Nepal map
B.P. Koirala

National Reconciliation Our Identity Our Stand

                                                         

 

 

                                                                                राष्ट्रिय मेलमिलाप अभियानः हाम्रो पहिचान, हाम्रो अडान
                                                                                                                                                                 - गोविन्दराज जोशी
अपूर्णताबाट पूर्णतातर्फ लाग्ने सिद्धान्त विश्वव्यापी स्वीकृत मान्यता हो। आज नेपाली कांग्रेसको सांगठनिक स्वरुप ठीक यस्को उल्टो गतिमा छ भन्दा अत्युक्ति हुँदैन। कांग्रेस नेपाली  राजनीतिको पूर्णताबाट क्रमशः खस्कँदै अपूर्णतातर्फ उन्मुख भइरहेको छ। एउटा दुर्दान्त स्थितिको चित्रण भविष्यका पिढीले अब नेपाली कांग्रेसको बारेमा नगर्लान भन्न सकिन्न। समय, सन्दर्भ, सामाजिक संस्कार र मान्यताभित्र आज नेपालको सबैभन्दा जेठो, ठूलो, बृहत् र प्रजातान्त्रिक सिद्धान्तनिष्ठ पार्टी नेपाली कांग्रेसमा विचारको तरलता एवं सैद्धान्तिक विचलन सिर्जना भएको छ। कहिलेकाहीँ यस्तै तरलतालाई फरक धार वा विचार पनि भनिने गरेको छ। यी कोठे प्रसङ्गका छलफल र बोली मात्र हुन्। नेपाली जनतामा जीवनको एक पद्धति बनिसकेको नेपाली कांग्रेसमा बेसन्दर्भमा अलग धारका प्रसङ्ग आउन थालेका छन्। वास्तवमा अलग धारभन्दा पनि कांग्रेसमा अलग सोचाइको विकास आरम्भ हुनुका पछाडिका कारणहरुको पहिचान आजको आवश्यकता भएको छ। यसलाई आत्मसात गरी अघि नबढेमा इतिहास बचाउन कांग्रेस समर्थ हुँदैन। वर्तमानमा स्वाभिमानी भएर बाँच्न सक्ने साहस पनि कांग्रेसले बटुल्न सक्दैन। त्यसैले नेपाली कांग्रेस विचारको खुराकको अभावमा विचलित भएका कार्यकर्ताहरुमा सिद्धान्त र नैतिकताको भिटामीन भर्नुपर्ने र आफ्नो पृष्ठभूमिमा स्पष्ट भूमिका खोज्नुपर्ने अवस्थामा छ। वास्तवमा नेपाली कांग्रेस सिद्धान्त र आदर्शमा विश्वास गर्नेहरूका लागि एउटा जीवनशैली हो र जीवन पद्धति पनि हो। कांग्रेसका कार्यकर्ताहरु नेपाली कांग्रेसको गौरवमय इतिहास, आदर्श र नेपालको प्रजातान्त्रिक आन्दोलनहरूमा यसको विशिष्ट योगदानका कारण सधैँ आफूलाई गौरवान्वित मान्दछन्। कांग्रेसको यो गौरवलाई कायम राख्नु र नेपाली जनताबीच कांग्रेसको यो छवि प्रभावकारी बनाउनु कांग्रेसका नेता तथा कार्यकर्ताहरूको पूर्ण जिम्मेवारी हो। यही जिम्मेवारी र कर्तव्य निर्वाहका लागि समग्र कांग्रेस आज एउटै थलोमा उभिएर एकै स्वरले अलाप्नु पर्ने भएको छ, हामी एक छौँ।   
के हो त कांग्रेस?  
१९९३ सालमा जुद्धशम्शेरको शासनकाल थियो। जनताका सम्पूर्ण हक अधिकार कुण्ठित पारी जहानिया राणाशासनको दबदबा चलिरहेको थियो। आवश्यकता थियो, देशमा स्वतन्त्रताको, प्रजातन्त्रको र रााष्ट्रिय एकताको। यसकै लागि काठमाडांैमा केही युबकहरूले प्रजापरिषद् नामक संस्थाको स्थापना गरेका थिए। गोप्य रुपमा चार बर्षसम्म राणाविरोधी क्रियाकलाप गरेपछि १९९७ साल भाद्र १८ गते टंकप्रसाद आचार्यको अध्यक्षतामा प्रजापरिषद् राजनीतिक पार्टीमा परिवर्तन भयो। प्रजापरिषद्का गतिविधि राणाहरूले थाहा पाएर यस पार्टीमाथि चर्को दमन गरे। चार जना नेपाल आमाका सपूतहरूले निरंकुश शासनका विरुद्धको संघर्षका क्रममा शहादत प्राप्त गरे। त्यतिबेला काठमाडौंमा बल्न लागेको विद्रोहको ज्वाला निभेजस्तो पनि भयो। भारतको बनारसमा २००३ साल आश्विनमा नेपाली युवकहरूले 'अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस' र कलकत्तामा रहेका नेपाली तरुणहरूले 'अखिल भारतीय गोर्खा कांग्रेस' को  गठन गरे। २००३ साल पौष महिनामा कलकत्तामा बसेको नेपाली प्रजातन्त्रवादीहरूको विशाल बैठकले काठमा48डौको जेलमा रहेका टंकप्रसाद आचार्यलाई सभापति र विश्वेश्वरप्रसाद कोइरालालाई कार्यकारी सभापति बनाई नेपाली राष्ट्रिय कांग्रेस नामक संस्था गठन गरे। 'नेपाली राष्टि?य कांग्रेस' र २००५ साल श्राबण १ मा कलकत्तामा स्थापना भएको 'नेपाल प्रजातन्त्र कांग्रेस' दुवैको समान उद्देश्य, नेपालमा जहानिया राणाशासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गर्नु थियो। यसैले यी दुवै दलको एकीकरण गरियो। त्यसपछि २००६ साल चैत्र २७ गतेका दिन कलकत्तामा 'नेपाली कांग्रेस' को विधिवत जन्म भयो। नेपाली कांग्रेसले आफ्नो संगठनलाई पूर्णता दिएपछि २००७ साल भाद्र २६ र २७ गते भारत, विहारको बैरगनियामा भएको सम्मेलनबाट नेपालमा राणाशासन हटाएर प्रजातन्त्र स्थापना गर्न क्रान्तिको बिगुल फुक्यो। यही क्रान्तिबाट २००७ साल फाल्गुण ७ गते १०४ बर्षे लामो जहानिया राणा शासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापना भएको हो। त्यसपछि नेपाली कांग्रेसको २००९ सालमा जनकपुरमा भएको सम्मेलनले विश्वेश्वरप्रसाद कोइरालालाई सभापतिमा निर्वाचित गर्‍यो। राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रतालाई आफनो आदर्श मान्ने नेपाली कांग्रेसको चारतारा अंकित झ48डा परिचयात्मक र प्रतीकात्मक चिन्ह हो।  
जन्मकालदेखि नै नेपाली कांग्रेस राष्ट्रियता, प्रजातन्त्र र समाजवादका आदर्श, मूल्य र मान्यताका आधारमा न्यायपूर्ण, गतिशील, स्वतन्त्र र समतामूलक समाजको स्थापनाका लागि प्रतिबद्ध छ। आफना पार्टीका हजाराँैहजार नेता एवं कार्यकर्ताले प्रजातन्त्रका लागि गरेको त्याग, तपस्या र बलिदानपूर्ण देशभक्तिको लामो परम्परालाई कांग्रेस उच्च सम्मान गर्दछ। हिंसात्मक द्वन्द्वको बेलामा पार्टीका सैद्धान्तिक आदर्श र मुलुकमा स्थायी शान्तिका निमित्त जीवन उत्सर्ग गर्ने हजारौँ हजार शहीदहरूको शहादतलाई सम्मान गर्नु यसको कर्तव्य हो। उल्लेखित कार्यहरुभित्र, राष्ट्रियता  र प्रजातन्त्रको संरक्षण र संबर्द्धन गर्न र नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा स्थापित गरी सामाजिक, राजनीतिक र आर्थिक विकास गर्ने पुनीत कार्यका लागि नेपाली कांग्रेसको स्थापना भएको हो। यसमा नेपाली जनताको एकात्मक भावना छ, क्रिया छ र सपना सजिएको छ।  
गौरवमय इतिहासमा कांग्रेस
