुभयो, दर्शन दिएर जानुभयो त्यसलाई सही व्याख्या हामीले गर्न सकेनाँै । त्यो विचारलाई हामीले अवलम्मन गर्न सकेनौँ । यथार्थ कुरा यही हो । 
 
जननायक विश्वेश्वरप्रसाद कोइरालाका विचारहरू आज पनि उत्तिकै सान्दर्भिक रहेका छन् । उहाँको जीवनकालमा उहाँलाई धेरै मानिसहरूले चिन्न सकेनन् ,धेरैले बुझ्न सकेनन् । उहाँका विचारहरू कालजयी बनेका छन । आज सबैले आफनो–आफनो दृष्टिकोणबाट व्याख्या गर्दछन् बीपी कोइरालालाई । त्यसैले बीपीका विचारहरूलाई यथार्थपरक भएर जनमानसमा लैजानुपरेको छ । यही कुरालाई मनन् गरेर नै बीपी विचार राष्ट्रिय समाजले बीपीका विचारहरूलाई जनस्तरमा पु¥याउने जमर्को गरेको हो । बीपी भन्नुहुन्थ्यो, “म मरेपछि नेपाली काँग्रेसमा मेरो भूमिकाको बारेमा व्यापक भ्रम सिर्जना गर्ने प्रयास हुनेछ भन्ने मलाई पक्का छ । घटनाहरूलाई बङ्ग्याएर इतिहासको गलत व्याख्या गरिनेछ । नेपाली काँग्रेसमा मैले लिएको अडान र मेरो दृष्टिकोणलाई गौण बनाइनेछ । मैले नेपाली काँग्रेसमा सदैव सैद्धान्तिक र विषयगत अडान लिएको छु । राष्ट्रियताको विषयमा, प्रजातान्त्रिक संस्थाहरूको विषयमा, आर्थिक विकास र समाजवादी व्यवस्थाको विषयमा, मेरा अडानका निरन्तरता छन्् । हिन्दुस्तानको बारेमा, राजाको बारेमा  र संसारसँगको सम्पर्कका बारेमा मेरो दृष्टिकोणमा एउटा निरन्तरता छ र त्यसका आधारहरू मैले सधैँ उल्लेख गर्ने गरेको छु । २००७ सालको क्रान्ति हामीले हिन्दुस्तानबाट सञ्चालन ग¥यौँ । हामीलाई हिन्दुस्तानले सञ्चालन गर्न खोजेको कुराको मैले सधैँभरि र सबभन्दा बढी विरोध गरेको छु । मैले राजालाई हमेशा महŒव दिएको छु । मलाई थुनामा राख्दा पनि मैले त्यही विचार राखेको छु ।  उनको निरङ्कुश शैलीको मैले सधैँ र सबभन्दा बढी विरोध गरेको छु । मैले हिन्दुस्तानमा बसेर सङ्गठन गर्दा पनि आफ्नो राष्ट्रियताको छवि कायम राख्ने प्रयास गरेँ । राजासँग मेलमिलापको कुरा गर्दा पनि प्रजातन्त्रको  आग्रहमा मैले कहिल्यै समर्पण गरिनँ । मेरा यी अडानहरूका बारेमा व्यापक भ्रम सिर्जना हुने सम्भावना मैले देखेको छु । नेपाली काँग्रेसको इतिहास ती सबै आदर्शहरू र लक्ष्यहरूका साथ भएको संघर्षको इतिहास हो । मलाई लाग्दछ यस मुलुकको उज्जल भविष्यका लागि नेपाली काँग्रेसमा ती कुराहरूको निरन्तरता रहनुपर्छ ।  जुन दिन नेपाली काँग्रेसले राष्ट्रियताको आफ्नो अडान छोड्नेछ, यो निरर्थक भएर जानेछ । जुन दिन यसले प्रजातन्त्रको आदर्शहरू छाडेर केवल सत्ताको राजनीति गर्नेछ, यो निरर्थक भएर जानेछ ।” बीपी कोइरालाका यी र यस्तै महान् वाणीहरूलाई आत्मसात् गर्दै उहाँका यी अवधारणाहरलाई जनस्तरसम्म पु¥याउने उद्देश्य राखेर बीपी विचार राष्ट्रिय समाजको स्थापना भएको हो ।  
 
