Nepal map
B.P. Koirala

Nepali Nationalism and Democracy

प्रस्तुतीः डा. विपिन अधिकारी 
 
“हाम्रो देश राम्रो छ। हाम्रो देशमा थरिथरिका मानिस बस्दछन्। यहाँ थरीथरीका जातका मानिस छन्। हामी सबैमा देशको ममता हुनुपर्छ। हामीले पहाडे वा मधिसे भन्ने भावना ल्यायौं भने हाम्रो मुलुकको उन्तति हुँदैन। मुलुक एउटा डुंगा जस्तो हो। त्यसमा चढेर मानिसहरु नदी तर्छन्। डुंगा चढेका मानिसहरु आपसमै लड्न थाले भने कस्तो गति हुन्छ? डुंगा डुब्यो भने को बाँच्छ? त्यस्तै, हामी नेपाली पनि आपसमा लड्यौं भने मुलुक बिग्रन्छ र मुलुक बिग्रियो भने हाम्रो पनि दुर्दशा हुन्छ।”  
― विश्वेश्वरप्रसाद कोइराला, गोरखापत्र, मार्च १९५१ 
गत १२ वर्ष यता नेपालमा अकल्पनीय दुर्घटनाहरु भएका छन्। पहिले हजारौं सेनाले सुरक्षा दिएको नारायणहिटी राजदरबारभित्र राजा वीरेन्द्र र उनको परिवार समाप्त भयो। यस लगत्तै नेकपा (माओवादी) को तथाकथित जनयुद्धले अस्वभाविक रुपमा तीब्रता पायो। सोह्र हजार नेपालीहरु अनाहकमा खेर गए। एउटा धान्न सकिने संविधान र भविष्योन्मूख प्रजातान्त्रिक प्रणालीलाई आमचुनाव हुनै नदिई समाप्त गरियो।  
नेपाललाई कमजोर बनाउन यति कुरा पर्याप्त ठानिएन। यसका लागि सशस्त्र द्वन्द्व पर्याप्त मानिएन। गृहयुद्धको आवश्यकता देखियो। त्यसैले खसजाति विरुद्ध जनजाति आन्दोलन, फलित विरुद्ध दलित आन्दोलन, पहाडविरुद्ध मधेस आन्दोलन, पूर्व विरुद्ध पश्चिमको आन्दोलन अनि शान्तिकामी नेपालीहरु विरुद्ध गरिएको असंगठित जस्ता लाग्ने नियोजित भौतिक कारबाहीहरु क्रमशः हुँदै गए। मूलधारका दलहरुलाई घोषित वा अघोषित रुपमा टुक्राटुक्रा पारी 'साइज'मा ल्याइयो। शक्ति सन्तुलनमा परिवर्तन गर्ने उद्देश्यले मधेसमुखी दलहरुको सिर्जना गरियो। धर्म निरपेक्षताको आडमा लाखौं हिन्दु, बौद्ध एवम् किरात नेपालीहरु क्रिस्तान बनाइए। मन्दिर र स्तुपहरु मासेर चर्च बन्दैछन्।  
हाम्रो मुलुक आन्दोलनै आन्दोलनको मुलुक भएको छ। आन्दोलनको रापमा लाखौंलाख गैरनेपाली नेपालका नागरिक बनाइए। के कस्ता मान्छेले नेपाली नागरिकता प्राप्त गरेका छन् वा हाम्रा कुन दाजुभाई दिदीबहिनी नेपाली भए पनि नागरिकताबाट वञ्चित गरिएका रहेछन्? यो कुरा आजको मितिसम्म गोप्य राखिएको छ। उनीहरुको नाम, थर वा वतन सार्वजनिक जानकारीमा ल्याइएको छैन। आन्दोलनको रापमा धार्मिक र सांस्कृतिक सद्भाव खलबल्याउदै स्वतन्त्र नेपालका लागि बोल्दै लेख्दै आएका एवम् सिद्धान्तको राजनीति गर्नेहरुमाथि सशक्त कारबाही भए। प्रेस र विद्युतीय मिडियाका मान्छेहरु यो मुलुकका लागि लेखेको र बोलेको कारणले कुटिएका छन्। उनीहरुको मोबाइल खोसिएको छ। क्यामरा फोडिएको छ र उनीहरुको ज्यान जोखिममा पार्नेसम्मका कारबाही भएका छन्। नेपालको मिडिया, सेना र सुरक्षा संयन्त्रलाई प्रभावित गर्ने प्रयत्न पनि कसैबाट लुकेको छैन। आन्दोलनकै रापमा मुलुकको बन्दव्यापार, उद्योगधन्दा र कलकारखानाबाट क्रमशः नेपालीहरु बाहिरिएका छन्। उनीहरुका