सशस्त्र क्रान्तिबाट निरंकुश राणा शासनको समाप्तिपछि कांग्रेसले प्रजातान्त्रिक आन्दोलनबाट बिश्राम गर्नुपर्ने दिन आएन। प्रजातन्त्रको घोषणा भए लगत्तै मोहनशम्शेर जबरा र वीपी कोइरालाको संयुक्त नेतृत्वमा बनेको सरकार धेरै दिन टिक्न सकेन।  संयुक्त सरकारलाई असफल बनाउन सरकारमा बसेका स्वयं राणाहरू समेतले षड्यन्त्र गरे। यो सरकारको बिघटनपछि नेपाली कांग्रेसका तत्कालीन सभापति मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा नयाँ सरकार बन्यो। यस सरकारले पनि सबल भएर काम गर्न सकेन। बिशेषगरी भारदारहरूले यसलाई असफल बनाउने षड्यन्त्र गरिरहे। त्यसपछि राजाको लहड र रहरमा मन्त्रिपरिषद् गठन र बिघटन पटक पटक हुन थाल्यो। राजनीतिक अस्थिरता बढ्दै गयो। बिधानसभाको चुनाव गर्ने कि संसदको निर्वाचन गर्ने भन्ने विषयमा विवाद शुरु भयो। राजा त्रिभुबनले र जनताका प्रतिनिधिले बनाएको बिधान बमोजिम शासन गर्ने घोषणा राजा स्वयंले नै पालना गरेनन्। फलस्वरूप २०१४ सालमा कांग्रेसले भद्र अवज्ञा आन्दोलन गर्नु पर्‍यो। आन्दोलनको दवाब परेपछि राजाले संसदको निर्वाचनको घोषणा गरे। २०१५ सालमा पहिलो आम निर्वाचन भयो र प्रतिनिधिसभामा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गर्‍यो। जननायक विश्वेश्वरप्रसाद कोइराला प्रथम निर्वाचित प्रधानमन्त्री बन्नुभयो।
जननिर्वाचित सरकारले देशमा सामाजिक र आर्थिक क्रान्ति शुरु गर्‍यो। राज्यरजौटा उन्मुलन, भूमिसुधारको आरम्भ, छुवाछुत तथा सामाजिक भेदभावको अन्त्य जस्ता क्रान्तिकारी कदम शुरु गरेपछि सामन्ती तत्व सरकारसँग तर्सियो। बिशेषगरी वीपी कोइरालाले शुरु गरेका क्रान्तिकारी परिबर्तनको पक्षमा जनताको अपार समर्थन देखिएपछि दरबारियाहरू बढी नै हत्तास्सिए। प्रधानमन्त्रीको व्यक्तित्वसँग तर्सिएका राजा महेन्द्रले २०१७ सालमा जननिर्वाचित सरकारलाई सैनिक शक्तिका आडमा अपदस्थ गरी संसदीय प्रजातन्त्र नै समाप्त पारे। उनले देशमा हुकुमी शासन चलाउन एकतन्त्रीय पञ्चायती व्यवस्था लागू गरे। राजाको प्रत्यक्ष सक्रिय नेतृत्वमा सञ्चालित यो शासन व्यवस्था नेपालमा ३० बर्षसम्म र222ह्यो। सशस्त्र आन्दोलन र पटक पटक शान्तिपूर्ण आन्दोलन गरेको नेपाली कांग्रेसले देशको राष्ट्रियतामा संकट आइपरेको ठहर गरी निरन्तर आन्दोलन गरिरहने क्रममा २०३३ साल पौष १६ गते वीपी कोइराला भारत निर्वासन छोडी स्वदेश फर्कनु भयो। वीपी कोइरालाको भारत निर्वासन नेपाली कांग्रेसको प्रजातान्त्रिक आन्दोलनको एक महत्वपूर्ण पाटो हो।  
राष्ट्रिय मेलमिलापको सारगर्भित नारा बोकेर स्वदेश फर्कनुभएका जननायक वीपी कोइरालालाई पञ्चायती शासकहरूले विभिन्न आठ वटा मुद्दा लगाएका थिए। ती मुद्दाका बावजुद पनि उहाँ स्वदेश फर्केपछि नेपालको राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भयो। प्रजातन्त्रका पक्षमा प्रबुद्ध नागरिकहरू जुर्मुराउन थाले। विद्यार्थी आन्दोलन जाग्यो। आन्दोलनलाई साम्य पार्न राजा वीरेन्द्रले २०३६ सालमा जनमत संग्रहको घोषणा गरे। प्रतिबन्धित पार्टीका नेताहरू मुलुकका कुना कुनामा पुगे र पनि त्यसबेला पञ्चायतलाई जिताउन तत्कालनीन शासकले ठूलै धनराशी र सत्ताको व्यापक दुरुपयोग गर्‍यो। दुरुपयोगका बावजुद पनि बहुदलका पक्षमा ४५ प्रतिशत मत आयो। जनमत संग्रहको परिणाम स्वीकार गरे पनि नेपाली कांग्रेसले प्रजातन्त्रका विरुद्धमा सम्झौता गरेन। यसपछि विश्वेश्वर प्रसाद कोइरालाको स्वास्थ्य स्थिति बिग्रियो। शासकहरु अब प्रजातन्त्रको लागि आन्दोलन हुँदैन भन्ने भ्रममा परे, तर प्रजातन्त्रका लागि संघर्ष भई नै रह्यो। यही क्रममा २०४२ सालमा शान्तिपूर्ण सत्याग्रह आन्दोलन गरियो। निरंकुश शासनका विरुद्ध शान्तिपूर्ण आन्दोलन हुन सक्दछ भन्ने विश्वास यसै सत्याग्रह आन्दोलनले कार्यकर्ताहरूमा जगायो। नेपाली कांग्रेसको संगठन सुदृढ गर्न पनि यसले सहयोग पुर्‍यायो। पञ्चायतमा विकृति र विसंगतिहरू थपिँदै गए। पञ्चायती शासनका विरुद्ध निर्णायक संघर्ष गर्ने बेला आइसकेको थियो। धाँधली गरेर जिताइएको पञ्चायत ब्यबस्थाले जनसमर्थन पाएको थिएन। पञ्चायतका बिरुद्ध जनमत निर्माण गर्ने कार्य भई नै र222ह्यो।
नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको नेतृत्वमा संयुक्त वाम मोर्चासमेत संलग्न भएको जनआन्दोलनले २०४६ सालमा पञ्चायती ब्यवस्थालाई समाप्त पार्‍यो। उपलब्धिका रूपमा २०४६ साल चैत्र २६ गते देशमा बहुदलीय ब्यवस्थाको घोषणा भयो। नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भटराईको नेतृत्वमा राजाका प्रतिनिधि र आन्दोलनकारीहरूको संयुक्त सरकार बन्यो। त्यही अन्तरिम सरकारले नेपाल अधिराज्यको संविधान २०४७ को निर्माण गरेको हो। यसपछि २०४८ सालमा प्रतिनिधिसभाको निर्वाचनपछि नेपाली कांग्रेसले गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा निर्वाचित सरकारको गठन गर्‍यो। संघर्ष, सत्ता, विकास, योजना, परियोजना र संगठन विस्तारका अनेक खुड्किलाहरुको कारण नेपाली कांग्रेसको इतिहास गौरवमय परम्पराबाट अघि बढ्दै रह्यो। जनता र विकासका पक्षमा निरन्तर आन्दोलनरत नेपाली कांग्रेसले २०४७ पछि देशको लागि समुचित राज्यव्यवस्थाका लागि कहिल्यै पनि प्रजातान्त्रिक मूल्य र मान्यता विपरीत सम्झौता गरेन।  
नेपाली कांग्रेस र विभिन्न जनआन्दोलनहरु  
जनताका हक अधिकार सुनिश्चित गरी स्वतन्त्रतापूर्वक शासन व्यवस्था सञ्चालन गर्नु राष्ट्रको पहिलो आवश्यकता हो। यो आवश्यकता पूर्ति गर्न राजनैतिक नेतृत्वकर्ताले प्रजातान्त्रिक मूल्य–मान्यता विपरीत रहने तत्वसँग हक–अधिकार रक्षार्थ सधैँ आन्दोलन गर्नुपर्छ। आन्दोलन गर्दा रणनीतिक रुपमा अघि बढ्न नेतृत्वकर्ताको आवश्यकता हुन्छ। त्यसैले नेपाल राष्ट्रमा स्वतन्त्रता र स्वाधीनताका लागि भएका हरेक लडाइँको नेतृत्व नेपाली कांग्रेसले गरेको छ। नेपाली कांग्रेसको नेतृत्वमा भएका विभिन्न जनआन्दोलनहरुको परिणामले नेपालमा लोकतन्त्रको समेत स्थापना भएको हो। पछिल्लो समयमा पनि सिङ्गो नेपाली कांग्रेसको नेेतृत्व र गिरिजाप्रसाद कोइरालाको नेतृत्वदायी विचार विना नेपालमा लोकतन्त्र पछि गणतन्त्रको समेत स्थापना हुने कुरा कल्पना पनि गर्न सकिने थिएन। जनआन्दोलनका क्रममा धेरै विघ्नबाधाहरू प्ाार गर्दै नेपाली कांग्रेसले नेपालको शान्तिपूर्ण जनआन्दोलनमा दिएको निरन्तरता नै लोकतन्त्रको उपलब्धिका लागि सहायक बन्यो। यो देशमा लोकतन्त्रको स्थापनाका लागि नेपाली कांग्रेसको सर्वोपरि भूमिका छ। शान्तिपूर्ण जनआन्दोलनमा प्रभावकारी भूमिका खेलेको नेपाली कांग्रेसको प्रस्तुति र इतिहासलाई कांग्रेसीहरूले कहिल्यै भुल्नु हुँदैन। कांग्रेसले गम्भीर रूपमा जनउत्तरदायी भएमा मात्र आफ्नो प्रतिष्ठा बचाउन सक्दछ। कांग्रेस आफ्नो अडानमा रहन सक्यो भने यसको गौरवमय इतिहासलाई कसैले पछाडि पार्न सक्दैन। हामीले आफ्नो ऐतिहासिक गौरवमय शक्तिको पहिचान गर्न सक्नु पर्दछ। यो हामी नेपाली कांग्रेसका कार्यकर्ताहरुका लागि चुनौतीपूर्ण बिषय हो। यसलाई सामना गर्ने साहस बटुल्नु र नैतिक धरातलमा उभिएर पूरा गर्नु आजको ज्वलन्त आवश्यकता भएको छ।