बीपीको भूमिकाको विषयमा सिर्जित भ्रम
बीपी कोइराला निर्वासनमा रहनु हुँदा नै उहाँलाई आफनै कार्यकर्ताहरूबाट आफ्ना बारेमा आफू मरेपछि भ्रम सिर्जना गरिनेछ भन्ने कुरा लागेको रहेछ । बीपीको विचारमा काँग्रेसका नेता कार्यकर्ताहरू त्यतिखेर नै सिद्धान्तमुखीभन्दा सत्तामुखी हुँदैगएको आभास भइसकेको  रहेछ । त्यसैले उहाँले उहाँलाई बङ्ग्याएर इतिहासको गलत व्याख्या गरिनेछ । “नेपाली काँग्रेसमा मैले लिएको अडान र मेरो दृष्टिकोणलाई गौण बनाइनेछ भन्ने मलाई पक्का छ” भन्नुभएको रहेछ । हुन पनि आज त्यस्तै भयो । वि.सं. २०४६ सालको सफल जनआन्दोलनपछाडि पार्टी विस्तारै सत्तामुखी हुँदै गयो । राष्ट्रियताका बारेमा, प्रजातन्त्रका बारेमा र समाजवादका बारेमा विस्तारै गलत व्याख्या गरिँदै गयो । हुँदाहुँदा राष्ट्रिय मेलमिलापकै बारेमा पनि गलत व्याख्या गरियो बीपीको जीवनकालपछि । बीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नारा दिएर २०३३ पौष १६ गते नेपाल फर्कदा स्पष्ट रूपमा भन्नुभएको थियो कि राष्ट्रिय मेलमिलाप भनेको त्योसँगको मेलमिलाप हो जो प्रजातन्त्रवादी र राष्ट्रवादी छ । यदि कुनै शक्ति वा व्यक्ति राष्ट्रवादी छ प्रजातन्त्रवादी छैन अथवा प्रजातन्त्रवादी छ राष्ट्रवादी छैन भने त्योसँग हाम्रो मेलमिलाप हुन सक्दैन । त्यसैले उहाँको न राजासँग न कम्युनिष्टहरूसँग मेलमिलाप हुनसक्यो । बीपीको निधनपछि राष्ट्रिय मेलमिलाप भनेको जनतासँगको मेलमिलाप भनियो र सत्ताको लागि जोसँग पनि अंकमाल गरियो । यसरी हामीमा विचलन आयो । आज यही विचलनका कारण नेपाली काँग्रेसको यो अवस्था भएको छ । काँग्रेसले आफनो अडान पनि छोडेको छ पहिचान पनि गुमाएको छ भनेको यही हो । बीपीलाई पहिले नै आभास भइसकेको रहेछ कि उहाँको निधनपछि नेपाली काँग्रेसमा उहाँको भूमिकाको बारेमा व्यापक भ्रम सिर्जना गर्ने प्रयास हुनेछ भनेर ।
बीपी विचार  
वि.सं. २००३ सालमा नेपाली राष्ट्रिय काँग्रेसको स्थापना भएपछि वि.सं. २०३९ मा बीपीको निधन भएको समयभित्र राष्ट्र, राष्ट्रिय, प्रजातन्त्र र समाजवादको विषयमा अभिव्यक्त बीपीका लिखित र मौखिक अवधारणाहरूको समष्टि रूप नै यथार्थमा बीपी विचार हो । जीवनको उत्तरार्धसम्मका अनुभवहरूलाई सँगाल्दै आफना कार्यकर्ताहरूलाई निश्चित मार्गदर्शन गरेर भविष्यको लागि समेत एउटा गोरेटो कोरिदिनुभएको छ । आज त्यही बाटोले नेपाली काँग्रेसका कार्यकर्ताहरूलाई निरन्तर प्रकाश दिइराखेको छ । अझै स्पष्टरूपमा भन्नुपर्दा, बीपी कोइरालाले आठ वर्षको भारत निर्वासनपछि मेलमिलापको नीति लिएर नेपाल फर्कनुअघि दिनुभएको वक्तव्यले काँगे्रसका कार्यकताहरूलाई मात्र होइन द्वन्द्वरत मुलुकका सबै मानिसहरूलाई बाटो देखाइदिएको छ । 
 