लागि जताततै असुरक्षा छ। तर सँगसँगै ठूलाठूला व्यापारिक प्रतिष्ठानहरु खुलेका छन्। त्यसमा नेपालीको पूँजी निवेश छैन। अर्को तर्फ आन्दोलनकै रापले गर्दा पेट पाल्न नसकी देश बनाउने लाखौं यृुवा हातहरु विदेश पलायन भएका छन्। राष्ट्रवादी सोच र अभिव्यक्तिमाथि नेपालमा यति विघ्न प्रहार इतिहासमा कहिल्यै भएन। आखिर किन गोलाबारुद गरेर ल्याइएको यो लोकतन्त्रमा आमनेपालीहरु असुरक्षित छन्? किन उनीहरुको मुलुक असुरक्षित छ? सोच्ने बेला आएको छ।  
नेपालमा 'प्रोक्सि वार' नयाँ अवधारणा होइन। यस अवधारणा बमोजिम द्वन्द्वको लागि हतियार उठाउने र मर्ने नेपाली हुन्छन्। तर जित्ने नेपाली हुँदैनन्। क्रान्तिकारी पनि नेपाली हुन्छन्। सामन्ती पनि नेपाली हुन्छन्217 नेपाली भूमिमै मारकाट हुन्छ तर जितहारको फैसला अन्यत्र हुन्छ। २००७ सालमा नेपाली कांग्रेसको नेतृत्वमा भएको क्रान्ति देखिकै नेपालको राजनैतिक इतिहास हेर्‍यो भने आफै प्रष्ट हुन्छ। यस्ता मुख्तियारी युद्धहरु नेपालीले भोग्दै आएका छन्। तर आश्चर्यको कुरा के हो भने विदेशी भूमिसमेतबाट निर्दोष नेपाली युवाहरु मार्फत प्रजातन्त्र विरुद्ध सञ्चालित यो युद्धको मुकाविला गर्नुको साटो नयाँ नेपाल निर्माणको पक्षधर भन्दै प्रजातन्त्रवादी शक्तिहरु अबुझ बन्न रुचाए। राष्ट्र र प्रजातन्त्र दुवैलाई जोगाउन जोखिमपूर्ण निर्णय लिने बेलामा उनीहरुले आफ्नो सीमान्त शक्ति त्यस्ता पक्ष र प्रवृत्तिहरुसँग मिलान गरेे, जसको नेपाली राष्ट्रवाद प्रतिको निष्ठा र प्रजातन्त्रप्रतिको समर्पण दुवै संदिग्ध थियो। अझ मुलुकको गम्भीर राजनैतिक परिस्थितिको मूल्यांकन गरी भविष्यको रोडम्याप तयार गर्नुपर्ने बेलामा विदेशी रणनीति अन्तर्गत आएको १२ बुँदे एजे48डामा प्रजातन्त्रवादी शक्तिहरु महत्वपूर्ण पक्ष हुन पुगे। न पद प्राप्त भयो, न प्रतिष्ठा। न त सरकारको नेतृत्व नै। प्रतिपक्ष भएरै बस्दा पनि न सिद्धान्त कायम हुन सके, न उन्नति नै हात लाग्यो। तर तिनै प्रजातन्त्रवादीहरुको बुई चढेर नै शान्तिप्रक्रियाका नाममा संविधान र विधिको शासनको अन्येष्टी सुरु गरियो। पात्रहरु बदलिएका छन्, भएका पात्रहरुको अनुहार फेरिएका छन्। तर मूलभूत प्रवृत्ति बद्लिएको छैन। यी प्रक्रियाहरुमा प्रजातन्त्रवादीहरु संलग्न नभएको भए मुलुकको स्वतन्त्रता, अस्मिता र प्रजातन्त्रको यति सजिलै कसैले हुर्मत लिन सक्ने थिएन।  
हालका वर्षहरुमा प्रजातन्त्रवादीहरुको नियति किन यति अफशोचजनक हुन थालेको हो? यसको हिसाबकिताब गर्नु आवश्यक छ कि छैन? यो हिसाबकिताब सामान्य मतदाताले गर्ने कि नेतृत्वले? जस्तो हारेको लडाइँको प्रतिक नै भए पनि गत जेठ १४ गतेसम्म मुलुकमा एउटा संविधानसभा थियो। यसले के गर्ने भन्ने एउटा घोषित एजे48डा थियो। प्रजातन्त्रवादीहरुको संगठन बलियो भएको भए यसलाई उनीहरुले मुलुकको हितमा प्रयोग गर्न सक्दथे। तर प्रजातन्त्रवादीहरुको संगठनात्मक दुरावस्थाको चरणमा यस्तो क्षमताको आशा गर्न सकिँदैन।  