'राष्टि?य मेलमिलाप अभियानः  हाम्रो पहिचान, हाम्रो अडान' के र किन?                                                                                                                                                                                                                                                                                                                                                                                       
संगठन विस्तार र वैचारिक प्रतिबद्धता विना कांग्रेसको ऐतिहासिक साख बच्न सक्दैन। कांग्रेसका कार्यकर्ताभित्र भएको कमजोर निर्णय शक्ति र ह्रास हुँदै गएको मनोबलको कारण आज नेपाली कांग्रेस सांगठनिक रुपमा सङ्कटग्रस्त भई उभिएको छ। यो ज्यादै जटिल मोड हो। आफ्नो ऐतिहासिक साखलाई कायम राख्ने नेपाली जनताको  लोकतान्त्रिक प्रतिनिधि संस्था नेपाली कांग्रेसले आफूलाई नेपाली समाजमा मजबुत बनाएर प्रस्तुत गर्नुपर्ने आवश्यकता छ। जनआन्दोलनको नेतृत्व गरेको कांग्रेस, अन्तरिम सरकारको नेतृत्व गरेको कांग्रेस, संविधानसभाको सफल निर्वाचन गराई देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको कांग्रेसको हालको अवस्थालाई मूल्याड्कन गर्दै हाम्रा कमी र कमजोरीको समीक्षा समेत गरी त्यसबाट पाठ सिकेर यस कमजोरीको धरातलमा कांग्रेस किन र कसरी उभियो? हामी कहाँ चुक्यौ? विचारको समुचित प्रवाह कहाँनेर खस्कियो? अब सोच्ने बेला आएको छ। पहिलो निर्वाचनमा ४२220, दोश्रो निर्वाचनमा २९220 र तेश्रो निर्वाचनमा २२220 मत ल्याएको नेपाली कांग्रेसलाई मूल्याङ्कन गर्दा  दिन परदिन जनताको आँखाबाट कांग्रेस तल झर्दै गएको पुष्टि हुन्छ। यो अवस्थाबाट कांग्रेसलाई पुनः पूर्वस्थितिमा कसरी पुर्‍याउने भन्ने चिन्तन र कार्यान्वयन नै आजको हाम्रो मुख्य चुनौती हो। यसैले अहिले नेपाली काँगे्रसलाई चुनौतीहरू सामना गर्न सक्ने सशक्त, सक्षम र सुदृढ दलका रूपमा कसरी प्रतिस्थापित गराउन सकिन्छ? भन्ने चिन्तन गर्नु 'राष्ट्रिय मेलमिलाप अभियानः हाम्रो पहिचान हाम्रो अडान' कार्यक्रमको मुख्य उद्देश्य हो ।  
विचार राजनीतिक दलको आत्मा हो भने कार्यान्वयन शरीर हो। विचार र कार्यान्वयन विना दलले जनताको विश्वास जित्न सक्दैन। कांग्रेस उदार प्रजातन्त्रमा विश्वास राख्ने राजनैतिक दल हो। अहिले कांग्रेसभित्र उदार विचार राख्नेहरू र संकुचित विचार राख्नेहरूको बीचमा वैचारिक मतभिन्नता छ। त्यसैले कांग्रेसमा अहिले विचार र पहिचानको कुरा उठेको हो। संविधानसभाको निर्वाचनमा कांग्रेसको एक प्रकारको पराजयको प्रमुख कारण यसले आफ्नो पहिचान गुमाउनु हो। विचारको प्रवाहमा कांग्रेसको सांगठनिक खोलो किन कमजोर भएर बग्यो स्पष्ट अनुसन्धान गरी कार्यान्वयनात्मक ढंगले अघि बढ्न समय घर्किएको छैन। मात्र आवश्यकता छ जुझारुपनको।
नेपाली कांग्रेसले अब विगतको समीक्षा वस्तुनिष्ठ भएर गर्नु पर्दछ। जननायक वीपी कोइरालाबाट प्रतिपादित राष्ट्रिय मेलमिलापको नीति पूर्ण अवलम्बन गर्न नसकेको कारण वर्तमान अवस्था सिर्जना भएको हो। राष्ट्रिय मेलमिलापको नीति त्याग गरेमा कांग्रेसको परिचय नै रहँदैन। यो नीतिको अपव्याख्या गर्ने अधिकार कसैलाई पनि छैन। राष्ट्रिय मेलमिलाप भन्नु आफ्नो स्वार्थ पूरा गर्ने अभिप्रायले जोसुकैसँग पनि कांग्रेसले मेलमिलाप गर्नुपर्दछ भन्ने होइन। राष्ट्रिय मेलमिलापका दुईटा पाटा छन् एउटा हो– राष्ट्रियता र अर्को हो– प्रजातन्त्र। यसले कसैसँग मेलमिलाप गर्नुअघि मेलमिलाप गरिने शक्ति वा व्यक्ति राष्ट्रवादी अथवा प्रजातन्त्रवादी छ कि छैन भनी निर्क्यौल गर्नुपर्दछ। त्यो व्यक्ति वा शक्ति राष्ट्रवादी वा प्रजातन्त्रवादी छैन भने त्योसँग मेलमिलाप हुन सक्दैन भन्ने कुरा कांगे्रस नेतृत्वले बु137नु पर्दथ्यो तर त्यसो भएन। कांग्रेस नेतृत्वले त्यो कुरा बु137नै सकेन। जुनसुकै दलहरुका आफ्ना निम्नतम शर्तहरु हुन्छन्। कुनै दलले राष्ट्रवादी भावना साथ प्रजातन्त्र नभए पनि शर्त पूरा भएको मान्छन्। कुनै दलले राष्ट्रिय र प्रजातन्त्र विना नै आफ्नो सिद्धान्त पूरा भएको मान्छन्। नेपाली कांग्रेस भने राष्ट्रवादी हुनुका साथै प्रजातान्त्रिक विचारधारालाई आफ्नो निम्नतम शर्त मान्दछ। राष्ट्रिय मेलमिलापको नीतिको कसीमा नेकपा माओवादीलाई राखेर हेर्दा सो पार्टी राष्ट्रवादी वा प्रजातन्त्रवादी दुवै होइन। वीपीले राजा महेन्द्रसँग मेलमिलाप गर्दा राजालाई पहिला प्रजातान्त्रिक बनाएर मेलमिलाप गर्न चाहनु भएको थियो। तर त्यसो हुन सकेन। कांगे्रसको माओवादीसँगको मेलमिलापलाई हेर्दा पहिले माओवादीलाई राष्ट्रवादी बनाउनु पर्थ्यो। त्यसो नगरीकन वीपीको मेलमिलाप नीतिको विपरीत गएर माओवादीसँग फरक किसिमको मेलमिलाप भयो। यो राष्ट्रिय मेलमिलापको नीतिभित्र नपर्ने कुरा स्वतःसिद्ध छ। यसरी माओवादीसँगको सहकार्यबाट नेपाली कांग्रेसले आफ्नो निम्नतम शर्तमुताविक राष्ट्रिय मेलमिलापको नीति छोडेका कारण कांगे्रस आज यो सांगठनिक र वैचारिक कमजोर धरातलमा उभिएको हो।  
तत्कालीन समयमा सात राजनैतिक दल, नेपाल सरकार र नेकपा माओवादीबीच विभिन्न चरणमा धेरै समझदारीहरू भए। बाह्रबुँदे समझदारीको कार्यान्वयन नगरी त्यस पार्टीसित अर्को सहमति गर्नु हुँदैनथ्यो। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले नेकपा माओवादीबाट भएका प्रतिबद्धताहरू पूरा नगरेसम्म माओवादीलाई सरकारमा नभि207याउने निर्णय गरेको थियो। त्यसको पालना भएन। माओवादीलाई शुरुकै सहमति कार्यान्वयन गर्न बाध्य पारिएको भए आजको दुर्दान्त परिणाम आउने थिएन। नेपाली कांग्रेसले माओवादीमाथि धेरै विश्वास गर्‍यो। माओवादीहरूले कांग्रेसलाई रणनीतिक रूपमा प्रयोग गरे। फलस्वरुप १२ वर्षको द्वन्द्वबाट पीडित नागरिकहरूलाई लक्ष्यित गरेर बनाइएका कार्यक्रमहरू निस्तेज हुन पुगे। अरबाँै अरब रूपैयाँ अलपत्र पर्‍यो भने द्वन्द्वबाट पीडित कार्यकर्ताहरू काठमाडौँका गल्ली गल्लीमा मागेर खाँदै हिँड्नु परेका दयनीय अवस्था देखिए। यसरी विगतमा कांग्रेस माओवादीको जालमा फसेकै कारण आज अलपत्र परेको छ।  