जन्मकालदेखि नै नेपाली काँग्रेस राष्ट्रियता, प्रजातन्त्र र समाजवादका आदर्श, मूल्य र मान्यताका आधारमा न्यायपूर्ण, गतिशील, स्वतन्त्र र समतामूलक समाजको स्थापनाका लागि प्रतिबद्ध छ । आफ्ना पार्टीका हजाराँैहजार नेता एवं कार्यकर्ताले प्रजातन्त्रका लागि गरेको त्याग, तपस्या र बलिदानपूर्ण देशभक्तिको लामो परम्परालाई काँग्रेस उच्च सम्मान गर्दछ । हिंसात्मक द्वन्द्वको बेलामा पार्टीका सैद्धान्तिक आदर्श र मुलुकमा स्थायी शान्तिका निमित्त जीवन उत्सर्ग गर्ने हजारौँ हजार शहीदहरूको सहादतलाई सम्मान गर्नु यसको कर्तव्य हो । उल्लिखित कार्यहरूभित्र, राष्ट्रियता  र प्रजातन्त्रको संरक्षण र संवर्धन गर्न र नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा स्थापित गरी सामाजिक, राजनीतिक र आथिर्क विकास गर्ने पुनीत कार्यका लागि नेपाली काँग्रेसको स्थापना भएको हो । यसमा नेपाली जनताको एकात्मक भावना छ र सपना सजिएको छ ।
 
सशस्त्र आन्दोलन र पटक–पटक शान्तिपूर्ण आन्दोलन गरेको नेपाली काँग्रेसले देशको राष्ट्रियतामा संकट आइपरेको ठहर गरी निरन्तर आन्दोलन गरिरहने क्रममा बीपी कोइराला भारत निर्वासन छोडी स्वदेश फर्कनुभयो । यही दिनदेखि आजका दिनसम्म नेपाली काँग्रेसले प्रजातान्त्रिक आन्दोलनको सफलताको लागि शान्तिपूर्ण जनआन्दोलनको नेतृत्व गर्दै आइरहेको छ । बीपी कोइरालाको भारत निर्वासन नेपाली काँग्रेसको प्रजातान्त्रिक आन्दोलनको एक महŒवपूर्ण पाटो हो । अहिले नेपाली काँग्रेस र नेपाली समाज पनि ठीक यसको उल्टो गतिमा छ भन्दा अत्युक्ति हँुदैन ।
 
