Nepal map
B.P. Koirala

Article on Nepalese nationalism and B P Koirala

''नेपाली राष्ट्रियता र वी.पी. कोइराला''  
विशेष अन्तरक्रिया कार्यक्रम 
२७ शनिवारवार २०६९, काठमाडौं 
 
 प्रस्तुति :  डा. रमेशकुमार ढुङ्गेल 
 
१. पृष्ठभूमि 
नेपाली राष्ट्रियता र वी.पी.कोइराला शीर्षकको विषयले यस देशको आधुनिककालको करिब अढाइ शताब्दी लामो इतिहासलाई र झ48डै ७ दशक लामो नेपालको प्रजातान्त्रिक संघर्ष र अभ्यासलाई समेट्दछ। यथार्थ रुपमा बु137ने प्रयास गर्दा नेपाली राष्ट्रियताको इतिहासले अठाह्रौं शताब्दिको उत्तरार्द्धतिर आएर आफ्नो प्रारम्भिक–रुपलाई अगाडि ल्याएको देखिन्छ, जुनबेला युरोपमुखी 'नेशनालिज्म' को पनि पूर्वरुप देखा पर्दै थियो। त्यसैगरी करिब ७ दशक लामो नेपालको प्रजातान्त्रिक संघर्ष र अभ्यासले वि.सं.१९८० को दशकदेखि शुरु भएको राणाशासन विरोधका सांकेतिक गतिविधि र त्यसैको फलस्वरुप क्रमिक रुपमा वि.स. १९९० को दशकदेखि देखापरेका 'प्रजापरिषद्', अखिल भारतीय नेपाली काँग्रेस, अखिल भारतीय गोर्खा काग्रेस जस्ता दल तथा संस्थाहरूका गतिविधि र इतिहासलाई उत्तिकै महत्वकासाथ समेट्दछ। प्रजातान्त्रिक सङ्घर्ष र अभ्यासका क्रममा जन्मिएका राजनीतिक दल वा संस्था मध्ये वि.स. २००३ सालमा गठन भएको नेपाली राष्ट्रिय कांग्रेस र ०५ सालमा गठन भएको नेपाल प्रजातन्त्र कांग्रेस मिलेर ०६ सालमा गठन भएको नेपाली काग्रेसको भूमिका नेपाली प्रजातन्त्र र त्यसको आदर्श अनुरुपको राष्ट्रियताको क्षेत्रमा सर्वोच्चस्थानमा रहेको कुरा कसैले नकार्न नसक्नेकुरा स्पष्ट छ। यस प्रसङ्गमा एउटा चाखलाग्दो ऐतिहासिक सन्दर्भ बु137न र सम्झनलायक छ, त्यो के हो भने, काँग्रेस नाम जोडिएर स्थापना भएका नेपालको प्रजातान्त्रिक आन्दोलनको क्रमका दल मध्ये 'नेपाल र राष्ट्रिय' दुबै नाम समेटेर नामाकरण भएको दलको अभियन्ता र पहिलो नेतृत्व वी.पी.कोइरालाबाटै भएको हो। यस घटनाको ८ वर्षपछि अर्थात सं. २०१२ सालको बीरगञ्जमा सम्पन्न नेपाली काँग्रेसको छैठौं महाधिवेशनले समाजवादलाई पनि अंगिकार गर्‍यो, जसले गर्दा नेपाली प्रजातन्त्रसंगै  समाजवाद पनि राष्ट्रियताको आधारभूत विषय बन्न पुग्यो। यसरी नेपाली राष्ट्रियताको सन्दर्भमा वी.पी. र नेपाली काग्रेसको नाम खासगरी पछिल्ला प्रजातान्त्रिक गतिविधिको प्रसङ्गमा नङ्ग–मासु जस्तो टाँसिएर अगाडि बढेको तथ्य इतिहासका सामु छ र यस विषयलाई त्यसै रुपमा वाहेक अरू ढङ्गले बु137न सकिने स्थिति छैन। 
अब नेपाली राष्ट्रियताको प्रसङ्गलाई अगाडि बढाउने क्रममा सोझै नेपालको ऐतिहासिक विषय वस्तु र घटनालाई एउटा सूचीको रुपमा मात्र उल्लेख गरेर पुग्दैन। यस विषयलाई राम्रोस147ग बु137न राष्ट्रियता भने कै के हो र आधुनिक नेपालका निर्माता पृथ्विनारायण शाह र नेपाली प्रजातान्त्रिक आन्दोलनका अभियन्ता वी.पी.ले त्यस विषयलाई कसरी बुझेका थिए वा बुझेकै थिएनन्? भन्ने कुरा महत्वपूर्ण हो। यदि बुझेका थिए भने यस विषयलाई आजको सैद्धान्तिक ९तजभयचष्तष्अब०ि दृष्टिले कसरी हेर्न सकिन्छ? भन्ने तर्फ विचार गर्नुपर्ने हुन्छ।  
माथि उल्लेख गरियो, नेपाली राष्ट्रियताको इतिहास अठाह्रौ शताब्दीको उत्तराद्धतिर देखि मात्र शुरु भएको भनेर ― किन त्यसलाई आधार समय मान्ने भन्ने प्रसंग एउटा हो भने, त्यस आधार समयलाई शुरू–शुरूमा वी.पी.