कुनै पनि राजनीतिक दलका मुटु विचारशील कार्यकर्ता हुन्। पार्टीका घोषित नीतिका पक्षमा कार्यकर्ताहरू दिलोज्यानले लाग्नु पर्दछ। कार्यकर्ताको जोशजाँगर विना पार्र्टी बाँच्न सक्दैन। कांग्रेसभित्र यस अवधिमा कार्यकर्ताको मूल्याङ्कन भएको आभास उनीहरूलाई दिन सकिएन। कार्यकर्ताहरूमा उत्साहको ठाउँमा निरुत्साहले स्थान पायो। विगतमा कांग्रेसका शुभचिन्तकहरू र कार्यकर्ताहरूमा कांग्रेस सत्तामा गएपछि न्याय गर्दैन, विगतलाई भुल्दछ र सत्तामा नै रमाउँछ भन्ने प्रभाव पर्न पुग्यो। कांग्रेसले न्याय गरेन, मूल्याङ्कन गरेन भन्ने गम्भीर प्रकारको आरोप कांग्रेसमाथि छँदैछ। ठोस एवं वस्तुनिष्ठ मूल्याङ्कन गर्न नसक्नु कांग्रेसको ठूलो कमजोरी होे। यसैकारण कांग्रेसको खुट्टा कमजोर भएको आभास मिल्दछ।   
विगतमा कांग्रेस पार्टी विभाजन भयो। विभाजित कांग्रेसले अहिलेको चुनौतीको सामना गर्न सक्दैन भन्ने  कुरा घाम जस्तै छर्लङ्ग थियो। त्यसैले पार्टीमा एकता गरियो। पार्टी संरचनागत रुपमा एकीकरण भयो तर भावनात्मक रुपमा हुन सकेन। नेपाली कांग्रेसको १२आँै महाधिवेशनलाई कांग्रेसको एकता महाधिवेशन भनियो तर गाउँ नगर वडादेखि केन्द्रसम्म समूहगत रुपमा निर्वाचन गराइएको हँुदा पार्टी चरम गुटबन्दीमा फस्यो। अहिले नेपाली कांग्रेस अत्यन्त कमजोर भएको छ। कार्यकर्ताहरुमा मनोबल उच्च गर्न सकिएको छैन। कार्यकर्ताहरुलाई अरुबाट आक्रमण हँुदा वक्तव्य जारी गर्ने बाहेक अरु केही गर्न नसक्ने अवस्थामा कांगे्रस निरीह बनेर उभिएको छ। यही अवस्थामा कांग्रेस रहिरह्यो भने यसबाट भोलि केही आशा गर्न सकिँदैन। त्यसैले कांग्रेसलाई सुदृढ गर्न र कांग्रेसलाई भावनात्मक एवं कार्यात्मक रुपमा एकताबद्ध बनाउन 'राष्ट्रिय मेलमिलाप अभियानः हाम्रो पहिचान, हाम्रो अडान' कार्यक्रम सञ्चालन गर्नु परेको हो। सुदृृढीकरण र एकता विनाको नेपाली कांग्रेसले कार्यकर्ताहरुको मनोबल उच्च बनाउन नसक्ने निश्चितप्रायः भएकोले कांग्रेसभित्र अभिमुखीकरण सहित सुदृढीकरण तथा एकता अभियानको आवश्यकता परेको हो। त्यसैले एकताका निम्ति अब अन्तर्मनका कलुष् धोएर सामुहिक रुपमा एकताको वैजयन्तीमा उनिनु आजको चरम आवश्यकता भएको छ।   
राष्टि?य मेलमिलाप अभियानः हाम्रो पहिचान हाम्रो अडान कार्यक्रमको ल73य
'राष्ट्रिय मेलमिलाप अभियानः हाम्रो पहिचान, हाम्रो अडान' को ल73य पार्टीलाई सुदृढ र एकतावद्ध बनाई वर्तमान चुनौतीहरुको सामना गर्न सक्षम बनाउनु हो। यसका लागि यो अभियानको पार्टीका वर्तमान निकायहरुलाई सहयोग पुर्‍याउने प्रमुख भूमिका रहन्छ। पार्टीलाई सुझाव दिएर, दवाब सिर्जना गरेर यसका संरचनाहरुलाई बलियो बनाउने यसको प्रमुख कार्य हो। खासमा यसको कार्य विगतमा भएका कमी कमजोरीहरुलाई मनन गरी सच्याइ, आशा, विश्वास र भरोसाको थलोका रुपमा कांग्रेसलाई स्थापित गर्नु हो। यस बाहेक यसको कार्यक्षेत्र निम्न विषयमा समेत केन्द्रित रहने छ।  
(१)    जननायक वीपी कोइरालाबाट प्रतिपादित राष्ट्रिय मेलमिलापको नीतिलाई पार्टीमा पूर्णरुपमा पुनःस्थापित गर्नु।  
(२)    नेपाली कांग्रेसको आदर्श राष्ट्रियता, प्रजातन्त्र, समाजवादलाई पार्टीको मूल नीति बनाइ प्रथमिकतासाथ कार्यान्वयन गर्न लगाउनु।  
(३)    विगतमा जनताको कब्जा भएको सम्पत्ति कब्जावालहरुबाटै फिर्ता गर्न लगाउनु।  
(४)    पार्टीका विस्थापित कार्यकर्ताहरुलाई आफ्नो घर फ््कर्कन सक्ने वातावरण सिर्जना गर्नु।
(५)    विगतमा माओवादी तथा अन्य समूहबाट मारिएका, घाइते बनाइएका पार्टीका कार्यकर्ताहरुलाई सहयोग पुर्‍याउन पार्टी मार्फत् सरकारलाई दवाब दिनु ।  
(६)    पार्टीभित्र कार्यकर्ताहरु र नेताहरुका वीचमा भएका मनमुटाव र असमझदारीलाई समाप्त पारी पार्टीलाई एकताको वैजयन्तीमा सजाउनु।  
(७)    पार्टीका सबै निकायहरुलाई जिम्मेवार र जुझारु बनाइ यसले सामना गर्न परेका सबैखाले चुनौतीहरुको डटेर सामना गर्न सक्षम बनाउनु।  
(८)    पार्टीका पुराना नेता तथा कार्यकर्ताहरुलाई सम्मानित व्यवहार गर्नु र उनीहरुलाई कांग्रेसमा विचार बैंकको रुपमा सक्रिय बनाउनु।  
(९)    पार्टीको नीति निर्माणमा चासो देखाइ जनताका आवाजहरु पार्टीका सम्बन्धित निकायमा पुर्‍याउनु।  
(१०)    पार्टीका सबै तहका निकायहरुलाई कृयाशील बनाउनु र जनताका पक्षमा काम गर्ने सक्रियता निर्माण गर्नु।  
(११)    पार्टीका कार्यकर्ताहरुमा आइपर्ने सबै किसिमका आपत–विपतमा तत्काल सहयोग पुर्‍याउन पार्टीगत रुपमै कृयाशील रहनु।  
यी र यिनै खाले ल73य पूरा गर्न यो 'राष्ट्रिय मेलमिलाप अभियानः हाम्रो पहिचान, हाम्रो अडान' कार्यक्रमको आवश्यकता टड्कारो रुपमा रहेको छ।   
'राष्ट्रिय मेलमिलाप अभियानः हाम्रो पहिचान, हाम्रो अडान'का लागि निर्धारित कार्यक्रमहरु
१)    सम्बन्धित विषयवस्तु र आदर्श कार्यान्वयनका लागि छलफल, गोष्ठी र अन्तरक्रियाहरु गरी कांग्रेसको नीति र गतिविधिको विश्लेषण गरी आवश्यकता अनुसार पार्टीलाई सुझाव दिनु पर्ने भएमा सुझाव दिने, दवाब दिनु पर्ने भएमा दवाब दिने।  
(२)    नेपाल सरकारको गतिविधि, विभिन्न नीति र कार्यक्रम तथा कार्यकोे विश्लेषण र मूुल्याडकन गरी आवश्यकता अनुसार सरकारलाई सुझाव दिनुपर्ने भएमा सुझाव दिने, अनुपयुक्त नीति वा कार्यक्रम लागू नगर्न  दवाब दिनुपर्ने भएमा दवाब सृजना गर्ने।
(३)    जनता र राष्ट?का विरुद्धमा जो कोहीबाट भएका काम कारवाहीको विरोधमा वक्तव्य जारी गर्ने, विरेाध प्रदर्शन गर्ने, जुलुस आम सभा, आदि कार्यक्रमहरु गर्ने।  
(४)    जनताका हित र विकास निर्माणसँग सम्बन्धित विषयमा लेखहरु लेख्ने, अन्तरवार्ताहरु दिने र जनमत सिर्जना गर्ने।  
(५)    नेपाली कांग्रेसका कार्यकर्ताहरुमाथि देशका विभिन्न ठाउँमा विभिन्न समुदायहरुबाट आक्रमण भई रहेको छ। यस्तो संवेदनशील विषयमा आफ्ना कार्यकर्ताहरुको संरक्षण गर्न सम्बन्धित निकायहरुलाई परीचालन गर्न कडा दस्ता तयार गर्ने।
(६)    विस्थापित जनतालाई घर फर्काउन, विगतमा विभिन्न बहानाबाजीमा कब्जा गरिएका सम्पति फिर्ता गराउन विशेष प्राथमिकता दिई कार्यक्रमहरु संचालन गर्ने र सरकार तथा पार्टीहरुलाई दवाब दिने।  
(७)    सबै तहका सबै कार्यकर्ताहरुलाई पार्टीको नीति, सिद्धान्त र कार्यक्रमका बारेमा प्रशिक्षण दिन पार्र्टीका सम्बन्धित निकायहरुलाई दवाब दिनेे।   
(८)    यो कार्यको प्रयोजनको लागि केन्द्रमा नेपाली कांग्रेस केन्द्रीय समिति र जिल्ला जिल्लामा र क्षेत्र, नगर र गाउँमा सम्बन्धित निकायहरुले 'राष्ट्रिय मेलमिलाप अभियानः हाम्रो पहिचान, हाम्रो अडान'को कार्यक्रम अभियानकै रुपमा संचालन गर्नु पर्दछ। केन्द्रमा केन्द्रीय स्तरको राष्टि?य मेलमिलाप अभियान समिति र जिल्ला जिल्लामा जिल्ला क्षेत्र र नगर, गाउँ अभियान समितिको गठन गर्न सकिने छ। यो अभियानलाई प्रभावकारी बनाउन पार्टीका सबै निकायहरु, भातृ संगठन र शुभेच्छुक संगठनहरुका सबै तहका निकायहरु र यस क्षेत्रमा काम गरिरहेका वीपी विचार समाज, द्वन्द्व पीडित राष्ट्रिय समाज तथा यस्तै अन्य गैर सरकारी संस्थाहरुलाई पनि यो अभियानमा कृयाशील गराउने कार्यक्रम तय गर्नु पर्दछ।  
 
 