हामी सबैले के बुझ्नु पर्छ भने संगठन भनेको जग्गाजमिन, भवन, पुँजी र जिन्दावाद मुर्दावाद गर्ने समूहमात्र होइन। मूलभूत रुपमा संगठन भनेको वैचारिक शक्ति हो। विचारका आधारमा गोलबद्ध रहने क्षमता हो। केवल आततायीहरुले मात्र हातहतियार र बन्दुकले राजनीति गर्छन। प्रजातन्त्रवादीको हतियार भनेको वैचारिक धरातल हो। यस धरातलबाट मात्र सिद्धान्त कायम हुन्छ। सिद्धान्तले प्रतिबद्धता दिन्छ र प्रतिबद्धताले शक्ति। प्रजातन्त्रवादीहरुले नेतृत्वबाट यस्तो संगठन पाउन सकेनन्। यसको अभावमा उनीहरुले संविधानसभाको सदुपयोग गर्न सकेनन्। आफ्नो सैद्धान्तिक धरातल र प्रजातन्त्रवादी हुनुको स्वाभिमान उनीहरुमा भएको भए उनीहरुले संविधानसभाको रचनात्मक प्रयोग गर्न सक्ने थिए। यसभित्र प्रजातन्त्रवादीहरुले खेल्नु पर्ने भूमिकाहरुको बारेमा बहस हुन सक्थ्यो। राष्ट्रवाद र प्रजातन्त्र जस्ता मूल विषयमा मूल्यमान्यताका कुरा छिनोफानो गर्न सकेको भए प्रजातन्त्रवादीकै नेतृत्वमा मुलुक सकारात्मक बाटोमा जान सक्थ्यो। अब त्यो अवस्था पनि रहेन। संविधानसभा संविधान बनाउन नसकी समाप्त भयो। अहिले आएर लाग्दछ यो मुलुकको दुर्दशा गर्ने योजनामा शायद संविधानसभा एउटा 'साइनपोष्ट' का रुपमा मात्र मञ्चन गरिएको थियो। सविधान निर्माणको कुनै उद्देश्य थिएन। त्यसो भए संविधानसभाको एजे48डामा प्रजातन्त्रवादीलाई कसले प्रवेश गरायो? किन प्रजातन्त्रवादीहरु संविधानसभाको गोटी मात्र बन्न रुचाए। कसले बाध्य गर्‍यो उनीहरुलाई? बाध्यता थिएन भने मुलुक हार्ने लडाइँमा आफूलाई होम्नुको तात्पर्य के थियो? यी प्रश्नहरुको जवाफ खोज्नै पर्दछ। 
संविधानसभाको बिजोग चौथो वर्षमा आएर छर्लंग भइसकेको यथार्थ कसैबाट लुकेको छैन। तर समस्या जतिसुकै जटिल भए पनि सर्वोच्च अदालतको सोचाईमा अब के गर्ने भन्ने बारे संविधानसभाले अर्को निर्णय लिने अख्तियार राख्दथ्यो। तैपनि सभालाई त्यो अख्तियार प्रयोग गर्न दिइएन। प्रजातन्त्रवादीहरुले यसमा पनि अग्रणी भूमिका खेल्न सकेनन्। सर्वोच्च अदालतले भनेको थियो – संविधानसभाले नयाँ निर्वाचनबाट नयाँ म्या48डेट लिन सक्छ, जनमत संग्रहको माध्यमबाट आफ्नो थप कार्यावधिलाई समर्थित गराउन सक्छ वा अन्य संविधानसम्मत तरिकाबाट अर्को कुनै रणनीति बनाई नयाँ संविधान जारी गर्ने वैकल्पिक बाटो अपनाउन सक्छ। यसो गर्न नसक्ने अवस्थामा संविधान संशोधनको माध्यमबाट आफ्नो आयु बढाउँदै लैजाने प्रक्रियालाई छोडी बहिर्गमनको उचित रणनीति (एक्जिट स्ट्रेटेजी) बनाउने जिम्मेवारी पनि संविधानसभाकै थियो। यसो हुन दिइएन। यो प्रक्रियामा पनि प्रजातान्त्रवादीहरुको अकर्म48यता दुःखदायी थियो।  