बीपी विचार राष्ट्रिय समाजको स्थापना
बीपी कोइरालाले नेपाली समाजमा राष्ट्रियता, प्रजातन्त्र र समाजवादका बारेमा विचार दिएर जानुभएको छ । आज उहाँका विचारहरू सान्दर्भिक छँदाछँदै पनि ती विचारहरूलाई समाजमा प्रत्याभूत गर्न उहाँका अनुयायीहरूले सकेका छैनन् । त्यसैले आज बीपीको विचार अल्मलिएको महसुस गरी उहाँका विचारहरूलाई नेपाली समाजमा प्रतिस्थापन गर्नु आजको आवश्यकता भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी, महामानव बीपी कोइराला (बीपी) ले नेपालको राष्ट्रियताको संरक्षण एवम् संवर्धन र प्रजातन्त्रको स्थापना, स्थायित्व एवम् विकाससँगै नेपाली साहित्यमा पु¥याउनुभएको अतुलनीय योगदानको उच्च सम्मान गर्नुपर्दछ । उहाँले नेपालको स्वतन्त्रता, राष्ट्रिय एकता र अखण्डताका लागि नेपालको राजनीतिक परिवेशका सन्दर्भमा प्रतिपादन, परिभाषित एवम् विकसित गर्नुभएको राष्ट्रिय एकता र मेलमिलापको नीति र सिद्धान्तलाई आत्मसात गर्दै, मुलुकको समानुपातिक एवम् सन्तुलित विकास र जनताको जीवनस्तर माथि उठाउन लिनुभएको प्रजातान्त्रिक समाजवादको नीति, सिद्धान्त र कार्यक्रम प्रति पूर्णरुपमा विश्वास प्रकट गर्दै, बीपीले प्रतिपादन, व्याख्या एवम् विकास गर्नुभएको राष्ट्रिय एकता र मेलमिलापको नीति अन्तर्गत रहेर सो नीतिलाई वर्तमान राजनीतिक परिप्रेक्षमा विकसित एवम् परिभाषित गरी थप उन्नत बनाउँदै राष्ट्रियता र राष्ट्रिय अखण्डताको संरक्षण एवम् प्रवर्धन गर्न र प्रजातान्त्रिक समाजवादको नीतिलाई अझ व्यावहारिक ढंगबाट लागू गरी आर्थिक उन्नति र जनताको जीवनस्तर माथि उठाउने आधार बनाउन एवम् बीपी विचार र सिद्धान्तलाई जनस्तरसम्म पु¥याउने पवित्र उद्देश्यले यस ‘बीपी विचार राष्ट्रिय समाज’को स्थापना भएको हो  ।
 
बीपी विचार राष्ट्रिय समाजको साङ्गठनिक संरचना 
यी सबै कार्यहरू सम्पादन गर्न समाजको सांगठनिक संरचनाको महŒवपूर्ण भूमिका रहेको हुन्छ । समाजका केन्द्रीय समिति, जिल्ला समितिहरू, क्षेत्रीय र गाउँ, नगर समितिहरू क्रियाशिल छन । जिल्ला समितिहरू पनि दुई प्रकारका छन । 
(क) शाखाहरू
(ख) आबद्धता प्राप्त संस्थाहरू 
दुबै किसिमका सस्थाहरूको मान्यता र कार्यहरू एकै प्रकारको रहेको छ । यिनै निकायहरूको माध्यमबाट बीपी विचार राष्ट्रिय समाजले आफ्नो संस्थाका गतिविधिहरूलाई अगाडि बढाउनेछ । 
 
बीपी विचार राष्ट्रिय समाजको आर्थिक परिचालन
वीपी विचार राष्ट्रिय समाज एउटा गैरनाफामूलक गैरसरकारी संस्था हो । यसको आफ्नो कुनै आर्थिक स्रोत छैन । त्यसैले यो संस्थाका सबै निकायहरूले आफनो स्रोत आफै जुटाउनुपर्ने हुन्छ । त्यसैल,े सस्थाको हिसाबकिताब पारदर्शी हुनेगरी प्रत्येक शाखाको बैङ्क खाता हुनु अनिवार्य हुन्छ । संस्थाको कार्य सञ्चालनको लागि विभिन्न व्यक्ति र निकायहरूबाट सङ्कलित चन्दा र सहयोग रकम संस्थाको आर्थिक स्रोतको रूपमा रहनेछ । 
(क) चन्दादाताहरू शिक्षक, प्राध्यापक कर्मचारी, व्यापारी एवं अन्य शुभचिन्तकहरूबाट सङ्कलित चन्दा रकम ।
(ख) जिल्ला विकास समिति, नगरपालिकाहरू ,गाउँपालिकाहरूबाट प्राप्त आर्थिक सहयोग ।
(ग) सांसद विकास कोषबाट प्राप्त हुने रकम ।
(घ) नेपाल सरकारका सम्बन्धित मन्त्रालयहरूबाट उपलब्ध गराइने रकम । 
(ड.) अन्तर्राष्ट्रिय गैरसरकारी सस्थाहरू र अन्य दातृ निकायहरूबाट प्राप्त हुने रकम । 
(च) आजीवन र साधारण सदस्यता शुल्कबाट उठेको रकम ।
 
