Nepal map
B.P. Koirala

press Release

 
 
 
 
 
 
 
 
१७ साउन २०७१
 
वी.पी. कोइराला जन्म–शताब्दी समारोह मूल समिति
निबन्ध प्रतियोगिता आयोजक समिति
२०७०–७१, काठमाडौं ।
 
प्रेस विज्ञप्ति
 
यस समाजले राजनेता विश्वेश्वरप्रसाद कोइरालाको प्रथम जन्म–शताब्दी समारोहको अवसरमा ‘राष्ट्रिय जीवनमा वी.पी. कोइरालाको स्थान’ विषयमा आयोजित खुल्ला राष्ट्रिय निबन्ध प्रतियोगिताको नतिजा आज प्रकाशित गरेको छ ।  प्रकाशित नतिजा अनुसार रामप्रसाद पन्त, काठमाडौं प्रथम, विश्वराज ढुङ्गाना, उदयपुर द्वितीय, र शिरीषबल्लभ प्रधान, काठमाडौं तृतीय हुनु भएको छ । त्यसै गरी गोविन्दमानसिंह कार्की, मोरङ्ग, मोहन बस्नेत, भक्तपुर र नारायण चालिसे, दाङ्गले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल हुनु भएको छ । 
 
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनुहुने प्रतियोगीलाई  क्रमश रू. १,००,०००।— (एक लाख) रू. ५०,०००।— (पचास हजार) तथा रू. २५,०००।— (पच्चिस हजार) नगद पुरस्कार सहित सुवर्ण, रजत र काश्य पदक प्रदान गरिने छ । सान्त्वना पुरस्कार स्वरूप जनही रू. १०,०००।— (दश हजार) तीन जनालाई प्रदान गरिने कार्यक्रम छ । 
 
निबन्ध प्रतियोगिता आयोजक समितिले प्रा.डा.गोविन्दाराज भट्टराईको संयोजकत्वमा डा. कुमारप्रसाद कोइराला र डा. ज्ञानु पाण्डे सदस्य रहनु भएको निबन्ध छनोट समिति गठन गरेको थियो । छनोट समितिले प्राप्त निबन्धको छनोट गरि निबन्ध प्रतियोगिता आयोजक समितिलाई आफ्नो प्रतिवेदन बुझाए बमोजिम आयोजक समितिले वी.पी. विचार राष्ट्रिय समितिको बैठकमा नतिजाको प्रतिवेदन बुझाए अनुसार आजै समाजका अध्यक्ष श्री कुलबहादुर गुरूङ्गको अध्यक्षतामा बसेको समाजको बैठकले विधिवत रूपमा राष्ट्रव्यापी निबन्ध प्रतियोगिताको नतिजा घोषणा गरेको हो । समाजले गत वर्ष समाजका सदस्य लोकेश ढकालको संयोजकत्वमा समाजका सदस्य द्वय प्रा.ई.हरिदर्शन श्रेष्ठ र डा. दिनेश भट्टराई सदस्य रहनु भएको निबन्ध प्रतियोगिता आयोजक समिति गठन गरेको थियो । प्रतियोगिताका बिजयीहरूलाई वी.पी.कोइराला जन्म–शताब्दी समारोहको समापनका अवसरमा आउँदो २४ भाद्रमा एक भब्य समारोह आयोजना गरी पुरस्कार वितरण गरिने कार्यक्रम रहेको छ । 
 
 
 
 
 
लोकेश ढकाल
संयोजक
निबन्ध प्रतियोगिता आयोजक समिति