सरसर्ती हेर्दा नेपालका सबै प्रजातन्त्रवादी शक्तिहरु आज पनि नीति तथा कार्यक्रम विनाको राजनीति गर्दै रहेको देखिन्छ। जस्तो नेपाली कांग्रेसका केन्द्रीय समितिका सदस्य एवम् जिल्ला सभापतिहरुको साउन १५, २०६९ मा सम्पन्न भएको राष्ट्रिय सम्मेलनको अहिलेको परिस्थितिमा विशेष महत्व हुनुपर्ने थियो। तर त्यो सम्मेलन एकपटक फेरि एउटा परम्परागत संस्कार मात्र भएर समाप्त भयो। कारण स्पष्ट छन् – हरेक सम्मेलनको आयोजनासँगसँगै एउटा एजे48डा आएको हुन्छ। आयोजकले त्यस्तो एजे48डामा सम्मेलन आयोजना गर्नुको मुल उद्देश्यसहित छलफलका लागि प्रस्ताव, नीतिपत्र र भविष्यका लागि नेतृत्वले लिएको निर्णय वा अठोट उल्लेख गरेको हुन्छ। तर त्यो सम्मेलनमा न त मुलुकलाई निर्देश गर्न सक्ने कुनै एजे48डा राखिएको थियो, न यसमार्फत स्वीकार गरिने कुनै प्रकारको भविष्यमुखी योजना नै। मानौं यो दशैंतिहार जस्तो हरेक वर्ष मनाउनै पर्ने महत्वपूर्ण चाड थियो। यसलाई रोक्न वा नमनाउनलाई जुठो पर्नुपर्थ्यो।  
त्यस्तै भदौ १७, २०६९ मा पुनः नेपाली कांग्रेस केन्द्रीय समितिको अर्को बैठक बस्यो। दुवै बैठकहरुमा प्रजातन्त्रको नाममा झनामसिना संवाद भए। तर जे कारणले गर्दा यो मुलुक डुब्दैछ, त्यस कारणका बारेमा औपचारिक रुपमा विचार विमर्श नै गराइएन। केही स्वाभिमानी व्यक्तिहरुले राष्ट्रवादको कुरा उठाए। तर त्यसलाई दस्तावेजमा उल्लेख गरिएन। कति लाजमर्दो कुरा छ – यो मुलुकप्रति यति धेरै अन्याय भएको घडीमा बोलिएको कुरो पार्टीको दस्तावेजमा समावेश हुन सक्दैन। न त चार शब्द प्रेस विज्ञप्तिका रुपमा जारी हुन्छ। कान्तिपुर र राजधानी पढेर थाहा पाउनुपर्ने कस्तो किसिमको संगठनात्मक प्रक्रिया हो यो? प्रजातन्त्रवादीहरुमा यस्तो भिरुता किन बारम्बार देखिने गर्दछ। यदि यही सम्मेलनमा सबैभन्दा पाको प्रजातान्त्रिक दल नेपाली कांग्रेसले अर्काको लहलहैमा लागि एवम् कुनै अमूक राष्ट्रको हतियार भई गत ६ वर्षदेखि यो मुलुकलाई गरेको अन्यायको प्रायश्चित र आफ्ना गलत नीतिहरुको निर्मलीकरणको योजना प्रस्ताव गरेको भए नेपालीको भाग्यरेखा पुनः गहिरो हुँदै जाने थियो। प्रजातन्त्रवादीहरुको संगठनात्मक क्षमताको विगुल बज्न थाल्ने थियो यही प्रक्रियामार्फत।  
प्रजातन्त्रवादीहरुका लागि राजनीति फगत राजनीति मात्र हुनुहुँदैन। मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकास एवम् भोकानांगा, शोषितपीडित र राष्ट्रनिर्माणको मूलधारमा नभएका सिमान्तकृत जातजाति तथा क्षेत्रका हितमा यसको प्रयोग हुनुपर्दछ। मुलुकभित्रको प्रत्येक सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनको नेतृत्व गरी हिँडेको र कुनै बेला संसद्मा दुईतिहाई बहुमत ल्याई विश्व समाजवादी आन्दोलनलाई पुलकित गराउने नेपाली कांग्रेस आज समाप्तप्रायः स्थितिमा छ। अब यस पार्टीमा मुलुकमा अग्रणी भूमिका खेल्ने कृषक, परिवर्तनमुखी आर्थिक, सामाजिक, सांस्कृतिक अभियन्ताहरु, सेनाका रिटायर्ड जर्नेलहरु, नेपाल सरकारका सचिव, राष्ट्रका ख्यातिप्राप्त समाजसेवी, साहित्यकार, पत्रकार, इञ्जिनियर, डाक्टर, वकील वा व्यवसायिक समृद्धि वा उचाई प्राप्त गरेका व्यक्तिहरु प्रवेश गरेको खबर सुनिँदैन। मुलुकका दिग्गजहरुका लागि नेपाली कांग्रेस जुझारु क्षमता राख्दैन। मुलुकको सामाजिक, आर्थिक तथा राजनैतिक क्षेत्रलाई