बीपी विचार राष्ट्रिय समाजको उद्देश्य तथा नीति  
(क) बीपीले प्रतिपादन, व्याख्या एवम् विकास गर्नुभएको राष्ट्रिय एकता र मेलमिलापको नीतिअन्तर्गत रहेर सो नीतिलाई वर्तमान परिप्रेक्षमा विकसित एवम् परिभाषित गरी थप उन्नत बनाउँदै राष्ट्रियता र राष्ट्रिय अखण्डताको संरक्षण एवम् प्रवर्धन गर्न प्रयत्नशील रहने ।
(ख) प्रजातान्त्रिक समाजवादको नीतिलाई अझ व्यावहारिक ढंगबाट अध्ययन अनुसन्धान गरी मुलुकको आर्थिक उन्नति र जनताको जीवनस्तर माथि उठाउने आधार बनाउन क्रियाशील हुने ।
(ग) बीपी कोइरालका विचार, सिद्धान्त र साहित्यिक कृतिहरूलाई जनस्तरसम्म पु¥याउन प्रयत्न गर्ने ।
(घ) बीपीकोइरालाले विशेषतः नेपालका लागि प्रतिपादन गर्नुभएको प्रजातान्त्रिक समाजवादबाट सुनिश्चित गर्न खोजिएको नेपालीको प्रजातान्त्रिक हक अधिकारसँगै शैक्षिक, स्वास्थ्य तथा आर्थिक हक अधिकारबारे जनतालाई सुसूचित गराउने ।
(ड.) नेपालको ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य तथा रोजगारीमूलक कार्यक्रमहरूको विस्तारमा सहयोग पु¥याई ग्रामीण विकासमा टेवा पु¥याउने । महिला, दलित, आदिवासी तथा पिछडिएको क्षेत्र वा वर्गका जनताको क्षमता वृद्धिमा सहयोग पु¥याउने ।
(च) नेपालको राष्ट्रियताको संरक्षण र संवर्धन गर्न आवश्यक कार्य गर्ने । नेपालीहरूबीच कायम रहँदै आएको सदियौँ पुरानो आपसी सद्भाव, भाइचारा र एकता अझ वृद्धि गर्न अग्रसर रहने । नेपालको सांस्कृतिक पहिचानको संरक्षण गर्ने ।
(छ) अहिंसा, शान्ति र प्रजातान्त्रिक मूल्य र मान्यताको संवर्धन र प्रसार गर्ने ।
(ज) मानव जीवनलाई स्वस्थ र सार्थक बनाउन अध्यात्म, योग र साधना जस्ता विषयहरूबारे जनस्तरसम्म अभियान चलाउने ।
(झ) समाजका असहाय र कमजोर क्षेत्र र वर्गका जनताको उत्थान विकासमा सहयोग पु¥याउन आवश्यक कार्य गर्ने ।
(ञ) समाजमा विद्यमान विभिन्न विभेदहरूलाई न्यूनीकरण गरी आपसी सौहार्दता र शिष्टता बढाई नैतिक आचरणको विकास गर्न संस्था प्रयत्नशील रहने ।
(ट) संस्थाले सामाजिक गतिविधिहरूमा संलग्न सरकारी तथा गैरसरकारी निकायहरूबीच समन्वय, सहयोग र सहकार्य गर्ने ।
(ठ) मानवअधिकारको संरक्षण एवम् प्रवर्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने । 
(ड) राष्ट्रियस्तरमा शान्ति, अहिंसा र भाइचारा अभिवृद्धि गर्न आवश्यक कार्य गर्ने, सम्बन्धित निकायहरूलाई सुझाव तथा परामर्श दिने र सोको कार्यान्वयनका लागि प्रयत्नशील हुने ।
(ढ) बालक, युवा, वृद्ध, महिला, आदिवासी, दलित एवम् पिछडिएको क्षेत्र र वर्गहरूका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्ने ।
(ण) समाजमा उल्लेखनीय योगदान गरेका व्यक्ति, व्यक्तित्वहरूको कदर, तथा सम्मान गर्ने ।
(त) संस्थाको उद्देश्य परिपूर्ति गर्न तथा समाजको चेतना र विकासमा सहयोग पु¥याउन आवश्यकताअनुसार शैक्षिक संस्थाहरूको निर्माण र सञ्चालन गर्ने ।
(थ) मानवअधिकारको संरक्षण र प्रवर्धनमा प्रभावकारी भूमिका निवार्ह गर्ने ।
 