ले किन अङ्गिकार नगरेको हो र सुगौलि सन्धिदेखि अर्थात् सन् १८१६ देखि मात्र 'नेपाली राष्ट्रियताको उदयका निम्ति गोरखा राजाहरुको विजय अभियानको एउटा अप्रत्याशित सामग्री फेला पर्‍यो' भनेर बोलेका हुन् भन्ने विषय तथा पछि २०३३ सालमा भारत निर्वाशनबाट फर्किए पछि चाही147 राष्ट्रियताको चुरो आधुनिक नेपालका निर्माता राजा र त्यस वरिपरिका राष्ट्रिय शक्तिलाई र प्रजातन्त्रलाई एकैक्रममा राखेर किन स्वीकार गरेका हुन्? भन्ने कुरा आज अत्यन्तै गंभीरतापूर्वक बु137न जरुरी भएको छ। यस विषयमा अहिले एउटा कुरा मात्र चर्चा गरेर अन्य विषयमा अगाडि बढ्न सकिन्छ जस्तो लाग्दछ, त्यो के हो भने, सच्चा र दृढ राजनेताहरु प्रायः देशको स्वाधिनताकासाथ सुरक्षा, जनताको न्यूनतम अधिकार र जनताको रक्षालाई प्रथम महत्व दिदै परिस्थिति अनुरुप समय सापेक्षतामा चल्दछन् र दुबै कुरालाई राम्ररी बचाउँछन्। अर्को तर्फ हठी नेताहरु भने आफू पनि भष्म हुन्छन् र देश र जनतालाई पनि स्वाहा पार्दछन्। नेपालका पृथ्वीनारायण, बहादुर शाह, जङ्गबहादुर, वी.पी. र महेन्द्र नै पनि आ–आफ्नै किसिमले प्रथम कोटीमा पर्दछन्। भीमसेन, मोहन शमसेर, राजा ज्ञानेन्द्र र अहिलेका कतिपय नेताहरू भने दोस्रो कोटीमा पर्दछन् भन्ने हाम्रो दृष्टिकोण हो। स्टालिन, हिटलर, चाउचेस्कु, सद्दाम जस्ता विश्वका नेताहरु पनि दोस्रो कोटीमा नै परेका उदाहरणहरु हामीले देखिरहेका छौं। देशको स्वाधिनता, जनताका न्यूनतम अधिकार र अमन–चयनका निम्ति कच्चा खेल नखेलिकन वी.पी.को जस्तो मध्यममार्गी राजनीतिक सिद्धान्तलाई व्यवहारिकतामा ढाल्न खोज्ने नेता वास्तवमा समय सापेक्षता र सिद्धान्तका पृष्ठपोषक हुन्छन्। पृथ्वीनारायण र वी.पी.मा यस्ता समानता देखिएका छन् यध्यपि यी दुवै राजनेताका आधार फरक छन्।  
वी.पी.ले उनको राजनीतिक जीवनको पूर्वाद्धमा राष्ट्रवादलाई एक्काइसौं शताब्दीको नागरिकको प्रजातान्त्रिक अधिकारस147ग मात्र सम्बन्धित बनाएर बुझेको देखिन्छ भने उत्तरार्द्धमा यो मात्र त होइन रहेछ – प्रजातन्त्रस147गै 'राष्ट्रियताको चुरो' कुनै राष्ट्रिय संस्था वा राष्ट्रिय अस्तित्वस147ग गा147सिएका प्रतिक, समूह, व्यक्ति आदि (जसलाई वी.पी. राष्ट्रिय चरित्रका शक्तिहरु भन्थे) स147ग पनि उत्तिकै निहित रहेको हुन्छ भन्ने कुरामा निश्चित भएको देखिन्छ (राजा, राष्ट्रियता र राजनीति पृ.१९)। उनका निम्ति राष्ट्रियता देशको अस्तित्व र त्यस देशका जनताको प्रजातान्त्रिक अधिकार दुबैस147ग सम्बन्धित देखिन्थ्यो। त्यसैले दोस्रो दृष्टिकोणमा सैद्धान्तिक हिसाबले देशभक्तीय राष्ट्रवादलाई जोड दिएको देखिन्छ। वी.पी.भन्थे – “राष्ट्रियताको चूरो नै छैन भने मैले के समात्ने?” (राजा, राष्ट्रियता र राजनीति पृ.२०)।  
यसमा राष्ट्रवादी शक्ति र यसका धरोहरतर्फ वी.पी.ले आत्मसात गरेको देखिन्छ। अहिले स्वयम्भू, बौद्धनाथ, पशुपति, लुिम्बनी जस्ता राष्ट्रिय धरोहर प्रति पनि खेलवाडमा लाग्ने हालका नेताले राष्ट्रिय शक्तिको चूरो पक्डन सक्दैनन् र देश डुबाउ147छन् भन्ने वी.पी.को पछिल्लाकालको अभिव्यक्तिको आशय आज पनि अत्यन्त सान्दर्भिक रहेको छ।   
पृथ्वीनारायण शाहलाई राष्ट्रवादको यूरोपमुखी आधुनिक विचार थाहा थिएन तर भारतीय महाद्विपका 'महाराष्ट्र' 'राष्ट्रकूट' जस्त्ाा राष्ट्र नामधारी मुलुक र ऋग्वेद्देखिका 'इयम्राष्ट्रिम संघमति .... सोहनो भवतु' जस्ता दक्षिण एसियाका राष्ट्र र संघ सम्बन्धी ''हामी सबैस147गै बसौं, स147गै खाउ,147 मिलेर बसौं, परमचक्रीलाई पनि स147गै मिलेर परास्त गरौं'' भन्ने जस्ता आदर्श दृष्टिकोणका विषयमा अवश्य ज्ञान थियो, जुनकुरा यूरोपमुखी राष्ट्रवाद भोगेका, पढेका र बुझेका वी.पी.मा थिएन वा अवश्य कम थियो होला। वास्तवमा नेपालमा वी.पी.को समयका राजा र पञ्चायती शासक तथा स्वयम् वी.पी. समेतलाई नेपाल देशको राष्ट्रवादको प्रसंगमा ऐतिहासिक वास्तविकताको बुझाईमा केही न केही अस्पष्टता भने रहेको देखिन्छ। किनकि त्यसबेला वी.पी. नेतृत्वको प्रजातन्त्रको लहर बोकेको नेपाली का147ग्रेस, राजा र पञ्चहरु सबै, एउटा स्वतन्त्र देश बनाउने र राष्ट्र निर्माण गर्ने नारामा अभ्यस्त थिए तर त्यो नारा खुरुक्कै उपनिवेशीकरण गरिएका संयुक्त राष्ट्र अमेरिका र भारत जस्त्ाा मुलुकका स्वतन्त्रताको संघर्षको क्रममा उठेका नाराबाट नक्कल गरिएको मात्र थियो। पृथ्वीनारायण शाह, बहादुर शाह, जङ्गबहादुर जस्ता शासकले अन्तर्राष्ट्रिय जगतलाई समेत कि शक्ति देखाएर कि कुटनीतिक चालले भएपनि बचाएको स्वाधिन र सार्वभौमिक नेपालको इतिहास नै नबुझकन उपनिवेशका जनतामा रहेको जस्तो हिनताबोधको शिकार वा त्रशित मनस्थितिको उपज मात्र थियो त्यो नारा। किनभने नेपाल कहिल्यै उपनिवेश नभएको स्वतन्त्र देश थियो, त्यो पनि साम्राज्यवादी शक्तिहरुस147ग लडाईं–भिडाईं गरेर आफ्नो अस्तित्व कायम गरिराख्न सफल भएको एक स्वतन्त्र एवम् सार्वभौम राष्ट्र थियो।     