व्यापक रुपमा परिचालन गरिरहेका युवा एवम् नवउद्यमीहरुका लागि नेपाली कांग्रेस छाता हुन सकेको छैन। नेपालका जनजाति र मधेसी लगायतलाई एकबद्ध गरी प्रजाान्त्रिक नेपालको रचना गरी हिँडेको कांग्रेसलाई आज समग्रमा दाँत झरिसकेको बुढो बाघको हैसियतमा कांग्रेसलाई पुर्‍याइएको छ। यो आफै हिड्न सक्दैन, कसैले डोर्‍याउनु पर्छ। यससँग विचार प्रवाह गर्ने क्षमता र आमनेपालीलाई आड भरोसा दिनसक्ने कार्यक्रम छैन।  
मुलुकका जल्दाबल्दा समस्याहरुको समाधानका लागि कांग्रेसका राष्ट्रिय दृष्टिकोण के के हुन्? आज आम नेपाली भोटरहरुमा यसबारे कुनै जिज्ञासा छैन। प्रजातन्त्रवादीहरु अरुको दृष्टिकोणमा अत्तो थाप्ने तथा परिवर्तन विरोधी तत्वहरुको जमात हो भन्ने जनधारणा निरन्तर रुपमा स्थापित गर्न खोजिँदैछ। त्यसको कारण के हो? प्रजातान्त्रिक नेतृत्वबाट मुलुकको समग्र राजनीति खासगरी महिला, दलित, जनजाति, मधेसीका मागहरुलाई सम्बोधन गर्ने योजना छैन। राष्ट्रवादलाई आधार बनाएर प्रजातन्त्रलाई प्राप्त गर्ने कांग्रेसको अभय इतिहास किन कु48ठामा परिवर्तन भएका छन्। कुनै बेला नेपालको आर्थिक, सामाजिक र कुटनैतिक लगायत प्रत्येक क्षेत्रमा नेतृत्वदायक अग्रगामी विचार संवाहन गर्ने कांग्रेस आज कस्ता पक्ष र प्रवृत्तिको पृष्ठपोषक हुन पुगेको छ? बुझ्नु पर्ने बेला आएको छ। कांग्रेसका युवाहरुले जवाफ माग्नु पर्छ आफ्ना अग्रजहरुसँग। कांग्रेसको स्थापनाकालीन सिद्धान्त (फाउण्डिङ्ग प्रिन्सिपल्स) लाई कसले अपहरण गरेको रहेछ? किन यसलाई दुईचार जना स्वार्थी तथा विदेशी तत्वहरुको बन्दी बनाइएको छ?  
प्रजातन्त्रवादीहरुको सबै दुरावस्थाहरुको कारण पार्टी संगठनको राष्ट्रवादसँगको नाता टुट्नु हो। स्व. बीपी कोइरालाको १९५२ मा प्रकाशित युगवाणी पत्रिकामा राष्ट्रियताका बारेमा उल्लेखित निम्न दृष्टिकोण पढे पुग्दछः “राष्ट्रियताको भावना, अहिलेको बद्लिँदो परिस्थितिमा विशेष महत्वको कुरा हो। नेपाली कांग्रेसले यस भावना प्रति जति ध्यान दिनुपर्ने हो, त्यति नदिए जस्तो छ। त्यसो हुनाले प्रतिक्रियावादी शक्ति र दलहरुले राष्ट्रिय भावनाको पूरा फाइदा उठाइ यसको आडमा सामाजिक क्रान्तिलाई रोक्ने प्रयास गरिरहेका छन्। नेपाली कांग्रेसले नै राष्ट्रियताको भावनाको नेतृत्व पनि गर्नुपर्दछ। यो एउटा ठूलो शक्ति हो, यस शक्तिलाई प्रतिक्रियावादीको हातमा जान दिनु हुँदैन। यस सम्बन्धमा हामीले हाम्रो लागि देशको स्वतन्त्रता सबैभन्दा प्यारो छ भन्ने प्रष्ट घोषणा गर्नुपर्छ। हामीले हाम्रो ऐतिहासिक स्वतन्त्रतालाई अझ सुदृढ बनाउने कोसिस गर्नुपर्छ। आजकालको अन्तर्राष्ट्रिय परिस्थितिमा हामी जागरुक भएर हरघडी देशको सार्वभौमिकताको रक्षाको लागि तत्पर भएनौं भने स्वतन्त्रताको अपहरण हुन बेर लाग्दैन।” 
