Nepal map
B.P. Koirala

प्रेस विज्ञप्ति

                                                                                                                                                              मिति–ः२०७३÷५÷२६
                                                                                                          

 

वी.पी.विचार राष्ट्रिय समाज काठमाडौं दोस्रो महाधिवेशन समाजका उप सभापती श्री गोविन्द राज जोशीको अध्यक्षतामा २०७३÷५÷२५ मा आज सम्पन्न भयो । अधिवेशनमा श्री कुल वहादुर गुरुङ्ग लाई सर्वम्मतीले सभापतीमा निर्वाचीत गरेको समाजका प्रमुख निर्वाचन आयुतm श्री सुदिप पण्डितले जनकारी दिनु भयो । यही भाद्र २०७३÷ २४ र २५ गते काठमाडौं धुम्र वराह पाट्र्री प्यालेसमा सम्पन्न भएको उतm महाधिवेशन ले विभिन्न विषयमा विभिन्न निर्णय लिएको छ ।
निर्णय न.ं(१) समाजका केन्द्रिय सभापती श्रद्धेय कुल वहादृर गुरुङ्घ ज्यू हाल अस्वस्थ हुनुभई उपचार्थ अस्पताल भर्ना हुनु भएकोमा उहाको शिघ्र स्वास्थय लाभको कामना गर्दछौ ।
निर्णय नं.(२) नेपाल को राजनितीक इतिहासका विभिन्न काल खण्डमा नेपाली कांग्रेसले खेलेको ऐतिहासिक भुमिकामा क्रान्तिनायक वी.पी. कोइराला कै विचार दर्शन र दृष्ट्रिकोण बाट संभव भएकोले जननायक वी.पी.द्धारा प्रतिपादीत विचार दर्शन सिद्धान्त र दृष्टिकोण वर्तमान समयका लागी अझ सान्दर्भीक भएकोले सो को वृस्तृत खोज अध्ययन अनुसन्धान लगायतका कृयाकलापहरु लाई नेपाली समाजमा औपचारीक तथा अनौपचारीक रुपमा देश व्यापी वहस तथा प्रशिक्षण लाई अगाडी बढाई महामानव वी.पी. कोइरालाले परीकल्पना गर्नु भएको नेपाली समाजको निर्मण तथा भावी पुस्ताको अकाक्षां र आवश्यकता लाई सम्वोधन गर्न तदनुकुलका निति योजनालाई कार्यक्रमलाई अभियानको रुपमा अघि बढाउन विभिन्न विधाका विशेषज्ञ तथा विज्ञ समेत सम्मिलित बढीमा नौ सदस्यीय वी.पी.विचार अध्ययन अनुसन्धान तथा प्रशिक्षण विभागको गठन गर्ने निर्णय गरियो । 
निर्णय नं.(३) वी.पी.विचार राष्ट्रिय समाजको विधानलाई मुलुकमा जारी भएको संविधान तथा वर्तमान परिवर्तीत राजनितिक सन्र्दभमा अनुकुल हुने गरी महाधिवेशन प्रतिनिधीहरुवाट व्यतm विचार तथा सुझावहरु समेत लाई ध्यानमा राखी आवश्यक शंसोधन गर्न वान्छनिय भएकोले विधानमा आवश्यक संशोधनार्थ केन्द्रिय कार्य समिति लाई अधिकार प्रदान गर्ने निर्णय गरियो । 
निर्णय नं.(४) यस समाजका सदस्यहरु वाट प्राप्त हुने सदस्यता शुल्कको सन्दर्भमा प्रत्येक प्रदेश तथा जिल्ला स्तरीय लगायतका समिति शाखाहरु ले सदस्यता शुल्क वापत रकमको १० प्रतिशत देखि २५ प्रतिशत सम्म माहधिवेशन प्रतिनिधीहरुको भावनालाई समेटि केन्द्रिय कार्य समितीले तोकेको रकम यस समाजको राष्ट्रिय वाणिज्य वैकको वचत खाता न. १३४०००१७२७०१ मा अनिवार्य रुपमा जम्मा गर्ने गराउने निर्णय गरियो । 
निर्णय न.ं(५) जारी संविधानको सहज कार्यान्वयन तथा स्थानिय तह प्रदेश र संघ को निर्वाचन उल्लेखित मितिमा सम्पन्न गर्ने गराउने अभियानमा समाजका सबै सदस्यहरुले आफ्नो कर्तव्य वोधका साथ अ–आफ्ना क्षेत्रहरुवाट अधिकतम प्रयत्न गर्ने निर्णय गरियो ।
निर्णय न.ं(६) मुलुकमा भएको दश वर्ष को द्धन्दका क्रममा मृत्यु,घाइते, अपाङ्ग र अनाथ हुन वाध्य व्यतmी र परिवारहरु का प्रति राज्यले आफ्नो जिम्मेवारी तथा दायीत्व सम्झी यथा सिघ्र उनिहरु लाई आर्थीक ,शैक्षिक र रोजगार लगायत का क्षेत्रहरुमा आवश्यक टेवा सहयोग तथा राहत पु¥याउनका साथै द्घन्दका समयमा कब्जा गरिएका चल अचल सम्पति हाल सम्म फिर्ता नभएकाले अविलम्म फिर्ता गरी गराई सो को निर्वाध भोग चलन गर्ने वातावरण निर्माण गर्न सरकार समक्ष माग गर्ने निणय गरियो ।
निर्णय न.ं(७) गत वर्ष गएको विनाशकारी महाभुकम्प बाट दिवंगत भएका व्यति तथा ध्वस्त भएका भौतिक संरचनाहरु का लागि उपलब्ध गराउने भनीएको राहत ,पुनः निर्माण एवं पुर्नस्थापना कार्यहरु घोषणा मा मात्र सिमित भएको र कतिपय पिडीत व्यतmी र परिवारहरुको विवरण संकलन गर्दा नाम छुट भएको भन्ने व्यापक जन गुनासाहरु लाई ध्यानमा राखी सुचिमा अविलम्व समावेश गर्न तथा भौतिक संरचनाहरुको पुनःनिर्माण तथा पुन ःस्थापनाको कार्यलाई अगाडी बढाउन र पिडित पक्षलाई आवश्यक राहत उपलब्ध गराउन नेपाल सरकार समक्ष जोडदार माग गर्ने निर्णय गरीयो ।
श्रीमान सम्पादक ज्यू,
यो प्रेस विज्ञप्ति प्रकाशनार्थ पठाएको छू । प्रकाश प्रसार गरिदीनहुन अनुरोध गर्दछु

मञ्जुगीरी  
कार्यालय सचिव