यसो भएतापनि वी.पी. र पृथ्वीनारायण शाह दुबैमा देशभक्तीय राष्ट्रवाद स्पष्टसंग देखिन्थ्यो। पृथ्वी नारायण शाहले बुझेको भू–राजनीति र वास्तविकता देशभक्तीय राष्ट्रवादको रुपमा वी.पी.मा पनि स्पष्टसंग झल्कन थालेको थियो पछिल्ला कालमा। यस सन्दर्भमा वी.पी. भन्छन्ः ''....हिन्दुस्तानमा निर्भर रहेर कोही राजनीति गर्न चाहन्छ भने, त्यो पनि धेरै सफल हु147दैन या चीन र रुसस147ग मात्र निर्भर भएर गर्छ भने पनि सफल हु147दैन, यिनीहरुलाई चिढाउनु पनि हु147दैन। ....कसैको पनि धृतराष्ट्र आलिङ्गनमा हामीले जानु हु147दैन, हिन्दुस्तानस147ग नजिक भएपनि त्यसको पकडमा जानु हु147दैन'' (राजा, राष्ट्रियता र राजनीति – पृ ११२–११३)। वी.पी. विदेशी एजेन्टदेखि होसियार रहनु पर्ने र पार्टी विविध कारणवश हिन्दुस्थान उन्मुख भएतापनि हिन्दुस्तानको हतियार भने बन्नु हुँदैन र प्रयोग हुनबाट बच्नु पर्दछ भन्ने सङ्लो राष्ट्रिय धारणा राख्ने राजनेता हुन् (राजा, राष्ट्रिया र राजनीति पृ.१११)।  यसबाट के बुझन्छ भने, पृथ्वीनारायण पनि दुईढुङ्गाको तरुल देख्थे नेपाललाई र दक्षिणका वादशाहलाई धूर्त, चतुर र स्वार्थी मान्थे त्यसै गरी उत्तरको शक्तिलाई पनि त्यो ज्यादै ठूलो छ भर्सक बचेर सतर्कतासाथ सम्बन्ध राख्न निर्देशन दिन्थे। वी.पी.को यहाँ उल्लेखित धारणा पनि पृथ्वीनारायणसँग ठ्याक्कै मिलेको देखिन्छ। यहाँ सच्चा देशभक्तीय राष्ट्रवादी दृष्टिकोण दुवैमा एउटै खाले देखिएको छ। वी.पी. ले पछिल्लाकालमा “प्रो.इण्डियन भन्ने तत्व” आफू र आफ्ना राजनीतिक समूहभन्दा बाहिर देख्न थालका थिए (राजा, राष्ट्रियता र राजनीति पृ. १४०)। 
वी.पी.को देशको राष्ट्रिय अस्तित्व बचाउने राष्ट्रिय एकता र मेलमिलापको नीति तथा  फिरङ्गीसँग संयुक्त भई लडेर नेपाललाई स्वाधिन देशका रुपमा उभ्याउने पृथ्वीनारायण शाहको नीतिमा कहाँ छ भिन्नता? आश्रित नीति बनाई मिल्न आउनेलाई मिलाउँदै र नआउनेलाई त्यहाँका जनतालाई समेत हात लिई मिलाउँदै अंग्रेज र चीनका साम्राज्यको बीचमा ढुङ्गाका कापको तरुल जस्तो भएर भएपनि नेपाल र नेपालीलाई सुरक्षित राख्ने नीति पृथ्वीनारायण शाहको राष्ट्रिय नीति थियो। 'फिरङ्गी र कुइरेका थाप्लामा ट्वाक'', ''भोट चीनिया माथि खुकुरी वा खुँडा'' भनेर खाँडो जगाउने संस्कृति साम्राज्यवादी शक्ति वा विदेशी शक्ति विरुद्धमा एक भएर उठ्ने नेपाली राष्ट्रियताको संकेत किन होइन? विदेशी शक्तिबाट खतरा भएपछि राष्ट्रियताको वा त्यस्ता शक्तिको पञ्जाबाट उम्कने क्रममा नै राष्ट्रवादको भावनाको विकास हुने त होनी! पृथ्वीनारायण शाह ''त्यो शक्ति अवश्य आउन्या छ'' आफू बच्न तयार हुनु भन्थे। भयो पनि त्यस्तै। वी.पी.को पनि त विश्लेषण झ48डै त्यस्तै होइनर? स्थानीय उत्पादनका सामग्री, स्थानीय मनोरञ्जन, स्थानीय संस्कृतिमा रमाउँदै सात समुद्रपारबाट आएको स्वार्थी शक्तिबाट बचेर एउटा हिमाली स्वाधिन र सार्वभौम देश बनाउने र त्यसलाई बचाउने धारणा हो पृथ्वीनारायणको। गोरखाको विजय अभियानको रुपमा अंग्रेजले यसलाई गोर्खा भने पनि पृथ्वीनारायण चाहीं 'यो राज्ो' वा ''नेपाल भन्याको प्रकृतिले बनाएको किल्ला' को रुपमा हेर्थे। भ–ूराजनीति राम्रोसंग बुझेका वी.पी.को पछिल्ला कालको बुझाई पनि संस्कृति सभ्यताको विषयमा यस्तै यस्तै नै थियो।  
 