“हाम्रो छिमेकी राष्ट्र हिन्दूस्तानप्रति हाम्रो मैत्री भावना रहनु स्वभाविक छ। त्यहाँ भएको राष्ट्रिय आन्दोलनले हामीलाई पनि प्रभावित पारेको हो। हामीलाई विश्वास छ, हिन्दूस्तानको शान्तिपूर्ण अवस्थामा हाम्रो पनि कल्याण छ र हाम्रो स्वतन्त्रताको कदर गर्नुमै हिन्दूस्तानको पनि भलाई छ। ... अर्काको इसारामा नाच्ने जातिले कुनै उठान वा साहसको काम गर्न सक्दैन। हामीमा आत्मविश्वासको कमी भएर परमुखापेक्षी हुने प्रवृत्ति आउन थालेको बुझएकाले नै यी सब कुरा भन्नु आवश्यक भएको हो।” 
“हामीले चीनसँगको आफ्नो सम्बन्ध पनि प्रष्ट राख्नु पर्छ। सौभाग्यवश हामी एसियाका दुई महानतम् राष्ट्रको छिमेकी भएका छौं। हामी चीनको भलो चाहन्छौं। चीनप्रति हाम्रो आदरको भावना छ। विशेषगरी त्यहाँ जुन सामाजिक र राजनैतिक प्रयोग हुन लागेको छ, त्यसलाई देखेर हामी त्यस देशका साथ हाम्रो सम्बन्ध घनिष्ठ हुँदै जाओस् भन्ने चाहन्छौं।” 
“आजभन्दा करिब पाँच वर्ष अघि नेपाली कांग्रेसको स्थापना गर्दा हाम्रो मुटुमा नेपालको एउटा सुनौलो तस्बीर थियो। त्यस तस्बीरमा आफ्नो देशका जनतालाई पूर्ण प्रजातन्त्रवादी व्यवस्थामा न्यायपूर्ण सामाजिक नियमको आधारमा संगठित भएको नेपाल थियो।”  
राष्ट्रवाद नेपाली कांग्रेसको 'फाउण्डिङ्ग प्रिन्सिपल्स्' हो। यसको एउटा मात्र सैद्धान्तिक धार छ। त्यो धार भनेको राष्ट्रिय मेलमिलापको नीति नै हो। यो नीति नै स्व. बी.पी. कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको नीति थियो। आफ्नो जीवन र संगठन क्षमता उहाँहरुले यिनै नीतिका लागि उत्सर्ग गर्नुभयो। अन्य कथित धारहरु केवल नेपालको भूराजनैतिक गोटीहरु मात्र हुन्। प्रशस्त प्रयोग भएका छन्, तर चिरञ्जीवि हुन सकेका छैनन्। लोभीपापी भई स्वयम् मासिएका छन्। कसैले लगार्नु परेको छैन। त्यसैले त यत्रो लामो राजनैतिक इतिहासमा राष्ट्रिय एकताका हिमायती बी.पी.लाई बिर्साउने अर्को तागत कांग्रेसमा उत्पादन हुन सकेनन्। कोइरालाको विश्वास थियो – परिवर्तनकारी शक्तिले आफू पछाडि उभिएका, आफ्ना समकालिन र आफू अगाडि उभिएका तिनै शक्तिहरुलाई संयोजन गर्दै मुलुक निर्माणको बाटोमा अग्रसर हुनुपर्दछ। यसको अनुभूति केवल त्यसमा मात्र हुनसक्दछ जसमा राष्ट्रिय स्पन्दनहरु हुन्छन्। यसमा लाज मान्नु पर्दैन। राष्ट्रिय मेलमिलापको सिद्धान्त नै कांग्रेसको संगठनात्मक आधार हो।  
नेपाली कांग्रेसका केही वरिष्ठ नेताहरुले भन्ने गरेका छन् – “बीपीले राजनीति गरेको नेपालको कालख48ड अर्कै थियो। अब समय परिवर्तन भइसक्यो।” यो एकदमै गलत व्याख्या हो। गलत मात्र होइन, यो व्याख्याको मनशाय असाध्यै कुत्सित छ। १९४८ मा युगवाणी नामक पत्रिकामा लेखिएको बीपीका निम्न हरफहरु मात्र बुझ्नका लागि पर्याप्त छन्ः  
“हामी नेपाली राष्ट्रिय कांग्रेसका कार्यकर्ताहरुले आफ्नो उद्देश्यलाई राम्ररी बुझ्नु पर्दछ। हामी जनताको राज्य कायम गर्न खोजिरहेका छौं। के हामी आफ्नो उद्देश्यको अर्थमा राम्ररी गमेका छौं? मलाई कहिलेकाहीँ सम्भवत् हामीले आफ्नो उद्देश्यलाई बुझेको छैनौं जस्तो लाग्दछ।  