राष्टि?य मेलमिलाप र नेपाली कांग्रेस  
जननायक वीपी कोइरालाद्वारा प्रतिपादित राष्ट्रिय मेलमिलाप एउटा दर्शन हो। यसलाई दर्शनकै रुपमा व्याख्या गरिनु पर्दछ। नेपाली कांग्रेसले अवलम्बन गर्नुपर्ने राजनैतिक दर्शन राष्ट्रिय मेलमिलाप हो। राष्ट्रिय मेलमिलापको मर्म भनेकै राष्ट्रियता, प्रजातन्त्र र समाजवाद हो। मेलमिलापको राजनीतिक एवं रणनीतिक दर्शन प्रतिपादन गर्दा वीपीले बारम्बार भन्नु भएको छ– म पनि जनता हुँ। म जोसँग मेलमिलाप गर्दछु त्यो न्यूनतम योग्यताले युक्त हुनु पर्दछ। त्यो योग्यता भनेको उभित्रको राष्ट्रवादी स्वर हो। राष्ट्रवादी व्यक्तिमा अरुको स्वतन्त्रताप्रति हस्तक्षेप नगर्ने, आफू बाँचौँ भन्दै अरुलाई पनि चेतनशील गराएर बाँच्न सिकाउने क्षमता हुन्छ। स्वदेशको हितविरुद्ध कुनै हालतमा पनि परचक्रीसँग सम्झौता नगर्ने मन र बुद्धि भएकाहरु राष्ट्रवादी, प्रजातान्त्रिक हुन्छन् भनेर वीपीले राष्ट्रियता र प्रजातन्त्रको बलियो आधार जनताबाट जनताकै निम्ति हुन सक्दछ भन्ने किटान समेत गर्नुभएको छ। वास्तवमा वीपीले यिनै विचार र भावनाभित्र एक व्यक्ति राष्ट्रको खरो पहरेदार भएर जनताका हरेक हक अधिकारका लागि प्रजातान्त्रिक विचार बोकी दह्रो भएर उत्रन सक्ने कांग्रेस कार्यकर्ताको निर्माण हुनु पर्दछ भन्ने संकेत गर्नुभएको थियो।  
कांग्रेस बन्न कांग्रेसका नेता र कार्यकर्ताहरुका लागि पनि राष्ट्रियता र प्रजातन्त्र न्यूनतम शर्त हो। कोही पनि कांग्रेस नेता वा कार्यकर्ता राष्ट्रवादी र प्रजातान्त्रिक छैन भने त्यो कांग्रेस हुनै सक्दैन। वीपीले अर्को एक ठाउँमा भन्नु भएको छ– ध्भ धबलत तय दभ तजभ नययम ाचष्भलम या यगच लभष्नजदयगचक लयत  तजभ बनभलत। एक अर्कामा हरेक पटक राष्ट्रहितका लागि हातेमालो गर्दा हामी कोही कसैका बनभलत नबनी राम्रो र असल छिमेकीको अवधारणा बोकेर राष्ट्र निर्माणको र संगठन निर्माणको सवालमा मेलमिलाप गर्न सक्छौँ। हुनसक्छ यस्तो बेला पार्टी निर्माणमा जुट्ने साहस हुँदा हुँदै पनि कोही कसैप्रति अविश्वसनीय पनि हुन सक्छन्। अविश्वासका पर्खालहरु भत्काउन स्वयंले अनेक ह48डर खानु परे पनि पछि पर्नु हुँदैन। कांग्रेस कार्यकर्ता वा नेतामा त्यस्तो ह48डर सहने शक्ति असीमित रुपमा हुनु पर्दछ। यस सम्बन्धमा यहाँ एउटा घटना स्मरणीय हुन आउँछ।
जनमत संग्रहको परिणामपछि वीपी कोइराला नेपालको पश्चिमको भ्रमणमा जानु भयो। पाल्पा पुग्दा उहाँका साथमा विश्वबन्घु थापा पनि संगै हुनुहुन्थ्यो। उहाँले गोर्खाबाट कांग्रेसको सदस्यता लिनु भएको थियो। पाल्पामा कार्यक्रम स्थलमा जान लाग्दा बिश्वबन्धुलाई कार्यकर्ताले लछारपछार गरे। बिश्वबन्घु थापाले यसलाई सहज रुपमा लिँदै भन्नु भयो– यति पनि नगरे के कांग्रेसको कार्यकर्ता हुने? आज कांग्रेसका नेता र कार्यकर्ताहरुमा त्यो जुझारुपना र सहनशक्ति समाप्त भएको छ। अहिले कांग्रेसका कार्यकर्ताहरु पार्टीको नभै नेताको समूहमा विभाजन हुने होड चलेको छ। नेता होस् वा कार्यकर्ता, आफूलाई कांग्रेसभित्रै एजेन्ट बन्न रुचाउँदछन्। यही नै सबैभन्दा अशोभनीय पक्ष पार्टीभित्र जकडिएको छ। यसैको निराकरण आजको प्रथम अनिवार्य शर्त हो।  
वीपी कोइरालाको राष्ट्रवादी स्वरलाई कुनै नवीन विशेषणको आवश्यकता छैन। जननायक वीपी राष्ट्रका लागि स्वदेशको सार्वभौमसत्ता जनतामा निर्भर गराएर प्रजातन्त्रको सुनौलो सूर्य उदाएको देश आफ्नो मातृभूमिलाई बनाउनका लागि भारत प्रवासमा बस्नुभयो। आठ वर्षसम्म प्रजातन्त्र र स्वतन्त्रताका लागि प्रवासमा बसेर संघर्ष गरिरहँदा उहाँमाथि नेपालको तत्कालीन सरकारले विभिन्न ८ वटा ज्यानमुद्दाहरु लगाएको थियो। मुद्दाको बेवास्ता गर्दै उहाँ आफ्नो देश फर्कनुभयो र सार्वभौमिकता र प्रजातन्त्रको लागि आफ्नो अडान यथावत् राख्दै राष्ट्र रक्षार्थ नयाँ शिराबाट विचार, दर्शन प्रतिपादन गरी राष्ट्रिय मेलमिलापको नीति तय गर्नुभयो। वीपी विचारको निष्कर्ष थियो– राष्ट्रियता र प्रजातन्त्रभित्र जनएकता निर्माण गर्न हिच्किचाउने मानिसमा कांग्रेसको कार्यकर्ता र नेता बन्न सक्ने कुनै पनि योग्यता र क्षमता रहँदैन। देशका निम्ति सिद्धान्त र अडान प्रथम आवश्यकता हुन्छ। यही आवश्यकता आज कांग्रेसका नेता र कार्यकर्ताले मनन नगरिदिएकाले नेपाली कांग्रेस धरातल छोडेको धरहरा जस्तै भएको छ।  
संविधान निर्माण र शान्ति प्रकृयाको सम्बन्धमा नेपाली कांग्रेसको भूमिका    
(क)    संविधान निर्माण सम्बन्धमा
प्रजातन्त्र विना राष्ट्रियता जुनसुकै अवस्थामा पनि खतरामा पर्छ। प्रजातन्त्र र राष्ट्रियतामा समाजवादको विचार जोडियो र त्यस मूल सिद्धान्तलाई आत्मसात गरी राज्यव्यवस्था सञ्चालनका नीति निर्माणहरु भए भने त्यो व्यवस्था ब्रह्मा48डमा नै सर्वोत्कृष्ट शासनव्यवस्था हुन सक्दछ। प्रजातान्त्रिक सिद्धान्तनिष्ठ मुलुकहरुमा संसदीय प्रणालीलाई उत्कृष्ट रुपमा परीक्षण भएको प्रणाली भनी स्वीकार गरिएको छ। अध्ययन, विश्लेषण, चिन्तन, मनन र सन्तुलनबाट आज संसदीय प्रजातान्त्रिक पद्धतिमा कुनै पनि प्रकारको सुधारको आवश्यकता नभएको पुष्टि भइसकेको छ। संसदीय प्रजातन्त्र कांग्रेसले अवलम्बन गरेको विशिष्ट व्यवस्था हो, मान्यता हो। नयाँ संविधान निर्माणमा यसलाई आधार बनाई लोकतान्त्रिक संविधानको निर्माण गर्न कांग्रेसका नेताहरु तथा सभासदहरुलाई दवाब दिनु 'राष्ट्रिय मेलमिलाप अभियानः हाम्रो पहिचान, हाम्रो अडान' कार्यक्रमको ल73य हो।
(ख)    शान्ति प्रक्रियाको सम्वन्धमा  
नेपाली कांग्रेसका लागि शान्ति प्रकृयाको अन्तिम टुङ्गो लगाउनु भनेको माओवादी लडाकुहरुको सुरक्षा निकायमा समायोजन गर्नु र विस्थापितहरुलाई घर फर्काउनु, कव्जा गरएिको सम्पत्ति फिर्ता गराउन हो। यी सवै कार्य पूरा नहँुदा सम्म शान्ति प्रकृयाको अन्तिम टुङ्गो लागि सक्यो भन्न सकिँदैन। अहिले विस्थापितहरुलाई घर फर्काउने र कव्जा गरिएको सम्पति फिर्ता गराउने विषय ओझेलमा परेको छ। कांग्रेसका नेताहरुले यसलाई प्राथमिकता दिएका देखिँदैनन्। त्यसैले शान्ति प्रकृयाका सवै विषयहरुलाई अन्तिम टुङ्गो लगाउनु कंाग्रेसका नेताहरु तथा सभासदहरुलाई  दवाव दिनु राष्टि?य मेलमिलाप अभियान हाम्रो अडान हाम्रो पहिचानको मूल ल73य हो। यसका लागि कार्यात्मक रुपमा कांग्रेसले सहज वातावरण निर्माण गर्नु परेको छ।  
'राष्ट्रिय मेलमिलाप अभियानः हाम्रो पहिचान, हाम्रो अडान' ले के गर्नुपर्दछ?