बीपी विचार राष्ट्रिय समाजले आयोजना गर्ने कार्यक्रमहरू 
 
१. बीपी जयन्ती श्रावण ६ गते
बीपी विचार राष्ट्रिय समाजले आफनो वाषिक कार्यक्रमको रूपमा मनाउने कार्यक्रमध्ये हरेक वर्षको श्रावण ६ गते बीपी जयन्ती हो । यही दिन अर्थात् २०३९ साल ६ गतेका दिन महामानव बीपी कोईरालाको निधन भएको थियो । त्यसैले उक्त दिनलाई बीपीका विचारहरूलाई अनुसरण गर्दै नेपाली समाजलाई अघि बढाउने प्रतिबद्धताका साथ यो दिवस मनाउने गरिन्छ । 
 
२. बीपी स्मृति दिवस भाद्र २४ गते 
जननायक विश्वेश्वरप्रसाद कोइरालाको जन्म १९७१ साल भाद्र २४ गते भएको थियो । त्यही दिनको सम्झनामा बीपी कोइरालाले नेपाली समाजमा पु¥याउनुभएको योगदानको कदर गर्दै यो दिवस मनाउने गरिन्छ । 
 
३. राष्ट्रिय मेलमिलाप दिवस पौष १६ गते
८ वर्षको लामो भारत निर्वासनपछि बीपी कोइराला २०३३ साल पौष १६ गते नेपाल फर्कनुभएको थियो । यही दिनको स्मरण गर्दै प्रत्येक साल पौष १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाउने गरिन्छ ।
४. अन्य कार्यक्रमहरू 
(क) माथि उल्लेख गरिएका कार्यक्रमहरूबाहेक पनि यो समाजको उद्देश्य पूरा गर्न सस्थाले विभिन्न कार्यक्रमहरू गर्नेछ । मूलतः संस्थाको उद्देश्य प्राप्तिमा सहयोग पुग्ने गरी विभिन्न छलफल, गोष्ठी, तालिम, अन्तरक्रिया, सभा, सार्वजनिक सुनुवाई, सांस्कृतिक कार्यक्रम, अध्ययन र अनुसन्धान तथा प्रकाशनका कार्यहरू समाजका सवै निकायहरूले आवश्यकताअनुसार गर्नेछन् ।
(ख) शान्ति, अहिंसा र प्रजातन्त्रको संरक्षण, संवर्धन र विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्दछ ।  नेपालको मौलिक राष्ट्रिय पहिचानको संरक्षण गर्न, नेपालीको इतिहास, विविध कला, संस्कृति, साहित्य, दर्शन तथा वातावरणीय आदि क्षेत्रको संवर्धन र विकासमा सामाजिक चेतना जगाउने कार्यहरू पनि यस समाजको प्राथमिकतामा पर्दछन् ।
(ग) बीपी विचार राष्ट्रिय समाजले विगत वर्षमा जस्तै बीपीको सम्बन्धमा निबन्ध, लेख, रचनाको प्रतियोगितात्मक कार्यक्रमको आयोजना गर्नेछ ।
(घ) दुई वर्षभित्रमा बीपीका दुईवटा कृतिहरूको पुनः प्रकाशन गरिनेछ ।