२. देशभक्तीय नागरिक राष्ट्रवाद कि जातीय साँस्कृतिक राष्ट्रवाद? 
राष्ट्रवादी धारणा, खास गरी दुई किसिमका देखिन्छन्। पहिलो नागरिकवादी राष्ट्रवाद ९ऋष्खष्अ ल्बतष्यलबष्कि्क० र जातिगत समुदायवादी राष्ट्रवाद ९भ्तजलय यच भतजलय–अगतिगचब िलबतष्यलबष्कि्क०। पहिलोले नागरिक सर्वोच्चता, राष्ट्रिय र व्यक्तिगत स्वतन्त्रतामा आधारित प्रजातान्त्रिक मुलुक, नागरिक कर्तव्य र सुरक्षायुक्त तथा सहकार्य, सहअस्तित्वका साथ भाइचारामा अड्ने दृष्टिकोण बोकेको राष्ट्रवादलाई जनाउँछ। यस्तो राष्ट्रवादले स्वाधिनता, प्रजातन्त्र, सहअस्तित्व, सर्वस्वीकार्य सामाजिक–आर्थिक प्रणाली जस्ता कुरामा महत्व दिएको हुन्छ। वी.पी.ले परिकल्पना एवम् व्याख्या गरेको राष्ट्रवाद त्यस्तै देखिन्छ। 'नागरिक एकता' 'राष्ट्रिय एकता' तथा 'राष्ट्रिय मेलमिलाप' यी सबै नागरिक राष्ट्रवादका विषय हुन्। यसमा वी.पी.ले स्पष्ट रुपमा पार्टी–पार्टी मात्र मिल्ने र राष्ट्रिय चरित्रका शक्तिसँग एकोहोरो विरुद्धको अभियान चलाउने भनेको होइन भनेर स्पष्ट रुपमा भनेका छन् (राजा, राष्ट्रियता र राजनीति पृ.१९)। यस विचारमा पछि आर्थिक वितरणको क्षेत्रका प्रजातन्त्र र समाजवादका मिश्रित कुरा थप्दै धनी–गरीव बीचको खाडल कम गर्ने बाटो लिएको देखिन्छ।  
सुरुमा जमिन भन्दा पनि जनता मात्र राष्ट्र देख्ने वी.पी.ले राष्ट्र निर्माण गर्ने पृथ्वीनारायण शाह जस्तै राष्ट्र र राष्ट्रियताका साधनको चर्चा गर्दा जमिन, नदी, वन–जङ्गल सहित सहअस्त्विमा रहेको मानव श्रोत भएपछि पूर्ण राष्ट्र विकसित हुन सक्ने चर्चा गरेको कुरा बिर्सन हुन्न (राजा, राष्ट्रियता र राजनीति पृ.२४)। वी.पी.देशभक्तिलाई खुरुक्कै भावनात्मक भएको कुरा स्वीकार्छन् र भन्छन् – “मानिसमा भावनात्मक विकास भएर नै राष्ट्रको विकास भएको हो” र राष्ट्रियताको भावना त्यसैबाट विकसित हुनु हो। यो भावनाले चाहीं अधिकारको कुरा मात्र गर्दैन भन्ने कुरा बु137नु पर्छ। यसबाट उनी खाँटी नागरिक वा राष्ट्रभक्तीय राष्ट्रवादका पक्षधर हुन् भन्ने स्पष्ट बुझन्छ। वी.पी. राष्ट्रवादी शक्ति र पूर्ण प्रजातन्त्र माग्ने जनताको शक्ति बीचको स्वार्थको मिलानको अवस्थालाई राष्ट्रवादी प्रजातन्त्र मान्दछन् भन्ने देखिन्छ  (राजा, राष्ट्रियता र राजनीति पृ.१०७)। 
अर्को राष्ट्रवाद हो, जातिय समुदायगत वा राष्ट्र राज्यीय ९लबतष्यल(कतबतभ० पद्धतिको राष्ट्रवाद। बहुसाँस्कृतिक धारणावादी ९्कगतिष्(अगतिगचबष्कि्क० को राष्ट्रवाद र विकासवाद पनि यसैसंग संवन्धित देखिन्छ, जुन धारणा वतर्मान परिस्थितिमा असफल हुँदै गएको कुरा ठाउँ ठाउँ, वेलावेलामा उठ्न थालेका छन्। वी.पी.का कृतिहरु र उनका पछिल्ला अभिव्यक्तिहरुलाई ध्यानपूर्वक दृष्टि दिंदा उनी जातीय समुदायगत राष्ट्रवादका पक्षधर होइनन् भन्ने स्पष्ट देखिन्छ। उनी नेपालमा भित्रिदै गरेका जातीय समुदायगत दृष्टिकोणलाई अर्न्तराष्ट्रिय गैह्रसरकारी संस्थाहरूको भड्काव वा वहकावको रुपमा देख्दछन्। यस्तो बाहिरिया प्रभावको वहकाव नहुँदाको अवस्थामा नेपाली सबै समुदायमा राष्ट्रिय भावना लुकेको देख्छन् वी.पी.। ऋषिकेश शाहको धारणामा मतान्तर व्यक्त गर्दै विदेशीलाई अनुकुल हुने र नेपाल भित्र नेपालीहरूलाई भडकाउने भनेर उनलाई आरोप लगाउन समेत पछि हच्कदैनन् वी.पी.। त्यसै गरी पृथ्वीनारायण जस्तै नेवार संस्कृतिको प्रशंशा गर्दछन् वी.पी.। उनमा जातीय समुदायगत आधारमा उठेको भनिएको भावनामा विश्वास देखिदैन। विदेशी एजे48ट द्वारा सञ्चालित व्यक्ति, संस्था, मिडियाका कारण र अनेक मुकु48डोधारीहरुको वहकावमा मात्र यदाकदा जातिय समुदाय र तराई जस्ता क्षेत्रीय भावना अगाडि बढेको कुरामा उनी विश्वस्त देखिन्छन् (राजा, राष्ट्रिया र राजनीति पृ३९–४५)। जुन कुरा अहिले छर्लङ्गसंग देखिएको यथार्थ हाम्रो सामु छ कि छैन भनेर हामीले सोच्नै पर्ने बेला आएको छ।  
जातीय र साम्प्रदायिक समूहहरुलाई बढाउने, भड्काउने र राष्ट्रवादी शक्तिहरूलाई कमजोर पार्ने ऋषिकेश शाह जस्ता अन्तर्राष्ट्रिय सहयोगबाट चल्ने कुत्सित एजे48डाको वी.पी.ले ठाडो विरोध गरेका छन् भन्ने कुरा हामीले बु137नै पर्दछ। पहाड, तराई, नेवार, पर्वते आदिका प्रसंग वी.पी.ले राम्रैसंग उठाएका छन् तर जातीय राजनीतिको उच्चारण समेत उनले गरेका छैनन। उनको भावना शासक वर्गका शाह, राणा बाहेक सबै प्रजातान्त्रिक अधिकार र सामाजिक सुरक्षाको आवश्यकतामा रहेको सबै नेपाली जात जातिगत समुदाय प्रजातान्त्रिक अधिकार र आवश्यक सामाजिक, आर्थिक सुरक्षाबाट बञ्चित रहेको कुरा वी.पी.को विचारमा स्पष्ट झल्केको देखिन्छ। कुन क्षेत्र र कुन जातीय समुदाय उपेक्षित भन्ने भन्दा पनि राष्ट्रको स्वाधिनताको सुनिश्चितता र न्यूनतम मानवीय अधिकार सहितको प्रजातान्त्रिक पद्धतिको निश्चितता वी.पी.का निम्ति विशेष चासोका विषय थिए। नेवार जाती र तराईका विषयमा चर्चा गर्दै आँकडा नै प्रस्तुत गरेर यी समुदाय उपेक्षित भएको कुरा अस्वीकार गरेका छन् वी.पी.ले। यस सन्दर्भमा वी.पी. भन्छन् – ''दशवर्ष अघि पूर्णियाबाट आएका एउटा हिन्दुस्तानीले नागरिकता लिएपछि तराइको प्रवक्ता बन्न पाउने तर दुई पुस्ता देखि पुरै तराईमा बस्दा पनि वी.पी. आफै चाहीँ पहाडे मूलका भएकाले तराईको हुन नपाइने? तराईको उपेक्षा भयो भन्नेहरुको १०/२० वर्ष अघि मात्र नेपाल छिरेका र विदेशी प्रभावमा त्यस्ता कुरा उठ्न लागेको कुरामा वी.पी. विश्वस्त देखिन्छन् (राजा, राष्ट्रिया र राजनीति पृ.४२)। यसो भए तापनि उनी पुराना तराईवासीहरुमा भने राष्ट्रियताको आफ्नो जस्तै भावना रहेको कुरा औल्याउँछन्।  
राजालाई प्रजातन्त्र तर्फ ढल्किन लाग्दा हामी बलिको बाख्रा भयौं, त्यसो गर्न पाइदैन, प्रजातन्त्र अपनाउन पाइँदैन भन्नेहरूलाई वीपी. विदेशीका मुखु48डोधारी एजे48ट ठान्दथे, यो अभिव्यक्ति तुलसी गिरी जस्ता व्यक्तिका मुखबाट निस्किएको देखिन्छ। अधिकार प्राप्ति, आत्मसम्मानको रक्षा र मानवीय मर्यादालाई महत्व दिनुपर्ने तर जातीय र क्षेत्रीय आधारमा राजनीति सञ्चालन गर्न नहुने वी.पी.को भनाई स्पष्ट छ। राष्ट्रियताको जातीय समुदायगत वा धार्मिक–सांस्कृतिक र क्षेत्रीय धारणा राष्ट्र–राज्यीय राष्ट्रवादको धारणा हो, यसमा नागरिक सर्वोच्चताको भन्दा मानव जातीय नश्ल र त्यससँग सम्बन्धित पद्धतिलाई महत्व दिइने हुँदा वी.पी.को पूर्ण प्रजातन्त्र र वैयक्तिक स्वतन्त्रता नागरिक वा राष्ट्रभक्तीय राष्ट्रवादसँग कुनै तालमेल रहेको देखिदैन। यस सन्दर्भमा वी.पी.को धेरै पछिल्लो समयको एक वक्तव्यको टड्कारो सम्झना हुन्छ, जसमा नेपालको राष्ट्रियताको प्रसङ्ग उठाउँदै यदि यस विषयमा स्पष्टता छैन भने देशको एक मुठी माटो हातमा लिएर शोच्न सबै नेपालीलाई आह्वान गरेका थिए। वी.पी.को त्यो धारणा देशभक्तीय राष्ट्रवादको वाहेक अरू हुनै सक्दैन।  
 