हुनसक्छ हामीमा वर्तमान शासकप्रति व्यक्तिगत विरोधी भावना मात्र छ, वा हामी हाम्रो कुनै अहिंसामा ठेस लागेर प्रतिहिंसाको भाव लिएर जुर्मुराएका छौं र हामीलाई वर्तमान शासकका ठाउँमा आफैं पुग्ने अभिलाषाले उत्तेजित पारेका छ। वा हामीलाई युवावस्थामा देखिने प्रवृत्तिले प्रेरित गरेको छ। अन्यथा हाम्रो राजनैतिक विचार प्राइममिनिष्टर, व्यक्तिविशेषको गुणदोषप्रति फलानो यस्तो त्यस्तो, त्यो खराब, त्यो असल, फलानो यस्तो भन्ने तर्फ किन फर्किरहन्छ? त्यसबाट छुटकारा पाएनौं भने हामी यसप्रकारको मनोवृत्तिबाट व्यक्तिगत झगडामा अल्भि्करहन्छौं र शासन प्रणाली परिवर्तन गर्ने हाम्रो महान उद्देश्य त्यसै थन्किरहन्छ।” 
नेपालको निरन्तर दुर्दशाको कारण भूराजनीतिक हो। कालख48डमा जतिसुकै परिवर्तन भए पनि नेपालको नियतिमा परिवर्तन आउने सम्भावना छैन। स्वतन्त्रता र स्वाभिमानमा गौरव गर्ने नेपालीहरुले कसैका लागि राष्ट्रदान गर्न सक्ने छैनन्। यसकारणले गर्दा उनीहरुले निरन्तर अस्तित्वको लडाइँ लडिरहनु पर्नेछ। शताब्दिऔं देखि यही परिस्थिसँग नेपालले आफ्नो उर्जा खर्च गर्नुपरेको छ। राजा पृथ्वीनारायण शाह हुन् वा बहादुर शाह, वा जंगबहादुर कुँवर हुन् वा बीपी कोइराला, उनीहरुले खपेको चुनौति एउटै थियो। फरक यत्ति मात्र छ कि राष्ट्रिय मेलमिलापकै आधारमा आफ्ना छिमेकहरु बीच बलियो भएर बाँचेको एवम् पटकपटक युद्ध गरेर आफूलाई स्वतन्त्र मुलुकका रुपमा उभ्याएको बलशाली नेपाल आज एउटा लाचार मुलुकमा परिवर्तन हुँदैछ। मुलुकलाई लाचार बनाएर त्यसबाट अंश खाने प्रवृत्तिहरु बढ्दैछन्। यसै कारणले स्व. कोइरालाले राष्ट्रिय मेलमिलापको सिद्धान्तलाई मुलुक बलियो राख्ने सिद्धान्तका रुपमा प्रयोग गर्नुभयो। राष्ट्रिय मेलमिलापको नीतिलाई प्रष्ट गर्दै उहाँले लेख्नु भएको थियोः  
“हाम्रो देश आज राष्ट्रिय संकटमा छ। यता केही वर्षदेखि यो संकट चर्किँदै गएको कुरा सबैले महसुस गरेकै हो। यसले गर्दा राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आएको छ। ... हाम्रो विचारमा अस्तित्वको संकट आइपर्नुको मुख्य कारण राष्ट्रिय एकताको अभाव हो। त्यसले गर्दा हाम्रो देशमा विदेशी तत्वहरु कुचक्र चलाउन र नेपाललाई अन्तर्राष्ट्रिय षड्यन्त्रको अखडा बनाउन सफल हुन थालेका छन्। सम्पूर्ण नेपाली जनताको सामूहिक प्रयासबाट हुने अभियानबाट मात्र राष्ट्रिय एकता स्थापित हुन्छ। त्यस्तो सामूहिक अभियानले नेपाली जनताको भावनात्मक एकताको संस्थागत आधार पनि तयार पार्छ। ...  
हिजोसम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारसँग मात्र थियो। त्यसो हुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियौं। आज यसमा एउटा नयाँ आयाम थपिएको छ। नेपाली कांग्रेसलाई आज दोहोरो जिम्मेवारी आइपरेको छ। त्यो दोस्रो जिम्मेवारी देशको अस्तित्वको रक्षा गर्ने हो। ...  
प्रत्येक राष्ट्रको इतिहासमा त्यसका बासिन्दाले आफ्नो ज्यानसमेत खतरामा हालेर राष्ट्रको अस्तित्वको रक्षा गर्नुपर्ने घडी पनि आउँछ। आज नेपालमा त्यस्तो घडी आएको छ भन्ने हामीलाई लाग्छ।... 