सर्वप्रथम विचार र पहिचानको अडान नेपाली कांग्रेसले प्रारम्भ गर्नु पर्दछ। अहिले कांग्रेसमा विचार र अडानको खडेरी छ। त्यसैले कांग्रेसले आफ्नो विचार र अडान स्पष्ट गर्न जरुरी छ। कांग्रेसको विचार भन्दा वीपी कोइरालाबाट प्रतिपादित राष्ट्रियता र मेलमिलापको सिद्धान्तको प्रसङ्ग आउँदछ। वीपी कोइरालाले आफ्नो जीवनभर राष्ट्रियतालाई प्राथमिकता दिनुभएको थियो। आफ्नो जीवनको अन्तिम भाषणमा उहाँले भन्नुभयो, “यदि तपाईँहरूलाई कुनै निर्णय लिन अप्ठेरो परेमा नेपालको एक मुठी माटो लिएर सोच्नुहोस् त्यतिबेला जे गर्न उचित लाग्छ गर्नुहोस्।” यो उहँाको अन्तिम सार्वजनिक अभिव्यक्तिहरू मध्येको एक हो। उहाँले भन्नुभएको थियो, “म मरेपछि मेरा बारेमा कांग्रेसमा गलत व्याख्या गरिने छ। त्यसैले मैले नै नेपाली कांग्रेसको इतिहास लेख्नु पर्ने थियो अब सक्दिनँ होला।”  
उहाँ २०३३ साल पौष १६ गते राष्ट्रिय मेलमिलापको नीतिसहित नेपाल फर्कनुभयो। वीपी कोइरालाले बारम्बार आफू जनताको प्रतिनिधि भनेर आफ्नो पहिचानको कुरा उठाउनुभएको छ। कार्यकर्ता नेता सबैले अभिवादनमा 'जय नेपाल' भन्नु, कालो भादगाउँले टोपी बीचमा चिरे जस्तो गरी पट्याएर लगाउनु, कसैसँग कहिल्येै नझुक्नु, पार्टी सिद्धान्तप्रति अटल रहनु कांग्रेसका नेता र कार्यकर्ताको बाहिरी पहिचान हो। यो नेपालीपनको समेत खाँटी पहिचान हो। कांग्रेसको इतिहासको अपव्याख्या गर्नु हँुदैन। आज उहँाको राष्ट्रिय मेलमिलापको गलत व्याख्या भएको छ। कांग्रेस नेतृत्वबाट जनतासँगको मेलमिलाप नै राष्ट्रिय मेलमिलापको नीति हो भनेर व्याख्या गर्न लगाइएको छ। यो सर्वथा गलत हो। जनताको प्रतिनिधिको जनतासँग त सँधै मेलमिलाप हुन्छ नै। यसमा 'राष्ट्रिय मेलमिलाप अभियानः हाम्रो पहिचान, हाम्रो अडान' कार्यक्रम थपिरहनु पर्ने आवश्यकता नै छैन। यही व्याख्या नै कांग्रेसका कार्यकर्ताहरूका लागि विडम्बनाको कुरा हो भन्दा अत्युक्ति हुँदैन। वीपीले राष्ट्रियता र प्रजातन्त्रको कुरा गर्दा जहिले पनि राष्ट्रवादी र प्रजातन्त्रवादीका बीचको मेलमिलापको कुरा गर्नुभएको छ। राष्ट्रिय मेलमिलापको कुरा गर्नासाथ राजासँग मिल्ने कुरा गरियो भनेर यसको गलत व्याख्या गरेर उग्र बामपन्थी सोच भएका मावोवादीसँग मेलमिलाप गर्न पुर्‍याइयो। मेलमिलाप भनेको कुनै व्यक्ति वा शक्तिसँग नभएर प्रजातन्त्रवादी र राष्ट्रवादीसँगको मेलमिलाप हो। यसलाई बिर्सँदा नेपाली कांग्रेसमा विचलन आयो। यही विचलन नै आजको  परिणाम हो। नेपाली कांग्रेसले आज न राष्ट्रियताको चुरो समातेको छ न वीपीको समाजवादी चिन्तनको चुरो। यसरी कांग्रेसको विचारमा विचलन आएको हो। सर्वप्रथमतः नेपाली कांग्रेसले वीपी कोइरालाबाट प्रतिपादित राष्ट्रियता र मेलमिलापको नीतिलाई आत्मसात गर्दै पार्टीभित्र पुनः यो सिद्धान्तलाई पुनर्जिवित गर्नु पर्दछ। अनि हुन्छ एक नवअभियान।
नेपाली कांग्रेसको दोस्रो मूलभूत सिद्धान्त भनेको प्रजातन्त्र हो। कांग्रेसको ल73य हो– कहिल्यै पनि सत्ताका लागि प्रजातन्त्रका मूलभूत सिद्धान्त र आदर्शलाई भुुल्नु हँुदैन। प्रजातन्त्रको मूलभूत ल73य नाम जप्नु मात्र होइन। प्रजातन्त्रको स्रोत (क्यगचअभ), आधार(द्यबकभ) र ल73य न्यब)ि जनता नै हुन्। लोकतन्त्रको परिभाषा कुनै एउटा राष्ट्र वा सरकारले मात्र गरेर हुँदैन। संयुक्त राष्ट्रसंघको ल73य समेत प्रजातन्त्र, लोकतन्त्र वा लोकतान्त्रिक गणतन्त्र हो। प्रजातन्त्रको  परम्परागत  बहुदलीय संसदीय व्यवस्था वा लोकतान्त्रिक गणतन्त्रको विश्वव्यापी मान्यतालाई संशोधन गरेर हामी क्रान्तिकारी हुन सक्दैनौँ। नेकपा मोओवादी जस्तो उग्रवामपन्थी दलले प्रजातन्त्रको व्याख्या गर्ने हामी त्यसैको पछि लाग्ने जस्तो निर्लज्जता अरू के हुन सक्छ? सत्ताका लागि हामीले सबै कुरामा संझौता गर्‍यौ। प्रजातन्त्रका बारेमा वीपी कोइराला भन्नुहुन्छ 'हाम्रा सुकुम्बासी, भूतपूर्व सैनिक, तल्ला स्तरका कर्मचारी तथा किसानहरूले राम्ररी दुई छाक खान पाऊन्। तिनीहरू एउटा छतमुनि बस्न पाऊन्। केटाकेटीले पढ्न पाऊन्। औषधि उपचारको व्यवस्था होस्। हामीहरूलाई अहिले ठूला–ठूला महल र हवाइजहाज चाहिएको छैन। यही चाहिएको छ– सबैले पेटभरि खान पाऊन्, एकसरो लुगा लगाउन पाऊन्, पढ्न पाऊन्, औषधिमूलो पाऊन्, त्यही हो प्रजातन्त्र।'' यसरी अहिलेको सन्दर्भमा पनि प्रजातन्त्र भन्नु नै मानिसको खाने, पढ्ने र औषधिमूलोको अधिकार हो भन्ने कुरालाई वीपीले त्यतिबेला नै भन्नु भएको थियो। प्रजातन्त्र भनेको अर्को शब्दमा विश्वका सबै जनताले साँंस्कृतिक, राजनैतिक, सामाजिक र आर्थिक भेदभावविना आफ्नो इच्छाअनुसार प्रयोग गर्न पाउने आफ्नो अधिकार हो। प्रजातान्त्रको महत्वपूर्ण सारतत्व भनेकै निष्पक्ष र स्वतन्त्र निर्वाचन हो। त्यस्तो निर्वाचनपछि बनेको सरकारले मात्र जनतालाई निर्भयतासाथ मौलिक हक उपभोग गर्न सुनिश्चितता प्रदान गर्न सक्छ। जुन नेपालको मूर्त आवश्यकता पनि हो। प्रजातन्त्रमा कानुनी राज्यको पूर्ण पालनाको लागि स्वतन्त्र न्यायपालिकाको महत्वपूर्ण भूमिका रहन्छ। प्रजातान्त्रिक व्यवस्थामा राज्य आफैँले प्रजातान्त्रिक छु भनेर मात्र पुग्दैन। प्रजातन्त्र अन्तर्राष्ट्रिय मापद48डअनुकूल हुनु पर्दछ। यसप्रतिको प्रतिबद्धता नै नेपाली कांग्रेसको प्रजातन्त्रप्रतिको प्रतिबद्धता हो। नेपाली कांग्रेसको पहिचान पनि यही हो। के कांग्रेस प्रजातन्त्रको यो मुलभूत सिद्धान्तमा संविधान सभामा संविधान निर्माण गर्दा अडिन सक्छ? अहिले यो पनि जनताका मनमा प्रश्नचिह्न बनेर उत्तरको प्रतिक्षारत बिषय हो। यो विषय जति गम्भीर छ त्योभन्दा बढी विचार र कार्यान्वयनको जिम्मेवारी कांग्रेसले वहन गर्न सक्नु पर्दछ। ्  
नेपाली कांग्रेसको तेस्रो मूलभूत सिद्धान्त समाजवाद हो। वीपीले भन्नु भएको छ– व्यावहारिक रूपमा समाजवाद भनेको भोको मानिसका लागि एक मुठी चिउरा हो। सैद्धान्तिक रूपमा साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्र झकिदियो भने साम्यवाद बाँकी रहन्छ। समानताको मूल अवधारणा सबैका लागि सधैका लागि हुुनुपर्दछ। नेपाली कांग्रेसले पटक पटक गरी सबैभन्दा बढी समय सत्ता सञ्चालन गर्दा विपन्नताबाट सम्पन्नतातर्फ उन्मुख समाज बनाउन वीपीको चिन्तनबाट उठान भएको समाजवादलाई भुल्यो, आर्दशहीन बन्या, स्वार्थलोलुप भयो। जसको कारण अथाह कृषि भ48डार, जलस्रोत, पर्यटन र साँस्कृतिक छटा भएको मुलुकका हरेक युवा उचित नीति र दिशानिर्देशको अभावका कारण बेरोजगार हुन पुगे। देशभित्रै रोजगारी सृजना गर्ने प्राविधिक शिक्षा दिई विशिष्ट शैक्षिक धरातल निर्माण गरी नेपाली कांग्रेसले देशमा उचित नीतिका साथ रोजगारी निर्माण गरी युवा शक्तिलाई विदेश पलायन हुुनबाट रोक्नुपर्थ्यो। समाजवादी अर्थ चिन्तन नहुनुको कारण हामी आज आफ्नो सुरक्षित आगनमा असुरक्षित भयावह भुकम्प आह्वान गरिरहेका छौं। हामीले विपन्न वर्गका मानिसको पहिचान गरेर उनीहरूको आर्थिक अवस्थामाथि उठाउने कार्यक्रम ल्याउनुपर्दथ्यो, सकेनौँ। गरिबीका रेखामुनि रहेका नेपालीहरूको न हामीले पहिचान गर्न सक्यौँ न उनीहरूको जीवन उकास्ने कुनै कार्यक्रम नै ल्ाागू गराउन सक्यौँ। हाम्रो कमजोरी त्यही भयो, त्यसकारण हाम्रो समाजवादी अर्थनीतिमा अब विपन्न वर्गका मानिसहरूको आर्थिक अवस्था सुधार्ने ठोस नीति हुनु जरुरी छ। आज देशको सबैभन्दा ठूलो चुनौती बेरोजगारीे हो। रोजगारीका अभावमा कैयौँ युवाहरू विदेशिएका छन्। हामीसँग रोजगारी सिर्जना गर्ने कुनै ठोस नीति नै भएन। सरकारले निश्चित रोजगारीको व्यवस्था र कार्यक्रम ल्याउनु पर्ने थियो। हामी सरकारमा रहँदा न त्यस्तो नीति बनाउन सक्यौँ न कार्यान्वयन गर्ने पक्षमा कुनै जमर्को नै गर्‍यौँ।  