३. प्रजातन्त्र, समाजवाद र राष्ट्रवाद 
वी.पी. संसार बुझेका, तात्कालिक परिप्रेक्षमा अलिक धेरै अध्ययनशील, प्रजातान्त्रिक–समाजवादी नेता तथा अभियन्ता थिए। जनताले गाँस–बास, कपास तथा आत्मसम्मानकासाथ जीउन पाउने अधिकार देशलाई बाह्य हस्तक्षेपबाट टाढा राखी स्वाधीनताको सुनिश्चितताको सोचमा मग्न थिए वी.पी.। उनको राष्ट्रवादमा ठूला अट्टालिका र दरवारमा बस्नेलाई जनता मानिदैनथिए। पृथ्वीनारायणले जस्तै राष्ट्रिय शक्तिका केन्द्र बीच मेलमिलाप ल्याउन खोज्दथे वी.पी.। पृथ्वीनारायण पनि खान लाउन पाउने जनता हुँदा मात्र दरवार वा तत्कालिक अर्थमा राष्ट्रिय शक्तिको केन्द्र (बाह्य परिवेशको दृष्टिले) बलियो हुने कुरामा विश्वास गर्दथे। उनी वी.पी. पनि भोको पेटको जनताले स्वाधिनता र राष्ट्रिय हीतको काम गर्न मुश्किल हुने कुरामा विश्वस्त थिए। समाजवादका समानता, साझापन, सहअस्तित्व, परिश्रमको फलको सुनिश्चितता, सामाजिक सुरक्षा जस्ता विषयसँग प्रजातन्त्र मिसाएर प्रजातान्त्रिक–समाजवादयुक्त राष्ट्रियताको आवश्यकता देख्थे। विना परिश्रम, छलछामका भरमा शासन गर्ने र जीवनयापन गर्नेलाई लुट संस्कृतिका पृष्ठपोषक मान्दथे वी.पी.। हिजो आज नेपालमा यस्तै लुट संस्कृति व्यप्त हुँदै गएको छ र देश र यसको राष्ट्रिय भावना अधोमुखी हुँदै गएको स्पष्टसंग देखिन्छ।  
प्रजातन्त्रमा समाजवादी चिन्तनको मिश्रणले मात्र प्रजातान्त्रिक सिद्धान्तलाई राम्रोसँग उपयोग गर्न सकिन्छ भन्ने उनको भनाई थियो। त्यसैले अति वा (बननचभककष्खभ) आर्थिक उदारिकरणको पृष्ठपोषक थिएनन् वी.पी.। सुमेकर र गान्धिको समेत कहिलेकाँही प्रभावमा रहेका वी.पी. क्कबिि ष्क दभबगतषग िका हिमायती भएकाले नेपाली राष्ट्रियतालाई अति उदारिकरण  र यूरोपमुखी अति औद्योगिकीकरणको समर्थनमा थिएनन्। यथार्थमा यो व्यवहारिक राष्ट्रवाद थियो। अति जातीय सामुदायिक या साम्प्रदायिक उदारीकरण पनि मान्दैनथे वी.पी., बरु राष्ट्ररक्षा र प्रजातन्त्रका निम्ति आन्तरिक राष्ट्रिय शक्तिहरूका बीच मिलिजुलीको धारणा उनका निम्ति महत्वको विषय थियो।  
प्रजातान्त्रिक समाजवाद ९मझयअचबतष्अ कयअष्बष्कि्क० का कट्टर अनुयायी वी.पी. पूर्ण उदारीकरणको मार्गको पूँजीवादी राष्ट्रितालाई स्वीकार्दैनथे भन्ने कुरा स्पष्टै देखिएको छ। त्यसैले उनी नरम वा सीमायुक्त पूँजीवादी सामाजिक आर्थिक व्यवस्थाको नजिक पनि थिए। पछिल्लाकालमा गैह्र क्रान्तिकारी वा मध्यमार्गी वामपन्थी वा समाजवादीकरण गरिएको नरममार्गी पूँजीवादको ९कयअष्बष्किभम अबउबतबष्कि्क० को समर्थक जस्तो पनि देखिएका छन् वी.पी.। वी.पी. देशको विकासमा उत्पादनको अभिवृद्धि पूर्ण प्रजातन्त्रको अवस्थाबाट र वितरणको प्रवर्द्धन समाजवादी शैलीबाट गर्ने कुरामा राख्थे, जुन कुरा कयअष्ब िमझयअचबअथ को धारणासंग नजिक देखिन्छ। 
वी.पी. प्रजातान्त्रिक समाजवादी आन्दोलनका अगुवा मध्येका भएको हुनाले वहुदलीय र मानवीकिकरण गरिएको पूँजीवादलाई अँगाल्ने व्यक्ति थिए। त्यसैगरी उनी एउटा व्यवहारवादी परिवर्तनयुक्त राष्ट्रवादका व्याख्याता पनि थिए। अतिवादी वाममार्ग र अतिवादी पँूजीवादको समर्थक नभएकै कारण उनी प्रजातान्त्रिक समाजवादी विचार समूहमा संलग्न हुँदै आफ्नो दललाई समेत त्यसै वैचारिक धारमा उभ्याएका थिए। उनी यस अन्तरराष्ट्रिय वैचारिक राजनीतिको अग्रपङ्तिमा थिए र समय समयमा विश्वलाई नै हुने किसिमको मावनतावादी दृष्टिकोण राख्न सफल थिए। विश्वका मानव जाती सबैलाई भोक, रोग र कपास जस्ता न्यूनतम आवश्यकताबाट मुक्ति दिलाउनै पर्छ भन्ने सोच समाजवादी प्रजातन्त्र ९कयअष्ब िमझयअचबअथ० को भएको हुनाले वी.पी. नेपालमा अझ नरम पूँजीवादी वा व्यवहारवादी विचार लागू गर्ने सोचमा समाजवादी प्रजातन्त्रलाई प्रजातन्त्रिक समाजवादको रुपमा अगाडि बढाउने प्रयत्नमा थिए। यस क्रममा यस किसिमका समाजवादलाई पनि समाहित गरिने नरम पूँजीवादी प्रजातन्त्रका हिमायती वी.पी.का अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत कतिपय विचारलाई विश्वका ठूला–ठूला नेताहरुले समेत समय–समयमा मुक्तक48ठले  प्रशंसाका साथ उदृत गरेको उदाहरण पनि भेटिएका छन्। यस सन्दर्भमा जर्मनीका सोसियल डेमोक्रेसीका नेता ध्ष्ििथ द्यचबलमत का ध्यचमि ब्च्कब्कभलत बलम ध्यचमि ज्गलनभच वा ँचभभमय्क ाचय्क ज्गलनभच जस्ता पुस्तकको सम्झना हुन्छ। यी पुस्तकमा द्यचबलमत ले वी.पी.ले २० विलियन डलरको चन्द्रमा यात्राको अमेरिकी योजनाको कडा आलोचना गरेको कुराको प्रशंसा गरेका छन्। यस आलोचनामा वी.पी.ले २० विलियन डलर चन्द्रमामा मानिस पठाउन खर्च गर्नु भन्दा ५० विलियन डलर विश्वको गरिबी हटाउनमा अमेरिकाले खर्च गरेको भए राम्रो हुन्थ्यो भन्दै केनेडी सरकारको यस अन्तरिक्ष कार्यक्रम प्रति आलोचनात्मक धारणा राखेका थिए भनेर द्यचबलमत ले लेखेका छन् ९ज्ञढडटस्ज्ञट०। द्यचबलमत ले लेखेको उक्त उद्गारको जर्मन भाषाबाट अनुदित अंग्रेजी व्यहोरा निम्न वमोजिम छ। 