यस राष्ट्रिय संकटका घडीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर, समाप्त गरेर एकताको सुत्रमा बाँधिनु पर्छ। हाम्रो कार्यक्रम 'राष्ट्र रहेन भने हामी रहन्नौं' भन्ने भावनाले प्रेरित हुनुपर्दछ।” 
नेपाल आफ्ना छिमेकी र बाह्यशक्ति पीडित मूलुक हो। स्व. विश्वेश्वर प्रसाद कोइरालाको दृष्टिकोण थियोः “हामी चनाखो भएनौ217 हामीहरु संगठित भएनौ217 हामी  राष्टिय र प्रजातान्त्रिक भावनामा बलियो भएनौं भने अर्कै कुरा हो। राष्टियता त कति बलियो रहेछ भने यहाँ विदेशीहरु आफूलाई राष्ट्रवादी भनेर मलाई आक्रमण गर्छन्। राष्टियता कत्रो मूल्यवान कुरो रहेछ। मलाई आक्रमण अराष्ट्रियहरुले गर्दछन् तर आफूलाई विदेशीको मान्छे भनेर नचिनिने यूक्तिका साथ। मैले तराईको राष्ट्रिय भावनाको कुरा भनेको छु। मैले भनेको छु नेवारहरुमा भएको राष्टिय भावनाको कुरा। यति ठूलो राष्टियभावनाको आधार हामीहरुसंग छ भने हामीहरुले हरेस खाने कुरा छैन।”     
त्यसोभए किन नेपालमा प्रजातन्त्र र राष्ट्रवादको अगाडि यति धेरै समस्या छन् त? यसको कारक तत्व को हुन्? स्व. कोइरालाको भनाई थियो, “मैलै हिंजो कसैलाई जवाब दिंदाखेरि भनें, म बडो तर्क दिएर तपाईंको मुख थुन्न सक्छु, तर म त्यो चाहन्न। किनभने तपाईंले उठाएको प्रश्न मेरो अगाडि पनि छ। मेरो निम्ति समस्या राजा छैनन्। मैले काम गर्न पाएको छु। मैले जुन समस्याको सामना गर्नुपरेको छ, त्यो पार्टीबाट आफ्नै साथीहरुबाट सिर्जना गरिएका छन्। समाधान हुनसक्ने समस्या समाधान नहुनु मेरो घर भित्रको समस्या भएको छ। मेरो समस्या नै घरभित्र छ। कम्युनिष्टहरुले ममाथि आक्रमण गरे भन्ने मेरो समस्या छैन। मेरो समस्या के छ भने मेरो लाइनलाई मेरै साथीहरुले बुझेनन् र, मैले अब सामना गर्नुपर्ने कुरा पनि त्यै छ। त्यस्तो जमात बनाउनुपर्‍यो, नेपाली काँग्रेसलाई, हामीहरुको जो धरातल छ राष्ट्रियता र प्रजातन्त्रको, त्यसमाथि अडेर बस्ने हामी साथीहरुको जमात बनाउनुपर्‍यो। त्यो पो त मेरो निम्ति समस्या छ।”  
आज कोइराला बिदा भएको ३० वर्ष पुगेको छ। वहाँका प्रधानमन्त्री भाईले आफूखुशी गरेका कारण मूलुकको भविष्यका प्रति भएको खेलवाडको लेखाजोखा भविष्यमा हुनेनैछ। तर नेपाली कांग्रेसमा त्यस्तो जमातको सिर्जना हुन सकेको छैन, जसका हातमा यो मुलुक सुरक्षित रहन सक्छ र प्रजातन्त्र आमजनताको जीवनपद्धति भएर बाँच्न सक्छ। समय अझै फुस्किसकेको छैन। तर यसलाई समात्नका लागि कांग्रेसको झ48डामा बी.पी.का विचारहरु फर्फराउनु पर्दछ। जुनसुकै झ48डामुनि संगठित भएका भए पनि समग्र प्रजातन्त्रवादीको पहिचान उनीहरुले समातेको राष्ट्रवादी धारबाट हुनेछ।  
यो धारको सबैभन्दा बलियो कडी राष्ट्रिय मेलमिलापको नीति नै हो। राष्ट्रलाई पहिले बचाऔं। राष्ट्रको कुरा गर्दा राजनैतिक भविष्य दाउमा लाग्दछ भने पनि त्यो ठूलो कुरा होइन। यदि प्रजातन्त्रवादीका लागि मुलुक जरुरी छ217 यसको अस्मिता बेचेर प्रजातन्त्रमा खेल्नु छैन भने उनीहरुले एक्लो बृहस्पति भएर पनि संघर्षशील हुनु जरुरी छ। राष्ट्रिय मेलमिलाप नै राष्ट्रवाद र प्रजातन्त्रको ग्यारे48टी हो। यसै पनि अब गुमाउन केही बाँकी छैन। अहिलेको प्रजातान्त्रिकरणको आसन्न चुनौति यही हो। स्व. बीपी कोइरालाका अनुयायी कांग्रेसजन र आमप्रजातन्त्रवादीहरुले सम्भि्कनु पर्ने कुरा यही हो।  
(डा. विपिन अधिकारी संवैधानिक कानुनका ज्ञाता हुन्।)