सामाजिक अवस्थामा आएको परिवर्तनको प्रभाव अध्ययन नगर्नुुः कमजोरी   
नेपाली कांग्रेसको सबैभन्दा ठूलो कमजोरी नेपालको सामाजिक अवस्थामा आएको परिवर्तनबाट पर्ने प्रभावको अध्ययन नगर्नुु हो। २०४७ सालमा आएको परिवर्तन पछि समाजमा कस्तो परिवर्तन भयो, हामीले अध्ययन गरेनाँै। २०४७ सालको संविधान किन असफल भयो? माओवादीको जन्म किन भयो? अब ल्याइने संविधान पनि समय सापेक्ष हुन्छ भन्ने कुरा के सम्भव छ? समाजमा विभिन्न वर्गको यस्मा कस्तो प्रभाव छ? हामीले जतिसुकै युवा वर्गको कुरा गरे पनि के अहिलेका युवाहरुको राजनीतिमा उच्च चासो छ? छैन भनेे हामीले कसरी युवाहरुको दिमागमा स्वस्थ्य राजनीति प्रवेश गराउन सक्दछौँ? यस्ता विषयमा अध्ययन नै नगरी मनगढन्ते कुरा गर्नु नै नेपाली कांग्रेेसको सांगठनिक कमजोरी हो। त्यसैकारण हामी यो अवस्थामा पुगेका हौं। यसरी हामीले वर्तमान सामाजिक अवस्थाका परिवर्तित छलाङहरुलाई विश्लेषण गरेर सहज बाटो खोज्नु 'राष्ट्रिय मेलमिलाप अभियानः हाम्रो पहिचान, हाम्रो अडान' कार्यक्रमको मूल उद्देश्य हो।  
अन्तरपार्टी सम्बन्धमा यो कार्यक्रम
     नेपाली कांग्रेसको अब अरू दललाई हेर्ने दृष्टिकोण पनि स्पष्ट र फरक फरक हुनुपर्दछ। हाम्रो सहकार्य कसैसित पनि सत्ताको लागि हुनुहँुदैन। माओवादीजस्तो उग्रवामपन्थी सोच भएको दलसँगको हाम्रो सहकार्यको परिणाम अहिले हामीले भोगिरहेका छाँै। हामीमा सैद्धान्तिक विचलन सत्ताका लागि भयो भने हाम्रो पहिचान समाप्त हुन्छ। हामीले आफ्नो पहिचान र अडान स्पष्ट पार्नु जरुरी भइसकेको छ। नेकपा माओवादीसँग हाम्रो सहकार्य वा सहमति कुनै हालतमा हुन सक्दैन भन्ने होइन। तर परिवर्तित सन्दर्भ सुहाउँदो तरिकाले माओवादी पार्टी राष्ट्रवादी भई प्रजातान्त्रिक मोडमा उभिएमा हाम्रो सहकार्य उनीहरुसँग हुन सक्छ। हाम्रा हजाराँै कार्यकर्ताहरू सहिद हुन पुगेका, हजाराँै अन्जान दिदीबहिनीहरूको सिउँदा पुछिएको र हजाराँै अबोध बालबालिकाहरू टुहुरा हुनुपरेको वर्तमान हामीसँग छ। सत्ता स्वार्थमा हामीले यो विगत भुल्यौं भने हामीलाई युगले सराप्ने छ। हामीमाथि दोषारोपण छ कि नेपाली कांग्रेस पार्टी सत्तामा पुग्दा यी सब बिर्सिन्छ। नबिर्सेको भए हामीले सत्तामा रहँदा के गर्‍यौं त भन्ने प्रश्नको जवाफ हामीसँग छैन। त्यसैले माओवादीलाई हेर्ने हाम्रो आँखा, एमालेलाई हेर्ने हाम्रो आँखा र अन्य प्रजातन्त्रवादी दलहरूलाई हेर्ने हाम्रो दृष्टिकोण नितान्त फरक हुनुपर्दछ सोही अनुसार रणनीति तय गर्नुपर्दछ।  
प्रजातान्त्रिक शक्तिहरुको नेतृत्वदायी भूमिका
नेपाली कांग्रेसले देशका प्रजातन्त्रवादी र राष्ट्रवादी शक्तिलाई समेट्नु पर्दछ। देशको राजनीति वामपन्थी र गैरवामपन्थी धारमा विभाजित हुँदैछ। नेपाली कांग्रेसले उग्रवामपन्थी सोच भएका दलहरुलाई छोडेर पूर्ण प्रजातन्त्रप्रति प्रतिबद्ध दलहरुलाई साथ लिएर हिँड्नु नै समयको माग हो। विगतमा हामीले वामपन्थी धारका विचारको पछि लागेको हुनाले हाम्रो पहिचान समाप्त भएको हो। त्यसैले वामपन्थीहरूसँगको सहकार्य हाम्रा लागि बोझ भएको छ। वामपन्थीहरुसंगको सहकार्यले हामी माथि राष्ट्रियता र प्रजातन्त्रप्रतिको हाम्रो प्रतिबद्धतामा नै प्रश्नचिन्ह खडा भएको छ। अहिले नेकपा माओवादीले नै सहमति र सहकार्यको राजनीतिलाई तोडेको हुनाले अब कांग्रेसले त्यसलाई बोकिरहनु कुनै जरूरी छैन। हामीले हाम्रो प्रभावकारी भूमिका निर्वाह गर्न उग्रवामपन्थी सोच भएका दलहरूसँग सहकार्य गर्ने सोचाइ कहिल्यै राख्नु हँुदैन।   
सामूहिक नेतृत्वको विकास र भूमिकाको लागि निर्धारित कार्यक्रम
वीपी कोइरालाले आफ्नो जीवनकालको अन्ततिर गणेशमान स्ंिाह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको सामूहिक नेतृत्वलाई पार्टीको जिम्मेवारी दिनुभएको विषय हाम्रो मानसपटलमा ताजै छ। आज पनि कांग्रेसको संगठनमा त्यही परिस्थति सिर्जना भएको छ। अबको काँग्रेेस एकल नेतृत्वबाट चल्नै सक्दैन। सामुहिक नेतृत्वको विकास कसरी गर्ने भन्दै सामुहिक नेतृत्वको भूमिकाका बारेमा पार्र्टीभित्र व्यापक छलफल हुनु जरुरी छ। एकल नेतृत्व केही समयका लागि अबको कांग्रेसमा सम्भव छैन। सामुहिक नेतृत्वले मात्र कांग्रेसले सबै खालका चुनौतीहरूको सामना गर्न सक्दछ। हामीले अब आफ्नो स्वार्थका लागि एकल निर्णय गर्दैनौँ, सबै विषय वा सवालहरूलाई पारदर्शी बनाउँछौँ, सबै विषयहरू पार्टीमा छलफल गरेरमात्र लागू गर्दछाँै भनेर प्रतिज्ञा गर्नुपर्दछ। अनि मात्र पार्टीप्रति आम जनताको समेत भरोसा हुन्छ। विगतमा भएका गल्तीहरूको जिम्मेवारी आफैँले लिएर अबका दिनमा सबै तहले आफनो कार्यसमितिको निर्णयबाट काम गर्ने पद्धतिको शुरुवात गरेमा सामुहिक नेतृत्वको शुरुवात हुन्छ र सामुहिक नेतृत्वबाट नै पार्टी सञ्चालन हुन्छ। यो 'राष्ट्रिय मेलमिलाप अभियानः हाम्रो पहिचान, हाम्रो अडान' कार्यक्रमले लक्षित पार्टीलाई सामूहिक नेतृत्वमा लैजान सहयोगीको भूमिका निर्वाह गर्ने छ।  
कांग्रेसको वर्तमान संरचनालाई समयसापेक्ष बनाउनु पर्दछ। विगतका हाम्रा व्यवहार, कार्यशैलीका कारण पनि धेरै मानिसहरू कि कांग्रेस छोडेर गएका छन् कि त निश्त्रि्कय भएर बसेका छन्। हामीमा आफूसँग मतभिन्न भएका मानिसहरु पार्टीभित्र नबसे हुन्थ्यो भन्ने दरिद्र मानसिकता छ। त्यस्तो मानसिकता रहेसम्म पार्टीलाई जुझारु बनाउन सकिँदैन। पुराना कार्यकर्ताहरूको सम्मान कसरी गर्न सकिन्छ? पार्टीभित्र हरेक कुरामा न्याय हुन्छ भनेर कसरी विश्वास दिलाउन सकिन्छ? विगतमा हामीले शहीदको सम्मान गर्न सकेनौँ। यसले शहीदका परिवारलाई चोट पुग्न गयो। पुराना कार्यकर्ताहरूको अपमान गर्‍याँै। जो पार्टीका सच्चा सम्पत्ति हुन्, उनीहरूलाई सम्मान गर्न जानेनौँ। अब आइन्दा त्यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता देखाउनुपर्दछ। त्यसैले अब कांग्रेसले हिजो कांग्रेसमा रहेर विभिन्न कारणले कांग्रेस छाडेका व्यक्तिहरूलाई कांग्रेसमा पुनः फर्कने वातावरण तयार गर्नुपर्दछ भने हिजो कांग्रेसमा क्रियाशील भएका तर अहिले निश्त्रि्कय रहेका पुराना कर्यकर्ताहरूलाई पुनः कांग्रेसमै समाहित गर्दै पार्टीलाई पुरानै गतिशील अवस्थामा पुर्‍याउन क्रियाशील हुने वातावरणको सिर्जना गर्नुपर्दछ। नेपाली कांग्रेसका शुभचिन्तक, प्राध्यापकहरू, कानुन व्यवसायीहरू, शिक्षकहरू, निजामती सेवाका पूर्व र वर्तमान कर्मचारीहरू, प्रहरी तथा सेनाका पूर्व तथा वर्तमान व्यक्तिहरू, उद्योगी एवं व्यापारीहरू, पत्रकारहरू, चलचित्रकर्मीहरु, कलाकर्मीहरू, प्रजातान्त्रवादी प्राध्यापक संघ, कानुन व्यवसायी संघ, चिकित्सक संघ, ईन्जीनियर संघ, शिक्षक संघ वीपी विचार समाज, द्धन्द्ध पीडित राष्ट्रिय समाज जस्ता कांग्रेससंग निकट रहेका गैरसरकारी सँस्थाहरु, अन्य भूतपूर्व राष्ट? सेवकहरु र पार्र्टीका भातृ संस्थाहरु जोसुकै किन नहोऊन् नेपाली कांग्रेसमा क्रियाशील हुने वातावरण सिर्जना गर्नु कांग्रेसको पहिलो कार्य हुनेछ। यिनीहरूलाई क्रियाशील बनाएर मात्र पार्टीलाई पुरानै गतिशील अवस्थामा लैजान सकिन्छ। यसका लागि कांग्रेसले प्रतिबद्धता व्यक्त गर्नै पर्दछ। यही कामका लागि यो 'राष्ट्रिय मेलमिलाप अभियानः हाम्रो पहिचान, हाम्रो अडान' कार्यक्रमको आवश्यकता परेको हो। यो अभियानले यी विषयहरुमा पार्टी भित्र दवाब सृजना गर्ने छ ।  