ब् ाभध थभबचक बनय, बल ब्कष्बल ाचष्भलम या ्कष्लभ, लयध मभबम, उगत तजभ त्रगभकतष्यल या उचष्यचष्तष्भक ष्ल जष्क यधल धबथस् धजथ जबम एचभकष्मभलत प्भललभमथ बउउभबभिम तय जष्क अयगलतचथुक कअष्भलतष्कतक लयत तय दभ अयलतभलत कष््कउथि तय तबपभ गउ तजभ अजजबििभलनभ या तजभ क्यखष्भत क्गउतलष्प ९या धजष्अज तजभथ जबम कअष्भलतषष्अ गलमभचकतबलमष्लन बत तजभ तष््कभ०रु ध्जथ जबम प्भललभमथ कभत तजझ तजभ तबकप या उगततष्लन बल ब््कभचष्अबल यल तजभ ्कययलरु ब्लम धजथ जबम तजभ कअष्भलतष्कतक बकपभम ायच तभल थभबचक तय मय ष्त बलम द्द48 दष्ििष्यल मयििबचकरु : थ ल्भउबभिकभ ाचष्भलम, द्य। ए। प्यष्चबबि, धजय धबक भखभल दभततभच बअत्रगभलतभम धष्तज जष्क अयगलतचथुक उचष्कयलक तजबल धष्तज ष्तक कभबत या नयखभचल्कभलत, बलम धजय बकपभम जष्क त्रगभकतष्यलक त्रगष्भतथि, जबखष्लन अबलअभच या तजभ बिचथलह, दगत लय भिकक ायअष्दथि ायच तजबत, धयलमभचभम धजथ ाषतथ दष्ििष्यल अयगमि लयत दभ ्कयदष्ष्शिभम तय जभउि अयलत्रगभच तजभ धयचकत या नयिदब िउयखभचतथ ९द्यचबलमत ज्ञढडटस्ज्ञट०।    
यसरी वी.पी.को राष्ट्रियता नागरिकमुखी, समाजमुखी, आर्थिक समृद्धि र समानता तथा पूर्ण प्रजातन्त्रको आदर्शसँग जोडिएको देखिन्छ। उनमा जातीय समुदाय वा राष्ट्र–राज्यिय सांस्कृतिक राष्ट्रवादको धारणा खासै थिएन। वी.पी. सोझै स्वीकार गर्थेकि राष्ट्रिय शक्तिहरु बीचको मेलमिलाप विना एकोहोरो अधिकार प्राप्तिका निम्ति गरिने प्रजातान्त्रिक आन्दोलन व्यवहारिक थिएन। यस किसिमको एकोहोरो संघर्ष र कटाक्षपूर्ण अवस्थामा विदेशी तत्वलाई फाइदा पुगेको हुनाले निन्द्राबाट झल्याँस्स भै ब्युँझएको जस्तो अनुभव भएको कुरा समेत वी.पी.ले स्पष्ट उल्लेख गरेको पाइएको छ (राजा, राष्ट्रियता र राजनीति पृ.२९)। यिनै विदेशी तत्वको उक्साहटमा मात्र जातीय र क्षेत्रीय कुरा उठ्न थालेको हो भन्नेमा वी.पी. विश्वस्त थिए।  त्यसैले उनले पूर्ण प्रजातान्त्रिक र राष्ट्रिय एकतायुक्त अवस्थाको सृजना नै  नेपाली राष्ट्रियता प्रवल राख्ने बाटो हो भनेका थिए। उनी नेपालका शासक परिवारका शाह र राणा बाहेक सबैलाई एकै कोटीका नेपाली जातीय समुदायको रुपमा मान्दथे। राष्ट्रवादी स्वार्थ भएका राजसंस्था सहितको शक्ति र जनताको प्रजातान्त्रिक अधिकार खोज्ने शक्ति बीचको मेलमिलाप नै राष्ट्रिय मेलमिलाप मान्ने वी.पी.को धारणा देखिन्छ। यस सर्न्दभमा उनले हिजो आज उठ्ने गरेका राजनीतिक दलहरू बीचको मेल र एकतालाई सङ्केत गरेका होइनन्। यस विषयमा वी.पी.ले अत्यन्तै स्पष्टताका साथ बोलेका छन् (पूर्ववत, पृ.१९)। तर दुर्भाग्यवश किन हो कुन्नी उनकै केही अनुयायीहरूले वी.पी.को राष्ट्रिय एकता र मेलमिलाप र सो सम्वन्धि विचार धारालाई अपव्याख्या गरी उपेक्षा गरेको देखिन्छ, जुन कुराले नेपालको राष्ट्रियता र प्रजातन्त्र दुवैलाई कुनै फलिफाप गरेको देखिदैंन। यस सन्दर्भमा खास कुरा भन्नु पर्दा न पृथ्वीनारायण शाहका कुरा उनका सन्तानले राम्रोसंग सुने, न त वी.पी.को सैद्धान्तिक बाटो उनका अनुयायी मानिने हामीहरूले नै राम्रोसंग अपनाउन सकयौं, खाली उनको नामलाई मात्र प्रयोग गरियो र अझै गरिंदैछ। वी.पी.को विचार प्रतिकूल अतिमहत्वाकांक्षी उदारिकरण तर्फ लाग्यौं, त्यो अप्रत्यक्ष रूपमा घातक हुँदैगयो, सांस्कृतिक खण्डिकरणको क्रम देशले थेग्नै नसक्ने गरी बढ्यो र त्यो क्रम अझै जारी छ। त्यसैले हेनरी फोर्ड मोडलको उदारिकृत तथा वृहत उत्पादनको सिद्धान्त विपरितको वी.पी.को आत्मनिर्भरमूखी मध्यम मार्गी आर्थिक सिद्धान्तलाई हामीले विचार नै नगरी लत्यायौं र वामपन्थीहरूको चपेटामा देशलाई फन्दामा पुर्‍यायौं। 
इमान्दारी र संयमताको राजनीति गर्न जोड दिने वी.पी. उक्साउन,े भडकाउने, उचाल्ने र हिजो आज जस्तो सस्तो लोकप्रियताको राजनीतिले धेरै काम गर्दैन भन्ने कुरामा विश्वस्त थिए। यदि राष्ट्रवादी शक्तिसँग प्रजातन्त्रवादी शक्तिको मेलमिलाप बाहेक अर्को बाटो रोज्यो भने नेपाली काँग्रेस तथा देशकै समेत भविष्य छैन भन्ने कुरामा वी.पी. दृढ थिए। जुन कुरा कति महत्वपूर्ण थियो र छ भन्ने कुरा वर्तमान नेपाली राजनीतिक घटना र विकास क्रमले प्रमाणित गरिदिएको छ। प्रजातान्त्रिक समाजवादको तत्कालिक धार युद्ध, संघर्ष र मानवीय क्षति गरेर मात्र कुनै परिवर्तन हुने होइन, वास्तवमा नरमपन्थी मध्यम मार्ग नै अपनाउनु पर्छ भन्नेमा ढल्किएकाले वी.पी. पनि द्यभबवब्कष्ल ँचबलपष्लि ले झैं मानव इतिहासमा असल युद्ध र खराव शान्ति नहुने भएकोले शान्तिपूर्ण परिवर्तनको मार्ग तर्फ ढल्किएको देखिन्छ।  
 