(ङ) प्रत्येक वर्ष बीपीसँग सम्बन्धित विचारप्रधान लेख, रचना सङ्कलन गरी वार्षिक मुखपत्र प्रकाशित गरिनेछ ।
(च) २००७ सालदेखि हालसम्मका प्रजातान्त्रिक आन्दोलनमा योगदान पु¥याउने व्यक्तिहरूको विवरण प्रकाशन गर्ने ।
(६) तालिमको विषयवस्तु तयार गर्ने ।
(ज) नेपाली काँग्रेसका कार्यकर्ता र बीपी विचार राष्ट्रिय समाजका सदस्यहरूलाई संयुक्तरूपमा तालिम प्रदान गर्ने ।
(झ) जनसरोकारका विषय उठाउने ।
(ञ) यस संस्थाका शाखाहरू पचहत्तरै जिल्लामा पु¥याउने योजनाअनुरूप आगामी अधिवेशनअघि मुलुकका सबै जिल्लामा शाखा स्थापना गर्नुका साथै शाखा स्थापना भइसकेका जिल्लाहरूमा क्षेत्र, नगर, गाउँस्तरमा पनि संस्थाको विस्तार कार्यलाई अगाडि बढाउने ।
(ट) बीपी विचार राष्ट्रिय समाजको आधिकारिक वेबसाइट धधध।दउष्लक।यचन।लउ मा अनलाइन माध्यमबाट बीपीका विभिन्न विषयमा लेखिएका लेखहरूलाई क्रमशः प्रकाशित गरिनेछ । 
(ठ) बीपी विचार राष्ट्रिय समाजले वर्षको एकपटक अनिवार्यरूपमा प्रशिक्षण शिविर सञ्चालन गर्नेछ ।
अन्त्यमा,
आज वी. पी. कोइराला हामीहरूको माझमा हुनुहुन्न । आज नेपालको राष्ट्रियता अत्यन्त कमजोर देखिएको छ । राष्ट्रियता कमजोर भयो भने लोकतनत्र पनि बलियो हँुदैन । राष्ट्र, राष्ट्रियता र लोकतन्त्र जोगाउने जिम्मेवारी आज हाम्रो  काँधमा छ । बीपी विचारले मात्र नेपालको राष्ट्रियता  र लोकतन्त्रलाई बलियो बनाउँदछ भन्ने हाम्रो ठहर छ । बीपी विचार राष्ट्रिय समाज यिनै उद्देश्य पूरा गर्ने अभिप्रायले स्थापना भएको हो । आज नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरूमा आएको वैचारिक विचलनलाई बीपीले कोरेको बाटोमा कसरी प्रतिस्थापित गराउन सकिन्छ भनेर बीपी विचार राष्ट्रिय समाज एउटा वैचारिक संस्थाको स्थापना भएको छ । यसका क्रियाकलापहरू यसै उद्देश्यले पे्ररित भएका छन् । आशा गरौँ यसका गतिविधिबाट बीपीको विचारलाई अवलम्बन गर्न सक्ने क्षमताको वृद्धि गरी नेपाल र नेपालीको राष्ट्रियता बलियो बनाउन सकियोस् यही हाम्रो संकल्प र प्रतिबद्धता छ । 
 
                                                                          जय नेपाल !