युवाहरू राष्ट्रका खम्बा हुन्, कर्णाधार हुन, सोच र विचारका परिपक्व खानी हुन् भनेर मात्र अब पुग्दैन। नेपाली कांग्रेसको संगठन सुदृढ बनाउन र चुनौतीहरू पार लगाउन युवा परिचालन कार्यक्रम महत्वपूर्ण कार्यक्रम हो। पार्टीले युवाहरूको भावना बुझेर विशेष कार्यक्रम दिन सक्नुपर्दछ। युवाहरूलाई देशको राजनीतिक परिस्थिति हेरेर परिचालन गर्न सक्नुपर्दछ। अहिले कांग्रेस संंगठनका विरुद्ध वामपन्थी दलहरूको सशक्त प्रतिकार गर्ने खुला रणनीति भइरहेको सन्दर्भमा त्यससित जुध्न कांग्रेसले कसरी तयारी गर्ने र त्यसको मुकाबिला गर्न हाम्रा युवाहरू तथा पार्टीका नेता कार्यकर्ताहरु सबैलाई कसरी परिचालन गर्ने भन्ने सोचको विकास भई कार्यान्वयन हुनु कांग्रेसमा जरुरी छ।  कांग्रेसले जोरजबर्जस्ती तरिकाबाट सडकमा आएका वामपन्थी दलहरूसँग ढोका थुनेर सुरक्षित हुन्छु भनेर कोठाभित्र बसेर मुकाविला गर्न सक्ँदैन। यो अभियानलाई सारभूत बनाउन पनि 'राष्ट्रिय मेलमिलाप अभियानः हाम्रो पहिचान, हाम्रो अडान' कार्यक्रमको आवश्यकता छ।  
कांग्रसको समग्र एकता आजको आवश्यकता  
कांग्रेसको बाहौँ महाधिवेशन एकताको महाधिवेशन हो भन्ने सूचना सर्वत्र सम्प्रेषण भयो तर यो महाधिवेशन सच्चा रुपमा एकताको महाधिवेशन हुन सकेन। सिद्धान्त र विचारलाई केन्द्रिविन्दुमा राखेर कांग्रेसले सांगठनिक भाईचारा विचारमा विकास गर्नुपर्थ्यो त्यो हुन सकेन। कतिपय अवस्थामा कांग्रेसको पार्टीगत असरल्ल स्थितिभित्र विचारको खजमजे स्थिति सिर्जना हुँदा यदाकदा वैकल्पिक पार्टीका कुरा पनि बाहिर उठ्न भ्याए। सीमित रुपमा व्यक्तिगत वा क्षेत्रगत स्वार्थ राख्ने व्यक्तिहरुको कारण कांग्रेसमा त्यस्तो गड्बडी आएको हो। कांग्रेस सिद्धान्त र विचारको लडार्इँ लड्ने पार्टी भएकोले आफ्ना कार्यव्यवहारमा सानातिना गल्ती हुने बित्तिकै सच्याएर अगाडि बढ्न सक्ने समष्टी पार्टी हुनुपर्छ। राष्ट्र निर्माणका हरेक पहलकदमीमा नेपाली कांग्रेसले रचनात्मक र संघर्षशील भूमिकाका लागि १२औँ महाधिवेशनमा देखिएका मतभिन्नता बिर्सन सक्ने क्षमता राख्नुपर्छ। त्यसैले कांग्रेसभित्रको समग्र एकताको लागि प्रयत्न गर्नु 'राष्ट्रिय मेलमिलाप अभियानः हाम्रो पहिचान, हाम्रो अडान'को प्रमुख ल73य हो। कांग्रेसको रचनात्मक र संघर्षशील भूमिकाको लागि 'राष्ट्रिय मेलमिलाप अभियानः हाम्रो पहिचान, हाम्रो अडान' ले प्रमुख भूमिका निर्वाह गर्ने छ।   
उपसंहार
अहिले नेपाली कांग्रेस संकटको घडीमा छ। यस संकटबाट पार हुनका लागि जननायक वीपीका विचारहरू पूर्णतः अवलम्बन गर्नुपर्छ। वीपीको मार्गनिर्देशन अनुसार नचलेकाले यो भँुमरीमा परिएको हो। राष्ट्रियता र लोकतन्त्रको रक्षा, विकास निर्माणसहित समृद्ध नेपाल निर्माण गर्ने आफ्नो ल73य पूरा गर्न नेपाली कांग्रेसका सामु जनताका अगाडि नतमस्तक हुनुबाहेक अर्को विकल्प छैन। यस बाटोमा कांग्रेस कार्यकर्ताहरूको भूमिका सबैभन्दा प्रभावशाली र महत्वपूर्ण हुनेछ। राष्ट्र, राष्ट्रियता र लोकतन्त्र जोगाउने जिम्मेवारी कांग्रेसको काँधमा छ। नेपाली कांग्रेस एउटा पार्टी मात्र होइन नेपालको प्रजातान्त्रिक आन्दोलनको पर्याय पनि हो। अहिले नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसले अग्रणी भूमिका निभाएको छ। मुलुकमा प्रजातन्त्र भएका अवस्थामा त्यसलाई सञ्चालन गर्ने र प्रजातन्त्र अपहरित हुँदा स्थापना गर्ने दायित्व मूलतः कांग्रेसको काँधमा  हो। यसैले नेपाली कांग्रेस अरू दलहरूभन्दा बढी जिम्मेवार र जुझारु हुनै पर्छ। साथै संकटको यस घडीमा नेपाली कांग्रेसले संयम र सुझबुझ अपनाएर अघि बढ्नुपर्दछ।
नेपाली कांग्रेस एउटा पार्टी मात्र होइन समग्र नेपालको प्रजातान्त्रिक आन्दोलनको सगरमाथा हो। विगतका महत्वपूर्ण घडीमा विभिन्न पार्टीहरू नेपाली कांग्रेसकै चौतारीमा एकत्रित भएर लोकतन्त्रका लागि संघर्षमा होमिएका थिए। अहिले पनि नेपालको लोकतान्त्रिक आन्दोलनको मियो नेपाली कांग्रेस हो र हुनुपर्छ। विगतमा कांग्रेसले न्याय गरेन, आन्दोलनमा दुःख गर्नेहरूको उचित ढङ्गले मूल्याङ्कन गर्न सकेन भन्ने व्यापक गुनासो छ। त्यो स्वाभाविक हो। कांग्रेसले आफ्ना पीडित कार्यकर्ताको पक्षमा खासै राहत प्याकेज कहिल्यै प्रस्तुत गरेन पनि, त्यसैले कांग्रेसप्रति आज हजारौँ नकरात्मक टिप्पणी र विमतिहरु छन्। यतिका विमति, गुनासा र टिकाटिप्पणी खुला रुपमा आउँदा पनि कांग्रेससित विशाल जनमत अझै छ। त्यसैले कांग्रेस पार्टीका शुभचिन्तकहरू र कार्यकर्ताहरू यस पार्टीमा पूर्ण न्याय गर्ने सक्ने नेतृत्वको खोजी गरिरहेका छन्। यो सत्य हो कि नेपाली राजनीति र लोकतन्त्रको निष्ठाका सवालमा नेपाली कांग्रेसको विकल्प कसैले दिन सक्दैन। त्यसैले कांग्रेसजनहरू र यसका शुभचिन्तकहरूमा कांग्रेस नेतृत्वले विगतमा भएका तमाम गल्ती, कमी र कमजोरीहरूलाई महशुश गर्दै अब जे हुन्छ न्यायसम्मत हुन्छ भनेर विश्वास दिलाउनु पर्दछ। साथै संकटको युगीन घडीमा नेपाली कांग्रेसले संयम अपनाउँदै आफ्नो भूमिका र जिम्मेवारी स्पष्ट पार्नु पर्छ। सँगठनलाई सुदृढ पार्न नेपाली राजनीतिलाई लोकतान्त्रिक मार्गमा अगाडि बढाउनु पर्छ। द्वन्द्वरत मुलुकमा जहाँ पनि जहिले पनि राष्ट्रिय मेलमिलापको नीति अपनाइएको हुन्छ। पछिल्लो उदाहरणका रुपमा बर्मालाई लिन सकिन्छ। द्वन्द्वबाट शान्तितर्फ मुलुकहरुमा सत्य निरुपण तथा मेलमिलाप आयोगको समेत आवश्यकता हुन्छ। लोकतान्त्रिक हिसाबले नेपालको नयाँ संविधान निर्माण गर्न राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई सुस्थापित गरी पार्टीलाई बलियो बनाएर संविधान निर्माणमा समेत स्पष्ट जनभावना समेट्न अहिले सत्य निरुपण तथा मेलमिलाप आयोगको समेत विषय उठिरहेको छ। यसै विषयलाई अघि सार्दै नेपाली कांग्रेस नेपाली राजनीतिको मूल विन्दुमा उभिनु पर्दछ। आज पार्टीबाट यसो हुन सकेको छैन। पार्टी अझै चरम गुटबन्दीमा फसेको छ। यस्तो पार्टीबाट कार्यकर्ताहरुले आशा गरेका आकंक्षाहरु पूरा हुन सक्दैनन्। त्यसैले 'राष्ट्रिय मेलमिलाप अभियानः हाम्रो पहिचान, हाम्रो अडान' कार्यक्रमको आज टड्कारो आवश्यकता परेको हो। यस कार्यक्रमले यहाँ उल्लेख गरिएका सबै कमी–कमजोरीहरु हटाई नेपाली कांग्रेसलाई आजका चुनौतीहरुको सामना गर्न सक्षम बनाउने छ र कांग्रेसले आजका चुनौतीहरुको सामना गरेर प्रभावकारी भूमिका निर्वाह गरी नेपाली राजनीतिलाई आदर्श मार्र्गमा डोहोर्‍याउँदै चिरकालसम्म नेपाली राजनीतिको नेतृत्व गरी देशको समग्र विकास गरेर नेपाल आमाको मुहार हँसाउन सक्नेछ भन्ने विश्वास साथ विराम।
                   जय नेपाल