४. उपसंहार 
वी.पी. आधुनिकतावादी र यूरोपमुखी राष्ट्रवाद बुझेका नेता हुन् भन्ने कुरामा शंका छैन। यसो भएतापनि कहिलेकाहीँ उत्तरआधुनिक चिन्तक झैं अन्तर्राष्ट्रियतावाद पनि वी.पी. मा नदेखिने चाहीं होइन। देशभक्तिय वा नागरिक राष्ट्रवाद भन्दा नेपालीको प्रजातान्त्रिक अधिकार प्राप्तिको मूल मुद्दामा उनी लिप्त देखिन्छन् ०१७ साल भन्दा अगाडिसम्म। पहिले राणा र पछि राजा विरुद्ध  नै लागेर प्रजातान्त्रिक अधिकारमुखी राष्ट्रवादको मात्र चासो राख्थे वी.पी.। तर पछि अन्तर्राष्ट्रिय अनुभव बटुल्दै र बु137दै जाँदा र भारत निर्वाशन छाडेर स्वदेश फर्कने क्रम र त्यसपछि भने राष्ट्रिय एकता, राष्ट्रिय अस्तित्वको रक्षा र प्रजातन्त्र तर्फ उनको विचार परिमार्जित हुँदै आएको देखिन्छ। यो कुरा वी.पी.का दृष्टिमा नेपालको राष्ट्रिय अस्तित्व नै समाप्त हुने अवस्थामा भएको सन्दर्भमा उठेको पाइएको छ, त्यसैले राष्ट्र नरहे हामी पनि रहन्नौ भन्ने धारणाको खुला उद्घोष उनले गरेका थिए। 
प्रजातन्त्रको जगमा र न्यायपूर्ण आर्थिक वितरणयुक्त व्यवस्थामा मात्र राष्ट्रियता फस्टाउने कुरामा वी.पी. विश्वस्त देखिन्छन्। त्यसैले राष्ट्रिय अस्तित्वको खतराको तुलनामा व्यक्तिगत सुरक्षाको खतरालाई उनी वास्ता गर्दैन थिए। उनी विदेशी वा मुकु48डोधारी तत्वसँग ज्यादै होशियार रहनु पर्छ भन्दै आन्तरिक मेलमिलापमुखी राष्ट्रवाद तर्फ लागेका थिए। यस आधारमा उनको राष्ट्रवाद राष्ट्रभक्तीय वा नागरिक राष्ट्रवाद नै हो भन्न सकिन्छ। यस्तो नीति लागू भएर देश भित्र एकता कायम हुन सकेको अवस्थामा नै प्रजातन्त्र र राष्ट्रियता सुदृढ हुने हो र विदेशी चलखेल नियन्त्रण हुने हो। 
यसरी वी.पी.को राजनीतिक जीवनमा विचारका दृष्टिले दुई किसिमका पाटा देखिएका छन्। २०१७ साल अघि र भारत निर्वासित र निर्वासनबाट फर्किएपछिका पाटा बिल्कुल फरक देखिन्छन्। उनको राष्ट्रियताको व्याख्यामा पनि त्यस्तो परिवर्तनको स्पष्ट आभाष पाईन्छ। शुरुशुरुमा आदिकवी भानुभक्तमा नेपाली राष्ट्रियताका संकेत देख्ने वी.पी. राजा र त्यस संस्थालाई वा त्यस वरिपरिकालाई खास राष्ट्रवादी शक्ति मान्दैनथे। पृथ्वीनारायण कै पनि प्राय आलोचना गर्थे र महत्वाकांक्षी सामन्तको रूपमा हेरी जङ्गबहादुरका नीति र उनले नेपाली स्वाधीनता र संप्रभुसत्ताको निम्ति खेलेको भुमिकाका विषयमा वी.पी.ले चर्चा नै नगरको हुनाले उनलाई त्यस बेलाको वास्तविक ऐतिहासिक तथ्यको जानकारीको अभाव भएको अथवा त्यस प्रति विचार नपुगेको जस्तो महशुस हुन्छ। वी.पी. एक अत्यन्त दृढ राष्ट्रवादी नेता हुन्, कमसेकम उनको राजनीतिक जीवनको दोश्रो ख48डमा त्यस्तो देखिएको छ। उनको राष्ट्रिय एकता र मेलमिलापको नीति मध्यममार्गी र व्यवहारिकतावादसँग सम्बन्धित र नेपाली राष्ट्रवादमा आएको नयाँ सोच हो। त्यो हिजो, आज र भोलि समेत आवश्यक देखिन्छ यस देशमा। प्रजातन्त्रलाई संस्थागत गर्दै जाँदा राष्ट्रियता र प्रजातन्त्रलाई छुट्याउन नसकिने वा एक अर्कोका पुरक वा अन्योन्याश्रित रुपमा मानेका छन् वी.पी.ले। राष्ट्रलाई माटो वा भूमि होइन जनता भन्ने वी.पी.मा पछिल्ला दिनमा केही दृष्टिकोणमा परिवर्तन आई जनता र सम्बन्धित भूगोल समेतलाई उनले राष्ट्रवादमा समेटेको देखिन्छ। यसो गर्दा तत्कालिक राजसंस्थालाई अत्यन्तै महत्वपूर्ण स्थानमा राख्ने प्रयासमा वी.पी. रहेको स्पष्टैसंग देखिन्छ।  
जर्मन विद्वान : बह ध्भदभच को तीन किसिमको नेता हुन्छ भन्ने व्याख्यामा आधारित दृष्टिकोणबाट र उनको राजनीतिक जीवन, चिन्तन शैली र क्रियाकलापलाई हेर्दा वी.पी. एक राष्ट्रवादी र अजबचबक्कबतष्अ नेता हुन्, जसले जनतालाई प्रभाव पार्ने र निडरताकासाथ लड्न भिड्न सक्ने सक्षमता देखाएका छन्। उनको युवावस्थाको वामपन्थी सोच र पछिको परिवर्तन प्रसिद्ध पूर्व वामपन्थी फ्रेञ्च विद्वान न्भयचनभक भ्गनभलभ क्यचभ िको जस्तै बिलकुल फरक रुपमा अगाडि बढेको देखिन्छ। यो कुरा क्यचभ िको च्भाभिअतष्यलक यल ख्ष्यभिलअभ भन्ने पुस्तक हेरेमा स्पष्ट हुन्छ। 
वी.पी.को अध्ययनशीलता, निर्भिकता र दार्शनिक स्पष्टता सहितको चिन्तन, नेतृत्व र व्यक्तित्व समेतका कारण नेपालका राजनेता तथा समग्र नेपालीमा समेत सबैभन्दा आधिक रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा उदृत गरिएका व्यक्ति हुन् वी.पी.। नेपाली इतिहासमा वी.पी. एक निर्भिक, जनचेतना र प्रजातन्त्रका समय सापेक्षित हुन्। उनको प्रजातान्त्रिक समाजवादी चिन्तन, राष्ट्रिय शक्ति बीचको मेलमिलापको धारणा, मध्यममार्गी र व्यवहारिकतावादी दृष्टि, मानवीय मूल्यले बाँधिने किसिमको पूँजीवाद वा नियन्त्रित रुपको वा नरमपन्थी उदारवाद, नागरिक वा राष्ट्रभक्तिय राष्ट्रवाद, क्षेत्रीय वा जातिगत समुदाय वा साम्प्रदायिकतावादी राजनीतिको विरोध जस्ता कुरा नेपाल र नेपालीको राष्ट्रिय हितमा सधैं उपयोगी हुने कुरामा कुनै शंका उठ्न सक्दैन। यसो भएतापनि अहिले वी.पी. को चिन्तन र बाटोलाई छाडिएको र वेवास्ता गरिएको अवस्था छ। त्यसैगरी प्रजातान्त्रिक समाजवाद पनि केवल शब्दमा मात्र सीमित हुन पुगेको देखिन्छ। सच्चा राजनीति छैन, जातीय समुदायगत राजनीतिले प्रजातन्त्रलाई मात्र नभै देशकै अस्तित्वमा प्रश्न उठ्न सक्ने संकेत देखिदैछ। बाह्य शक्तिको चासो र चलखेल वी.पी.ले भने जस्तै गरी बढेको छ हिजो–आज। साम्प्रदायिकता र क्षेत्रीयता तर्फ  उक्साहटका प्रयासहरु जारी छन्। यस्तो अवस्थामा वी.पी. र उनका बिचारलाई संस्मरण मात्र गर्नाले पनि वर्तमान राजनीतिक सङ्कटको निकास खोज्न, लोकतान्त्रिक आन्दोलनलाई सही दिशा दिदैं देशलाई बचाउन बाटो पहिल्याउन सहज हुनेछ भन्ने हामीलाई विश्वास लागेको छ।  
 
उपयोग गरिएका स्रोतहरू 
 
द्यचबलमत, ध्ष्ििथ, ज्ञढडट। ध्यचमि ब्च्कब्कभलत बलम ध्यचमि ज्गलनभचस ब् अबिि ायच ब्अतष्यल ९तचबलकबितभम दथ ब्लजिभब द्यभिि०। ीयलमयलस् ख्ष्अतयच न्यििबलअश ीतम। 
 
एबच्कबलभलत : ष्ककष्यल या तजभ प्ष्लनमय्क या ल्भउब ितय तजभ ग्ल्, ज्ञढढघ। एचष््कझष्लष्कतभच प्यष्चबबि बत तजभ ग्लष्तभम ल्बतष्यलक, ल्भध थ्यचप। 
 
ीभलत, ब्मब्क, ज्ञढढढ। ल्भध एयष्तिष्अब ित्यगनजत। ीयलमयलस् ीबधचभलअभ ७ ध्ष्कजबचत। 
 
ज्बचष्क : बलयक, ज्ञढडड। त्जभ क्यअष्बष्कित 73लतभचलबतष्यल बत न्गलउयष्लत ९तचबलकबितभम ाचय्क न्चभभप०। ब्तजभलकस् न्।ीबमष्बक ७ ऋय। एगदष्अिबतष्यलक। 
 
प्यष्चबबि द्यए, ल।म। ू ल्बतष्यलबष्कि्क, ९गलउगदष्किजभम तथउभम कअचष्उत ष्ल तजभ अयििभअतष्यल या तजभ बगतजभच० 
 
ऋजष्लभकभ एभयउभिुक 73लकतष्तगतभ या ँयचभष्नल ब्ााबष्चक, ज्ञढट48। ल्भध म्भखभयिऊभलत ष्ल ँचष्भलमथि च्भबितष्यलक दभतधभभल ऋजष्लब ७ ल्भउब।ि 
 
ःष्कजचब, प्ष्चबल, ज्ञढढद्ध। द्य।ए। प्यष्चबबिस् ीषभ ७ त्ष््कभक। ल्भध म्भजिष्स् ख्ष्कजधब एचबपबकजबल 
 
ःष्कजचब, क्जबकजष् ए।, ज्ञढडछ। द्य।ए। प्यष्चबबिस् ब् ऋबकभ क्तगमथ ष्ल त्जष्चम ध्यचमि म्झयअचबतष्अ ीभबमभचकजष्उ। ख्बचबलष्कष्स् प्यलबचप एगदष्किजष्लन ज्यगकभ। 
 
ऋजबततभचवभभ, द्यजयबि, ज्ञढडद्द। एयचतचबष्त या ब च्भखयगितष्यलबचथ द्य।ए। प्यष्चबबि। ल्भध म्भजिष्स् ब्लपगच एगदष्किजष्लन ज्यगकभ 
 
((((, ज्ञढड48। एबबिअभ एभयउभि ७ एयष्तिष्अकस् ल्भउब िष्ल एभचकउभअतष्खभ। ल्भध म्भजिष्स् ब्लपगच एगदष्किजष्लन ज्यगकभ 
 
प्यष्चब,ि क्गकष् ि९भम।०, ज्ञढडद्द। म्झयअचबअथ 73लमष्कउभलकबदभि ायच म्भखभयिऊभलत, ख्बचबलबकष्स् क्बलमवग एगदष्अिबतष्यल 
 
क्यचभ,ि न्भयचनभक भ्गनभलभ,।।।।। च्भाभिअतष्यलक यल ख्ष्यभिलअभ  
 
ध्भदभच, : बह,।।।।।।।।।।ीभबमभचकजष्उ 
 
कोइराला वी.पी., २०३८. ''विकासको निम्ति प्रजातन्त्र अनिवार्य छ'' यज्ञबहादुर थापा द्वारा लिइएको अन्तर्वार्ता, नेपाल पुकार अंक १, फागुण ७, पृ. १―४। 
 
――――, २०४७. भारत निर्वासनबाट श्वदेश फर्कने निर्णय पछि देशवासीका नाममा सम्वोधन ''ऐतिहासिक दस्तावेज'', नेपाल पुकार, मंसिर, पृ. २ 
 
कोइराला, विश्वेश्वरप्रसाद, २०४७, राष्ट्रिय एकताको निम्ति आह्वान, काठमाडौं :  वी.पी. समाज 
 
――――, २०३८, मेलमिलापको सर्त, राष्ट्रियता र प्रजातन्त्र :  अन्तर्वार्ताहरूको संकलन, काठमाडौं, जय नेपाल प्रकाशन 
 
――――, २०३८। प्रजातान्त्रिक समाजवाद, काठमाडौं :  जय नेपाल प्रकाशन 
 
――――, २०३७, आजको राष्ट्रिय चिन्तन :  वक्तव्य, सं.सु.आ.लाई सुझाव र अन्तरवार्ताहरूको संकलन, काठमाडौं :  माधवमणी राजभ48डारी 
आचार्य, नरहरि, (संपादन), २०५३. विश्वेश्वरप्रसाद कोइराला :  नेपाली कांग्रेसको चार दशक, काठमाडौं सम्वत्सर प्रकाशन 
――――, २०६३. फेरी सुन्दरीजल (जेल डायरी २०३३―३४), ललितपुर :  जगदम्बा प्रकाशन 
 
――――, २०५४. जेल जर्नल, ललितपुर :  जगदम्बा प्रकाशन  
 
कर्माचार्य, सुवर्ण र सुमन, २०४७. जननेता विश्वेश्वरप्रसाद कोइरालः विचारमाला, रामेछाप, अभिवन प्रकाशन  
 
गौतम, सिद्धिनाथ (स्ांपा.), २०४८. वी.पी. स्मृति ग्रन्थ, ललितपुरः नेपाल राष्ट्रिय अभिनन्दन समिति 
 
शर्मा, गणेशराज (संकलन, संपादन), २०५५। विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृतान्त, ललितपुर जगदम्बा प्रकासन  
 
――――, (संकलन, संपादन), २०६३, राजा, राष्ट्रियता र राजनीति, ललितपुर जगदम्बा प्रकासन